Tuesday, August 20, 2013

प्रत्यक्ष र परोक्ष नाफामुखी सेक्सबजार

विनोद ढकाल......
जब भारतमा व्यापारको बहानामा अंग्रेजहरूको प्रवेश भयो, त्यसपछि त्यहाँ स–साना झुण्डमा रहेका राज्यहरू र तिनका राजाहरूको अस्तित्व संकटमा प¥यो । उनीहरू संवैधानिक बन्दै गए र अंग्रेजहरूको शासनले व्यापकता पायो । तर, राजा–महाराजाहरूलाई आफ्नो सियासत जसरी पनि जोगाउने बाध्यता थियो । घरेलु हतियार र सुरासुन्दरीको भरमा राज्य चलाइरहेका राजाहरूले अंग्रेजहरूलाई खुसी बनाउनुपर्ने अनिवार्यता पनि थियो । अन्यथा, उनीहरूको राज्यमा केही सीप चल्ने भएन ।
अंग्रेजहरूलाई खुसी बनाउनका लागि आफ्नो दरबारमा नाच्ने, सुखभोग गराउने, स्त्रीहरूलाई अंग्रेजहरूकहाँ पठाएर उनीहरू सियासतका राजा भएर बसे । यो उनीहरूको सेक्स घुस थियो, राज्य टिकाउनका लागि । विस्तारै अंग्रेजहरू भारतीय सुन्दर महिलाहरूसँग रम्न थाले, भोगमा विचलित हुन थाले र राजाहरूले शासनलाई कायम राख्न सके । यद्यपि, स्वतन्त्रता संग्रामभन्दा निकै अघि भारत यो अवस्थाबाट गुज्रिरहेको थियो । कतिपय राज्यमा अंग्रेजहरूले उनका नर्तकी र यौनसुख दिनेहरूसँग विवाह मात्र गरेनन्, सियासतका राजकुमारी पनि बनाएका उदाहरणहरू छन् । तर, ती यकिन र पुष्टिका आधारभन्दा कथामा सीमित रहेको पाइन्छ । 
अमेरिकी अभिनेता स्टिभ मार्टिनसँग सेक्सका बारेमा पत्रकारले सोधेका थिए, ‘सेक्स भनेको के हो रु कस्तो वस्तु हो रु’ उनले सेक्सलाई अति सरल रूपमा व्याख्या गरिदिए । उनले भनेका थिए, ‘सेक्स त्यस्तो चिज हो, त्यो किनेर उपभोग गर्न पाइन्छ ।’ अर्थात् सेक्स बजारीकरण भइसकेको छ, खरिद गर्दा पाइन्छ भन्ने नै उनको तर्क थियो । आधुनिक समाजको स्थापना गर्नका लागि पश्चिमाहरूको उदाहरणको मुलुक बनेको संयुक्त राज्य अमेरिका आफै युवाहरूले बनाएको मुलुक हो र त्यहाँका युवाहरूले ऊर्जाका लागि सेक्सलाई नियमित रूपमा उपभोग गर्नुपर्ने व्याख्या गरे जसका कारण अन्य काममा पनि ऊर्जा थपिने र निर्भिक रूपमा काम गर्ने प्रचलन बढेर आयो । अहिले सोही ठाउँमा नीलो फिल्म उत्पादनलाई कानुनले पनि मान्यता दिएको छ र त्यस्ता फिल्मको प्रमोसन पनि राम्रोसँग हुने गरेको छ । यो एउटा व्यापारका रूपमा पश्चिमबाट फक्रिएर आएको विषय मात्र बनेन, यसले विश्वबजारमा एसियालाई पनि तान्यो । अहिले एसियाका कैयन मुलुक प्राकृतिक होस् अथवा कृत्रिम सेक्सबजारबाट मनग्ये आम्दानी गरिरहेका छन् ।
सेक्ससँग जोडिएका व्यापार सामान्यतया प्रत्यक्ष मात्र पनि छैनन्, परोक्षरूपमा पनि यस्ता व्यापार अघि बढेको पाइन्छ । मिडियादेखि तरकारी बजारसम्मले पनि सेक्ससँग जोडिएका अनेक व्यापार प्रचूर बनाएका छन् । फलतः विश्वबजारमा कन्डोम कम्पनीहरूले आर्जन गरेको आर्थिक समृद्धि एउटा उदाहरण बन्न सक्छ । 
विश्व हल्लाउने
गरी फ्रान्सको ट्याबोलाइड पत्रिका क्लोजरले बेलायतकी राजकुमारी केट मिडलटनको टपलेस तस्बिर छापेको थियो । उक्त तस्बिर सार्वजनिक भएपछि युरोप–अमेरिकामा केटको भयंकर चर्चा भयो । त्यस चर्चाको प्रभावले पूर्वी तथा दक्षिण एसिया पनि हल्लिएको थियो । केट र राजकुमार विलियमको त्यो तस्बिर क्लोजरका लागि नाफामूलक मात्र सावित भएन, चर्चाको निकै उचाइमा पु¥याउने ठूलो सनसनी पनि भयो । उसले सेक्स र सुन्दरता दुवैलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो र फ्रान्सले लेखेको उक्त समाचारले युरोप लामो समयसम्म चर्चामय भयो ।
त्यसो त विश्वबजारमा कुख्यात पत्रिकाहरूले सेलिब्रिटीहरूको सेक्स स्क्यान्डल र रिलेसनसिपका बारेमा पनि लेख्ने गरेका छन् । बजारमा बिक्री हुने उक्त शैलीलाई अखबारले पछ्याउनुका पछाडिको कारण आफ्नो व्यापार नै हो ।
यो बाहेक विवाह नगरी एक्लै बसेका वा लामो समय विदेश रहेका कारण श्रीमतीबाट यौनसुख नपाएका पुरुषहरूलाई लक्षित गरेर निर्माण गरिएको सेक्स डलको सुविधामा वृद्धि हँुदै गएको छ । जापानले रबरको आकर्षक सेक्स डल निर्माण गरेपछि अमेरिकामा हालै सम्पन्न सेक्स एक्स्पोमा रोबोट सेक्स डल प्रस्तुत गरिएको थियो । 
पहिलो संस्करणको सेक्स डलले यौनसम्पर्कका बेला कुनै किसिमको प्रतिक्रिया देखाउँदैनथ्यो । अमेरिकामा प्रदर्शन गरिएको रोक्सी सेक्स डलले केही संवाद बोल्नुका साथै यौनसम्पर्कका बेला प्रतिक्रियाहरू पनि जनाउने निर्माण कम्पनीले बताएको थियो । 
अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो सेक्स डलले बजार लिने देखिएपछि जापानको सेक्स डल निर्माण कम्पनीले कुमारी सेक्स डलको निर्माण गरेको छ । यौनसम्पर्कका बेला योनिबाट रगत आएको अनुभूति होस् भनेर कुमारी सेक्स डल निर्माण गरिएको हो । कुमारी सेक्स डलमा कृत्रिम पर्दा लगाइएपछि यौनसम्पर्कका बेला रगतजस्तो पदार्थ निस्कन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको यो कुमारी सेक्स डल साढे २ किलो तौलको छ भने यसको बजार मूल्य ९६ अमेरिकी डलर छ । सेक्सको व्यापारीकरण, बजारीकरणको यो नयाँ तरिका थियो । कृत्रिम रूपमा पनि विश्वबजारमा सेक्सको व्यापार बढेको छ ।   
एसियाका लागि प्रख्यात सेक्स टुरिज्मको थलो बनेको छ, थाइल्यान्ड । नेपालदेखि पनि पर्यटकहरू प्रतिवर्ष थाइल्यान्ड जाने गरेका छन् । सेक्सको बजारले यति धेरै आर्थिक वृद्धिदर दियो कि चीन, भारत, नेपाल, पाकिस्तान, रुस, युरोपलगायतका देशका महिलाहरू पनि रोजगारीका लागि थाइल्यान्ड जान थाले । अहिले पनि उक्त मुलुकमा निकै देशका युवतीहरूले रोजगारी पाएका छन् र राम्रो आम्दानी गर्न सफल पनि भएका छन् । कानुनी मान्यता दिएर सरकारले सबैभन्दा ठूलो राजस्व पनि सेक्सबजारबाट नै लिने गरेको छ ।
यी सन्दर्भहरू नेपालको अहिलेको अवस्थासँग कति जायज हुन सक्छन्, कतिपय नहुन पनि सक्छन् तर सौन्दर्य बजारमा तीव्र रूपमा हुर्किरहेको नेपालका लागि यो अति उपयोगी नजिरका रूपमा सावित हुन सक्छ । राज्यको आम्दानीको स्रोत वा राज्यको आर्थिक व्यवस्था राजनीतिक परिवर्तनले मात्र सम्भव हुँदैन, त्यसको सहज व्यवस्थापन र त्यसमा पनि सबैभन्दा ठूलो पाटोमा रहेको विश्वबजारमा व्याप्त सेक्सबजार नै हो भन्ने ठाउँ छ । 
वैज्ञापनिक दुनियाँ, ग्ल्यामरसमा झुमेको विश्वसँग कसैको केही चल्दैन । मान्छे, खरिद गर्न सक्ने सुन्दरतालाई आफ्नो बगँैचामा सजाउन चाहन्छ । त्यसैले पनि बगैँचा लगाउनेहरूको घरअगाडि गुलाब फुल्नुलाई अचम्म मानिदैन । फूलहरू बीचमा किन गुलाबको चर्चा हुन्छ रु सम्भवतः त्यो निकै सुन्दर हुन्छ र त्यसलाई फूलहरूको राजाको रूपमा 
परिभाषित गरिन्छ ।
नेपाली विज्ञापन बजारमा सौन्दयर्ताको बिक्री व्यापक छ । सायद दुनियाँको बजारसँग निरन्तर प्रतिस्पर्धात्मक हुन नसक्ला तर केही हदसम्म भए पनि नेपाली बजारमा सौन्दर्यताको बिक्री बढेको अनुभूत हुन्छ । सौन्दर्यतासँगै कानुनी अडचनमा कायम राखेको सेक्सबजार पनि सानो छैन । बृहत् सेक्सबजारका रूपमा रहेको नेपालमा अहिले पनि सेक्स टुरिज्मको राजनीतिक आवाज निरन्तर उठ्न थालेको छ । 
हो, नेपालको पहिलो उद्योग र निर्यात गर्न सक्ने उत्पादन ऊर्जाको विकास नै हो तर ऊर्जाको विकासमा राजनीतिक इच्छाशक्ति र मुलुकको लगानी व्यापक हुन नसक्दा ऊर्जामा निकै कमजोर बनेको छ, नेपाल । तर, अर्को विशाल उद्योगका रूपमा परिचित बनेको छ, पर्यटन उद्योग । अहिले पनि नेपालमा पर्यटन उद्योग निरन्तर चलायमान छ र पछिल्लो समयमा सेक्स पर्यटनको आवाज उठ्न थालेको छ । सौन्दर्य बजारको आकर्षण पनि सेक्ससँगै जोडिएको हुन्छ तर त्यो पूर्ण होइन, त्यसले अपिलको काम गर्छ तर पूरा सेक्सबजारको व्यवस्थापकीय जिम्मेवारी कानुनी आधारमा राज्यले गर्ने हो भने आम्दानीका प्रचूर सम्भावना देखिन्छन् ।
अतः मुलुकको अर्थतन्त्र वस्तुगत सामग्री र दैनिक उपभोग्य ठोस पदार्थमा मात्र सीमित छैन । मुलुकको अर्थतन्त्र धान्नसक्ने प्रचुर क्षमता अन्य क्षेत्रमा पनि छ । अझ नेपालको तुलनामा पर्यटन नै प्रमुख हो भन्नेमा दुईमत छैन । पर्यटनभित्र पनि सेक्स पर्यटनले व्यापकता पाउन सक्नेमा दुईमत राख्न सकिन्न । विश्वबजारमा प्रकृतिको सुन्दरतासँगै पर्यटनका विविध पाटामा हुने लगानीले अर्थतन्त्रको जग अझ बलियो बनाउने सबैले विश्लेषण गरेकै हुनुपर्छ । उत्तरआधुनिक शैलीमा ढल्किन थालेको नेपाली समाजमा आर्थिक पाटो पनि त्यही समाजको गतिमा दौडाउन सके मुलुक कसो नबन्ला ?

Monday, August 12, 2013

यौन आवश्यकता, हिंसा र बदलिँदो सहर

पूर्वीय संस्कृतिलाई पल्टाउने हो भने वेदहरुमा उल्लेख छन्, यौन कर्मका कथाहरु । हिन्दु धर्मप्रति आस्था राख्नेहरुले कथालाई विश्लेषण गर्ने हो भने उल्लेख छन्, यौन चरित्रका कयन उदाहरणहरु । यद्यपि ग्रन्थ र वास्तविक जीवन फरक हुन्छ । त्यसमा पनि नेपाली जीवनशैली, अल्पविकसित र तहगत भिन्नतामा हुर्किरहेको समाजमा तुलनात्मक विश्लेषण अनिवार्य छ । कति सरकारी अड्डाहरु, नीजि उद्योगहरु, मनोरञ्जनका उद्योगहरु, मिडियाहरुमा यौनहिंसाका घटना बृद्धि भइरहेका छन् ? यो विस्तारै उजुरी, मुद्दा र कारबाहीका ग्राफहरुले सावित गरिरहेका छन् । यद्यपि, प्रकाशमा आएजतिमात्र पनि सत्य होइन, सहरको सत्य फरक छ । सहरको यौनयात्रा फरक छ । यन्त्रहरुको आयात भइरहेको सहरमा यौनका खेलौनाका पसलदेखि गर्भपतनका तथ्यांकमात्र होइन स्वास्थ्यमन्त्रालयले हरेक वर्षमा सार्वजनिक गर्ने यौनसम्बन्धि तथ्यांकहरु सहरको यौनचिन्तनको नजिक छन् । यद्यपि, नेपाली बजारमा दौडिरहेका छापा, विद्युतीय सञ्चारमाध्यमहरुमा आएका बलात्कारका घटनाका समाचारहरु, त्यसमा उल्लेख पीडित र पीडकको कर्महरु तुलनात्मक रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
यो महिनाभरी न्युजडेस्कमा बसेर बलात्कारका घटनाहरुको समाचार सम्पादनगर्ने क्रममा एउटा सामान्य सर्वेक्षण भयो । यौनहिंसाको तहगत सर्वेक्षण । अधिकांश यौनहिंसा बलात्कारका रुपमा आए । ७० वर्षका बृद्धले १२ वर्षकी बालिका, पाँच युवाले सामुहिक बलात्कार यस्ता यस्ता । यो नेपाली समाजमा हुने गरेको, मोफसलमा देखिएको यौनहिंसाको चरम रुप हो । यसबाहेक सहरमा पनि विभिन्न प्रकारले भएहोला, घरभित्र जवरजस्ती पनि भएहोला तिनले सञ्चारको आँगन छुएको भेटिएन । तर, सहरभित्र यौनसँग सम्बन्ध राख्ने योमात्र पनि घटना होइन ।
त्यो वागबजार थियो, जहाँ म केही महिलाहरुले ‘लिभिङ टुगेदर’को आपसी बहसलाई उत्तेजित बनाएको भेटिरहेको थिएँ । एउटा उत्तरआधुनिक समाजमा हुर्किएका केही महिलाहरु थिए सायद– कैला, राता, खैरा कपालधारीहरु । जिन्स, वानपिस, यस्तै नामका बस्त्रधारीहरु थिए जसले बहसलाई अधिकतम सुखका नजरमा कफिको स्वादसँग दशैंको पिँगझैं मच्चाइरहेका थिए ‘लिभिङ टुगेदर इज सिम्पल थिङ’ को अंग्रेजी तर्कसँगै । हो उनीहरुको तर्क एउटा तहको नेपाली समाजका लागि समान्यीकरण गरेर हेर्न सकिन्छ । तर, लिभिङ टुगेदरको न्युनतम आधार के हो ? त्यसको प्रकृति के हो ? र, त्यो कुन अवस्थाका लागि जायज हो ? भन्नेबारेको विश्लेषणयुक्त हुँदा त्यसलाई सामान्यीकरण गर्न सकिन्छ । उनीहरुको बहस एउटा उत्ताउलो समाजको फुर्सदको कथाजस्तो मात्र थियो, जसलाई समाजसँग जोडेर, जाँचेर मुल्यांकन गर्नैपर्दछ ।
नेपाली समाज र त्यसमा हुर्किरहेका महिलालाई अहिलेपनि तीन तहमा राखेर बुझ्न अनिवार्य हुन्छ । पहिलो, उच्चआधुनिक समाज शिक्षित र धनाड्यवर्ग । दोस्रो, निम्नमध्यम वर्ग अर्धशिक्षित समाज र तेस्रो गरिवीको रेखामुनि रहेको महिलाहरुको अशिक्षित समुदाय । यी तिनै समुदायभित्रको भौतिक बनोटमा कुनै फरकपन छैन । तर, सामाजिक संरचनाको भुमिका भने यी समाजहरुमा आकाश पातालको फरक छ । उच्च वर्गका लागि लिभिङ टुगेदरमात्र होइन, मनलाग्दी खर्च गर्न चाहेअनुसारको बस्तु खरिद गर्नका लागि कुनै समस्या छैन । खासगरी सहरमा यस्ता वर्गका लागि सेक्ससमेत खरिद गर्दा सहज रुपमा पाउने व्यवस्था आइसकेको छ । निम्नमध्यमवर्गका लागि संरचनागत रुपमा धनाड्यवर्गभन्दा अलि तल राखेर हेर्नुपर्दछ । यो समाजमा हुर्किएका महिलाहरु भविष्यका द्रष्टा, वर्तमानका सृजना हुनसक्छन् । तर, तल्लो तहका महिलाहरु जे अहिलेपनि घुम्टोमुनी अनुहार राखेर श्रीमान्को विकल्पबारे सोच्न पनि सक्तैनन्, उनीहरुको शैक्षिक तहपनि निक्कै कमजोर छ ।
एक तह जीवनलाई बन्धनको भुमरी राखेर बस्न विवश छन्, अर्को तह तिव्र सहरीकरणको नियोजित उपभोगमा तल्लिन । लाग्न सक्छ स्तम्भकारले महिलाको पाटोलाई फरक ढंगबाट उठायो, हिंस्रक लेख्यो । तर, सहरको तथ्यबाट उम्किएर हिँड्न कोहीपनि सक्तैन । स्थानीय स्वायत्त शासन ऐनको विधयेकको उपभोग होस् वा कानुनी मान्यताको प्रयोगको अवस्था अहिले सहरी महिला फरक ढंगबाट उम्किन थालेका त्यहाँ तयार पारिएको रिपोर्टले बोल्छ । यो आलेख त्यो प्रवित्तिसँग नजिक भएकाहरुप्रति लक्षित हो र प्रवित्तिलाई नयाँ ढंगको नाममा दुरुपयोग गर्ने शैलीको आलोचनाका लागि हो ।
अहिले तिव्र सहरीकरणमा हुर्किएको परिवारमा सम्बन्ध विच्छेदको क्रम कम छैन । अदालत, वकिलका कार्यालयहरुमा यस्तो क्रम निरन्तर बढ्नुको पछाडीको कारण के हो ? यसको रहस्य के हो ? उर्जाशिल समाजमा किन यो क्रम बढिरहेको छ ? यो कमजोरी समाजको सोच्ने तरिकाको हो अथवा केही महत्वकांक्षा र अवसरका नाममा भुक्तभोगीहरुको नियोजित कर्म हो ? एकजना वकिलले भने,– ९० प्रतिशत सम्बन्धविच्छेद महिलाहरुको व्यक्तिगत स्वार्थका कारण हुने गरेको छ । सहरमा यो क्रम निरन्तर बढ्नुको पछाडी पुरुषका दोष भयानक छैनन्, महिलाका दोष नियोजित भेटिन्छन् ।’
एउटा व्यक्ति बहुमहत्वकांक्षा र अधिकतम सुखको चाहनामा बाँच्नु स्वभाविक हो । एउटा समाज छ जो यी बन्धनहरुबाट मुक्त हुन सकेको छैन र महत्वकांक्षालाई बाध्यता र परम्पराको खोलभित्र राखेर हुर्किरहेको छ, अर्को समाज छ जो आधुनिकताका नाममा यी सवै महत्वकांक्षालाई अधिकतम रुपमा प्रयोग गरेर हुर्किरहेको छ । यी दुई समाजमा वडो उदेकलाग्दो सत्यचाँही विवशताको खोलमुनि बसेकाहरुको अधिकारको लडाँई आधुनिकताको उपभोग गर्नेहरुको एनजिओ, राजनीतिक पार्टी, समाजसेवी संगठन र अधिकारवादी संस्थाका नाममा व्यापक हौवाका रुपमा परिभाषित हुन्छ । वास्तविक तप्काको विषयमा गहन किन हुन नसकेको हो ?
‘महिलाको प्रयोग गरेर पुरुषवादी समाजले हिंसा ग¥यो’ भन्ने आवाज व्यापक बनीरहेको छ । तर, वैज्ञापनिक दुनियाँमा हिंसापीडित भएका आवाजहरु किन छैनन् ? हिंसा अरुले गरेका हुन् वा आफैं हिंसापीडित हुने पथमा लागेका छन्, महिलाहरु ? विचरणीय नै छ । जव सुन्दरीप्रतियोगिताको विरोध गरे केही लेखकहरुले, त्यसविरुद्ध उर्लिएको थियो सहर । जव तत्कालिन गृहमन्त्री बामदेव गौतमले यौन कृयाकलापको विरोधमा प्रशासनलाई उतारे, तिनकुनेमा आमसभा गरी उनको पुत्ला दहन भएको थियो । कसैले पनि यी मुद्दाहरुको सहज अवतरणको विकल्प दिने कोसीस गरेको पाइएन । न अधिकारकर्मी, न राज्य न उत्पीडित स्वयम् पनि । यौनहिंसाको आवाज असली पीडितबाट सायदै सुनिएको छ । सायदै उनीहरुले समाजमा, कानुनमा खुलेर कुरा गरेका छन् । सायदै ती मुख्य पीडितहरु जो समाजमा यौनहिंसाको प्रताडनामा परेको उल्लेख गरेर न्याय मागिरहेका छन् ।
एकातिर यस्तो अवस्था हुँदाहुँदै अर्कातिर यौनपर्यटनको आवश्यकता पनि उल्लेख हुन थालेका छन् । यहाँनेर नेपाली बजारको तहविभाजन हुन्छ । यहाँनेर नेपाली समाजबीचको फरक छुट्टिन्छ । एउटा समाज उत्तरआधुनिक पथमा लागिसकेको छ र अर्को समाज परम्परागत न्यायको खोजीमै छ भन्ने यथार्थको पुष्टिकरण यहाँ हुन्छ ।
नारीवादी आन्दोलनसँगै परम्परागत रुपमा पुरुषले मात्र गर्ने भनी विश्वास गरिएको यौन पर्यटनमा महिला उत्पीडित भएको आवाज नउठेको होइन । तर, १९ औं शताब्दीको मध्यबाट सुनिन थालेको थियो– पति, बालबच्चा र घरायासी कामकाजबाट दिक्क भई यौनको मजा खोज्ने धनाढ्य महिलाहरु पुरुष खोज्न थाले । क्यानाडाका महिलाहरु यसमा अगाडी थिए । महिला यौन पर्यटकहरुको गन्तव्यमा सुरुमा दक्षिणी युरोप क्यारेबियन र अमेरिकी राष्ट्रहरु हुने गरे पनि इन्टरनेटमा फिमेल सेक्स टुरिजमको बारेमा सर्च गर्दा नेपालको नाम पनि भेटिन थालेको छ । विशेषगरी पदयात्रामा जाने महिला पर्यटकहरुले नेपालका पुरुष पथप्रदर्शकहरुबाट यौनको स्वाद लिने गरेको पाइन्छ । यसलाई यौन हिंसा भन्ने वा के भन्ने ? यो कुन विश्वको चरित्रले नेपाललाई ढाकिरहेको छ ?
यी सन्दर्भहरुले नेपाली समाजको मुहारलाई खुलाउँछ । यी सन्दर्भहरु नै हुन् नेपाली सहर र गाउँको फरक छुट्याउने यथार्थ । एउटा समाज छ निरन्तर न्यायका लागि लडिरहेको छ, एउटा सहर छ पश्चिमा समाजसँग घुलित भइसकेको छ । सहर बदलिँदो छ, मानिसका सोचहरु बदलिँदा छन् । आधुनिकताले सहर ढाकेको छ तरपनि यथार्थविनाको नियत, नियतअनुसारको पीडा परिवर्तित सहरमा चर्चामय छ ।

Friday, August 9, 2013

साइबर लभ-४

धेरैपछि उनले लेखिन्–‘म कसैको विषयको साधन होइन । मलाई कसैको विषयको साधन बन्ने रहर पनि छैन ।’ मेरो कथाको वालापनमै पोलियोको सिकार हुने खतरा बढिरहेको छ । उनको यो तर्कबाट मेरो कथालाई औंलो लागेको अनुभुत हुन्छ । मुलुकबाट औंलो उन्मुलन भएको कयन भयो होला, मेरो शव्दहरु अहिले पनि यसका प्रभावमा प्रताडित हुन थालेका छन् । 
म अन्तरमनमा शव्दहरुको छालसँग रुमल्लिरहेको छु–एउटा विषयको अन्त्य हुन सक्तैन । तर, त्यसका सन्दर्भहरु फरक कोणबाट वग्न सक्छन् । उनीसँगको मेरो सम्बन्ध कुन कोणबाट वगिरहेको होला ? उनीसँगको मेरो नयाँपन कुन सन्दर्भसँग नजिक होला ? ठ्याक्कै, ठम्याउन सकिरहेको छैन, मैले । उनको तर्क मेरो च्याटवक्समा उत्रिएपछि दोहोरो वार्तालाई कसरी निरन्तरता दिने होला ? प्रश्नहरुसँग छुत्ती खेलिरहेको छु, उत्तरहरुको भेउ पाउन सकेको छैन ।
०००
उनी आजभोली मसँग रुष्ट हुनुका कारणहरु म खोज्न सक्तिन ।
सहर र सहरसँग जोडिएका अनेकन रहरहरु  जोड्न सक्तिन । त्यसमाथि उत्तरआधुनिक समाजमा हुर्किनु र समय विताउनुका रहस्यहरु फरक हुन सक्छन् । म नेपाली समाजसँग गतिशिल बनेर नयाँ समाजको नजिक जान खोजिरहेको छु–इन्टरनेटको सुत्राधार मार्फत, बारम्बार । उनीसँगको मेरो सम्बन्ध यहाँ होइन, त्यहाँ फरक ढंगबाट अघि बढ्नेछ भन्ने मेरो कल्पनामा अडिएको थियो । तर, लाग्छ, यो भताभुंग हुँदैछ । उनमा आएको क्षणिक परिवर्तन, उनमा आएको नयाँ चिन्तन, उनले अँगालेको नयाँ सोच, उनले सोचेको पश्चगामी समाजको चित्रसँग । पश्चगामी, पश्चिमा पश्चगामी सोच ।
०००
उनी बारम्बार जीवनको आकारको कुरा गर्थिन् । उनका शव्दहरु उमेर योगसँग निरन्तर जोडिएका हुन्थे । प्रेमलाई वास्तविकतासँग नजरअन्दाज गर्ने उनको शैली थियो । त्यसैले उनी पीरामिडको कुरा गर्थिन् । भारी बर्षा भइरहेको छ, बाहिर । असिना खसेको छैन, टिन बज्रिरहेको छ । सहरको गल्ली खहरे भएको छ, विजुली आउने जाने निरन्तर चलिरहेको छ । विछ्यौनाको कुनामा सिरानीलाई आड लगाएर म इन्टरनेटको इनबक्स कोट्याइरहेको छु ।
‘पीरामिडको कुरा गर्छौ तिमी । प्रेममा पीरामिडको अवस्था जहिलेपनि सुल्टोबाट दौडिरहेको हुन्छ । सायद, जीवनको सुरुआत, कर्मको बाटो उल्टो पिरामिडबाट बगेका कारण मेरो प्रेमको महत्व उल्टोबाट सुरु हुन्छ, तिम्रो प्रेमको महत्व सुल्टोबाट अभिव्यक्त हुन्छ होला ।’ मैले कोरेको शव्द उत्रियो, रहरमा, लहडमा फेरि ।
०००
घरि घरि लाग्छ, बाघ भोको हुँदा घाँस खाने कथा मैले सुनेको छैन । मेरो जीवन बाघको खुवाइको अर्थसँग जोडिएको छैन । म सँधैभरी कमिलाको दिनचर्यालाई कायम राख्ने मान्छे । गन्तव्य कहाँ हो ? थाहा छैन तर फुर्सद छैन । निरन्तर यात्रा चलिरहेको छ, भारी बोकिरहेको छु । समाजको, सहरको, रहरको, बाध्यताको, कर्मको, निरन्तर । उनका यस्ता टिमुर्केका कुराकानीले घरिघरि मलाई रनाहा छुटाउँछ । च्याटबक्समा उनीमात्र हैन, मेरा लागि पनि केही मान्छे मरिहत्ते गरेर बसीरहेका छन् भन्ने पनि लाग्छ । तर, उनीसँगको संवाद एउटा भावनाको पुलिन्दा बनाउन सक्षम भएका कारणले मैले त्यो कारणलाई निमिट्यान्न बनाउने सोच पनि गर्न सक्तिन । उनीसँगको संवाद भनेको लिलिपुटहरुको सहरमा गएर भाषण गरेको होइन, विल्कुल मनदेखि मुटुको चालदेखि ध्यान एकछत्र केन्द्रित भएको विषय हो । ‘विषय मैले बनाउन खोजेको होइन, मैले पात्र पनि खोजेको होइन, तिमी त्यो चिज हौ जुन मेरो सृजनासँग घुलित भएर संवादको चरणमा आयौ तर संवेदनाको वेगपनि साथै ल्यायौ ।’ म उनलाई भनिरहेको छु ।
०००
‘मान्छे कति वासना आउँछ र कति गन्हाउँछ भन्नेले उसका दुइटा बाध्यताहरुमाथि प्रकाश पारिरहेको हुन्छ । वासना आउँदा ऊ सोखको जीवनलाई संगालिरहेको हुन्छ र पूँजीवादी अर्थतन्त्रको वकालत गरिरहेको हुन्छ, गन्हाउँदा ऊ क्रान्तिकारी र सामान्य आधारभुत अधिकारको आँसु छाडिरहेको हुन्छ । म पनि नदेखिनेगरी शव्दबाट थोपाहरु चुहाउँछु अलि–अलि, त्यसकारण तिम्रो बासनासँगको सम्बन्ध मेरो पसिनाले कसरी गाँस्न सक्ला ?’, उनको इनबक्सतिर म पोष्ट गरिरहेको छु । यो मेरो पछिल्लो पोष्ट खसेपछि उनी मसँग आक्रोशित भइन होला, म सोचीरहेको छु । जव झरीका लागि वादलको आवश्यकता पर्न छाडिसक्यो, घामका लागि दिनको आवश्यकता पनि हुन छाड्यो, उज्यालोका लागि अँध्यारोको महत्व घटिरहेको विश्वमा मेरो शव्दमाथि क्रोध जन्मनु कुने नौलो होइन । तर, म निरन्तर उनलाई संवेदनाको अर्थ बुझाउनका लागि यी सवै कुराहरु गरिरहेको छु ।
हुँदो रहेछ, जव आकाशबाट ताराहरु झिलमिलाएर धर्तीमा खसौंला झै गर्छन्, यानहरु धुवाँको रेखा छाडेर अर्को विश्वमा पुगेको संकेत गर्छन्, आकाशतिर नियाँलेर त्यता आउने रहर ।
मान्छे कति कल्पनामा पनि बाँचेको हुन्छ, कल्पना जव यथार्थको बलेसींमा बजारीन्छ, मानिसमा केही परिवर्तन हुन सक्छ तर त्यहाँभित्रको प्रेम अजम्बरी नै हुन्छ । त्यसकारणपनि आकाशतिर नियाँलेर केही महत्वकांक्षामुखि प्रेमिल दिनको कल्पना स्वभाविक हुन थालेको छ ।
यो दुनियाँ छुटे पनि, नरहेपनि मेरो प्रेम उनीप्रति, कम हुने हैन, उनले माने पनि नमाने पनि, उनले ठानेपनि नठानेपनि, उनले यो बाटो मोडेर अन्तैतिर लागेपनि आखिर फूलहरुको संसारमा म रुमल्लिसकेको थिएँ, त्यसलाई परिवर्तन गर्न सक्तिनन् उनले पनि । फूलहरुले आफ्नो अर्थ थाहा पाउने भए ओइलाउँदैन थिए होला, आवरणको सुन्दरता फूलसँगको तुलनाका लागि काफि होला, म आवरणसँग हैन अन्तरमनसँग घुलित हुने कोशिशमा थिएँ, उनले मलाई रेसपोन्स गरिनन्, किन ? योसँग पनि अव सरोकार हुन छाड्यो । म फूलसँग प्रित लाउनका लागि फूलको प्रतिक्रियाहरुको पर्खाइमा रहन्न अव, अक्षरहरु जोडिरहेको छु । किनभने म सहरको एउटा कोठामा बन्दिजस्तो छु । अन्तरमनको बन्दि । आफ्नै बन्दि । आफ्ना शव्दहरुको घेराभित्रको बन्दि, अन्तरसंवादबाट पीडित भएको छु । यसको उद्दार शव्दबाट नै हुन्छ, उनको शव्दबाट, आश छ हुनेछ । म त्यसको प्रतिक्षामा फेरिपनि इनबक्समा नियाँलिरहेको छु । मेरो इनबक्स निक्कै बेरसम्म पनि खाली छ, रातको २ बजीसकेको छ, यहाँ । काठमाण्डू निधाइसकेको छ, बस म जागेको छु । विरालो कराउन थालिसके, भूतहरु जागे सायद । तर, म निरन्तर इनबक्सतिर नियाँलिरहेको छु.....निरन्तर, बारम्बार, फेरिपनि ...उत्तरको पर्खाइ छ ।
  
Sunday, August 4, 2013

हिंसा केलाई मान्ने ?

मानिस प्राकृतिक प्राणी रहेका कारण प्रकृतिले दिएका हरेक गुणहरुसँग नजिक हुन्छ भन्नेमा कोही पनि मतभिन्नतामा रहन सक्तैनन् । यसकारण पनि मानिसमा यौन चाहना हुनु अस्वभाविक होइन, यौन आकर्षण हुनु अस्वभाविक होइन । विश्वमा गरिएको सर्वेक्षणले एक पुरुषले दिनमा नौ पटक यौन चाहनाको इच्छा राखेपनि महिलाले १९ पटकसम्म राख्ने रिपोर्टको तथ्यसँग कोही भाग्न मिल्दैन । अहिले नेपाली समाज, सहर र काम गर्ने प्रतिष्ठानहरुमा यौन हिंसाको कुरा निक्कै व्यापक हुन थालेको छ । अझ, मिडिया हाउसका चर्चा कम छैनन् । तर, के यसमा कसको दोष छ ? मिडियामा काम गर्नेहरुको मात्र हो ? अथवा यसको प्रमुख कारण के हो ? यसबारेमा टिप्पणी गर्नु स्वभाविक ठानेर व्लगमार्फत केही धारणा राख्न चहान्छु । यो मेरो व्यक्तिगत विचार भएकाले पनि यसलाई सार्वजनिक गर्नका लागि व्यक्तिगत व्लगलाई नै आधार बनाएको हुँ ।

–एउटा टेलिभिजन कार्यक्रमको रिपोर्ट देखेर म छक्क परें । महिला हिंसाको नाममा सार्वजनिक सवारीसाधनको अवैज्ञानिक भिडियो सहित देखाइएको थियो, रिपोर्ट । बाध्यताको यात्रालाई हिंसाको कोणबाट प्रस्तुत गर्ने समाचार कक्षलाई बधाई छ । तर, यदि महिला हिंसाकै रिपोर्ट गर्ने हो भने डिस्को, डान्स र बारमा किन रिपोर्टटिंग नगरेको ? त्यहाँ हिंसा छैन ? यौनहिंसा छैन ?

–क्षमता, हिम्मत र कार्यशैली भन्दापनि रुपको योग्यता निक्कै महत्वपूर्ण हुने गरेको छ । त्यसकारण पनि विश्वामित्रको ध्यान भंग भएको थियो भन्ने पौराणिक कथाहरु पढ्दा हुन्छ । त्यस्ता मेनकाहरु जसले अवसरका लागि अहिलेको नेपाली समाजमा आफ्नो रुपलाई बजारीकरण गरेका छन्, तिनले के गरिरहेका हुन् ? तिनका कारणले अन्य मानिसको सामाजिक प्रतिष्ठा र प्रतिष्ठानमा रोजगारीमाथि हिंसा भएको छैन ?

–हो, बलात्कार हिंसा हो । दुव्यर्ववाहार हिंसा हो । अनिच्छासँग जवरजस्ती हिंसा हो । तर, मनपरेसम्म सहमति र मन नपरेपछि हिंसा भनी गर्ने उजुरीको परम्पराले नेपाली समाजका प्रतिष्ठानहरुमा काम गर्नेको चरित्रहत्याको क्रम कहिलेसम्म हुने हो ? अरुलाई खराब देखाएर आफु पानीमाथिको आभानो बन्ने कानुनको के अर्थ भो ?

–आफ्नो अवसरका लागि जे पनि गर्न तयारहरु मिडिया, फिल्म र अन्य निकायमा देखिएको छ । वैंकिंग क्षेत्रको कुरा पनि निक्कै छन् । यीनलाई कुन रुपमा व्याख्या गर्ने हो ? कसरी विश्लेषण गर्ने हो ?

–पुरुषले गरेको जबरजस्ती हिंसा भएजस्तो महिलाले गरेको जबरजस्तीलाई हिंसा मान्ने कि नमान्ने ? पुरुषवादी सोच भनेर लगाइने आरोप सहरका लागि शोभनीय छैन, सहरका हरेक घरहरुमा महिलाको हुकुमी शासन छ, त्यसलाई के भन्ने ?

हिंसाको व्याख्या गर्ने तरिकाले अहिले समाजमा फरक प्रकारको सन्देश जान थालेको छ । एक प्रतिष्ठित व्यक्तिको नाममा माथि हिंसाको कुरा उठाउँदा ठूलै मिडियाबाट उनको जागिर गयो, अन्ततः उनीमाथि लागेको मुद्दामा उनले जित हासिल गरे । यो के थियो ? अर्का व्यक्तिलाई अवसरका लागि अनेक प्रलोभन र मोहजालमा फँसाएर पछि हिंसाको नाममा उनको रोजगारीलाई ध्वस्त बनाइयो, यसले के सन्देश दिन्छ ? अहिलेपनि हिंसाको नाममा विभिन्न व्यक्तिहरुको कार्यगत सफलतामाथि धावा बोल्न थालिएको छ, उनीहरुको भविष्यलाई डुवाउने नियतलाई अधिकार भन्ने कि उनीहरुमाथि भएको हिंसा ? समाजमा एउटा महिलाको इज्जत जति गहन र महत्वपूर्ण छ त्यति नै पुरुषको पनि हुन्छ । जिम्मेबारी अझ बलियो हुन्छ । समाज अहिले नै व्यवाहारिक भइसकेको छैन, समाज अहिले नै सहरीकरण भएको छैन । एउटा पुरुषको काँधमा परिवारका अनेक सदस्यहरुको भविष्य जोडिएको हुन्छ, उसको चरित्रहत्याले परिवारकै हत्या हुन्छ । समाजको यथार्थको रेल यो लिकबाट दौडिरहेको छ । एक पल्ट गहन विश्लेषण गर्ने हो की ?

यस्तो खबर आएको छैन– कुनै महिलाले यौनहिंसा गरिन् भन्ने । यस्तो घटना सार्वजनिक भएको छैन, जसले महिलाको चरित्रमाथि दाग लागोस् । तर, यस्तो घटना सार्वजनिक भइरहेका छन्, पुरुषले यौनहिंसा गरेको छ । ति घटनाले सम्भावना बोकेका विज्ञहरुसमेतको भविष्यलाई ध्वस्त बनाउँदै गइरहेको छ । समाज सहि बाटोतिर लम्किन सकोस् ।  

Thursday, July 25, 2013

तिथी, थिति र यक्षप्रश्न

सम्पादकले भन्नुभयो– मुलुक बदल्नका लागि एउटा नेता भए पुग्छ । न्युजडेस्कमा अन्तर्राष्ट्रिय समाचार बनिरहेको थियो– ‘नेल्सन मण्डेलाको ९५ औँ जन्मजयन्ती’ को सन्दर्भमा । हो, एउटा मुलुक बनाउनका लागि एउटा नेताको खाँचो छ । महात्मा गान्धीको अभियानले भारतमा प्रजातन्त्र फस्टाएको सर्वत्र सुनिएको, पढिएको विषय हो । मण्डेलाको अभियानका कारण नै दक्षिण अफ्रिका स्वतन्त्र र समृद्धिको बाटोमा लागेकै हो । यस्ता कैयन उदाहरण छन् । पाठ्यक्रममा अहिले पनि अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको भूमिकाको विषयमा चर्चा हुने गरेको छ । पाठ्यक्रममा पढिने व्यवस्था मिलाइएको छ । वर्तमान राष्ट्रपति बाराक ओबामाको पनि कम चर्चा छैन । तर, हामी धेरै नेता पाएर पनि गुमाउने मुलुकका जनतामा परेका छौँ । अहिले पनि धेरै नेताहरू छन् जसले अखबारका मुखपृष्ठमा प्रमुख समाचारको पात्र बन्ने हैसियत राखिरहेका छन् । उनीहरूका दलहरूका कुराकानीबाट मात्र आलेखहरू पनि जोडिन थालेका छन् । यो आलेख पनि निरन्तरताको क्रमभंग हुन सकेन, राजनीतिक रूपमा कहीँ न कहीँ जोड्नै पर्ने बाध्यतामा परिसकेको छ ।
सुनिन्छ, पेरिसडाँडातिर निर्वाचन लागेको छ । नेपालको ठूलो राजनीतिक दल एकीकृत नेकपा माओवादीको मुख्यालय त्यहाँ छ भन्ने सुनेको छु । अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठहरू निर्वाचनको तयारीमा जुटेका छन् रे । अनि, केन्द्रीय सदस्यलाई प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने अभियानमा पनि लाग्यो अरे । सानेपातिर पनि निर्वाचन लागेको छ रे । सुशील कोइराला मिति सार्न तयार छैनन् । उनलाई अरु मतलव पनि छैन रे । विदेशीको दबाब भयानक भएर आएको छ रे । विदेशी भन्छन् रे,‘ निर्वाचन गर, निर्वाचन गर ।’ बल्खुमा मुख्यालय भएकाले त अवको निर्वाचनमा पहिलो पार्टी नै हुने दावी गरिसक्यो रे । उसले त आगामी निर्वाचनको मतपरिणाम पनि निकालिसक्यो रे । सुन्दा पनि अचम्म लाग्ने । निर्वाचन हुनुपर्छ, यो जनताको अधिकार हो । तर, जनता कहाँ छन् रु निर्वाचन जनताका लागि मात्र हो कि कार्यकर्ताका लागि मात्र हो विश्लेषण अनिवार्य छ कि छैन रु मलाई प्रश्नहरूले गाँजिरहेका छन् ।  लोकतन्त्रको सुन्दरता निर्वाचन, सुन्दरता बनाउने साधनहरू के हुन् रु विदेशी दबाब, विदेशी सहयोग अथवा विदेशीको चाहना रु निर्वाचनको दबाब जनताको अपेक्षा र यथार्थ हो कि काठमाडौंका पाँचतारेमा भेटिने राजदूतहरूको इच्छा रु मेरा देशका नेताहरू मलाई एकपटक बुझाइदिनुहोस् न । जो निर्वाचनबाट अनिवार्य प्रभावको पात्र बन्न चाहन्छन्, निर्वाचनका असरदार पात्रहरू हुन्, तिनको अवस्था अहिले पनि के छ त रु विश्लेषण गर्नुभएको छ रु झन्डै एक करोड नेपाली जनता मतदाता नामावलीमा आउन सकेका छैनन्, यो एउटा सरकारी तथ्य हो, झन्डै ५० लाख नेपाली विदेशमा अनिवार्य रूपमा बसेका छन्, यो अर्को तथ्य हो । र, प्रत्येक वर्ष कम्तीमा १० लाखभन्दा बढी युवा, नागरिक, मतदाता विदेसिइरहेका छन्, यो विद्यमान तथ्य हो । यी तथ्यहरूलाई नजरअन्दाज गरेर निर्वाचनको कुन तिथि तय गरी राजनीतिक दलहरूले थिति देखाइरहेका छन् रु यो मेरो प्रश्न हो ।  
राज्य सरकारविहीनताको रूपमा अघि बढिरहेको छ, मुलुक जनतालाई भरिया बनाएर अर्थतन्त्र बढाउने भाषणमा सीमित छ, जनता भारी बोक्नका लागि खाडीको यात्रामा ज्यान गुमाउन बाध्य छ । यो साता मन त्यति हलुका हुन सकेन । समाचारको दुनियाँमा खेलिरहँदा विदेशमा डरलाग्दा घटनामा नेपालीको ज्यान गएको सुनियो जसले यसअघिका निर्वाचनमा मतदान गरेको थियो, त्यो एउटा मतदाता मरेको खबर सुनियो ।
मलेसियामा केमिकलको ट्यांकीमा डुबेर धरान–१६ सुनसरीका मोती लावतीको मृत्यु भयो । लावतीको मृत्युको कारण पनि खुल्यो । तर, उनको मृत्युमा राज्यले शोक मनाउने अभिप्राय गरेन । उनको मृत्युमा राज्य गम्भीर हुन सकेन । उनको मृत्युबारे एक मतदाता घटेको समाचार राज्यले प्राथमिकतामा दिन सकेन । जोहरवारुस्थित जेसिबी कम्पनीमा कार्यरत लावतीको केमिकल ट्यांकी सफाइ गर्ने क्रममा त्यहीँ डुबेर मृत्यु भएको थियो । विगत डेढ वर्षदेखि उनी मलेसियामा कार्यरत थिए । उनीसँगै यो साता रुकुमका दिलबहादुर पुन, मोरङका रामबहादुर कार्की, काठमाडौंका बालकृष्ण परियार, बुद्ध थापाको मृत्यु भयो । यी सडकमा सडेका सागपातजस्तो मलेसियाको कुनै कुनामा लासको बिस्कुन भए । राज्य गम्भीर हुन सकेन । राज्य किन गम्भीर भएन रु उसको परिवारबारे राज्यले किन सम्बोधन गर्न सकेन रु यो मेरो अर्को प्रश्न हो ।
आर्थिक वर्ष ०६९÷७० मा मात्रै सात लाख दुई हजार पाँच सय २० जना नेपाली श्रमशक्ति रोजगारीको खोजीमा खाडीलगायतका मुलुक पुगिसके । तीसँगै अनेक मार्गबाट प्रत्येक वर्ष १० लाख युवाशक्ति वैदेशिक रोजगारीको खोजीमा मुलुक छाडिरहेका छन् । यी मतदाता होइनन् रु यिनको अधिकार छैन रु राज्यले यी शक्तिलाई मतदाता अधिकार प्रयोग गर्न कसरी दिने रु यो मेरो फरक प्रश्न हो । उद्योगपतिहरू राजनीतिमा आएपछि मुलुकमा उद्योगको काम कसले गर्छ रु व्यवसायको जिम्मा कसले लिन्छ रु यद्यपि, यो बाध्यता हुनुपर्छ, उद्योगपतिहरू खुला राजनीतिमा आएका होइनन्, उनीहरूलाई राजनीतिमा ल्याइएको हो । केही समयअघि तारे होटलमा नवनेपाल निर्माण पार्टीले एउटा फरक वैज्ञापनिक कार्यक्रम गरेको थियो । ठूलो पत्रिकामा मोटो रकमको विज्ञापन गरेर तयार पारिएको भेलामा मान्छेहरूको टाउको गन्न सकिने थिएन । त्यहाँ छेउबाट देखिन्थे श्रमजीवी पत्रकारका वकालतीदेखि कलाकारहरूका महारथीसम्म । यद्यपि, त्यहाँ उपस्थित कलाकार हस्ती मदनकृष्ण श्रेष्ठको दुइटा शब्दले सांकेतिक रूपमा त्यो भेलालाई प्रश्न गरेको थियो । यो देशका राजनीतिज्ञहरूभन्दा शिक्षक ठूला हुन् । डाक्टर ठूला हुन् । अरू व्यक्ति ठूला हुन् । तर, सबैले राजनीतिज्ञलाई नमस्कार गर्नुपर्ने, यो कस्तो व्यवस्थामा हामी छौँ रु यो प्रश्नसँग मेरो सहमति रहेको थियो । मलाई थाहा छैन, त्यो उद्यमशील राजनीतिक भेलाको निष्कर्ष के निस्कनेवाला छ, के हुनेवाला छ । यत्ति थाहा छ, नेपाली राजनीति अब व्यावसायिक उद्योगका रूपमा परिभाषित हुन थालेको छ । त्यसले ठूला–ठूला विज्ञापनबजार ओगट्न थालेको छ, मिडियामा लगानी गर्न थालेको छ अनि त्यसलाई नै राजनीतिक दल भनेर बुझाउन थालिएको छ । यो कुन नियतिमा हामी आइपुगेका छौँ रु यो अर्कोे प्रश्न हो ।
समस्या जनतामाझ छैन । समस्या काठमाडौंको सिंहदरबार भन्ने फरक दरबारियाहरूमाझ छन् । समस्या कोटेश्वरको पेरिसडाँडा, ललितपुरको सानेपा, बल्खुको मदननगरमा व्याप्त छन् । उनको चाहनाले स्थापन हुने व्यवस्थामा समस्या छ । उनका समस्याको निराकरण, उनका आवश्यकताको परिपूर्ति, उनका स्वार्थको भारी बोक्ने जनतामा कहाँनेर समस्या छ रु उनका कार्यकर्ताको धम्की, खप्की, उनका कार्यकर्तालाई चन्दा दिएर पाल्नुपर्ने बाध्यता, उनका जनतालाई नमस्कार भनिदिनुपर्ने बाध्यता बोकेका गरिबहरूमाझ समस्या छ कि, उनीहरू आफै समस्या बनिरहेका छन् रु यो मेरो प्रश्न हो ।
लोकतन्त्रको रक्षा, सुरक्षा र निरन्तरताका लागि जनतालाई बाइपास गर्ने, जनताको अभिमतलाई शून्यमा राखी कार्यकर्ताको मतलाई अघि सार्नु दुर्भाग्यपूर्ण हुनेछ । आमनिर्वाचन भनेको कुनै पार्टीको महाधिवेशनको निर्वाचन होइन, यो आमजनताको सहभागिताको निर्वाचन हो । आमजनताले नेता छान्न पाउने प्राधिकार हो, यो प्राधिकार कुनै राजनीतिक दलहरूको आपसी सहमतिको घेराबन्दीमा मात्र सीमित राख्न पाइँदैन । यसो गरे अर्को विद्रोह सुरु हुनेछ, अर्को सामाजिक विरोध र आन्दोलनका आवाजहरू विस्तारै, सुस्त गतिमा आउनेछन् जसले राजनीतिक दलहरूको एकाधिकारलाई विस्थापन गरी जनताको अधिकारको न्यायलाई उच्चशिखरमा पु¥याउनेछ ।
मुलुकमा रहेका ५० प्रतिशत युवाको मतलाई नजरअन्दाज गरी हुन लागेको निर्वाचन गर्नका लागि मात्र हुनेछ, त्यसले मुलुकमा आमूल परिवर्तनको जग गाड्न सक्दैन, परिवर्तनको संवाहकको भूमिकामा युवालाई स्थापन गराउन सक्दैन, सिजनशील अनुहारहरूलाई सरोकारवाला बनाउन सक्दैन जब परिवर्तन हुन सक्दैन भने त्यो निर्वाचनले फेरि पनि पुरानै राजनीतिको पुनरावृत्ति गर्नेछ, यो अवश्यम्भावी छ । यो सम्भावनालाई चिर्नका लागि आत्मादेखि नै राजनीतिक दल र तिनका नेता किन परिवर्तन हुन चाहिरहेका छैनन् रु यो मेरो प्रश्न हो ।
समाज अहिले दुईथरि समस्याबाट दीर्घरोगी हुने सम्भावना ज्यादा छ । खासगरी सामाजिक अपराधमा राजनीतिक मिसावट, राजनीतिक कुपोषणका कारण विदेश पलायन । यी दुई कुरालाई नियन्त्रण गर्नका लागि आगामी रणनीति र निर्वाचनको लक्ष्य नहुने हो भने मुलुकमा कहिल्यै पनि भनेजस्तो परिवर्तन हुन सक्दैन । परिवर्तन हुन सक्छ, राजनीतिक दलहरूको आकार, राजनीतिक नेताहरूको मतअभिमतको एउटा घेरा । तर, नेपाली जनताले चाहेको अहिलेको परिवर्तन यो हो त रु जनताले चाहेको परिवर्तन खास अर्थको जनता हो, सर्वस्वसहितको सबै अधिकार जनतामा निहित हुनुपर्छ भन्ने व्यवस्थाको हो, खास अर्थमा परिभाषा हुने प्रजातन्त्रको हो । यी कुरा पूरा गर्नका लागि राजनीतिक दलको घेराभित्र राखिएको, घोषणाभित्र राखिएको, सहमतिका नाममा गरिएको भागवण्डासहितको सम्झौतामा राखिएका बुँदाहरूको व्याख्या होइन, अवलम्बन गरेका नीतिहरूको व्यावहारिक कार्यान्वयन हो । के यी कुराहरू विद्यमान राजनीतिक दलहरूले पूरा गर्न सक्लान् रु ग्रामीण तहसम्म कार्यान्वयनको तहमा व्यवस्थापनको प्रभावकारीता देखाउन सक्लान् रु कति हदसम्म देखाएका छन् रु विश्लेषण गर्ने आवश्यकता देखिएको छ, गर्नुपर्छ ।
प्रश्नहरूको समाधान उत्तर नै हो । र, मेरा प्रश्नहरू कागजी उत्तरको अभिमुखीकरणका लागि उत्पादन गरिएका होइनन्, त्यसको व्यावहारिक कार्यान्वयनको पक्षमा खास अर्थहरूको खोजीका लागि हुन् । सिद्धान्तले मात्र मुलुक चल्ने भए विश्वका सबै सिद्धान्तमा आधारित आधिकारिक शक्तिहरूमाझ हामी उभिएका छौँ, भोगेका छौँ । तर, ती कुनै पनि जनहितको पक्षमा रहेर कार्यान्वयनको तहमा आएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनदेखि नै यो दल र उ दलको भागवण्डाका आधारमा कार्यकर्ताको मनमस्तिष्कमा षड्यन्त्रको बीउ रोपिएको छ, विकासको तहमा आउनुपर्छ, व्यवहारको तहमा उत्रिनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । त्यो चेतनाको विकास अबका युवाहरूको मताधिकारविनाको निर्वाचनले पूरा गर्न सक्दैन ।

तिथि, थिति र यक्षप्रश्न

सम्पादकले भन्नुभयो– मुलुक बदल्नका लागि एउटा नेता भए पुग्छ । न्युजडेस्कमा अन्तर्राष्ट्रिय समाचार बनिरहेको थियो– ‘नेल्सन मण्डेलाको ९५ औँ जन्मजयन्ती’ को सन्दर्भमा । हो, एउटा मुलुक बनाउनका लागि एउटा नेताको खाँचो छ । महात्मा गान्धीको अभियानले भारतमा प्रजातन्त्र फस्टाएको सर्वत्र सुनिएको, पढिएको विषय हो । मण्डेलाको अभियानका कारण नै दक्षिण अफ्रिका स्वतन्त्र र समृद्धिको बाटोमा लागेकै हो । यस्ता कैयन उदाहरण छन् । पाठ्यक्रममा अहिले पनि अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको भूमिकाको विषयमा चर्चा हुने गरेको छ । पाठ्यक्रममा पढिने व्यवस्था मिलाइएको छ । वर्तमान राष्ट्रपति बाराक ओबामाको पनि कम चर्चा छैन । तर, हामी धेरै नेता पाएर पनि गुमाउने मुलुकका जनतामा परेका छौँ । अहिले पनि धेरै नेताहरू छन् जसले अखबारका मुखपृष्ठमा प्रमुख समाचारको पात्र बन्ने हैसियत राखिरहेका छन् । उनीहरूका दलहरूका कुराकानीबाट मात्र आलेखहरू पनि जोडिन थालेका छन् । यो आलेख पनि निरन्तरताको क्रमभंग हुन सकेन, राजनीतिक रूपमा कहीँ न कहीँ जोड्नै पर्ने बाध्यतामा परिसकेको छ ।

सुनिन्छ, पेरिसडाँडातिर निर्वाचन लागेको छ । नेपालको ठूलो राजनीतिक दल एकीकृत नेकपा माओवादीको मुख्यालय त्यहाँ छ भन्ने सुनेको छु । अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठहरू निर्वाचनको तयारीमा जुटेका छन् रे । अनि, केन्द्रीय सदस्यलाई प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने अभियानमा पनि लाग्यो अरे । सानेपातिर पनि निर्वाचन लागेको छ रे । सुशील कोइराला मिति सार्न तयार छैनन् । उनलाई अरु मतलव पनि छैन रे । विदेशीको दबाब भयानक भएर आएको छ रे । विदेशी भन्छन् रे,‘ निर्वाचन गर, निर्वाचन गर ।’ बल्खुमा मुख्यालय भएकाले त अवको निर्वाचनमा पहिलो पार्टी नै हुने दावी गरिसक्यो रे । उसले त आगामी निर्वाचनको मतपरिणाम पनि निकालिसक्यो रे । सुन्दा पनि अचम्म लाग्ने । निर्वाचन हुनुपर्छ, यो जनताको अधिकार हो । तर, जनता कहाँ छन् रु निर्वाचन जनताका लागि मात्र हो कि कार्यकर्ताका लागि मात्र हो रु

विश्लेषण अनिवार्य छ कि छैन रु मलाई प्रश्नहरूले गाँजिरहेका छन् ।  लोकतन्त्रको सुन्दरता निर्वाचन, सुन्दरता बनाउने साधनहरू के हुन् रु विदेशी दबाब, विदेशी सहयोग अथवा विदेशीको चाहना रु निर्वाचनको दबाब जनताको अपेक्षा र यथार्थ हो कि काठमाडौंका पाँचतारेमा भेटिने राजदूतहरूको इच्छा रु मेरा देशका नेताहरू मलाई एकपटक बुझाइदिनुहोस् न । जो निर्वाचनबाट अनिवार्य प्रभावको पात्र बन्न चाहन्छन्, निर्वाचनका असरदार पात्रहरू हुन्, तिनको अवस्था अहिले पनि के छ त रु विश्लेषण गर्नुभएको छ रु झन्डै एक करोड नेपाली जनता मतदाता नामावलीमा आउन सकेका छैनन्, यो एउटा सरकारी तथ्य हो, झन्डै ५० लाख नेपाली विदेशमा अनिवार्य रूपमा बसेका छन्, यो अर्को तथ्य हो । र, प्रत्येक वर्ष कम्तीमा १० लाखभन्दा बढी युवा, नागरिक, मतदाता विदेसिइरहेका छन्, यो विद्यमान तथ्य हो । यी तथ्यहरूलाई नजरअन्दाज गरेर निर्वाचनको कुन तिथि तय गरी राजनीतिक दलहरूले थिति देखाइरहेका छन् रु यो मेरो प्रश्न हो ।  

राज्य सरकारविहीनताको रूपमा अघि बढिरहेको छ, मुलुक जनतालाई भरिया बनाएर अर्थतन्त्र बढाउने भाषणमा सीमित छ, जनता भारी बोक्नका लागि खाडीको यात्रामा ज्यान गुमाउन बाध्य छ । यो साता मन त्यति हलुका हुन सकेन । समाचारको दुनियाँमा खेलिरहँदा विदेशमा डरलाग्दा घटनामा नेपालीको ज्यान गएको सुनियो जसले यसअघिका निर्वाचनमा मतदान गरेको थियो, त्यो एउटा मतदाता मरेको खबर सुनियो ।
मलेसियामा केमिकलको ट्यांकीमा डुबेर धरान–१६ सुनसरीका मोती लावतीको मृत्यु भयो । लावतीको मृत्युको कारण पनि खुल्यो । तर, उनको मृत्युमा राज्यले शोक मनाउने अभिप्राय गरेन । उनको मृत्युमा राज्य गम्भीर हुन सकेन । उनको मृत्युबारे एक मतदाता घटेको समाचार राज्यले प्राथमिकतामा दिन सकेन । जोहरवारुस्थित जेसिबी कम्पनीमा कार्यरत लावतीको केमिकल ट्यांकी सफाइ गर्ने क्रममा त्यहीँ डुबेर मृत्यु भएको थियो । विगत डेढ वर्षदेखि उनी मलेसियामा कार्यरत थिए । उनीसँगै यो साता रुकुमका दिलबहादुर पुन, मोरङका रामबहादुर कार्की, काठमाडौंका बालकृष्ण परियार, बुद्ध थापाको मृत्यु भयो । यी सडकमा सडेका सागपातजस्तो मलेसियाको कुनै कुनामा लासको बिस्कुन भए । राज्य गम्भीर हुन सकेन । राज्य किन गम्भीर भएन रु उसको परिवारबारे राज्यले किन सम्बोधन गर्न सकेन रु यो मेरो अर्को प्रश्न हो ।

आर्थिक वर्ष ०६९÷७० मा मात्रै सात लाख दुई हजार पाँच सय २० जना नेपाली श्रमशक्ति रोजगारीको खोजीमा खाडीलगायतका मुलुक पुगिसके । तीसँगै अनेक मार्गबाट प्रत्येक वर्ष १० लाख युवाशक्ति वैदेशिक रोजगारीको खोजीमा मुलुक छाडिरहेका छन् । यी मतदाता होइनन् रु यिनको अधिकार छैन रु राज्यले यी शक्तिलाई मतदाता अधिकार प्रयोग गर्न कसरी दिने रु यो मेरो फरक प्रश्न हो । उद्योगपतिहरू राजनीतिमा आएपछि मुलुकमा उद्योगको काम कसले गर्छ रु व्यवसायको जिम्मा कसले लिन्छ रु यद्यपि, यो बाध्यता हुनुपर्छ, उद्योगपतिहरू खुला राजनीतिमा आएका होइनन्, उनीहरूलाई राजनीतिमा ल्याइएको हो । केही समयअघि तारे होटलमा नवनेपाल निर्माण पार्टीले एउटा फरक वैज्ञापनिक कार्यक्रम गरेको थियो । ठूलो पत्रिकामा मोटो रकमको विज्ञापन गरेर तयार पारिएको भेलामा मान्छेहरूको टाउको गन्न सकिने थिएन । त्यहाँ छेउबाट देखिन्थे श्रमजीवी पत्रकारका वकालतीदेखि कलाकारहरूका महारथीसम्म । यद्यपि, त्यहाँ उपस्थित कलाकार हस्ती मदनकृष्ण श्रेष्ठको दुइटा शब्दले सांकेतिक रूपमा त्यो भेलालाई प्रश्न गरेको थियो । यो देशका राजनीतिज्ञहरूभन्दा शिक्षक ठूला हुन् । डाक्टर ठूला हुन् । अरू व्यक्ति ठूला हुन् । तर, सबैले राजनीतिज्ञलाई नमस्कार गर्नुपर्ने, यो कस्तो व्यवस्थामा हामी छौँ रु यो प्रश्नसँग मेरो सहमति रहेको थियो । मलाई थाहा छैन, त्यो उद्यमशील राजनीतिक भेलाको निष्कर्ष के निस्कनेवाला छ, के हुनेवाला छ । यत्ति थाहा छ, नेपाली राजनीति अब व्यावसायिक उद्योगका रूपमा परिभाषित हुन थालेको छ । त्यसले ठूला–ठूला विज्ञापनबजार ओगट्न थालेको छ, मिडियामा लगानी गर्न थालेको छ अनि त्यसलाई नै राजनीतिक दल भनेर बुझाउन थालिएको छ । यो कुन नियतिमा हामी आइपुगेका छौँ रु यो अर्कोे प्रश्न हो ।

समस्या जनतामाझ छैन । समस्या काठमाडौंको सिंहदरबार भन्ने फरक दरबारियाहरूमाझ छन् । समस्या कोटेश्वरको पेरिसडाँडा, ललितपुरको सानेपा, बल्खुको मदननगरमा व्याप्त छन् । उनको चाहनाले स्थापन हुने व्यवस्थामा समस्या छ । उनका समस्याको निराकरण, उनका आवश्यकताको परिपूर्ति, उनका स्वार्थको भारी बोक्ने जनतामा कहाँनेर समस्या छ रु उनका कार्यकर्ताको धम्की, खप्की, उनका कार्यकर्तालाई चन्दा दिएर पाल्नुपर्ने बाध्यता, उनका जनतालाई नमस्कार भनिदिनुपर्ने बाध्यता बोकेका गरिबहरूमाझ समस्या छ कि, उनीहरू आफै समस्या बनिरहेका छन् रु यो मेरो प्रश्न हो ।

लोकतन्त्रको रक्षा, सुरक्षा र निरन्तरताका लागि जनतालाई बाइपास गर्ने, जनताको अभिमतलाई शून्यमा राखी कार्यकर्ताको मतलाई अघि सार्नु दुर्भाग्यपूर्ण हुनेछ । आमनिर्वाचन भनेको कुनै पार्टीको महाधिवेशनको निर्वाचन होइन, यो आमजनताको सहभागिताको निर्वाचन हो । आमजनताले नेता छान्न पाउने प्राधिकार हो, यो प्राधिकार कुनै राजनीतिक दलहरूको आपसी सहमतिको घेराबन्दीमा मात्र सीमित राख्न पाइँदैन । यसो गरे अर्को विद्रोह सुरु हुनेछ, अर्को सामाजिक विरोध र आन्दोलनका आवाजहरू विस्तारै, सुस्त गतिमा आउनेछन् जसले राजनीतिक दलहरूको एकाधिकारलाई विस्थापन गरी जनताको अधिकारको न्यायलाई उच्चशिखरमा पु¥याउनेछ ।

मुलुकमा रहेका ५० प्रतिशत युवाको मतलाई नजरअन्दाज गरी हुन लागेको निर्वाचन गर्नका लागि मात्र हुनेछ, त्यसले मुलुकमा आमूल परिवर्तनको जग गाड्न सक्दैन, परिवर्तनको संवाहकको भूमिकामा युवालाई स्थापन गराउन सक्दैन, सिजनशील अनुहारहरूलाई सरोकारवाला बनाउन सक्दैन जब परिवर्तन हुन सक्दैन भने त्यो निर्वाचनले फेरि पनि पुरानै राजनीतिको पुनरावृत्ति गर्नेछ, यो अवश्यम्भावी छ । यो सम्भावनालाई चिर्नका लागि आत्मादेखि नै राजनीतिक दल र तिनका नेता किन परिवर्तन हुन चाहिरहेका छैनन् रु यो मेरो प्रश्न हो ।
समाज अहिले दुईथरि समस्याबाट दीर्घरोगी हुने सम्भावना ज्यादा छ । खासगरी सामाजिक अपराधमा राजनीतिक मिसावट, राजनीतिक कुपोषणका कारण विदेश पलायन । यी दुई कुरालाई नियन्त्रण गर्नका लागि आगामी रणनीति र निर्वाचनको लक्ष्य नहुने हो भने मुलुकमा कहिल्यै पनि भनेजस्तो परिवर्तन हुन सक्दैन । परिवर्तन हुन सक्छ, राजनीतिक दलहरूको आकार, राजनीतिक नेताहरूको मतअभिमतको एउटा घेरा । तर, नेपाली जनताले चाहेको अहिलेको परिवर्तन यो हो त रु जनताले चाहेको परिवर्तन खास अर्थको जनता हो, सर्वस्वसहितको सबै अधिकार जनतामा निहित हुनुपर्छ भन्ने व्यवस्थाको हो, खास अर्थमा परिभाषा हुने प्रजातन्त्रको हो । यी कुरा पूरा गर्नका लागि राजनीतिक दलको घेराभित्र राखिएको, घोषणाभित्र राखिएको, सहमतिका नाममा गरिएको भागवण्डासहितको सम्झौतामा राखिएका बुँदाहरूको व्याख्या होइन, अवलम्बन गरेका नीतिहरूको व्यावहारिक कार्यान्वयन हो । के यी कुराहरू विद्यमान राजनीतिक दलहरूले पूरा गर्न सक्लान् रु ग्रामीण तहसम्म कार्यान्वयनको तहमा व्यवस्थापनको प्रभावकारीता देखाउन सक्लान् रु कति हदसम्म देखाएका छन् रु विश्लेषण गर्ने आवश्यकता देखिएको छ, गर्नुपर्छ ।

प्रश्नहरूको समाधान उत्तर नै हो । र, मेरा प्रश्नहरू कागजी उत्तरको अभिमुखीकरणका लागि उत्पादन गरिएका होइनन्, त्यसको व्यावहारिक कार्यान्वयनको पक्षमा खास अर्थहरूको खोजीका लागि हुन् । सिद्धान्तले मात्र मुलुक चल्ने भए विश्वका सबै सिद्धान्तमा आधारित आधिकारिक शक्तिहरूमाझ हामी उभिएका छौँ, भोगेका छौँ । तर, ती कुनै पनि जनहितको पक्षमा रहेर कार्यान्वयनको तहमा आएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनदेखि नै यो दल र उ दलको भागवण्डाका आधारमा कार्यकर्ताको मनमस्तिष्कमा षड्यन्त्रको बीउ रोपिएको छ, विकासको तहमा आउनुपर्छ, व्यवहारको तहमा उत्रिनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । त्यो चेतनाको विकास अबका युवाहरूको मताधिकारविनाको निर्वाचनले पूरा गर्न सक्दैन ।

सलमान अदालत धाउँदै, क्याट्रिना रणवीरसँग नुहाउँदै

बलिउड अभिनेता सलमान खान यतिवेला अदालतको संघारमा आफ्नो बचाउका लागि वकिलको साहारामा छन् । तर, उनकी प्रेमिका भनिएकी क्याट्रिना कैफचाँही अहिले वलिउडमा उदाउँदा नायक रणवीर कपुरसँग स्पेनमा रोमान्समा डुवेकी छिन् ।
उनीहरुले भलै आफ्नो सम्बन्धलाई नखुलाएपनि यस्ता तस्विरहरु आएका छन्, जसले उनीहरु सम्बन्धको कुन हदसम्म छन् भन्ने कुरालाई प्रष्ट पारेको छ । रणवीर कपुरको जन्मदिनको उत्सवको अवसर पारेर क्याट्रिना पनि समुद्र किनारमा रोमान्स सहित नुहाउनका लागि स्पेन पुगिन्, रणवीरसँगै ।
स्पेनमा यी जोडीले के के गरेहोला ? यी तस्विरहरु हेरेर अनुमान गर्न सकिन्छ । क्याट्रिना राजनीति भन्ने फिल्मबाट नै रणवीरसँग जोडिएकी थिइन् । अझ नजिक भएकी थिइन् । त्यसुपछि उनीहरुको व्यक्तिगत सम्बन्ध अझ प्रगाढ भयो । दिपिका पादुकोणेसँग लभ अफेयरको कुरा चलेपनि त्यसको वे्रकअप हुनासाथ रणवीरले क्याट्रिनालाई समाउने हिम्मत गरे, जवकी सलमान खान अहिलेपनि क्याट्रिनासँग उत्तिकै प्रित लाउँछन् ।