Wednesday, September 3, 2014

बृद्ध क्लवको तयारी र लाचार पुस्ता

यहि उच्चस्तरीय भनिएको राजनीतिक संयन्त्र, जसलाई म अस्ताउन लागेको घामसँगै सुस्ताएका नेताहरुको बृद्ध क्लव भन्दछु, त्यो बडो लोकतान्त्रिक देख्नु भयो वकिल साहेवले ।

Add caption
विचित्रको राजनीतिक प्रणाली, अजिव टाइपको यन्त्र मानवहरुको झुण्डले सजिएको राजनीतिक दलहरु, अमूर्त माग र विरोधका आवाज निकाल्ने स–साना भँगेरे राजनीतिक समूह, औकात सकिएर अपराधतिर लम्किएका तर राजनीतिक मान्यता पाएका नलकटुवा पेस्तोलधारीहरुको अर्को झुण्डको फरक राजनीतिबीच हामी संविधान जारी गर्ने कुरो अघि बढाइरहेका छौं । यसबीचमा तिव्र रुपमा व्यवस्थापिका संसद नै नचल्नेगरी उठेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको बकम्फुस्से मागमा नेपाली राजनीति घुमिरहेको छ । आखिर यो संयन्त्र किन र के का लागि ? राजनीतिक दलहरुसँग उत्तर छैन । एकथरी माओवादीहरु भन्छन्– सहमतिमा संविधान जारी गर्नका लागि । अर्काथरी गैर माओवादीहरु भन्छन्– माओवादी खुसी पारेर संविधान जारी गर्नका लागि । त्यसो भए २ करोड ६६ लाख जनताको भावनाचाँही कहाँ समेटियो ? ७० लाख युवाहरु जो विदेशी भुमिमा रहेर पनि मुलुकमा संविधानको कागजी खोस्टो कस्तो आउला भनेर पर्खिरहेका छन्, उनको भावनाचाँही कहाँ छ ? यी प्रश्नहरुका उत्तर, व्यवाहारिक ढंगबाट दिने नैतिकवान नेताहरु छैनन्, जव नेताहरु नै नैतिकवान छैनन् भने तिनले खडा गरेको राजनीतिक दलको नैतिकता कति हदसम्म रहला यो आफैं विश्लेषण गर्न सक्छन्, आम नेपाली समुदाय । यद्यपि, हामी फोहोरभित्र पनि कमलको फूल फूल्न सक्छ भन्ने विश्वासमा दोस्रो संविधानसभाको सफलता हुनसक्छ भन्ने भरोसाका आशावादी बनेका छौं । सम्भवतः यो आशा तुह्यो भने मुलुक फरक राजनीतिक कोर्समा जान्छ र त्यसले फरक घटना निम्त्याउन सक्छ, त्यतातिर धेरै बल नगरौं । बहस गरौं, यो उच्चस्तरीय राजनीतिक संयन्त्र हो या षडयन्त्र किन र केका लागि ? 
वडो आक्रामक र पुर्खाहरुको नगरी नहुने कर्मकाण्डी हिसावमा केही महिनाअघि मसँग नमज्जाले यहि विषयमा बहसमा उत्रिए, एमाओवादीका सल्लाहकार रामनारायण विडारी । वहाँ वकिल साहेव, बहसमा मैले जित्न सक्ने साधारणतया कुनै बाटो थिएन । तर, विचरा तर्क गर्दा हार्न नजान्नेहरुसँग केही सीप लाग्दैन । वहाँले यहि उच्चस्तरीय भनिएको राजनीतिक संयन्त्र, जसलाई म अस्ताउन लागेको घामसँगै सुस्ताएका नेताहरुको बृद्ध क्लव भन्दछु, त्यो बडो लोकतान्त्रिक देख्नु भयो । लोकतन्त्रको जग नै उच्चस्तरीय संयन्त्र रे । यहि विचार हो –अलोकतान्त्रिक र गैरप्रजातान्त्रिक पद्दती स्थापित गर्ने समुहहरुको वैधानिकताको यथार्थ । उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा हुन लागेको राजनीतिक तानाशाही चरित्र संविधानसभालाई कमजोर बनाउने मनसायले उव्जिएको ‘भष्मासुर विचार’ हो । भष्म गर्ने असुर जसले जीवन नै खरानी बनाउनका लागि पाएको थियो, आफैं खरानी भएर जाने विचार हो । जनताले यो अडान र विचार कतिदिनसम्म सहने हुन्, त्यसपछि त्यसको अन्त्य अवश्यभावी नै हुनेछ । तर, वकिल साहेवले यहि बहसका क्रममा उच्चस्तरीय संयन्त्र नमान्नेहरु राजावादी हुन् भन्दिनुभयो । वडो घत लाग्यो । यदि कोही संविधानसभामा निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरु स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ र त्यसको जसअपजसको जिम्मा पनि जनताले उनीहरुलाई नै सोध्न पाउनुपर्छ भन्ने विचार राजावादीको विचार हो भने हर युवाहरु अव माओवादीका नजरमा यस्तो राजावादी बन्न जरुरी छ जस्तो लाग्छ ।  
मान्नुस्, नमान्नुस् ८ माघमा संविधान आउँदैन । यदि, उच्चस्तरीय राजनीतिक समिति वा संयन्त्र बन्ने हो भने संविधानको खाका नामको कागजको खोस्टो पनि आउनेवाला छैन । किनभने राजनीतिक दलहरु फेरि पनि तानाशाही र नोकरशाही हिसावले चल्न सुरु गरेका छन्, अडानमा रोकिनेछ संविधान । किन आउँदैन ? भन्ने सवालमा जम्मा २ वटा उत्तरहरु र विश्लेषणहरु सरल छन् । १) राजनीतिक दलहरुको अडानका कारण त्यो संयन्त्रमा सहमति बन्न सक्नेछैन र अघिल्लो संविधानसभामा जस्तो विवाद कायम रहनेछ । दलहरु आफ्ना अडानबाट बाहिर आउनसक्ने छैनन् । र, २) अडान बाहिर आउन नसकेपछि कमजोर बनाइएको संविधानसभा सदस्यहरुको भुमिका पनि केही रहनसक्ने छैन, त्यो नभएपछि संविधानसभा अलपत्र पर्नेछ । त्यो संविधानसभा नभएर एमाओवादीकै भाषामा सांसदको टाउको देखाएर प्रचण्डहरु (यहाँ प्रचण्डहरु सवै दलका नेताहरुलाई संकेत गरिएको छ )को भुमिका सक्रिय हुनेछ । 
आन्तरिक रुपमा नै छरपस्ट समस्या बोकेर हिँडेका, आन्तरिक समस्याको समाधान गर्न नसक्ने, विवादबीच नेतृत्वमा हिँडेका लाचार नेताहरुको फरक क्लवले कसरी दुई करोड ६६ लाख जनताको प्रतिनिधित्व गर्ने संविधानमाथि सहमती बनाउन सक्छ र ? त्यो राजनीतिक क्लव जो नेताहरुको आत्मरतीको ‘उच्चस्तरीय’ भन्ने शैलीमा गठन हुन लागेको त्यसले सहमती गर्न सक्छ र ? दुनियाँमा कहिँपनि सहमती भन्ने हुँदैन । कागजको खोस्टो नजलीकन बनेको संविधान कुन देशको कहाँ छ र ? यदि छ भने पनि नेपालजस्तो राजनीतिक अराजकता र नाफामुलक संस्थाको प्रतिनिधित्व गर्ने प्रचण्ड प्रचण्ड विजनेशम्यानहरुले कसरी सहमति जुटाउन सक्छन् । यी प्रचण्डहरु कोही सुशिल कोइराला, केपी ओली, शेरबहादुर देउवा, सुजाता कोइराला, माधव नेपाल, झलनाथ खनाल, कृष्ण सिटौला, विजयकुमार गच्छादार, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादवका नाममा प्रतिविम्बित हुन्छन् र मुलुकका जनताको मर्मलाई कुल्चिएर अघि बढिरहेका छन् ।
दुनियाँमै आफुलाई शिर्ष मान्ने र उच्च ओहदाको मान्ने प्रवित्ति नै विनाशकहरुको सुचक हो । इतिहाँस र पौराणिक कथा हुन् वा विश्वयुद्धका विभिन्न घटनाका मुख्य नाइकेहरुलाई हेरौं यो पुष्टि हुन्छ । आजको पुस्ताले यो विषयमा विरोध गरेर अघि नबढे फेरिपनि संविधानसभा प्यारालाइसीस हुन्छ र बृद्ध क्लव सक्रिय हुनेछ । 
यो देशमा मण्डेला बन्ने रहर कसैलाई छैन । सवै वक्तव्यबाजीका राजा हुन् । यस्ता राजा जो नागार्जुनभित्र सड्दै गरेको धुप्पीको विरुवालाई विचरा भन्न सक्छ तर जोगाउनका लागि एक थोपा पानी हाल्न सक्तैन । भन्दछ– म त राजा हुँ । राजनीतिक दलहरुभीत्र वक्तव्यवाजी गर्ने र बयानबाजीमा उत्रिने धेरै गगन थापाहरु, योगेश भट्टराइहरु भए तर संविधानसभा जोगाउनका लागि क्लब बनाउन हुन्न, बनाए हामी बाहिरिन्छौं भन्न सक्ने स्थितिमा पुग्न सकेनन् ।
दुनियाँकै समावेशीका रुपमा रहेको अघिल्लो संविधानसभा असफलको प्रमुख कारक बनेको थियो, उच्चस्तरीय राजनीतिक संयन्त्र र शिर्ष नेता नामको पेण्डुलम राजनीतिक बहस र छलफल । राजनीतिक दलका नेताहरुले बन्धक बनाएका कारणले नै पहिलो संविधानसभा विघटन हुन पुगेको थियो । 
प्रयोगात्मक, व्यवाहारिक र कार्यान्वयनको पक्षमा बलियो नजिरले मात्र स्थापित गर्दछ, राजनीतिको स्थायीत्व । राजनीतिक स्थायीत्व भए जनताले हर कोहीलाई विश्वास गर्ने आधार तय हुँदै जान्छ । हुने विरुवाको चिल्लो पात भन्ने हामीले सुनेको उखान हो । हामी चिल्लो मनस्थितिमा संविधान बनाउनका लागि आतुर राजनीतिक दलहरुसँगको साक्षात्कारमा कहिले पनि सहभागी हुन पाएका छैनौं । शिर्ष भनिने नेताहरु फरक धारको हिटलरका तीन टाउका बन्ने प्रयत्नमा छन्, अन्य दलहरु तीन टाउके हिटलरको सेनामेना बन्ने तयारीमा छन् । त्यहिँभित्र भएका युवा कार्यकर्ताहरु पार्टी नामका उद्योगमा आफ्नो रोजगारी जोगाउन टाउकाहरुको निर्णयलाई स्वीकारेर लाचार बन्न तयार छन् । तर, को छ यहाँ खास नेता बनेर बाहिर आफ्ना कुरा भन्नसक्ने ? सवैलाई माया छ – जागिरको । पीर छ, जागिर खुस्किने । एकाध चित्रबहादुर केसी, नारायणमान विजुक्छेहरुले दिएको अभिव्यक्तिले मुलुकमा त्यति धेरै प्रभाव पार्न सक्तैन । प्रभावै हुने भयो भने पनि त्यहि षडयन्त्र क्लवले यसलाई निस्तेज पार्नेछ र हावी हुनेछन्, नयाँ हिटलरहरु । दुखसाथ भन्नुपर्छ, अव यस्तो प्रवित्ति र प्रकृतिले नेपाली राजनीति लोकतान्त्रिक पद्दतीमा स्थापित हुन सक्तैन । केही नरेन्द्र मोदीहरुले नेपालमा आएर बुद्ध र अशोक राजाको नाम दिँदैमा उनीहरु बुद्धिमान भैहाल्छन् भन्न सकिँदैन । पिंजडा भित्रको सुँगाको नाम काली राख्दैमा ऊ, कालो नै हुन्छ भन्न सकिन्न । 
यसर्थ, बेला गुज्रिएको छैन । समय घर्किएको छैन । मनभित्र इच्छाशक्तिहरु बाँकी भए, आत्मामा अलिकति पनि मुलुक प्रेम र जनताको भविष्यको सोच भए, मुलुक विकास र अग्रगतिमा गएको हेर्ने इच्छा भए, रोगी, निरोगी, फूर्तिला, खेलाडी जतिपनि नेतागिरीमा अगाडी सरेका छन् उनलाई उनैसँग दैनिक भेट हुने, संवाद हुने उनैका छत्रछायाँमा उभिएका युवा नेताहरु भन्न रुचाउने अर्को पंक्तिले भन्नसक्नुपर्छ– संविधानसभालाई स्वतन्त्र छाड । संविधान जनताका प्रतिनिधिले बनाउने हो, नियन्त्रण गर्न खोज्ने राजनीतिक क्लवले होइन । ती युवाहरुले भन्न सकुन्– यदि बुढाहरुको क्लव बन्छ भने संविधानका लागि युवाहरुको फुटवल टिम पनि बन्न सक्छ । त्यो टिम जसले संविधान बनाउनका लागि क्लवको कार्यक्षेत्र समाप्त पार्दै २ करोड ६६ लाखको मुद्दालाई अंगीकार गर्नेछ । र, अपिल छ अवको राजनीति त्यसो नभए मुलुकको भविष्य छैन, मुलुकसँगै आउने पुस्ताको भविष्य पनि ऋणमा चुर्लुम्म हुनेछ । नयाँ पुस्ता ऋणको भारी बोकेर बस्नेछन्, पुरानो पुस्ता रोगले ढल्नेछन् । तर, चाडक्यले भनेजस्तो पापको भारीचाँही उनीहरुसँग रहनेछ की –ऋण लगाउने पुर्खा अपराधी सरह हुनेछन् । सम्भवतः यसपटक नेताहरुले आफुलाई अपराधको पगेरी नलगाई संविधान निर्माणका लागि संविधानसभा स्वतन्त्र छाड्नेछन् ।   

Monday, September 1, 2014

‘अर्बन’ रात

८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि होइन, श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको हो
 
 मन्द नशामा उत्रिएपछि छिरेको दरबारमार्गको रौनक कहाँ छ ? खोजी गरिरहेको छ तन्नेरीको एउटा झुण्ड । सहर जसरी उत्रिएको छ, रंगशालामा तन्नेरीहरु पनि उत्रिन खोजीरहेका छन्, त्यस प्रयोगशालामा । थाहा छैन, शेलीलाई यो मधुशाला कत्तिको मन पर्दछ । तर, रातको कथा नै वेग्लै, रातको नशा नै वेग्लै । हर उपहार राती सुन्दर देखिन्छन्, टलक्क टल्किएका सहरीया उच्च ‘वेश्या’ जसरी । ग वर्गको रात्री जीवन जहिले पनि प्रहरीको खोरभित्र पीडित बनिरहेको हुन्छ । ख वर्गको रात्री जीवन प्रहरीको खोर र पैसाको जोहोमा भित्र र बाहिर हुने क्रम जारी रहन्छ । तर, क वर्गको रात्री जीवनको कथा नै वेग्लै छ । संसार धनमा विकेको छ, काइँला तारा जोडिएको रात्री जीवनमा कुनैपनि कानुन छिर्न सक्तैन, कुनैपनि प्रशासनले छुन सक्तैन ।

८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि होइन । श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको हो । पैसाधारी र स्तनधारीको समयमा श्रम गर्नेहरु विहानको छाकको बारेमा सोचिरहेको हुन्छ । तर, कल्पनाको वगर सँधै सुख्खा हुँदैन, रातको समय श्रमिकका लागि सपनाको समय हो । उही सपनामा विलिन हुनेहरु सोच्दछन्– हाय, यो सहरको नयाँ उमंगमा म पनि यसरी नै हाँस्नेछु, डुल्नेछु, भुल्नेछु, गाउँनेछु र ठाउँ ठाउँमा हात समाएर किस गर्नेछु ।  


सहरमा अर्बन जीवन बाँच्नेहरु मांशपेसीका सवै अंगहरु विक्रिमा छन् । कोही बजार थापेर बसेका हुन्छन्, काही बजार रिजर्भमा राखेर बसेका हुन्छन् । कोही बजारलाई उपहार दिनलाई बसेका हुन्छन्, कोही गाडीको धुनमा व्यापार गरिरहेका हुन्छन् । तर, फरक यत्ति हो सवैको रात संगितमा रुमल्लिने नशा, धुवाँ र झोलहरुसँगको मिश्रणसँगैको ठोस काममा केन्द्रित रहन्छ । आजको दरबार कहाँ छ थाहा छैन, दरबारमार्ग त्यहिँ छ र कथा पनि उही छ ।
अनि, त्यसका लागि सहरमै बाँच्नेहरु हर अंगको किमत पाई पाई होइन, हजार हजार चुकाउन पनि तयार छन् । हुक्काको धुवाँमा पछिल्तिर रमाइरहेको एक जोडी केटा, दुई जोडी केटीको कथा फरक छ । ‘वाउ, मेरो डार्लिङ्को साथी हो ?’, वियरको चुस्की र हुक्काको धुवाँसँगै मिस्सिएको लालीधारी चाम्रो अनुहारकी एक अर्धवैंशे आइमाई युवकको अंगालोमा कस्सिएर भन्छे,‘हि इज माई डार्लिङ ।’ छेउतीर बसेकी युवती कालो भुसतिघ्रेलाई उसै गरिरहेकी छ । नेपथ्यमा बजीरहेको छ– अगर तुम मिलजाओ जमाना छोड देङ्गे हम...।
रातमै आफ्नो गीतबाट नशामा रमाइरहेका युवकहरुको टेवुल खुसी पार्न ति अचम्मका आवाज भएका कलाकारहरु आफ्नो स्वर खर्च गरिरहेका छन् । नेपथ्यतिर बजेको धुनसँग ‘डार्लिङ जोडी’को हात कता कता पुगिरहेको होला...घरी घरी गालातिर पनि जोडिन्छ । एक युवती आफ्ना आधा बक्षलाई छर्लङ्ग पारेर वियरको गिलास भरिरहेकी छ र त्यहि वक्षमा अडिएको उसको एक राते प्रेमी अनेक सोचीरहेको होला । तर, त्यो भन्दा पनि बढिचाँही मधुशालाका दर्जन ज्यादा आँखाहरु उसका वक्षतिर ढल्किसकेका थिए । कोही सम्झिन सक्छन् होला यतिवेला नारायणगोपालको त्यो गीत जसको अन्तराको शव्द झुण्डिन्छ नशाका बेला सवैलाई– नजिक नआउ तिमी म मात्तिएको बेला, यी हातहरुले कहिँ घात गर्न सक्छन् ।
०००

संसारका धेरै माहात्माहरुको विद्वता ‘सेक्स’मै टिकेको छ । सम्भोगमा अभ्यस्त भएको विद्वताविना संसार चल्न सकेको छैन । आज ओशोहरु, कामसुत्रहरुका ज्ञान अधिक विकेका छन् । भगवान कृष्णका लिलाहरुको चर्चा कम हुने गरेको छैन । मधुशालाको एक घन्टे रातमा कसैले वक्षको व्यापार गरे, कसैले गालाको व्यापार गरे । लाली भरिएको गालामा कालो ओठको डामसँगै रातको फरक व्यापारमा कोही झुम्मिए पनि । यहि त हो, आठौं विश्व र २१ औं शताव्दि । राजा नभएको दरबार अगाडीको कथा कति सरल छ । त्यहाँ छ, पैसावालहरुको केही घन्टे जीवन । त्यहाँ छ, रकमका थाकहरुको फरक जीवन ।
रुकुमतिर, काभ्रेतिर बाबु हजुरबाबुले छोरी नातिनि बलात्कार गरेको खबरको अर्थ छैन त्यहाँ, त्यहाँ भनिरहेको छ वातावरणले आउ, चाँडो आउ, पैसा खन्याउ र बलात्कार गर । त्यस्तो बलात्कार होस् न नाम थाहा होस् न पहिचान । त्यहाँ जम्मा थाहा होस्, तिम्रो खल्ती गरम छ, अनि मेरो जवानी पनि उही तापक्रममा तात्छ । यो अर्बन जीवनको महत्व हो । तिमी हजार फाल, मेरो ओठबाट मुस्कान खुल्नेछ । अर्का हजारहरु फाल हरचिज, वस्त्र र अस्त्रहरु विस्तारै खुल्दै जानेछन् ।

क्रमश... निरन्तरता पाउनेछ, कथाले । यो ‘साइबर लभ’को एउटा पाटोको कथा पनि हो ।    


मेलम्ची साँच्चै वगोस घर–घरमा

विनोद ढकाल
यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ ।
 
पुरानो बानेश्वरदेखि मैतिदेवीसम्म झर्ने ओरालोमा टेम्पु चढ्यो भने कतिपटक टाउको ठोकिन्छ, गन्न कठिन हुन थाल्यो । त्यो बाटोमा हिँड्ने न टेम्पो खराब छन्, न चालक खराब छन् । खराब केही छ भने त्यो सडक नै हो । बाटो विस्तार गरी पिच गरिएको उक्त सडक कसरी भयो खराब तुरुन्त ? सहरमा हल्ला छ, यसको कारण मेलम्चीको पानी हो । मेलम्चीको पानी ?? मेलम्चीको पानी र काठमाडौंको सडकको सम्बन्ध के छ र ? कता कता प्रश्नहरु उव्जिनु स्वभाविक भएको छ । तर, काठमाडौं र मेलम्चीको पानीको सम्बन्ध नै लामो चर्चाको सम्बन्ध हो । अहिलेको पुस्ता भन्दा अघिल्लो पुस्ताले सुनेको मेलम्चीको पानी काठमाडौं झर्नै लागेका कारणले पाइपलाइन विछ्याउँदा सडक भत्काइयो । त्यहि सडकका कारणले नै टेम्पो गतिलोसँग दौडन पाएन, त्यसकारण सवारीभित्र रहेका मानिसका टाउकाहरु ठोक्किनु पनि स्वभाविक बन्यो ।
मैतीदेवीदेखि पुतलीसडकसम्म पर्ने उकालो ओरालो पनि मेलम्चीले भत्काएको छ । त्यो उकालो ओरालोको यात्रा पनि कठिनप्रद थियो केही महिनादेखि । सडक भत्किएको त्यो वान वेमा समस्याग्रस्त यात्रा गर्नु अहिले जनसाधारणको बाध्यता बनेको छ । अहिले राजधानीका विभिन्न ठाउँहरुमा सडक भत्काउने र पाइपलाइन विछ्याउने काम भइरहेको छ । त्यो पाइपलाइन जसको बारेमा धेरै वर्षअघिदेखि हामीले सुन्दै आएका थियौं । काठमाडौंमा खानेपानीका लागि तयार हुँदै गरेको मेलम्ची आयोजनालाई वगाउनका लागि राजधानीमा पाइप विछ्याउने र त्यसका लागि सडक भत्काउने काम भइरहेको छ ।
मेलम्ची काठमाडौंको सपना बनेको छ । यहि पानीको पर्खाइमा भविष्यको धारा खोजीरहेका कयन युवाहरु सपना बोकेर कतार, मलेशिया, साउदी अरब, युरोप र अमेरिका पुगेका छन् । अहिले पनि उनीहरु भन्छन्– मेलम्ची कहिले आउनेछ ? काठमाडौंका सडकमा हिँड्ने पैदलयात्री आशाको पोको फुकाउँदै बाध्यकारी भएर भन्छ, चाँडै आउला, सडक भत्किन थालेको छ । तर, ठूलो समस्याको समाधानका लागि केही दिनको समस्या प्रमूख होइन भन्ने ठानेरै सायद, नागरिकहरु चुप लागेर बसेका छन् । तर, के सरकारले भन्नसक्छ त ? मेलम्ची साँच्चै केही महिनामा राजधानीका घर घरमा पुग्नेछ ?
पानीमाथि निक्कै ठूलो राजनीति भइरहेको छ । पानीको शक्तिको विषयमा नेपाली संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बोलिसकेका छन् । वास्तवमा पानीको शक्ति अपरम्पार नै छ । त्यसको उपयोगको तरिका नजान्दा हामी अलमलमा परेका छौं । मेलम्चीको पानी हामी पिउनका लागि पनि यतिधेरै समय पर्खिरहेका छौं, यति धेरै धैर्यतालाई कायम गरिरहेका छौं । तर, यहाँ मेलम्चीमाथि नै ठूलो राजनीति भयो । प्रत्येक वर्ष सरकार बन्दै, ढल्दै गर्न थालेको संक्रमणकालिन राजनीतिले कहिलेपनि विकास र सुविधालाई प्राथमिकतामा राखेन । त्यसमाथि राजनीतिमात्र भयो । एकथरी शक्तिहरु राजनीतिक दलहरुलाई प्रभावमा राख्नका लागि राजधानीमा मेलम्चीको पानी नभित्रिए हुन्थ्यो भन्ने मनसायमा छन् । किनभने मेलम्चीको पानी राजधानी आए उनीहरुको पानीको महँगो व्यापार ध्वस्त हुनेछ । पानीका लागि राजधानीबासीले खर्चेको रकम उनीहरुको खल्तीमा पर्नेछैन । त्यसकारण पनि मेलम्चीको योजना आउने हल्लामा सडक भत्किन्छन् तर त्यसमाथि हुने राजनीतिले प्रत्येक दिन पानीका लागि लाम लाग्नुपर्ने आमसाधारणको मन पनि भत्किरहेको छ, सरकारले कहिले बुझ्ने ? अनि, कसको सरकार आएपछि बुझ्ने ? नागरिकप्रतिके उत्तरदायित्व नबोकेको सरकार कार्यकर्ता र पार्टीको मात्र हुनेछ । मेलम्चीकै विषयमा कुरा गर्ने हो भने हर पार्टीले यो परियोजनालाई ध्यान दिन सकेका थिएनन् । यो परियोजना कुन गतिमा र कुन चालमा अघि बढ्यो वा कहाँ छ भन्ने कुराको पनि लामो हेक्का राख्न नसकेका कारणले नै नागरिकहरुले दुख पाइरहेका थिए, पाइरहेका छन् अझै पनि । यसकारण अहिले अघि बढेको वा मेलम्चीकै लागि भएको भनिएको काम नरोकियोस् भन्ने नागरिक चाहना बनेको छ ।
काकाकुल राजधानीको व्यथा मेलम्चीलेमात्र पुरा गर्न सक्छ । त्यो पुरा हुनका लागि निक्कै समय लागिसकेको छ । मेलम्चीमाथिको राजनीतिले पनि यो आउन निक्कै समय लागिसकेको छ । यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ । तर, पानी फेरि पनि यथार्थ रुपमा वगेको हुँदैन । पानीको महत्व तिर्खाएकाहरुलाई हुन्छ । जबसम्म तिर्खाको महसुस राज्यका खास ठाउँमा बस्ने मान्छेहरुलाई हुँदैन, उनीहरु ठान्नेछन् राजधानीमा बस्ने सवैको अवस्था उनीहरुकै जस्तो छ । महल बस्नेहरु ठान्दछन्, झुपडीमा बस्नेहरुको व्यथा कमैमात्र छ । त्यस्तै राज्यको निकायमा बस्नेहरुले पनि राजधानीमा भएको पानीको दुख देखेका छैनन्, महसुस गरेका छैनन् । जबसम्म पानी नपाउँदको पीडा, जनताको पीडालाई राज्यका निकायमा बस्ने प्रधानमन्त्रीदेखि कर्मचारीसम्मले अपनत्वको भावनामा लिन सक्तैदनन्, यी योजनाहरु धिमी गतिमा चलिरहन्छन् । यो दिर्घकालिन योजनाका रुपमा पनि अघि बढ्दैन, अल्पकालिन योजनाका रुपमा पनि राखिदैन । दैवको भरोसाका रुपमा विकासको योजना चलाउँदा दुखजति आमसाधारणले हर कोणबाट भोगिरहेका छन् । अव मेलम्चीकै विषयमा यो दुख भोग्न नपारोस् भन्ने अपेक्षा जागिरहेको छ ।
कतिपय सरकारी संस्थाहरुले वार्षिक बजेट सक्नका लागिमात्रै पनि पाइपलाइन विछ्याउने नाममा काम गरेको अनुभुत गराउँछन् । तर, कहिले आउने हो पानी भन्नेबारेमा उनीहरु पनि वेखबर छन् । मेलम्ची वग्ने कुरो निक्कै अघिको थियो । तर, देशमा कयन युवा र जनताको रगत वग्यो, त्यसले नयाँ सत्ता जन्मायो, त्यो सत्तापछिको अर्को निर्वाचन सिध्यायो तर मेलम्ची अहिले पनि आशामात्र बनेर वगीरहेको छ, मन मनमा । राजधानीवासी चहान्छन्, मेलम्ची साँच्चै वगोस्, घर–घरमा ।

Tuesday, August 19, 2014

प्रेस युनियनमा महाधिवेशनको खहरे, पूर्वाध्यक्ष शर्माले किन भने मिनेन्द्रलाई तोरी लाहुरे ?

मन मुटु र धड्कनमा नेपाली कांग्रेस बोक्नेहरुको जमात कति होला र ? तर यस्ता कांग्रेसहरु पनि काठमाडौंमा छन् जो पदका लागि शक्तिको पछि दौडदैनन् । पत्रकारितामा लामो समय टिकेको मात्र होइन, माउ पार्टी फुट्दा पनि कांग्रेसमा आस्था राख्ने पत्रकारहरुको संगठन अथवा कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनका तत्कालिन अध्यक्ष रहेका मुरारीकुमार शर्मा डगमगाएनन् । पार्टी विभक्त भएपनि युनियन विभक्त भएन, उनले गर्न दिएनन् । तर, यतिवेलाको दृश्य देखेर उनी आफैं छक्क पर्छन् ।
अहिले प्रेस युनियनको महाधिवेशनको खहरे आएको छ । यो खहरे फेरी कतिबेला सुक्ने हो टुंगो छैन । तरपनि खहरेमा झुम्मिने धेरै छन् । यसबीचमा शर्मासँगको संक्षिप्त बुँदा गत कुरा भयो । यसो भने शर्माले । 

–अहिलेको संचारमन्त्री तोरी लाहुरे हुन् । विद्वान तोरी लाहुरे । यस्ताले कसरी पत्रकारको सुरक्षा गर्न सक्छन् ? अहिलेसम्म सञ्चारमन्त्री भएकाहरुको राजनीति मैले राम्रो देखेको छैन । 

–माओवादीलाई पैसा बाँडेर सरकारी जागिरसम्मको व्यवस्था भयो तर प्रजातन्त्रका लागि लडेका, प्रजातन्त्रको पक्षमा वकालत गरेका स्वतन्त्र पत्रकारको अहिलेको अवस्था के छ ? यसमा सञ्चारमन्त्रीको ध्यान जानु पर्छ की पर्दैन ? कुर्सीमा बसेरमात्र हुन्छ ? पत्रकारको उचित व्यवस्थापन उनको काम हो की होइन ? 

–म प्रेस युनियनको चुनावमा अध्यक्षको उम्मेदवारी दिदैछु । त्यसको टिकट लिनका लागि म नेताको घरमा धाउने होइन । कोही नेताले पनि दिने होइन । म देशभरका पत्रकार साथीहरुले दिएको टिकटका आधारमा उठ्नेछु । म स्वतन्त्र पत्रकार हुँ, पार्टीको टिका थाप्ने र नेताको घर धाउनेमा पर्दिन ।

–पत्रकारको सुरक्षा र पेसागत हकहित श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन नसक्ने संचारमन्त्री तोरी लाहुरे हुन् । यो वा ऊ पार्टीको भनेर हेर्ने कुरो हुँदैन, खास कुरो यथार्थको धरातलमा हुन्छ । 
–म पत्रकार हुँ । प्रजातन्त्रवादी हुँ । नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कुनै नेताको चम्चा होइन । त्यसकारण म पत्रकारको हकहितका लागि बोलीरहन्छु । 

Monday, August 18, 2014

१६ दिनको लडाइमा कट्वालका धम्कीमात्रै भेटियो

  • प्लान ए, प्लान बी र प्लान सीले कटुवालको जागिर जोगियो
  • प्रचण्डलाई दाई हजुर भन्ने बनाएछन्
  • राष्ट्रपतिलाई पनि धम्की दिएका थिए, कटुवालले ।
  • कटुवालको फोनले नै १८ दलको मुटु कामेको थियो ।
  • कुलबहादुरले कायममुकायमको चिठि बोकेर आएपछि कटुवालले सोधेका थिए, ओ कामरेड कसलाई सोधेर बालुवाटार गएको ?
  • रामबहादुर थापासँग कति पटक त बाझाबाझै परेछ
  • क्टुवाल प्रधानसेनापति नभएको भए, रक्तपात हुने थियो
  • प्रचण्डको हठ, कटुवालको बलबीच राष्ट्रपतिको रणनीतिक निर्णयले मुलुक बचेको रहेछ ।
  • केपी ओलीका कारण मुलुक बचेको रहेछ । 

कटुवालको आत्मकथा पढेर कसले के के बुझे त्यो उनीहरुको कुरा हो । यो अध्यायको १६ दिनको लडाई भन्ने शिर्षको एपीसोड मुलुक नै हलचल मच्चाउने अध्याय थियो । कटुवालकी श्रीमति उमा, छत्रमानसिंह गुरुङकी श्रीमति कमला, कटुवाल र उनका परिवार, नेपालका राजनीतिक दलहरु, प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री वादल, राष्ट्रपति रामवरण यादवबीच घुमेको यो एपीसोडको एउटा निक्र्यौल निकाल्न सकिन्छ ।
धम्की सवै कडा स्वरमा दिइँदैन । धम्की दिने तरिका निक्कै फरक हुन्छ । अझ नेपाली सेनाका जर्नेलको धम्कीको पारा नै अर्को हुन्छ । प्लान ए, प्लान बी र प्लान सी गरी तीन चरणका प्लान तयार गरी रुक्माङ्गत कटुवालले आफ्नो अवधि टिकाएका थिए । त्यो खास योजना माओवादीको मिसन प्रधानसेनापतिको विरुद्धमा थियो । पुरै सेनालाई माओवादी गुरिल्ला बनाउने योजनामा प्रचण्डले रचेको चक्रव्युह तोड्नका लागि कटुवालले अनेक प्रकारका तिकडमबाजी र गेम खेलेर जित हासिल गरेछन् । अन्ततः प्रचण्डले नौ महिनामा नै प्रधानमन्त्रीको पदबाट तुहिनु पर्यो । केही संक्षिप्त र इन्ट्रेस्टिङ विषय तल पढ्नुहोस ।
0000000000000

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले राष्ट्रपति रामवरण यादवलाई धम्कीपूर्ण सन्देश पठाएर आफ्नो थमौति गर्न सफल भएका थिए ।
त्यसो नभए सैनिक ‘कू’ कै तयारी गरिसकेका कटुवालले आधा घन्टा ढिलो गरी शितलनिवासको पत्र पाएको भए मुलुकमा सैनिक ‘कू’ गर्ने थिए । प्रधानसेनापति प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको निर्णयको सहमति÷असहमतिका लागि शितलनिवासमा २० वैशाख २०६६ मा बसेको १८ दलको वैठक निर्णयमा पुग्न सकेको थिएन ।
माओवादी बाहेकको त्यो वैठकमा दलहरु प्रधानसेनापति प्रकरणबारे विभाजित थिए । कोही प्रधानमन्त्रीको निर्णय सही भनिरहेका थिए भने कोही गलत भनेर विवाद गरिरहेका थिए । यता, कायममुकायम प्रधानसेनापतिको पत्र पाइसकेका कुलबहादुर खड्का बाहेकका पाँचै पृतनाका तत्कालिन पृतनापतिसहितका जर्नेलहरुसँग कटुवाल राष्ट्रपति कार्यालयमा भएको वैठकको निर्णयको पर्खाइमा थिए । यति गरिरहँदा देशैभरी सैनिकलाई उनले हाईएलर्टमा बस्न निर्देशन दिएका थिए । दलहरुको वैठकले कटुवाल र विवादमा तानिएका खड्का दुवैलाई अवकास दिएर मध्यमार्गी निर्णय गरी तत्कालिन प्रधानमन्त्री प्रचण्डको फेस सेभिङको प्रयत्न गरेको थियो । उक्त निर्णयबारे कटुवाललाई जानकारी भएको थियो । तर, उनले त्यो निर्णय पनि स्वीकार गरेका थिएनन् । उनले आफ्नो आत्मकथामै लेखेका छन्,‘मेरो र कुलबहादुरको अवकासको कुरा प्रचण्डको फेस सेभिङका लागि ल्याइएको भन्ने बुझेको थिएँ । राष्ट्रपति कार्यालयबाट यस्तो सुचना पाएपछि मैले त्यो कुनै एक्सन नै भएन भन्ने जवाफ पठाएर थमौतिका लागि पर्खिएको थिएँ ।’
राष्ट्रपति कार्यालयमा भएको छलफलमा अर्को निचोड के पनि आएको थियो भने अदालतमा सरकार विरुद्ध जाने । तर, यो सुझावलाई पनि कटुवालले ठाडै अस्वीकार गरेका थिए । यस्ता अनेक मध्यमार्गी बाटो आउन थालेपछि १२ बजेसम्म पद कायम रहेका कटुवालले निष्कर्ष ननिस्कने ठानेपछि सेना परिचालनका लागि निर्देशन दिने तयारी गरे । त्यसअघि नै राष्ट्रपतिका सल्लाहकारलाई टेलिफोनमा धम्कीपूर्ण शैलीमा भनिदिएका थिए,‘माइ लेजिटिमेसी फिनिसेस बाई ट्वेल्भ ओ क्लक एट नाइट, वी आर नट गोइङ टु सरेन्डर, नो वे, आइडन्ट वान्ट टु डु एनीथिङ अनप्लिजन्ट माइसेल्फ (मेरो वैधानिकता १२ बजे सकिँदैछ, हामी आत्मसमर्पण गर्दैनौं, म आफ्नो तर्फबाट कुनै अप्रिय कार्य गर्न नपरोस भन्ने चहान्छु)।’
कटवालको यो धम्कीपूर्ण जवाफ पुगेपछि दलहरुको वैठकले कटवाललाई थमौति गर्नुपर्ने निर्णय गरेको थियो । राष्ट्रपति रामवरण यादवले कटवाललाई फोन गरेर पत्र पठाउनै पर्ने भनेर पनि सोधेका थिए । उनले पत्रविना नहुने बताएपछि राष्ट्रपति कार्यालयले साढे ११ बजे राती कटवाललाई थमौतिपत्र फ्याक्समार्फत पठाएका थिए । र सोही पत्र कटवालले तयारी अवस्थामा राखेका सवै पृतनाहरु र सैनिक गण र गृुल्ममा पठाएका कारण रोकिएको थियो, सैनिक ‘कू’ र रक्तपात ।
यो प्रकरणअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डले कटुवाललाई हटाउनका लागि उनीसँग दुईपटक सल्लाह गरेका थिए । बालुवाटारमा डाकेर कटुवाललाई छाड्दिन आग्रह गरेका थिए । तर, आफु कुनै पनि हालतमा नछाड्ने भनेर फर्किएको पुस्तकमा कट्वालले दाबी गरेका छन् । त्यसपछि पनि प्रचण्डले फेरि डाकेर उनलाई अमेरिका, फ्रान्सलगायतका देशको राजदुत, सुरक्षा सल्लाहकार बनाउने प्रलोभन पनि देखाएका थिए । तर, आफुले त्यो पनि स्वीकार नगरेको कटुवालको दाबी छ । कटुवालका अनुसार प्रचण्डले एक पटक उनलाई धम्क्याएको र अर्को पटक फकाएका थिए । सो क्रममा प्रचण्डले उनलाई दाई भनेर पनि बारम्बार सम्बोधन गरेको कटुवालले उल्लेख गरेका छन् । कटुवाल प्रधानसेनापति पद नछाड्का लागि जोसँग जस्तो भिडन्त गर्न पनि तयार थिए । उनले माओवादीसँगको त्यो राजनीतिक लडाई वार कि पार गर्ने तयारी गरेको उल्लेख गरेका छन् । 
00000
एकीकृत नेकपा माओवादीका नेता तथा तत्कालिन सञ्चारमन्त्री कृष्णबहादुर महराले क्याविनेटमा भएको निर्णयबारे कटुवाललाई जानकारी दिने गर्दथे । उनले एक माओवादी शुभचिन्तक मन्त्री भनी पुस्तकमा धेरै ठाउँमा उल्लेख गरेका पात्र महरा नै थिए । ‘१६ दिनको लडाँई’ शिर्षको च्याप्टरमा उनले एक ठाउँ महराको नाम उल्लेख गरेका छन् । महराले उनलाई भनेका रहेछन्– हामी फेर्न चहाँदैनौं तर नेतृत्वको निर्णय के गर्ने ? भनी फोन गरेका थिए । कटवालको सम्बन्ध तत्कालिन रक्षामन्त्री तथा अहिले नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलसँग पनि राम्रो सम्बन्ध थिएन ।
माओवादीले उनलाई दिन लागेको अवकासका बारेमा पनि एक शुभचिन्तक माओवादी मन्त्रीले उनलाई जानकारी दिइसकेका थिए । त्यसपछि उनले गिरीजाप्रसाद कोइराला र राष्ट्रपतिलाई फोन गरेर बारम्बार भनेका थिए– कुनै हालतमा सरेन्डर हुनेछैन ।
00000
बालुवाटारबाट कटुवाललाई अवकास दिएर प्रचण्डले कुलबहादुर खड्कालाई कायममुकायमको थमौति दिएका थिए । सोही थमौति बोकेर सैनिक मुख्यालय पुगको कुलबहादुरलाई कटुवालले जर्नेलहरुको वैठकमा थर्काएका थिए । सो क्रममा उनले कुलबहादुरलाई ‘ओ कमरेड कसको आदेशमा बालुवाटार गएको ?’ भनेर पनि सोधेका थिए । रक्षामन्त्रीको आदेशमा गएको जवाफ कुलबहादुरले दिएका थिए । रक्षामन्त्रीले बारम्बार फोन गरेपछि कटुवालले नै बोलाएको भनेर आफु त्यहाँ गएको जवाफ कुलबहादुरले दिएका थिए । तर, कुलबहादुरलाई हप्काउँदै कटुवालले भने,‘अझ फटाहा कुरा गर्ने ?’

Friday, August 15, 2014

चिभास पिएपछि आर्जुलाई लाग्यो होला, जड्याहा जर्नेल !


खासमा प्रधानमन्त्री देउवासँग मलाई परिचित गराएको सुरक्षा परिषदले नै हो । म दिनमा एकपटक प्रधानमन्त्रीसँग भेट्ने वा ब्रिफिङ गर्ने मौका पाउँथेँ । यही क्रममा उहाँ मेरो कामबाट प्रभावित हुनुभएको थियो ।
प्रधानमन्त्रीको अडानले बल्लतल्ल अमेरिका त पुगियो, तर राष्ट्रपति बुस र राष्ट्रसंघका महासचिवसँगको भेटमा मलाई राखिएको रहेनछ । परराष्ट्रका सम्बन्धित व्यक्तिले मेरो नाम हटाएको जानकारी पाएँ । बुससँग भेट्ने मौका छुटाउने पक्षमा म थिइनँ । गइसकेपछि केही नबोली मुन्टोमात्र हल्लाएर फर्कने स्वभावको पनि परिनँ । मौका परे केही न केही कुरा राखौंला भन्ने थियो ।
मेरो हुटहुटी देउवापत्नी आरजुले थाहा पाइसक्नुभएको थियो ।
‘विषयवस्तुको ज्ञान र छलफल गर्ने सीप हेर्दा कटवाल जर्सापलाई लान उपयुक्त होला,’ उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
‘म जहाँ जहाँ जान्छु जर्साप सँगै जानुहुन्छ,’ प्रधानमन्त्रीले टुंगो लगाइदिनुभयो ।
वासिङटनको कार्यक्रम सकेर हामी न्युयोर्क गयौं । न्युयोर्कस्थित ट्विन टावरमा आतंककारी हमला भएको केही महिना मात्र भएको थियो । सुरक्षा जाँच निकै कडा थियो ।
मेरो ब्रिफकेसबाट एउटा नेल कटर पनि बरामद भयो । त्यो बोकेर जहाज चढ्ने अनुमति रहेनछ । सेक्युरिटीले मलाई देखाएरै त्यसलाई टुक्रा–टुक्रा पार्‍यो ।
बेलुकी न्युयोर्कको नेपाली स्थायी नियोगमा डिनर भयो । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल, सांसद र नियोगका कर्मचारी भोजमा सामेल थिए । वासिङटनमा राष्ट्रपति बुससँगको भेटले प्रधानमन्त्री उत्साहित हुनुहुन्थ्यो । मेरो पहलमा पेन्टागन अधिकारीसँग भएको सकारात्मक कुराकानीले पनि उहाँ खुसी हुनुभएको थियो ।
डिनरमा मदिरा खुलिहाल्यो । सबैले चियर्स गर्नुभयो । म अलिकति तर्किएर बसेँ ।
‘जर्साप, एक पेग लिए हुन्छ नि १’ प्रधानमन्त्रीले अफर गर्नुभयो ।
मैले अघिपछि उहाँको अगाडि ड्रिंक नलिएकाले उहाँ ‘एक पेग’ भनिरहनुभएको थियो ।
‘थ्यांक यु सर,’ म अनकनाएँ, ‘टुरभरि नखाने विचार गरेको छु ।’
उहाँले फेरि अफर गर्नुभयो । नाइँ भन्न पनि नमिल्ने, पिउन पनि उचित नलागिरहेको अवस्था आयो ।
‘हजुरको भ्रमण सफल पारौं, काठमाडौं गएर मस्तले खाऊँला नि,’ मैले भनें ।
त्यही माहोलमा संयुक्त राष्ट्रसंघीय महासचिव कोफी अनानसँगको भेट प्रसंग निस्कियो । अनानसँगको भेटमा पनि मेरो नाम छुटाइएको रहेछ ।
प्रधानमन्त्रीले तुरुन्त आदेश दिइहाल्नुभयो, ‘जर्सापको नाम किन छुटाएको रु तुरुन्त हाल्नुस् ।’
अनानसँगको भेटमा म पछिल्लो लहरमा बसेको थिएँ । सामान्य शिष्टाचारपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘माई जेनरल विल ब्रिफ यु ।’
प्रधानमन्त्रीको आदेशअनुसार मैले तीन–चार मिनेट कुरा राखेँ । त्यसमा नेपालको माओवादी आतंक र सुरक्षाका विषयवस्तु नै थिए ।
हाम्रो प्रतिनिधिमण्डल अमेरिकाबाट बेलायत फर्कियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेपछि देउवा झन् खुसी हुनुभयो । ब्लेयरसँग पनि अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध एकजुट भएर लाग्ने कुरा भयो । नेपाल पनि आतंकवादको चपेटामा परेको कुरा प्रधानमन्त्री देउवाले राख्नुभयो ।
बिबिसीले प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिन खोज्यो । उहाँले तुरुन्त दिनुभएन । के के बोल्ने सल्लाह गरेर मात्र उहाँ अन्तर्वार्ताका लागि तयार हुनुभयो ।
प्रतिनिधिमण्डलसँगको सरसल्लाहअनुसार देउवाले एकदम राम्रो बोल्नुभयो ।
त्यही साँझ प्रधानमन्त्रीबाट मलाई बोलावट भयो । सिभिल पहिरनमै गएँ ।
देउवा दम्पतीमात्र बसेको सुइटमा भित्र डाक्नुभयो ।
‘जर्साप राज होस्,’ म्याडमले भन्नुभो ।
‘तपाईंलाई अहिलेसम्म मैले केही सोधिनँ । खर्चबर्च के कसो थियो रु’ प्रधानमन्त्रीले सोध्नुभयो ।
मैले कुरा बुझिहालेँ, तुरुन्त जवाफ दिएँ, ‘प्रशस्त छ, थ्यांक यु हजुर ।’
उहाँले मलाई पैसाबारे सोध्नु अचम्म मान्नुपर्ने कुरा होइन । प्रधानमन्त्रीका प्रतिनिधिमण्डलमा तीन–चार जना सांसद थिए । उनीहरूलाई दिइरहन उहाँले गोजीबाट फुत्तफुत्त डलर झिकेको देख्थेँ ।
लामो भ्रमण क्रममा प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गर्ने अवसर मिल्यो । हामी दुईजनै घरव्यवहार, सिनेमा वा कथा–कविताको समीक्षामा समय बिताउने खालका थिएनौं । हाम्रो अनौपचारिक कुरा पनि आतंककारी गतिविधि, द्वन्द्व, सुरक्षा कारबाही आदिमै केन्द्रित हुन्थ्यो । मुलुकको कार्यकारी प्रमुख त्यो पनि जननिर्वाचितसँग आफ्नो कुरा राख्न पाउनु मेरा लागि मौका थियो ।
मैले सेनाबारे जानेबुझेसम्म प्रधानमन्त्रीलाई प्रस्ट पार्न पाएँ । देउवा सेना, राजसंस्था र प्रजातान्त्रिक पद्धतिका समर्थक हुनुहुन्थ्यो ।
अमेरिका भ्रमणबाट फर्केपछि एक दिन बालुवाटारबाट निम्तो आयो । आरजु म्याडम आफैंले निम्तो दिनुभयो । बेलुका ७ बजेतिर म पुगें । को को निम्तालु छन् मलाई थाहा थिएन । अरू भिआइपीसँग मिसिन पाउने भएँ भनेर खुसी नै थिएँ ।
म पुग्दा प्रधानमन्त्री सिंहदरबारबाट आइसक्नुभएको थिएन । मलाई बैठक कोठामा लगिएन । सरासर माथिको प्राइभेट रूममा लगियो ।
एकैछिनमा प्रधानमन्त्री आइपुग्नुभयो । म एउटा सिपाही, बल्लतल्ल विशिष्ट श्रेणीमा उक्लेको अधिकृत । निम्तालु त म मात्र रहेछु । प्रधानमन्त्री, आरजु म्याडम र म ।
सिभाज रिगलको बोतल फोरियो । अनेक टिटबिट्स र ह्विस्कीको चुस्कीमा गफ गर्दागर्दै चार घन्टा बितेको पत्तै भएन । उहाँको गफिने मुड भने सकिएको थिएन ।
आरजु म्याडमलाई ‘यो जर्नेल पनि जड्याहा नै रहेछ’ भन्ने पर्‍यो होला । 

रुक्मांगत कटुवालको आत्मकथा

Thursday, August 14, 2014

रुक्माङगतले माओवादीको दोहोलो काडेछन्, दाजु भन्दै प्रचण्डले सत्ता छाडेछन्


रुक्माङगत कटुवाल बडो चर्चित नाम भयो । नेपाली सेनाको इतिहाँसमा यो एउटा इतिवृत्ति हो की कटवालका कारणले प्रधानमन्त्री रहेका एमाओवादी अध्यक्ष प्रचण्डले सत्ता छाड्न परेको थियो । उनले सेनामा चलखेल गर्ने नियत राखेपछि सत्ताबाट हात धुन परेको थियो । कटवाललाई दाजु भनी सम्बोधन गर्ने प्रचण्डबारे उनले पुस्तकमा निक्कै लेखेका छन् । तर, यो अंश पढौं । 

'राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?'




स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो।

राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।

मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।

मलाई त्यस्तै भइरहेको थियो ।

म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्‍याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झ्एिँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।

उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।

एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।

मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।

‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’

मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।

‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।

९ठिक छ म समय मिलाउँछु ।०

मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।

एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा ९सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै० र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।

‘हिज मेजेस्टी इज वेटिङ ९महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ०,’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’

मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।

‘ड्रिङ्क के गरौं रु’ मैले सोधेँ ।

‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।

मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।

हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।

छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।


राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि रु’

‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।

‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’

राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।

म हेरेको हेर्‍यै भएँ ।

त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११(१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।

मैले तनक्क तन्केर स्यालुट गरेँ ।

राजाले मतरि हेर्दै हेर्नुभएन ।

।।।

माओवादीले बुटवल हाने ।

हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।

बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।

‘बुटवलमा के भएको रहेछ रु’ राजाबाट जिज्ञासा भयो ।

‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।

‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।

‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।

९मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।०

त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।

एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।

‘अठार सालमा हामीले अत ९अराष्ट्रिय तत्व० लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ रु’

९अहिले तिमीहरू के गरिरहेका छौ रु०

मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।

सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ रु’

हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।

‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।

भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।

‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।

‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।

‘मलेसियामा जर्नेलले जे निर्णय गर्‍यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो रु’

त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।

‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप रु’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने रु धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी ९पुस्तिका० पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ रु’

राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।

भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।

मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।

राजा बाहिरिएपछि सबै जर्‍याकजुरुक उठे ।

माहौल बिथोलियो ।

मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।

‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’

मलाई त झ्नै झेक चल्यो ।

भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ रु’

९कट्वालको आत्मवृत्तान्तबाट०