Monday, October 7, 2013

‘म’को बकपत्र

हो, म डायरी प्रेमी हुँ । जीवनलाई तपशिलको विषय भन्दापनि समयको किताबसँग तुलना गर्न रुचाउँछु । अरुका कथा पढेर आनन्द मान्ने भन्दापनि आफ्नो कथालाई उदाहरण बनाउने महत्वकांक्षाको भोगी हुँ । हो, म अरुको कथालाई आफ्नो मनोरञ्जनको विषय बनाउन चहान्न, आफ्नो कथालाई अरुको सोचको विषय बनाउन चहान्छु । हो, मसँग स्वार्थ छ, जीवनको परिभाषा दिनसक्ने सीपालु बन्ने, जीवन भोगाइको उदाहरण दिने एक बक्ता बन्ने । म सगरमाथाको उचाईमा उभिएर आँसु झार्दाको अनुभव सँगाल्ने बहुमहत्वकांक्षी बन्छु, मलाई भौतिक सुखको कुनै महत्वकांक्षा छैन, सडकयात्री नै बन्न चहान्छु । लेख्न चहान्छु मेरा यौवनामा मैले देखेको त्यो पीडा, त्यो कथा, त्यस्तो बकपत्र जसले एउटा दुनियाँ, भावना र संवेदनाको ब्रम्हाण्ड ममाथि नै खोज्न सकोस् ।
डायरीका पानाहरु बोल्छन्् । कलमका निभहरु कति रगेडिएका थिए, आँसु र हाँसोको कुन चरणमा उत्रिएका थिए भन्ने विषयमा । यो संवेदनाको बकपत्र हो जहाँ अनेकौं संकेतपूर्ण आधारहरुबाट एउटा भावना पिल्सिएको छ । एउटा गहन सुरुआतको उतारचढाव कति गहिरो हुनसक्छ, कति भयानक हुनसक्छ, कति पिडादायी हुनसक्छ ? म अनुभव गर्न चहान्छु । जीन्दगीको यात्रा कुनै अल्पविराममा रोकिएर फेरि सुरु हुन कति कठिन छ ? त्यसलाई झेल्न कति परिपक्वताको खाँचो छ, म फेहरिस्त तयार पार्न चहान्छु ।
एउटा खुला किताब हो जिन्दगी । जीन्दगी जतिसुकै ढाक्छु, भाग्छु र लुकाउँछु भनेपनि लुक्न सक्दैन । जीवनलाई यसरी नै विताइदिन्छु भन्ने अहमतामा पनि बाँच्न सकिँदैन । जीवनलाई हरित बनाउँछु भन्ने सपना पाल्न सकिन्छ, हरियो भएको देख्न सकिँदैन । यसकारण मेरो यो बकपत्र जीवनसँग लुकामारी खेल्छ, शव्दहरुले केही संकेत गर्छन्, अक्षरहरुले केही भनिरहन्छन् ।
घटना पात्रको प्रधानतामा हुने या पात्र घटनाको ? यहाँ ‘म’ पात्रबाट उठाउने प्रयत्न गर्दछु । किनभने ‘म’ यो पृथ्वीकै अहम्, शक्तिशाली, घमण्डी, अनुभवी सवैप्रकारको शक्तिवाचक हो । ‘म’ कहिले पनि हार्दैन । ‘म’ सवै कुरा सहि देख्छ । ‘म’ सवैप्रकारको सत्य आफुमा राख्छ । म नै हो त्यो जसले दुनियाँको सत्य आफुमात्र ठान्छ । त्यो मपात्रबाट सुरु हुन्छ, मेरो बकपत्र ।
म भौतिक सुखको सपनामा रमाउने मान्छे होइन, संवेदनाको मिठो प्रहर मेरो हरक्षण, हरपल, हर उमेरमा झाँगिएको सुन्न, पढ्न र चर्चायोग्य भएको देख्न रुचाउँने मान्छे । जसरी किताबका पाताहरुको महत्वमा रुझेको हुन्छ, पाठक । म पाठकहरुको ध्यान एउटा सुनौलो र अपत्यारिलो जीवनको कथासँग रुमल्लिएको देख्न रुचाउने मान्छे ।
म चाख्न चहान्छु यो संसारका अनेक प्रकारका कर्मका स्वादहरु । असनका गल्लीमा जीवन खोज्ने भरियाका संवेदना, उँचो महलमा बस्ने धनाड्यको भावना, दिनदुखीको सेवा गर्ने हातको कर्म । सवैका आ–आफ्ना पीडालाई आफ्नो बनाएर हेर्न चहान्छु । त्यसकारण मेरो कलम सँधैभरी उही जीवनसँग अन्तरंगमा उफ्रिरहेको छ, मात्तिरहेको छ, हाँसीरहेको छ । बस्, तिम्रो संवेदना छुँदाछुँदै कतै रोक्किएको छ, ठोक्किएको छ, चिप्लिएको छ ।
मलाई थाहा छ, तीन सय ६५ दिन एउटा किताब होइन, त्यसको पाँच गुणाको समय पनि एउटा किताब होइन । तर, म चहान्छु हरेक क्षण, प्रहर र पल एउटा सिंगो खण्डकाव्य बन्नुपर्छ, मेरो सपना यस्तो धाराबाट वगीरहन्छ । मेरो शव्द जसरी वगेको छ त्यो गोलीको रफ्तारमा छ । फर्किन सक्तैन, मेरो कलम जसरी जीवन छादिरहेको छ, डायरीमाथि निरन्तर यो क्रम रहीरहने छ । बस्, त्यसबाट तिमी छुट्यौ, कहिँ, कतै अव फेरि पनि तिम्रो प्रश्नको उत्तर दिन मेरा पानाहरु सक्षम हुने छैनन्, माफ गरिदिनु । मेरा डायरीका उत्तरार्धहरु तिमी विना केही खल्ला, केही नमिठा, केही तिता, रोदन, आँसु र वियोगका सवै पक्षपातीहरु लिएर उभिएको छ, त्यसमा अन्त्य हुनेछ ।

क्रमश...  

Wednesday, October 2, 2013

३६० डिग्रीको राजनीति

विनोद ढकाल
हिजो मेरा एकजना विदेशी मित्रले सोधे, ‘तपाई आफ्ना केटाकेटीले भविष्यमा के गरून् भन्ने चाहनुहुन्छ रु मसँग रेडिमेड जवाफ थियो, ‘तिनले राम्रो पढून्, असल नागरिक बनून् र आफ्नो आर्थिक आम्दानीको स्रोत सुनिश्चित गरेर राजनीतिमा जाऊन् भन्ने मेरो ठूलो इच्छा छ । ती अलि खराब आचरणका भएर निस्किए, फटाहा र धूर्त भए भने राजनीति नगरून् भन्ने मेरो चाहना छ । तर, ती ठूला भएपछि सबै कुरा मेरो नियन्त्रणमा हुँदैन, त्यो पनि मलाई थाहा छ । 
मेरो कुरा सुनेर मेरा मित्र छक्क परे र प्रतिप्रश्न गरे, ‘किन राजनीति रु’ मैले भनेँ, ‘छोराछोरीले राम्रो पढे, असल भए, प्रतिभाशाली भए भने हामी सबै तिनले युएनमा, विश्व  बैंकमा, ठूला बहुराष्ट्रिय कम्पनीमा, विकसित विश्वमा जागिर खाइदेऊन्, डाक्टर होऊन्, इन्जिनियर होऊन् भन्ने चाहना राख्ने अनि अत्याधिक नराम्रा, फटाहा र चरित्रहीनहरूको हातमा राजनीतिलाई छाडिदिएर फेरि राजनीति बिग्रियो, यिनले देश खत्तम पारे भनेर हामी नै गाली गर्ने रु त्यो मिल्दैमिल्दैन । त्यसैले देश बनाउने हो भने सबभन्दा पहिले असल नागरिकलाई राजनीतिमा लाग्न प्रेरित गर्नैपर्छ ।’ त्यति कुरा सुनेपछि मेरा मित्रले मेरो धारणासँग सहमति जनाए । तपाईंको चाहिँ कस्तो धारणा छ, कुन्नि रु 
– पत्रकार रवीन्द्र मिश्रले सोमबार पोस्ट गरेको फेसबुक सन्देश ।

रवीन्द्र मिश्रको यो धारणाले नेपाली राजनीतिमाथि एकपटक फर्किएर विश्लेषण गर्ने रहर पलायो । यहि राजनीति जसबाट हामी समाधानको अपेक्षामा अखबारमा मुख्य पृष्ठहरू सजाइरहेका छौँ । अखबारलाई निर्वाचन लागिसकेको छ किनभने निर्वाचनका अनेक सन्देश आइरहेका छन् । तर, निर्वाचनमा कस्ता नेता बनाउने भन्नेबारेको टिप्पणी कमै आइरहेका बेला आफ्ना सन्तानलाई राजनीतिमा उत्प्रेरित गर्ने धारणा निक्कै गतिलो छ । 
खासगरी दक्षिण एसियामा छोराछोरीलाई डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी बनाउने कुशल सोचको मात्र विकास भएको छ । तर, राजनीतिज्ञ बनाउँछु भन्ने सोचको विकास भएको छैन । व्याप्त भ्रष्टाचारको गति र शक्तिको दुरुपयोगको आधारमा सामाजिक रूपमा वक्तव्यमार्फत जति गाली र घृणाको सिकार बनेका छन्, राजनीतिज्ञहरू त्यो एउटा कारण हो । यो एउटै कारणले आज राजनीति फोहोरी कहलिएको छ । अनेक ठाउँमा हुने टिप्पणीबाट पनि राजनीतिबारेको सतहको धारणा स्वभाविक छ । हामी कस्तो राजनीतिमा हुर्किएका छौँ रु कस्ता नेता उत्पादन गरिरहेका छौँ रु नेता जनताको सहमतिमा निर्वाचनमा आउने हो या पार्टीमा लाखौँ, करोडौँ हर्जाना तिरेर बन्ने हो रु अहिले सुनिन्छ, पार्टीहरू धनी हुन थालेका छन् । उम्मेदवारी सिफारिसका लागि नेताहरूको घरमा बिटाका बिटा रकम पुग्ने गरेको छ । भर्खरै एक मित्रले भने, ‘सिफारिसका लागि ५० लाख हातमा बोकेर बसेका मानिसले टिकट पाएनन् ।’ त्यसको भए कसले पाए त रु जसले एक करोड तिरे, उसले पाए रु 
यतिबेला माक्र्सवाद, लेलिनवाद, माओवाद, पुँजीवादी समाजवाद र जनताको बहुदलीय जनवाद कहाँ गयो रु किन चाहियो यी वादहरू रु यहाँ त रकम र लगानी भए निर्वाचनमा उठ्ने हो । स्वभाविक अर्थमा नेता जनताले चुनेको व्यक्ति हुने हो तर यहाँ पार्टीले नेता छान्दिने प्रक्रियाको लोकतन्त्र स्थापित भएको छ । राजनीति आफैँ बिग्रएको होइन, मिश्रले भनेजस्तो असल सोच नभएका मानिसहरूको झुन्डले राजनीति चलाएका कारण बिग्रिएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेछन्, ‘हिंसा गरेर कुन पार्टी आएको छैन रु अरूले पनि गरेका हुन्, हामीले पनि ग¥यौँ ।’ के यो राजनीति गर्ने माध्यम हो रु हिंसा राजनीतिमा उदाउने प्रयत्न हो रु त्यसो भए त लुटेराहरूले पनि दल खोल्ने भए नि रु कतिपय त दलभित्र छिरिसकेका छन् । नेपाली राजनीतिक दलहरूले बिगारेका छन् । सामाजिक न्याय कुल्चिएका छन् अनि अपराधलाई बढावा दिएका छन् । यसबाट कोही पनि मुक्त हुन सकेको छैन । सबै यसै प्रभावबाट पिल्सिएको छ । तर्कले छेक्न राजनीति मुलुकमा हाबी भएको छ । अदालतले दोषी ठहर गरेका बालकृष्ण ढुंगेलहरू पार्टीको शीर्ष स्थानमा रहन्छन् अनि भ्रष्टाचार अभियोगमा जेल परेका खुमबहादुर खड्काहरू पार्टीभित्र बलिया हुन्छन् । गुण्डागर्दीमा विख्यात हुन लागेका अनुहारहरू राजनीतिक लविङ र युवा संगठनमा विजयी हुन्छन् अनि विख्यात नाम बनाएकाहरू पार्टीको केन्द्रीय सदस्यको पदमा निर्विरोध आउँछन् । 
राजनीति, विचार, रूपान्तरण र मुलुक बदल्ने अवसरका रूपमा भन्दा पनि शक्ति, भ्रष्टाचार र पहुँचका आधारमा अघि बढाइन थालेको छ । संविधानसभा निर्वाचनको घोषणा गरेका दलहरूभित्र उम्मेदवारीका लागि जुन दृश्य नेपाली जनतासामु देखाइयो, त्यो दृश्यले दिने सन्देश यसबाहेक के हुन सक्छ रु पार्टीले नेता छानेर पठाउनुपर्नेमा किन पार्टी नेतृत्वको प्रभावको आधारमा नेता बनाउने प्रयत्न हुन्छ रु जनताले आफ्नो क्षेत्रको नेता कसलाई र किन उठाउने भन्ने बहस खोइ रु
खासगरी नेपाली समाज, राजनीति र अर्थतन्त्रको कालो दशक बितिसकेको छ । नेपाली समाजले यहि दशकमा राजनीतिक परिवर्तनका नाममा ठूलो उपलब्धि हासिल गरेको भनिए पनि व्यवहारमा त्यो देख्न पाइएन । नेपाली राजनीतिको सबैभन्दा ठूलो र कालो दशकका रूपमा बितेको छ । दश वर्षमा मुलुकको विकास सिंगापुरको भन्दा भयानक गर्ने भनिएर गरिएको ओठे प्रतिबद्धता गर्ने राजनीतिक दलहरूका नेताहरूले के गरेका छन् रु के गरेर देखाए त रु राजनीतिक दलहरू अहिले पनि मुलुक उपलब्धिको मार्गमा नै रहेको घमण्ड गरिरहेका छन् । दश वर्षमा हामी फेरि पनि तीन सय ६० डिग्रीको कोणमा फर्किसकेका छौँ । बरु, विकास र सुविधाका हिसाबले त्यो भन्दा पनि जर्जर अवस्थामा आइपुगेका छौँ । ठीक राजनीतिक व्यवस्था उल्टो भइसकेको छ, राजनीति गर्नेहरू अर्बपति र जनताहरू कंगाल भइसकेको अवस्था छ । यस्तो कंगाल जसले विकास र अवसरका सामान्य चिजहरू देख्न पाएको छैन । आफैँभित्र समीक्षा गर्ने हो भने पनि सीमित व्यक्तिबाहेकका लागि यो दशक सुखद देखिएन । उपलब्धिमूलक हुन सकेन । 
उपलब्धि केलाई मान्ने रु ग्रामीण बस्तीमा जर्जर बनेको बेरोजगारी, कृषि उत्पादनमा आएको कमी, वैराग्य मानेर बिदेसिएका युवापुस्ताको सम्वेदना, काकाकुल बनेका सहरबासीको पीडा, दैनिक १८ घन्टासम्म हुन थालेको लोडसेडिङ, दशकमा मारिएका हज्जारौँ परिवारको वेदना, रगतमा लत्पतिएर सुकिला देखिन थालेका अनुहार रु प्रश्न मात्र खडा भएको दशकलाई कसरी गतिलो मान्ने रु सीमा वारि बसेर भारतीय राज्य विहारलाई गाली गर्ने, काठमाडौंका सडक गल्लीमा विहारीको नाममा गाली पहिराउने नेपालीको हविगत लोकतन्त्रले खायो । खासगरी बितेको दशकले निमिट्यान्न बनायो । तर, उही विहार यो दशकमा भारतकै नमुना राज्यका रूपमा स्थापित भयो । राजनीतिमा इमान्दारीता र जनताको आकांक्षा नै विकासको मुल गति हो भन्ने कुरालाई त्यहाँका मुख्यमन्त्री नितिश कुमारले देखाएर छाडे । बरु, नेपालचाहिँ विहारी गुण्डागर्दी र लुटपाटको पथमा हुर्कियो । आर्थिक र राजनीतिक अवस्थाले पिछडिएको र निक्कै अस्रेल्ल रहेको भारतको विहार राज्य यही दश वर्षमा आर्थिक वृद्धिदर गर्ने सबैभन्दा ठूलो राज्य मात्र भएन, यही दशकमा उसले आपराधिक चरित्रमा हुर्किएको समाजलाई प्रगतिशिल मार्गमा उभ्याउन सफल भयो । तर, हामी धेरैतिर उही राज्यसँगको सीमामा रहेर पनि उसका गतिला र राम्रा शिक्षालाई सिकेर अगाडि बढ्न सकेनौँ ।
विडम्बनापूर्वक यी उदाहरणसँग मुलुकको अवस्थाको संश्लेषण सायद अनिवार्य छ किनभने नेपाली जनजिब्रो मुलुकले के दियो भन्ने प्रश्नमा बेरोजगार बस्न पनि तयार हुने गरेको छ । तर, मुलुकलाई आफूले के दिन सकेँ भन्नेबारेको चर्चा कहीँ कतै हुने गरेको पाइन्न । समाज यतिविघ्न स्वार्थी बनिसकेको छ कि सम्भावनाका बाटोहरू छाडेर तर्कशील समाजको पछि लाग्ने गरेको छ । अहिले पनि हुकुमी र दरबारिया शासनशैलीको पछ्यौटे बनेर विभिन्न राजनीतिक दलका नेताहरूको मुख ताक्ने र उनले गरेका निर्णयहरूलाई स्विकार्नेजस्तो कमजोर काममा पनि हामी अभ्यस्त भएका छौँ । 
जुन बितेको दशकमा केही पाएको अनुभूति हुन सकेन । सम्बन्धित राजनीतिक दलहरूले आफ्ना नेताहरूलाई ठीक र राम्रो बाटो देखाउने काममा सक्रियता देखाएका छैनन् । नेपाली जनता जहिले पनि राजनीतिले रोपिरहेको, बिजारोपण गरेको झुटको खेती र आश्वासनको बाली हुर्काउनमै अभ्यस्त भएका छौँ । एउटा मुलुकले दश वर्षमा कायापलट फेर्छ तर हामी दश वर्षमा अझ २० वर्ष पछाडिको भन्दा ध्वस्त अवस्थितिमा फर्किसकेका छौँ । 
परिवर्तनको सम्भावना राजनीति नै हो । अनि, राजनीतिमा असल व्यक्तिकै खाँचो हो । हिजोको पुस्ताले आफ्नो सन्तानलाई असल राजनीतिज्ञ बनाउने सोच नराखेका कारण कतै हामी अहिलेको समस्यामा त आइपुगेका होइनौँ रु नयाँ पुस्ता राजनीतिमा आउन सकेको छैन । नयाँ पुस्तालाई विचार र व्यावहार प्रवाहको अवसर खोइ रु राजनीतिमा आएका इमान्दारहरूको सम्मान खोइ रु विभाजित समाजमा विकासको साझा धरातलमाथि दलहरूको बहस र साझेदारी खोइ रु नेपालीको कल्याणका लागि अबको हुर्कंदो पुस्तालाई इमान्दार राजनीतिज्ञ बनाउनुको विकल्प छैन, देखिँदैन ।

आजको कमाण्डर पोष्ट दैनिकमा प्रकाशित मेरो लेख हो । 

Thursday, September 19, 2013

रोजी भाग–२

किन नेपाली समाजमा सम्बन्धहरु प्रतिस्थापन हुने गरेका छन् ? सम्बन्ध, विस्तारका आधार र यसले बनाएको फरक पारिवारिक दुनियाँ किन भत्किन्छ ? यो अल्पमानसिकतामा गाँसिएको सम्बन्धको कारण हो अथवा वयस्क हुन नसकेको विचारको कारण हो ? सम्बन्ध विस्तारका कतिवटा आयामहरु हुन्छन् ? कति प्रभावकारी सुत्रहरु हुन्छन् ? सम्बन्धका आधारहरु सामान्य र झिनामसिना कारणहरुबाट टुट्ने हो अथवा महत्वकांक्षाहरुबाट प्रभावित भएर फेरिपनि विच्छेदका अवस्थासम्म आइपुग्ने हो ? के हो ? सम्बन्धका आधारहरु ? अनि मानिसहरु किन सम्बन्ध भत्किएको समयमा फेरीपनि हामीजस्ता मानिसहरुसँगको अर्को सम्बन्ध गाँस्न चहान्छन् ?
आज रोजी अलिक विचरणको मुडमा भेटेको छ, विवेकले । रोजीको कोठी छिर्नासाथ उसले सोधेका यी अनेक प्रश्नको उत्तर दिने क्षमता विवेकले अहिले नै राखेको छैन । रोजी निरन्तर यस्ता प्रश्नहरुतिर किन लम्किरहेकी छ ? विवेकको मनमा अर्को प्रश्न उठेको छ । रोजीहरु सहरभरी छन्, कति रोजीहरु मेरी रोजीजसरी सोचीरहेका होलान् ?, विवेक फरक कोणतिर लम्किन थालेको छ । ग्रन्थहरुदेखि, वेदहरुदेखि नगरशोभीनिका नाममा, परिका नाममा युवतीहरुलाई मनोरञ्जनको साधन बनाइएकै छ, कलियुगकी नयाँ परिका रुपमा रोजी खुलेकी नै छे । तर, यत्ति धेरै दार्शनिकहरु किताव लेख्नेतिर नलागेर किन अघोषित कोठीहरुतिर लागेका होलान् ?, विवेक व्याख्या खोजीरहेको छ ।
रोजीको फुर्सद भएर होला आज ऊ नयाँ सम्बन्धका बारेमा विवेकलाई व्याख्या गरेर सुनाइरहेकी छ ।
यतिवेला नेपाली समाजमा युवा सम्बन्ध दैनिकजसो ठूलो संख्यामा विच्छेदका रुपमा अघि बढेको छ । कानुनी आधारका रुपमा यसरी विच्छेद भएका सम्बन्धहरु किन जोडिए ? अपरिपक्व निर्णयको कारण थियो अथवा सामाजिक रितले यसलाई प्रभावमा राख्यो ? यी सरल प्रश्न भएका छन् । सम्बन्धकोे सम्मान वा त्यसकोको भुमिकालाई प्रभावकारी बनाउनका लागि आफ्नो ‘व्यक्तिगत रमाइलो वा जिस्म फरोसी सम्म’को कारण प्रभावकारी देखिन्छ । शक्तिको दुरुपयोगका कारण समाज कहाँ पुगेको छ ? खोज्नेबेला आएको छ ।
विवेक दंग छ । उसले काम गर्ने संस्थाभन्दा निक्के विवेकशिल ‘वेश्याहरु’सँगको संगतबाट । विचारका वेश्याहरुभन्दा कर्मका वेश्याहरु कति इमान्दार हुन्छन् । वैचारिक वेश्याहरुको विवेक थाहा हुन्न, कर्मका वेश्याहरुको एउटै काम हुन्छ । र, इमान्दारीतापूर्वक त्यो पुरा हुन्छ । विवेक सोचमग्न भयो । उ दिमागमा खेलाइरहेको छ– पारिवारिक खुसी, पारिवारिक सम्बन्धलाई कायम राख्न नसक्नुको पछाडीको मुख्य कारण एकअर्काको स्वतन्त्रतामाथिको बाधा । या, निरन्तर गल्तीको परिणाम । एकथरी प्रचारात्मक रुपमा आएको ‘पितृ सतात्मक’ सामाजिक प्रणालीलाई दोष दिन्छन् तर त्यतिमात्र होइन अधिकअधिकारको दुरुपयोग पनि हो ।
रोजीका वक्षतिर आँखा सार्दै विवेकले थप कुरामाथि विश्लेषण ग¥यो । मात्र, यहि फरोसीका लागि मानिसहरु किन असमाजिक भइरहेका छन् ? संवेदना र आपसी समझदारी सम्बन्धको मेरुदण्ड हुन् र लामो समयसम उक्तिलाई व्यवाहारिक कार्यान्वयनको पक्षलाई बलियो बनाउने आधारको कमी देखिनु समाजमा दुर्भाग्यपूर्ण हो । नयाँ सम्बन्धपछि आफुमा नआएको परिवर्तन नै बाधक हो अथवा के हो ?
रातको १२ बज्न लागेको छ, विचारमा डुवेकी रोजी अव नशामा डुव्न चहान्छे, नशामा विश्लेषण गरिरहेको विवेकी त्यहि कर्ममा जुट्ने तयारीमा छ, जहाँ रोजीका अंगहरु उत्ताउला देखिएका छन्, विवेकका विचार र कर्महरु राक्षसी हुने तरखरमा छन् ।

..रोजी निरन्तर यहि व्लगमा आउनेछ...भाग ३ को प्रतिक्षा गर्नुहोला ।

Monday, September 16, 2013

सत्ताफरोसी र युवा नेतृत्वको खाँचो

विनोद ढकाल 
यतिवेला युवा राजनीतिक व्यक्तित्वको सम्मान वा उनीहरुको भुमिकालाई राजनीतिक दलहरुले प्रभावकारी बनाउनका लागि आफ्नो ‘सत्ता फरोसी’को त्याग गर्ने बेला आएको छ । पुष्पकमल दाहाल, सुशिल कोइराला र झलनाथ खनाल, विजय गच्छादारहरुको सत्ताफरोसी र शक्तिको दुरुपयोगका कारण मुलुक कहाँ पुगेको छ ? खोज्नेबेला आएको छ । खेलले देखाएको युवा एकतालाई विकासको सुत्रमा बाँध्न आवश्यक छ । 
किनभने, राजनीतिक दलहरु संविधानसभाका लागि हाँकिएका छन् र उमेद्वारको छनौट प्रकृयामा लागेका छन् । मंसिर ४ गते संविधानसाको निर्वाचन होस वा नहोस तर निर्वाचन हुने निश्चित आधार बनीसकेको छ । यस्तो आधार बनेको समयमा युवा नेतालाई अघि सारेर प्रचारात्मक रुपमा आएको ‘पितृ सतात्मक’ राजनीतिक प्रणालीलाई भत्काउने अवसर पनि आएको छ । 
युवा राजनीतिका मेरुदण्ड हुन् र भविष्यका द्रष्टा भन्ने राजनीतिक उक्तिलाई व्यवाहारिक कार्यान्वयनको पक्षलाई बलियो बनाउने बेला चुकेको आधारमा अव पनि नेपाली राजनीतिक व्यवस्था परिवर्तनको बाटोमा जान्छ भनेर हामी युवाका लागि झोली थापेर बस्नसक्ने अवस्थामा हुने छैनौं । 
विश्वका विकासीत मुलुकहरुको राजनीतिक पृष्ठभुमि, विकासको पृष्ठभुमी र आर्थिक क्रान्तिको धरातलको मुख्य जग नै युवाशक्तिको सहज, स्वभाविक र सरल सक्रियता नै देखिन्छ । चीनमा उदाएको युवा शक्तिका कारण उसले आफ्नो आर्थिक यात्रालाई विश्वको उचाइमा पु¥याएको छ । आप्रवासी युवाहरुको सक्रियताका कारण नै अमेरिका अहिलेपनि विश्वको महाशक्तिका रुपमा कहलिएको छ । जापानी युवाहरुकै मेहनतका कारण अर्थतन्त्रमा उसले आफ्नो स्थानलाई कायम राखेको छ । यी विश्वका ज्वलन्त उदाहरणका रुपमा देखा परेका मुलुकहरुको विकासको मुख्य लक्ष्य युवाको सही परिचालन नै थियो । अहिले पनि यी मुलुकहरुले अर्थतन्त्रमा युवाको पारदर्शी भुमिकालाई कमजोर बनाएका छैनन्, बरु बलियो बनाउँदै गएका छन् । एउटा मुलुकको अर्थतन्त्रको विकासको योजना राजनीतिसँग नङमासुको सम्बन्ध रहने भएकैले पनि उनीहरु प्रयोगका आधारमा सफल बन्दै गइरहेका छन् । 
तर, नेपाली युवाको पहुँच, सक्रियता र विकासका लागि आफ्ना दायराहरु बन्न नसकेका कारण हामी कयौं वर्षपछाडी छौं । नेपाली युवा आन्दोलनको इतिहाँस पुरानो छ तर गलत दिशाको यात्राका कारण हामी सफल हुन सकेका छैनौं । नेपाली समाजका ‘युवा’ भन्नसाथ झगडा गर्ने, गुण्डागर्दी गर्ने, हप्ता असुल्ने, प्रदर्शन गर्ने लगायतका अर्थबाट परिभाषित गर्न थालिएको छ । यसलाई आजको सन्दर्भमा स्वभाविक मान्नुपर्दछ । तर, नेपाली युवाआन्दोलनको सही प्रयोग हुन नसकेका कारण हामी समाजमा यसरी परिभाषित भइरहेका छौं भन्ने आत्मसमीक्षा सवैले गर्न आवश्यक छ । ०६२÷०६३ को आन्दोलनसम्म आइपुग्दा नेपाली युवा राजनीतिक स्वतन्त्रताका लागिमात्र लडेको देखिन्छ । राजनीतिक स्वतन्त्रताप्राप्ति पछि युवाको भुमिकालाई कमजोर र प्रयोगरहित बनाइएको÷बनेको देखिएको छ । ००७ सालमा नेपालमा पहिलो पल्ट आएको प्रजातन्त्र प्राप्तिको आन्दोलनको शङ्घोष र सफलता, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको पञ्चायती शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन र ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनको जग नै युवाशक्ति थियो । तर, यी बारम्बारका आन्दोलनको सफलतापछि पनि युवा शक्तिको सहि उपयोग, उपभोग र परिचालन किन हुन सकेन ? यो गम्भिर प्रश्न आमसाधारणसम्मले उठाउने गरेका छन् । ०५६ तत्कालिन नेकपा माओवादीले क्रान्तिका नाममा युवाका हातका विकासको पहरेदारी र आर्थिक क्रान्तिको रुपान्तरणको जग बसाउनुको साटो बन्दुक बोकायो । ०६२÷०६३ यता वाइसीएलका नाममा उनै मण्डले, कुण्डलेहरुको झुण्डलाई संगठित गरी अपराधउन्मुख बनाइयो । यो प्रवित्तिबाट कोही अछुतो भएन, हाम्रै साथीभाईहरु पनि यस्ता कामबाट कँहीकतै प्रभावित भएको पाइयो । यो एउटा गलत संस्कारको निरन्तरता थियो । अहिलेपनि कतिपय ठाउँमा जारी राखिएको छ । यसको अन्त्यलाई रुपान्तरणसहितको राजनीतिक अभियान वा युवा आन्दोलन नै खाँचो छ । जसबारे हामीले केही योजनाहरु ल्याउने प्रयत्न गरेका छौं । त्यसअघि युवाको सवाल हेर्दा सरल र बुझ्दा गहन बनेको दृष्टान्त राख्नु उपयुक्त हुनेछ । सामान्यतया १६ देखि ४० वर्ष उमेर समुहमाथि उठेको यो प्रश्नका सरल जवाफ छैनन् । यो एउटा आन्दोलन हो र यसलाई व्यावसायिक ढंगबाट व्यवस्थापन गर्न सक्नु यसको सहज उत्तर हुनसक्छ । तर, नेपाली राज्यव्यवस्था अहिलेसम्म त्यसप्रति गम्भिर हुन सकेको छैन । 
युवा राजनीतिबाट अलग भएर यी प्रश्नका सहज उत्तरहरु देखा पर्दैनन् । अहिले भइरहेको भोको राजनीतिको रुपान्तरणविना सवालका सही र प्रयोगात्मक उत्तरहरु आउँदैनन् । राज्यबाट युवालाई एउटा सीमामा घेराबन्दि गर्ने प्रयत्न भएको छ । 
हामी यस्तो गैरन्यायिक प्रणालीलाई चिर्न चहान्छौं । राज्यमा पुराना रीतिको उपयोग गर्ने र युवालाई क्षणिक प्रलोभनमा राखेर राज्यसत्ताको पहुँचबाट टाढा राख्ने प्रवित्तिले संगठित हुन सकेका छैनन् । राजनीति फोहोरी होइन, हरेक पेशागत संस्थामा लागेका युवाहरु संगठित हुन चहान्छन् तर जुन चरित्रले जरा गाडेको छ, त्यसको रुपान्तरण सहितको प्रयोग आवश्यक छ । युवा संघमा यस पटकदेखि हरेक पेशासँग आवद्ध भएका आम युवालाई पनि संगठित हुनका लागि अभिप्रेरित गरिनेछ । यो योजनामात्र होइन, कार्यान्वयनको महत्वपूर्ण पाटो हो । २० औं अर्बको मासु आयात गर्ने हाम्रो मुलुक कृषिको प्रचुर सम्भावना बोकेको मुलुक हो । तर, हामी किन गर्न सकिरहेका छैनौं ? हामी व्यावसायीक काममा युवाहरुसँग साक्षात्कार गर्न सकिरहेका छैनौं, हाम्रा नाममा राज्यमा देखिएको बजेटसम्मको पहुँचमा पुगेका छैनौं । कुनै पार्टी विशेषको नाममा एकीकृत कोषजस्तो बनाइएको युवा स्वरोजगार कोष, युवा मन्त्रालय, युवाका नाममा रकम छुट्याउने प्रत्येक निकायसम्म हाम्रो व्यावसायीक सोच, सहज पहुँच छैन । हामी यसको पुल बनेर युवाका लागि नयाँ आयाम ल्याउने अभियानको पक्षमा उभिएका छौं । 
करिव ५० लाख युवा अहिलेपनि भारत लगायत खाडी मुलुकसहित विश्वभर रोजगारीका लागि अलमलिएका छन् । दैनिक एक हजार सात सय भन्दा युवाशक्ति श्रमका लागि मुलुक छाडीरहेको छ । राजनीतिप्रति उसको वितृष्णा बढिरहेको छ । यो सरल देखिन्छ तर यसले निम्त्याउने जोखिमहरु भ्यानक छन् । राज्यका लागि दक्ष शक्ति मुलुक छाडेर जानुले विकासका कामहरुमात्र होइन, हाम्रो सम्बृद्ध मुलुक बनाउने चाहना पनि कमजोर बन्दै जान्छ । लाखौ युवा मुलुकभित्र वेरोजगारीको समस्यामा भौतारिरहेका छन् । भोको पेटमा राजनीतिक दलमा आवद्ध भएर होल टाइमर भएर खटिएका छन् । 
नेपाली युवा आन्दोलन र त्यसमा आधारित मुद्दालाई कार्यान्वयन गर्नका लागि हामीले युवा सरोकारका मुद्दामा आधारित योजना बनाएका छौं । राज्यबाट हाम्रा अधिकारका रुपमा माग्ने, नपाए खोसेरै भएपनि लिनुपर्ने योजनाहरु छन् । काम र मामको लागि युवाहरुलाई न्यनतम रोजगारीको संवैधानिक ब्यवस्थाकालागी संघर्ष गर्ने, १६—१८ वर्ष उमेर समुहका युवाहरुका समस्या को ब्यवस्थापन (सेवा प्रवेश र मताधिकार), युवाहरुल े बैदेशिक रोजगारी वाट प्राप्त गरेको (पुँजी, सिप र आधुनिक प्रबिधी)लाई स्वदेशमा लगानी गर्ने र यसप्रकारका युवा यद्ममीहरुलाई सम्मानगर्नेकार्यक्रम बनाउने, बेरोजगार भत्ता वा बेरोजगार विमाको ब्यवस्थाकालागी पहलगर्ने, युवा वा श्रम योग्य व्यक्तीको परचिय पत्रको ब्यवस्था गर्ने, एक आर्थिक वर्षमा युवा संघको पहलमा १० हजार युवाहरुलाई रोजगारीको अवस्था श्रृजना गर्न पहल गर्ने, एसएलसी उतिर्ण वा १६ वर्ष पुगे पछि अनिवार्य प्राविधीक व्यावसायिक शिक्षा, युवाको सामाजिक सुरक्षाहरु युवा संघका योजनाहरु हुन् । 
उल्लेखित योजना पुरा गर्ने सन्दर्भमा राजनीतिक तहतप्का, राज्य र नीतिगत तहमा पनि हाम्रो पहुँचलाई बलियो बनाउनुपर्ने आवश्यकता छ । नीति नभई हामी सफल हुन सक्तैनौं । त्यसकारण नीतिगत तहमा पनि आजका युवाले विभिन्न मुद्दाहरु उठाउन आवश्यक छ । 
युवाको एकतर्फी योजनालेमात्र हामी सफल हुँदैनौं । युवाले जारी राखेका कार्यक्रममा परिवर्तनको खाँचो पनि छ । सम्बृद्ध र स्वरोजगार हुनका लागि हामीले युवा आन्दोलनका नयाँ कार्यक्रम प्रस्ताव गरेका छौं । युवालाई राजनीतिबाट टाढा राखेर मुलुकको कुनैपनि पक्षको विकास हुँदैन । मुलुकमा युवाको सर्वाङ्गीण विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगार युवा संघको पहिलो सरोकार, अनिवार्य प्राविधीक शिक्षाको थालनी, व्यावसायिक युवा र स्वरोजगार अभियान, राज्यद्धारा सहुलियत प्रदान, राष्ट्रियताको सुरक्षा तथा सामाजिक सदभावको पहरेदारी, भ्रष्टाचारीका विरुद्ध युवा संघको खवरदारी, अराजकता र विकृतीका विरुद्ध युवा संघको पहिलो प्रहार, ‘इच वन, टिच वन’ साथी शिक्षाको योजना पनि हाम्रो नारा बनेको छ । 
यसर्थ नेपाली युवाको भविष्य निर्धारण, युवा आन्दोलनको सहि प्रयोग र समुन्नत नेपालको कल्पनाका लागि युवा अभियानलाई तिव्रता दिनु आवश्यक छ । युवा अव आन्दोलनमा मात्र सीमित नभएर व्यवाहारिक क्षेत्र र आउने युवापिढीका लागि गतिलो नजिर बन्नसक्नुपर्ने योजना तर्जुमा सहित कार्यान्वयनको पाटो बलियो हुनुपर्छ ।
यतिवेला निर्वाचनको चर्चा चलिरहँदा कतिपय राजनीतिक दलहरुले युवा नेतृत्वलाई अगाडी सार्ने प्रयत्न गरेका छन् । यो सुखद खबर हुनसक्छ । तर, हामीलाई सिफारिस हैन, नेतृत्व चाहिएको छ । शिर्ष नेताहरुलाई तालमेलका आधारमा जिताउने दलहरुको भुमिका चलिरहेको छ, यो भुमिका युवाहरुका लागि हुनुपर्छ । राजनीतिक दलको दर्शन एकातिर हुनसक्छ तर विकासको लक्ष्यमा सवै दर्शनको साझा एजेण्डा बनाउन सक्ने शक्ति युवा नै हुन् । युवाले जवसम्म नेतृत्वको पाउन सक्तैनन्, तवसम्म राजनीति सफल हुन्छ भन्नेमा विश्वास राख्नु फेरि पनि भुलमात्र हुनेछ । 

Saturday, September 14, 2013

प्यासन (PASSION): भावसागरमा प्रियतमसँग

प्यासन (PASSION): भावसागरमा प्रियतमसँग: साइबर लभ–६ संवेदनाको परिधिभित्र एउटा मनसँग अन्तरंग भएर  कुनै खास भावसागरमा  पौडी खेल्ने भावना जागेको छ कसैले जगाएको छ विचलित...

भावसागरमा प्रियतमसँग

साइबर लभ–६

संवेदनाको परिधिभित्र
एउटा मनसँग अन्तरंग भएर 
कुनै खास भावसागरमा 
पौडी खेल्ने भावना जागेको छ
कसैले जगाएको छ
विचलित नभएको मनसँग 
निरन्तर अविरल सास फेर्न मन छ
नयाँ मुटुसँग रक्तसञ्चारको योगबाट 
सञ्चालित हुने उमंग उम्रिएको छ...
आज किन हो कविता लेख्ने मुड चलिरहेको छ । भित्रबाट शब्दहरूसँग पौडी खेल्न मन लागेको छ । भावनासँग रुमल्लिएर आफ्ना चाहना अभिव्यक्त गर्ने लहड पलाएको छ, चैत वैशाखमा रुखमा पलाएको नयाँ मुनाजस्तो ।
मेरो अघिल्लो पत्र उनीकहाँ पुग्न सकेन । उनी अर्थात् मेरी प्रियतमासँग पुग्न सकेन । आज उनका लागि कविताको हरफहरू बनाउने रहर छ । कसैले मलाई सडकमै भनेको थियो, ‘मानिस जीवनमा एक पटक कम्तिमा कवि बन्नेछ जब ऊ प्रेममा लिप्त हुनेछ ।’ सायद, म उनीसँगको प्रेममा लिप्त भइसकेँ । सम्भवतः प्रेम भनेको पनि त यही होला नि !
यो कस्तो तस्बिर हो ? यो कस्तो काल्पनिक चेहरा हो ? यो कस्तो छटपटाहट हो ? बिछ्यौनामा छु, बिछ्यौना मसँग छैन । माकुराले लगाएको जालो मेरो सिलिङमा झुन्ड्याएको छ, त्यो जालोमा प्रेम देखिरहेको छु, अनि त्यसभित्र म रित्तिएर छिरेको छु । औषधिका पोकाहरू टेबलमा छन््, त्यसले दिने निराकरणसँग म नजिक छु । मेरो प्रणय मसँग छैन, समवेदनाको पुञ्ज मेरै वरिपरि छन्् । महादेवको प्रेमलिलाजस्तो कल्पनामा डुबेको प्रेम, इन्टरनेटमा झुन्डिएको मायाको त्यान्द्रोमा कति धेरै आशा पलाउन थालिसकेछन्् । मलाइ थाहा छ, यी आशा कसैको समय बिताउने माध्यम हुन सक्छ, कसैको समय खर्च गर्ने बहाना हुन सक्छ, ख्याल ठट्टाको मेरो उमंग गहिरो भएर मनभित्र रुमल्लिसकेको छ अनि म हराएको छु त्यसभित्र आफैँबाट छुट्टिएर । 

०००

सारा सहर नेपाली खेलको उमंगसँग रम्न दशरथ रंगशालामा थियो आज । साराको अनुहारमा भारतसँग जीतको प्रसंग उत्तरार्धतिर लागेको रातमा पनि चर्चाको विषय बनेको छ । अनि, मेरो चर्चाको लहडमा उभिएकी उनको पर्खाइमा निरन्तर म डुबिरहेको छु । मेरो खेल उनी, मेरो चर्चा उनी, मेरो फुर्सद उनी अनि मेरो व्यस्तता पनि उनी । उनीविना अब मेरा औँलामा चल्ने क्षमता छैनन्, शब्दहरूका प्रसंगका मार्ग सकिएका छन््, अक्षरहरूका लहड कतै सकिनै लागेका छन्् । 
म निरन्तर आफ्नो संवेदनाको लेखकीयलाई उतार्ने सोचमा मग्न छु । मेरा सबै सोच भताभुंग पार्नेगरी एउटा प्राणी मेरो कोठामा छि¥यो । मेरा भावनालाई क्रमभंग गरेर ऊ मलाई क्रोधको आवेगमा डुबाउने प्रयत्नमा जुटेको छ । मेरो सोचलाई एउटा ‘सामान्य’ साङ्लोले विचलित बनायो । फुत्त झ्यालबाहिरबाट उडेर आएको साङ्लोले आतंकित बनाइरहेको छ । घरी पानीको बोतलमाथि बसिदिन्छ, घरी कागजका चाङमाथि मेरो एकाग्रतालाई भंग गर्ने गरी छटपटाउँछ । घरिघरि मेरो प्रेमलाई धावा बोल्न आएको तालिवानी आतंकवादीजस्तो । यो सेतो रगत बोकेको प्राणी किन रातो रगतको विचारप्रति आतंकित छ ? किन मेरो भावनामाथि तुषारापात गर्ने प्रयत्नमा जुटेको छ ?
म यो साङ्लालाई सामान्य ठानिरहेको छु । तर, मलाई यसले असामान्य क्षति गरिरहेको छ । मेरो विचार र सोच, मेरो कल्पना, मेरो यथार्थमाथिको लेखकीयलाई तीव्र प्रभावमा पारिरहेको छ । घरि भान्सातिर लाग्छ, घरि मेरो बिछ्यौनामा आउँछ । म प्रेमको पुजारीका रूपमा लेखिरहेको मानिस, यसको हत्या गरौँ भन्ने सोचलाई दबाइरहेको छु । म यसलाई मेरो निरन्तरतालाई कायम राख्न गन्तव्यमा जान मनोग्रह गरिरहेको छु । विचरा यो फरक रगतधारी मेरो अपेक्षालाई बुझिरहेको छैन । घरिघरि लाग्छ मेरो संवेदनालाई सामान्यीकरण गर्न नसक्ने समान रगतधारीभन्दा यो पनि फरक छैन । मलाई निरन्तर विचलित बनाइरहेको छ ।
यसका कारण म आफूलाई घरिघरि विद्यालय जान नारायणी, गण्डकीतिर तुइन् चढेर नदी पार गर्नुपर्ने कठिन बाध्यतासँग दाँजिरहेको छु । जोखिममा यात्रा गरेर जीवनमरणको अनुभवलाई कल्पनामा उतारिरहेको छु । ‘जा, अहिले निस्किहाल । मेरो प्रेमिल यात्रामा प्रतिगमनकारी नबन् । तँ, सेता रगतका प्राणी हरेक पटक मेरो विरोधीका रूपमा नआइज ।’ म उसलाई मनमनै फतफताएर कराइरहेको छु ।
केही समयपछि फेरि अर्को साङ्ला मेरो झ्यालबाट फुत्त छिरेको छ, अघिल्लाको साथसँग रमाउनलाई । लपक्क टाँसिएर उसैका छेउमा पुगेको छ । ‘हरे, यी प्रतिगमनकारी साङ्लाहरू अब भेला हुन थाले ।’ कि मैले झ्याल बन्द गर्नुपर्छ, कि यी जोडीको प्रेमलापको हत्या । अब कसो गर्ने ? म विचरणमा छु । साङ्ला जोडी त मख्ख परेर एकै ठाउँ वार्तालाप, प्रेमलापमा नतमस्तक भइसके । म आफ्नो लेखकीयलाई केहीबेर थाँती राखेर उनीहरूको प्रेमलापको दृश्यगमन गरिरहेको छु । अनि, उनीहरूको संवादको परिकल्पना पनि । 
‘के छ डार्लिङ, धेरैपछि भेट भयो ।’
‘ठीक छ, त्यही त, यो प्रेम बडो जटिल’
‘आऊ, अब नतमस्कतक भएर डुबौँ’
‘कहाँ कसरी डुब्ने ?’
‘यसरी, आलिंगनमा, चुम्बनमा, रहरमा, प्रेममा ।’
उफ, यी किरा फट्यांग्राको प्रेम । कति गहिरो होला ? कति संवेदनशील होला ? कति भावनात्मक होला ? कति रहरउन्मुख होला ?’ यिनको प्रेमलापले मेरो कोठाभित्रका हरेक सामानहरू प्रदुषित भइरहेका छन्् । मेरा हरेक सामानमा यिनको रजाइँले प्रदुषणको बिउ रोपिएको छ । उफ्, यिनलाई नखेदाइ भएन । म उनलाई खेदाउने प्रयत्नमा छु, उनीहरू मेरो समवेदनालाई प्रभाव पार्ने लहडमा । यो रात साङ्लाको प्रेम र मेरो यथार्थको युद्धमा अभ्यस्त भयो, व्यस्त भयो । सहर उठ्ने बेला भएको छ, अनि म निदाउने बेला । सहर भुक्ने बेला भएको छ अनि म लुक्ने ।

०००

मेरो बिहान उनको रातसँग सुरु हुन्छ । मेरो उज्यालो उनको अँध्यारोसँग नजिक हुन्छ । मेरो वास्तविकता उनको कल्पनासँग नजिक होला । उनको वास्तविकता, मेरो यथार्थसँग टाढा होला । जेहोस् प्रेममा सबै कुरा जायज हुन्छ रे । एक जना नेता स्वनाम साथीले पनि यस्तै अन्तर्वार्ता दिएका थिए । आफूभन्दा आधा उमेरकी प्रेमिका किरणसँगको वैवाहिक जीवनमा गाँसिने उद्घोष गरेका ती साथी भनिने नेताको भनाइले मेरो बिहान आज अलिक सुखद रूपमा सुरु भयो । उनको रात कसरी गइरहेको छ ? मलाई थाहा छैन । किनभने उनीसँगका संवादका चरणहरू निक्कै छोटा, छरितो र दुरीका रूपमा बढिरहेको छ । भनौँ, संवादका चरणको एउटा अल्पविराम लागेको छ । अनि, म भ्रममा आफ्ना वास्तविकतालाई कल्पनासँग जोडिरहेको छु । 
कति यथार्थ कल्पनाजस्तो लाग्ने, कति कल्पना यथार्थजस्तो देखिने । भ्रम त सबैतिर छ । आफैँ भ्रमको चक्रव्यूहमा फसेको यो सम्भवत पहिलो चोटी हो मेरो, विवेकलाई विश्लेषण गर्न सक्ने भएपछि । म यथार्थ र भ्रमको सीमारेखाबारे क्लियर हुन सकेको छैन । मनोवादमा अल्झिएको छु कि म भ्रममा बाँचिरहेको छु या कल्पनामा हराइरहेको छु । म उनलाई पनि यही प्रश्न गर्छु अब । उनको उत्तर जे आओस्, मेरो प्रश्न यही हुनेछ । जसरी मैले उनलाई हाम्रो नजिकिएको सम्बन्धका बारेमा खुलेर कुरा गरेँ, म खुलेर प्रश्न राख्छु । 

०००

आजको दिन त्यति गतिशील छैन । आजको दैनिकी र मैले तयार पारेको खबर त्यति सुखद छैन । गायक फत्तेमान राजभण्डारीको निधनको समाचार सुनेर आएको छु । आखिर मानिसको जीवन के हो र ? मानिस चुरोटको धुँवासँग जीवनको दिन गनिरहेको हुँदो रहेछ । मानिस प्रेमिल भएर जिन्दगीलाई सामान्य बनाइरहेको हुँदोरहेछ, अनि मृत्यु त्यो भन्दापनि सामान्य । 
आज गलेर कोठामा पसेँ । भोकै, खाना खाएको छैन । बनाउनै पर्ने पनि छ । म जीवनसँग नै रुमल्लिरहेको छु । त्यही पनि बाँच्नुपर्ने बाध्यता हो या निरन्तरता, खाने काम गर्नै प¥यो । चुल्हो बालेर पकाइरहेको छु । र, फेरि रुमल्लिएको छु, उही तर्कसँग । 
मान्छेको जीवन पनि त मेरो कुकरमा उम्लिरहेको दालजस्तो होला नि । चरम तापपछि उम्लिन्छ र बज्छ सारा समाजलाई एकान्त रातमा बिच्काएर । म जीवनबारे प्रिय पात्र अर्थात् उनीसँग केही कुरा गर्ने मुडमा छु । तर, उनी मसँग कुरा गर्ने रहरमा छैनन् सायद । त्यसकारण उनले मलाई आजभोलि केही पनि लेखिरहेकी छैनन् । मैले मेरो डायरीमा कोरेँ उनका लागि । 
‘कोही मृत्यु पचाएर बाँचेका हुन्छन््, कोही जन्मसँग नाचेका हुन्छन्् । सहरको दुनियाँ फरक छ, प्रिय पात्र । यहाँ एउटा कोठामा शोकमा डुबेका मानिसको परवाह कसलाई हुन्छ र ? अर्को कोठामा ब्रोइलर कुखुरा भुटिइरहेको हुन्छ । शोकको नाममा मदिरामा लठ्ठ एउटा जमात सहरमा भड्किलो रातसँग उन्मुक्त छ, ‘मितिनी’ उपनामकी ती महिला जीवन चलाउन रातभर अभ्यस्त छिन्् ।’ 
सहर आफ्नो हिसाबले नतमस्तक छ, म आफ्नो प्रकारले उही दैनिकीको पर्खाइमा छु । मेरो पर्खाइको समयसीमा बढिरहेको छ, उनको प्रत्युत्तर, प्रतिप्रश्न, प्रतिकार, प्रतिवाद केही छैन । पर्खाइमा अभ्यस्त छु, आउने आशमा म कोरिरहेको छु, एकोहोरो रूपमा । यी अनेक भावनासँग म डुबिरहेको छु, प्रियपात्रको भावसागरमा । उनी कत्तिको भावनात्मक भएकी छन्् थाहा छैन । सम्भवत ः मोलीको प्रेमकहानी सुन्न अभ्यस्त भइन् कि ?

Friday, September 13, 2013

मनिषादेखि मनिषासम्म



मनिषा कोइराला कुनैबेलाकी बलिउडकी बहुचर्चितमात्र होइन, महँगी हिराइन पनि हुन् । खामोसीमा सलमान खानसँगको उनको चर्चादेखि लाल बादशाहमा अभिताभ बच्चनसँगको रोमान्सको चर्चाले बलिउड हल्लाएको थियो । मनमा आमिर खान, दिल सेमा शाहरुख खानसँग उनले रोमान्स गरिन् ।
महाराजा भन्ने फिल्ममा गोविन्दाभन्दा दोव्वर पारिश्रमिक लिएर अनुबन्धित भएको भन्ने हल्लाले मनिषाको फिल्मी करिअरलाई सामान्य बनाएको थिएन । त्यसो त उनको बलिउड ब्रेक नै हस्तीहरुसँग भएको थियो । दिलिप कुमार, राजकुमार जस्ता हस्तीहरुसँगा उनले सौदागर भन्ने फिल्मबाट बलिउड करिअर सुरु गरेकी थिइन् ।

पछिल्ला दिनमा मनिषा क्यान्सरको पीडित बनेकी थिइन् । अहिले उनी त्यो पीडाबाट पनि उन्मुक्ति पाइसकेको आफ्नो फेसबुकमा घोषणा गरेकी थिइन् । यो पीडाबाट उन्मुक्त भएपछि उनी नेपालमा यस्तै एउटा कार्यक्रममा आइन् ।
क्यान्सरको जरालाई डढाएर निमिट्यान्न पार्न दिइएको किमोथेरापी र रेडिएसनले अभिनेत्री कोइरालालाई मुडुलो बनाइदिएको थियो । अमेरिकाको न्यूयोर्कमा आठ महिना लामो उपचारका क्रममा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको फोटोमा रातो पहिरनले उनी भिक्षुजस्तै देखिएकी थिइन् ।
क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि धमिलो बनाएको थियो । छाला उस्तै गोरो भए पनि चमक हराएको । क्यान्सर डाक्टरहरुको कार्यक्रममा काठमाडौंको याक एण्ड यती होटलमा प्रमुख अतिथि हुन आएकी मनिषा अहिले पुरै फेरिइसकेकी छिन् ।

उनको मुडुलो टाउको अहिले कालो तर छोटो कपालले ढपक्क ढाकेको छ । अनुहारमा चमक थपिएको छ । पहिला दुव्लाएर छिन्न लागेको घाँटीमा मासु थपिएको मात्र छैन, लुरा हात, पाखुरा पनि मासु भरिएर कसिला भएका छन्।
गोलो आकारको कालो चस्मा लगाएर आएकी मनिषा १०÷१५ वर्र्षअघि उनको करिअरमा जमेका बेलाजस्तै गतिली पोटिली हिस्सी र राम्री देखिएकी छन् । मुसुक्क मुस्काउँदा दाहिने गालाको डिम्पलले चौध वर्र्षअघि जम्बो पेप्सीका विज्ञापन खेल्दा जस्तै हिस्सी देखिइन् ।
मनिषाकै शब्दमा उनी अब ‘क्यान्सरविरुद्धकी जोधाहा योद्धा” हुन् । ‘क्यान्सरपीडित’ भन्ने शब्द उनलाई बिलकुल मन नपर्नेमात्र हैन पटक्कै चित्त बुझ्दैन ।
उनी जसरी देखिएकी थिइन्, सुरुकी मनिषादेखि उनी फेरि मनिषासम्म फर्केको अनुभुति हुन थालेको छ ।