Friday, June 29, 2012

मनोरोगले चुँडियो एउटा विचार समूह


विनोद ढकाल
नेपालीमा उखान छ–‘मरिच आफ्नै पिरोले चाउरी पर्छ ।’ यो उखानको सविस्तार वर्णनचाँही एकीकृत ढिक्कामा रहेको माओवादीको एउटा विचार समूह चुँडीएर अर्को पार्टी घोषणाको यथार्थले गरेको छ । माओवादी विस्तारै ताछिएकोमात्र थियो, त्यो प्वाल टाल्न नपाई मोहन वैद्य समूह उध्रियो । र, कारण बताइएको छ–‘माओवादीको आधिकारिक लाइन, जनविद्रोहलाई छाडेको ।’ माओवादीका विभिन्न वैठकहरु र छलफलहरुमा कायम रहने दुईलाइन संघर्षले नै नयाँ लोकतन्त्रको जन्म गराउन सफल भयो । गणतन्त्र घोषणाका लागि सहज भयो र राजसंस्था सदाका लागि हट्यो । यतिहुँदाहुँदै एकोहोरो आफूमात्र ठिक भन्ने उसको दलगत घमण्ड अहिले उसको फूटको कारण पनि बन्यो । नेतादेखि नेतासम्म र कार्यकर्तादेखि कार्यकर्तासम्म आमुख व्यक्तिमा पनि यो घमण्ड अर्थात अरुको अस्तित्व स्वीकार गर्नै नसक्ने बानीले नै अहिले माओवादी विभाजित भएको हो । एउटा सरल उदाहरण–‘माओवादीलाई गाली नगर्ने एक कारण दिनुहोस, गाली गर्नुपर्ने ५० कारण दिनसक्छु म’ भनेर बहुचर्चित सामाजिक सञ्जाल फेसबुकमा मैले स्टाटस राखेपछि माओवादीप्रति झुकाव राखेका केही साथीहरुको कमेन्ट निकै पेचिलो थियो । कसैले एमाले भनेका थिए भने कसैले राजावादी भन्ने कमेन्ट पनि गरे । उनीहरुले माओवादीलाई किन गाली गर्ने ? भन्ने कारण सोध्न चाहेनन् । अथवा यस प्रकारका कमेन्टहरु आएनन् । विचारलाई मन्थन गरी यथेष्ट कारणका लागि बहस गर्नुपर्ने ठाउँमा आलोचकलाई दुश्मनै ठान्ने गलत नियतको खेती अहिलेपनि माओवादीभित्रको वैचारिक जोखिमका रुपमा व्याप्त छ । संसदीय राजनीतिका केही वर्षको यात्रा सकेर पनि एकीकृत विचार विकास गर्न नसक्ने कमजोरीले आलोचकहरु दुश्मन वा विरोधी देख्ने उसको दृष्टि अहिले पनि कायम छ । लोकतान्त्रिक नारामा अडिएर विपक्षीलाई कमजोर मान्ने, आलोचकलाई दुश्मन ठान्ने र अन्यको विचारलाई वेवास्ता चलन नेता वा कार्यकर्तामात्र होइन माओवादीमाथि झुकाव राख्ने व्यक्तिहरुमा मनोरोग समस्याका रुपमा विकास भइरहेको थियो÷छ । यसै कारणले माओवादी फुटेको पनि हो । अव, माओवादी विभाजित भइसकेको छ र फरक राजनीतिक कार्यदिशाको सिङ्गो पार्टी पुनर्गठीत भएको छ, उही नाममा । प्रतिक्रिया दिनेहरु सामान्य र सरल उत्तर दिन्छन् । सत्ता, शक्तिको भ्रममा बाँचेका नेताहरु जसको विचार फुटको सिद्धान्तसँग मिल्दोजुल्दो छ, उसका विचारहरु सतही नै हुन्छन् । संघर्षका समयहरु सम्झिन सक्लान तर सत्ताको भुमिकाले उनलाई दिगभ्रमित घमण्डी बनाइसकेको रहेछ । एकीकृत कित्तामा रहेको माओवादी फुटको सैद्धान्तिक, व्यवाहारिक र आर्थिक घाटामा पार्टी बचाउन नसकेको कलंक प्रचण्डलाई लागिसक्यो, अव नयाँ क्रान्तिको नाममा जनता बटुल्ने अर्को जोखिम नेकपा, माओवादीलाई छ । यो विभाजन सैद्धान्तिकमात्र थिएन, तर यसको घाटाचाँही अव व्यवाहारिक रुपमा दुवै पक्षलाई लाग्ने निश्चित छ ।
टिकाटिप्पणी
गैर कम्युनिष्टहरुको चियापसलमा बकमफुस्से कुरा हुन्छ– नेपाली कम्युनिष्टहरु एक भएर बस्न त के बाँच्नै सक्तैनन् । विश्व कम्युनिष्ट आन्दोलनको उदाहरण बनेर निस्किएको माओवादी अहिले यस्तै वकम्फुस्से तर्कहरुको यथार्थ बनिदियो । वैचारिक संघर्षलाई सन्तुलनमा राख्न नसकेको दोष अध्यक्ष प्रचण्डले स्वीकार्लान÷नस्वीकार्लान् । तर, कम्युनिष्ट विचार राख्ने र माओवादीप्रति आश गर्नेहरुले भने पक्कैपनि प्रचण्डलाई दोषी ठहर गरेका छन् । पार्टीलाई हतासमा एकीकृत गर्ने नेताले बचाउने सक्षमतालाई पनि कायम राख्नुपर्दछ । कसैलाई काखा र कसैलाई पाखा गर्दाको परिणामले ठूलै क्षतिको सामना गर्नुपर्दछ । जसरी प्रचण्डको पक्षपोषक वर्षमान पुनले माओवादी फुट्नु सामान्य कुरा हो, क्षति भएको छैन भनेर अभिव्यक्ति सार्वजनिक गरे, यो उनको आत्मरतीमात्र हो । वास्तवमा माओवादी फुटको झड्का नेपाली कम्युनिष्ट आन्दोलनमा अमिलो स्वाद हो । र, प्रचण्डको हकमा कमजोर नेतृत्वको उपज पनि मान्नैपर्दछ । संविधानसभामा नागरिक अनुमोदनबाट बृहत देखिएको पार्टीमाथि पक्कैपनि जनताको भरोसा हुन्छ । तर, जनताको भरोसामाथि तुसारापात गरेर आफ्नो स्वार्थकेन्द्रिकृत हुँदैजाँदा मधेसवादी दल र माओवादीमा फरक छुट्याउन मुस्किल पर्ने स्थिति आयो । मातृका यादव, मणि थापाका कुरा सामान्य नै थिए तर मोहन वैद्यको कथाचाँही असामान्य घटना हो । यो असामान्य घटनालाई नवक्रान्तिकारीहरुको पतनको संज्ञा जनसतहमा बढेको छ । अचेल सडकपेटीका टिकाटिप्पणी यस्तै छन् ।
अस्वभाविक दम्भ
कम्युनिष्ट पार्टीहरुको एकताका लागि पहल गर्नुपर्ने माओवादी आफ्नो हैसियतदेखि आत्तिएर अन्य कम्युनिष्ट पार्टीलाई कुखुरा देख्न थाल्यो । आफुलाई चीलको बथान सम्झिने माओवादीले अरुलाई साथमा लिएर हिँड्न सकेन । यतिमात्र होइन, माओवादीले अन्य कम्युनिष्ट पार्टीको हैसियत र प्रतिष्ठामा बारम्बार धावा बोल्यो, कार्यगत एकता मजबुद बनाएर एक सहमतिय राजनीतिक लाइन बनाउने बेलामा आफैंभित्रका फरक धारहरुलाई मिलाउने कोशिस गर्न सकेन । विचार समू्हहरुको सहकार्य र एकताबाट एउटा पार्टी संचालन हुन सक्तदछ । कुनै एक विचारलेमात्र पार्टी सञ्चालन कठिनाई हुन्छ । दुइटा विचार समूहबाट अव असफल भएको शान्ति र संविधानको बाटोमा छ, एकीकृत माओवादी ।
सम्पत्ति अंशवंडा गर्दा त्यसको लगानीको फल स्वादिलो हुन्छ । एउटा सानो परिवार खुसी र सुखी हुन सक्ला । तर, विचार अंशवंडा गरेर अलग्गिनुचाँही ठिक उल्टो परिणामको खेती हो । त्यस अंशवंडामा नागरिक विश्वासको आधार विभाजित हुन्छ । परिणाम निकै कमजोर भएर निस्कन्छ । एकीकृत माओवादीभित्र अझै विवादका घेराबन्दि कायम रहनेछन् । अध्यक्ष पुष्पकमल दाहालको समूह होला । तर, त्यो विचार समूह हैन । अहिले प्रचण्ड बाबुरामको विचार समूहमा हिँडीरहेका छन् । बाबुरामको विचार यतिवेला जनसतहमा असफल भइसकेको स्पष्ट आधार संविधानसभा भङ्ग भएर बाँकी रहेको अलपत्र शान्ति प्रकृयाको अवस्थालाई हेर्दा हुन्छ । उनीसँग सत्ता भएपनि अव के गर्ने भन्ने स्पष्ट राजनीतिक लाइन छैन, नयाँ राजनीतिक कार्यदिशा तत्काल प्रतिपादन हुने स्थितिमा पनि छैन । यद्यपि, आगामी १५ असारमा बोलाइएको विस्तारित वैठकले नयाँ आधार बनाउने प्रयत्न गर्ला । तर, त्यस भेलामा वैद्य समूह अलग्गीनुको मुख्य कारणबारे पनि बहस हुन आवश्यक छ । यसो नगरेर आफूमात्र ठिक भन्ने दम्भसहितको बहस भए त्यो अराजनीतिक भेला हुनेछ ।
अवको बाटो
एकीकृत माओवादीले आफ्नो मुल राजनीतिक एजेण्डा एकल जातिय पहिचानसहितको संघिय राज्यको परिकल्पना बनाउन सक्छ । तर, त्यो राजनीतिक मुद्दा बन्ला विचार हुन सक्तैन । जातिय राज्यको कुरा उग्रवादी सोचको उपज हो । नजिकको मुलुक श्रीलङ्काको लामो जातिय युद्ध निस्तेज भयो किनभने त्यो राजनीतिक विचार थिएन । हतियार उठाएर गरिएको आन्दोलन हतियारबाटै समाप्त भयो । लोकतन्त्रमा जातिय उत्पीडनको मुक्ति बृहत राजनीतिक विचारको आधार हुनै सक्तैन । यसकारण माओवादीले यस मुद्दालाई प्राथमिक बनाए उसको भविष्य राजनीतिक रुपमा सफल हुन मुस्किल छ । अवको राजनीतिक बाटो बृहत कम्युनिष्ट सहकार्यको मुख्य एजेण्डा बन्नुपर्छ । पार्टी फुटेपनि साझा मुद्दाको एकीकरणबाटमात्र कम्युनिष्ट आन्दोलनले सफलता लिन सक्दछ । देशमा रहेका विभिन्न हैसियतका कम्युनिष्ट पार्टीहरुसँग बृहत छलफल गरी दुई ध्रुवीय राजनीति अथाव सर्वदलिय साझा सहमतिको आधारलाई टेकेर आफ्नो विचार प्रतिपादन गर्नुपर्ने अवस्था छ । साझा सहमतिको आधार देशलाई सर्वस्वीकार्य संघिय ढाँचा र नयाँ राजनीतिक यात्रो सुरुआत हुन सक्छ । किनभने सत्ताकव्जाको नियती पनि दलीय विभाजनले कमजोर बनाइदिएको छ । अर्को, विस्तारित वैठकले नयाँ राजनीतिक दिशाका लागि महाधिवेशनको आयोजना अनिवार्य गर्नुपर्छ । नत्र बाबुराम विचार समूहसँग गठजोड रहेको प्रचण्डको राजनीतिक हैसियतमा फेरिपनि दाग लाग्ने सम्भावना ज्यादा छ ।  नेपाली राजनीतिको दुर्भाग्य नेतृत्व पुस्तान्तरण नगर्नु पनि हो । लोकतान्त्रिक होस वा कम्युनिष्ट पार्टी उनीहरुको साझा समस्या नै यहि हो । यो समस्या फुटको एउटा कारण हो भन्ने एमाओवादीले स्वीकार गर्नुपर्छ । त्यसकारण अव महाधिवेशनको घोषणा गरी नेतृत्व पुस्तान्तरणको विकल्प तयार पार्दा फुटको अवगाल प्रचण्डले लिनुपर्दैन ।

Friday, June 8, 2012

जापान जान ‘तन्दूरी’ होटलमा


विनोद ढकाल
वागलुङ मल्म–२ का राम सापकोटा काठमाडौंमा बस्छन् । उनी काठमाडौंमा बसेको निक्कै समय भयो । र, अहिले उनी एउटा तन्दुरी होटलमा रोटी पकाउने काम गर्छन् । उनी यहि व्यावसाय गरेर नेपालमा बस्ने ध्याउन्नमा छैनन् । उनको लक्ष्य हो जापान पुग्नु । भन्छन्,‘यहाँ सिकेर जापानमा पनि यहि काम गर्ने हो । प्रोसेस गर्ने विचारमा छु । गाउँका धेरैजना यस्तै काम गरेर जापान पुगेका छन् ।’ भर्खरै उच्च माध्यमिक तहको शिक्षा सकेका रामलाई जापान पुगेर अरुजस्तै पैसा कमाउने रहर जागेको छ । नजागोस पनि किन र ? गाउँका सवै सापकोटा दाजुभाई र साथीहरु पनि जापानसँगै लालयीत छन् नि । भन्छन्–‘धेरैजना पुगेर काम गरिरहेका छन् । घरपनि बनाइसकेका छन् । हामीहरु जाने तयारीमा छौं, भोली गाउँका अन्य भाइहरु पनि यसरी नै जानका लागि काम सिकीरहेका छन् ।’
खासगरी जापानमा पढाइका लागिमात्र प्रवेशाज्ञा हुने भएतापनि त्यहाँ खुलेका वग्रेल्ती नेपाली र भारतीय होटलहरुमा नेपालीको माग बढिरहेको छ । ‘लगानी ज्यादा हुन्छ तर आम्दानी पनि राम्रो हुने भएकाले म अहिले धमाधम तन्दुरी बनाउने र होटलका अन्य कामपनि सिकीरहेको छु ।’ सापकोटाले भने–‘वागलुङ्का प्रायः सवै युवाहरु जापानका लागि यसरी काम सिकीरहेका छन् । काठमाडौंमा भएका तन्दुरी होटलहरुमा मात्र मेरो सर्कलका साथीहरु झण्डै दुई दर्जनभन्दा धेरै छन् ।’ मल्म–२ मा रहेको सापकोटाहरुको गाउँका प्रायः सवै युवा तन्दुरी पकाउन सीपालु छन् । र, सवैको योजना जापान जाने नै हो । ‘धेरै साथीहरु र दाइहरु यहि काम गरेर जापान पुगिसकेका छन् । म पनि जापानकै तयारीमा छु ।’ जापानीजहरुको मनपर्ने खाना तन्दुरी रोटी हो भन्ने चाल पाएका मल्मका युवाहरुलाई यसै कामबाट राम्रो आम्दानी हुने पनि विश्वास छ । ‘अहिले त जापानमा पनि यस्ता होटल नेपालीले समेत खोलेका कारण आम्दानी त्यति हुन्न । तर, नेपालको एक लाख तीस हजारदेखि एक लाख ८० हजारसम्म तलव हुन्छ ।’ जापान जानका लागि कम्तिमा १० देखि १२ लाख रुपियाँ लगानी गर्न उनीहरु तयार छन् । ‘जागिरको ग्यारेण्टि हुने विश्वास नै छ । जानका लागि त हरप्रकारले प्रयास गर्ने हो । तन्दुरी बाहेक किचेनका अन्य कामपनि राम्रोसँग सिकिरहेको बताउने मल्मकै इन्द्र चालिसे भन्छन्,‘मेरो त प्रोसेस पनि भइसकेको छ । हेरौं केही महिनामा पुगिन्छ होला ।’
यस्तै काम गरेर सापकोटा गाउँका दर्जनभन्दा बढि युवा एक वर्षको अन्तरालमा जापान पुगेका छन् । आफुलाई थाहा भएका नामहरु उल्लेख गर्दै राम भन्छन्–‘लक्षु (लक्ष्मण सापकोटा) गएको पाँच महिना भयो । उसको पनि यहि काम हो । यसरी नै यहाँ सिकेर गएको हो । हेरु (हिरा) पनि जापान पुगिसकेको छ ।’ २०१० सम्मको तथ्याङ्क अनुसार जापानमा छ हजार नेपाली थिए । विगत दुई वर्षमा मात्र जापानमा २ हजार भन्दा बढि कामदार र विद्यार्थी पुगेको अनुमान गरिएको छ । जापानमा कामदारका रुपमा होटलमा अत्यधिक माग हुने गरेको बताइन्छ ।
जापान पढ्न र काम गर्न जानेहरुका लागि राम्रो गन्तव्य बनेको छ । जापानीज भाषा सिकेर त्यहाँ काम गर्न र पढ्नका लागि जाने हो भने राम्रो आम्दानी हुन सक्ने कन्सल्ट्यान्टहरु बताउँछन् । कन्सल्ट्यान्ट ओमहरि प्रजापति भन्छन्–‘अहिले जापानमा पढ्न जानेहरुको पनि राम्रो तलव छ । होटलमा निक्कै राम्रो छ । जापानीजहरु र जापानमा रहेका अन्य मुलुकका कामदारका लागि पनि भारतीय खाना मनपर्ने भएकाले तन्दुरी लगायतका अन्य भारतीय खाना पकाउन जान्नेहरुलाई अवसर हुन्छ । तर, खर्च ज्यादा लाग्ने भएकाले नेपालबाट निक्कै कमैमात्र जाने गरेका छन् ।’ जापानमा रहेका आफन्त तथा चिनेका मानिसहरुको पहलमामात्रै त्यहाँको भिसा लिएर नेपालबाट युवाहरु पुग्ने गरेका छन् ।


यहाँको विकास देखेर डाह लाग्छ
–शिवराज सुवेदी 
सानातिना कामले परिवारको आवश्यकता र छोराछोरीको भविष्य उज्जवल नदेखेपछि फत्तेपुरका शिवराज सुवेदी समस्यामा थिए । पाँच वर्ष अघि यस्तो पारिवारिक चिन्तामा ग्रस्त उनीसँग वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनीलाई दिने पैसा पनि थिएन । उनले भिजिट भिसा लिए र काम पाउने आशामा कतार तिर हानिए । अहिले पनि कतारमा कार्यरत उनी प्रत्येक वर्ष नेपाल आउँछन्, परिवारसँग विदाको समय मनाउँछन् र फेरि काममा फर्कन्छन् । किनकी, उनको काम अहिले निक्कै राम्रो चलिरहेको छ र आम्दानी पनि राम्रो भइरहेको छ । सामान्य पसलले जीवन धान्न मुस्किल भएपछि उनी पीडामा थिए । यद्यपि, जीवनका उतारचढावसँग उनको अभ्यस्त हुने बानी थियो । मासिक ९० हजारसम्म कमाइरहेका सुवेदीको वैदेशिक रोजगारीको कथा, उनकै शव्दमा ः

देश आमहड्तालको चपेटामा थियो । १९ दिनको बन्द लगातार चलिरहेको थियो । म एम्बुलेन्सको सहारामा फत्तेपुरबाट चतरा र त्यहाँबाट हिँडेर इटहरी आइपुगे । त्यसपछि विराटनगर रिक्सामा आएर त्यहाँबाट प्लेनमा काठमाडौं आइपुगेको थिएँ । मलाई सम्झना छ, त्यसबेलाको आमहड्ताललाई त्यसरी नछिचोलेको भए म अहिले यो अवस्थामा आइपुग्न सक्षम हुने थिइन । २००८ को २५ जनवरीमा मैले नेपाल छाडेर कतारको यात्रा सुरु गरें । तर, मलाई अपेक्षा काम मिल्ने थियो, ग्यारेण्टि थिएन । किनभने म भिजिट भिसामा कतार आएको थिएँ । त्यैपनि यहाँ भएका साथीहरुको सहयोग र आफ्नो आत्मविश्वासको भर परेको थिएँ । म काम खोज्दैजाँदा एक साताभित्र नै इन्टरनेटसम्बन्धि काम गर्ने दी पर्ल कतार भन्ने कम्पनीको प्राजेक्टमा सामान्य कामदारका रुपमा काम थालें । मैले जसरी पनि काम गरेर आफ्नो क्षमतालाई देखाउनु थियो र नेपालमा रहेको आफ्नो आवश्यकतालाई पुरा गर्नु थियो । त्यसकारण मैले जोडले कम्पनीको आदेशअनुसारको काम समयमा पुरा गर्न थालें । सुरुको तलव कतारी ११ सय रियाल थियो । जुन त्यसबेला पनि रामै्र तलव मानिन्थ्यो । त्यसपछि प्रत्येक वर्ष तलव बढ्दै गएको र प्राजेक्टमा मेरो पदपनि । प्राजेक्टको कोओर्डिनेटरको काम गरिरहेको छु, अहिले । मेरो तलव ४५ सय रियाल अर्थात् ९० हज्जार नेपाली रुपियाँ छ । यो राम्रो आम्दानी हो । यहि कम्पनीमा काम गरेरै मैले नेपालमा रहेका मेरा परिवार, मेरो छोरीको भविष्यका लागि राम्रोसँग खर्च गर्न पाइरहेको छु । त्यस्तै, त्यहाँ घर पनि बनाएको छु । अरु केह ीगर्ने आशा छ । मधेस आन्दोलन उत्कर्षमा पुगेको वेला राज्यको अवस्था नसुध्रने भयो भन्ने चिन्ताले नै म विदेश भासिएको थिएँ । अन्य नेपाली समस्यामा डुवेको खबर सुनिरहँदा निकै चिन्ता लाग्थ्यो । त्यैपनि रिक्स लिएर नै म कतार आएको हुँ । करिव छ वर्ष हुन लाग्यो कम्पनीले राम्रो ठानेको छ । अनि, प्रत्येक वर्ष घर फर्कने छुट्टी पनि पाइरहेको छु । नेपालमा अहिले व्यापार व्यावसाय गरेर पनि त्यति राम्रो आम्दानी हुन सक्तैन । त्यसकारण मैले केही वर्ष यहिँ वसरे काम गर्ने निधो बनाएको छु । भगवानको कृपा र साथीभाइ तथा कम्पनीको सहयोगका कारण अहिलेसम्म मैले त्यस्तो अप्रिय घटनाको सामना गर्नु परेको छैन । मेरो काम इनडोर र आउट डोर दुवै हुन्छ । सवै काम गर्न रमाइलो नै हुन्छ । यहाँ मेहनत गर्नेको सम्मान गरिदो रहेछ । म बेजोड मेहनती छु त्यसकारण यहाँ टिक्न सफल भएको छु । यहाँको मौसम अलिकति समस्या हो । गर्मी हुने गरेका कारण समस्या हुन्छ । तर, राजधानी दोहामा काम गर्नु निक्कै भाग्यमानी पनि ठानिन्छन् ।
अहिलेसम्म म छ पटक घर आएर फर्किएको छु । जतिपटक आउँदा पनि संयोग भनौं वा अवस्था नेपालमा बन्द हड्ताल कायम रहेको पाइन्छ । यसरी देशमा रहेर केही काम पनि गर्न नसक्ने स्थिति हुन्छ । मैले नेपाल फर्किएर कुनै व्यापार व्यवासाय गरेर बसौं कि भन्ने मनसाय पनि बनाएको थिएँ । तर, पछिल्लो पटक आउँदा पनि बन्द हड्ताल र संविधान बन्ने÷नबन्ने भन्ने राजनीतिक झमेलाले सडक बन्द थियो । कतारमा त्यस्तो हुँदैन । यहाँ काम गर्ने मानिसको सम्मान र काम गरेअनुसार पारिश्रमिकको व्यवस्था हुँदो रहेछ । मेहनत गरेमात्र सफल बन्न सकिन्छ भन्ने शिक्षा पाएको छु । छ वर्षको कतार बसाइको दौरानमा मैले यहाँको अरबी भाषा पनि करिव करिव जानीसकेको छु । यहाँ अरबी जान्यो भने निकै फाइदा हुन्छ । यहाँको भाषाका कारण कम्युनिकेशन सजिलो हुन्छ र काम गर्न सहज पनि । धेरै नेपालीहरु कुरा नबुझी आउँदा समस्यामा परेको खबरहरु सुनेको थिएँ, तर म पनि त्यति बुझेर आएको होइन । मेरो मेहनत र विश्वासका कारण अहिले म राम्रोसँग काम गर्न सकिरहेको छु । यहाँ भएको विकासको मुहानलाई बुझ्न पाइरहेको छु । कहिलेकाँही यहाँको विकास देखेर डाह लाग्छ, हाम्रो नेपाल यो भन्दा धनी छ, प्राकृतिक सम्पदामा तर हामी धनी हुन सकिरहेका छैनौं । अव अर्को वर्ष नेपाल फर्कन्छु विदामा । तर, नेपाल बसिन्छ वा बसिदैन भन्ने सल्लाह र नेपालको परिस्थितिमा निर्भर हुन्छ होला ।


Tuesday, May 15, 2012

NATO in Chicago May 20-21: War Criminals Summit

NATO, the North Atlantic Treaty Organization, is holding a “heads of state” summit in Chicago on May 20 and 21. About 50 countries that are members of and allied with NATO are sending their political leadership to this summit.
NATO presents itself, and is portrayed in the major media of this country and countries it is allied with, as a force for “humanitarian interests.” On its website, NATO claims to be a “leading contributor to peace and security on the international stage.” This benign self image is a vicious lie and masquerade that influences the thinking of far too many people in the U.S. and around the world.
In reality, NATO is the world’s largest military alliance. Its 28 countries account for 65% of the world’s military spending, and far and away the largest of these is the United States. NATO exists to use the most advanced weaponry in the world in service of the interests of the big capitalist-imperialist powers of North America and Europe, above all the U.S. Most of this weaponry, especially in recent years, has been used not against similarly equipped opponents, but against defenseless civilian populations who they characterize as “terrorists.”
In the 60 years of its existence, the year 2011 was, as an article in Foreign Policy put it, NATO’s “busiest year ever for military operations.” (“This Week at War: What Is NATO Good For?” February 3, 2012) NATO maintained an occupation force of over 100,000 troops in Afghanistan, and what it calls a “stabilization force” in Bosnia, in the Balkan region of Eastern Europe. It launched a seven-month air war to topple Muammar Qaddafi in Libya. In Libya, estimates of the civilian death toll from all fighting during the NATO campaign range from 13,000 to 17,000, with 50,000 wounded; civilians killed in the fighting in Afghanistan from 2007 to 2011 total almost 13,000. Countless people have been displaced, wounded, and dispossessed of everything they owned.
NATO’s “peacekeeping” is aimed at maintaining a world of Western imperialist—especially U.S. imperialist—domination over the people of the world, and sustaining overwhelming firepower advantage over any current or potential opponent. The fundamental purpose of NATO’s so-called “humanitarianism” is to devote massive weaponry to protect, defend, and extend a system that inflicts great suffering on the vast majority of humanity and enriches a handful—this is the “world order” of capitalism-imperialism.

Source : The Revolution 

SATYAMEV JAYATE'S REAL HERO


Bollywood star Aamir Khan's teleshow " Satyamev Jayate", where he deals with sensitive social issues backed by statistics, has surpassed his own popularity, indicates a survey on online Google searches.
The first episode of "Satyamev Jayate" was aired May 6 on Star Plus. Its concept was kept under wraps till then, but now it has become a winner thanks to issues like female foeticide and child sex abuse, and the way Aamir conducts the show.
According to Google India, the country's netizens are searching more for the show as compared to online hits for 'Aamir Khan'.
In a search through Google Insights, a service to find out about trending issues, it has been found that between the keywords "Satyamev Jayate" and 'Aamir Khan', the show is said to have attracted more people over the past seven days.
As per available data, the show's popularity seems to be capturing Madhya Pradesh the most as it is driving the most number of searches. Rajasthan is next on the list, and Gujarat takes the third spot.
Also, popular search keywords related to the search are "Satyamev Jayate Download" and "Satyamev Jayate song".

Source : Times of India

Wednesday, May 9, 2012

अखण्ड मागले खण्डित हुँदै गरेको एकता


..............
हामी देखिरहेका छौं यी ‘अखण्ड’हरुको मागमा बारम्बार खण्डित भइरहेका छन्, लोकतन्त्र प्राप्तिका लागि एक पुलिन्दामा बाँधिएका नेपालीहरु । 
                                             ..................

सहरका भित्ताहरु ‘अखण्ड’ थपिएका नाराकाहरुले पोतिएका छन् । अखण्ड सुदुरपश्चिम, अखण्ड चितवन अथवा अखण्ड कोसीपारिका जिल्लाहरु । अखण्ड मधेस अखण्ड तराई अथवा अखण्ड उपत्यका । यस्तै.....यस्तै । यी सवै ‘अखण्ड’हरुको अन्तरनीहित चाहना फेरि पनि खण्डित गर्ने नै हो । पहाडबाट हिमाल, हिमालबाट तराई, तराईबाट पहाड–हिमाल । पुनःसंरचनाको जगबाट राजनीतिक सोधलाई संघियताका नाममा यसरी गाड्न खोज्दा सडकमा भिन्न प्रकारका आन्दोलनहरु देखिन थालेका छन् । संघियताको सोध अब क्षेत्रमा सीमित रहेनन्, यसले उत्पीडनको हाइन जातिको प्रतिनिधित्व गरिरहेको छ, वर्गको होइन वर्णको नाममा हुंकार मच्चाइरहेको छ । अनि, नेपालमा भएका सवै जातिहरुका अगुवा तथा नेताहरुले यसलाई ‘आइडोलोजी’ बनाउने प्रयत्न गरिरहेका छन् ।
अचेल विहानीपख सँधैजसो मोवाइलमा म्यासेज र फोनहरु आउन थालेका छन् । चिनजानका विद्वान ठानिने एकजना समजाति नेताले भन्ने गरेका छन्–‘सवै आफ्नो अस्तित्वमा लागे अव हामी प्रतिरोधका लागि संगठित भएका छौं, तपाइको भुमिका पनि महत्वपूर्ण रहन्छ । त्यसकारण सभामा आउन प¥यो, हाम्रा लागि पनि राज्यको खोजी गर्नप¥यो ।’ ०४६ सालमा आएको प्रजातन्त्रलाई त्यतिराम्रोसँग उपभोग गर्न पाएको छैन मैले । ०६३ को आन्दोलन देखेर सिधै गणतन्त्र ल्याउन सफलहरु मध्येको एउटा नागरिक हुँ । मलाई गणतन्त्रको गतिलो स्वाद लिने उत्कट इच्छा छ । तर, यसले गतिलो स्वाद दिनै नपाई फोनहरु त्यसरी बझ्न थालेका छन् । कतै गणतन्त्र यही त होइन ? भन्ने लाग्छ घरिघरि । तर, वास्तविक लोकतान्त्रिक गणतन्त्रचाँही यो होइन । मैले त प्रत्येक नेपाली सफल र संभ्रान्त भएको सपना बुनिरहेको छु । खैरे आउँदा उसको मुलुक लैजान्छ की भनेर नजिकीने नेपालीहरुको भावना परिवर्तनको कल्पना गरेको छु । कि, खैरे नेपालमा आएर सँधै बसीरहुँ भन्ने सोच्न सकोस । नेपालीले डो¥याएर होइन, खैरेले नेपालमा भरमार पैसो तिरेर आफैं घुम्न सकोस भन्ने कल्पना गरेको थिएँ । तर, यस्ता कल्पनाहरु यी ‘अखण्ड’ मागहरुका लागि चन्द्रमालाई धर्तीमा झार्ने बकमफुस्से आश्वासन सरह भएका छन् अहिले ।
हामी देखिरहेका छौं यी ‘अखण्ड’हरुको मागमा बारम्बार खण्डित भइरहेका छन्, लोकतन्त्र प्राप्तिका लागि एक पुलिन्दामा बाँधिएका नेपालीहरु । जसले गणतन्त्रलाई स्वीकार गरेपछि त्यसको उपभोग अघि नै खण्डित मानसिकताको तराजुमा बस्ने साहस गरिरहेका छन् । जवकी, बालक गणतन्त्रलाई हुर्काउने भन्दा पनि उसैको काँधमा टेकेर आन्तरिक अधिकारका नाराहरु भित्तामा पोतेर आफैंमाथि प्रहार भइरहेको छ–बन्दहड्ताल, सहर बन्द, सडक बन्द अथवा जिल्ला क्षेत्र र समुदाय बन्दका नाममा ।
म अखण्ड लोकतन्त्रकोे खोजीमा छु । नेताहरुले उपभोग गरिरहेको नागरिकको सम्पत्तिमाथिको अधिकार सुखसुविधाको खोजीमा छु । प्रत्येक नागरिक नेपाली नेताजत्तिकै धनी हुनुपर्छ भन्ने अखण्ड चिन्तनको खोजीमा छु । मलाई कसले पुरा गरिदिनसक्छ यस्तो अखण्डता सहितको मेरो मागलाई ? मैले भौगोलिक विविधतालाई अहिलेसम्म नियाँल्न सकेको छैन । मेरो देशको साँधसीमा कति छ भनेर छुट्ट्याउने विषयमा सडकमा नाराजुलुसमा सहभागी भएको छैन । तर, मलाई अहिले आफ्नो राज्यको सीमा छुट्याउने आन्दोलनका नाइकेहरु बारम्बार जुलुसमा सहभागी हुनका लागि आग्रह गर्छन्, दवाव दिन्छन् र बाध्य बनाइरहेका छन् । मैले मेरो परिचय नेपालीमा खोजिरहेको छु । सहरमा सुरु भएका अनसन र ¥यालीहरु जातिमा खोज्नुपर्छ भन्ने बाध्यकारी दवाव दिइरहेका छन् ।
सवैले देखाएको हर्कत मैले देखाउन सक्तिन । विश्वव्यापी मान्यतालाई पछ्याउन चहान्छु । आदर्शवादीहरु अहिले भिन्न जातका हुलमा नेता भएको देखिरहेको छु, जो जम्मा दुईजात महिला र पुरुषमात्र भन्ने गर्दथे । म उनीहरुले ठगीको व्यापार बनाएको राजनीतिजस्तो सोच्नपनि चहान्न । किनभने कलेजका एउटै व्रेन्चहरु, कार्यालयका समान कुर्सीहरु तथा विभिन्न सतहका क्षेत्रहरुमा म भिन्न समुदायका भिन्न व्यक्तिहरुसँग एउटै थालमा खाएर हुर्किरहेको छु । मलाई लाग्छ, यतिवेला मपनि यी हुलहरुको एउटा झुण्डको आन्दोलनमा मिसिएभने मेरो नैतिकता र मेरो नागरिक इमान्दारीता कमजोर देखिनेछ । अहिले उठेका अखण्डताका नाराहरुसँग उम्लिएको जातिवादका नारामा यीनै राजनीतिक दलका नेताहरुको भुमिका सक्रिय छ । चौधरी हुन् वा राई । बाहुन हुन् वा लिम्बु । मगर हुन् वा विश्वकर्मा । यी थरले कसैको जातलाई परिचयात्मक बनाउन सक्तैन । सवैभन्दा ठूलो मानवता र लोकतन्त्रको विश्वव्यापी मान्यता नै हो । अहिले संघियताका नाममा यस्तै जातिवादका ढ्याङ्ग्रो राजनीतिकवृत्तबाट नै बजाउने क्रम बढिरहेको छ । ताकि यसले बनाएको अस्तव्यस्तताले उनीहरुको संविधानसभाको जागिर र भविष्यको राजनीतिक जोगाड रहोस् ।
‘राजनीति फोहोरी खेल हो’ केही पढेका साक्षरहरु अहिले भनिरहेका छन् । यो फोहोरी खेल सफा कहिले हुने हो त्योचाँही थाहा छैन । तर, हामी भिन्न वर्ण, भिन्न जातका नाममा हुर्किरहेपनि हाम्रो आन्दोलित एकता विकास र उत्थानका लागि किन खण्डित भइरहेको छ ? यो खण्डन समाजमा पनि असरदार बन्ने देखिन्छ । त्यसकारण जातिवादतिर लम्किएका हाम्रो आन्दोलनहरु विकासवादतिर लम्क्याएर मुलुकलाई बचाउने हो की ? जहाँ दैनिक १६ घन्टाको लोडसेडिङ अन्त्य, पेट्रोलियमको सहज आपूर्तिका लागि नागरिक दवाव, खाना पकाउने ग्याँसका लागि सामुहिक दवावमा हामी जुट्न सकेका छैनौं, त्यहाँ जातिवादको राज्यका लागि सवै भेलामा पुगिरहेका छौं । देशमा तरल अवस्था यस्तै वेमौसमी आन्दोलनहरु र मागहरुले बढेका हुन् । राजनीतिक दलका नेताहरुलाई के छ र ? जवसम्म नागरिक विभाजित मानसिकतामा उत्रिदैन तवसम्म उनीहरुको चुनावी मैदानमा आफ्नो जीत सुनिश्चित हुँदैन । उनका लागि यो नागरिक विभाजन खुसीको कुरा हुनसक्छ । यद्यपि, यो विभाजित क्रम हाम्रालागिचाँही युगान्तरसम्म पीडादायी हुन्छ । पहिला राष्ट्रको सर्वोच्चता र नागरिक लोकतन्त्रको उपभोगसहितको राष्ट्रसञ्चालनका लागि हाम्रो दवाव हुनुपर्छ । त्यसपछिका अतिरिक्त समयहरुमा हामी आत्मनिर्णयका लागि सवैको मतमिल्ने संघियताका सवालमा छलफल गर्न सक्नेछौं । त्यसकारण एक नागरिक अपिल हो–‘अखण्ड नामको भित्ता पोताइबाट हामी कुन दिशातिर गइरहेका छौं त्यसको मुल्याङ्कन सहित सामुहिक दवावमा पहिला संविधान र त्यसपछि लोकतान्त्रिक सुविधाका लागि एकजुट बनौं ।’ अहिले नै हामी विभाजित भएर अस्तव्यस्त मागको चाङ लगाउन थाल्यौं भने एनजीओ र आइएनजीओकरण भएका राजनीतिक दल र तिनका संचालकहरु सफल हुन्छन्, हामी लोकतन्त्र प्राप्त गरेर पनि असफल हुनेछौं ।
                                                                                                              -B'Nod.

ताराहरुको खोजी



म त रछ्यानमा सुकिला ताराहरु
खोज्दो छु
थाहा थियो यो सुकिलो कान्लाको
तेजिलो काँडासरी सफाचट फलेको
सुन्दर ऐंसेलुको झाङ हैन भनेर ।
कतै नालीबाट स्वतन्त्र भएका
किराहरुको नाराजुलुस
कतै भान्छामा गुँड लागेका
साङ्लाहरुको उदण्ड उफ्राहट
लमक–लमक आफ्नो अधिन
खोजिरहेका गड्यौलाको जमात
त्यो डंगुरभित्र अनेक–अनेक प्रकारमा
किराहरुका चर्का स्वरहरु
आफुलाई स्वतन्त्र ठानेर आज
बाहुबलमा कुस्तिँदा छन्
कोही सेता रगतले, कोही गोब्रे रहरले
कोही लिसाइलो माटोहरुबाट
थाहा छ, यहाँ ताराहरु छैनन्
तिनका चमकहरु शुन्यप्रायः छन्
ताराहरु माथि अम्बरभन्दा टाढा
तेजश्वी किरणहरुसँग भुलिँदा छन्
सपनाजत्तिकै बलियो,
तन्नेरी जत्तिकै उन्माद
यो रछ्यानमा त भिन्न जातका किराहरु
स्वतन्त्र अधिपत्यको मोर्चामा भेटिए
यी मेरै गराहरु, मेरै भान्छाहरुबाट
मोटा भएर मेरो घरेलु कानुनमा
हुर्किएका कथित फोहोरहरु हुन्
यी फोहोरहरु ताराको प्रतिविम्ब
छिचोल्न सक्षम छैनन्
त्यो प्रकाण्ड उज्यालोदेखि आत्तिने
त्यो चम्किलो भविष्यसँग त्रस्त झुण्डहरु
यी रछ्यानमा रमाउँछन्,
यसैलाई स्वतन्त्रता ठान्छन्
यहाँको हावा भविष्य सोच्छन्
तर म
यीनिहरुसँगै ताराको चमकसँग
चम्किला, रंगीविरंगी र सम्पन्न
गतिलो फोहोरको खोजिमा रछ्यानमै छु
कृपया तपाइले भेटे मलाई पैंचो दिनुहोला ।
-वि'नोद

Monday, May 7, 2012

‘डार्लिङ तिमी एप्लाई गर म डिपेन्डेन्ट’

..........
गुरिल्लाको हतियारजस्तो भएको छ नेपाली युवाले लिने शिक्षा र त्यसको उपयोगको व्यवस्था ।     प्रमाणपत्र विकाएर खान सकिँदैन, लुकाएर खाने अवस्था छैन ।
                                                          ........




वि'नोद 
राम्रो शिक्षा, राम्रो रोजगारी भनेको आकाशको फल आँखा तरी मर भनेजस्तो भएको छ नेपाली विद्यार्थीहरुका लागि । सरकारी संयन्त्रले शिक्षापछिको वेरोजगारीको व्यवस्थापन गर्न नसक्नु अहिले यो उखानको पयार्य बनेको छ । राज्यले कुनै राम्रो व्यवस्था गर्न नसक्नु नै सहरहरुमा च्याउसरी खुलेका एजुकेशनल कन्सल्टेन्सीको व्यापार चल्नुपनि हो । पढ्नका लागि विदेश जानु साधारण कुरा हो । तर, पढाइसँगै आफ्नो बसाई नै विदेशमा गर्ने सोच अहिले युवावर्गमा पर्न थालेको छ । पाठकमित्रहरुलाई एउटा सडक उदाहरण दिन चहान्छु म । कोटेश्वरको सडकपेटीमा अनामनगरको यात्रा गरिरहँदा एउटा गजवको उदाहरण भेटियो । आजभोली त सडकपेटीमा तरुनीसँग मस्किएर बस्ने केटाहरुले लालसा नै देखाउदै भन्नेगरेका रहेछन्,‘डार्लिङ तिमी एप्लाई गर म लगानी गरेर डिपेन्डेन्ट भिसामा जान्छु । काम गरौंला बसौंला । यहाँ केही नहुने भयो ।’
ठूलो युवा शक्ति अहिले विदेश पलायन हुने क्रम बढेको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा खुलेका एजुकेशन कन्सल्टेन्सिहरुमा आइएलटीएस गर्नुको पछाडीको उद्देश्य राम्रो देश जाने नै हो । जहाँ अवसर त्यहाँ युवा भनेजस्तो भएको छ । मन खिन्न पारेका युवा राज भट्टराइ भन्छन्,‘यसपाली डिभि परेन । परेको भए त अमेरिका उडिन्थ्यो उतै वसिन्थ्यो । यहाँ डिग्रि सकेर पनि आठ हजारको जागिर किन खानुपथ्र्यो र ?’
धेरैजसो कलेजको अध्ययन सकेपछि विदेशको यात्राका लागि नै तयार भएका हुन्छन् । ‘डिप्लोमा सकियो, मास्टर्स पछि गर्ने । त्यो भन्दा पहिले आइएलटीएस गरेर युरोप वा अस्टे«लिया नै जाने हो ।’ सुलभ दाहाल भन्छन्,‘नेपालको अवस्थाका कारण हामी लगानी गरेर पढ्नेहरुका लागि यहाँ अवसर छैन ।’
गुरिल्लाहरुले लुकेर आक्रमण गर्छन् । उनीहरुसँग हतियार हुन्छ तर त्यो बलियो हतियार हुँदैन, ति भन्दा कयौं गुना बलिया हतियार दुश्मनसँग हुन्छन् । त्यसकारण उनीहरु लुकेर आक्रमण गर्छन् । गुरिल्लाको हतियारजस्तो भएको छ नेपाली युवाले लिने शिक्षा र त्यसको उपयोगको व्यवस्था । प्रमाणपत्र विकाएर खान सकिँदैन, लुकाएर खाने अवस्था छैन ।
नेपाली युवायुवती विदेशीने संख्या न्युनिकरण हुन सकेको छैन । बरु, अधिकतम रुपमा बढेको पाइन्छ । अमेरिका, युरोप अथवा अष्ट्रेलियामात्र होइन, खाडीदेखि भारतसम्म पनि नेपाली युवाहरु शिक्षा र रोजगारको खोजिमा पलायनहुने क्रम बढिरहेको छ । ‘पढ्नेमात्र उद्देश्य होइन, काम गरेर पैसा कमाउने चाहनाले पनि विदेशिनु परेको छ । केही वर्ष अष्ट्रेलियामा बसियो पढाइसँगै केही पैसा कमाइयो अव जर्मनको तयारीमा छु ।’ मोरङ्का बद्री भट्टराइ भन्छन्,‘यसलाई रहर र बाध्यता दुवै भन्नुपर्छ । विना लगानी केही हुन नसकेपछि लगानी गरेर राम्रै काममा जाउँ भन्ने धोको हो ।’ अव्वल नम्बर ल्याएर पढ्ने र काम गर्न रुचाउने युवापुस्ता विशेषगरी युरोप तथा अष्ट्रेलिया जाने दाउमा छन् । त्यहाँ हुन सकेन भने जापानसम्म भएपनि जाने उनीहरुको इच्छा हुन्छ । पढाइसँगै त्यहाँ काम गरेर आम्दानी हुने रकमको लोभ उनीहरुले पालेका छन् । काठमाडौंका सुदन दाहाल भन्छन्–‘यहाँको वेरोजगारीको स्थिति देखेर त विदेशिने सोच आउनु स्वभाविक हो । पढाइका लागि लगानी ग¥यो तर त्यो उपलव्धिमुलक छैन । बरु काम गर्दै पढ्न पाउने लालसाले विदेशिने सोच आउँछ ।’ दाहाल युरोपको कुनै राम्रो मुलुक जान अहिले बुझिरहेका छन् ।
‘विद्यार्थी राजनीतिक हे¥यो भद्रगोल छ । शिक्षाको व्यवस्था हे¥यो बस्न मन लाग्दैन । नेपाली शिक्षाको हविगत विश्वबजारमा शुन्यप्रायः नै हुन्छ । यहाँ मास्टर्स गरेर पनि आइएलटीएस पास गरेको प्रमाणपत्रलाई युरोप, अष्ट्रेलिया अमेरिका अथवा जापानका बजारमा मान्य गर्दैन । विश्वबजारमा अमान्य प्रमाणपत्र बोकेर के गर्नु र ?’ काठमाडौंका नामी कलेज पढेका विद्यार्थीहरुको भनाई यस्तै छ । भीएस निकेतन पढिरहेका राजु कर्माचार्य भन्छन्,‘म जापान जाने तयारीमा छु । यहाँ पढियो तर भाषा तथा आइएलटीएसको तयारी गरिरहेको छु । बेलायत अथवा अष्ट्रेलियामा सर्भाइभ गर्न कनि हुने भयो । गर्लफ्रेन्डले फोर्स गरेपनि म जान सकेको छैन ।’ कर्माचार्यको यस्तो विचार भएतापनि काठमाडौं होस वा पूर्वी सहर इटहरीमा हुर्किरहेका विद्यार्थीहरु । उनीहरुले पछिको गन्तव्य बाहिर पढ्ने नै राखेका छन् । ‘प्राइभेट र महँगो कलेज पढेर सामान्य काम गर्न सकिन्न । रहरले पढ्नेहरुका कुरा बेग्लै भयो तर करले पढ्ने हाम्रा लागि खोई अवसर ? विदेश नगई हुन्न ।’ विराटनगरका सुमन चापागाई सोध्छन्,‘लौ खोजिदिनुहोस त ?’
‘यहाँ पढेको विषयको कौशलताका बारेमा त्यति महत्व पाइँदैन त्यसैले अचेल टेन प्लस टु सक्नासाथ विद्यार्थीहरु विदेश जान चहान्छन् ।’ शिक्षा अधिकारीहरु भन्छन्,‘यहाँ शिक्षा विद्यार्थीका लागि नभई कलेजका लागि भएको छ ।’ पढेर पनि विदेश जाने सोचका धनी विद्यार्थीहरु पर्याप्त हुन थालेका छन् । ‘पढाइका लागि भनिएका कुनै संस्था खाली हुँदैनन् । विभिन्न नामका त्यस्ता संस्था पढ्दा बाहिर जान सकिन्छ की ? भन्ने आशा भएकाले संस्था जोडिएका छन् ।’ विद्यार्थीहरु सोध्छन् ।
चाहना र सोच जसरी नै त्यसलाई कसरी उपयोग गर्ने भन्ने तरिकापनि फरक ढङ्गका देखिने गरेका छन् । अचेल कलेजका क्लासमै भविष्य कुन देशमा गएर विताउने भन्ने सल्लाह हुने गरेका छन् । गर्लफ्रेण्ड वा ब्वायफ्रेन्ड बनाएकाहरुले एकअर्कालाई डिपेन्डेन्ट बनाएर नै विदेशको पढाई र रोजगारीको तयारी गरिसक्छन् । किस्ट कलेजका विनय देवकोटा भन्छन्,‘यसरी तयार गरिएन भने त भविष्य अन्धकार छ नी ? त्यसैले यस्तो तयारीमा जुटेका छौं, हामी ।’