Tuesday, September 10, 2013

सन्तान हत्या, शोक र अवमूल्यनकर्ताहरुको झुन्ड

विनोद ढकाल
भर्खरै जन्मिएको बाच्छो मरेपछि मेरो घरको गाइले तीन दिनसम्म केही खाएन । उसको आँखाबाट अविरल आँसुहरू खसिरहे, ऊ शोकमा स्तब्ध पनि थियो । उसको संवेदनासँग हामीलाई त्यति चासो थिएन तर आमाले उसको स्याहार गरेका कारण उसको भावनासँग नजिक हुनुहुन्थ्यो । उहाँले गाइको शोकको कारणलाई खुलेर कुरा गर्नुभयो र हामी गम्भीर भयौँ । सन्तानको मृत्यु कतिसम्म भयानक हुने रहेछ, कतिसम्म शोकमा पर्दोरहेछ भन्ने मेरो घरपालुवा जनावरको स्तब्ध दैनिक देखेर हामी छक्क परेका थियौँ । एउटा जनावर आफ्नो सन्तानको प्राकृतिक मृत्युमा निकै समयसम्म शोकाकुल भएर बस्यो त्यसले के महसुस गरेको थियो रु भन्नेबारे हामी अड्कलबाजी मात्र गरिरहेका थियौँ ।
एउटा जनावरमा सन्तान मृत्युको संवेदनालाई महसुस गर्न सकिन्थ्यो, उसको अवस्थालाई हेरेर । उ आफैँ शोकमा निराहार बसिरहेको थियो, हामी चिन्तित थियौँ । सन्तान हत्याको सवालमा निराहार बस्ने चेतनशील, विवेकशील व्यक्तिको अवस्था कस्तो होला रु हामीले विश्लेषण गरेका छौंँ रु सन्दर्भ कृष्णप्रसाद अधिकारीका बाबुआमा नन्दप्रसाद र गंगामायाकै हो । उनीहरू किन निराहार, अनशनमा बसे होलान् रु स्वभाविक रूपमा सन्तानको मृत्युबाट बाबुआमाको संवेदना निकै गहिरो भएर आउँछ । तर, यहाँ अपहरण र त्यसपछि हत्या भएको थियो, कृष्णप्रसादको । त्यहाँमाथि किटानी जाहेरी दिँदा धम्की र विस्थापित हुनुपरेको व्यथा अर्कोतिर छ । यो पीडा, यो भावनालाई राजनीतिकरण गरेर विरोध र वितण्डा मच्चाउने प्रयत्न गर्नु अस्वभाविक हर्कत मात्र होइन, मानवीय संवेदनाको हुर्मत लिने अभिप्राय पनि हो । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त अझ हत्याको निर्देशन आफैँले दिएको भनेर अभिव्यक्ति दिए र चुनौति पनि दिए, सके कारबाही गर्न । यो खबरले एमाओवादी संवेदनाहिन राजनीतिक दलमात्र होइन, आत्मस्वार्थ केन्द्रित, अपराधीकरणको संरक्षणको धङ्धङीमा चलिरहेको राजनीतिक दलका रूपमा चित्रित भएको छ । प्रचण्ड स्वयंले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिनुले पनि प्रष्टिन्छ उनका गालामा परेको थप्पडको मूल्य मान्यता र महत्व । पदम कुँवरले जुन साहस गरेर दाहालको गालामा थप्पड हाने त्यसका पछाडि पनि एमाओवादीको आत्मकेन्द्रित स्वार्थको प्रतिविम्ब थियो । माओवादीमा लागेर मानसिक सन्तुलनसम्म गुमाएका परिवारको दुर्दशामाथि न्याय नगरेका कारण प्रचण्डले थप्पड पाएका थिए । त्यो थप्पडलाई स्मरण नगरी प्रचण्डले जुन प्रकारको अभिव्यक्ति दिएका छन्, यसले एमाओवादी संस्थागत रूपमा नै आपराधीकरणको राजनीतिकरण र राजनीतिलाई अपराधीकरणमा परिमार्जन गर्न उद्यत रहेको प्रष्ट हुन्छ । अब एमाओवादी राजनीतिक दलका रूपमा व्याख्या हुन्छ कि संवेदनाको अवमूल्यनकर्ताहरूको झुन्डका रूपमा परिभाषित हुन्छ रु यसको जवाफ जनताले दिनेछन्, यदि जनता जनार्दन हुन् भने । 
अहिले कृष्णप्रसाद अधिकारी हत्याप्रकरणले तताएको, गर्माएको राजनीतिमा न्यायको घाँटी निमोठ्ने काम हुनु स्वभाविक ठान्ने कार्यकर्ताहरूको मस्तिष्कमा संवेदनाको आगो झोस्नुपर्ने अनिवार्यता छ । आफूलाई काट्दा दुख्छ भन्ने मनस्थितिलाई बिर्सिएर मानवीय संवेदनामाथि तर्कबाजी र बयानबाजी गर्ने माओवादीहरूको मुटु कति दुख्छ रु भन्ने उत्तर खोज्न आवश्यक छ । हुन त दाहालको परिवारमा नै संवेदनाको कुनै हैसियत छैन । यसका उदाहरण उनकी पत्नी सीताले बुहारीलाई गर्ने व्यावहार र प्रकाशले अर्की श्रीमती लिएर भाग्ने प्रकरणले पनि प्रष्ट्याएकै छ । तर, यो परिवारभित्रको मात्र कुरा होइन, यो मानवअधिकार र मानवताको सवाल हो । त्यसकारण यसमाथि चर्चा अनिवार्य हुनुपर्छ, न्यायमाथिको बहसलाई कसैले दबाउने कोसिस गर्न हुँदैन । 
जोसँग भावनाको रस हुँदैन त्योसँग मुलुकभक्तिको आशा गर्न सकिन्न । व्यक्ति हत्याको विषयमा गम्भीर नहुने र गहिरो चोट नबोक्ने राजनीतिक दलका कार्यकर्ताले मुलुकमाथि लागेको चोटको व्यथालाई सहज स्वीकार्न सक्दैनन् । मानवतावादी हुनका लागि मानवीय चरित्र देखिनु पर्दछ । मानवीय चरित्र भनेको संवेदनायुक्त, आँसुको मूल्य, रगत बगेको महसुस हुनु अनिवार्य हुन्छ । तर, यी विषयमा माओवादी मौन छ, प्रतिष्ठा र हैसियतको लडाइँमा अभ्यस्त छन्, संवेदनाको विषयमा निक्कै कमजोर देखिन्छन् । 
व्यक्ति हत्याको संवेदनालाई अवमूल्यन र तर्कबाजी गर्ने र प्रतिकारका कुरा गर्ने तथाकथित माओवादीहरूसँग संवेदनाको पुञ्ज भेटिएन, कृष्णप्रसाद हत्या प्रकरणमा । यहाँ व्यक्ति हत्याको विषयभन्दा पनि मानिसको जीवनमरणको सवालको विषयमा राज्यको गम्भीरता खोजिएको थियो । यदि हत्याको अवमूल्यन, हत्याराको उन्मुक्तिका लागि संगठनात्मक रूपको प्रतिवाद हो भने सडक खुला छ, सडकमा अनेक माओवादीहरू आए हुन्छ जवाफ सडकबाटै हुनेछ । मानवीय संवेदनालाई पार्टी र सिद्धान्त अनि युद्धका नाममा अवमूल्यन गर्नु मानवताविरोधी कदम हो, अमानवीय व्यावहार हो । अन्य १३ हजारको कुरा उठाएर एक जनाको संवेदनामाथि प्रहार गर्ने रु १३ हजारको हत्याको छानबिन गर न १ किन प्रचण्ड, बाबुरामहरूलाई कुर्सीमा बसाउने रु निराकरण खोज न १ संवेदना हराएको राजनीति, मानवताको अवमूल्यन गर्ने दल, अधिकार र न्यायको बर्खिलापमा उत्रने राजनीतिक पार्टीबाट फेरि पनि न्यायको खोजी हामी जनताले कसरी गर्ने रु उठौँ, जुटौँ, न्यायको पक्षपाती भएर उभिऔँ । कसैमाथि दोष होइन, तथ्यका आधारमा कारबाही हुनुपर्छ भन्ने सामूहिक आवाज उठाऔँ । यो माओवादी नामलाई बिगार्ने होइन, माओवादी नाममा भएका अपराधलाई उजागर गर्ने कामको सुरुआत हो । कांग्रेस, एमाले र मधेसवादी नाममा भएका अपराध पनि खुलारूपमा कारबाहीको दायरामा ल्याउने कुरामा एकमत होऔँ । न्यायिक नेपालको खोजी गरौँ । 
सिद्धान्ततः एमाओवादीको जातसँग स्तम्भकारको कुनै पूर्वाग्रह छैन । यो कस्तो वाद नेपालमा स्थापित हुँदैछ जो अपराधलाई राजनीति भन्छ, संवेदनालाई माओवादीविरोधी कदमका रूपमा व्याख्या गर्दछ । समस्याको समाधानका विषयमा गहन हुन नसक्ने, नचाहने, इच्छा शक्तिलाई राज्यमा उतार्न नसक्ने तर पेरिसडाँडातिर पुगेर प्रतिकारको दम्भ देखाउने प्रवृत्ति किन हाबी भयो रु प्रश्न गर्न पाउनुपर्छ, नेपालीजनले । 
दाहालले नौ महिना सरकार चलाए । नौ महिना सरकार चलाउने क्रममा उनले प्रधानसेनापतिको पद चलाउने कोशिस गरे, कार्यकर्ता उचाल्ने र भिडन्तको माहोल बनाउने कोशिस गरे । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सामान्य प्रकृयासमेत चलाउन सकेनन्, सरकार गिराउने र बनाउने खेलमा अभ्यस्त हुन पुगे । उनको बलमा, उनको आडमा एमाओवादीले शान्तिप्रक्रिया यता पनि विभिन्न हत्याकाण्ड मच्चाउने कोशिस गरेकै थियो । त्यसपछि माधव नेपाल र झलनाथ खनालका सरकारहरू माओवादीका लागि नकाम भए होलान् । माओवादीविरुद्धको अभियानमा लागेका यी राजनीतिक दलहरूको दम्भले अन्य काम गरेन होला । तर, डा। बाबुराम भट्टराई ३५ औँ प्रधानमन्त्रीका रूपमा आएपछि किन समस्या समाधानको खोजी हुन सकेन रु किन मन्त्रिमण्डल विस्तारका नाममा हिसिला यमीहरू धनी बनाउने क्रम बढे, मुस्ताङम्याक्स चढ्ने र नाममा वाह वाही कमाउने महत्वकांक्षा मात्र जाग्यो रु न्यायका लागि सत्यनिरुपण आयोग गठनमा किन बाबुराम पनि सक्रिय हुन सकेनन् रु विमानस्थल भारतलाई ठेक्का दिनेदेखि बिप्पा सम्झौतासम्म पेलेर गर्ने बाबुरामले पेलेरै किन त्यो आयोग गठन गर्न चाहेनन् रु किन अपराधलाई छानबिनको दायरामा ल्याउने कोशिस गरेनन् रु उत्तर उनीहरूबाट आउनु पर्दैन रु 
न्यायको सवालको उत्तर प्रतिप्रश्न होइन । न्यायको लडाइँको शान्तिपूर्ण दबाबको उत्तर हिंस्रक र भावनाविरोधी आन्दोलन हुनै सक्दैन । यदि एमाओवादीले त्यसलाई निरन्तरता दिने हो भने त्यो मानवताविरोधी काममात्र होइन, संवेदनाहीन जंगली व्यावहारको झझल्कोका रूपमा व्याख्या हुनैपर्दछ । कसैको संवेदना, पीडा र अधिकारको प्रतिकार गर्नेहरू सामाजिक हुनै सक्दैनन्, ती असामाजिक तत्वका रूपमा व्याख्या हुन्छन् । विश्व बजारमा उन्माद भएको उदार लोकतन्त्र र त्यसभित्र व्याख्या गरिएका कानुनका विरोधी हुन्छन् । आततायी शासनका पक्षपोषक हुन्छन्, तिनले न्याय दिन सक्दैनन्, न्याय लिन पनि जान्दैनन् ।
अतः कृष्णप्रसाद हत्या प्रकरणमा अहिले जो पक्राउ परेका छन्, जसमाथि चितवन प्रहरीले छानबिन गरिरहेको छ, त्यो सरकारको सही कदम हो । त्यसको विरोधमा जो सडकमा जाने कोशिस गरिरहेका छन्, तिनलाई कानुनी कठघारामा उभ्याउन राज्य तत्पर होस् । अपराधलाई संरक्षण गर्ने झुन्डको आन्दोलन, आन्दोलन होइन अपराध हो । त्यो अपराधलाई पनि सरकारले नियन्त्रण गर्नुपर्छ । यदि एमाओवादीलाई अन्याय भएको महसुस हुन्छ भने उसैले बनाएको उच्चस्तरीय राजनीतिक समितिमार्फत यो सरकारलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको सुझाव दिन सकोस् र घटनाहरूको व्याख्याको आधार बनाउन सकोस् । 
होइन भने न्याय खोज्नेहरूको पीडामाथि धावा बोल्ने काम गर्ने अधिकार उसलाई छैन । यदि यो क्रम निरन्तर चलिरह्यो भने निश्चयभावी छ, एमाओवादी फेरि पनि अन्तर्राष्ट्रिय मानवअधिकार हनन्को सूचीमा दाखिला हुनेछ, मावनताविरोधी अपराधमा सूचीकृत हुनेछ । 

मंगलबार प्रकाशित कमाण्डर पोष्ट दैनिकमा छापिएको मेरो लेख । 

Monday, September 9, 2013

आफैंले निम्त्याएको पराजय

एउटा स्तव्ध इतिहाँस भयो, आइतबार अफगानिस्तानविरुद्ध नेपाली खेलाडीहरुको खेल । राष्ट्रियताको सुत्राधारको रुपमा चलिरहेको साफ फुटवलमा नेपाली इतिहाँसका कयन सुनौला मौकाहरु थिए, ती सवै विफल भए । खेल हो, विफल हुनुमा आश्चर्य मान्नु पर्दैन तर कहिलेकाँही टिम क्याप्टेनको गल्तीका कारण खेल हारिन्छ ।
मैदानभित्र न त प्रशिक्षक छिर्न पाउँछन् न त अन्य अनुभवीहरु । त्यसबेला कसले कुन समयको कुन मौकालाई प्रयोग गर्ने भन्ने जिम्मा र निर्णय टिम क्याप्टेनले नै गर्दछ । जुन नेपाली टिम क्याप्टेनले सही निर्णय गर्न सकेनन् । 
यदि रोहित चन्दलाईमात्र खेलाडी मान्ने हो भने अन्य १० खेलाडीको प्रदर्शन र उनीहरुले देखाएको खेललाई के मान्ने ? जवसम्म मैदानमा स्ट्राइकरहरु बलिया देखिन्छन्, मिड फिल्डरहरु तगडा भेटिन्छन् त्यसबेलासम्म कुनै डिफेन्डरलाई खेलको अन्तिम तीन मिनेट बाँकी रहँदाको सुनौलो मौका दुई पटकसम्म गुमाउनका लागि दिनु टिम क्याप्टेनको गल्ती हो । यसमा चन्दको दोष छैन, यसमा सागर थापाको दोष छ । ८७ औं मिनेटमा पाएको पहिलो पेनाल्टी अवसर र चुनौति, जस र अपजसको भारी बोक्नैपर्ने हुँदा थापा आफैंले प्रहार गर्नुपर्ने थियो । खेलको नियती नै यहि हो, जवसम्म क्याप्टेन आफैंमा सक्षम छु भन्ने भ्रममा बाँच्छन् खेलहरु असफल हुँदै जानेछन् ।
लाखौं नेपालीको सपना तुहाउने काम असामान्य हो । अफगानविरुद्धको खेलमा पाएका अवसरहरु कमजोर निर्णयका कारण नेपालको पोल्टाबाट गुम्यो । ग्रुप अफ डेथ को समुहमा परेका बेला ग्रुप विजेता बनेर गएको नेपाल अन्ततः अर्को ग्रुपको उपविजेतासँग नराम्रोसँग पराजयमा पर्नु एउटा कुरा भयो तर मुटु मिचिनेगरी नै पराजय निम्त्याउनु चाँही दुखद थियो ।   

Sunday, September 8, 2013

खेल, युवा र राष्ट्रियताको सुत्राधार

विनोद ढकाल 
राजनीतिक रुपमा मुलुकको राष्ट्रियताको आधार के हो ? मुलुक स्वतन्त्र र मुलुकको हित र जितमा छाती कसरी फुल्छ ? भन्ने विषयलाई राजनीतिले कहिले पनि अनुमोदन गर्न सकेन । हज्जारौं युवाका छातीमा अहिले पनि राष्ट्रियताको विज गहिरो छ भन्ने उदाहरण केही दिनयता देखिएको छ । रंगशालामा उत्रिएको नेपाली फुटवल टिमको जीत, उसले देखाएको खेलसँग जोडिएको नेपाली राष्ट्रियताको व्याख्या थोरै शव्दमा पुरा हुन सक्तैन । नेपाली राजनीतिक कहिलेपनि राष्ट्रियताको पक्षपाती हुन सकेन । विदेशी प्रभुको शरणमा पुगेको राजनीतिमा राष्ट्रियताका आधार भेट्न सकिएन तर अझै पनि युवा मनहरु, युवा विवेक, युवा चाहना राष्ट्रियतामा अडिग छ भन्नेमा दुइमत देखिएन । खेल र राजनीति फरक विषय हुन् तर राष्ट्रियताको विकास, विवेचना दुवैमा उत्तिकै हुुनुपर्छ भन्नेमा दुइमत राख्न सकिन्न । 
नेपाली राष्ट्रिय टिमले देखाएको खेलले अहिले नेपाली युवा मुटुलाई जोडिरहेको छ । त्यतिमात्र होइन यसले राष्ट्रियता र मुलुकप्रतिको प्रेमलाई पनि खुलस्त रुपमा व्याख्यामय बनाइदिएको छ । राजनीतिबाट वाक्क भएका नेपाली युवालाई यस पटक खेलले एकसुत्रमा बाँधिदियो र राष्ट्रियताको सुत्राधारको साझा मञ्चमा उभ्यायो । सफलताले मुलुकको गरिमा बढाउँछ, मुलुकको गरिमाले आम मानिसको परिचयमा बल पु¥याउँछ । तर, नेपाली राजनीतिले अहिलेसम्म यी कुनैपनि काम गर्न नसकेका कारण नै नेपाली खेलप्रति युवाको चासो अभूतपूर्व बढ्यो । यद्यपि, मुलुकको आम परिवर्तनको पाटोमा राजनीति हावी भएका कारणले राजनीतिमा पनि नयाँपन र विकासको आशा राख्नु स्वभाविक हो । 
मानिस अनयास राजनीतिसँग नजिक हुने र त्यसको लाभमा डुव्न थालेपछि राजनीतिको भुत सपनामा पनि आउँछ । हुन पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार, निवास बालुवाटार र एकदई पटक शितलनिवास टेक्न अवसर पाएकाहरुका लागि राजनीतिको भुत जाग्नु अस्वभाविक होइन । 
निर्दलीय व्यवस्थामा पुगेको मुलुकको संकट कसरी न्युनिकरण हुने हो त्योचाँही थाहा भएन तर मानिसको सपनाभन्दा परको गञ्जागोल राजनीतिको बारेमा घटनाप्रधान चर्चा अव वाक्कलाग्दो भइसकेको छ । यद्यपि, मुलुकको समस्याको समाधानको उत्तम विकल्प राजनीतिक दलको राज्यसत्ता नै हो, त्यसको विकल्प खोज्दा मुलुक संकटमा पर्नसक्ने अनेक खतराहरु आउन सक्छन् भन्ने भनाईहरु पनि व्यर्थ भइसकेका छन् । 
न्यायपालिका र कार्यपालिकामात्र जीवित भएको मुलुकमा दुवै अधिकार एकै व्यक्तिलाई दिँदा ऊ भस्मासुरभन्दा फरक हुन नसक्ला भन्न सकिन्नथियो । त्यो देखियो पनि । आफु विरुद्धका १७ अभियोगलाई सर्वोच्चमार्फत खिलराज रेग्मीले खारेज गराए । यो शक्तिको दुरुपयोगमात्र होइन, शक्तिको विचलित स्वरुप पनि हो । 
। अहिले राजनीतिक दलहरु संकटमा पुग्ने अवस्था छ । निर्दलीय व्यवस्था हावी हुने सम्भावना ज्यादा छ । हिजो निर्दलीय व्यवस्थाबाट पार लगाउनका लागि जुन आन्दोलनको जगमा बहुदलीय व्यवस्थामा हामी आइपुगेका थियौं, त्यसको हत्या गर्नु जनआन्दोलन, जनताको चाहनाको अपमान गर्नु हो । त्यसकारण दलहरु यो अपमानको काममा लागे र अहिले मुलुक राजनीतिक रुपमा नै संकटको अवस्थामा देखिन्छ । राजनीतिको फाहोरी खेल, चाल र षडयन्त्रले मुलुक गैरराजनीतिक ध्रुवमा पुग्यो, जसले गर्दा मानिस राजनीतिक अधिकारको कुरा गर्दछ तर राजनीतिक अधिकार प्राप्त गर्ने ठाउँमा छैन । यसले उदाउँदो नयाँ पुस्ताको चाहनालाई कुल्चिएकोमात्र छैन, अपमान पनि गरेको छ । 
हामी राजनीतिमा पुस्तान्तरणको अवस्थामा नपुगेका कारणले संक्रमणकालिन अवस्थाका नाममा दलगत स्वार्थको कुटील षडयन्त्रको मारमा परेका छौं । जसले लोकतन्त्र सखाप बनाउने ठूलो चाल चलिरहेका छन् । यो चाललाई रोक्न, चुनौति दिन र सत्ताशक्तिलाई हस्तान्तरणका बाध्यकारी बनाउनका लागि युवाशक्तिको सक्रियताविना असम्भव देखिन्छ । त्यसकारण अव युवाशक्ति मुलधारको राजनीतिलाई प्रभाव पार्नेगरी उदाउन आवश्यक देखिएको छ । 

चीन, जापान र अमेरिकाको विकास इतिहाँसमा युवाशक्तिको ठूलो योगदान रहेको छ । जसका कारण आज उनीहरु विश्वका ठूला अर्थतन्त्र भएका बलिया मुलुकका रुपमा गनिएका छन् । नेपालमा पनि नयाँ पुस्ताको राजनीतिक मुलधारको प्रवेशविनाको विकास कल्पना गर्न सकिँदैन । राजनीतिक लाइनबाटमात्रै उक्त समस्याको समाधान खोज्न सकिन्छ । नयाँपुस्ताले आफ्ना असली युवा नेता छान्ने प्रकृयामा कुनै गल्ती गर्न हुँदैन । 
राष्ट्रिय राजनीतिमा आफुलाई विचारको प्रवाह गर्ने घमण्डमा राजनीतिक नेतृत्वले युवाशक्तिको हर्कतलाई जसरी बचाउ गर्ने प्रयत्न गरेको थियो, त्यो इतिहाँस कसैबाट लुकेको छैन । 
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय चाँही छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 
मुलधारको राजनीति स्थापित गराउनका लागि युवाको भुमिका जुन प्रकारले सक्रिय देखिएको छ, अहिलेको संक्रमणकालिन राजनीतिलाई व्यवस्थापन गर्ने हिम्मत पनि युवा नेताले राख्नेछन् । युवा संघको आसन्न महाधिवेशनले त्यो एजेण्डा बोेकेर मुलुकभरका युवालाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी नीति अवलम्बन गराउन सक्दछ । त्यसकारण तत्कालै सवै राजनीतिक दलभित्र हस्तक्षेप गर्ने भन्दापनि दलको आन्तरिक नीतिमा प्रभाव पार्न सकिन्छ । जुन शिक्षालाई अन्य दलका युवा संगठनहरुले पनि अवलम्बन गर्दा अलमलमा रहेको मुलधारको राजनीति लोकतान्त्रिक गणतन्त्र, जनताको जनमत र आकांक्षा अनुरुप चल्नसक्ने आधार देखिन्छ ।

सोमबार तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित 

Tuesday, August 20, 2013

प्रत्यक्ष र परोक्ष नाफामुखी सेक्सबजार

विनोद ढकाल......
जब भारतमा व्यापारको बहानामा अंग्रेजहरूको प्रवेश भयो, त्यसपछि त्यहाँ स–साना झुण्डमा रहेका राज्यहरू र तिनका राजाहरूको अस्तित्व संकटमा प¥यो । उनीहरू संवैधानिक बन्दै गए र अंग्रेजहरूको शासनले व्यापकता पायो । तर, राजा–महाराजाहरूलाई आफ्नो सियासत जसरी पनि जोगाउने बाध्यता थियो । घरेलु हतियार र सुरासुन्दरीको भरमा राज्य चलाइरहेका राजाहरूले अंग्रेजहरूलाई खुसी बनाउनुपर्ने अनिवार्यता पनि थियो । अन्यथा, उनीहरूको राज्यमा केही सीप चल्ने भएन ।
अंग्रेजहरूलाई खुसी बनाउनका लागि आफ्नो दरबारमा नाच्ने, सुखभोग गराउने, स्त्रीहरूलाई अंग्रेजहरूकहाँ पठाएर उनीहरू सियासतका राजा भएर बसे । यो उनीहरूको सेक्स घुस थियो, राज्य टिकाउनका लागि । विस्तारै अंग्रेजहरू भारतीय सुन्दर महिलाहरूसँग रम्न थाले, भोगमा विचलित हुन थाले र राजाहरूले शासनलाई कायम राख्न सके । यद्यपि, स्वतन्त्रता संग्रामभन्दा निकै अघि भारत यो अवस्थाबाट गुज्रिरहेको थियो । कतिपय राज्यमा अंग्रेजहरूले उनका नर्तकी र यौनसुख दिनेहरूसँग विवाह मात्र गरेनन्, सियासतका राजकुमारी पनि बनाएका उदाहरणहरू छन् । तर, ती यकिन र पुष्टिका आधारभन्दा कथामा सीमित रहेको पाइन्छ । 
अमेरिकी अभिनेता स्टिभ मार्टिनसँग सेक्सका बारेमा पत्रकारले सोधेका थिए, ‘सेक्स भनेको के हो रु कस्तो वस्तु हो रु’ उनले सेक्सलाई अति सरल रूपमा व्याख्या गरिदिए । उनले भनेका थिए, ‘सेक्स त्यस्तो चिज हो, त्यो किनेर उपभोग गर्न पाइन्छ ।’ अर्थात् सेक्स बजारीकरण भइसकेको छ, खरिद गर्दा पाइन्छ भन्ने नै उनको तर्क थियो । आधुनिक समाजको स्थापना गर्नका लागि पश्चिमाहरूको उदाहरणको मुलुक बनेको संयुक्त राज्य अमेरिका आफै युवाहरूले बनाएको मुलुक हो र त्यहाँका युवाहरूले ऊर्जाका लागि सेक्सलाई नियमित रूपमा उपभोग गर्नुपर्ने व्याख्या गरे जसका कारण अन्य काममा पनि ऊर्जा थपिने र निर्भिक रूपमा काम गर्ने प्रचलन बढेर आयो । अहिले सोही ठाउँमा नीलो फिल्म उत्पादनलाई कानुनले पनि मान्यता दिएको छ र त्यस्ता फिल्मको प्रमोसन पनि राम्रोसँग हुने गरेको छ । यो एउटा व्यापारका रूपमा पश्चिमबाट फक्रिएर आएको विषय मात्र बनेन, यसले विश्वबजारमा एसियालाई पनि तान्यो । अहिले एसियाका कैयन मुलुक प्राकृतिक होस् अथवा कृत्रिम सेक्सबजारबाट मनग्ये आम्दानी गरिरहेका छन् ।
सेक्ससँग जोडिएका व्यापार सामान्यतया प्रत्यक्ष मात्र पनि छैनन्, परोक्षरूपमा पनि यस्ता व्यापार अघि बढेको पाइन्छ । मिडियादेखि तरकारी बजारसम्मले पनि सेक्ससँग जोडिएका अनेक व्यापार प्रचूर बनाएका छन् । फलतः विश्वबजारमा कन्डोम कम्पनीहरूले आर्जन गरेको आर्थिक समृद्धि एउटा उदाहरण बन्न सक्छ । 
विश्व हल्लाउने
गरी फ्रान्सको ट्याबोलाइड पत्रिका क्लोजरले बेलायतकी राजकुमारी केट मिडलटनको टपलेस तस्बिर छापेको थियो । उक्त तस्बिर सार्वजनिक भएपछि युरोप–अमेरिकामा केटको भयंकर चर्चा भयो । त्यस चर्चाको प्रभावले पूर्वी तथा दक्षिण एसिया पनि हल्लिएको थियो । केट र राजकुमार विलियमको त्यो तस्बिर क्लोजरका लागि नाफामूलक मात्र सावित भएन, चर्चाको निकै उचाइमा पु¥याउने ठूलो सनसनी पनि भयो । उसले सेक्स र सुन्दरता दुवैलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो र फ्रान्सले लेखेको उक्त समाचारले युरोप लामो समयसम्म चर्चामय भयो ।
त्यसो त विश्वबजारमा कुख्यात पत्रिकाहरूले सेलिब्रिटीहरूको सेक्स स्क्यान्डल र रिलेसनसिपका बारेमा पनि लेख्ने गरेका छन् । बजारमा बिक्री हुने उक्त शैलीलाई अखबारले पछ्याउनुका पछाडिको कारण आफ्नो व्यापार नै हो ।
यो बाहेक विवाह नगरी एक्लै बसेका वा लामो समय विदेश रहेका कारण श्रीमतीबाट यौनसुख नपाएका पुरुषहरूलाई लक्षित गरेर निर्माण गरिएको सेक्स डलको सुविधामा वृद्धि हँुदै गएको छ । जापानले रबरको आकर्षक सेक्स डल निर्माण गरेपछि अमेरिकामा हालै सम्पन्न सेक्स एक्स्पोमा रोबोट सेक्स डल प्रस्तुत गरिएको थियो । 
पहिलो संस्करणको सेक्स डलले यौनसम्पर्कका बेला कुनै किसिमको प्रतिक्रिया देखाउँदैनथ्यो । अमेरिकामा प्रदर्शन गरिएको रोक्सी सेक्स डलले केही संवाद बोल्नुका साथै यौनसम्पर्कका बेला प्रतिक्रियाहरू पनि जनाउने निर्माण कम्पनीले बताएको थियो । 
अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो सेक्स डलले बजार लिने देखिएपछि जापानको सेक्स डल निर्माण कम्पनीले कुमारी सेक्स डलको निर्माण गरेको छ । यौनसम्पर्कका बेला योनिबाट रगत आएको अनुभूति होस् भनेर कुमारी सेक्स डल निर्माण गरिएको हो । कुमारी सेक्स डलमा कृत्रिम पर्दा लगाइएपछि यौनसम्पर्कका बेला रगतजस्तो पदार्थ निस्कन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको यो कुमारी सेक्स डल साढे २ किलो तौलको छ भने यसको बजार मूल्य ९६ अमेरिकी डलर छ । सेक्सको व्यापारीकरण, बजारीकरणको यो नयाँ तरिका थियो । कृत्रिम रूपमा पनि विश्वबजारमा सेक्सको व्यापार बढेको छ ।   
एसियाका लागि प्रख्यात सेक्स टुरिज्मको थलो बनेको छ, थाइल्यान्ड । नेपालदेखि पनि पर्यटकहरू प्रतिवर्ष थाइल्यान्ड जाने गरेका छन् । सेक्सको बजारले यति धेरै आर्थिक वृद्धिदर दियो कि चीन, भारत, नेपाल, पाकिस्तान, रुस, युरोपलगायतका देशका महिलाहरू पनि रोजगारीका लागि थाइल्यान्ड जान थाले । अहिले पनि उक्त मुलुकमा निकै देशका युवतीहरूले रोजगारी पाएका छन् र राम्रो आम्दानी गर्न सफल पनि भएका छन् । कानुनी मान्यता दिएर सरकारले सबैभन्दा ठूलो राजस्व पनि सेक्सबजारबाट नै लिने गरेको छ ।
यी सन्दर्भहरू नेपालको अहिलेको अवस्थासँग कति जायज हुन सक्छन्, कतिपय नहुन पनि सक्छन् तर सौन्दर्य बजारमा तीव्र रूपमा हुर्किरहेको नेपालका लागि यो अति उपयोगी नजिरका रूपमा सावित हुन सक्छ । राज्यको आम्दानीको स्रोत वा राज्यको आर्थिक व्यवस्था राजनीतिक परिवर्तनले मात्र सम्भव हुँदैन, त्यसको सहज व्यवस्थापन र त्यसमा पनि सबैभन्दा ठूलो पाटोमा रहेको विश्वबजारमा व्याप्त सेक्सबजार नै हो भन्ने ठाउँ छ । 
वैज्ञापनिक दुनियाँ, ग्ल्यामरसमा झुमेको विश्वसँग कसैको केही चल्दैन । मान्छे, खरिद गर्न सक्ने सुन्दरतालाई आफ्नो बगँैचामा सजाउन चाहन्छ । त्यसैले पनि बगैँचा लगाउनेहरूको घरअगाडि गुलाब फुल्नुलाई अचम्म मानिदैन । फूलहरू बीचमा किन गुलाबको चर्चा हुन्छ रु सम्भवतः त्यो निकै सुन्दर हुन्छ र त्यसलाई फूलहरूको राजाको रूपमा 
परिभाषित गरिन्छ ।
नेपाली विज्ञापन बजारमा सौन्दयर्ताको बिक्री व्यापक छ । सायद दुनियाँको बजारसँग निरन्तर प्रतिस्पर्धात्मक हुन नसक्ला तर केही हदसम्म भए पनि नेपाली बजारमा सौन्दर्यताको बिक्री बढेको अनुभूत हुन्छ । सौन्दर्यतासँगै कानुनी अडचनमा कायम राखेको सेक्सबजार पनि सानो छैन । बृहत् सेक्सबजारका रूपमा रहेको नेपालमा अहिले पनि सेक्स टुरिज्मको राजनीतिक आवाज निरन्तर उठ्न थालेको छ । 
हो, नेपालको पहिलो उद्योग र निर्यात गर्न सक्ने उत्पादन ऊर्जाको विकास नै हो तर ऊर्जाको विकासमा राजनीतिक इच्छाशक्ति र मुलुकको लगानी व्यापक हुन नसक्दा ऊर्जामा निकै कमजोर बनेको छ, नेपाल । तर, अर्को विशाल उद्योगका रूपमा परिचित बनेको छ, पर्यटन उद्योग । अहिले पनि नेपालमा पर्यटन उद्योग निरन्तर चलायमान छ र पछिल्लो समयमा सेक्स पर्यटनको आवाज उठ्न थालेको छ । सौन्दर्य बजारको आकर्षण पनि सेक्ससँगै जोडिएको हुन्छ तर त्यो पूर्ण होइन, त्यसले अपिलको काम गर्छ तर पूरा सेक्सबजारको व्यवस्थापकीय जिम्मेवारी कानुनी आधारमा राज्यले गर्ने हो भने आम्दानीका प्रचूर सम्भावना देखिन्छन् ।
अतः मुलुकको अर्थतन्त्र वस्तुगत सामग्री र दैनिक उपभोग्य ठोस पदार्थमा मात्र सीमित छैन । मुलुकको अर्थतन्त्र धान्नसक्ने प्रचुर क्षमता अन्य क्षेत्रमा पनि छ । अझ नेपालको तुलनामा पर्यटन नै प्रमुख हो भन्नेमा दुईमत छैन । पर्यटनभित्र पनि सेक्स पर्यटनले व्यापकता पाउन सक्नेमा दुईमत राख्न सकिन्न । विश्वबजारमा प्रकृतिको सुन्दरतासँगै पर्यटनका विविध पाटामा हुने लगानीले अर्थतन्त्रको जग अझ बलियो बनाउने सबैले विश्लेषण गरेकै हुनुपर्छ । उत्तरआधुनिक शैलीमा ढल्किन थालेको नेपाली समाजमा आर्थिक पाटो पनि त्यही समाजको गतिमा दौडाउन सके मुलुक कसो नबन्ला ?

Monday, August 12, 2013

यौन आवश्यकता, हिंसा र बदलिँदो सहर

पूर्वीय संस्कृतिलाई पल्टाउने हो भने वेदहरुमा उल्लेख छन्, यौन कर्मका कथाहरु । हिन्दु धर्मप्रति आस्था राख्नेहरुले कथालाई विश्लेषण गर्ने हो भने उल्लेख छन्, यौन चरित्रका कयन उदाहरणहरु । यद्यपि ग्रन्थ र वास्तविक जीवन फरक हुन्छ । त्यसमा पनि नेपाली जीवनशैली, अल्पविकसित र तहगत भिन्नतामा हुर्किरहेको समाजमा तुलनात्मक विश्लेषण अनिवार्य छ । कति सरकारी अड्डाहरु, नीजि उद्योगहरु, मनोरञ्जनका उद्योगहरु, मिडियाहरुमा यौनहिंसाका घटना बृद्धि भइरहेका छन् ? यो विस्तारै उजुरी, मुद्दा र कारबाहीका ग्राफहरुले सावित गरिरहेका छन् । यद्यपि, प्रकाशमा आएजतिमात्र पनि सत्य होइन, सहरको सत्य फरक छ । सहरको यौनयात्रा फरक छ । यन्त्रहरुको आयात भइरहेको सहरमा यौनका खेलौनाका पसलदेखि गर्भपतनका तथ्यांकमात्र होइन स्वास्थ्यमन्त्रालयले हरेक वर्षमा सार्वजनिक गर्ने यौनसम्बन्धि तथ्यांकहरु सहरको यौनचिन्तनको नजिक छन् । यद्यपि, नेपाली बजारमा दौडिरहेका छापा, विद्युतीय सञ्चारमाध्यमहरुमा आएका बलात्कारका घटनाका समाचारहरु, त्यसमा उल्लेख पीडित र पीडकको कर्महरु तुलनात्मक रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
यो महिनाभरी न्युजडेस्कमा बसेर बलात्कारका घटनाहरुको समाचार सम्पादनगर्ने क्रममा एउटा सामान्य सर्वेक्षण भयो । यौनहिंसाको तहगत सर्वेक्षण । अधिकांश यौनहिंसा बलात्कारका रुपमा आए । ७० वर्षका बृद्धले १२ वर्षकी बालिका, पाँच युवाले सामुहिक बलात्कार यस्ता यस्ता । यो नेपाली समाजमा हुने गरेको, मोफसलमा देखिएको यौनहिंसाको चरम रुप हो । यसबाहेक सहरमा पनि विभिन्न प्रकारले भएहोला, घरभित्र जवरजस्ती पनि भएहोला तिनले सञ्चारको आँगन छुएको भेटिएन । तर, सहरभित्र यौनसँग सम्बन्ध राख्ने योमात्र पनि घटना होइन ।
त्यो वागबजार थियो, जहाँ म केही महिलाहरुले ‘लिभिङ टुगेदर’को आपसी बहसलाई उत्तेजित बनाएको भेटिरहेको थिएँ । एउटा उत्तरआधुनिक समाजमा हुर्किएका केही महिलाहरु थिए सायद– कैला, राता, खैरा कपालधारीहरु । जिन्स, वानपिस, यस्तै नामका बस्त्रधारीहरु थिए जसले बहसलाई अधिकतम सुखका नजरमा कफिको स्वादसँग दशैंको पिँगझैं मच्चाइरहेका थिए ‘लिभिङ टुगेदर इज सिम्पल थिङ’ को अंग्रेजी तर्कसँगै । हो उनीहरुको तर्क एउटा तहको नेपाली समाजका लागि समान्यीकरण गरेर हेर्न सकिन्छ । तर, लिभिङ टुगेदरको न्युनतम आधार के हो ? त्यसको प्रकृति के हो ? र, त्यो कुन अवस्थाका लागि जायज हो ? भन्नेबारेको विश्लेषणयुक्त हुँदा त्यसलाई सामान्यीकरण गर्न सकिन्छ । उनीहरुको बहस एउटा उत्ताउलो समाजको फुर्सदको कथाजस्तो मात्र थियो, जसलाई समाजसँग जोडेर, जाँचेर मुल्यांकन गर्नैपर्दछ ।
नेपाली समाज र त्यसमा हुर्किरहेका महिलालाई अहिलेपनि तीन तहमा राखेर बुझ्न अनिवार्य हुन्छ । पहिलो, उच्चआधुनिक समाज शिक्षित र धनाड्यवर्ग । दोस्रो, निम्नमध्यम वर्ग अर्धशिक्षित समाज र तेस्रो गरिवीको रेखामुनि रहेको महिलाहरुको अशिक्षित समुदाय । यी तिनै समुदायभित्रको भौतिक बनोटमा कुनै फरकपन छैन । तर, सामाजिक संरचनाको भुमिका भने यी समाजहरुमा आकाश पातालको फरक छ । उच्च वर्गका लागि लिभिङ टुगेदरमात्र होइन, मनलाग्दी खर्च गर्न चाहेअनुसारको बस्तु खरिद गर्नका लागि कुनै समस्या छैन । खासगरी सहरमा यस्ता वर्गका लागि सेक्ससमेत खरिद गर्दा सहज रुपमा पाउने व्यवस्था आइसकेको छ । निम्नमध्यमवर्गका लागि संरचनागत रुपमा धनाड्यवर्गभन्दा अलि तल राखेर हेर्नुपर्दछ । यो समाजमा हुर्किएका महिलाहरु भविष्यका द्रष्टा, वर्तमानका सृजना हुनसक्छन् । तर, तल्लो तहका महिलाहरु जे अहिलेपनि घुम्टोमुनी अनुहार राखेर श्रीमान्को विकल्पबारे सोच्न पनि सक्तैनन्, उनीहरुको शैक्षिक तहपनि निक्कै कमजोर छ ।
एक तह जीवनलाई बन्धनको भुमरी राखेर बस्न विवश छन्, अर्को तह तिव्र सहरीकरणको नियोजित उपभोगमा तल्लिन । लाग्न सक्छ स्तम्भकारले महिलाको पाटोलाई फरक ढंगबाट उठायो, हिंस्रक लेख्यो । तर, सहरको तथ्यबाट उम्किएर हिँड्न कोहीपनि सक्तैन । स्थानीय स्वायत्त शासन ऐनको विधयेकको उपभोग होस् वा कानुनी मान्यताको प्रयोगको अवस्था अहिले सहरी महिला फरक ढंगबाट उम्किन थालेका त्यहाँ तयार पारिएको रिपोर्टले बोल्छ । यो आलेख त्यो प्रवित्तिसँग नजिक भएकाहरुप्रति लक्षित हो र प्रवित्तिलाई नयाँ ढंगको नाममा दुरुपयोग गर्ने शैलीको आलोचनाका लागि हो ।
अहिले तिव्र सहरीकरणमा हुर्किएको परिवारमा सम्बन्ध विच्छेदको क्रम कम छैन । अदालत, वकिलका कार्यालयहरुमा यस्तो क्रम निरन्तर बढ्नुको पछाडीको कारण के हो ? यसको रहस्य के हो ? उर्जाशिल समाजमा किन यो क्रम बढिरहेको छ ? यो कमजोरी समाजको सोच्ने तरिकाको हो अथवा केही महत्वकांक्षा र अवसरका नाममा भुक्तभोगीहरुको नियोजित कर्म हो ? एकजना वकिलले भने,– ९० प्रतिशत सम्बन्धविच्छेद महिलाहरुको व्यक्तिगत स्वार्थका कारण हुने गरेको छ । सहरमा यो क्रम निरन्तर बढ्नुको पछाडी पुरुषका दोष भयानक छैनन्, महिलाका दोष नियोजित भेटिन्छन् ।’
एउटा व्यक्ति बहुमहत्वकांक्षा र अधिकतम सुखको चाहनामा बाँच्नु स्वभाविक हो । एउटा समाज छ जो यी बन्धनहरुबाट मुक्त हुन सकेको छैन र महत्वकांक्षालाई बाध्यता र परम्पराको खोलभित्र राखेर हुर्किरहेको छ, अर्को समाज छ जो आधुनिकताका नाममा यी सवै महत्वकांक्षालाई अधिकतम रुपमा प्रयोग गरेर हुर्किरहेको छ । यी दुई समाजमा वडो उदेकलाग्दो सत्यचाँही विवशताको खोलमुनि बसेकाहरुको अधिकारको लडाँई आधुनिकताको उपभोग गर्नेहरुको एनजिओ, राजनीतिक पार्टी, समाजसेवी संगठन र अधिकारवादी संस्थाका नाममा व्यापक हौवाका रुपमा परिभाषित हुन्छ । वास्तविक तप्काको विषयमा गहन किन हुन नसकेको हो ?
‘महिलाको प्रयोग गरेर पुरुषवादी समाजले हिंसा ग¥यो’ भन्ने आवाज व्यापक बनीरहेको छ । तर, वैज्ञापनिक दुनियाँमा हिंसापीडित भएका आवाजहरु किन छैनन् ? हिंसा अरुले गरेका हुन् वा आफैं हिंसापीडित हुने पथमा लागेका छन्, महिलाहरु ? विचरणीय नै छ । जव सुन्दरीप्रतियोगिताको विरोध गरे केही लेखकहरुले, त्यसविरुद्ध उर्लिएको थियो सहर । जव तत्कालिन गृहमन्त्री बामदेव गौतमले यौन कृयाकलापको विरोधमा प्रशासनलाई उतारे, तिनकुनेमा आमसभा गरी उनको पुत्ला दहन भएको थियो । कसैले पनि यी मुद्दाहरुको सहज अवतरणको विकल्प दिने कोसीस गरेको पाइएन । न अधिकारकर्मी, न राज्य न उत्पीडित स्वयम् पनि । यौनहिंसाको आवाज असली पीडितबाट सायदै सुनिएको छ । सायदै उनीहरुले समाजमा, कानुनमा खुलेर कुरा गरेका छन् । सायदै ती मुख्य पीडितहरु जो समाजमा यौनहिंसाको प्रताडनामा परेको उल्लेख गरेर न्याय मागिरहेका छन् ।
एकातिर यस्तो अवस्था हुँदाहुँदै अर्कातिर यौनपर्यटनको आवश्यकता पनि उल्लेख हुन थालेका छन् । यहाँनेर नेपाली बजारको तहविभाजन हुन्छ । यहाँनेर नेपाली समाजबीचको फरक छुट्टिन्छ । एउटा समाज उत्तरआधुनिक पथमा लागिसकेको छ र अर्को समाज परम्परागत न्यायको खोजीमै छ भन्ने यथार्थको पुष्टिकरण यहाँ हुन्छ ।
नारीवादी आन्दोलनसँगै परम्परागत रुपमा पुरुषले मात्र गर्ने भनी विश्वास गरिएको यौन पर्यटनमा महिला उत्पीडित भएको आवाज नउठेको होइन । तर, १९ औं शताब्दीको मध्यबाट सुनिन थालेको थियो– पति, बालबच्चा र घरायासी कामकाजबाट दिक्क भई यौनको मजा खोज्ने धनाढ्य महिलाहरु पुरुष खोज्न थाले । क्यानाडाका महिलाहरु यसमा अगाडी थिए । महिला यौन पर्यटकहरुको गन्तव्यमा सुरुमा दक्षिणी युरोप क्यारेबियन र अमेरिकी राष्ट्रहरु हुने गरे पनि इन्टरनेटमा फिमेल सेक्स टुरिजमको बारेमा सर्च गर्दा नेपालको नाम पनि भेटिन थालेको छ । विशेषगरी पदयात्रामा जाने महिला पर्यटकहरुले नेपालका पुरुष पथप्रदर्शकहरुबाट यौनको स्वाद लिने गरेको पाइन्छ । यसलाई यौन हिंसा भन्ने वा के भन्ने ? यो कुन विश्वको चरित्रले नेपाललाई ढाकिरहेको छ ?
यी सन्दर्भहरुले नेपाली समाजको मुहारलाई खुलाउँछ । यी सन्दर्भहरु नै हुन् नेपाली सहर र गाउँको फरक छुट्याउने यथार्थ । एउटा समाज छ निरन्तर न्यायका लागि लडिरहेको छ, एउटा सहर छ पश्चिमा समाजसँग घुलित भइसकेको छ । सहर बदलिँदो छ, मानिसका सोचहरु बदलिँदा छन् । आधुनिकताले सहर ढाकेको छ तरपनि यथार्थविनाको नियत, नियतअनुसारको पीडा परिवर्तित सहरमा चर्चामय छ ।

Friday, August 9, 2013

साइबर लभ-४

धेरैपछि उनले लेखिन्–‘म कसैको विषयको साधन होइन । मलाई कसैको विषयको साधन बन्ने रहर पनि छैन ।’ मेरो कथाको वालापनमै पोलियोको सिकार हुने खतरा बढिरहेको छ । उनको यो तर्कबाट मेरो कथालाई औंलो लागेको अनुभुत हुन्छ । मुलुकबाट औंलो उन्मुलन भएको कयन भयो होला, मेरो शव्दहरु अहिले पनि यसका प्रभावमा प्रताडित हुन थालेका छन् । 
म अन्तरमनमा शव्दहरुको छालसँग रुमल्लिरहेको छु–एउटा विषयको अन्त्य हुन सक्तैन । तर, त्यसका सन्दर्भहरु फरक कोणबाट वग्न सक्छन् । उनीसँगको मेरो सम्बन्ध कुन कोणबाट वगिरहेको होला ? उनीसँगको मेरो नयाँपन कुन सन्दर्भसँग नजिक होला ? ठ्याक्कै, ठम्याउन सकिरहेको छैन, मैले । उनको तर्क मेरो च्याटवक्समा उत्रिएपछि दोहोरो वार्तालाई कसरी निरन्तरता दिने होला ? प्रश्नहरुसँग छुत्ती खेलिरहेको छु, उत्तरहरुको भेउ पाउन सकेको छैन ।
०००
उनी आजभोली मसँग रुष्ट हुनुका कारणहरु म खोज्न सक्तिन ।
सहर र सहरसँग जोडिएका अनेकन रहरहरु  जोड्न सक्तिन । त्यसमाथि उत्तरआधुनिक समाजमा हुर्किनु र समय विताउनुका रहस्यहरु फरक हुन सक्छन् । म नेपाली समाजसँग गतिशिल बनेर नयाँ समाजको नजिक जान खोजिरहेको छु–इन्टरनेटको सुत्राधार मार्फत, बारम्बार । उनीसँगको मेरो सम्बन्ध यहाँ होइन, त्यहाँ फरक ढंगबाट अघि बढ्नेछ भन्ने मेरो कल्पनामा अडिएको थियो । तर, लाग्छ, यो भताभुंग हुँदैछ । उनमा आएको क्षणिक परिवर्तन, उनमा आएको नयाँ चिन्तन, उनले अँगालेको नयाँ सोच, उनले सोचेको पश्चगामी समाजको चित्रसँग । पश्चगामी, पश्चिमा पश्चगामी सोच ।
०००
उनी बारम्बार जीवनको आकारको कुरा गर्थिन् । उनका शव्दहरु उमेर योगसँग निरन्तर जोडिएका हुन्थे । प्रेमलाई वास्तविकतासँग नजरअन्दाज गर्ने उनको शैली थियो । त्यसैले उनी पीरामिडको कुरा गर्थिन् । भारी बर्षा भइरहेको छ, बाहिर । असिना खसेको छैन, टिन बज्रिरहेको छ । सहरको गल्ली खहरे भएको छ, विजुली आउने जाने निरन्तर चलिरहेको छ । विछ्यौनाको कुनामा सिरानीलाई आड लगाएर म इन्टरनेटको इनबक्स कोट्याइरहेको छु ।
‘पीरामिडको कुरा गर्छौ तिमी । प्रेममा पीरामिडको अवस्था जहिलेपनि सुल्टोबाट दौडिरहेको हुन्छ । सायद, जीवनको सुरुआत, कर्मको बाटो उल्टो पिरामिडबाट बगेका कारण मेरो प्रेमको महत्व उल्टोबाट सुरु हुन्छ, तिम्रो प्रेमको महत्व सुल्टोबाट अभिव्यक्त हुन्छ होला ।’ मैले कोरेको शव्द उत्रियो, रहरमा, लहडमा फेरि ।
०००
घरि घरि लाग्छ, बाघ भोको हुँदा घाँस खाने कथा मैले सुनेको छैन । मेरो जीवन बाघको खुवाइको अर्थसँग जोडिएको छैन । म सँधैभरी कमिलाको दिनचर्यालाई कायम राख्ने मान्छे । गन्तव्य कहाँ हो ? थाहा छैन तर फुर्सद छैन । निरन्तर यात्रा चलिरहेको छ, भारी बोकिरहेको छु । समाजको, सहरको, रहरको, बाध्यताको, कर्मको, निरन्तर । उनका यस्ता टिमुर्केका कुराकानीले घरिघरि मलाई रनाहा छुटाउँछ । च्याटबक्समा उनीमात्र हैन, मेरा लागि पनि केही मान्छे मरिहत्ते गरेर बसीरहेका छन् भन्ने पनि लाग्छ । तर, उनीसँगको संवाद एउटा भावनाको पुलिन्दा बनाउन सक्षम भएका कारणले मैले त्यो कारणलाई निमिट्यान्न बनाउने सोच पनि गर्न सक्तिन । उनीसँगको संवाद भनेको लिलिपुटहरुको सहरमा गएर भाषण गरेको होइन, विल्कुल मनदेखि मुटुको चालदेखि ध्यान एकछत्र केन्द्रित भएको विषय हो । ‘विषय मैले बनाउन खोजेको होइन, मैले पात्र पनि खोजेको होइन, तिमी त्यो चिज हौ जुन मेरो सृजनासँग घुलित भएर संवादको चरणमा आयौ तर संवेदनाको वेगपनि साथै ल्यायौ ।’ म उनलाई भनिरहेको छु ।
०००
‘मान्छे कति वासना आउँछ र कति गन्हाउँछ भन्नेले उसका दुइटा बाध्यताहरुमाथि प्रकाश पारिरहेको हुन्छ । वासना आउँदा ऊ सोखको जीवनलाई संगालिरहेको हुन्छ र पूँजीवादी अर्थतन्त्रको वकालत गरिरहेको हुन्छ, गन्हाउँदा ऊ क्रान्तिकारी र सामान्य आधारभुत अधिकारको आँसु छाडिरहेको हुन्छ । म पनि नदेखिनेगरी शव्दबाट थोपाहरु चुहाउँछु अलि–अलि, त्यसकारण तिम्रो बासनासँगको सम्बन्ध मेरो पसिनाले कसरी गाँस्न सक्ला ?’, उनको इनबक्सतिर म पोष्ट गरिरहेको छु । यो मेरो पछिल्लो पोष्ट खसेपछि उनी मसँग आक्रोशित भइन होला, म सोचीरहेको छु । जव झरीका लागि वादलको आवश्यकता पर्न छाडिसक्यो, घामका लागि दिनको आवश्यकता पनि हुन छाड्यो, उज्यालोका लागि अँध्यारोको महत्व घटिरहेको विश्वमा मेरो शव्दमाथि क्रोध जन्मनु कुने नौलो होइन । तर, म निरन्तर उनलाई संवेदनाको अर्थ बुझाउनका लागि यी सवै कुराहरु गरिरहेको छु ।
हुँदो रहेछ, जव आकाशबाट ताराहरु झिलमिलाएर धर्तीमा खसौंला झै गर्छन्, यानहरु धुवाँको रेखा छाडेर अर्को विश्वमा पुगेको संकेत गर्छन्, आकाशतिर नियाँलेर त्यता आउने रहर ।
मान्छे कति कल्पनामा पनि बाँचेको हुन्छ, कल्पना जव यथार्थको बलेसींमा बजारीन्छ, मानिसमा केही परिवर्तन हुन सक्छ तर त्यहाँभित्रको प्रेम अजम्बरी नै हुन्छ । त्यसकारणपनि आकाशतिर नियाँलेर केही महत्वकांक्षामुखि प्रेमिल दिनको कल्पना स्वभाविक हुन थालेको छ ।
यो दुनियाँ छुटे पनि, नरहेपनि मेरो प्रेम उनीप्रति, कम हुने हैन, उनले माने पनि नमाने पनि, उनले ठानेपनि नठानेपनि, उनले यो बाटो मोडेर अन्तैतिर लागेपनि आखिर फूलहरुको संसारमा म रुमल्लिसकेको थिएँ, त्यसलाई परिवर्तन गर्न सक्तिनन् उनले पनि । फूलहरुले आफ्नो अर्थ थाहा पाउने भए ओइलाउँदैन थिए होला, आवरणको सुन्दरता फूलसँगको तुलनाका लागि काफि होला, म आवरणसँग हैन अन्तरमनसँग घुलित हुने कोशिशमा थिएँ, उनले मलाई रेसपोन्स गरिनन्, किन ? योसँग पनि अव सरोकार हुन छाड्यो । म फूलसँग प्रित लाउनका लागि फूलको प्रतिक्रियाहरुको पर्खाइमा रहन्न अव, अक्षरहरु जोडिरहेको छु । किनभने म सहरको एउटा कोठामा बन्दिजस्तो छु । अन्तरमनको बन्दि । आफ्नै बन्दि । आफ्ना शव्दहरुको घेराभित्रको बन्दि, अन्तरसंवादबाट पीडित भएको छु । यसको उद्दार शव्दबाट नै हुन्छ, उनको शव्दबाट, आश छ हुनेछ । म त्यसको प्रतिक्षामा फेरिपनि इनबक्समा नियाँलिरहेको छु । मेरो इनबक्स निक्कै बेरसम्म पनि खाली छ, रातको २ बजीसकेको छ, यहाँ । काठमाण्डू निधाइसकेको छ, बस म जागेको छु । विरालो कराउन थालिसके, भूतहरु जागे सायद । तर, म निरन्तर इनबक्सतिर नियाँलिरहेको छु.....निरन्तर, बारम्बार, फेरिपनि ...उत्तरको पर्खाइ छ ।
  

Sunday, August 4, 2013

हिंसा केलाई मान्ने ?

मानिस प्राकृतिक प्राणी रहेका कारण प्रकृतिले दिएका हरेक गुणहरुसँग नजिक हुन्छ भन्नेमा कोही पनि मतभिन्नतामा रहन सक्तैनन् । यसकारण पनि मानिसमा यौन चाहना हुनु अस्वभाविक होइन, यौन आकर्षण हुनु अस्वभाविक होइन । विश्वमा गरिएको सर्वेक्षणले एक पुरुषले दिनमा नौ पटक यौन चाहनाको इच्छा राखेपनि महिलाले १९ पटकसम्म राख्ने रिपोर्टको तथ्यसँग कोही भाग्न मिल्दैन । अहिले नेपाली समाज, सहर र काम गर्ने प्रतिष्ठानहरुमा यौन हिंसाको कुरा निक्कै व्यापक हुन थालेको छ । अझ, मिडिया हाउसका चर्चा कम छैनन् । तर, के यसमा कसको दोष छ ? मिडियामा काम गर्नेहरुको मात्र हो ? अथवा यसको प्रमुख कारण के हो ? यसबारेमा टिप्पणी गर्नु स्वभाविक ठानेर व्लगमार्फत केही धारणा राख्न चहान्छु । यो मेरो व्यक्तिगत विचार भएकाले पनि यसलाई सार्वजनिक गर्नका लागि व्यक्तिगत व्लगलाई नै आधार बनाएको हुँ ।

–एउटा टेलिभिजन कार्यक्रमको रिपोर्ट देखेर म छक्क परें । महिला हिंसाको नाममा सार्वजनिक सवारीसाधनको अवैज्ञानिक भिडियो सहित देखाइएको थियो, रिपोर्ट । बाध्यताको यात्रालाई हिंसाको कोणबाट प्रस्तुत गर्ने समाचार कक्षलाई बधाई छ । तर, यदि महिला हिंसाकै रिपोर्ट गर्ने हो भने डिस्को, डान्स र बारमा किन रिपोर्टटिंग नगरेको ? त्यहाँ हिंसा छैन ? यौनहिंसा छैन ?

–क्षमता, हिम्मत र कार्यशैली भन्दापनि रुपको योग्यता निक्कै महत्वपूर्ण हुने गरेको छ । त्यसकारण पनि विश्वामित्रको ध्यान भंग भएको थियो भन्ने पौराणिक कथाहरु पढ्दा हुन्छ । त्यस्ता मेनकाहरु जसले अवसरका लागि अहिलेको नेपाली समाजमा आफ्नो रुपलाई बजारीकरण गरेका छन्, तिनले के गरिरहेका हुन् ? तिनका कारणले अन्य मानिसको सामाजिक प्रतिष्ठा र प्रतिष्ठानमा रोजगारीमाथि हिंसा भएको छैन ?

–हो, बलात्कार हिंसा हो । दुव्यर्ववाहार हिंसा हो । अनिच्छासँग जवरजस्ती हिंसा हो । तर, मनपरेसम्म सहमति र मन नपरेपछि हिंसा भनी गर्ने उजुरीको परम्पराले नेपाली समाजका प्रतिष्ठानहरुमा काम गर्नेको चरित्रहत्याको क्रम कहिलेसम्म हुने हो ? अरुलाई खराब देखाएर आफु पानीमाथिको आभानो बन्ने कानुनको के अर्थ भो ?

–आफ्नो अवसरका लागि जे पनि गर्न तयारहरु मिडिया, फिल्म र अन्य निकायमा देखिएको छ । वैंकिंग क्षेत्रको कुरा पनि निक्कै छन् । यीनलाई कुन रुपमा व्याख्या गर्ने हो ? कसरी विश्लेषण गर्ने हो ?

–पुरुषले गरेको जबरजस्ती हिंसा भएजस्तो महिलाले गरेको जबरजस्तीलाई हिंसा मान्ने कि नमान्ने ? पुरुषवादी सोच भनेर लगाइने आरोप सहरका लागि शोभनीय छैन, सहरका हरेक घरहरुमा महिलाको हुकुमी शासन छ, त्यसलाई के भन्ने ?

हिंसाको व्याख्या गर्ने तरिकाले अहिले समाजमा फरक प्रकारको सन्देश जान थालेको छ । एक प्रतिष्ठित व्यक्तिको नाममा माथि हिंसाको कुरा उठाउँदा ठूलै मिडियाबाट उनको जागिर गयो, अन्ततः उनीमाथि लागेको मुद्दामा उनले जित हासिल गरे । यो के थियो ? अर्का व्यक्तिलाई अवसरका लागि अनेक प्रलोभन र मोहजालमा फँसाएर पछि हिंसाको नाममा उनको रोजगारीलाई ध्वस्त बनाइयो, यसले के सन्देश दिन्छ ? अहिलेपनि हिंसाको नाममा विभिन्न व्यक्तिहरुको कार्यगत सफलतामाथि धावा बोल्न थालिएको छ, उनीहरुको भविष्यलाई डुवाउने नियतलाई अधिकार भन्ने कि उनीहरुमाथि भएको हिंसा ? समाजमा एउटा महिलाको इज्जत जति गहन र महत्वपूर्ण छ त्यति नै पुरुषको पनि हुन्छ । जिम्मेबारी अझ बलियो हुन्छ । समाज अहिले नै व्यवाहारिक भइसकेको छैन, समाज अहिले नै सहरीकरण भएको छैन । एउटा पुरुषको काँधमा परिवारका अनेक सदस्यहरुको भविष्य जोडिएको हुन्छ, उसको चरित्रहत्याले परिवारकै हत्या हुन्छ । समाजको यथार्थको रेल यो लिकबाट दौडिरहेको छ । एक पल्ट गहन विश्लेषण गर्ने हो की ?

यस्तो खबर आएको छैन– कुनै महिलाले यौनहिंसा गरिन् भन्ने । यस्तो घटना सार्वजनिक भएको छैन, जसले महिलाको चरित्रमाथि दाग लागोस् । तर, यस्तो घटना सार्वजनिक भइरहेका छन्, पुरुषले यौनहिंसा गरेको छ । ति घटनाले सम्भावना बोकेका विज्ञहरुसमेतको भविष्यलाई ध्वस्त बनाउँदै गइरहेको छ । समाज सहि बाटोतिर लम्किन सकोस् ।