Thursday, June 6, 2013

प्रचण्डका केही चामत्कारिक विशेषता यस्ता पनि छन्


नेपाली राजनीतिका विख्यात गसिपका विषय हुन्, पुष्कमल दाहाल उर्फ प्रचण्ड । कता कता पुष्पकमल र कता कता प्रचण्ड दुवै भुमिकामा आफुलाई चिनाउन चहाने उनी हरदम गसिपका पात्र बन्ने प्रयत्नमा हुन्छन् । उनका व्यक्तिगत विशेषताहरु केही यस्ता पनि छन् ।  

प्रचण्ड आफुलाई राजनीतिक गसिपको हिरो मान्छन् । उनी चर्चामा आउनका लागि दलभित्रकै दुई खेमालाई चलायमान राख्न चहान्छन् । त्यसका चावी सञ्चालकका रुपमा उनी आफ्नो भुमिकालाई प्रभावकारी देखाउँछन् । 
प्रचण्ड जति राजनीतिसँग नजिक छन् त्यति नै उनी मनोरञ्जनसँग पनि ‘अपडेट’ छन् । उनी नेपाली चलचित्र क्षेत्रका नीर शाहदेखि रेखा थापासम्मको गसिपलाई अध्ययन गर्छन् । पार्टीमा कलाकारिता र चलचित्र मोह बढाउनका लागि सांस्कृतिक टोलीको स्थापना गरी लगानी गर्नुपर्छ भन्ने धारणा पनि उनकै थियो । 
प्रचण्डको कमजोरी खेल क्षेत्रमा नै हो । उनी राजनीतिका रोनाल्डो त बनेका छन् तर उनलाई असली खेलबारे राम्रो जानकारी छैन । फुटबलबारे सुनेका, देखेका र केही समय खेलेका पनि छन् । बाँकीवाद खेलहरुका बारेमा उनको ध्यान जान सकेको छैन । हुनसक्छ संक्रमणकालिन राजनीति अहिलेको कारण र जनयुद्धमा पनि रणनीति निर्माणका कारण उनको ध्यान पुग्न नसकेको होस् । 
उनले भागवत गीता, रामायण र वेदका केही सुत्रहरुलाई लागु गरेका छन् । हिन्दु धर्म मान्दिन भनेपनि उनी वेदमा उल्लेख भएका पात्रहरुसँग प्रभावित छन् । देवराज इन्द्र अर्थात देवताका राजासँग उनी प्रभावित हुन् । देउताको सत्ता चलाउनेले सुरासुन्दरी, परी, मदिरा सेवन गर्छन् भन्नेकुरामा उनी प्रभावित नै छन् । 
एउटा नेताको व्यक्तित्व राम्रो हुनुपर्छ भन्नेमा प्रचण्डको विश्वास रहिआएको छ । जनयुद्धकालदेखि नै अन्य माओवादी नेताभन्दा उनी सफा ठाउँ, सफा खाना, सन्तुलित भोजनका भोगी थिए । अहिलेपनि उनी त्यसकुरामा पछि छैनन् । 
जसरी राजनीतिमा माओवादीको ब्रान्डलाई सानो समयमा स्थापित गराएर सत्ताको मुख्य ढोकामा उनी उभिएका छन् । अझ, अहिले नेतृत्व पंक्तिमा नै उभिएका छन्, त्यसरी नै उनी आफ्ना हरेक सामान ब्रान्डेड बोक्छन् । एक लाखको पलंगको कुरा चर्चामा आएपनि, उनले लगाउने जुत्ता, मोजा, सुट, चश्मा, जेल, तेल, स्किन क्रिमहरु पनि विश्वका एकनम्बर ब्रान्डमा पर्छन् । प्रचण्डको अर्को बानी हो नाच्ने । उनी नृत्यमा पनि त्यत्ति नै पोख्त छन् । आधुनिक नृत्य गर्ने उनलाई समय छैन तर लोकगितमा उनी मज्जाले नाच्न रुचाउने नेतामा गनिन्छन् ।  
प्रचण्ड सामसुङको ग्यालेक्सी थ्री एस, आइफोन र आइप्याडका सौखिन हुन् । उनी ग्यालेक्सी थ्री बोकेर वैठकहरुमा पनि जाने गरेका छन् । अरुल आफ्ना मत राख्दा उनी त्यो मोवाइलसेटमा गेम खेलेर बस्छन् । आफ्नो कुरा आयो भनेमात्र उनले ध्यान दिन्छन्, अरुका कुरा सुन्ने र त्यसमाथि बहस गराउने उनको बानी छ । त्यतिन्जेल उनी गेम खेलेर बस्छन् । उनी प्राविधिक खेलका पनि उत्तिकै सौखिन पुरुष हुन् । 
प्रचण्ड शक्तिको नशामा फँसिसकेका व्यक्ति हुन् । उनलाई अन्य कुराको आदत नभएपनि शक्तिको आदत बनेको छ । उनी चर्चा र नेतृत्व तहको जिम्मेवारी अथवा त्यो भुमिकाबाट बाहिरन चहाँदैनन् । जुनसुकै हालतमा पार्टी होस या सत्ता आफ्नो नियन्त्रणमा राख्नेप्रवित्तिका मानिस हुन्, चाहे त्यसका लागि पार्टीको सैद्धान्तिक लाइनलाई परिवर्तन नै किन गर्न नपरोस् । 
भन्छन् मानिसहरुले प्रचण्ड परिवारप्रति चिन्तित हुँदैनन् । तर, उनको सवैभन्दा चिन्ताको विषय नै परिवार हुने गरेको छ । उनले छोरा प्रकाशलाई सवैभन्दा बढि माया गर्छन्, अनि श्रीमति सीतालाई पनि । सीता उनको योजनाको प्रमुख सल्लाहकार नै हुन् । 
प्रचण्ड आफ्ना वरिपरि कम्तिमा १० जना नेताहरु लिएर हिँड्न रुचाउँछन् । उनका वरिपरि मान्छे नहुने हो भने उनी चिन्तित र निराश हुने गरेका छन् । 
माक्र्स, लेलिन र माओको कार्ययोजना र दर्शनबाट पार्टीलाई नेपालमा पहिलो वरियतामा स्थापित गराउने सफल नेतृत्वकर्ता भएतापनि प्रचण्ड शासक हिटलरबाट प्रभावित मानिस हुन् । उनले भारतमा बसेर नेपालमा युद्ध गरुन्जेल हिटलरको सवै तिकडमबाजीहरुको चाख दिएर अध्ययन गरिसकेका छन् । र, 
अव प्रचण्डलाई मुलुकको कार्यकारी राष्ट्रपति, पार्टीको अध्यक्ष र सैनिक प्रमुख एकैसाथ हुने बहुमहत्वकांक्षा छ । उनी त्यसका लागि राजनीतिक रुपमा जे गर्न पनि तयार हुने मनस्थितिमा छन् । 

Wednesday, June 5, 2013

बारका नतर्की फिल्मका हिरोइन

नेपाली सिनेवृत्तमा अभिनय क्षमता, अध्ययन र कलाप्रतिको लगावले भन्दा पनि निर्माता/निर्देशकलाई ‘रिझाएर’ हिरो/हिरोइन हुने क्रम बढिरहेको छ । त्यसमा पनि हिरोइनहरू अझ अगाडि देखिएका छन् । कतिसम्म भने डान्स बारहरूका नर्तकीसमेत धमाधम हिरोइन हुन थालेका छन् । जसले गर्दा चलचित्र क्षेत्रप्रतिको आमसोचाइ अझ नकारात्मक हँुदैa गएको छ । यद्यपि क्षमता छ भने जुन पृष्ठभूमिबाट आएको भए पनि त्यसले कुनै असर पुर्‍याउँदैन । नतर्की नै भए पनि आफूलाई निर्खादै लाने हो भने सफल हुन गाह्रो छैन । तर बार डान्सरबाट सिनेमाको रंगीन संसारमा प्रवेश गर्नेको सूची निकै लामो भए पनि कोही पनि सफल भएको देखिँदैन । क्षणिक चर्चा बटुले पनि आफूलाई स्थापित गर्नबाट सबै चुकेका छन् । उषा पौडेलदेखि शुभेच्छा थापा, प्रिया रिजालहुँदै सीमा केसीसम्म कुनै नर्तकी पनि सिनेमामा सफल हुन सकेका छैनन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमरकृति मुनामदनलाई चलचित्रको पर्दामा उतार्दा ‘मुना’की भूमिकामा देखाएकी नायिका उषा पौडेल पनि दरबार मार्गको शो प्यालेस रेस्टुरेन्टमा कम्मर मर्काएर नाच्ने गर्थिन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको लामो समयसम्म पनि उषाले रेस्टुरेन्टमा नाच्न छाडेकी थिइनन् । तर आजकल उनी मुम्बईमा छिन् । नेपाली चलचित्रमा जम्न नसकेपछि करिब तीन वर्ष अगाडि मुम्बई हानिएकी उषा अहिले हिन्दी धारावाहिक शृंखलामा व्यस्त छिन् । डान्सबारको नर्तकीबाट नायिका बनेकाहरूमध्ये तुलानात्मक रूपमा उषा सफल भएको देखिन्छ । यद्यपि उनले पनि नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन भने सकिनन् ।
नायिका प्रिया रिजाल पनि रेस्टुरेन्टकै नर्तकी हुन् । नृत्य कलामा पोख्त भए पनि उनी चलचित्र क्षेत्रमा क्षेत्रमा सफल हुन सकिनन् । उनले मोडलिङ गरेका केही म्युजिक भिडियो लोकप्रिय भए पनि उनी अभिनीत कुनै चलचित्र सफल भएको छैन । ‘आफ्नो कला जहाँ देखाए पनि हुन्छ’, उनी गर्वका साथ भन्छिन् । उनी अहिले पनि डान्स बारमा नाच्ने गर्छिन् । चलचित्रमा
नायिका भएपछि डान्सबारमा उनको भाउ ह्वात्तै बढेको बताइन्छ । उनी ‘कुमारी आमा’ हुन् अर्थात् अविवाहित भए पनि उनीसँग सात वर्षको छोरो छ । डान्स बारमा नाच्नुका अलवा उनी दुवई, कतारलगायतका मुलुकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न कलाकारको टोली लिएर जान्छिन् । तर फिल्म क्षेत्रबाट भने गुमनामजस्तै भइसकेकी छिन् ।
नरेश पौडेलले निर्देशन गरेको चलचित्र ‘हिरो’बाट नेपाली रजतपटमा डेब्यु गरेकी पूजना प्रधान पनि कुनै बेला दरबारमार्गको बाजुकी रेस्टुरेन्टमा कम्मर मर्काइमर्काइ अर्धनग्न नृत्य गर्थिन् । रेस्टुरेन्टका नियमित ग्राहक पौडेल पूजनाको नाचबाट लठ्ठिएपछि उनलाई हिरोइन बनाएका थिए । तर सोही चलचित्रबाट डेब्यु गरेकी अर्की नायिका रेखा थापा नम्बर वान हिरोइन भइसक्दा पूजना भने हिरोइनको ‘र्‍याङकिङ’मा समेत पर्दिनन् । चलचित्र उद्योगबाट लगभग गुमनाम भइसकेकी पूजना पछिल्लो समय चलचित्र ‘रक्षा’मा दिएको उत्तेजक र अश्लील दृश्यको कारण विवादमा परेकी छिन् । झन् ‘दर्शकले मेरो नांगो शरीर हेर्न चाहन्छन् । नदेखाएर के गरुँ’ भनेर अखबारमा अन्तर्वार्ता दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । उसै त रेस्टुरेन्टबाट आएकी हुनाले उनीप्रति धेरैको नकारात्मक दृष्टिकोण थियो, त्यसमाथि लाज पचाएर अश्लील दृश्य दिएपछि उनी थप आलोचनाकी सिकार भएकी छिन् । यसबाट पनि उनको करियर अन्धकारतिर धकेलिएको प्रतीत भएको छ ।
अहिले थेरथोर चर्चा बटुलेकी नायिका शुभेच्छा थापा पनि रेस्टुरेस्टबाटै आएकी हुन् भन्ने यथार्थ कमैलाई मात्र थाहा होला । नयाँ बानेश्वरस्थित रक रेस्टुरेन्ट एन्ड डान्समा नृत्य गर्ने शुभेच्छा तिम्सिनाले सोही रेस्टुरेन्ट मालिक अनिल थापासँग विवाह गरेपछि शुभेच्छा थापा भएकी हन् । विवाहपश्चात् भने उनले रेस्टुरेन्टमा नाच्छ छाडेकी थिइन् । अरू निर्माताले नलिएपछि उनी आफैंले ‘को हुँ म’ नामक फिल्म बनाएर आफैं हिरोइन बनेकी थिइन् । तर फिल्म पूर्ण असफल भएपछि उनी गुमनामजस्तै बनेकी छिन् ।
सयौं लोकदोहोरी गीतमा मोडलिङ गरेकी रञ्जिता गुरुङ पनि कुनै समयमा लोकदोहोरी साँझमा नाच्ने । सञ्चिता दोहोरी साँझहरू नाच्न निकै हिट पनि थिइन् तर पछि लोकगीतमा मोडलिङ गर्न थालेपछि भने उनले डान्सबारहरूमा नाच्न छोडेको बताइन्छ । ‘गोर्खा पल्टन’ चलचित्रमा प्रशान्त तामाङको जोडीको रूपमा अभिनय गर्ने मौका पाए पनि उनको करियरले नयाँ उचाइ लिएन । आजकल उनी घरगृहस्थी सम्हालेर बसिरहेकी छिन् । ‘पलपलमा’, ‘चन्द्रावती’, ‘किनकिन’ जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी नायिका शशी खड्काले पनि सिने क्षेत्रमा प्रवेश गर्नुअघि डान्सबारहरूमा नाच्ने गर्थिन् । म्युजिक भिडियोमा पनि रुचाइएकी शशी बागबजार क्षेत्रका बार तथा रेस्टुरेन्टहरूमा काम गर्ने बताइन्छ । नेपाली चलचित्रमा सोचेजस्तो प्रगति गर्न नसकेपछि उनी पनि उषा पौडेलेको सिको गर्दै डेढ वर्ष अगाडि मुम्बई पसेकी छिन् । मुम्बईमा धारावाहिक टेलिशृंखलामा अभिनय गर्न संघर्ष गरिरहेको उनका नजीकका साथीहरू बताउँछन्
त्यस्तै, लोकदोहोरी गीतकी अर्की हिट मोडल सम्झना बुढाथोकी पनि बार डान्सरबाटै मोडल बनेकी हुन् । म्युजिक भिडियो निर्देशक तथा नायक शंकर बीसीले उनलाई भिडियोमा चान्स दिएका थिए । शंकरकै कारण उनी लोकदोहोरी गीतकी सर्वाधिक लोकप्रिय मोडल पनि भइन् । बागबजारमा डान्स कल्चर सञ्चालन गरिन् । पछि शंकर र सम्झनाबीचको रोमान्सको हल्ला पनि चलेको थियो । चर्चा पाउन ‘हरेक आसनमा यौनसम्पर्क गरेकी छु’ अखबारमा अन्तर्वार्ता छपाउने सम्झनाकै कारण शंकरको परिवार बिग्रेको आरोप पनि लाग्यो । लोकदोहोरी गीतका अलवा ‘बेरोजगार’ चलचित्रमा पनि अभिनय गरेकी सम्झनाको ‘मार्केट’ अहिले निकै घटेको बताइन्छ । उनी मौका मिलेको खण्डमा अहिले पनि डान्स बारमा नाच्न पछि पर्दिनन् । त्यस्तै, सीमा केसी नामधारी नवनायिका पनि रेस्टुरेष्टमा नाच्दानाच्दै चलचित्रमा हिरोइन भएकी थिइन् । असफल निर्देशकको सूचीमा पर्ने बाबु बलामीले उनलाई ‘जंगल लभ’बाट चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । बाबुले निर्देशन गरेको पछिल्लो चलचित्र ‘युज’मा पनि सीमाले नै मुख्य भूमिका निर्वाह गरेकी छिन् । सीमाले अहिलेसम्म बाबुको बाहेक अन्य चलचित्रमा अवसर पाएकी छैनन् । बाबु र सीमाबीचको हिमचिम असाध्यै बढेपछि उनीहरूबीचको सम्बन्धले निकै चर्चा पाएको छ । तर बाबुसँग नाम जोडिएर चर्चा भए पनि अभिनयबाट उनले चर्चा बटुल्न सकेकी छैनन् ।

साभार सामग्री देशान्तर साप्ताहिक र  http://gokarnagautam.blogspot.com

Friday, May 24, 2013

कामदेव एक परिचय

  • स्वयं भगवान विष्णु रमा-वैकुण्ठ में भगवती लक्ष्मी द्वारा कामदेव रूप में आराधित होते हैं।
  • ये इन्दीवराभ चतुर्भुज शंख, पद्म, धनुष और बाण धारण करते हैं।
  • सृष्टि में धर्म की पत्नी श्रद्वा से इनका आविर्भाव हुआ।
  • दैव जगत में ये ब्रह्मा के संकल्प के पुत्र माने जाते हैं।
  • मानसिक क्षेत्र में काम संकल्प से ही व्यक्त होता है। संकल्प के पुत्र हैं काम और काम के छोटे भाई क्रोध। काम यदि पिता संकल्प के कार्य में असफल हों तो क्रोध उपस्थित होता है।
  • कामदेव योगियों के आराध्य हैं। ये तुष्ट होकर मन को निष्काम बना देते हैं।
  • कवि, भावुक, कलाकार और विषयी इनकी आराधना सौन्दर्य की प्राप्ति के लिये करते हैं। इन पुष्पायुध के पंचबाण प्रख्यात हैं। नीलकमल, मल्लिका, आम्रमौर, चम्पक और शिरीष कुसुम इनके बाण हैं। ये सौन्दर्य, सौकुमार्य और सम्मोहन के अधिष्ठाता हैं।
  • भगवान ब्रह्मा तक को उत्पन्न होते ही इन्होंने क्षुब्ध कर दिया। ये तोते के रथ पर मकर (मछली) के चिह्न से अंकित लाल ध्वजा लगाकर विचरण करते हैं।
  • भगवान शंकर समाधिस्थ थे।
  • देवता तारकासुर से पीड़ित थे।
  • भगवान शिव के पुत्र से शक्य था। देवताओं ने काम को भेजा। एक बार मन्मथ पुरारि के मन में क्षोभ करने में सफल हो गये, पर दूसरे ही क्षण प्रलयंकर की तृतीय नेत्रज्वाला ने इन्हें भस्म कर दिया। कामपत्नी रति के विलाप स्तवन से तुष्ट आशुतोष ने वरदान दिया- 'अब यह बिना शरीर के ही सबको प्रभावित करेगा।'
  • कामदेव अनंग हुए। द्वापर में भगवान श्रीकृष्ण के यहाँ रुक्मिणी के पुत्र रूप में ये उत्पन्न हुए।
  • भगवान प्रद्युम्न चतुर्व्यूह में से हैं। ये मन के अधिष्ठाता हैं। 
  • कामदेव मन्त्र
    “ॐ नमो भगवते काम(देवाय श्रीं सर्व(जन(प्रियाय सर्व(जन(सम्मोहनाय ज्वल(ज्वल, प्रज्वल(प्रज्वल, हन(हन, वद(वद, तप(तप, सम्मोहय(सम्मोहय, सर्व(जनं मे वशं कुरु(कुरु स्वाहा।”

छरपष्ट राजनीति, वेतुकको कथा


विनोद ढकाल 

चित्रण १
एनेकपा माओवादी युद्ध छाडेर सडकमा आएपछि आधुनिक समाजमो सवैभन्दा चर्को विरोधीका रुपमा उत्रियो । लेखक खगेन्द्र संग्रौलालाई अगाडी सारेर ‘ग्लयामरको चर्को प्रतिरोध आन्दोलन पनि तताएको थियो । फलतः एउटा सुन्दरी प्रतियोगिता रोकिएको थियो । यो प्रसंग यसकारण पनि आलेखमा अनिवार्य छ की विषय रेखा थापाजस्तो हट केक लाई एमाओवादीमा टिका लगाएर व्यापक स्वागत गरिएको छ । निशव्द छन् तथाकथित सुन्दरीप्रतियोगीताका विरोधी तत्कालिन एमाओवादी महिला नेतृहरु पनि । 
चित्रण २
रेखा थापा । छविराज ओझासँग सम्बन्धविच्छेद भएकी एउटी महिला । नेपाली चलचित्र उद्योगमा राम्रो नाम कमाएकी एक अभिनेतृ । नेपालको सन्दर्भमा चलेकी ‘सेलिव्रिटि’ । अनेक परिचय रेखाका लागि उपयुक्त छन् । उनको नयाँ परिचय पनि थपिएको छ, एकीकृत नेकपा माओवादी कार्यकर्ता । अहिले योङ कम्युनिष्ट लिगमा उनको खुवै चर्चा छ । तत्कालिन सभासद् तथा वाइसीएलका उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापालाई उनले भाइटिका लगाएको र अहिले पार्टी प्रवेश गरेको विषयको पनि । सहरमा चन्द्रबहादुर थापा बाहेक रेखा थापासँग भाइटिका लगाउन चहाने अनेक थापाहरु सडकमा छन् । रेखाले किन सडकका थापाहरुसँग टिका लगाइनन् ? प्रश्नको चक्रव्युहबाट उत्तर खोज्ने अभिमन्यु कोही हुनसक्ला । सायद, यसको जवाफ छविराज ओझालाई थाहा होला । तर, सामान्यतया सरसर्ती विश्लेषण गर्ने हो भने ‘शक्तिकेन्द्र सम्बन्ध’को नीतिको एउटा साधारण उदाहरण थियो, त्यो । अन्य अनेक उदाहरण पनि छन्, शक्तिकेन्द्रमा पुग्ने महत्वकांक्षामा मान्छे कति हदसम्म लाग्छ भन्ने । 
बहस र विस्तार 
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई क्याविनेटले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने समयमा निक्कै कलाकारहरु शक्तिकेन्द्र नजिक धाएका थिए । पप्पु मरवैता अध्यक्ष नियुक्त हुनुभन्दा अघि विभिन्न प्रकारका आन्दोलन र अनशनका नाटकीय चरित्रले कलाकारको पगरी लगाउनेहरुको अनुहारलाई उतारेकै हो । महानायक भनिएका राजेश हमालसम्मको अनुहार आन्दोलनमा देखिएको थियो । त्यसअघि, क्याविनेट वैठक अघि संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा भएको संवादाको  एउटा अर्को नाटक यतिवेला राख्नैपर्ने हुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री रेखा थापालाई विकास बोर्डअध्यक्ष बनाउनका लागि तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले आग्रह गरेका थिए । जवाफमा राजकिशोरले भनेका थिए,‘चलचित्र विकास बोर्ड कुनै ‘...स्टार’ थन्काउने ठाउँ हैन । अन्य निकायमा आफ्ना मान्छे नियुक्त गरेर थाकेको एमाओवादीको भागमा चलचित्र विकास बोर्डमा नियुक्त गर्ने राजनीतिक भागवण्डाको अधिकार पनि थिएन । कुरा सेलायो, सकियो । एउटा चलेको साप्ताहिक अखबारअनुसार सोही समयमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य गणेश लामालाई भेट्न पनि भ्याइन्, रेखा थापाले । उनको धेय थियो, विजयकुमार गच्छादारसँग सम्बन्ध स्थापित गरेर विकास बोर्ड अध्यक्ष हुने । तर, भागवन्डाका आधारमा गच्छादारको पनि त्यहाँ केही सीप चल्नेवाला थिएन र चलेन पनि । 
उल्लिखित घटनाक्रम चलचित्र विकास बोर्डको राजनीतिक नियुक्तिका लागि रेखा थापाले कतिसम्म प्रयास गरिन् भन्ने देखिएका उदाहरण हुन् । यी बाहेक उनले कति प्रयास गरिन्, कस्ता–कस्ता मान्छेहरुसँग भेटिन र कुन कुन शक्तिकेन्द्रसम्म पहुँच बनाउने प्रयत्न गरिन् भन्ने नेपाल टेलिकमको कल डिटेलमा होला । थापामात्र किन ? यहि पदका लागि निक्कै कलाकार भन्न रुचाउनेहरुको अभ्यास लामो थियो । उनीहरु खुलेर कार्यकर्ता हुन सकेनन्, भएकाहरु खुल्न चाहेनन् । यसका विविध कारण हुनसक्ला । 
रेखा थापाको यो पार्टी प्रवेश गर्ने काम साँच्चै माओवादीको विचारसँग प्रभावित भएर हो अथवा अवसरका लागि हो ? भन्ने विरोधाभाष चर्चा सहरमा उल्लेख्य रुपमा चलिरहेका छन् । यसलाई ‘रेखा थापाको तातो बहस’ नामाकरण गरिसकिएको छ ।
क्लाकारिता र राजनीतिको अन्तरसम्बन्ध कति छ थाहा छैन । कुनै कुनै अर्थमा यी दुई र फरक धारको परोक्ष सम्बन्ध हुनसक्ला । तर, जसरी अहिले खुलेर देखिन थालेको छ, यो नेपाली कला उद्योगका लागि र राजनीतिका लागि पनि हानिकारक देखिएको छ । नेपालीले विर्सेका छैनन्, तत्कालिन राजा ज्ञानेन्द्रले आह्वान गरेको चुनावी प्रचारका लागि मनिषा कोइराला काठमाडौंमा खटिएकी थिइन् । यो दुश्प्रयासको नमुनाले न राजाको क्रेज बढाएको थियो, न तत्कालिन चुनावको मान्यता नै रह्यो । ठ्याक्क यहि पथबाट एमाओवादी आफ्नो चुनावी सभा र विरोधका कार्यक्रममा कार्यकर्ता भुलाउनका लागि कतै रेखा थापाहरुको प्रयोग गरिरहेको त छैन ? राजनीतिक कोणबाट पनि दृष्टिगत गर्न आवश्यक छ । कलाकारले विश्लेषण गर्नुपर्ने अनिवार्यता कति छ, त्यो व्यक्तिमा नीहित सवाल भयो । 
एउटा राम्रो कलाकारको ‘स्टारडम’ जीवन्त राख्नका लागि उसको कलाकारिताको संघर्ष नै काफी छ । नेपाली चलचित्र क्षेत्रमा रेखा थापाको स्टारडम एउटा उचाइसम्म पुगेको महसुस गर्नुमा आपत्ति हुने थिएन । तर, अहिले आफ्नो कलाकारिताको हैसियत गिरेको हो भन्ने प्रमाण उनी आफैंले अनेक कामहरु गरेर प्रमाणित गरिरहेकी छन् । त्यसकारण उनी आफ्नो नयाँ पहिचानको खोजीमा पार्टीविशेषमा प्रवेश गरिन् । उनीसँग एमाओवादी प्रवेश गर्ने नेतृ उर्मिला अर्यालले पार्टी परिवर्तन गर्नु त्यति नयाँ कुरा होइन । उनको जीवन नै यस्तैमा वितेको छ । तर, शक्तिको आडमा आफुलाई यहि क्षेत्रमा टिकाइराख्ने अथवा सभासद् हुने अभिलासामा पार्टी प्रवेश गर्नेहरुको लस्करले उसको एउटा परिचयलाई जीउँदो कदापी राख्न सक्तैन । मलाई सम्झना छ– जव माधव नेपाल सरकार गिराउनका लागि माओवादीले वेतुकको आन्दोलन छेडेको थियो त्यसबेला रेखा थापाले प्रचण्डसँग कम्मर मर्काएको चर्चा वेतोडले चलिरहेको थियो । लगत्तै माओवादीले विराटनगरमा गरेको सभामा तत्कालिन एमाओवादी नेता सीपी गजुरेलको सम्बोधनका क्रममा पनि उनी त्यहाँ कम्मर लर्काउन पुगेकी थिइन् । त्यसैबेला पत्रकारद्वय सुविद गुरागाँई, नविन गड्तौला र मैले उनीसँग लामो समय कुराकानी गरेका थियौं । उनको माइतीघर सलकपुरमा कालो चिया पिएर उनीसँगको कुराकानी लामो भएको थियो । स्मरणका लागि उनले खैरो रंगको टिसर्ट र कालो हाफपाइन्ट लगाएको पहिरनबारे भन्नु सावितीका लागि सान्दर्भिक होला । त्यसबेला उनले भनेकी थिइन्,‘कलाकारको पार्टी हुन्न । म माओवादी होइन, बन्न पनि सक्तिन ।’ उनको त्यो भनाईमा दम नरहेको अहिले सावित भएको छ । यद्यपि, मानिस स्थिर र स्वतन्त्र भएर बस्न सक्तैन । यो तथ्यसँग उनले पनि सामिप्यता देखाइन् । उनी एमाओवादीको विचारसँग सहमत हुनु नयाँ कुरा होइन । सहरमा निक्कै रेखा थापाहरु छन् । जो, शक्तिकेन्द्रहरुको शरणमा पुगेर महत्वकांक्षाको ‘इम्प्लिमेन्ट’ गर्न चहान्छन् । मौका थोरैले पाउने गर्छन । यो ‘मौका’ कसरी आइलाग्छ ? कसरी पाइन्छ ? कसरीको जवाफ जनताले थाहा पाउनुपर्ने अनिवार्यता भइसकेको छ । 
प्रचण्ड गसिप
मानिस चर्चाको यतिविध्न लुव्धो हुँदो रहेछ की त्यसले अनेक हत्कण्डालाई विभिन्न प्रकारबाट जारी राख्दछ । एमाओवादी अध्यक्ष प्रचण्डलाई थाहा छ, राजनीतिमा गसिप अनिवार्य हुनुपर्छ । उनी यो योजनाबाट सदाबाहर चर्चामा आइरहने व्यक्ति पनि हुन् । चाहे रेखा थापासँग नाचेको विषय होस् अथवा भैंसीको पुच्छर समाएर पुजा गरेका कथा हुन् । यी दुई चरित्र चलचित्रक्षेत्र र राजनीति क्षेत्रमा गसिपलाई प्रेम गर्ने व्यक्ति हुन् । जंगबहादुरदेखि बुद्ध बन्नेसम्मका घोषणा हुन् अथवा राजनीतिक छलका कथाहरु हुन्, प्रचण्ड कहिलेपनि मिडियाबाट टाढा भएका छैनन् । 
मानिस शक्तिकेन्द्रको नजरमा त्यतिवेलासम्म रहन्छ जतिवेलासम्म सहरमा उसको चर्चा हुन्छ । प्रचण्डको दिमाग र रेखा थापाको मनोवैज्ञानिक तिक्ष्णता समानजस्तै छ । कति कलाकारहरु खासगरी हिरोइनहरु जवानी सकिनासाथ चलचित्रबाट सकिएका छन् । रेखा त्यो लहरमा उभिने मान्छे होइन । अनेक रुपमा मिडियाको नजरमा छाइरहने मान्छे हो । उनका विभिन्न प्रकारका हत्कण्डाहरु प्रचण्डभन्दा कम छैनन् । छविराज ओझासँगको विवाह, सम्बन्ध र छोडपत्र होस् अथवा राजनीतिक दल प्रवेशका कुरा हुन् । मिडियालाई गाली गर्ने चालचलन होस् वा अन्य प्रकारका हर्कतहरु सदावहार रुपमा उनलाई चर्चामा राख्ने विषय बनेका थिए । ठिक प्रचण्ड समान । त्यसकारण पनि प्रचण्डको पार्टी र रेखाको लामै समयसम्म ताजा हुनसक्ने सम्भावना कोर्न सकिन्छ ।
जेहोस् एक परिवर्तनका अनेक कोणहरु देख्न पाइन्छ । सिद्धान्त परिवर्तन नभई व्यवाहार परिवर्तन भएको राजनीतिक दल र व्यवाहार यथावत राखेर सिद्धान्त परिवर्तन गर्ने कलाकार । यस्तै हुन्छ सायद, अस्रेल्ल राजनीति भएको मुलुकको वेतुकको कथा ।  

Thursday, May 23, 2013

खाडी अर्थात् पीडाको खाडल

डी. विनोद
दाङको तुलसीपुरकी फूलमाया तामाङ हाउसमेडको कामको लागि साउदी अरब पुगेकी थिइन् । काममा लाग्नासाथ विरामी भएकी फूलमाया विरामी भएपछि अहिले रियादस्थित नेपाली दुतावासको शरणमा छिन् । उनलाई नेपाल पठाउनका लागि दुतावासले गरेको पहल प्रकृयामा छ ।
दुई वर्ष अघि रोजगारीको खोजीमा साउदी अरबको रियाद पुगेकी उनी घरेलु कामदारका क्रममा पुगेकी थिइन् । तर, कामको चापका कारण उनी विरामी परिन । अहिले उनी दुतावासमा छिन् । रियादस्थित नेपाली दुतावासले जनाएअनुसार उनको नेपाल फिर्तिका लागि आवश्यक प्रकृयाकोक्रम चलिरहेको छ ।
रोजगारीको खोजीमा साउदी अरब लगायत खाडीका कतार, ओमान, बहराइन, युएई पुग्ने महिला कम छैनन् । श्रमस्वीकृति लिएर पुगेपनि विभिन्न प्रकारको समस्याको शिकार भएका उनीहरु नेपाल फर्किने तयारीमा छन् । कतिपय दुतावाससम्म पुग्नका लागि पहल गरिरहेका छन् भने धेरैजसो दुतावासको शरणमा पुगिसकेका छन् । दुतावासकै शरणमा रहेकी अर्की महिला हुन्, धनकुटाकी विमला राई । उनीपनि हाउसमेडको कामको लागि २०११ मा साउदी अरब पुगेकी थिइन् । ‘साउदीमा यस्ता धेरै महिलाहरु दुतावासको शरणमा छन् । झण्डै पाँच सयभन्दा बढि महिलाहरु अहिलेपनि मुलुक फर्किने धुनमा छन् ।’ दुतावासको सेफ हाउसमा राख्नसक्ने बाहेकका महिलाहरु पनि मुलुक फर्किनका लागि दुतावासको कोठाचोटा धाइरहेका छन् ।
पर्वतकी सोमकुमारी श्रेष्ठ हुन् वा चितवनकी सावित्रि सापकोटा उनीहरु पनि मुलुक फर्किने ध्याउन्नमा रहेका छन् । दुतावासका एक अधिकारीका अनुसार नेपाली महिलालाई साउदीमा राम्रो व्यवाहार नभएका कारण निक्कै महिलाहरु फर्किनेक्रममा लागि परेका छन् ।
साउदीमात्र होइन यस्ता पीडा सहेर कतारलगायतका मुलुकमा पनि महिलाहरु दुतावासको शरणमा पुगेका छन् । बैदेशिक रोजगारीका सिलसिलमा कतारमा घरेलु कामदारको रुपमा ३० महिनादेखि कार्यरत मोरङग मधुमल्ला–१ की २३ बर्षिया बलिमाया राई गत साता दुतावासको शरणमा पुगेकी थिइन्  । उनी एक प्यालेष्टाईनीको घरमा ८ सय रियाल तलबको सर्तमा घरेलु कामदारको रुपमा काम  गर्दे आईरहेकी थिईन् । उनी एक पटक घर फर्केर फेरि काम गर्न पुगेकी थिइन् । तर, उनले समयमा तलब नदिने र घरमा जति काम गरेपनि गाली खानुपर्ने बाध्यता व्यहोर्नु प¥यो । उनले भनिन्,‘काम ज्यादा गर्नुपर्ने तर समयमा तलव नदिएपछि म भागेर दुतावासको शरणमा आएकी हुँ ।’
उनलाई आफ्नै भिनाजु भगीरथ पौडेलले घरेलु कामदारको रुपमा कतार पु¥याएका थिए । भिनाजुले आपूm कार्यरत अफिसका मेनेजरका घरमा ल्याएका थिए । काम सजिलो र घरमा बच्चामात्र हेर्ने काम भनेर पु¥याएपनि सबै काम गर्नुपर्ने पिडीतले दुतावासमा गुनासो गरिन् । उनले दश महिनासम्म तलव पाएकी थिइनन् । उनलाई पुन घरमा काम गर्न बोलाएपनि अव काम गर्न घरमा नजाने र नेपाल फिर्ता जाने सोचकासाथ दुतावासको शरणमा आएको उनले बताइन् । उनी मुद्दिर भन्ने व्यक्तिको घरमा कामदारका रुपमा थिइन् । उनी रोजगारीका लागि कतारबाहेक अन्य मुलुक नपुगेको बताइन् ।
कतारमा यस्ता पीडित नेपाली युवती निक्कै रहेको त्यहाँस्थित राजदुत मायाकुमारी शर्माले बताएकी छन् । कतार लगायत सोही दुतावासले नियाँलिरहेको ओमान, बहराइन लगायतका मुलुकमा पनि नेपाली युवतीहरु समस्यामा रहेको खबर आउने गरेको उनले बताइन् । सम्बन्धित मुलुकहरुमा विभिन्न माध्यमबाट पीडित महिलाहरुको जानकारी लिने काम प्रकृयागत ढंगबाट भइरहेको शर्मालाई उदृत गर्दै कतारस्थित पत्रकार रवी रोषीले जनाएका छन् ।
एक सय १४ दालाल पहिचान
नेपाली महिलालाई वैदेशिक रोजगारीका लागि व्यक्तिगत भिसामा बोलाएर खाडी लगायतका मुलुकमा अलपत्र पार्ने एक सय १४ जना दलाल सक्रिय रहेको खुलेको छ । ‘दलाल अरुपनि हुनसक्छन् तर दुतावासले पहिचान खुलाएका ती दलालहरुको बारेमा परराष्ट्र मन्त्रालयसम्म जानकारी पठाइएको छ ।’ साउदीअरबस्थित नेपाली रादुत उदयराज पाण्डेले भने,‘उनीहरुलाई कारवाही गर्ने र दलालीलाई बन्द गराउने हो भने नेपाली महिला साउदीलगायतका खाडी मुलुकमा समस्यामा पर्ने छैनन् ।’
साउदी अरवमा उद्दार गरिएका घरेलु कामदार महिलाहरुको उजुरीको आधारमा ती दलालहरुको पहिचान भएको थियो । दुतावासले पठाएको जानकारीकै आधारमा सरकारले एक छानविन समिति गठन गरि कार्वाहीको प्रकृया सुरु गरेको थियो । दलालहरुले महिला कामदार पठाउन नेपाल सरकारले स्वीकृत नदिएका साउदी अरेविया, ओमान, वहराइन जस्ता देशमा घरेलु कामदारको रुपमा पठाउने गरेका छन् ।
दलालहरुले एयरपोर्टमा ‘सेटीङ’ मिलाएर, भारतको बाटो प्रयोग गरेर एवं गलत कागजपत्रको प्रयोग गरेर नेपाली महिलाहरुलाई ति देशहरुमा गैरकानुनी रुपमा पठाउने गरेको अध्ययनले देखाएको छ । घरेलु कामदारको रुपमा साउदी अरव लगायतका देशहरुमा पुगेका नेपाली महिला कामदारहरु मानव वेचविखन तथा ओसारपसारमा पर्ने, मानसिक तथा शारिरीक हिंसामा पर्ने, अनिच्छुक गर्भधारण गर्नुपर्ने लगायतका समस्या भोग्दै आएका छने । अवैध रुपमा दलाल मार्फत पुगेका यस्ता महिलाहरु कहाँ कुन अवस्थामा हुन्छन् भन्ने एकिन तथ्याङक समेत सम्वन्धित देशका दुतावासहरुसँग हुन नसक्ने समस्या पनि कायम छ ।
गत २२ महिनामा साउदी अरव स्थित नेपाली दुतावासले समस्यामा परेका ६ सय ३५ घरेलु महिला कामदारलाई उद्दार गरेको थियो । १३ हजार ४१ जनालाई साउदी जेलबाट उद्दार गरिएको तथ्याङक समेत साउदी दुतावासले दिएको छ । अवैध रुपमा महिला कामदार साउदी अरेविया पठाउने काम नरोकिएपछि दुतावासले नेपाली महिला कामदारलाई साउदी अरेवियामा व्यवस्थित गर्न सकिने प्रस्ताव सहित एक समझदारीपत्रको मस्यौदा नेपाल सरकारलाई पठाएको छ ।
कतारको जेलमा २७ नेपाली
बैदेशिक रोजगारीका लागि कतार आएर कानून विपरित काम गरेका २७ नेपालीहरु त्यहाँको जेलमा छन् ।
कतारस्थित नेपाली दुतावसका अनुसार लागुऔषध सम्बन्धमा ८ जना, चोरीको अभिगोगमा ८ जना, ज्यानमुद्दा अभियोगमा ३ जना, बलात्कारको अभियोगमा ३ जना, मदाक पदार्थको अभियोगमा ३ जना, झैझगडा तथा कुटपिटको अभियोगमा १ जना, नक्कली मुद्राकोे अपचलन (कारोबार)मा १, जना गरी २७ जनाले जेल जिवन विताईरहेका छन् ।
सन २००४ देखि २०१८ सम्ममा उनीहरु जेलमा रहने कतारको कानुनमा उल्लेख गरिएको छ । उनीहरुको सजाय ३ महिनादेखि १५ वर्षसम्म रहेको छ । नेपाली महिला भने जेलमा नरहेको नियोगले जनाएको छ । गत वर्षको नोभेम्बरमा दुतावासको टोलीले जेलमा रहेका नेपालीसँग भेटेको थियो ।
युएईमा एक वर्षमा ५५ को मृत्यु,
करिब २ लाख ५० हजारभन्दा बढिको संख्यामा नेपाली रहेको युएइमा एक वर्षमा ५५ जना नेपालीको मृत्यु हुने गरेको छ । शारजाह, अजमान, अबुधावी, अलाएन, फुजेराह र रसअल खैमाहबाट भिजिट भिषा निकालेर युईए जाने नेपाली बढिरहेको पनि बताइएको छ ।
युएइस्थित नेपाली राजदूतावास अबुधावीको तथ्यांङकअनुसार नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा कमी भएको छ । युएईको सरकारी बिभागदेखि लिएर निजी कम्पनीहरुको हरेक क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । २०१२ को तथ्यांङकअनुसार यएईमा ५५ जना नेपालीहरुको मृत्यु भएको राजदूतावास अबुधावीका अधिकारी लोकबहादुर क्षेत्रीले जानकारी दिए । ड्यूटीमा काम गर्दागर्दै २ जना, ट्राफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना नेपाली रहेको बताइएको छ । मृत्यु भएका ५५ मध्ये ५४ पुरुष र एक महिला थिए ।
सन् २०१० को तथ्यांङकमा मृत्यु हुनेमा ८८ जना रहेका थिए  भने सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरु विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन्, भने जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजाहमा फांसीको सजाय समेत सुनाइएको थियो । अमरबहादुरको बचाउका लागि विभिन्न संघसंस्थाहरुले पहल गरेका थिए ।

साउदीबाट फर्किनेहरुको ताँती

साउदी अरब सरकारले अवैधानिक प्रवासी कामदारलाई राख्ने स्थानीय कम्पनीलाई कारवाही गर्ने निर्णय गरेपछि अवैधानिक रुपमा काम गर्ने नेपाली वैधानिक हुने र घर फर्किने प्रकृया सुरु भएको छ ।
साउदी प्रशासनले अवैधानिक रुपमा रहेको नेपाललगायतका मुलुकका कामदारहरुलाई १० मे देखि १४ जुलाईसम्म दुई महिनाको समय दिएर वैधानिक हुन वा घर फर्किनका लागि समय दिएकाले पनि नेपालीहरुको घुइँचो दुतावासमा बढेको छ । साउदी अरवका राजदुत उदयराज पाण्डेले त्यहाँको सरकारको उक्त आह्वानपछि नेपालीहरुको घर फर्किने क्रम बढेको बताएका छन् । कतिपय नेपालीहरुले वैधानिक हुनका लागि पनि सल्लाह लिन थालेका छन् । यस अवधिमा साउदी अरबमा अवैधानिक रहेका कामदारलाई आममाफी दिने घोषणापनि त्यहाँको सरकारले गरिसकेको छ ।
साउदी सरकारको उक्त निर्णयसँगै त्यहाँस्थित नेपाली दुतावासले पनि नेपालीलाई वैधानिक प्रणालीमा आउनका लागि आह्वान गरेको थियो । दुतावासका अनुसार साउदी सरकारको निर्णय र दुतावासको आह्वानका कारण झण्डै ७० हजार अवैधानिक रुपमा रहेको नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।
सो क्रममा दुतावासमा नेपालीहरुले कानुनी दायरमा आउने र नेपाल फर्किने विषयमा सम्पर्क र प्रकृया सुरु गरिसकेका छन् । झण्डै १७ हजार नेपाली हालसम्म दुतावासको सम्पर्कमा आइसकेका छन् । अवैधानिक कामदारका रुपमा रहेका तर वैधानिक राहदानी भएका नेपालीहरुले स्पोन्सरसिप परिवर्तन गरी काम गरिरहेको कम्पनीमा आफ्नो रोजगारी यथावत गर्नसक्ने वातावरण पनि तयार भएको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साउदी अरब पुगेर रोजगारदाता कम्पनीमा नपुगी अन्यत्र गएका नेपाली कामदारले दुतावासमा आउट पास अथवा ट्राभल भिसा बनाएर साउदी सरकारबाट इक्सिट पाससमेत लिनसक्के प्रावधान दुईमहिनासम्म रहेको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।
परदेशबाट घरमा सन्देश
युवराज घिमिरे
हाल मलेशिया

मेरो मोरंगको डाँगीहाटमा रहनुभएका बुवालाई चिन्ता नलिइ बस्नका लागि अनुरोध गर्छु । अवको दुई महिनामा नेपाल फर्किने तयारी गरेको छु । त्यहिँ आएर राम्रो काम गर्ने योजना पनि बनाएको छु ।
खगेन्द्र पौडेल
हाल बहराइन

सप्तरीको कमलपुरमा रहेको मेरो परिवारलाई चिन्ता नलिनका लागि आग्रह गर्दछु । आबुधावीमा रहेका दाईलाई ढुक्क भएर काम गर्नको लागि आग्रह गर्छु । केही वर्ष अझै काम गरेर म फर्किनेछु । चिन्ता नलिई बस्नुहोला सवैले ।

सुमीना थापा
हाल इजरायल

मेरो भाई काठमाडौं आएको छ । उसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । विराटनगरमा रहनुभएका आफन्तहरुलाई सम्झिएको छु । यहाँ काम गर्न मुस्किल छ, केही महिनामा फर्किने सोचपनि बनाएकी छु ।

बसन्त लुइँटेल
हाल कोरिया

सप्तरीको फत्तेपुरमा रहेका मेरा परिवारलाई सम्झिाएको छु । यहाँ काम गर्न मुस्किल छ, त्यहि पनि त्यहाँ आएर काम गर्ने वातावरण छैन । घरमा खेतीपाती राम्रै गर्नुहोस भन्ने बुबालाई भन्न चहान्छु ।

डिल्ली भण्डारी
हाल कतार

झापाको बाह्रघरेमा रहेका मेरा श्रीमति, छोराछोरीलाई सम्झिएको छु । यहाँ निक्क्ै सम्झीरहेको छु । दुख नमानी बस्नु म चाँडै फर्किएर आउँदैछु । बुबाआमा आराम हुनुहुन्छ होला भन्ने विश्वास राखेको छु ।       

सडक किनारको मस्तीशाला

विनोद
सूर्यविनायक क्षेत्र कटेपछि राजधानी भित्रिने नाकाका विभिन्न ठाउँमा खुलेका कटेज अहिलेको पुस्ताको ‘मस्तीशाला’ बन्न थालेका छन् । प्रेमिका हुन् अथवा केही घन्टाका लागि खरिद गरिएका युवतीहरु तिनीहरुलाई घुमाउने र रसलीलामा रमाउने ठाउँका रुपमा विकसीत हुन थालेका छन्, यस्ता कटेजहरु । सूर्यविनायकदेखि साँगासम्म शुक्रबारले केही दिन अघि गरेको अध्ययनअनुसार यस्ता सहज कटेजहरु दर्जनभन्दा बढि भेटिएका थिए । 
राजमार्गसँग नजिक रहेका तर प्रशासनको पहुँच कम हुने गरेका कारण जोडीहरुको गन्तव्यको नयाँ आश्रयस्थलका रुपमा कटेजहरु प्रख्यात हुन थालेका छन् । उक्त कटेजहरुको प्रमुख ग्राहकका रुपमा राजधानीबाट घुम्ने बाहनामा त्यहाँ पुग्ने जोडी नै हुन् । ‘जोडी आउँछन्, कटेजमा बस्छन् । अश्लील काम पनि गरेको आक्कल झुक्कल देखिन्छ । तर, हामी आफ्नो कामबाहेक अरु कुरामा ध्यान दिँदैनौं ।’ साँगास्थित एक कटेजमा कार्यरत कर्मचारीले भने,‘यसबारेमा ध्यान दिए अर्को पटकदेखि व्यावसाय चल्दैन ।’
ती कर्मचारीका अनुसार उनी कार्यरत कटेजमा मात्र दैनिक १२ देखि १८ जोडीसम्म आउने गरेका छन् । विदाको दिन शनिबार जोडी ज्यादा आउने गरेको उनले बताए । काठमाडौंमा रहेका ३० हजार यौन व्यावसायीहरुका लागि पनि ती आम्दानीका सहज ठाउँका रुपमा विकास हुन थालेका छन् । फँस्टाउँदै गएको ‘मोवाइल पार्टनरसीप’ले उनीहरुलाई फाइदा पु¥याएको छ ।
राजधानीमा प्रशासन र स्वयम् होटल व्यावसायीले पनि यौनसम्पर्क गर्न नदिने भनेर अभियान चलाएपछि व्यावसायीक र गैरव्यावसायीक जोडिपनि राजधानी बाहिरको सुरक्षित आश्रयस्थलको खोजीमा यो क्षेत्रमा आउन थालेका छन् । ‘यहाँ आउने ग्राहकले सिधै केटीको ‘डिमान्ड’ गर्दैनन् । उनीहरु आफैंले ल्याउने गरेका छन्, ल्याएर के हुन्छ भन्नेबारेमा हामीले प्रष्टसँग भन्नसक्ने स्थिति छैन ।’ साँगास्थित अर्का रेष्टुरेन्ट सञ्चालकले शुक्रबारसँग भने,‘हामीकहाँ दुई चारजना परिवारसहित बस्ने कटेजहरु छन्, त्यहाँ जोडीमात्र पनि पुग्छन् । अरु कुरा भन्न सकिन्न ।’ आफ्नो कटेजमा सर्भिस दिनेहरु पनि सवै पुरुषहरु भएकाले यौनबारेको चासो राख्ने नगरेको उनको भनाई थियो ।
राजधानीमा बेरोजगारहµ बढेका छन् ।  राम्रो लाउने, मीठो खाने रहरले मान्छेलाई यौनव्यवसायतिर डोहो¥याउ“न थालेको छ । समयस“गै फेरि“दै गएको यौनव्यवसाय क्याबिन, गजल रेस्टुरेन्ट, डान्स, मसाज हु“दै अहिले ओपन होटलको µपमा मौलाइरहेको प्रहरीले पनि स्वीकार गरेको छ । नाका क्षेत्रमा पनि यस्ता महिलाहरुको सम्पर्क बढ्न थालेको छिटपुट जानकारी आउन थालेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
त्यसो त २००६ र ७ मा राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा १२ वर्Èदेखि ३० वर्Èसम्मका करिब ४० हजार महिला क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर र डान्स रेस्टुरेन्टमा कार्यरत थिए । अहिले सो अनुपातमा अझ बढेका छन् । राजधानीमा यौन व्यावसायमा कडाई गरेपछि उनीहरु राजधानी छिर्ने नाकातिर बढेका हुन् । बर्सेनि पा“चदेखि सात हजार नेपाली युवती भारतीय बजारमा पु¥याइने गरिएको थियो । अहिले सो संख्या राजधानीमै व्यस्त हुने गरेको पनि तथ्यांक छ । अन्तर्राष्ट्रीय श्रम संगठनले सन् २००१ मा गरेको अध्ययनले नेपालका १२ हजार किसोरी यौन व्यावसायमा लाग्ने गरेका छन् ।
नेपालमा संगठित रुपमा यौनव्यवसाय गरेको नपाइए पनि राजधानीको ठमेललगायतका लज, रेस्टुरेन्ट, रिसोर्ट तथा गेस्टहाउस यौनसम्पर्क गर्ने सुरक्षित स्थलका रुपमा विकास भएका थिए । अहिले नाका क्षेत्रमा रहेका रेष्टुरेन्ट त्यसरी मौलाउँदै गएको स्थानीयहरुले बताउने गरेका छन् ।
मुलुकभित्रै यसरी यौनव्यवसाय फस्टाइसक्दा पनि यसको भरपर्दो अध्ययन भएको छैन । गाउँमा अभिभावकले पालनपोषण गर्न सक्ने अवस्था भएका महिला पनि नयाँ जीवन र अवसर खोज्दै यो पेसामा आइपुग्ने महिलाका लागि काम गर्ने शक्ति समूहको एक अध्ययनले देखाएको छ । शक्ति समुहले विभिन्न ठाउँमा यौन व्यावसायमा संलग्न महिलाहरुसँग यसप्रकारका अन्तर्किया गरिरहन्छ ।
एक सर्वेक्षणमा ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्र्षका र ३३ प्रतिशत १८ वर्र्षमुनि भएको पत्ता लागेको थियो । उनीहरुमध्ये गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र मगर १०.६ प्रतिशत छन् । त्यस्तै, ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेको पाइएको थियो । शक्ति समुहको एक अध्ययनले काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर एरियामा बढी यौनव्यवसाय हुने गरेको देखाएको छ । ती क्षेत्रमा मात्रै ६८ वटा क्याबिन रेस्टुरा, १६ वटा दोहोरी, दुई दर्जन बढी ओपन होटल र १० भन्दा बढी डान्सबार रहेको छ । अहिले यसमा प्रहरी हस्तक्षेप बढेपछि नाकाक्षेत्रमा यस्ता रेष्टुरेन्ट सरेका छन् । झण्डै १० प्रतिशत रेष्टुरेन्टहरु सुर्यविनायकदेखि बनेपासम्म रहेको अनुमान गरिएको छ ।