Saturday, September 13, 2014

बलिउडमा यस्ता एमएमएस आए, कलिउडमै होस उडाए

नेपाली मोवाइलमा कतिले चलाउँछन् एमएमएस ? मोवाइल पनि फेसबुककै लागि बोक्नेहरु कम छैनन् । अझ ओहो सेलिव्रिटीहरुको त कामै पोष्ट गर्नेमात्र भएजस्तो । खाएको पनि पोष्ट हुन्छ, हिँडेको पनि, नाचेको पनि, गीत गाएको, प्रेमि सार्वजनिक गरेको, कुकुर बोकेको, विरालो छाडेको यस्ता यस्ता आउँछन् ।
कलिउडको फेसबुक कथाभन्दा अघि बलिउडमा होस उडाउनेगरी आएका एमएमएसका कुरा गरौं । कुनै समय चलेकी नायिका प्रिती जिन्टाले बाथरुममा नुहाउँदै गरेको फोटो एमएमएस भाइरल भएरै वग्यो । बलिउडमा खुबै चर्चा भयो । अहिले डिभोर्स कान्ड, के के कान्डमा मुछिएकी प्रितीको कुरा यस्तो थियो । बलिउड अभिनेता सैफ अलि खानकी बहिनी, करिना कपुरकी नन्द सोहा अलि खानको पनि कहाँ कम थियो र ? वाक्समा चेन्जिङ गरिरहेको फोटो पनि उत्तिकै एमएमएस भएर वग्यो ।
 अलि लो बजेटका फिल्ममा देखिने अस्मि पटेलको टङ किसले खुबै चर्चा पायो । यतिधेरै मोवाइलहरुमा उनको यो तस्बिर भाइरल भएर सेयर भयो की त्यसको चर्चा गरेर साध्य नहुने भयो । शर्लिन चोपडाको के कुरा गर्नु ? जसले कामसुत्र थ्रीडीमै खेलेपछि उनको एमएमएसको अर्थ त रहेन । तर, उनले कपडा फेरेको फोटो भने एमएमएस भाइरल नै भयो । मोना सिंहको तस्बिरले इन्टरनेटमा निक्कै चर्चा पायो । धेरै सेयर भयो । कसरी यस्तो भयो भन्ने विषयमा उनी जानकार थिइनन्, तस्बिर लिक गराउने खोज्नका लागि उनले मुम्वई पुलीसमा उजुरी पनि गरेकी थिइन् ।
चल्तीफिर्ती हिरोइन करिना कपुर र साहिद खानको प्रेमको हल्ला जति फैलियो त्यो भन्दा पनि बढि उनको टंग किसको फोटो फैलियो । बलिउडमा यस्ता घटना कम भएका होइनन् ।
बलिउडप्रति प्रगाढ नजर लगाउने कलिउडका स्टारहरुको यस्ता एमएमएस बाहिर आएकाले होस उडायो । कलिउडमा एमएमएस त भाइरल भएर आइसकेका छैनन् । केही समय अघि केही नायिकाहरुका भिडियोले विश्वव्यापी नै लिएपनि अहिले सार्वजनिक कार्यक्रममा भित्रि बस्त्र नलगाएको, देखिएको चर्चा भाइरलका रुपमा अघि बढेका छन् । ति विवादास्पद कुराहरुमाथि पनि हिरोइनहरुले टिप्पणी गरिरहेका छन् । पछिल्लो पटक विवादमा आएको भनिएकोचाँही ज्योती मगरको अन्तवार्तासम्बन्धि कुरा हो । उनले खुलेरै लेख लेखेको चर्चा इन्टरनेटमा पनि छायो । उनले लेखेकी रहिछन्– मेरो स्तनको मुलय कति हो ?

यी र यस्ता गसिपहरु जतिसुकै आएपनि इन्टरनेट पुस्तामा सामान्य र नराम्रा राम्रा र अनेक प्रकारका भिडियो, फोटो र समाचार व्यापक रुपमा सेयर हुन थालेका छन् । संयमित पाराले इन्टरनेट पुस्ता चल्न सकेको स्थितिचाँही छैन ।



तस्बिर र जानकारी स्रोत, एजेन्सीहरुको सहयोगमा ।

रक्सिमा डुवेका पत्रकार उठे, लेखे र बाँडिदिए खुशी नै खुशी

एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'


चर्चित पत्रकार विजय कुमारको वहुप्रतिक्षित पुस्तक 'खुशी' विमोचन समारोह यथार्थमा खुशी नै खुशी बाँड्ने थलो बन्न पुगेको छ। उनले आफ्नो जीवनमा सहयोग पुर्‍याउने सबैको मुग्धकण्ठले प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको हात पनि फैलाए। त्यति मात्र होइन उनले मदिरामा डुबेर बर्बाद हुन लागेको आफ्नो जीवन यसबाट बाहिर निकाल्न भएका भगिरथ प्रयत्नलाई यसमा समावेश गरेको बताएका छन्। उनी मदिराबाट मुक्त भएको १० वर्ष भएको छ। मदिराले बर्बाद बनाएका जीवनहरूमा फेरि खुशी फर्काउन आफूले सहयोग गर्ने वाचा उनले गरे।

राजधानीमा शुक्रबार आयोजित पुस्तक विमोचन समारोहमा उनले आफ्नी आमामार्फत् सम्पूर्ण आमाहरूलाई नमन गरे। आफ्ना गुरू नाम्खा रिम्पोछेबाट उनले पुस्तकको विमोचन गराए। गुरूले कुनै अभिव्यक्ति दिएनन्। तिनले मौन अभिव्यक्तिबाटै पुस्तक सार्वजनिक गरिदिए।


पुस्तक लेखन निम्ति एक वर्षसम्म आफूलाई सहयोग गर्ने आफ्ना सहपाठी प्रशिद्ध उद्योगपतिरव्यापारी उपेन्द्र महतोलाई भगवान कृष्णलाई सुदामाको कनिकाजस्तै आफ्नो तर्फबाट फूलकुमारी महतो ट्रष्टलाई गरेको सहयोग स्वीकार गर्न आग्रह गरे। उनले पुस्तकबाट आएको रकम आफ्नो तर्फबाट समाजसेवामा लगाइदिन उनले आग्रह गरे।

पत्रकारका रूपमा आफूले सबैको हिसाब माग्ने गरेको प्रशंग उल्लेख गर्दै विजय कुमारले आफ्नो हिसाब पनि अरूका निम्ति सार्वजनिक गरेको बताएका छन्। आफूलाई वौद्ध गुरूहरूसम्म पुग्न सहयोग पुर्‍याउने याकएण्ड यति होटलका मालिक राधेश्याम सर्राफप्रति कृतज्ञता व्यक्त गरे।

आफूसँग कुनै बेला काम गर्ने थातथलो नभएका बेला सानो कार्यालय स्थापना गर्न सहयोग पुर्‍याउने उद्योगपतिरव्यापारी प्रभाकर शमशेर राणालाई समेत धन्यवाद दिए।

पुस्तक विमोचन समारोहमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुरद देउवादेखि राप्रपा नेपालका नेता कमल थापा लगायतको उपस्थिति थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालका मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरी पनि कार्यक्रममा आएका थिए।

विजयकुमारले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र तुलसी गिरीजस्ता दुबै नेतासँगको संगतका प्रशंग कोट्याउँदै भने, ुसत्य विपरीतार्थको बीचमा लुकेको हुन्छ।ु

उनीहरू सबैलाई भाषण नगर्ने तर अरुले गरेको भाषण सुन्न आइदिएकोमा पनि उनले धन्यवाद दिन भ्याए। विजयकुमारले एमाओवादी नेता बाबुराम भट्टराईलाई उदृत गर्दै दाहालको उचाइ घटेको बताए पनि सबै नेताभन्दा उनकै अग्लो भएको भन्दै खुशी दिए।


ुपहिले म तपाईंसँग ह्वीस्कीका पेगको अपेक्षा गर्थें,ु विजयकुमारले आफ्नो विगत कोट्याउँदै देउवातिर फर्केर भने। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिको सट्टा साहित्यमै लागेको भए अझ राम्रो हुन्थ्यो भन्ने सल्लाह पनि दिए। भारतीय, रसियालीलगायनका राजदूतहरूको समेत उपस्थिति रहेको कार्यक्रममा समाजका एकसेएक व्यक्तिहरूको सहभागी भएका थिए।

विजयकुमारले समाजका प्रत्येक व्यक्तिको महत्ता हुने धारणा राख्दै सबै व्यक्तिका कथा उत्तिकै रोचक भएको बताए। उनले पुस्तकबारे बोल्न कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीलाई आग्रह गरे। यसअघि कुनै एक लेखकको पुस्तक पढ्दै नपढी समीक्षा गर्न उभिएको प्रशंग उल्लेख गर्दै गिरीले खुशी भने पढेर बोल्न आएको बताए।

विजयकुमारले  मानिसको खोजबारे उल्लेख गरेको प्रशंग उल्लेख गर्दै गिरीले उनको कृतिमा पढ्नका निम्ति प्रेरित गर्ने विषयवस्तु भएको बताए। शक्ति नभई विपरीति लिंगी पनि आउँदैनन्,' गिरीले भने।

उद्योगपतिरव्यापारी महतोले भगवानले तपाईंलाई सम्पत्ति दिन्छन् भने त्यसबाट आफ्नो जीवन शैलीलाई उच्च बनाउने भन्दा दानको शैलीलाई उच्च बनाउनुपर्ने भनाइबाट प्रेरित भएको उल्लेख गरे। उनले धनी मानिसलाई अब धेरै धनी मानिसहरूको जरुरत भएको बताउँदै भने, धनी मानिस सुरक्षित हुन सबै धनी हुनु पर्छ।
उनले विजय कुमारको पुस्तक खुशीले जसरी आफैंभित्र खुशी खोज्न प्रेरित गरेको प्रशंग उल्लेख गर्दै यो आफैभित्र खोज्न आग्रह गरे। उनले भने, ुखुशी एक्लै पाइँदैन, जति बाँड्यो उति पाइन्छ।ु

शास्त्रीय गायिका संगीता प्रधानको सुमधुर स्वरबाट सुरू र अन्त्य भएको कार्यक्रमको संचालन नायिका गौरी मल्लले उत्तिकै मीठो शैलीमा गरेकी थिइँन्। आयोजनाको भव्यता, एकसेएक व्यक्तिको उपस्थितिले सबैलाई खुशी दिएको थियो। लाग्थ्यो, कार्यक्रममा खुशीको संक्रमण भइरहेको छ।

विजयकुमारले आफ्नो पुस्तक हस्ताक्षर गरेर दिएपछि त्यो खुशी सबैका हातहातमा पुगेको छ। पुस्तकको प्रकाशक फाइन प्रिन्टका प्रबन्ध निर्देशक निरज भारीले सबैका निम्ति उपयोगी हुने किताब लेखिदिए बिजयकुमारले गुन लगाएको बताए। उनले प्रकाशनकै क्षेत्रका एउटा खुशीको समाचार प्रवाहित गर्दै भने, ुहामीले पहिलो खेपमै ३५ हजार प्रति छपाएका छौं।

खुशीको एउटा अंश विजयकुमारकै शव्दमा..


राजा ज्ञानेन्द्रसित पांचौ र २०७० मा यो लेखुन्जेल सम्मको अन्तिम भेट, संभिदान सभाको निर्वाचन हुन दुइ महिना अघि भएको थियो । त्यसबेला राजतन्त्र निलम्बित अवस्थामा पुगि सकेको थियो । चीनका राजदुतले प्रधानमंत्री गिरिजा प्रसाद कोइराला समक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि आउने दिनहरुको तस्वीर प्रस्ट भइसकेको थियो ।
पांचौ भेटको समयमा शक्तिका हिसाबले राजा गलिसकेका थिए । तर उनको व्यबाहरको गरिमा र शालिनतामा कुनै कमी आएको थिएन ।
त्यो भेटमा केहि राजनैतिक , केहि दार्शनिक र धर्म समबन्धी कुरा पनि भए । 
एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'

ज्ञानेन्द्र राजाको मुहारमा मुस्कान छरियो ।

केहि महिना पछि उनले दरबार छाडे । बडा शालिनता र गरिमाका साथ उनी दरबारबाट निस्किए । धार्मिक र अध्यात्मिक कारणहरु बाट भएका गद्दी त्यागका उधाहरणहरुलाइ पर राख्ने हो भने राजतन्त्रको यो निर्गम शैली विश्व ईतिहासमै बिरलै पाइएला ।

प्रदिप गिरिले एक अन्तरवार्तामा मलाइ भने –
ुराजाका रुपमा ज्ञानेन्द्रका कृत्यहरु के कस्ता भए, इतिहासले मुल्याङन गर्ला । तर जनताको इच्छाका अगाडी जुन शान्त, सहज तरिकाले, बिना प्रतिरोध, बिना रक्तपात जसरी उनी दरबारबाट बाहिरिए, त्यसले मानिसका रुपमा उनले आफ्नो गरिमा धेरै माथी पुराए ।ु

पत्रकारका नाताले हामीले मानिसलाइ उस्को जीतमा मात्र होइन, हारमा पनि नजिकबाट देख्ने मौका पाउछौ । कसैले जीत पचाउन सक्दैन , कोही हार सहन सक्दैनन । कोहीचाहि , हार र जीत दुबै पचाउन सक्दैनन ।

०००

करिबन चौध बर्ष अघि, म 'नेपाल' पत्रिकाको संस्थापक सम्पादक थिए। ती दिनहरुमा , ९ कक्षामा पढने एउटा केटो मेरा सम्पादकिय टिप्पणीहरुलाइ निकै चाख लिएर पढथ्यो रे ।

दुइ बर्ष अघि त्यो केटा मेरो घरमा आयो र भन्यो - तपाइले मागेको रोयल्टी रकम दिन म तैयार छु । के तपाइ हाम्रो प्रकाशनका निम्ति केहि लेख्न सक्नु हुन्छ ? केहि यस्तो लेख्नुस जो पढे पछि मन छोओस , केहि यस्तो लेख्नुस जो पढे पछि , बिर्सन अलि गारो होस , केहि यस्तो लेख्नुस जो मानिसलाइ काम लागोस ! नौ कक्षाको बिधार्थी छदै म भित्र लेखकिय संभावना देख्ने त्यो केटो आज २८ बर्षिय लक्का जवान भएको छ । देशको अग्रणी प्रकाशन गृह 'फाइन प्रिन्टस' को प्रबन्ध निर्देशक बनेको छ ।
निरजले देखेको संभावना र मेरो साधनाको परिणाम हो 'खुसी' ।

०००

भाद्र २०, २०७१

शुक्रबार म झिसमिसे उज्यालैमा उठछु । एउटा शुक्रबार , लङ वाकमा जान्छु । अर्को शुक्रबार कान्तिपुर दैनिकमा स्तम्भ ुआदि(ईत्यादिु का निम्ति छुट्याएको दुइ बर्ष चानचुन भयो होला । बिहान पांच बजे देखि नै कम्प्युटरको कि बोर्डमा ड्युटी दिएर दिनभरी स्तम्भका निम्ति अक्षर टिप्थे म । म छिटो लेख्न सक्दिन । प्राय आठ देखि दस घन्टा कम्प्युटर स्क्रिनमा आंखा र घांटी खियाए पछि बल्ल एउटा स्तम्भ बन्थ्यो ।

लेखेको कुरा भोली पल्ट छापिएको देख्दा राम्रो महसुस हुन्थ्यो । कयौ पाठकले मन पराए, केहिले रुचाएनन होला । मन पराए पनि , नपराए पनि पढन चाहि धेरैले नै पढे । आजभोली इन्टरनेट र सामाजिक सन्जालको युगमा कसलाइ कति पढिदै छ भन्ने झझल्को पाउन मुश्किल छैन । आदि( ईत्यादिका सबै पाठक प्रति सादर आभार व्यक्त गर्न चाहन्छु ।

आदि( इत्यादि मैले प्रथम बचनमा लेखे । ुमु शब्दको प्रयोग गर्दै ( प्रथम बचनमा लेख्न सुरु
गर्दा – ु कति म म भनेर लेख्छु भनेर नाक खुम्च्याउने केहि पण्डीतहरु समेत पछिल्लो समयमा आफै त्यहि गर्न थालेको देख्दा सन्तोष लाग्छ । अखबारहरुमा प्रथम बचन लेखन ह्वात्तै बढेको छ ।

हेनरी मिलर हुन शायद, दसकौ अगाडी लेखे ( ु २१ सौ शताब्दीको लेखन प्रथम बचनमा लेखिएको हुनेछ । तर त्यो अहिलेको भन्दा कम बेइमान हुनु पर्नेछ ।ु

फस्ट पर्सन राइटिङ ( प्रथम बचन लेखनको खतरा ( लेखकलाइ अतिरन्जनाको लोभ र अंहकारले छोप्न सक्छ । न छोप्न पनि सक्छ । अलिअलि छोप्न वा अलि अलि नछोप्न पनि सक्छ । लेखक हेरि हेरि हुन्छ ।

आज , यो लेख्न बस्दा जुगल भुर्तेललाइ बिर्से भने मलाइ पाप लाग्ने छ । तिनले मलाइ युनीकोडमा टाइप गर्न सिकाए । नसिकाएका भए, मलाइ दुइ चार हप्ता स्तम्भ पछि लेख्न अल्छी लाग्थ्यो । आदि-ईत्यादि चार अंक भन्दा अघि बढने थिएन । तर त्यसो भएन । स्तम्भ टाइप गर्दा गर्दै मलाइ लेखन सित पिरती बस्यो । त्यहि प्रेमले मलाइ 'खुसी' लेखाउन पुग्यो ।
'थ्याङ यु जुगल'
अर्को एक नाम स्वचलित रुपले मेरो मष्तिष्क मा शुक्रवार बिहान प्रवेश गर्छ ( सुधीर शर्मा । उनको सहयोग र सल्लाह बिना आदि(ईत्यादिको निर्माण हुन सक्दैनथ्यो । मैले सुधीर शर्मालाइ हमेशा सहयोगी र योग्य सम्पादकका रुपमा पाए । उनका सुझावले मेरो स्तम्भ लेखनीलाइ मजबुत बनाउन सघायो । यो कुरा मैले उनी आफै सम्पादक भएको दैनिकमा लेख्ने आंट गर्न सकिन । त्यसैले यो फेसबुक स्टाटस र ुखुसीु मा लेखे ।

अनुहार भरि भालु झै रौ भएकी भावना थामीको तस्वीर सहित ुआंसु देखि मुस्कान सम्मु शिर्षकको लेखनलाइ जुन प्रमुखताका साथ सुधीरले छापे , त्यो म बिर्सन सक्दिन । भावना थामीका गरिब मजदुर बा ले मलाइ धेरै आशिष दिएका थिए , त्यो आशिष सुधीर शर्मा र फोटोग्राफर भाइ नरेन्द्र श्रेष्ठलाइ लागोस ।
तस्बिर र समाचार स्रोत, सेतोपाटी डटकम र विजयकुमारको फेसबुक ।


















Wednesday, September 10, 2014

पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुको समाज

''देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप-यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो ।''
विनोद ढकाल 
ति महिलाले फर्केर हेरिन् भने बुझ्नु तिनी सेक्स चहान्छिन्, मैले होइन ।
–अमेरिकन अभिनेता स्टिभ मार्टिन

पहिलो विश्व सेक्सप्रति निक्कै उदार छ । अहिलेपनि उदार छ र अघिल्लो शताव्दिमा पनि उत्तिकै उदार थियो । तर, २१ औं शताव्दिको २ दशक नजिक पुग्दा पनि तेस्रो विश्व सेक्समा पारंगत त भइसकेको छ तर अझै गोप्यताकै कुरामा संकिर्ण भएर बाँच्ने कोशिशमा लागेको छ । मुस्लिम बाहुल्यता भएका मुलुकहरुमा जनसंख्याको उच्च बृद्धिदर परिणामका रुपमा देखिएको तथ्य हो र उनीहरुको सेक्सप्रतिको कडा कानुन, त्यसवापत हुने कारवाही उदाहरण हुन सक्छन् । भारतीय जनसंख्या, चीनको जनसंख्या बृद्धिदर र त्यहाँ हुने घटनाक्रमहरु र समाचारहरु अर्का प्रमाण हुन् । एकजना चिनियाँ मोडलले सायद एक वर्षअघि भनेकी थिइन्– एप्पल कम्पनीको ‘आइफोन फोर’का लागि उनी आफ्नो कुमारित्व भंग गर्न सक्छिन् । अनि, भारतीय मोडल पुन पाण्डेहरुका ट्वीटे तस्विरहरु आधुनिक समाजका लागि काफी उदाहरण हुनसक्छन् । दिनदिनै बन्न थालेका निलो चलचित्र र इन्टरनेटमा देखिन थालेका भारतीय, नेपाली, चीनियाँ, जापानिज, इन्डोनेशियन, मेलिसीयन ब्लु फिल्महरुको फस्टाउँदो उद्योग, खुला विश्वसामु फरक पहिचानसँग उत्रिरहेका छन् ।

पूर्वीय संस्कृति सेक्सप्रति करोडौं वर्षदेखि उदार हो । वास्तविकता के हो भने मानव सभ्यताको विकासको कडी नै सेक्स हो । यसको सही र गलत तरिकाको व्याख्या हरकहिँबाट हुन्छ, भइरहेको छ । प्राकृतिक कुरा एउटा भयो र अप्राकृतिक कामहरु अर्कोेतिरबाट बढिरहनु अस्वभाविक ढंगको विकासक्रम रह्यो । केही चर्चा र परिचर्चा अनिवार्य छ ।  

कामसुत्रमा उल्लेख छ– देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप¥यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो । सम्भोगका कलाहरुको ग्रन्थका रुपमा रहेको कामसुत्रले यी बाहेक अनेक ऐतिहाँसिक र पौराणिक ‘सेक्सुअल एक्टिभीटि’का बारेमा उल्लेख गरेको छ । त्यो कथालाई आधुनिक दुनियाँ र त्यसमा अल्पविकसित नेपाली समाजमा विश्लेषण गरेर यो आलेख तयार भएको छ । 

खासगरी आलेखमा संभ्रान्त परिवारभित्रको कथालाई समेट्ने कोशिश गरिएको छ र विश्लेषण पनि यीनै विषयमाथि तथ्यहरुलाई अगाडी सारेर गर्ने प्रयत्न गरिएको छ । सिरानीमा महाभारतको गाथा, पौराणिक कालका घटनाहरुको किताब राखेर दैनिक पुजा गर्नेहरु सामाजिक परिवेश र सहरमा छिर्दा हाकाहाकी सेक्सुअल कुरा आयो भने इमान्दार बन्ने प्रयत्नमा उत्रिन्छन् । तर, रात्रीबजारको फाइदामा रमाउने र यौनसदाचारीको भुमिकामा देखिनेहरु यौनिक कृयाकलापप्रति कति आशक्त हुन्छन् भन्ने कुराको खुला प्रमाण निक्कै छन् । यी खुला छन् तैपनि गोप्य छन् । तर, कानेखुसी गर्दै हर व्यक्तिका चरित्रका विषयमा हर व्यक्तिको कानमा कुनै न कुनै हिसावले खबर पुगिसकेको हुन्छ । तरपनि यी गोप्यजस्तै नै छन् । 

ग्रन्थ, इतिहाँस र वर्तमान घटनाक्रमले सेक्सलाई अति सरल रुपमा चित्रित गरेको छ । खासगरी घरानीया र राजकाजको जिम्मेबारी लिएको ठूलो पर्दाले छेकेको दरबारभित्र इन्द्रदेखि पारससम्मका कर्तुतहरु पढ्न पाइएको छ । सेक्स आवश्यक चिजमात्र होइन, नरसंहारको कारण पनि बनेको रहेछ । 

दरबारको परम्परा हो, अक्सर सुरा सुन्दरी र नृत्यंगनाहरुको नाचमा राजकाज चलाउनेहरु मनोरञ्जनमा डुव्नु । शाही जीन्दगीको रौनक नै साँझ ढल्केपछि र झिसमिसे सुरु नहुँदै चलिरहन्छ । काठमान्डुका हरेक ठाउँहरु शाही जीन्दगी बाँच्ने प्रयत्नमा उडिरहेको हुन्छ, अक्सर दैनिक जसो । यहाँ जिन्दगीका उत्सव एकातिर र सेक्सका उपभोग असंयमित पाराले खरिदविक्रीका आधारमा पनि हुन थालेका छन् । 

बसन्ती उपन्यासमा उल्लेखगरेअनुसार दरबारीया तत्वहरु सेक्सप्रति लालयीत हुने कुरालाई सत्य मान्ने हो भने बहादुर शाहलाई थुनामा राखेर गगन सिंह नामको सेनापतिसँगको सहवासको कल्पना गर्ने राज्यलक्ष्मीको उग्रव्यक्तिवादी सोचका कारण जंगबहादुर राणाहरुको उदय भयो । त्यहि उदयसँगैको नेपाल आधुनिक गणतन्त्रसम्म आइपुग्दा अकल्पनीय सेक्सबजारको निलो घेरामा अवैधानिक रुपमा रातो बजार सञ्चालनमा लागिरहेको छ, ओपन सेक्रेट उच्च घरानीया रासलीलाको नाममा । 

पुँजीपति प्रवित्ति नै हो, रासलिला । पौराणिक कथाका पुँजीपति महाराजहरु अप्सराहरुको अंगप्रत्यंगसँग रमाइलो गर्दथे । सयौं अप्सराहरुसँगको रासलिलाका कारण उनीहरु कहिले समस्यामा फँस्दथे । यतिसम्मकी उनीहरुले ऋषि र दैत्य पत्निहरुसम्मलाई छल कपटीले करणी गरेका कथाहरु उल्लेख छन् । सतीदेवीको सुन्दरतामा अन्तर्य भएर लिप्त भएका महादेवसम्मले कपटी विवाह गरेर प्रेम र सेक्सको अनुभव उतार्ने प्रयत्न गरे । त्यसैले त भनिन्छ, जहाँ सेक्सविनाको प्रेम हुन्छ त्यो प्रगाढ र गहिरो हुँदैन । पौराणिक कालदेखिको यो प्रचलन कलियुग वा आधुनिक युग मानिने अहिलेको पहिलोदेखि तेस्रो विश्वसम्म पनि यो नियतमा सुधार हुन सकेको छैन । खासगरी पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनको मोनिका प्रेम होस् वा भ्लादिमर पुटिनको सेक्स स्क्यान्डल । कर्नेल मोहम्मर गद्दाफीको युक्रेनी युवतीहरुसँगका रासलिलामय जीवनको कहानी होस् वा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसैनका दरबारीया कहानी । र, केटिप्रतिको आशक्तिका कयन कथाहरु नेपालका पूर्वयुवराज पारस शाहकै पनि सुनि आएको र पढिआएको कथाहरु थिए । 

कतार, युएइ, बहराइन, साउदी अरबमा शेख परिवारका कथाहरु पनि नसुनिएका होइनन् । पुँजीपति वर्गको सेक्स स्क्यान्डल र रवाफभित्र झुमेको छ विश्लेषण, विवेचनासहितको फरक विश्व । यसको रंग नेपालका नवधनाड्य, आधुनिक शैलीमा बाँचेको बजारभित्रका दलालपुँजीपतिहरु र पैसाको थाकमाथि उन्माद व्यक्तिहरुमा पनि चढेको पाइन्छ । र त विश्लेषकहरु भन्छन्, सम्पत्तिको चाङमा उभिएको मानव अप्राकृतिक कुकृत्यका लागि फरक जीवन बाँच्ने ढाँचाको खोजी गर्छ । आजको विश्व त्यतातिरै लम्किएको छ, रखेल, मनोरञ्जनयुवती राख्ने, नगरशोभिनीको दैलो धाउने र जिगोलो पाल्ने ध्याउन्नमा पनि । नेपाली उच्च घरानीया समाजपनि त्यतैतिर लम्किरहेको छ । त्यसैले आधुनिक समाजमा पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुसँगै, नवनारीहरुको फरक समाज पनि । 


C कपीराइट अधिकार लेखकमा सुरक्षित छ । 

Tuesday, September 9, 2014

सेक्स -याकेड हो त फिल्मी दुनियाँ ?

बलिउडदेखि कलिउडसम्मका हिरोइनहरु फाइभस्टारमा भेटिन्छन् त ?
रंगेहात पक्राउ परेकी भारतीय अभिनेत्री बसु

चमक दमक र नामको फ्रेम हुने फिल्मीनगरीभित्रका अनेक कथा छन् । नामको फ्रेम एकातिर र सेलिव्रिटीको चर्चा अर्कातिर बटुलिने यो नगरीमा हिरोइनहरुको सौदाबाजी कसरी हुन्छ ? कसरी सेक्स ¥याकेडका रुपमा परिमार्जित हुँदैन, फिल्मी नगरी ? यो दुनियाँमा टिक्नका लागि हिरोइनहरु जिस्मफरोसीमा पनि रहनुपर्दछ । तर, किन ? किन यसो गरिरहनुपर्छ ? किन यस दुनियाँभित्र सेक्स ¥याकेडको चंगुलमा फँस्नुपर्छ ? कि कसैले धकेलेर पु¥याउँछ ? या हिरोइनहरुको असली आम्दानीको स्रोत नै उच्च घरानीया वेश्या बन्नु हो ? यो दुनियाँमा एउटा सत्य त छँदै छ, जवसम्म देखिदैनौ, तबसम्म विक्दैनौ । कथाले कति माग्छ ? अनि, मान्छेले कति माग्छ ? भागवन्डामा दुवैले मागेको जबसम्म दिदैनौ तबसम्म विक्दैनौ ।
फिल्मी दुनियाँको यो सत्यबाट बलिउड र कलिउड दुवै पहिचानहिन छैन । ओपन सेक्रेट रुपमा चलिरहेको यो धन्दाको उजागर भारतीय अभिनेत्रीलाई रंगेहात प्रहरीले पक्राउ गरेपछि भयो । 
‘केही मान्छेका नाम उनीहरुका कामले हुन्छन्, 
मेरो वदनाम भएर नाम भयो ।’
द डर्टी पिक्चरमा सिल्कको भुमिकामा अभिनय गर्ने क्रममा विद्या वालनको यो डाइलग निक्कै चर्चामा आयो । त्यो फिल्मले फिल्मी दुनियाँको ८० को दशककको यथार्थलाई पस्किएको थियो । फिल्म हिट भयो । 
तर, आजभोली बलिउड निक्कै माथि उठिसकेको छ । बलिउडका कलाकार कम छैनन् । एक से एक हिरोइनहरुको दाम हिरोहरुसँग तुलनात्मक रुपमा राख्न थालिएको थियो । तर, फेरिपनि फिल्मी दुनियाँ सेक्स ¥याकेडका रुपमा रहेको भारतीय टेलिभिजन च्यानलहरुले बताउन थालेका छन् । फाइभस्टार होटलमा अभिनेत्री स्वेता बसु रंगेहात पक्राउ परेपछि बलिउड हल्लिएको छ, यसरी नै थर्कमान भएको छ, कलिउड अर्थात् नेपाली फिल्म इन्डस्ट्रिज पनि ।
गाउँबाट सहरी छिरेकी युवती नाम र दामका लागि फिल्मी दुनियाँमा प्रवेश गर्छे । आफु चम्किनका लागि उसले विभिन्न किसिमका हत्कन्डाहरु अपनाउन पछि पर्दिन । यो ओपन सेक्रेट कथालाई प्रमाणका आधारमा मात्र लेख्न सकिने भएकाले पनि यी सरल कथाका रुपमा मौखिक प्रचारको पाटो भएको थियो । प्रेम सम्बन्धको कथा एकातिर आइरहेपनि ‘सेक्स ¥याकेड’को दुनियाँमा पनि हिरोइनहरुको नाम जोडिन थालेका छन्, श्वेता बसु जसरी नै । 
बलिडढ अभिनेत्री राखी सावन्त भन्छिन्,‘हिरोइनहरु आफैं पनि काम लिन र काम पाउनका लागि कर्ल गर्लका रुपमा काम गर्छन् । आर्थिक स्थिति सुधार्नका लागि पनि फिल्मी क्षेत्रका केटीहरु यसरी सेक्सको व्यापारमा लागी परेका छन् ।’
साउथ इन्डियन र बलिउडमा यस्ता कुराहरु चलिरहेको हिरोइनहरु नै स्वीकार गर्छन् । कम काम पाउने हिरोइनहरु छोटो बाटोबाट पैसा कमाउनका लागि यस्तो काममा लागि पर्ने उनीहरु स्वीकार गर्छन् । स्वेताकै सहकर्मीका रुपमा रहेकी गहना वरिष्ठ नामकी हिरोइन भन्छिन्,‘यस्ता कुराहरु सुन्न पाइन्छन् । र, बलिउडमा निक्कै हुने गरेको पनि सुनेकी छु । कामबाट फुर्सद मिलेका बेला छोटो समयमा धेरै पैसा कमाउने चाहनाले केटीहरुले सेक्स¥याकेडमा छिरेका घटना छन् पनि । तर, किन यसो गर्छन् ? यहि म पनि सोधीरहेकी छु ।’
बलिउडमा हिरोइ नबनेकाहरु त नौ बजेपछि राती नेताहरुसँग हुने बताउँछिन्, राखी सावन्त । उनले त चुनौति पनि दिएकी छन्, मिडिया किन नेताहरुलाई पक्राउ गर्दैनन् ? किन सोध्दैनन् ? जे भएपनि बलिउड फिल्म इन्डस्ट्रिज कर्ल गर्ल उत्पादन गर्ने थलोका रुपमा चिनिन थालेको छ । हर दिन सात सय मानिस कलाकार बन्ने धोको लिएर छिर्ने मुम्बइले मौका नपाउने गरिब र खर्च टार्नुपर्ने बाध्यता बनेकाहरुलाई सेक्स बजारमा धकेलिरहेको मात्र छैन, वार्षिक ४ सय फिल्म बन्ने र २५० पनि रिलिज नहुने कारणले पनि पर्दा अगाडी आउन नसक्नेहरु, पर्दा पछाडीको दुनियाँको सेक्स ¥याकेडमा पुगेका छन् । र त त्यहाँ सुरु हुन्छ दलालहरुको रात्री बजार ।  

के छ कलिउडको हाल ? 
बलिउडको कथा एकातिर छ, कलिउडको कथा पनि कम छैन । खासगरी काठमान्डुमा पनि फैलिएका दलालहरुले हिरोइन र मोडल मिलाउने नाममा हाका हाकी सडकमा दलाली गरिरहेका छन् । ठमेलको रातमा दलालहरुको प्रस्ताव नै २५ हजारदेखि सुरु हुन्छ, नामअनुसार ५० हजारसम्मको दलाली गरिरहेका हुन्छन् । या यी दलालहरुले हिरोइनको नाममा वदनामीको बजार विछ्याइरहेका छन् ? 
‘केही कलाकारहरु आउने गरेका छन् । मोटो रकममा उनीहरुले रात विताउने गरेको कुरा सत्य हो । केही चलेका र नामीहरुको चर्चा पनि यो बजारतिर कम छैन ।’, ठमेलका रात्री बजारका एक ट्याक्सि चालक भन्छन्,‘यहि ट्याक्सिमा पनि मैले मोलतोल गरेका व्यापारीहरु धेरै ओसारेको छु ।’
काठमाडौंको रात, इलाइट रातको कथा पनि बलिउडको सेक्स ¥याकेडको भन्दा कम छैन । यहाँपनि फिल्मीनगरीको चमकधमकसँगै पैसाको खेलमा सेक्स ¥याकेडमा छिरेका कम छैनन् । कतिपय त्यस्ता ठाउँबाट फिल्मीनगरीमा पनि छिरेका छन् । होटल रेस्टुरेन्टबाट सुरु हुने कलाकारीताले पर्दासम्म र पर्दाको कलाकारीता होटलसम्म पुगेका कयन सत्यहरु पनि उत्तिकै छन् ।  
ठमेलतिर आउने अभिनेत्री, कलाकारहरु न आफ्नो गाडीमा आउँछन् न व्यापारी पहिचान खुल्ने गाडीमा आउँछन् । यहाँ रहेका ठूला होटलहरुमा यस्ता कर्मकाण्डहरु प्राय भइरहेका हुन्छन् । दरबारमार्ग र आसपास रहेका फाइभस्टार होटलहरुमा पनि ‘सेलिव्रिटीका रात’ गुज्रेका कयन भेटिएको बताउँछन्, स्टाफहरु । धेरैजसो हिरोइनहरु भारतीय व्यापारीहरुको नजरमा परेका छन् । मौसमअनुसार आउने ति व्यापारीहरुले मोटो रकममा कलाकार खरिद गरी रात विताउने गरेको पनि सुनिन्छ । नेपाली व्यापारीभन्दा पर्यटकीय रुपमा आएका व्यापारीहरुको चलखेल ज्यादा हुने गरेको पनि सुनिन्छ । यद्यपि, अहिलेसम्म रंगेहात नै पक्राउ कोही नपरेका कारणले पनि कलिउडबजार त्यति बदनाम भइसकेको छैन । यद्यपि, फिल्मीदुनियाँको जिस्मफरोसीको संस्कारले गाँजिसकेको नेपाली फिल्म इन्डस्ट्रिलाई जोगाउन पनि कठिन भइसकेको छ । 

Monday, September 8, 2014

विर्खेलाई चिन्छस् ! समिक्षा : खसीको टाउको, वाख्राको मासु

जस्टिफाई हुन नसकेको कथाहरुको त्यान्द्रोका रुपमा विर्खेलाई चिन्छस्, बजारमा आएको छ । 

कलाकारहरु : सुवास थापा, आयुषा राई, विनिता खड्का, बलदीप राई, शिशिर भण्डारीलगायत
निर्देशक : अराज केशव 

नेपाली सिनेमा उद्योगमा खसीको टाउको देखाएर वाख्राको मासु वेच्ने चलनको प्रतिविम्ब विर्खेलाई चिन्छस्ले पनि छाडेको छ । हावा तालमा बनेको यस्तो फिल्मले दर्शकको अपेक्षाहरुमाथि तुसारापात गरेको छ । दर्शकले विर्खेलाई चिन्छस् भन्ने गीत र प्रोमोको आधारमा फिल्म हेर्न सिनेमा घर छिर्नुको उपलव्धि निराश बनेर फर्किनु हुनेछ । नामले समसामयीक कमेडी र ग्रामिण जीवनको बारेमा फिल्म बनेको छ, भन्ने आम सोचाई हुन्छ । जब दर्शक सिनेमा घरमा प्रवेश गरेर फिल्ममा उत्रिन्छन्, अनि उनीहरुको अपेक्षा विस्तारै कमजोर र गलत सावित हुँदै जान्छ । यसमा निर्देशक दोषी त छँदै छन्, यस्तो स्क्रिप्टमाथि लगानी गर्ने निर्माता मुर्खभन्दा अरु केही पनि सावित हुँदैन । 
फिल्मको ओपनिङ औसत राम्रोसँग गरिएपनि अन्त्यको चाँजोपाँजो निक्कै कौतुहलहिन छ । कथाको सिक्वेन्सहरु मिलेका छैनन्, प्लटहरुमा स्क्रिप्ट राइटर दुखी भएर लेखेको भान हुन्छ । यस फिल्ममा कलाकारलाई गाली गर्न मिल्दैन । 
पात्रको परिचय विस्तारै खुलाउँदै जानुपर्ने भएपनि परिचय खुलाउने कुनैपनि आधार बनाइएको छैन । मुख्य पात्र विर्खे बाहेकका सहायक पात्र कसैको पनि परिचय खुलाउन निर्देशकले आवश्यक नठानेको देखिन्छ । तर, परिचय खुलाउनका लागि सामान्य हिसावले कुनै खास दृश्यहरुको समावेश गराउने आवश्यकता यो फिल्ममा देखियो । विर्खे पढ्नमा कमजोर, गाउँको अल्लारे ठिटो र अलिक लठेप्रो किसिमको रहेको भन्ने देखाउन खोजिएको छ । उसका गाउँका हर्कतहरुलाई उतार्ने प्रयास भएको छ । तर, ती ठ्याक्कै मौलिक बनाउने कुरामा भने निर्देशक चुकेका छन् ।  
यस फिल्मका कास्टिङ डाइरेक्टरको नजर कमजोर भएको पनि पाइयो । फिल्ममा नायिक दर्शकको मनछुने र चिन्नसक्ने किसिमले पस्किनु पर्दछ । फिल्मकी नायिका विनिता खड्काको परिचय नायिकका रुपमा स्थापित गराउन नै सकिएको छैन । उनलाई पहिलो पटक परिचय खुलाउने क्रममा दर्शकले नायिकाका रुपमा चिन्न कठिन हुन्छ । ‘पैसा हालेका कारण खेलाएको होला’ भन्ने जस्ता सिनेमा चल्दै गरेका क्रममा नायिकाको खुला आलोचनामा दर्शक उत्रिन सक्नु भनेको कास्टिङ डाइरेक्टरको कमजोरी हो भन्ने सावित हुन्छ । 
विर्खेका बाबु (लाहुरे)को हत्या किन र के कारणका लागि गरियो ? केही खुलाइएको छैन । हत्या गर्ने समुहको उद्देश्य के थियो भन्नेबारेमा पनि खुलाइएको छैन । गाउँमा हुने विवाहमा जानका लागि तयार भएका विर्खेका बाबु लाहुरेलाई कुनै अपरिचित समुहले किन लग्यो ? त्यो कस्तो समुह हो र त्यसको उद्देश्य के थियो भन्नो प्रष्ट छैन । लाहुरेलाई एक्कासी मार्नुको पछाडीको कारण पनि खुलाइएको छैन । त्यो समुहले लाहुरेलाई मार्नुको पछाडीको पृष्ठभुमीको बारेमा पनि राम्रोसँग नखुलेका कारणले अप्रसंगका कुराहरु बढि जोडिएका छन् । 
विर्खेलाई केन्द्रित गरेर फिल्म बनाउने कोशिश गरेपनि कतिपय विषयहरु जोड्ने कामको कुनै तालमेल छैन । सहर आउनासाथ सिनेमा उद्योगलाई छुने प्रयत्न भएको छ । तर, विर्खे त्यहाँभित्र अचानक पुग्नुको कारणको जस्टिफाई फिल्मले गर्न सकेको छैन । विर्खे त्यो उद्योगबाट उछिट्टिएर भरिया र भरियाबाट सडकमा बस्ने मजदुर किन भयो ? जेल पुगेर राजनीतिक दलको कार्यकर्ता भएको विर्खे आन्दोलनको अगुवाई गरिरहेको सन्दर्भलाई छाडेर एकैचोटी भरियामा झारिएको छ । आन्दोलन र पैसा बुझेको विर्खे कसरी सडकको भरिया भयो ? निर्देशकले जस्टिफाई गर्न सकेका छैनन् । 
सहर छिरेपछि विर्खेको साथी फरार भएर कहाँ गयो ? विर्खेले ती फटाहालाई किन खोज्ने कोशिश गरेन ? कथाको ढाँचा मिलाइएको छैन । अचानक आउने घटनाक्रममा विर्खे जोडिएपनि ती घटनाक्रमको अन्त्य सहज हुन सकेको छैन । यस्तो घटनाक्रमले दर्शकलाई उत्सुक बनाउन सक्तैन । छरपस्ट विसयबस्तु विस्कुन सुकाएजसरी छरिएका छन्, तर ति विषयबस्तु समेट्ने कोशिश गरिएको छैन । परिचयविना नै उदाएका पात्रहरुको अन्त्य गरिएको छ, अर्थहिन हिसावले । 
मेरिना नामकी नायिका (आयुसा राई) किन आइन र उनको भुमिका के हो ? भन्ने कुरा प्रष्ट खुलाइएको छैन । एनजिओमा काम गर्ने महिला हुन् भन्ने कुराको हेक्का राख्न सकिएपनि त्यो स्पष्ट छैन र उनको भुमिका फिल्ममा आवश्यक पनि देखिएको छैन । यस्ता पात्रहरु निर्माताका लागि व्यवभार र फिल्म भद्दा बनाउने कारणभन्दा अरु केही पनि हुन सक्तैनन् ।
विर्खेले नेतालाई थप्पड हानेका कारण जेल परेको हुन्छ । त्यसक्रममा प्रहरीले उसको थर विर्खबहादुर घर्तीमगर भनेर बोलाउँछन् । फिल्ममा उनका बुवा, आमा, प्रमिका कसैसँग जर्नर नमिल्ने सम्बोधनले त्यताको पाटोमा पनि कमजोरी देखिन्छ । फिल्ममा देखिने दाह्री माइला (सुरवित पण्डित), लाहुरे (सुरेश उप्रेती) लगायतको भुमिकामा खोट लाउनपर्ने कारण छैन । नायक सुवास थापाको अभिनय पनि औसत नै छ । तर, नायिक आयुषा राइको अभिनयमा खोट देखिन्छ ।  
विर्खेको क्यारेक्टरलाई जस्टिफाई गर्ने प्रयासका रुपमा नेपाल–भारत सम्बन्धलाई छोएर आतंकवादी समुहलाई नेपाल प्रहरीको खोजी र त्यसलाई विर्खेको सहयोगमा निस्तेज पारेको देखाइएको छ । प्रहरी कस्टडीमा रहेको विर्खेमा अचानक शक्तिशाली हुने रहर पलाएको सम्म ठिकै छ तर ति आतंकवादीहरु किन र केका लागि थिए भन्ने कुराको परिचय नै छैन । पात्रहरु आउँदै जाँदै गर्दा उनीहरुको भुमिका स्पष्ट बनाउन नसक्नु फिल्मको सवैभन्दा ठूलो कमजोरी हो । 
फिल्मभरी हेर्नलायक र सम्झनलायक त्यस्ता घटनाहरु केही छैनन् । टाइटल गीतचाँही सम्झनयोग्य छ । समग्रमा फिल्म हेर्न पुगेका दर्शक उत्साही हुनसक्ने ठाउँ देखिँदैन । छायांकन, सटहरु अन्य नेपाली फिल्महरु जस्तै औसतमात्र छन् । 




Sunday, September 7, 2014

गधा धोएर गाई हुँदैन

विनोद ढकाल
संगीतका नौ रस हुन्छन् । मलाई थाहा छैन, राजनीतिका कति रस हुन्छन् । तर, यत्ति थाहा छ– यो राजनीतिक रसका कारण जनताको घरदैलो र विश्वासको भाँडो खोस्टाका रुपमा परिणत भइसकेका छन् । 


ठ्याक्कै १० वर्षको युद्धराजनीतिका कारण तत्कालिन संस्थापन अर्थात् सरकार असफल भएपछि नेपाली जनताले वैकल्पिक व्यवस्थाका रुपमा संवैधानिक राजतन्त्रको अन्त्य स्वीकार गरे र प्रस्तावित नयाँ संविधान र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्वीकार भएको थियो । ९ वर्ष वितिसकेको जनताको यो आशा र अपेक्षामा रुमल्लिएको समयअवधि । १० औं वर्ष लाग्ने तयारीमा छ । तर, के प्रस्तावित लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक र विकासको बाटोमा हामी अघि बढ्न सक्यौं त ? आँखा अगाडीको सत्यलाई कसैले पनि नकार्न सक्तैन । यो दलहरुको अन्तरिम परिक्षा थियो । जसरी यी दलहरु अन्तरिम संविधानको आधारमा राज्य चलाउन अघि आए, उनीहरुको अन्तरिम परिक्षाको अवधि पनि करिव करिव सकिनै लागेको छ । अव के हुन्छ ? यदि नयाँ संविधान आएन भने मुलुक कुन कोर्सतिर जानेछ ? यो समयअनुसार हुने जनक्रान्तिले नै पत्ता लगाउनेछ । यो त्यस्तो जनक्रान्ति हुनेछ, जनता आफ्नो घरबाट स्वतस्फूर्त राजनीतिक दलहरुको खिलाफमा सडकमा उत्रिनेछ । तर, त्यसअघि नै यी राजनीतिक दलहरुको चरित्र र प्रयासबारे चर्चा उपयुक्त हुने पंक्तिकारले ठानेको छ ।
गधालाई जति धोएपनि त्यो गाई हुँदैन । त्यसको रुप रंगहरु र व्यवाहार फेरिँदैन । नेपाली राजनीतिका 'मुर्धन्य गधा महाराजहरु'लाई जतिसुकै मत दिएर चोख्याएपनि असलमा उनीहरु गतिलो रुपमा प्रस्तुत हुन सकेका छैनन् । उनीहरुको रंग फेरिएको छैन तर राजनीतिक हैसियत फेरिएको छ । उनीहरु फेरिपनि उही पुरानो राजनीतिक हिसावकिताब र बाटोतिर लम्किन थालेका छन् । संविधानको विषयवस्तु पनि उही विन्दुमा आएर विवादमा अल्झिएको छ र निकासको बाटो छाडेर व्यक्तिगत प्रतिष्ठाका लागि करोडौं जनताको अपेक्षाले बनेको संविधानसभा कमजोर बनाउने प्रयत्न भइरहेको छ ।
संगीतका नौ रस हुन्छन् । मलाई थाहा छैन, राजनीतिका कति रस हुन्छन् । तर, यत्ति थाहा छ– यो राजनीतिक रसका कारण जनताको घरदैलो र विश्वासको भाँडो खोस्टाका रुपमा परिणत भइसकेका छन् । आशा अपेक्षा र लोकतान्त्रिक पद्दती र विकासको आश्वासन मनभित्रै जलिसकेको छ । अहिले फेरि उच्चस्तरीय नामको राजनीतिक क्लव गठन गर्ने र त्यसको नेतृत्व प्रचण्डले लिने नियतमा तीन दलको छलफल अघि बढेको छ । यो प्रचण्डको व्यक्तिगत प्रतिष्ठाका लागि भइरहेको प्रयत्न हो, जसले संविधानसभालाई प्रत्यक्ष असर गरिरहेको छ । अघिल्लो पटक पनि यहि क्लव र प्रचण्डकै नेतृत्वका कारण संविधानसभा विभाजन र विघटन भएको थियो ।  
व्यवस्थाको परिभाषा कुनै कानुनविद्को उपमा, संसद सदस्यको पद र ऊ अनुबन्धन भएको राजनीतिक दलको दर्शनका आधारमा हुन सक्तैन । व्यवस्था परिभाषा गरिरहने चीज पनि होइन । त्यो पूर्णतः व्यवाहारले देखाउने र जनताले रुचाउने पद्दती हो । जसले सवैको आवाजलाई समान ढंगबाट कुनै न कुनै रुपमा सम्बोधन गरेको हुनुपर्छ । राजनीतिक दलमा अनुबन्धन भएको अधिकारकर्मी वा कानुन व्यावसायीले कानुन र लोकतन्त्रको व्याख्या दलपरक विषयमा गर्न थाल्यो भने मुलुकले न्यायको बाटो लिन सक्तैन । यदि लोकतन्त्रको परिभाषा पनि आफुकेन्द्रित स्वार्थका आधारमा भयो भने त्यो दुर्भाग्यपूर्णभन्दा अरु के हुन सक्छ र ?
संविधानसभाको निर्वाचन, व्यवस्थापिका संसदको स्थापना र नयाँ संरचनामा देखिएको संसदका अगाडी अनेक प्रश्न छन् । ६ वर्षपछि भएको संसद र अघिल्लो पटक दलीय संयन्त्रका कारण विघटन भएको तर पुनः गठन भएको संविधानसभाका असीमिति प्रश्न छन् । यसबीच उच्चस्तरीय राजनीतिक दलका नाममा फेरि पनि मुलुक तीन दलको पेवा र राजनीतिक दलहरुको आपसी स्वार्थको बन्धक बन्न सक्छ । उनीहरु यी तिनै विषयहरुमा आफु तानाशाह हुन खोजिरहेका छन् र अघिल्लो संविधानसभाको संस्करणका रुपमा यो संविधानसभा र दलहरु लागि परेको छर्लङ्ग हुन थालेको छ ।
आकारको हेरफेर हुँदैमा तीन दलको बहुमतीय कव्जाबाट संविधानसभा उम्किन पाएको छैन । फेरि पनि दोस्रो पहिलो, पहिलो तेस्रो र तेस्रो दोस्रो दलका रुपमा नयाँ संविधानसभामा आउनुले यी विषयलाई तत्काल कार्यान्वयन वा व्यवाहारिक प्रयोजनमा ल्याउँछन् भन्ने कमैमात्र विश्वास गर्न सकिन्छ । माने पनि नमाने पनि अघिल्लो संविधानसभाको विघटनको दुर्घटनाका पयार्य पनि यी तिनै दलहरु हुन्, कांग्रेस, एमाले र एमाओवादी अनि यीनका नेताहरुको सहभागीतामा बनेको संयन्त्र नामको राजनीतिक क्लव ।
खासगरी अघिल्लो संविधानसभाको दोष आफ्नो टाउकोमा लिइसकेका राजनीतिक दलहरुले फेरि पनि क्लव गठन गर्नुको औचित्य अहिले पुष्टि हुन सक्तैन । केही एमाओवादीका नेता, सल्लाहकारहरुले राजनीतिक संयन्त्रको अनिवार्यता देखाएका छन् । तर, यो अनिवार्यता आवश्यक छैन । अहिलेपनि आम सार्वभौम नेपाली, संसदमा जनप्रतिनिधिको भुमिकाको विषय मान्नेहरुका लागि आफुले जिताएका संसद सदस्यहरु सक्रिय र प्रभावकारी हुन् भन्ने नै हो । तर, ती प्रतिनिधि जो दलको लगाम लगाएको घोडाका रुपमा प्रस्तुत हुन्छन् र जनताको आवाज भन्दा पनि दलको नाममा बन्धक बन्छन् भने त्यो संसद वा संविधानसभाले कसरी काम गर्न सक्छ ?
यदि कांग्रेस, एमाले र एमाओवादीको सहमति विधि र विधानविपरित, संविधान विपरित, लोकतन्त्रको व्यवाहारिक व्याख्या विपरित छ र त्यसो गर्न हुँदैन भन्ने आम जनताको चाहनालाई अभिव्यक्त गर्नु तानाशाही हो र ? लोकतान्त्रिक व्यवस्थाबाट बनेको संसदीय प्रणालीमा एकजना सदस्यको आवाज दवाउँदा पनि त्यो प्रजातान्त्रिक पद्दतीको खिलाफ हो । लोकतन्त्रको मान्यताको उपज भनेको सवैको आवाज सरल, सहज र राज्यसम्म पुग्नुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने मान्यताले जनप्रतिनिधिको निर्वाचन हुने गर्दछ । यदि निर्वाचन मान्ने हो भने राजनीतिक दलका नेताले चलाउने एक्काको घोडा बन्नु नै दलीय लोकतन्त्रको परिभाषा हो र त्यो न्यायसंगत हुँदैन भने फेरिपनि जनता दलीय तानाशाही व्यवस्थामा रहन्छन् ।
अहिले राजनीतिक संवाद तथा सहमति समितिले कार्ययोजनाअनुसार संविधानका विवादित विषयमा सहमति बनाउने काम हुन नसक्ने संकेत गरिसकेको छ । यसको अर्थ हो, तोकिएको समयमा संविधान आउनेवाला छैन । डा. बाबुराम भट्टराइको उक्त अभिव्यक्तिले अवको राजनीति र राजनीतिक दलहरु फेरि पनि संविधानसभा असफल बनाउनका लागि कसरत गरिरहेको संकेत मिलिसकेको छ । कांग्रेस एमालेजस्तो सत्ताका लोभीहरु र संविधानसभा असफल बनाउन दौडिएको एमाओवादीका नेताहरुको स्वार्थका कारण जनताहरु फेरि पनि अनिर्णयको बन्दि हुँदैछन् । गल्ती जनताकै हो । अघिल्लो संविधानसभा असफल बनाउने दलहरुलाई हामीले निर्वाचित गरेर फेरि पठायौं । अघिल्लो पटक एमाओवादीमाथि विश्वास गर्दा धोका पाइयो, अहिले कांग्रेस एमालेबीचको धोकाले डबल धोकाको तयारी हुँदैछ । कुनैपनि हिसावमा संक्रमणकालीन व्यवस्था लम्ब्याउने र आफ्ना राजनीतिक अभिष्टको आत्मरतीमा रमाउने दलका नेताहरुको यो प्रवित्ति हावी हुँदा देशले दुख पाइरहेको छ । यसर्थ, हामी गधा धोएर गाई बनाउने प्रयासमा असफल बन्छौं कि भन्ने आशंका पलाइरहेको छ । 

Saturday, September 6, 2014

अर्बन रात–२ : मोलीको चिहान र शेलीको उत्तर

अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर छिरेर आएका हाउडेहरुका गफ थाहा छैन । 

 तारापुञ्जहरुबाट कसैको आवाज कानमा एक्कासी ठोक्किएजस्तो, गहिरो नशामा सुतेको रात विहानै भएजसरी व्युँझिएँ । सुनसान छ, सहर । सन्नाटा छाएको छ । उता दरबारमार्गहरुमा रौनकता छाएको होला, ठमेलहरु उतारचढावमा बदलावको रंग फेरिरहेको होला, सायद । हातमा हात थामेर हिँड्ने रातको कथा वेग्लै होला, अनि जोडसँग ह्यांगोभरमा दुखेको टाउकोको व्यथा मैसँग छ ।
रातो बाल्टिभरी पानी छ, पिउन योग्य होइन । एक्कासी पहाडतिर कहिलेकाँही पानी पिउने गरेको आम्खोराको याद आयो । फगत, मेरा डेराभित्र ती आम्खोराहरु साङ्ला र माकुराका गुणमात्र भएका छन् । २० रुपियाँ जतिमा आउने वोतलको पानी बजारमै सकिन्छ । खाली वोतलहरु र सिसिहरुले डेरा जमाएका छन्, पिउने पानीको खोजी कहाँ गरौं ? छिमेकमा ढोका ढकढक्याउने हुति बनाइसकेको छैन । डेरामा बसेको आधा दशक भएर के गर्नु कोरियातिरबाट नेपाल छिरेका पर्यटकजस्तो एकाध महिनामा डेरा फेर्ने छिमेकी राख्नु पनि त्यति सम्बन्ध विस्तारका आधारभुत मान्छेहरु नहुँदा रहेछन् । तिर्खाले घाँटी जतिसुकै सुकेपनि शेलीका यादहरु नै तिर्खा मेटाउने कारण बनिरहेका छन् । ‘शेली आइ एम मिसिंग यु’, धुर्त पागलजस्तो मनोगत संवादमा अल्झिएको छु,‘शेली इफ यु उड बी वाटर, आई वील ड्रिंक यु, नाउ’ । तर, शेली पानीभन्दा पनि निक्कै गहिरो प्यास हुन्, जीवनको उत्तरार्धसम्मको मिठो आश पनि त हुन् ।
उत्तरतिरका चेलीहरु सहरको उन्माद हाँसोमा रमाइरहेका होलन् । अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर छिरेर आएका हाउडेहरुका गफ थाहा छैन । तर, जहाँ जस्तो भएपनि हु जिन ताओ दाईले शेलीहरु नेपालतिर ठेलदिए हुन्थ्यो भन्ने अर्को पागलपनको सोचले मनलाई तरल बनाइरहेको छ ।
साधुपन भनेको यन्त्रमानव बन्नु हो । उसको जीवनमा रसको कुनै अर्थ हुँदैन । वास्तवमा साधुवादतिर लम्किने हर कोहीलाई ह्यांगोभरमै पनि खास सन्देश दिन सकिन्छ । बडेमा बडेमा लेखक साहित्यकार, नेता, प्रधानमन्त्री, राष्ट्रपति साधुवादमा टिक्न सकेनन् । केही साधुहरुको कथा अहिले मिडियामा आउन थालेका छन् । तर, शेलीलाई मैले सन्देश लेख्नैपर्ने भएको छ– म साधुले सत्ता चलाएको मुलुकको गैरसाधु नागरिक भएकैले होला हर विहान, हर रात र हर क्षण तिमीलाई पत्र कोर्छु, तिमीलाई उत्तर खोज्छु, तिमीलाई प्रश्न सोध्छु ।
०००
झिसमिस विहानमा चराहरु कहाँ छन् ? यो सहर हो, यहाँ मानवहरुको आवाज नै सक्किँदैन कहिले । चराहरुले मौका पाउँदैनन्, बोल्ने । सायद चराहरु कतै कोसीको तिरमा गाइरहेका होलान् । कुकुरहरुको सहर हो, भुसिया कुकुरहरु भुकिरहन्छन् । आजभोली ढाडे विरालो वेस्सरी रुने गरेको छ । अनि, मेरो निँद्रा त्यसै त्यसै हराउँछ । इन्टरनेटको पर्दा आज मधुर छ, कालो रात, बत्तीविनाको रात अनि अनेकथरी प्रश्नहरुको थाक । यहि प्रश्नहरुको थाकसँगै शेलीलाई नयाँ इमेल लेख्दैछु ।
शेली, हाउ आर यु...
आधुनिक युगको कथा वेग्लै छ । तिमी नजिक रहेको मुलुकका नेता भ्लादिमर पुटिन्, जो असाधुवादका नायक हुन्, तिनले किन साधुवादलाई आफ्नो जीवनको मुल्य बनाएनन्, शेली ? आजको संवाद यहि प्रश्नबाट सुरु गर्न चहान्छु । तिमी उत्तरहरुको झोला बोकेर आऊ, मेरो आँखासामु कम्प्युटरमा उभिएर उत्तर देऊ, लेखेर उत्तर पठाउ । यहाँ उत्तरहरुको खोजी भइरहेको छ । भन्छन् नी मान्छेहरु तिमी एक पटक बाँच्छौ तर यसलाई राम्रोसँग प्रयोग गरे त्यहि एक पटक नै काफी हुनेछ, जीवन जीउनलाई । हेर त यी नयाँ अर्बनहरुको दिन र रातको कथा कत्ति फरक छ ? रुखमुनी बसेर जति नै सरापे पनि उनीहरुको डिस्को खाली हुन सकेको छैन, वाइन भरिएका गिलासहरु फेरि पनि भरिएका छन् । बाँच्ने र मनोरञ्जन गर्ने साधन उनीहरुसँगै भयानक छन् । जानेका छन् वा उनीहरुले जीवनको नयाँ तरंगबाट जीउने कोशिस गरेका हुन्, खुट्याउन मुस्किल छ । तर, जे होस् फरक तरिकाले जीवन बाँचेका छन् । कोही पति छाडेर आएका छन्, कोही पत्नि छाडेर नाचेका छन् । तर, बाँचेका छन्, अनेक कोण र क्षेत्रफलको आधारमा । पैसा बोक्नेहरुले किनेर जे पनि पाएका छन्, फगत हामी किन रुखमुनिको च्यात्तिएको गञ्जिका भरमा जीवनलाई विज्ञानसँगै प्रविधि र नयाँ आयाममा ढाल्न सकिरहेका छैनौं ? भन त ?
०००
मोलीका चिहानमा शेलीका आँसु कति खसे होलन् ? यसको लेखाजोखा कसरी हुनेछ र ? साँच्चै ती मोली जसको प्रेमकहानीबाट म पनि लालयीत थिएँ । उनको प्रेम अभुतपूर्व थियो । हुन त प्रेम हर मानव प्रजातिको मनभित्र भावनामा वगेको हुन्छ । सहरतिर भेटिने वेश्याहरुकै एकराते प्रेमको कम कुरा हुँदैन । ती नखरा, ति समयका अभुतपूर्व कृयाकलापहरु नै निक्कै सामिप्यजस्तो, जीवनजस्तो लाग्ने अनुभवहरु सुनाउँछन्, जानकारहरु । अनि, मोलीको प्रेम त उत्तरार्धको समयचक्रको सम्भोगविनाको भावनासँग जोडिएको थियो । अहिले कालले चुँडिदिएछ...शेलीको पत्रले बारम्बार यहि भनिरहेको छ । मोली मैले नदेखेको पात्र, नचिनेको पात्र । मात्र सुनेको पात्रको भावनासँग कति चाँडो जोडिएको छु म, प्रेमिल भावनासँगै । शेलीको भावनासँग जोडिएकाले हुनुपर्छ, मोलीको प्रेम अमर छ ।
शेलीको इमेल उत्तर निक्कै ढिलो आउने हुनाले मैले चाँडै उत्तरको अपेक्षा गरेको थिइन । म मोलीकै बारेमा घोत्लिएर सोचिरहेको छु । हावा कुन दिशाबाट चलेको छ, कहाँ ठोक्किएर कता पुगेको छ, कुनै मतलव छैन ।
तर, आज अचम्म भयो । इमेल ठेलेको केही घन्टामा मेरो कम्प्युटरमा नयाँ इमेल आएको म्यासेज आइसक्यो । हतारमा खोलेको छु । शेलीको इमेल आएको छ । र, उत्तर यस्तो छ ।
हाई, हाउ आर यु ?
लामो समयपछि इमेल लेख्दैछु । केही कमी भए भन्नुहोला । तर, आज अलिक उदासमा लेखेकी छु ।
८४ व्यञ्जनले बाँधिएको छैन, जीवन । अनुभवहरुको पहाडसँग समिक्षा गरेर हेर्नुपर्दछ । आज मोलीको मलामी पुगेर फर्किएकी छु । ती मोली जसले आफ्नो जीवनको उत्तरार्धपनि निक्कै सुखी र खुसीका साथ विताउने कोशिश गरिन् । तर, ती पनि एउटा आश्रममा नै आएर वितेर गइन् । हाम्रो संस्कार आश्रममा वित्ने होइन, हामी घरभित्र आँसुहरुको खोलमा वितेर जाऔं भन्ने विचारधारी हौं । तपाइकै शव्दमा भन्नुपर्दा, हामी जीवनलाई सामाजिक परिवेशमा बाँधेर बाँच्न सिकीरहेको पाठशालाबाट हुर्किएका विद्यार्थी हौं । युरोप र अमेरिकामा शरिर हुनासाथ आत्मा र मनचाँही यहि बसीरहेको छ भन्ने कदापी पनि होइन । हाम्रो सम्बन्धको पुञ्ज एकातिर होला तर यथार्थको धरातल र सामाजिक परिवेश त उही हो नी त । मानवताका नाताले मोलीको चिहान देखेकी छु, मैले । ति बृद्धाको प्रेम पनि देखेकी छु । तर, आज प्रेमी कहाँ हराए ? उनका आफन्त कता विलाए ? त्यो चिहानमा एक्लै बसेर आँसु खसाएर भगवान पुकारेकी छु, मैले ।
ठिक छ, काठमान्डु नयाँ तरंगमा बाँधिएको होला । तर, तरंग नयाँ भयो भन्दैमा हर झंकारमा सवैको मनोदशा एकै हुँदैन । मेरो मनोदशा पनि यहाँ, मोलीको चिहानमा झरेको आँसुसँगको भावनामा डुवेको छ । यस्तै भावनाको खाडलमा जहिले पनि डुविरहेकी छु । कसले के भन्छ भन्ने भन्दा पनि कसरी अघि बढ्ने भन्ने अभ्यस्त भएकी छु । आजलाई यत्ति नै, मौका मिले फेरि पनि लेखौंला ।
....शेली । 
०००