Sunday, June 30, 2013

सेक्सबजार किन ?

अनौपचारिक कुराकानीका क्रममा युवा संघ नेपालका महासचिव राजीव पहारीले भने,‘नेपालमा पनि व्यवस्थित यौन व्यावसायका लागि क्षेत्र पहिचान गरे, सरकारले करको दायरामा सवैलाई ल्याउन सक्छन् ।’ उनले उठाएको कुरामा कतिसम्म दम छ ? यौन व्यावसायको इतिहाँस के हो ? दक्षिण एसीयामा यसको प्रभाव कस्तो छ ? यी प्रश्नहरु स्वभाविक रुपमा उठीरहेका थिए । यौनका विषयमा पर्याप्त तर्कहरु हुन सक्तैनन् । तर, एउटा राज्यका लागि यौनले दिनसक्ने अर्थतन्त्रको विषयमा गहन अध्ययन र बुझाइ राख्नु अनिवार्य पनि बनेको हो की ? ४१ मुलुकका विभिन्न ठाउँ पुगेर आएका पहारीले किन यो मुद्दालाई अव सामाजिक, राजनीतिक र आर्थिक विषय पनि बनाउनुपर्छ भनिरहेका छन् ? एक युवा नेताको यो भनाईले कति अर्थ राख्छ ? खोेज्न मन लाग्यो ।
हरियोलाई सही र रातोलाई निषेधको संज्ञा दिने मुलुकहरुका लागि वेश्यावृत्ति कानुनी र विनियमित मानिन्छ । हामी पनि हरियो र रातोको भुमिकासँग विछिन्न छौं । पूर्वीय संस्कृतिले उत्पादन गरेको दक्षिण एसीयामा हिन्दु संस्कृतिको प्रभावबाट हामी कोहीपनि मुक्त छैनौं । त्यसकारण एकाएक क्रान्तिकारी कुरा गर्नुभन्दा पनि यसको इतिहाँसतिर किन नफर्कने ? वेश्यालय सञ्चालन गरेर कोही धनी भएका छन् भने त्यो थाइल्याण्ड एउटा उदाहरण हो । पढेको, सुनेको र देखेको कुरा गर्नेहरुका लागि यो पर्याप्त उदाहरण थियो । यद्यपि, सवै मुलुक थाइल्याण्ड बन्न सक्तैन तर सवै मुलुकमा थाइल्याण्डमा चलेको व्यापारको केही हिस्सा त कहिँ न कहिँ छ नै ।
निलो देशहरु जहाँ वेश्यावृत्ति कानुनी प्रावधानअनुसार वैद्य मानिन्छ । सभ्यता र संस्कृतिको विकाससँगै वेश्यावृत्तिको पनि दुनियाँमा चरम उभार आइसकेको छ । ‘पोष्ट मोर्डन’ सोसाइटीमा वेश्यावृत्ति अलग–अलग रुपमा अगाडी आइरहेका छन् । रेड लाइट इलाकादेखि निस्किएको वेश्यावृत्ति अहिले मसाज, पार्लर र अन्य ठाउँमा पनि हुने गरेको छ ।
देहव्यापार कमाइको चोखो धन्दा बनिसकेको छ । गरिव र विकासउन्मुख मुलुक खासगरी भारत, थाइल्याण्ड, श्रीलंका, वंगलादेशमा सेक्स टुरिजमको विकास भइसकेको छ । सेक्स आम्दानीको गतिलो स्रोत बनाइसकेका छन्, ती मुलुकहरुले । नेपाल पनि ती मुलुकहरुभन्दा भिन्न छैन । खासगरी दक्षिण एसीयामा रहेका यी मुलुकसँग नेपालको आर्थिक र सामाजिक दुवैप्रकारको समानताजस्तै छ । तर, नेपालमा अहिलेपनि रेड लाइट एरियाबारे सरकार गम्भिर हुन सकेको छैन र अन्य मुलुकहरुजस्तो वैधानिक बाटोमा हिँड्न सकेको छैन ।
देहसुख (जिस्मफरोसी) दुनियाँको पुरानो व्यापारमध्ये एक हो । बेबीलोनको रक्सीदेखि हिन्दुको मंदिरमा रहेका देजदासीप्रथा वेश्यावृत्तिको आदिम रुप हो । तानाशाही नोकरी प्रथामा मालिकहरु वेश्या राख्दथे । उनीहरुले वेश्यालय पनि खोलेका थिए । त्यसबेला वेश्याहरु सम्पदा र शक्ति मानिन्थे । मुगलोसँग सयभन्दा ज्यादा महिलाहरु हुन्थे । जव अंग्रेजले भारतमा शासन गर्न थाल्यो त्यसपछि यो क्षेत्रमा रहेको वेश्याबृत्तिको धन्दामा स्वरुप परिवर्तन हुन थाल्यो । त्यसबेला विभिन्न राज्यमा रहेका भारतवर्षका राजाहरुले अंग्रेज खुसी बनाउनका लागि तवायफहरुलाई उपहारका रुपमा पठाउन थाले ।
यो अवस्थाबाट वेश्यावृत्ति कतिपय ठाउँमा कानुनी रुपमा मान्यता पाएर आयआर्जको मुख्य स्रोत बने भने कतिपय ठाउँमा सूचनाप्रविधिको माध्यमबाट विश्वव्यापी हुन थालेका छन् । प्रविधिको विकासले अहिले यतिसम्म गरेको छ की आफ्नो चाहनाअनुसार इन्टरनेटमा खोजी गर्ने हो भने विश्वका हाइप्रोफाइल वेश्याहरुको सवै सुची आउँछ ।
भारतमा त यस्तो पनि दावी गरिएको छ यस्तो आवश्यकता पुरा गर्नका लागि विद्यार्थीहरु र सेलिव्रिटिहरुसम्म पनि उपलव्ध हुन्छन् । छिमेकी मुलुक भारतमा पाँचवटा क्षेत्र रेडलाइट एरियाका लागि प्रख्यात छन् । कोलकाता, दिल्लि, मध्यप्रदेश, उत्तरप्रदेश, मुम्बई प्रख्यात सहर हुन् । एसीयाको सवैभन्दा ठूलो रेडलाइट एरिया कोलकाताको सोनागाचीमा छ । अनुमानअनुसार ंकरीब एघार हजार वेश्याहरु त्यहाँ देहव्यापारको काममा अभ्यस्त छन् । सरकारले पनि त्यहाँबाट राम्रै आयकर उठाउने गरेको छ । यसबाहेक अहिले रेडलाइट एरियाका कारण अर्थतन्त्र बढाउन सफल मुलुक थाइल्याण्ड हो । जहाँ अत्यधिक नेपालीहरु पनि भ्रमणका लागि जाने गरेको नयाँ कुरा होइन ।
हुन त अमेरिकन अभिनेता स्टिभ मार्टिनले पनि भनेका छन्– सेक्स त्यो चीज हो जुन किनेर उपभोग गर्न पाइन्छ ।’ उनको तर्क नेपालका लागि पनि प्रयोग होला तर त्यो वैधानिक मानिसक्ने आधार बनीसकेको छैन । नेपालमा पनि सेक्सको सामान्यतया व्यापार राम्रो हुने गरेको छ । राजधानी काठमाडौं बाहेक मुख्य सहरहरुमा छिटपुटमात्र हैन, राम्रोसँग व्यापार चलिरहेको समाचारहरुमा आउने गरेका छन् । तर, उचित व्यवस्थापन हुन नसक्दा राज्यले आउने करदेखि समाजलाई नै व्यवस्थित बनाउन सकेको छैन । सामाजिक परिधि र कानुनले बाँधेका कारण अहिलेपनि यो अवैध व्यावसायका रुपमा व्याख्या छ । यसका लागि सामान्यतया वैधानिक क्षेत्रको कुनै खोजी हुन सकेको छैन ।
नेपालमा यस्ता धेरै ठाउँ छन् जहाँ सामाजिक परिधिको नाममा हामी सेक्सबजारको ठूलो हिस्सा र त्यसले दिनसक्ने आम्दानीबाट राज्यलाई खोक्रो बनाइरहेका छौं । हामी राज्यमा आउने करको दायरालाई संकुचित बनाइरहेका छौं । नेपालमा भन्सार कार्यालयले जति राजश्व ढिकुटीमा बुझाउने गरेको छ, सम्भवत नेपालमा सेक्सबजारको वैधानिकता, सेक्स टुरिजमको विकासगर्ने हो भने राज्यका लागि त्यो राम्रो आम्दानीको क्षेत्र बन्नेछ । मुलुकमा काठमाडौं सहर विकास प्राधिकरणका प्रमुख केशव स्थापितले प्रेमपार्क बनाउनुपर्छ भन्दा हावा भनेर उडाउनेहरु कम छैनन् । त्यस्तो पार्कले दिनसक्ने आम्दानीको विषयमा कसैले पनि सोचेका छैनन् । आज मठमन्दिर र विभिन्न ठाउँमा विना शुल्क यस्ता पार्कको भुमिकामा ल्याउन थालिएको छ, त्यसको वैधानिकरणले अझ सहज बनाउनेतिर किन कोही चिन्तित भएनन् ? त्यसकारण दक्षिण एसीयामा विकास भएको यस्ता गतिलाई पर्यटन भित्राउने माध्यमका रुपमा विकास नगरे अवको विश्वमा नेपालमा मानिसहरु आउनेक्रम पनि बढ्ने छैन । विश्वबजार यतिवेला यतिविध्न मनोरञ्जनात्मक बन्दै गएको छ की आनन्दबाहेकको भ्रमणलाई स्वीकार गर्दैन । ओशोले पनि आनन्दबाट हुने व्यापारीकरणलाई असामान्य भनेका छैनन्, पश्चिमा मुलुकले गरेको उपयोग, भारतसम्मले अपनाएको बाटोमा नेपालले किन खास कानुन बनाएर रेडलाइट एरिया स्थापना नगर्ने ?

Saturday, June 29, 2013

बैंक रोबरीमा वैगुन अर्थात् भण्टाको भुमिका

'घनचक्कर'मा भण्टा सेलिव्रिटी बनाइएको छ ।
फिल्ममा पात्रको भुमिका निक्कै महत्पपूर्ण हुन्छ । अनि त्यसमा प्रयोग गरिएका प्रपहरुको भुमिका पनि त्यत्तिनै महत्वपूर्ण हुने नै भयो । चुरोट पिउने, रक्सी पिउने, सेक्स, कण्डम आदीइत्यादी फिल्मका प्रपहरु हुन् । जसले फिल्म हेर्नका लागि दर्शकलाई उत्तेजित बनाउने गर्दछ ।
गएको सुक्रबार विश्वभर रिलिज भएको फिल्म घनचक्करले पनि यी कुनै प्रपलाई छाडेको छैन । र, अरु भन्दा अलग प्रपको प्रयोग गरेको छ । त्यो हो वैगुन अर्थात् भण्टा । सामान्यतया भारतमा भण्टाको प्रयोग अत्यधिक हुँदैन । यसअघिका व्लगहरुमा मैले भण्टाबारेका केही उखान, त्यसका कारण र निम्त्याएको समस्याका बारेमा सवैसँग सेयर गरेको हुँ । यहि शिलशिलामा भण्टा त फिल्मको सेलीव्रिटीका रुपमा पनि चलेको यो पहिलो पल्ट लेख्दैछु ।
निक्कै समयपछि सिभिल मलमा रहेको क्युएफएक्स सिनेमामा घनचक्कर रिलिज भएको दिन नै हेर्न गएको थिएँ । मैले आफुलाई फुर्सदिलो ठानेर महत्वपूर्ण र रममाइलो दिन बनाउनका लागि त्यहाँ केही समय विताउने प्रयत्न गरेको थिएँ । त्यो प्रयत्न सफलमात्र भएन, अत्यधिक रमाइलो भयो । जव फिल्म सुरु भएको केही मिनेटमा नै भण्टाको भुमिकालाई प्रस्तुत गरियो ।
हुन त त्यो फिल्ममा भण्टाको तीन सीन छ, खासगरी । पहिलो जहाँ तरकारी बोकेर आएको बुढोले ट्रेनमा फिल्मका भिलेनलाई भण्टा दिएर भाग्छन् । त्यो काँचो भण्टा मुला र गाँजर जसरी त्यो भिलेनले चपाएर बैंक रोबरीको योजना हिरोसँग सार्वजनिक गर्दछ । काँचो भण्टा चपाउने प्रपले फिल्मलाई अलिक बलियो बनाएको थियो ।
योजना बनिसकेपछि दोस्रो ठाउँमा भण्टा फेला पर्दछ । जहाँ हिरोले पनि चपाउँदै हिरोइनसँग बैंक रोबरीको योजनाबारे सोध्छ । अनि, रोबरीका लागि स्वीकृति लिएर रोबरी गर्दछ । बैंक रोबरी सक्सेस भएपछि पैसा राखेको ठाउँ विर्सेर हिरो त्यसको खोजीमा लाग्दछ । वास्तवमा ऊ घनचक्करमा पर्दछ । पैसा खोजीको आरोह र अवरोह नै फिल्मको मुख्य कथा हुन्छ । उक्त पैसा हिरोले खाएको अभियोग लगाएका ती दुई भिलेनसँग तेस्रो सीनमा पनि भण्टाको राम्रो कथा आउँछ । दुई सेकेण्डको सीनमा भण्टा देखिन्छ र एउटा भिलेनले भन्छ, बैंक रोबरी किनेर स्याउ किनेर राखेको छ । यो हाम्रो पैसाको स्याउ हो । वास्तवमा त्यो स्याउ नभएर भण्टा नै हुन्छ । नपत्याए घनचक्कर फिल्ममा यी सीनहरुलाई ध्यान दिनुहोला ।

साइबर लभ

परिचयको पनि पुनरावृत्ति हुने कुरामा म विस्वस्त थिइँन । परिचय हुन्छ अनि सकिन्छ । यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिवेला उभिएको छु । मनका दुइथरी तर्कहरुले एकआपसमा वादविवाद गरिरहेका छन् । के म सहि छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नहरुको तर्कयुद्धको निक्र्यौलमा म पुग्न सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरु जव सकिनेछन्, तिमीप्रतिका मेरा चिन्तनहरु प्नि एकपक्षीय रुपमा आउन सक्नेछ । सम्भावना छन् ती चिन्तनहरुमध्ये की पक्षपाती हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण निक्र्यौलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन ।
समय निक्कै कपट भएर परिचयको आधारलाई कमजोरी र सम्बन्धलाई बलियो बनाउनेगरी प्रतिविम्वित हुँदो रहेछ । हो, आजको दिनहरुमा जव म नयाँ संसारको उपयोगबाट साइबरदुनियाँमा छिर्छु, तिमीलाई भेट्छु अनि कुराकानीमा अल्झिन्छु अनि हराउँछु कि तिम्रा असहजताबीचको बाध्यात्मक सहजतामा या खै के मा हो ? थाहा छैन ।
मलाई थाहा थिएन कुराकानी अक्षरबाट सुरु भएर विना शव्द र स्वर मनको कुनामा गएर ठोक्किन्छ र त्यसले एउटा संवेदनाको पुञ्ज बनाउने छ । त्यो पुञ्ज जसले हरेक समय प्रेमको प्रतिविम्ब बन्नेगरी उज्यालो छरिरहेको अनुभुत हुन्छ । आकाशमा रहेको ताराहरुको पुञ्जबाट नियाँलीरहेको जूनको उज्यालोले बनाएको मधुर छायाँजस्तो । मैले किञ्चित कल्पना पनि गरेको थिइन, सामान्य लेखाइले कुनै खास अर्थको सम्बन्ध पनि विकास गर्ला भनेर । जीवनको यात्रा अलिक गहिरोसँग गइरहँदा अनेक प्रकारका उतारचढावहरु आउन सक्छन्, यो स्वभाविक साइबर कुराकानीको रुपमा लिएको थिएँ मैले ।

तर, कुराकानीका क्रममा कहाँ गएर मान्छेको संवेदनाले स्थान बनाउँछ भन्नेप्रति गहन थिइन । नयाँ समाज, यो सहर र सहरका अन्तर्कथासँग घुलित हुन नसकिँदो रहेछ । यस्ता कथाहरु फरक मानिसका फरक ढंगबाट विकास हुने रहेछ । वास्वतवमा मानिस स्वभाविक प्राणी भएकैले पनि होला म यो कथाको पात्रका रुपमा यहाँ कहाँ रुमल्लिरहेको छु, तिमी पाठकको चित्र    सँग यो कथालाई म जत्तिको गहिरोगरी बुझिरहेकी छैनौ सायद ।
साँच्चै नै प्रेम त महसुस न रहेछ । म हरपल महसुसको प्रेमसँग नजिक हुन चहान्छु । मलाई केही वर्षहरुभन्दा केही दिनहरुको कुराकानीको रफ्तारले भावनात्मक रुपमा तिमीसँग नजिक बनाएको छ । म चहान्छु यो नजिकपन संवेदनाको एउटा चरण बनोस् । पुलुक्क–पुलुक्क तिम्रो आगमनको संकेत चिहाइरहेको छु, तिमी आउँछौ र जान्छौं । सम्बन्धहरु सायद सवै प्राकृतिक हुन् । तिमीलाई लाग्दो हो, यो असमाजिक सम्बन्ध र भावनाको खेल भइरहेको छ । क्षणिक सम्बन्धको एउटा सामान्य दस्तावेज बन्नेछ । तर, त्यसो होइन । महत्वकांक्षामा बाँचेकाहरुले गर्ने खेल मेरो जीवनको परिक्षा पनि हुन सक्तैन । म अत्यन्त गर्वका साथ हरपल परिक्षाको घडीमा उभिइरहेको छु । मेरा वेचैनीहरुले यस्ता संकेत गरिरहेका छन् । मेरो वेचैनीहरु यस्तो तिव्रतामा डुलिरहेका छन्, तिमीले सोध्ने समाजको तस्वीरहरु धुमिल छन् । अत्यन्तै धुमिल देखिन्छन् । अत्यन्तै निकृष्ट भेटिन्छन् ।
बेलामौका सन्दर्भहरु कति जटिल बनेर आउँछन् भने त्यसको व्याख्या कसरी गर्ने भन्ने चिन्ता लाग्दछ । मान्छेका चाहना पनि अमूर्त भएर आउने गर्छन् । त्यसको व्याख्या सहज र सरल तरिकाले हुन सक्तैन, बयानको आधारपनि तय भइसकेको हुँदैन । सम्भवतः यो मेरो फरक प्रेम, भिन्न शैली एउटा संवेदनात्मक भूल हो या फूल हुनेछ त्यो पनि थाहा छैन ।
जीवन वास्तवमै सरल रेखा होइन रहेछ । तिमीलाई लाग्दो हो, तिमीले ठान्दि हौ जीवन सरल रेखा हो । निरन्तर मानिसले बनाएको समाजस्तै चल्ने हो । तर, भावनाको तस्विर, प्रेमको आकार पनि त हुँदैन नी । यदि त्यस्तो हुने भए सायद म हुन्न थिएँ जहाँ म छैन त्यहाँ अरु को हुने थियो र ? प्रेम विज्ञान पनि होइन रहेछ, प्रेम तरल पनि होइन रहेछ, प्रेम ठोस पनि होइन रहेछ । यो त एउटा अकल्पनिय वेग रहेछ युगको एक पटकमा आउने रहेछ । मलाई लाग्छ यो प्रेमको एउटा चरण हो । इन्टरनेट मार्गी प्रेम, एउटा सपनाजस्तो लाग्ने सत्य । तिमीले खुट्याएको समाजले यसलाई एउटा नाम दिएको छ ‘साइबर लभ’ । हो, त्यहि साइबर लभ । मेरा लागि फरक अनुभुति, फरक संसारको गति ।
रिचय पुनरावृत्ति हुने कुरामा विस्वस्त थिइनँ । परिचय हुन्छ अनि सकिन्छ । यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिबेला उभिएको छु । मनका दुइथरी तर्कले एकापसमा वादविवाद गरिरहेका छन् । के म सही छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नको तर्कयुद्धको निक्र्योलमा म पुग्न सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरू जब सकिनेछन्, तिमीप्रतिका मेरा चिन्तन पनि एकपक्षीय रूपमा आउन सक्नेछ । सम्भावना छन् ती चिन्तनमध्ये कि पक्षपाति हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण निक्र्याेलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन । - See more at: http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=9032&catId=16#sthash.dIkS7yQw.dpuf
परिचय पुनरावृत्ति हुने कुरामा विस्वस्त थिइनँ । परिचय हुन्छ अनि सकिन्छ । यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिबेला उभिएको छु । मनका दुइथरी तर्कले एकापसमा वादविवाद गरिरहेका छन् । के म सही छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नको तर्कयुद्धको निक्र्योलमा म पुग्न सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरू जब सकिनेछन्, तिमीप्रतिका मेरा चिन्तन पनि एकपक्षीय रूपमा आउन सक्नेछ । सम्भावना छन् ती चिन्तनमध्ये कि पक्षपाति हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण निक्र्याेलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन ।
समय निक्कै कपट भएर परिचयको आधारलाई कमजोरी र सम्बन्धलाई बलियो बनाउने गरी प्रतिविम्वित हुँदोरहेछ । हो, आजको दिनहरूमा जब म नयाँ संसारको उपयोगबाट साइबर दुनियाँमा छिर्छु, तिमीलाई भेट्छु, अनि कुराकानीमा अल्झिन्छु अनि हराउँछु कि । तिम्रा असहजताबीचको बाध्यात्मक सहजतामा या खै के मा हो ? थाहा छैन ।
मलाई थाहा थिएन कुराकानी अक्षरबाट सुरु भएर विना शब्द र स्वर मनको कुनामा गएर ठोक्किन्छ र त्यसले एउटा समवेदनाको पुञ्ज बनाउने छ । त्यो पुञ्ज जसले हरेक समय प्रेमको प्रतिविम्व बन्नेगरी उज्यालो छरिरहेको अनुभूत हुन्छ । आकाशमा रहेको ताराहरूको पुञ्जबाट नियालिरहेको जूनको उज्यालोले बनाएको मधुर छायाँजस्तो । मैले किञ्चित कल्पना गरेको थिइनँ, सामान्य लेखाइले कुनै खास अर्थको सम्बन्ध पनि विकास गर्ला भनेर । जीवनको यात्रा अलिक गहिरोसँग गइरहँदा अनेक प्रकारका उतारचढाव आउन सक्छन्, यो स्वभाविक साइबर कुराकानीको रूपमा लिएको थिएँ मैले ।
तर, कुराकानीका क्रममा कहाँ गएर मान्छेको समवेदनाले स्थान बनाउँछ भन्नेप्रति गहन थिइनँ । नयाँ समाज, यो सहर र सहरका अन्तर्कथासँग घुलित हुन नसकिँदो रहेछ । यस्ता कथा फरक मानिसका फरक ढंगबाट विकास हुनेरहेछ । वास्वतवमा मानिस स्वाभाविक प्राणी भएकैले पनि होला, म यो कथाको पात्रका रूपमा यहाँ कहाँ रुमल्लिरहेको छु, तिमी पाठकको चित्रसँग यो कथालाई म जत्तिको गहिरोगरी बुझिरहेकी छैनौ सायद । साँच्चै नै प्रेम त महसुस न रहेछ । म हरपल महसुसको प्रेमसँग नजिक हुन चाहन्छु । मलाई केही वर्षभन्दा केही दिनको कुराकानीको रफ्तारले भावनात्मक रूपमा तिमीसँग नजिक बनाएको छ । म चाहन्छु यो नजिकपन समवेदनाको एउटा चरण बनोस् । पुलुक्क–पुलुक्क तिम्रो आगमनको संकेत चिहाइरहेको छु, तिमी आउँछौ र जान्छौ । सम्बन्ध सायद सबै प्राकृतिक हुन् । तिमीलाई लाग्दो हो, यो असामाजिक सम्बन्ध र भावनाको खेल भइरहेको छ । क्षणिक सम्बन्धको एउटा सामान्य दस्तावेज बन्नेछ । तर, त्यसो होइन । महत्वकांक्षामा बाँचेकाले गर्ने खेल मेरो जीवनको परीक्षा पनि हुन सक्तैन । म अत्यन्त गर्वका साथ हरपल परीक्षाको घडीमा उभिइरहेको छु । मेरा बेचैनीले यस्ता संकेत गरिरहेका छन् । मेरो बेचैनी यस्तो तिब्रतामा डुलिरहेका छन्, तिमीले सोध्ने समाजको तस्बिर धुमिल छन् । अत्यन्तै धुमिल देखिन्छन् । अत्यन्तै निकृष्ट भेटिन्छन् ।
बेलामौका सन्दर्भ कति जटिल बनेर आउँछन् भने त्यसको व्याख्या कसरी गर्ने भन्ने चिन्ता लाग्छ । मान्छेका चाहना पनि अमूर्त भएर आउने गर्छन् । त्यसको व्याख्या सहज र सरल तरिकाले हुन सक्तैन, बयानको आधार पनि तय भइसकेको हुँदैन । सम्भवतः यो मेरो फरक प्रेम, भिन्न शैली एउटा समवेदनात्मक भूल हो या फूल हुनेछ त्यो पनि थाहा छैन ।
जीवन वास्तवमै सरल रेखा होइन रहेछ । तिमीलाई लाग्दो हो, तिमी ठान्दी हौ जीवन सरल रेखा हो । निरन्तर मानिसले बनाएको समाज जस्तै चल्ने हो । तर, भावनाको तस्बिर, प्रेमको आकार पनि त हुँदैन नि । यदि त्यस्तो हुने भए सायद म हुन्न थिएँ । जहाँ म छैन । त्यहाँ अरु को हुने थियो र ? प्रेम विज्ञान पनि होइन रहेछ । प्रेम तरल पनि होइन रहेछ । प्रेम ठोस पनि होइन रहेछ । यो त एउटा अकल्पनीय वेग रहेछ युगको एक पटकमा आउने रहेछ । मलाई लाग्छ यो प्रेमको एउटा चरण हो । इन्टरनेट मार्गी प्रेम, एउटा सपनाजस्तो लाग्ने सत्य । तिमीले खुट्याएको समाजले यसलाई एउटा नाम दिएको छ ‘साइबर लभ’ । हो, त्यही साइबर लभ । मेरा लागि फरक अनुभूति, फरक संसारको गति । - See more at: http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=9032&catId=16#sthash.dIkS7yQw.dpuf

Wednesday, June 26, 2013

भाण्टाको चमात्कार, चाहना की बलात्कार ?

भण्टा प्रकरणमा पत्रकार पक्राउ गरेपछि यसको उखान र यसले निम्त्याएका विषयको बारेमा मैले  http://passionbinod.blogspot.com/2013/06/blog-post_22.html  लेखें । त्यो व्लगलाई अझ विस्तार बनाउँदै पत्रकार साथी प्रकाश तिमिल्सिनाले लेखे । त्यसपछि भण्टा प्रकरण कुनै क्याम्पसमा मात्र होइन अव त लडाकू शिविरमा भएको कुरा पनि तानिएको छ । यो, प्रकरणको थप कथा पढ्नुहोस् ।
 

लडाकु शिविरमा बैगुन (भन्टा) प्रकरणः अस्पतालको यात्रा

बैगुन (भन्टा) बारेमा लेखे पछि एकजना माओवादी साथीले भने, ‘प्रकाशजी, बैगुनले त तेस्रो डिभिजन (लडाकु शिविर, शक्तिखोर)मा पनि निकै दुःख दिएको थियो ।’  उनका अनुसार बैगुनका कारण एक लडाकु चेली अस्पताल पुग्नु परेको थियो । त्यो घटना उनी मसँग स्मरण गर्दै थिए, ‘अस्पताललाई नै लगेर भाच्चिएको "बैगुन"लाई निकाले पछि ठिक भएर पुनः लडाकु शिविरमा फर्किन ।’ 

#                     #                            #
यौनका मामिलामा कम्युनिष्टहरु निकै अनुदार हुन्छन । यौन भनेको निकै तुच्छ चीज हो, जो सम्झनु पनि पाप हो भने झै गरी । यौनका मामिलामा अलिकति तल माथी भयो भने उनीहरु ‘साँस्कृतिक बिचलन’ ग¥यो भन्दै डन्डा हान्न सुरु गर्छन् । माओवादी युद्धकालको पछिल्लो समय यौनका सबालमा उद्धार देखिए पनि त्यो भन्दा अघि भने यौनका मामिलामा थुप्रै उपल्लो स्तरका नेतालाई  कारवाही गरिएको थियो । त्यो ‘साँस्कृतिक बिचलन’लाई दस्तावेजीकरण समेत गर्ने काम गरियो ।

यौनका मामिलामा ‘नैतिकवान र परिवर्तनकारी’ भन्न रुचाउने ‘ढोंगी’हरु नै बढी अनुदार जस्ता देखिन्छन तर यथार्थमा तीनीहरु नै सबैभन्दा बढी कमजोर हुन्छन् । यौन जीवनलाई उपयोग गर्ने तरिका हुन्छन, त्यसलाई उपयोग गर्न धर्म र कानुनले सिस्टम नै बनाइदिएको छ । त्यसले पनि यसको महत्व देखाउँछ । नेपाल जस्तो अबिकशित मुलुकमा मात्रै होइन, कट्टरवादी बाहुल्य मुस्लिम राष्ट्रहरुमा मात्रै होइन, अमेरिका जस्ता स्वतन्त्रता धेरै भएको भनिएका मुलुकमा पनि यौनका मामिला बढी नै चर्चा हुन्छन् । जस्तो कि बिल क्लिन्टन र मोनिका लेवन्सीका यौन प्रसङ्गले विश्वमा नै तहल्का मच्चाइ दियो । 
#                                                    #                                                                    #
हरेक घटनामा दृश्य भन्दा पनि कारणहरु बढी महत्वपुर्ण हुन्छन् । तर शक्तिखोरकी ती लडाकु कमरेडलाई अनुदार कम्युनिष्ट ‘स्कुलिङ’ले रोक्यो वा सामाजिक नियम र बन्धनले वाधा पु¥यायो अथवा नैतिकताको लेपनले रोक्यो त्यो उनले नै जानुन । जे होस्, घटना घटयो र अस्पतालसम्मको यात्रा हुन पुग्यो । तै उनको ज्यान तल माथी केही भएन, उनलाई सञ्चो भयो र उनी सकुशल भइन् । जे होस, आफ्नो मनलाई वाँध्न नसके पछि अन्य तरिकावाट शान्त हुन खोज्दा लडाकु शिविरमा त्यो घटना घट्न गएको थियो । शान्त हुनका लागि फरक तरिकावाट जाँदा उनको ज्यान नै खतरामा पुग्यो । जो अरुलाई पनि पाठ हुन सक्छ ।   (यस घटनामा उल्लेख नाम, मिति र उपचारमा संलग्नहरुको नाम भने काल्पनिक हुन, कसैसँग मिलेमा त्यो संयोग मात्र हुनेछ, यो बाध्यता पाठकले बुझिदिनु होला)
शक्तिखोर स्थित तेस्रो डिभिजन
एक साँझ । शक्तिखोरस्थित तेस्रो डिभिजनको सेक्युरीटी विभागको एउटा घरवाट अचानक कोई रोएको, कराएको आवाज आयो । आवाज सुन्दा लाग्छ, कराउनेलाई ठुलै समस्या परेको छ । त्यसपछि वरपर रहेका केही लडाकु कमरेड त्यहाँ पुग्छन, त्यस्तै २४–२५ बर्ष उमेरकी लडाकु केटी कमरेड त्यहाँ भुईमा लडीबुडी गरीरहेकी छिन् । मानौ, उनलाई निकै गा¥हो भइरहेको छ । पानी मागीरहेकी छिन तर दिने मान्छे वरपर भने कोही छैनन् ।
एक्लै कोठामा बसेकी ती लडाकु केटीले हातको इशाराले पानी माग्छिन, उनको रुवाई सुनेर गएका कमरेडहरुले हतपत पानी दिन्छन् । र, उनको आवाज सुनरे आएका केही कमरेडहरुले तत्काल शिविर भित्रै रहेको जनसैन्य अस्पतालमा लान्छन् । तर, त्यहाँ कुनै उपचार हुन सक्ने अवस्था देखिदैन् । अस्पताल भित्रै उपचार गर्ने प्रयास अन्ततः असफल भएपछि केटी कमरेडलाई भरतपुरस्थित अस्पताल पु¥याउन लैजानु पर्ने जरुरी देखिन्छ । पुर्व घर भएकी ती लडाकु कमरेडको बिजोग देखे पछि राती आठ बजे शक्तिखोर शिबिरवाट उनलाई भरतपुर लाने तयारी गरिन्छ । 
खासमा उनलाई भरतपुर 'रिफर' गर्नुको दुईवटा कारण थिए, पहिलो उनी महिला थिइन, जसको यौनाङ्गमा समस्या देखिएको थियो । अर्को, उनको यौनाङ्गवाट निरन्तर ‘ब्लिडिङ’ भइरहेको थियो, जसको उपचार लडाकु शिविरमा सम्भव थिएन । त्यसकारण लडाकु शिविर भित्रकै गाडीमा राखेर एक महिला सहयोगी कमरेड र एकजना "कोओर्डिनेटर कमरेड" पनि सँगसँगै भरतपुर अस्पतालमा ती केटी कमरेडलाई लैजान्छन् ।
जसरी उनी आफ्नो कोठामा पीडाले छटपटाईरहेकी थिइन । त्यसैगरी जनसैन्य अस्पताल पुग्दा पनि त्यो क्रम रोकिएन, र गाडीमा पनि उनी त्यसैगरी रोई कराई गरिन् । ती लडाकु केटी कमरेडलाई लिएर गएको गाडी चितवन मेडिकल कलेजको आकास्मिक कक्षको ढोकामा पुगेर रोकिन्छ । अस्पताल पुग्दा त्यती खेर रातका त्यस्तै आठ–साढे आठ बजिसकेको थियो ।
तुरुन्तै उनलाई इमरजेन्सीमा भर्ना गरियो र डाक्टरले उनको उपचार तत्कालै सुरु गरे । उपचार सुरु भएको केही बेर मै ‘ब्लिडिङ’ भएको रहस्य खुल्यो । र, डाक्टरले शिविरवाट गएका सहयोगीलाई भनिदिए, ‘यौनाङ्गमा केही कुरा अडकिएको छ, जसकाकारण निरन्तर ‘ब्लिडिङ’ भइरहेको हो ।’ कुरा वुझदा थाहा भयो कि लडाकु कमरेडको यौनाङ्गमा ‘बैगुन’को केही भाग अडकिएको रहेछ । डाक्टरले उपचार सुरु गरे र केही घन्टाको प्रयास पछि सो बैगुनलाई निकालियो र उनलाई राती नै जनरल वार्डमा सारियो ।
डाक्टर र ती नानी कमरेडले भने अनुसार खाना खाए पछि तरकारी खानु पर्ने बैगुनलाई उनले ‘प्रयोग’ गरिछिन् । बैगुन प्रयोग गर्दा गर्दै अचानक भाँच्चियो र यौनाङ्गमा त्यसको टुक्रा अडकियो । आफैले निकाल्ने हरदम प्रयास त उनले गरिन तर कदापी सकिनन् । आफैले निकाल्ने लामो प्रयास गर्दा भाच्चिएको टुक्राले यौनाङ्गमा दख्खल पु¥यायो र परिणाम ब्लिडिङ गरायो । अस्पताल पुगे पछि डाक्टरले बैगुनको बाँकी टुक्रा निकालिदिए । र, त्यसमा मलहम पट्टी लगाई दिए र केही खाने औषधी पनि दिए, जसले यौनाङ्गमा भएको घाउँलाई चाडो नै निको गर्न सहयोग गर्दथ्यो ।
उपचारमा संलग्न डाक्टरले जिस्काएर केटी कमरेडलाई भने,  ‘नानी, अब चाँडै बिबाह गर्नुहोस्, यो खाने चिजलाई प्रयोग भने नगर्नुहोस्, नत्र फेरी दुःख पाइन्छ ।’ जवाफमा नानी मुसुक्क हाँसिन तर लाजले रातो पिरो भइन तर केही  पनि बोलिनन् । भोलीपल्ट उनलाई अस्पतालले डिस्चार्ज ग¥यो र लडाकु चेली स्वास्थ्य भएर पुनः शिविरमा फर्किइन् । 
र अन्त्यमा,
यो पृथ्वी जगतको सबैभन्दा शक्तिवान प्राणी भनेको मानिस हो । उसले संसारमा ठुला ठुला समुन्द्र बाधिदिन सक्छ । बगिरहेका ठुला नदी बाधिदिन सक्छन । पहिरो पनि बाँधिदिन सक्छ । थलचर प्राणीमा सबैभन्दा ठुलो अजङ्गको हाती पनि बाधिदिन सक्छन् । हिस्रक र मांशाहारी सिंह र बाघ जस्ता जीवलाई पनि बाधेर आफ्नो बशमा चलाउन सक्छ । यस्ता कयौं उदाहरण छन, जहाँ मानिसले जित्दै आएको छ । अरुलाई बाँध्दै र आफ्नो बसमा पार्दै पनि आएको छ ।
तर मानिसले आफ्नो मनलाई कहिल्यै बाँध्न सकेन, बशमा राख्न पनि सकेन् । मनलाई बाँध्ने र बसमा राख्न खोज्ने प्रयास गर्दा ठुला–ठुला दुर्घटना भएका छन्, भइरहेका छन् । जस्तो कि शक्तिखोर लडाकु शिविरमा घटेको घटना एउटा उदाहरण हो । जबसम्म मानिसले मनलाई बाँध्ने प्रयास गर्छ, तवसम्म यस्ता दुर्घटना भई रहन्छन् । मनलाई बाँध्नेको पनि सिमा हुन्छ । सिमा भन्दा बाहिर मनलाई वाँध्न हुदैन भनेर समाज र धर्मशाष्त्रले नै बिबाह भन्ने प्रचलन बनाई दिएको छ ।
यद्धपी, विश्वप्रसिद्ध मनोबैज्ञानिक सिग्मण फ्रायडले भने झै ‘संसारका हरेक कुरा यौनवाट निर्देशित हुन्छन र त्यसैमा केन्द्रिकृत हुन्छन्’ भन्ने कुरालाई हामी सबैले त नमानौला तर यो भन्दा पर बुझने ठाउँ पनि त छैन् । किनकी, यौन त जीवनमा अनिवार्य छ, त्यसलाई निषेध गर्न नै सकिदैन ।

source plush : http://prakashujyalo.blogspot.com


न्युयोर्कमा हावा सेक्स, नेपालमा शितल

रतियोगिता पनि कस्ता कस्ता ? सुन्दा पनि लाजै लाग्ने । अमेरिकाको न्यूयोर्कमा हालै यस्तै लाजमर्दो प्रतियोगिता भएको छ । म्यानहटनस्थित कटिङ रुपममा हालै एयर सेक्स च्याम्पियनसीप अर्थात् हावा सम्भोग प्रतियोगिता सम्पन्न भएको छ ।



वर्षेनी आयोजना हुने यो प्रतियोगिता यो चौथो हो । प्रतियोगितामा सहभागीहरुले एक्लै काल्पनिक यौन अभिनय गरे । कसैले सम्भोगमा लिप्त भएको र चरम उत्तेजना आएको अभिनय गरे भने कसैले मुख मैथुनको अभिनय गरे ।यो प्रतियोगिता व्यंगकार क्रिस टि्रउले आयोजना गरेका हुन् । प्रतियोगीहरु महिला र पुरुष दुबै थिए । उनीहरु एक एक गर्दै स्टेजमा आए र उपस्थित दर्शकको अगाडि सम्भोगमा लिप्त भएको र चरम आनन्द प्राप्त गरेको हाउभाउ देखाए ।


हावा सम्भोग प्रतियोगितामा जाम आउन पहिलो भइन् । उनले स्टेजमा निकै संवेदनशील यौनिक कला देखाइन् । आफ्नो मरेको लोग्नेलाई यौन शक्तिबाट ब्युँताउनका लागि उसको लिंगलाई आफ्नो दाँतले विस्तारै टोकेको अभिनय उनले गरेकी थिइन् ।

Saturday, June 22, 2013

वैगुन (भण्टा) को करामत

 

नेपालमा पत्रकार थुनायो तरकारीले

नेपालका पत्रकार सुशिल पन्त यतिवेला समाचार लेखेका कारण महानगरीय प्रहरीमा थुनामा छन् । उनले समाचार लेखे वैगुन –भण्टा)सँग सम्बन्धित विषयमा रे । उनलाई विद्युतिय कानुनले छोयो । भण्टा खाने कि गर्ने भन्ने विषयमा उल्लेख गरेका कारण नै उनले यस्तो समस्या व्यहोर्नुपरेको हो । एउटा भण्टाको प्रयोगको विषयमा लेखिएको समाचारले अहिले नेपालको प्रशासनयन्त्रको सात्तो लिएको छ । ऐन र कानुन परिमार्जनसम्मका बहस सुरु भइसकेका छन् । नियत र नियोजनको कुराहरु उठिरहेका छन् । एकजना हो र ? यो तीन पत्रकारलाई हिरासतमा पु¥याउने कारण पनि बनेको छ । नाम चलेको एक कलेजको कुरापनि जोडिएपछि यस्तो आतंक सुरु भएको हो । जे होस् वैगुन कतिसम्म वैगुनी छ भन्ने केही प्रसंगहरु यस्ता पनि छन् ।
000
अकबर र वीरबलको कथासँग पनि जोडिएको छ, वैगुन प्रकरण । कथा यस्तो रहेछ...
अकबरले वैगुन (भण्टा) बारे बीरबलसँग बुझ्ने कोशिश गरेछन् । ‘वीरवल भण्टा के हो ?’
‘तरकारी हो, सरकार ।’
‘यसको विशेषता के हो ?’
‘यो वैगुन पनि भनिन्छ, विशेषताचाँही पुष्टि गर्न बाँकी छ सरकार ।’
अकबरको जिद्दिसँग वीरवलको केही लागेन । त्यसलाई प्रमाणित गर्नका लागि एकदिन वीरवलले हरेक तरकारीहरु वैगुनकै बनाए । सवैप्रकारका खानेकुरासँग मिसाएपछि अकबरले पनि स्वाद लिएर खाएछन् । पछि त्यहि वैगुन खाएका कारण उनलाई पखाला पनि लागेछ ।
अकबरले वीरबलसँग भनेछन्–‘वैगुन खाएको यस्तो भयो ।’
वीरवलले उत्तर दिए–‘सरकार त्यसकारण यो वैगुन हो । यसको कुनै गुण नै छैन । यसले अप्ठेरोमा पार्छ ।’
 
नेपालको प्रख्यात ठाउँहरुमा वैगुन विक्रिमा राखिन्न । सहरहरुमा वैगुन आतंक मच्चिन थालेपछि वैगुन विक्रिका लागि सेन्सर नै गरिएको छ ।
सांकेतिक रुपको यस्तो संकेतबारे केहीमात्र जानकार छन् । पूर्वतिरको नामी सहरमा वैगुनले आतंक मच्चाएको थियो, कुनैवेला । सुनेको कुरा हो– धरानस्थि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैगुन खाएर भन्दा पनि प्रयो गरेर विरामी हुनेहरु बढेपछि पूर्वका केही सहरहरुमा वैगुन विक्रिमा प्रतिवन्ध भयो रे ।
-सामान्यतया भान्छामा काम गर्नेहरु पनि तरकारीकै गुणमा पनि वैगुनलाई मन पराउँदैनन् । किरा चाँडो लाग्नेकारण, काट्न र पखाल्न समस्या हुने भएकाले पनि भान्छेहरुले वैगुनको तुलनामा अर्को तरकारी बनाउन सहज ठान्छन् ।
तर, नेपालका तराइमा यसका विभिन्न फरक परिकार बनाएर खाने चलनचाँही निक्कै राम्रो छ । बनाउन जान्नेहरुका लागि राम्रो तरकारी बन्न सक्ला तर बहुसंख्यकका तुलनामा यो उत्तम छैन । 
-स्वास्थ्यका रुपमा पनि चिकित्सकहरुले वैगुनलाई सहज ठान्दैनन् । उनीहरुले सवैकुरा खाने सल्लाह दिन्छन् तर वैगुनको खाने सल्लाह कम दिन्छन् । खासगरी छालाका रोगीहरुका लागि त यो विष सरह हुने बुझिएको छ ।
वैगुन चिलाउने रोगको मुख्य कारण नै हो । त्यसो भए के वैगुनको उत्पादन नगर्ने ? नखाने ? यी कुराहरु उठ्न सक्छन् । यदि यसका फाइदा भन्दा वेफाइदा ज्यादा छन् र मान्छेलाई कानुनका नाममा कस्टडीसम्म पु¥याउँछ भने किन खाने भण्टा ? यो आतंक मच्चाउने तरकारी हो भने किन गर्ने खेती ? बहस जारी छ । 

उत्तराखण्डमा वैगुन उत्पादन प्रतिवन्ध

भारतको उत्तराखण्ड सरकारले त वैगुनको उत्पादन बन्द गराउनका लागि सरकारी आदेश नै जारी गरेको थियो । द हिन्दुका अनुसार त्यहाँका विद्यार्थीदेखि सवैले वैगुनउत्पादनविरुद्ध आन्दोलन नै गरेका थिए । त्यसको एउटा तस्वीर यहाँ पनि छ ।


भण्टाउत्पादन विरोधमा उत्तराखण्डका विद्यार्थी । तस्विर : द हिन्दु
उत्तराखण्ड सरकारले त त्यहाँको वातावरणलाई मध्यनजर गरी वैगुन उत्पादनका लागि व्याण्ड गर्ने निर्णय गरेको थियो । भारतका सात राज्यहरु यो बहसमा उभिएका थिए । पश्चिम वंगाल, कर्नाटक, विहारसम्मले वैगुन उत्पादनमा व्याण्ड गर्ने विषयमा बहस चलाएका नै हुन् । यसको कारण सम्पूर्ण वातावरणको संज्ञा दिएका थिए । उडिसामा पनि यो उत्पादनमा प्रतिवन्ध नै छ ।
वैगुन अन्तर्राष्ट्रियुस्तरको बहसको विषय बनीरहेको छ । किन यसरी वैगुनले भारत र नेपालमा आतंक मच्चाइरहेको छ त ? विचारणीय छैन त ?

Friday, June 21, 2013

बर्लिनमा ओबामालाई नांगा भइदिए महिलाहरु




अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भ्रमणका क्रममा जर्मनको बर्लिनमा महिलाहरुले टपलेस आन्दोलनले स्वागत गरे । युरोपभरी चलिरहेको आन्दोलनका क्रममा ओबामासँग कुरा पु¥याउनका लागि महिलाहरु टपलेस भएका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा समक्ष आफ्नो कुरा पुर्याउनको लागि दुई महिलाले अनौठा तरिका अपनाएका छन् ।
यहि बुधबार बिहान अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मनीको बर्लिनमा सम्वोधन गर्न लागेको भाषण अगाडी दुईजना महिलाहरु टपलेस भएर विरोध गरेका छन् ।
फिमेन ९ँभ्ःब्ल्० नामक युक्रेनमा रहेको एक महिवादी समूहले विभिन्न ठाउँहरुमा आफ्नो माग सुनुवाई गर्नको लागि टपलेस प्रदर्शन गर्दै आएको  छ । यी दुई महिलाहरु पनि सोही संस्थाका सदस्यहरु रहेको बताइएको छ ।
बेलायती सञ्चारमाध्यम डेल्ली मेलले जनाएअनुसार चार महिना अगाडी टपलेस प्रदर्शन गरेको आरोपमा ट्युनेसियामा ४ महिलाहरुको समूहलाई जेल चलान गरिएको थियो । उनीहरुलाई हिरासतबाट मुक्त गराउनुपर्छ भन्दै उनीहरुले सो प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाएका ती महिलाहरुले आफ्नो छातीमा रातो रंगले बाराक ओबामा हाम्रो कुरा सुन भन्ने नारा लेखेका थिए । ओबामा कार्यक्रमस्थल आउनुअगाडीले जर्मनी प्रहरीले ती महिलाहरुलाई नियन्त्रणमा लिइसकेको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा समक्ष आफ्नो कुरा पुर्याउनको लागि दुई महिलाले अनौठा तरिका अपनाएका छन् ।
यहि बुधबार बिहान अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मनीको बर्लिनमा सम्वोधन गर्न लागेको भाषण अगाडी दुईजना महिलाहरु टपलेस भएर विरोध गरेका छन् ।
फिमेन (FEMAN) नामक युक्रेनमा रहेको एक महिवादी समूहले विभिन्न ठाउँहरुमा आफ्नो माग सुनुवाई गर्नको लागि टपलेस प्रदर्शन गर्दै आएको  छ । यी दुई महिलाहरु पनि सोही संस्थाका सदस्यहरु रहेको बताइएको छ ।

बेलायती सञ्चारमाध्यम डेल्ली मेलले जनाएअनुसार चार महिना अगाडी टपलेस प्रदर्शन गरेको आरोपमा ट्युनेसियामा ४ महिलाहरुको समूहलाई जेल चलान गरिएको थियो । उनीहरुलाई हिरासतबाट मुक्त गराउनुपर्छ भन्दै उनीहरुले सो प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाएका ती महिलाहरुले आफ्नो छातीमा रातो रंगले बाराक ओबामा हाम्रो कुरा सुन भन्ने नारा लेखेका थिए ।
ओबामा कार्यक्रमस्थल आउनुअगाडीले जर्मनी प्रहरीले ती महिलाहरुलाई नियन्त्रणमा लिइसकेको थियो ।



- See more at: http://www.khabarpati.com/2013/06/topless.html#sthash.rqg7l7kb.dpuf
अमेरिकी राष्ट्रपति बाराक ओबामा समक्ष आफ्नो कुरा पुर्याउनको लागि दुई महिलाले अनौठा तरिका अपनाएका छन् ।
यहि बुधबार बिहान अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मनीको बर्लिनमा सम्वोधन गर्न लागेको भाषण अगाडी दुईजना महिलाहरु टपलेस भएर विरोध गरेका छन् ।
फिमेन (FEMAN) नामक युक्रेनमा रहेको एक महिवादी समूहले विभिन्न ठाउँहरुमा आफ्नो माग सुनुवाई गर्नको लागि टपलेस प्रदर्शन गर्दै आएको  छ । यी दुई महिलाहरु पनि सोही संस्थाका सदस्यहरु रहेको बताइएको छ ।

बेलायती सञ्चारमाध्यम डेल्ली मेलले जनाएअनुसार चार महिना अगाडी टपलेस प्रदर्शन गरेको आरोपमा ट्युनेसियामा ४ महिलाहरुको समूहलाई जेल चलान गरिएको थियो । उनीहरुलाई हिरासतबाट मुक्त गराउनुपर्छ भन्दै उनीहरुले सो प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाएका ती महिलाहरुले आफ्नो छातीमा रातो रंगले बाराक ओबामा हाम्रो कुरा सुन भन्ने नारा लेखेका थिए ।
ओबामा कार्यक्रमस्थल आउनुअगाडीले जर्मनी प्रहरीले ती महिलाहरुलाई नियन्त्रणमा लिइसकेको थियो ।



- See more at: http://www.khabarpati.com/2013/06/topless.html#sthash.rqg7l7kb.dpuf