Thursday, December 26, 2013

बहुमतको सरकार बन्ने निश्चितप्रायः

‘कांग्रेस नेतृत्वमा सामान्य बहुमतको सरकार बन्नसक्छ’
नेपाली कांग्रेसका लागि आफ्नो नेतृत्वमा सहमतीय वा बहुमतीय सरकार बनाउने सजिलो बाटो खुलेको छ । दलहरुबीच भएको चारबुँदे सहमतिले संसदमा ठूलो दलको हैसियतमा प्रवेश गरिरहँदा कांग्रेसलाई आफ्नो एजेण्डामा सहमति जुटाउन सहज भएको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले सरकारका लागि सहमति नदिएपनि उसलाई तेस्रो दल एमाओवादीको सहमति हुने निश्चितप्रायः देखिएको छ । एमाओवादी नेता बर्षमान पुनले सरकारका लागि आफ्नो दलको सहमति कांग्रेसलाई हुने घोषणा गरेपछि एमाले सहमतिमा नआएपनि सामान्य बहुमतबाट सरकार निर्माणका लागि कांग्रेसलाई सजिलो हुने देखिएको हो ।
यसै साता भएको कांग्रेस केन्द्रिय समितिको वैठकले सहमति वा बहुमतका आधारमा भएपनि सरकार आफ्नो नेतृत्वमा बनाउने निर्णय गरेको थियो भने राष्ट्रपति परिवर्तनको विषयलाई एजेण्डा पनि बनाएको थिएन । बुधबार एमाओवादी नेताले राष्ट्रपति परिवर्तन गर्ने विषय अनुचित भएकोमात्र बताएनन्, सरकारमा कांग्रेसलाई विना सर्त सहयोग गर्ने घोषणा पनि गरेका थिए । यसले कांग्रेसले सरकार बनाउनका लागि खुला गरेका दुई विकल्पमा नै जित्नसक्ने सम्भावना देखिएको छ ।
राष्ट्रपति पद परिवर्तन गर्नुपर्ने अडान राख्दै आएको दोस्रो ठूलो दल नेकपा एमाले आफ्नो अडानमा कायम रहे प्रतिपक्षी दलका रुपमा बस्नुपर्ने अवस्था आउनेछ । सभासदहरुको संख्याको आधारमा हेर्ने हो भने बहुमतको सरकार बनाउनका लागि कांग्रेसलाई ३०१ जनाको समर्थन चाहिन्छ । त्यसमा कांग्रेसको १९६ सभासद छन् भने समर्थन गर्ने घोषणा गरेको एमाओवादीका ८० सभासद छन् । दुवै दलको सभासद संख्या जोड्दा २ सय ७६ पुग्छ । संविधानसभामा २४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भने सरकारमा नगई प्रतिपक्षमा बस्ने घोषणा गरेका कारण उसका २४ सभासदको समर्थन कांग्रेसमा नरहन सक्छ । सामान्य बहुमतका लागि अव कांग्रेसले एमाओवादीबाहेक २५ सभासद बटुल्न पर्छ । जसमा १३ सभासद रहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले पनि उसलाई समर्थन गर्ने निश्चित छ । लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले कांग्रेस नेतृत्वमा नै सरकार बन्नुपर्ने बताइसकेका छन् । कांग्रेसलाई समर्थन गर्नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका १० सभासद छन् भने अन्य दुई सभासदको समर्थन जुटाउन कांग्रेसलाई असहज हुनेछैन ।
तर, सामान्य बहुमतमा बन्ने सरकार जत्तिकै दोस्रो र चौथो दल प्रतिपक्षमा बस्दा कांग्रेसलाई सरकार चलाउने विषयमा समस्या आउनसके पनि एक वर्षमा
संविधान दिने विषयमा दलहरुको सहमति भएकाले संविधान जारी गर्नका लागि असहज हुनेछैन । ‘सरकारको विषयमा एमालेले अहिले नै सोचिसकेको छैन राष्ट्रपति पदको विषयमा आफ्नो धारणा राखेको हो, परिवर्तन हुँदैन ।’ एमाले नेता रघुजी पन्तले कमाण्डरसँग भने,‘संविधानसभा बसीसकेपछि हामी सरकारको मुद्दामा प्रवेश गछौं, सरकार हाम्रो प्राथमिकता होइन ।’
एमालेले सरकार आफ्नो प्राथमिकतामा नभएको वक्तव्य, कांग्रेसले सरकार जसरी पनि आफ्नो नेतृत्वमा बनाउने निर्णय र एमाओवादीले कांग्रेसलाई समर्थन गर्ने भएपछि बहुमतकै सरकार बन्ने निश्चितप्रायः देखिएको छ ।

Tuesday, December 24, 2013

चिनियाँ नेताले एमाओवादी पात्रलाई भन्दिए–इतिहाँस सवैलाई थाहा छ, अव के हुन्छ ?

चीन नेपालको आन्तरिक राजनीतिको अवस्था कस्तो हुनेछ भन्ने विश्लेषण गरिरहेको छ, उ स्थिर नेपालको पक्षमा उभिएको अधिकारीहरु बताउँछन् ।

नेपाली राजनीतिमा अहिले चीनको चासो स्वभाविक बनेको प्रमाण चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला उपमन्त्री आइ पिङको भ्रमण एउटा ठोस प्रमाण हुनसक्छ । 
नेपाली राजनीतिमा विकास भइरहेको सम्बन्ध र संसदमा एकीकृत नेकपा माओवादीको स्थिति अनि सकडमा नेकपा–माओवादीको राजनीतिक उपस्थितिको विश्लेषण चिनियाँ कम्प्युनिष्ट पार्टीका लागि चासो बनेको छ । त्यसकारण चिनियाँ सत्ताले दुई माओवादीको अवस्था र वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेस, नेकपा एमालेको भुमिकाबारे गहिरो चासो लिएको छ । त्यो चासोको एउटा पाटो थियो नेपालका विदेश मामिला हेर्ने पत्रकारहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको विदेश मामिला हेर्ने सदस्यबीच सोमबार होटल याक एण्ड यतीमा भएको अनौपचारिक बहस । 
‘नेपालको राजनीति अव कसरी जानेछ ? के समयमा नै नयाँ संविधान आउनेछ ? के एमाओवादीले तोकिएको समयमा बन्दसुचीको सिफारिस गर्ला ? गरेन भने के हुन्छ ? नेकपा–माओवादीलाई कस्तो शक्तिका रुपमा लिइएको छ ?’ चीनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभागमा रहेर एसीया क्षेत्र हेरिरहेकी राओ हुई हुआले पत्रकारसामु आफ्ना यस्ता प्रश्नहरु राखिन् । उनको प्रश्न नेपालको आन्तरिक राजनीतिबारे बुझ्ने अपेक्षाकै थियो । र, पत्रकारहरुले पनि राजनीतिक विश्लेषणको आधारमा आफ्ना फरक धारणा राखिदिए । ‘यो अपेक्षाकृत नतिजा हो, यस्तै आँकलन गरिएको थियो ।’ केहीले यस्तो जवाफ फर्काएका थिए । अनि केहीले भने,‘चीन, भारत र पश्चिमा मुलुकहरुको एजेण्डामा भरपर्छ । तपाइहरुको भुमिकाले नै नेपाली राजनीति र संविधानको विषय टुंगो लाग्छ ।’
एमाओवादी तेस्रो पार्टी हुनुको कारणबारे खुलाउँदै जनयुद्ध, जनसरकार, आन्दोलनको तर्क उठाएका क्रान्तिकारी पत्रकार संघका नेता गोविन्द आचार्यको तर्कमाथि हुआको उत्तर थियो,‘इतिहाँस हामीलाई थाहा छ, को कसरी आयो भन्ने । अव के हुन्छ भन्ने विश्लेषण र सम्भावनाका कुरा गरौं ।’
नेपाली पत्रकारहरुसँगको अनौपचारिक छलफलका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीकी सदस्य हुआ याक एण्ड यती होटलमा ।
तस्बिर ः रासस
चीनलाई नेपालमा संविधान बन्छ या बन्दैन भन्ने चिन्ता छ । र, उसले पत्रकारसँग यसबारेमा बुझ्न चाहेको थियो । उपस्थित झण्डै डेढ दर्जन पत्रकारहरुले संविधान बन्ने साझा विश्लेषण राखेका थिए । त्यसमा हुआ विश्वस्त भइन् ।
चीनको राजनीतिक चासो के हो ? भन्नेबारेमा हुआले त्यति खुलस्त कुरा गरिनन् । तर, उनी भन्छिन्,‘नेपालको अस्थिर राजनीतिक अवस्था होइन, स्थिर नेपाल मित्र राष्ट्रका नाताले हाम्रो चाहना हो ।’ आइ पीङको राजनीतिक भेटमा प्रत्यक्ष सहभागी भएकी हुआले राजनीतिक दलका नेताहरुले चीनसँग गरेको परामर्शको अधिक अंश खुलाइन् । उनले भनिन्,‘नेताहरु सहमतिका लागि लागि परेका छन्, हामीले त्यो बुझ्यौं । सहमतिमै नयाँ संविधान जारी गरिने प्रतिबद्धता उनीहरुले गरेको तथ्य पत्ता लगायौं । सहमतिपछि राजनीतिक स्थायीत्व गरि विकासमा नेपालको भुमिका बलियो हुनुपर्छ भन्ने हाम्रो इच्छा हो ।’
केही पत्रकारहरुले राजनीतिक अस्थिरताका समयमा अन्य मुलुकजस्तै चीनका पनि विभिन्न प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरिरहँदा चीनको राजनीतिक चासो अलिक धेरै नै भइसकेको प्रश्न उठाएपछि हुआले त्यसलाई प्रष्ट बनाउने कोशिश गरिन् । उनले भनिन्,‘नेपाल–चीन मित्रराष्ट्र हुन् । छिमेकी भएका नाताले हामीले सहयोग गर्नुपर्ने दायित्व हुन्छ । पक्कैपनि चीनियाँ प्रतिनिधि मण्डलको भेट राजनीतिकमात्र नभएर पर्यटन, सांस्कृतिक, विकासका लागि पनि भएका छन् । हामीलाइृ नेपालको राजनीतिक चिन्ता छैन तर हामी छिमेकी भएकाले ध्यान दिने प्रयत्नमा हुन्छौं ।

९ पुसमा कमाण्डर पोष्ट दैनिकको एन्कर समाचार 

Saturday, December 21, 2013

गगनलाई दैवको भर, बाबुराम हविगत हुने डर

गगनका गनगन, बाबुरामका राम राम जस्तै हुन थालेका छन्

Gagan Thapa

सेलीब्रेटी हुनु र नेता हुनु फरक कुरा रहेछन् । दुनियाँको नजरमा ठूला, राम्रा र विद्वान भनिएका डा. बाबुराम भट्टराई अहिले फेसबुकमा आफ्ना राजनीतिक कुरा कोर्छन् । वाह वाह र सम्भावनाको व्यक्तिका रुपमा रहेका उनको हविगत पदमा पुगेर काम गर्न नसक्दा, अपराधको क्षयीकरण गर्नुको साटो बढावा दिएका कारण अहिले कुनापसी फेसबुकमा स्ट्याटस अपडेट गर्नुभन्दा अरु केही पनि बाँकी छैन । यद्यपि, बाबुराम अहिले आफ्नो राजनीतिक मुद्दामा लागेका छन् र संविधानसभा जानैपर्ने सकारात्मक सोचमा उभिएका छन् । उनलाई श्रीमति हिसिला यमीका कारण कति बदनामी सहनुप¥यो, अन्य दुईजिव्रे सहकर्मीका कारण कुन ठाउँमा पुग्नुप¥यो कति हेक्का होला र ? बाबुरामले हेक्का राख्न सकुन ।
Dr. Baburam Bhattarai
 
अहिले यहि पथमा देखिएका छन्, कांग्रेस युवा नेता गगन थापा । थापाले संविधानसभाको दोस्रो निर्वाचनमा विजय हासिल गरेपछि खपिनसक्नु स्वप्नील कुराहरु गरिरहेका छन् । टेलिभिजन हे¥यो, रेडियो सुन्यो, पत्रिका हे¥यो, गगनका गनगन सुनिन्छ । उनले यतिधेरै सपनाका कुरा गर्छन् की पुरा गर्ने ठाउँमा पुगे के गर्छन् होला ? राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाएका उनको सम्भावनाको चर्चा छ । तर, सम्भावनालाई भाषणले होइन, कामले पुरा गर्नुचाँही एउटा राजनीतिक नेताको भविष्य सुनिश्चित गर्ने मार्ग हुन्छ । उनले काम गर्ने मौका मागेर आफ्ना कुराहरु पुरा गर्नसके भने उनी गगन रहलान् नत्र मौका पाउनासाथ बाबुराम जस्ता बनेभने के होला मुलुकको हालत ? 
चुनौतिको घेरामा उभिएर गरेको राजनीतिको प्रतिफल सफल बनाउन सक्नु नै इमान्दारीता हुन्छ । कम बोल्ने खिलराज रेग्मी अहिले काम गरेर चर्चाको शिखरमा पुगेका छन् । मौका पाउँदा हिरा फोर्ने काम गगनले गरेनन भने बाबुरामको राम राम जस्तो बन्लान् भन्ने पीर छ । नजिक हुनेजतिले सुझाव दिनु उनलाई । 

पुतलीपेटी र उनी अर्थात् शेली

स्याउलाई जाली कपडाले लगाएको दृश्य फलफूले व्यापारीकहाँ सामान्य लाग्ने गर्दथ्यो । त्यसको कुनै अर्थ हुदैन भन्ने लाग्थ्यो । त्यो पुतलीसडकको पेटी थियो, जसलाई म ‘पुतलीपेटी’ भन्दछु, जहाँ मेरा रोजका पैदलयात्राहरु निरन्तर चलिरहन्छन् । पुतलीपेटीमा झण्डै यस्ता तीन पसल छन्, मेरो रोजको निश्चित गन्तव्यको सीमासम्म । आज त्यस्तै, जालीदार स्याउको बारेमा मनोसंवादमा रुमल्लिँदै, यात्रा अघि बढेको छ । पुतलीपेटी छिर्नै लागेको थिएँ, त्यहि रोजको स्याउपसल नजिकबाट एक युवती स्याउलाई घेरेझैं पहिरनमा मलाई ओभरट्याक गरी अगाडी लागिन् । मेरो ध्यान विकेन्द्रित भयो, रोजभन्दा । मनोसंवादको क्रमभंग भयो, गतिशिलताको फरकमा दौडन थाल्यो स्वयम्संवाद पनि । 
जालीदार कपडा, पुसको जाडो । सुन्दर युवती, मलाई लागेको । सुन्दरताको सुरुआत र अन्त्यको वयानका लागि सीमा निर्धारण गर्नसक्ने अवस्थामा छैन म । अनि, उनको पहिचानका बारेमा सोच्ने कत्तिपनि फुर्सद भएन । उनी अगाडी अगाडी अनि म कहिले पछाडी र कहिले समान रुपमा पैदलयात्राको मजामा छु । यस्तो मजा जसको मैले वयान गर्नका लागि शव्दहरु खोज्नैपर्ने हुन्छ । उनी पहिचान नभएकी युवती, मेरा अघि । म, पहिचान नभएको युवक, जालीदारका लागि । ‘हिजो महिलालाई नकारात्मक दृष्टिले हेर्नेहरु हिंसाका पीडक हुन् भन्ने परिभाषा सुनेको थिएँ,’मनोसंवाद हुन्छ,‘यो त प्रेमिल नजरको विश्लेषण कहाँ भयो र हिंसा ? उनी पनि त अगाडी अगाडी मुसुक्क मुस्कान छरेर मलाई दृष्टिपानका लागि अपिल गरिरहेकी छन् ।’ सायद उनको सहमति थियो त्यसैले यो कुनै हिंसा होइन । न्युप्लाजाको मोडमा ट्राफिक गाडीलाई रोकिरहेको छ, सायद बाटो काटिदैछ । उनी त्यतै पो लाग्ने हुन् की ? मनभित्र अर्को चिन्ता छ । कति सय पाइला नाघिसकें, थाहा छैन । अक्सर म गन्तव्यसम्म पुग्दा पाइलाहरु गन्ने गर्दछु । ठ्याक्कै तीन हजार चार सय पाइला एक पटक मैले गन्तव्यक्षेत्रसम्म पुग्दा गनेको छु, कार्यालयको पाँचौ तल्लामा उक्लिँदा पर्ने ६० सिढि बाहेक । उनले बाटो काटिनन्, ट्राफिकले सवारी रोक्नुको अर्थ पनि देखिन मैले । ‘गोलो चेहरा, सानो आँखी भौं, चिटिक्क शरिर, मिलेका कपडा, ठूला जुत्ता, गालामा मन्द लाली, तेज आँखा’– जव समान पुग्छु, उनीतिर चिहाएर यत्तिचाँही पत्ता लगाइरहेको छु । पाइला सरीरहेका छन्, शंरदेव मोड आउँछ । म त्यसमोडभन्दा सय मिटर अझै पर पुग्नु नै छ, उनी गल्लितिर छिर्छिन्..मेरो मनोसंवादको एउटा सृंखला त्यहि विश्राम लिन्छ । कुनै परि केही समयका लागि झरिन् र अलप भइन त्यो मोडसँगै । सायद त्यहाँ कुनै मोड नभएको भए उनी पुग्ने गन्तव्य मेरो नजिक हुने थियो र म अझै त्यो संवेदनाको शाव्दिक रसमा केहीबेर भिज्न पाउने थिएँ । 
उनी को हुन् ? कहाँबाट आइन् ? किन केहीबरेका लागि आइन ? र किन हराइन् ? उनको आगमनमा मैले मेरो उनलाई किन विर्सिएँ । मेरो पात्रलाई किन विर्सिएँ । आखिर मैले मेरो कथाको गन्तव्य उनको अधरसम्म र मेरो परेलीसम्म पु¥याउन छ । आज शुक्रबार हो, मैले दिनुछ मेरो पात्रसँगको संवादका हरफहरु, त्यो पत्रिकाको कार्यालयमा । अनि, धेरै हप्तापछि कोरेको त्यो शव्दरेखाको चित्रमा मेरो उनको नाम पनि सार्वजनिक गर्नुछ । कति इमेलहरु आए, पात्र खोल पात्र खोल भन्ने । उनको चासोलाई पनि यहाँनेर पुरा गर्नुछ । कालान्तरसम्म यो अनुभवले कुन मोडमा विश्राम लिन्छ होला ? अघिको मोडमा सिद्धिएको एउटा सृंखलाजस्तो थाहा छैन । तर, आज म मेरो उनलाई सार्वजनिक गराउँछु, मेरो अक्षरमा तर आधा । अर्थात्, नाममात्र । त्यहाँ पुरानाम हुनेछैन । यतिवेलासम्म म करिव करिव गन्तव्य नजिक आइपुगेको छु । अव म पुतलीपेटीको मुख्य चोकमा छु । 
००० 
मेरो पात्र आज खुल्दैछ । त्यो पात्र जसले अघिल्ला संस्करणमा सर्वनाममा लुक्नु परेका थियो । मेरो इन्टरनेटपात्र जोसँग निरन्तर साइबर लभका नौ वटा सृङ्खलामा म सर्वनामको उल्झनमा अलमलिइरहेको छु । उनी अर्थात्, शेली । शेली यो नयाँ नाम होइन यद्यपि यो जीवनको फरक नाम हो, जुन मेरो प्रेमको गतिको मापक पनि हो । 
च्याटवक्सका कुराभन्दा आज बाहिरी संसारको फरक स्वाद निक्कै चाखपूर्ण थियो । यतिधेरै चाखलाग्दो कि म आज च्याटबक्समा उनीसँय यो सन्दर्भमा कुरा गर्न सकिरहेको छैन । मलाई डर छ, मेरो इन्टरनेट संसारमा कुनै युवतीको प्रशंशा गर्नु छ भने उनको छ । रिसलाई वेकावु हुन नदिनु छ, कसैको भने शेलीको मात्र, बस शेलीको । 
मनभित्रका अनेक अपेक्षाहरुको तुलना समान हुन सक्तैन, जुन उनलाई पनि थाहा छ र मलाई पनि । ‘तर तुलना गर्नुपर्छ, अपेक्षाहरुको बहस हुनुपर्छ, यसले संवेदनाको वेगलाई निरन्तर छचल्क्याउने र त्यसको गतिको बारेमा जानकारी दिने काम गर्छ ।’ उनले भनिन् ।
युद्ध र प्रेम समान हुन भन्ने कुरा कसले गरेको थियो ? युद्ध र प्रेम समान होइनन् । युद्ध जसले विध्वसं र विभाजको विउ रोप्छ, प्रेम जसले जीवनको विउ रोप्छ । प्रेम जसले मिलनको अनुभवहरु गर्छ, सहभागीता र संवेदनाको एकतामाथि विगुल छर्छ । त्यसकारण तिमी मसँग जति युद्धको उद्घोष गर, म प्रेमको विगुल फुक्छु । म, त्यो युद्धमा प्रेमका लागि संखघोष गर्छु तर त्यो महाभारतको कुरुक्षेत्रको होइन, प्रेमक्षेत्रको हुनेछ ।
शेली मलाई सदैव नकारात्मक पात्रका रुपमा लिन्छिन् । उनको परिभाषा पनि त्यहि हुन्छ । अनि त म कहिलेकाँही संजय दत्तको खलनायक भन्ने फिल्म हेर्न उनलाई उत्प्रेरित गर्छु । किनभने एउटा नकारात्मक मानिसको फरक कथा त्यसमा प्रस्तुत गरिएको थियो । आज चियापसलमा साथीहरुसँगको भेट गतिलोसँग भयो । अक्सर त्यो चियापसल जहाँ अनेक विषयमा चर्चा हुन्छ । अनि, मेरो कार्यालयमा साथीहरुले गरेजस्तो साइबर लभको चर्चा त्यहाँ पनि हुन्छ, भिन्न ढंगबाट । ‘यस्तो चर्चा छ, तिम्रो र मेरो बारेमा तिम्रो केही भन्नु छ ?’, उनी जवाफ कोर्छिन्,‘आफ्नो बारेमा किन कुरा गर्नु ? केही कुरा पनि गर्न नहुने मान्छे ।’
धन्न अन्य जनावरको नाम उनले लिइनन् । यो मेरो मुलुकमा नराम्रो मानिन्छ, तर उनी बस्ने ठाउँमा जनावरको पनि उत्तिकै अधिकार हुन्छ । त्यसैले सायद उनले अर्को प्राणीको नाम नलिएकी होला । ‘मान्छेहरु अचेल निक्कै परिवर्तन भएका छन् । फरक भइसकेका छन् । त्यसको कारण पनि पत्तो लाइयो ।’ मैले उनको च्याटबक्समा खसाले यो सेन्टेन्स् । खै के भयो उनलाई उनी बेकावु भएर सोध्न थालिन्,‘के हो ? भन्नुपर्छ ।’ म भन्न सकिरहेको छैन । म भन्न चहान्न । किनकी म लेख्न चहान्छु । र, लेखिरहन्छु..अहिलेसम्म लेखिरहेजस्तो । 









Friday, December 20, 2013

एमाओवादीलाई हराए, घरबेटीसँग डराए

पार्टीमा टिकट पाउन सजिलो, काठमाडौंमा डेरा पाउन मुस्किल 


कांग्रेसका चार तारा, डेरा नपाउने सभासद विचरा,
एमालेको घाम, बढि भयो डेराको दाम, 
एमाओवादीको हसिया हतौडा गोलाकारमा, सवै सभासद डेराकै मारमा 
राप्रपा नेपालको गाई, काठमाडौ बाईबाई

अहिले सभासद्हरुले काठमाडौंमा डेरा पाउन सकेका छैनन्, पाउने ठाउँमा अत्यधिक महँगो भनेपछि उनीहरु डराउन थालेका छन् । प्रत्यक्षमा जितेका सभासदहरु कसरी गर्दैछन्, काठमाडौं बस्ने जोहो ? शुक्रबार साप्ताहिकमा छापिएको कथासँगै त्यसको पुरा अंश यहाँ छ । 
नेकपा एमाले सुनसरी क्षेत्र नम्बर २ बाट संविधानसभा निर्वाचनमा जितेका रेवती भण्डारीले काठमाडौंमा डेरा खोज्न आफन्त लगाएका छन् । संविधानसभाको वैठक बस्नुअघि नै काठमाडौंमा आफ्नो पनि व्यवस्था गर्नुपर्ने चटारो उनलाई छ । तर, उनले अहिलेसम्म डेरा पाउन सकेका छैनन् । उनले भने,‘अव संविधानसभा वैठकका लागि काठमाडौंमा बस्नुप¥यो, डेरा खोज्ने काम भइरहेको छ ।’
मंसिरको दोस्रो सातादेखि वानेश्वर क्षेत्रमा डेरा खोज्ने नेताहरुको ताँती लाग्न थालेको छ । संविधानसभा निर्वाचनमा जितेर आएका र समानुपातिक सुचीमा नाम भई सभासद् बन्न लागेकामात्र होइन, तिनका नजिकका मानिसहरु पनि डेरा खोज्न सामुहिक रुपमा हिँड्न थालेका छन् । कतै भाडा दर मिल्दैन भने धेरै ठाउँमा डेरा पाउन मुस्किल नै छ । 
संविधानसभाको वैठकका लागि बासको अग्रिम जोहोका लागि निर्वाचित सभासदहरुले डेरा खोजिरहेका छन् । कतिपय केही समय आफन्तको घरमा बस्ने र त्यसपछि डेरा खोज्ने मुडमा छन् भने कतिपय अहिले देखि नै प्रयास गरिरहेका छन् । दाङ क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद बुद्धिराम भण्डारीले पनि डेराका लागि आफ्ना साथीभाई र आफन्तलाई भनिरहेका छन् । तर, उनी केही समयभने आफ्नो भाईको घरमा बस्ने धुनमा रहेको उनका सहयोगीहरुले बताए । ‘डेरा खोज्ने काममा म आफैं पनि लागिरहेको छु, उहाँ केहीदिन भाइको घरमा बसेरै भएपनि डेरा मिलाउने तरखरमा हुनुहुन्छ ।’ उनका सहयोगी भन्छन्,‘अहिले काठमाडौंमा डेरा पाउन मुस्किल छ, त्यो भन्दा पनि संविधानसभा नजिक हुनेगरि त अझै मुस्किल छ ।’
धेरैका डेरा खोज्नुपर्ने बाध्यता एकातिर छँदैछ, केहीलाई भने पुरानै डेरा अहिले निक्कै फलदायी भएको छ । रौतहट क्षेत्र नम्बर ६ बाट निर्वाचित नेकपा एमालेका सभासद रामकुमार भट्टराईलाई भने डेरा खोज्ने चटारो छैन । उनको पुरानै डेरा तत्कालका लागि उपयोगी छ । कालोपुलमा रहेको डेराबाट उनी संविधानसभा धाउने योजनामा छन् । तर, वानेश्वर क्षेत्रमा पनि कोठा खोज्ने काम उनले छाडेका छैनन् । 
नयाँ वानेश्वर चोकमा रहेको संविधानसभा भवनलाई नजिक हुनेगरी त्यस वरपरका क्षेत्रमा डेरा खोज्ने चटारो यतिवेला धेरै सभासदहरुलाई परेको छ । समानुपातिकका सभासदहरुको निक्र्यौल भैनसक्दै पनि डेरा पाउन मुस्किल भइसकेको छ । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सिताराम मेहताले तत्काल कलंकीमा पढ्न बसेका आफ्ना छोराहरुको डेरामा बस्ने सोच बनाएका छन् । काठमाडौं आएपछि उनले वेग्लै डेरा खोज्ने बताए । तर, डेरा कहाँ खोज्ने र पाइने नपाइनेबारे उनी अनभित्र छन् । उनले प्रतिप्रश्न गरे,‘पाउन मुस्किल छ भन्ने सुनेको छु, कहिँ राम्रो मिल्यो भने बरु खबर गर्नुहोस् न ।’
वानेश्वरलगायतका क्षेत्रमा डेरा पाउन छाडेको राजनीतिक दलका नेता कार्यकर्ता नै बताउँछन् । पाएपनि सभासदले पाउने भत्ताको आधाभन्दा बढि रकमका छन्, कम मुल्यमा त डेरै पाउन मुस्किल भएको गुनासो आउन थालेको छ । ‘अहिले डेरा पाइरहेका छैनन्, साथीहरुले । समुह बनाएरै हिँडिरहेका छन् । काठमाडौंमा आफन्त नहुनेहरुको त विजोग हुन लागेको छ ।’ जनता दल युनाइटेडका निमित्त अध्यक्ष किरण मगरले भने,‘संविधानसभा नजिक बस्नका लागि अहिले डेरा खोज्नेको घुइँचो हुन थालेको छ । 
महँगो भयो डेरा भाडा
वानेश्वर, पुरानो वानेश्वर, अनामनगर, विजुलीबजार, थापागाउँ, बबरमहल, शान्तिनगर गेट, तिनकुने सुविधानगरदेखि कोटेश्वरसम्मका घर र फ्ल्याटको भाडा पनि असाध्यै बढेको छ । यस क्षेत्रमा घर भएकाहरुले एउटा किचन र तीन कोठासहितको फ्ल्याटको भाडादर कम्तिमा २५ हजार रुपैंया प्रति महिना बनाइसकेका छन् ।
अझ यी क्षेत्रका राम्रो व्यवस्था भएका घरहरुको मोलमोलाई ३० हजारसम्म पुगिसकेको बताइन्छ । ‘डेरा माग्नेहरुलाई सस्तो दिन मिल्दैन, राजनीतिक दलको मानिस भएका कारण कति धेरै मान्छेहरुको आवतजावत हुन्छ, त्यो खर्च पनि त बुझ्न प¥यो नी’, अनामनगर क्षेत्रका एक घरमालिक भन्छन्,‘घरको सुरक्षाको कुरा पनि छ ।’
राजनीतिक दलबाट आउने नेताहरुले भनेजति रकम दिने मनसायले पनि यी क्षेत्रका घर मालिकले भाडादर बढाएका छन् । महानगरपालिकाले दिएको मापदण्ड विपरित नै यसरी भाडादर उच्च हुन थालेको छ, जसको मार ती घरमा बस्ने विद्यार्थी र सर्वसाधारण मजदुरहरुमा पनि परिसकेको छ । ‘घरमा आउने सभासदले त भाडा तिर्लान् तर विद्यार्थी र मजदुर मर्कामा परेको विषयलाई नजरअन्दाज गर्न मिल्छ ?’ वानेश्वरमा बस्दै आएको विद्यार्थी अखिलेश भण्डारीले भने,‘सभासदहरुका कारण भाडादर बढेको छ, हामी समस्यामा पर्ने भयौं ।’ 
धारा पाइन्छ, पानी पाइँदैन ?
काठमाडौंमा अर्को समस्या पानी नपाउने हो । डेरा पाएपनि पानीको पर्याप्त प्रयोग गर्न पाइँदैन । पानी एक मुल समस्याका रुपमा देखा परेको छ । पानी खान पनि समस्या हुने,  सवैको अनुभव छ । हरेक विहान म आफैंपनि बाथरुममा पानी नपाउने पीडा व्यहोर्ने मान्छे हुँ । तर, मेरामा लोडसेडिङका कारण पानी नहुने गर्दछ ।

यसबारेको आम मानिसको समस्याबारे विस्तृत र व्यापक कथाचाँही यस पालीको शुक्रबारमा सजना बराल र अम्मर जिसीले लेखेका छन् ।    

Thursday, December 19, 2013

चलचित्र बोर्डको झगडा, औचित्य हिन लफडा, निरलाई किन पर्यो पीर ?


पद र पावर नपाउँदा कम दुखी हुँदैन मान्छे । माओवादीसम्म छिरेर चलचित्र विकास बोर्डको अध्यक्ष ताकेका निर शाहलाई यतिवेला त्यहि बोर्ड वाइयात लाग्न थालेको छ । अहिले नेपाली कांग्रेसको पछि पछि दौडिएका उनी नायिका रेखा थापासँगै बोर्ड अध्यक्ष बन्ने दौडका सहभागी थिए । उछिट्टाइदिएका थिए, तराई तिरबाट काठमाडौं छिरेका, सामान्य नाटकबाजले । पछि कुरो मिलाउन ति नाटकबाजसँग रेखाको सम्बन्ध सुधार भएको चर्चा आयो तर जे भयो, राम्रै भयो होला । यद्यपि, त्यो दौडमा धोका पाएका निरलाई किन पर्यो पीर ? उनले कहाँ र किन भने विकास बोर्डको औचित्य छैन ? अनलाइन खबरको यो समाचारमा उल्लेख छ...

चर्चित निर्देशक तथा कलाकार निर शाहले चलचित्र बिकास बोर्ड खारेजीको माग गरेका छन् । एक कार्यक्रममा आफ्नो लामो मन्तव्य दिने क्रममा शाहले बिकास बोर्डको औचित्य नभएको बताए । बिकास बोर्डले कुनै किसिमको कार्य गर्न नसक्ने तर्क गर्दै शाहले बोर्ड खारेजीको बिषय अब संविधान सभाको भवनमा पनि उठ्ने बताए । उनले बोर्डले कुनै पनि बिषयमा नेतृत्वदायी भूमिका लिन नसक्ने आरोप समेत लगाएका छन् ।
बिकास बोर्डको नेतृत्वलाई सुझाव दिदै शाहले भने, ‘केही पैसा छ भने विभिन्न समयमा आयोजना हुने कार्यक्रममा सहयोग गर्नुहोस् र आफ्नो उपस्थिती जनाउनुहोस् । तपाइहरुले कुनै पनि काम गर्न सक्नुहुन्न भन्ने सबैलाई थाहा छ ।’
बिकास बोर्डको बिषयमा अकस्मात आएको निर शाहको यो भनाइलाई धेरैले गम्भिरतापूर्ण रुपमा लिएका छन् । निर शाहले बोर्डको खारेजीको माग गर्दै गर्दा लामो समयदेखि बोर्डमा कार्यरत सूचना अधिकृत चिरञ्जिवी गुरागाँइले भने आफूहरुले गर्दा चलचित्र बिकास बोर्ड चलेको दाबी गरे । ‘बोर्डमा बारम्बार फेरिने नेतृत्वका कारणले गर्दा यस्तो माग आएको हुनसक्छ, तर बोर्डमा काम गर्ने म र अनुपम निरौला मात्र हो, उनले भने ।

Wednesday, December 18, 2013

रेखा जता छिर्यो त्यतै वर्वाद, घटना र विचारले गर्यो ‘चुम्बन संवाद’

राउटेलाई म्वाई खाएको विषयमा रेखा थापासँगको अन्तर्वाता

सहरमा चर्चा छ रेखा थापा जहाँ छिर्छिन् त्यहाँ विखण्डन नै हुन्छ भन्ने । यो कत्तिको वकम्फुस्से कुरा हो थाहा छैन । तर, घटनाहरुको संयोग त त्यस्तै पो देखिन थाल्यो । एमाओवादीमा छिरिन्, माओवादी विभाजनमात्र कहाँ भयो र निर्वाचनमा तेस्रो भयो । पार्टीमा रेखाले टिकट पाउने हल्ला चल्दा संगठनमा झण्डै विद्रोह नै भयो । जे भयो भयो, त्यसपछि समाजसेवामा लागि राउटे समुदायको सहयोगका लागि निस्किएकी रेखाले म्वाई खाएपछि त झनै बबाल भयो । राउटे समुदायमा नै विग्रह भयो भन्ने हल्ला पनि आयो । त्यतिमात्र कहाँ हो र ? यसले त राष्ट्रिय अखबार ततायो ।

मेरो म्वाइ सस्तो छैन
नायिका रेखा थापा सधै“ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझास“ग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन् । राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइ“ खाएपछि उनको त्यो म्वाइ“ विवादमा तानिएको छ ।
यतिबेला काठमाडौंबाहिर आफ्नो रेखा फाउण्डेसनका लागि सहयोग जुटाउन लागिपरेकी रेखास“ग मंगलबार फोनबाटै गरिएको म्वाइ–संवाद ।
० जीवनमा धेरैलाई म्वाइ“ खानुभयो होला । यसपटकको म्वाइ“ विवादमा तानियो नि ?
– विवादमा तानिएको होइन । मेरो चर्चालाई देख्न नसक्नेहरूले चलाएको हल्ला हो ।
० के सोचेर राउटेलाई म्वाइ“ खाइयो ?
– म्वाइ“ भनेको मायाको प्रतीक हो । माया लागेर खाएकी हु“ ।
० राउटेलाई देख्दा किन म्वाइ“ खान मन लाग्यो ?
– माया लागेर आयो । तर, यसलाई गलत अर्थ लगाइयो ।
० कस्तो मान्छेलाई देख्दा म्वाइ“ खाउ“m–खाऊ“ जस्तो लाग्छ ?
– मायालाग्दो, मिजासिलो र राम्रो मान्छेलाई देख्दा । 
० त्यस्तो मान्छे जसलाई जहा“ देखे पनि म्वाइ“ खाइन्छ त ? 
हेइन, त्यस्तो हु“दैन । ठाउ“, परिवेश, पात्र सबैको विचार गरिन्छ ।
० म्वाइ“ खानुअघि राउटेस“ग अनुमति लिनुभएको थियो कि थिएन ?
– कसैको पीडा, दुःख र व्यथामा मलहम लगाउन अनुमति लिनुपर्छ भन्ने मलाई लाग्दैन । म त सरकारले पनि नगरेको राउटे समुदायलाई सहयोग गर्न गएकी हु“ । त्यही समयमा भावविह्वल भएर म्वाइ“ खाए“ ।
० जबर्जस्ती म्वाइ“ खानु यौन हिंसा हो कि होइन ?
– हो । तर, मेरो म्वाइ“ जबर्जस्ती थिएन । मेरो म्वाइ“लाई गलत अर्थमा बुझ्नेलाई म सुझाव दिन चाहन्छु कि सहरमा बसेर विरोध गर्नुभन्दा राउटेहरूकै बस्तीमा गएर बुझ्दा थाहा हुन्छ त्यहा“को अवस्था कस्तो छ भनेर ।
० यदि कुनै पुरुषले त्यसरी नै तपाईंलाई म्वाइ“ खाएमा के गर्नुहुन्थ्यो होला ?
– त्यो त म्वाइ“ खा“दाको अवस्था अनि परिस्थितिमा भर पर्छ । किन र केका लागि खाइयो भनेर ।
० जीवनमा अहिलेसम्म कतिजनालाई म्वाइ“ खानुभएको छ ?
– मायालाई सङ्ख्याले नापि“दैन । अनि म्वाइ“ माया नै हो ।
० आफूले खाएको म्वाइ“मध्ये अहिलेसम्मकै सबैभन्दा मीठो म्वाइ“ कसलाई खादा लाग्यो ?
– मेरी आमालाई ।
० म्वाइ“ खा“दाको सबैभन्दा मीठो क्षण ?
– कुन उद्देश्यले खाएको हो त्यसमा भर पर्छ । लामो समयपछि भेटिएको साथीलाई खा“दा मित्रताको क्षण । श्रीमान्लाई खा“दा नजिकको सम्बन्ध अनि राउटे भाइलाई खा“दा उसको दुःख र पीडालाई साथ दिएको क्षणको रूपमा लिएकी छु ।
० राउटेको म्वाइ“ विवादमा आयो नि । उनीहरू रिसाएका छन् भन्ने चर्चा छ नि ?
– गलत हो यो कुरा । विवादमा आएको होइन । विवादमा ल्याइएको हो । म त राउटे समुदायलाई बिनास्वार्थ सहयोग गरिरहेकी छु । उनीहरूका बच्चालाई पढाउन काठमाडौं ल्याउ“दै छु । यस्तो कुरातिर ध्यान छैन तर म्वाइ“को चर्चा बढी भयो ।
० राउटे मुखियास“ग माफी माग्ने विचार गर्नुभएको छैन ?
– यो त माफीको कुरै होइन । निस्वार्थ रूपले खाइएको म्वाइ“ र गरिएको सहयोगमा माफीको कुरा आउ“छ र ?
० अब भविष्यमा कसैलाई म्याइ“ खा“दा विचार गर्नुहुन्छ होला नि ?
– मेरो म्वाइ“ त्यति सस्तो पनि छैन नि जसलाई जहा“ पनि खान्छु । म्वाइ“ भनेको माया, सद्भाव र भावनाको प्रतीक हो ।
० तपाईं माओवाद छाडेर म्वाइ“वादतिर लागेको होइन, त्यसो भए ?
–मैले माओवादी छोडेको पनि छैन र म्वाइ“वादतिर लागेको पनि छैन । यी दुवै अलग कुरा हुन् । (घटना र विचार साप्ताहिकबाट साभार)

रेखाका किस किस्सा र तस्विरहरु 
न राउटेहरु फिल्म हेर्छन्, न रेखा थापालाई चिन्छन् । जसले चिन्छन् उनले चुम्बनको कल्पना गरेका हुन्छन्, भेट्दैनन्, मन खिन्न हुन्छ । जसले चिन्दैनन् उनका गालामा बर्सिन्छ । र त राउटेले भन्दिए उनलाई आइमाई, दाङमा आफ्नो समुदायबाट बाई बाई । रेखा थापाका किसका चर्चा कम भएका होइनन् । तत्कालिन श्रीमान् छविराज ओझासँग अगालो मारेर किस आएको तस्विर सार्वजनिक भएको थियो । झन् ख्याउटे र छोटा खगेन्द्र थापामगरले उनको गालामा बर्साएको किसको अलग चर्चा भयो । पछि, राउटेसँग पनि उनको किसचर्चाले अहिले बजार पिटेको छ ।  

राउटेलाई गरेको किस 




छविलाई गरेको किस 

खगेन्द्रको किस