Tuesday, September 9, 2014

सेक्स -याकेड हो त फिल्मी दुनियाँ ?

बलिउडदेखि कलिउडसम्मका हिरोइनहरु फाइभस्टारमा भेटिन्छन् त ?
रंगेहात पक्राउ परेकी भारतीय अभिनेत्री बसु

चमक दमक र नामको फ्रेम हुने फिल्मीनगरीभित्रका अनेक कथा छन् । नामको फ्रेम एकातिर र सेलिव्रिटीको चर्चा अर्कातिर बटुलिने यो नगरीमा हिरोइनहरुको सौदाबाजी कसरी हुन्छ ? कसरी सेक्स ¥याकेडका रुपमा परिमार्जित हुँदैन, फिल्मी नगरी ? यो दुनियाँमा टिक्नका लागि हिरोइनहरु जिस्मफरोसीमा पनि रहनुपर्दछ । तर, किन ? किन यसो गरिरहनुपर्छ ? किन यस दुनियाँभित्र सेक्स ¥याकेडको चंगुलमा फँस्नुपर्छ ? कि कसैले धकेलेर पु¥याउँछ ? या हिरोइनहरुको असली आम्दानीको स्रोत नै उच्च घरानीया वेश्या बन्नु हो ? यो दुनियाँमा एउटा सत्य त छँदै छ, जवसम्म देखिदैनौ, तबसम्म विक्दैनौ । कथाले कति माग्छ ? अनि, मान्छेले कति माग्छ ? भागवन्डामा दुवैले मागेको जबसम्म दिदैनौ तबसम्म विक्दैनौ ।
फिल्मी दुनियाँको यो सत्यबाट बलिउड र कलिउड दुवै पहिचानहिन छैन । ओपन सेक्रेट रुपमा चलिरहेको यो धन्दाको उजागर भारतीय अभिनेत्रीलाई रंगेहात प्रहरीले पक्राउ गरेपछि भयो । 
‘केही मान्छेका नाम उनीहरुका कामले हुन्छन्, 
मेरो वदनाम भएर नाम भयो ।’
द डर्टी पिक्चरमा सिल्कको भुमिकामा अभिनय गर्ने क्रममा विद्या वालनको यो डाइलग निक्कै चर्चामा आयो । त्यो फिल्मले फिल्मी दुनियाँको ८० को दशककको यथार्थलाई पस्किएको थियो । फिल्म हिट भयो । 
तर, आजभोली बलिउड निक्कै माथि उठिसकेको छ । बलिउडका कलाकार कम छैनन् । एक से एक हिरोइनहरुको दाम हिरोहरुसँग तुलनात्मक रुपमा राख्न थालिएको थियो । तर, फेरिपनि फिल्मी दुनियाँ सेक्स ¥याकेडका रुपमा रहेको भारतीय टेलिभिजन च्यानलहरुले बताउन थालेका छन् । फाइभस्टार होटलमा अभिनेत्री स्वेता बसु रंगेहात पक्राउ परेपछि बलिउड हल्लिएको छ, यसरी नै थर्कमान भएको छ, कलिउड अर्थात् नेपाली फिल्म इन्डस्ट्रिज पनि ।
गाउँबाट सहरी छिरेकी युवती नाम र दामका लागि फिल्मी दुनियाँमा प्रवेश गर्छे । आफु चम्किनका लागि उसले विभिन्न किसिमका हत्कन्डाहरु अपनाउन पछि पर्दिन । यो ओपन सेक्रेट कथालाई प्रमाणका आधारमा मात्र लेख्न सकिने भएकाले पनि यी सरल कथाका रुपमा मौखिक प्रचारको पाटो भएको थियो । प्रेम सम्बन्धको कथा एकातिर आइरहेपनि ‘सेक्स ¥याकेड’को दुनियाँमा पनि हिरोइनहरुको नाम जोडिन थालेका छन्, श्वेता बसु जसरी नै । 
बलिडढ अभिनेत्री राखी सावन्त भन्छिन्,‘हिरोइनहरु आफैं पनि काम लिन र काम पाउनका लागि कर्ल गर्लका रुपमा काम गर्छन् । आर्थिक स्थिति सुधार्नका लागि पनि फिल्मी क्षेत्रका केटीहरु यसरी सेक्सको व्यापारमा लागी परेका छन् ।’
साउथ इन्डियन र बलिउडमा यस्ता कुराहरु चलिरहेको हिरोइनहरु नै स्वीकार गर्छन् । कम काम पाउने हिरोइनहरु छोटो बाटोबाट पैसा कमाउनका लागि यस्तो काममा लागि पर्ने उनीहरु स्वीकार गर्छन् । स्वेताकै सहकर्मीका रुपमा रहेकी गहना वरिष्ठ नामकी हिरोइन भन्छिन्,‘यस्ता कुराहरु सुन्न पाइन्छन् । र, बलिउडमा निक्कै हुने गरेको पनि सुनेकी छु । कामबाट फुर्सद मिलेका बेला छोटो समयमा धेरै पैसा कमाउने चाहनाले केटीहरुले सेक्स¥याकेडमा छिरेका घटना छन् पनि । तर, किन यसो गर्छन् ? यहि म पनि सोधीरहेकी छु ।’
बलिउडमा हिरोइ नबनेकाहरु त नौ बजेपछि राती नेताहरुसँग हुने बताउँछिन्, राखी सावन्त । उनले त चुनौति पनि दिएकी छन्, मिडिया किन नेताहरुलाई पक्राउ गर्दैनन् ? किन सोध्दैनन् ? जे भएपनि बलिउड फिल्म इन्डस्ट्रिज कर्ल गर्ल उत्पादन गर्ने थलोका रुपमा चिनिन थालेको छ । हर दिन सात सय मानिस कलाकार बन्ने धोको लिएर छिर्ने मुम्बइले मौका नपाउने गरिब र खर्च टार्नुपर्ने बाध्यता बनेकाहरुलाई सेक्स बजारमा धकेलिरहेको मात्र छैन, वार्षिक ४ सय फिल्म बन्ने र २५० पनि रिलिज नहुने कारणले पनि पर्दा अगाडी आउन नसक्नेहरु, पर्दा पछाडीको दुनियाँको सेक्स ¥याकेडमा पुगेका छन् । र त त्यहाँ सुरु हुन्छ दलालहरुको रात्री बजार ।  

के छ कलिउडको हाल ? 
बलिउडको कथा एकातिर छ, कलिउडको कथा पनि कम छैन । खासगरी काठमान्डुमा पनि फैलिएका दलालहरुले हिरोइन र मोडल मिलाउने नाममा हाका हाकी सडकमा दलाली गरिरहेका छन् । ठमेलको रातमा दलालहरुको प्रस्ताव नै २५ हजारदेखि सुरु हुन्छ, नामअनुसार ५० हजारसम्मको दलाली गरिरहेका हुन्छन् । या यी दलालहरुले हिरोइनको नाममा वदनामीको बजार विछ्याइरहेका छन् ? 
‘केही कलाकारहरु आउने गरेका छन् । मोटो रकममा उनीहरुले रात विताउने गरेको कुरा सत्य हो । केही चलेका र नामीहरुको चर्चा पनि यो बजारतिर कम छैन ।’, ठमेलका रात्री बजारका एक ट्याक्सि चालक भन्छन्,‘यहि ट्याक्सिमा पनि मैले मोलतोल गरेका व्यापारीहरु धेरै ओसारेको छु ।’
काठमाडौंको रात, इलाइट रातको कथा पनि बलिउडको सेक्स ¥याकेडको भन्दा कम छैन । यहाँपनि फिल्मीनगरीको चमकधमकसँगै पैसाको खेलमा सेक्स ¥याकेडमा छिरेका कम छैनन् । कतिपय त्यस्ता ठाउँबाट फिल्मीनगरीमा पनि छिरेका छन् । होटल रेस्टुरेन्टबाट सुरु हुने कलाकारीताले पर्दासम्म र पर्दाको कलाकारीता होटलसम्म पुगेका कयन सत्यहरु पनि उत्तिकै छन् ।  
ठमेलतिर आउने अभिनेत्री, कलाकारहरु न आफ्नो गाडीमा आउँछन् न व्यापारी पहिचान खुल्ने गाडीमा आउँछन् । यहाँ रहेका ठूला होटलहरुमा यस्ता कर्मकाण्डहरु प्राय भइरहेका हुन्छन् । दरबारमार्ग र आसपास रहेका फाइभस्टार होटलहरुमा पनि ‘सेलिव्रिटीका रात’ गुज्रेका कयन भेटिएको बताउँछन्, स्टाफहरु । धेरैजसो हिरोइनहरु भारतीय व्यापारीहरुको नजरमा परेका छन् । मौसमअनुसार आउने ति व्यापारीहरुले मोटो रकममा कलाकार खरिद गरी रात विताउने गरेको पनि सुनिन्छ । नेपाली व्यापारीभन्दा पर्यटकीय रुपमा आएका व्यापारीहरुको चलखेल ज्यादा हुने गरेको पनि सुनिन्छ । यद्यपि, अहिलेसम्म रंगेहात नै पक्राउ कोही नपरेका कारणले पनि कलिउडबजार त्यति बदनाम भइसकेको छैन । यद्यपि, फिल्मीदुनियाँको जिस्मफरोसीको संस्कारले गाँजिसकेको नेपाली फिल्म इन्डस्ट्रिलाई जोगाउन पनि कठिन भइसकेको छ । 

Monday, September 8, 2014

विर्खेलाई चिन्छस् ! समिक्षा : खसीको टाउको, वाख्राको मासु

जस्टिफाई हुन नसकेको कथाहरुको त्यान्द्रोका रुपमा विर्खेलाई चिन्छस्, बजारमा आएको छ । 

कलाकारहरु : सुवास थापा, आयुषा राई, विनिता खड्का, बलदीप राई, शिशिर भण्डारीलगायत
निर्देशक : अराज केशव 

नेपाली सिनेमा उद्योगमा खसीको टाउको देखाएर वाख्राको मासु वेच्ने चलनको प्रतिविम्ब विर्खेलाई चिन्छस्ले पनि छाडेको छ । हावा तालमा बनेको यस्तो फिल्मले दर्शकको अपेक्षाहरुमाथि तुसारापात गरेको छ । दर्शकले विर्खेलाई चिन्छस् भन्ने गीत र प्रोमोको आधारमा फिल्म हेर्न सिनेमा घर छिर्नुको उपलव्धि निराश बनेर फर्किनु हुनेछ । नामले समसामयीक कमेडी र ग्रामिण जीवनको बारेमा फिल्म बनेको छ, भन्ने आम सोचाई हुन्छ । जब दर्शक सिनेमा घरमा प्रवेश गरेर फिल्ममा उत्रिन्छन्, अनि उनीहरुको अपेक्षा विस्तारै कमजोर र गलत सावित हुँदै जान्छ । यसमा निर्देशक दोषी त छँदै छन्, यस्तो स्क्रिप्टमाथि लगानी गर्ने निर्माता मुर्खभन्दा अरु केही पनि सावित हुँदैन । 
फिल्मको ओपनिङ औसत राम्रोसँग गरिएपनि अन्त्यको चाँजोपाँजो निक्कै कौतुहलहिन छ । कथाको सिक्वेन्सहरु मिलेका छैनन्, प्लटहरुमा स्क्रिप्ट राइटर दुखी भएर लेखेको भान हुन्छ । यस फिल्ममा कलाकारलाई गाली गर्न मिल्दैन । 
पात्रको परिचय विस्तारै खुलाउँदै जानुपर्ने भएपनि परिचय खुलाउने कुनैपनि आधार बनाइएको छैन । मुख्य पात्र विर्खे बाहेकका सहायक पात्र कसैको पनि परिचय खुलाउन निर्देशकले आवश्यक नठानेको देखिन्छ । तर, परिचय खुलाउनका लागि सामान्य हिसावले कुनै खास दृश्यहरुको समावेश गराउने आवश्यकता यो फिल्ममा देखियो । विर्खे पढ्नमा कमजोर, गाउँको अल्लारे ठिटो र अलिक लठेप्रो किसिमको रहेको भन्ने देखाउन खोजिएको छ । उसका गाउँका हर्कतहरुलाई उतार्ने प्रयास भएको छ । तर, ती ठ्याक्कै मौलिक बनाउने कुरामा भने निर्देशक चुकेका छन् ।  
यस फिल्मका कास्टिङ डाइरेक्टरको नजर कमजोर भएको पनि पाइयो । फिल्ममा नायिक दर्शकको मनछुने र चिन्नसक्ने किसिमले पस्किनु पर्दछ । फिल्मकी नायिका विनिता खड्काको परिचय नायिकका रुपमा स्थापित गराउन नै सकिएको छैन । उनलाई पहिलो पटक परिचय खुलाउने क्रममा दर्शकले नायिकाका रुपमा चिन्न कठिन हुन्छ । ‘पैसा हालेका कारण खेलाएको होला’ भन्ने जस्ता सिनेमा चल्दै गरेका क्रममा नायिकाको खुला आलोचनामा दर्शक उत्रिन सक्नु भनेको कास्टिङ डाइरेक्टरको कमजोरी हो भन्ने सावित हुन्छ । 
विर्खेका बाबु (लाहुरे)को हत्या किन र के कारणका लागि गरियो ? केही खुलाइएको छैन । हत्या गर्ने समुहको उद्देश्य के थियो भन्नेबारेमा पनि खुलाइएको छैन । गाउँमा हुने विवाहमा जानका लागि तयार भएका विर्खेका बाबु लाहुरेलाई कुनै अपरिचित समुहले किन लग्यो ? त्यो कस्तो समुह हो र त्यसको उद्देश्य के थियो भन्नो प्रष्ट छैन । लाहुरेलाई एक्कासी मार्नुको पछाडीको कारण पनि खुलाइएको छैन । त्यो समुहले लाहुरेलाई मार्नुको पछाडीको पृष्ठभुमीको बारेमा पनि राम्रोसँग नखुलेका कारणले अप्रसंगका कुराहरु बढि जोडिएका छन् । 
विर्खेलाई केन्द्रित गरेर फिल्म बनाउने कोशिश गरेपनि कतिपय विषयहरु जोड्ने कामको कुनै तालमेल छैन । सहर आउनासाथ सिनेमा उद्योगलाई छुने प्रयत्न भएको छ । तर, विर्खे त्यहाँभित्र अचानक पुग्नुको कारणको जस्टिफाई फिल्मले गर्न सकेको छैन । विर्खे त्यो उद्योगबाट उछिट्टिएर भरिया र भरियाबाट सडकमा बस्ने मजदुर किन भयो ? जेल पुगेर राजनीतिक दलको कार्यकर्ता भएको विर्खे आन्दोलनको अगुवाई गरिरहेको सन्दर्भलाई छाडेर एकैचोटी भरियामा झारिएको छ । आन्दोलन र पैसा बुझेको विर्खे कसरी सडकको भरिया भयो ? निर्देशकले जस्टिफाई गर्न सकेका छैनन् । 
सहर छिरेपछि विर्खेको साथी फरार भएर कहाँ गयो ? विर्खेले ती फटाहालाई किन खोज्ने कोशिश गरेन ? कथाको ढाँचा मिलाइएको छैन । अचानक आउने घटनाक्रममा विर्खे जोडिएपनि ती घटनाक्रमको अन्त्य सहज हुन सकेको छैन । यस्तो घटनाक्रमले दर्शकलाई उत्सुक बनाउन सक्तैन । छरपस्ट विसयबस्तु विस्कुन सुकाएजसरी छरिएका छन्, तर ति विषयबस्तु समेट्ने कोशिश गरिएको छैन । परिचयविना नै उदाएका पात्रहरुको अन्त्य गरिएको छ, अर्थहिन हिसावले । 
मेरिना नामकी नायिका (आयुसा राई) किन आइन र उनको भुमिका के हो ? भन्ने कुरा प्रष्ट खुलाइएको छैन । एनजिओमा काम गर्ने महिला हुन् भन्ने कुराको हेक्का राख्न सकिएपनि त्यो स्पष्ट छैन र उनको भुमिका फिल्ममा आवश्यक पनि देखिएको छैन । यस्ता पात्रहरु निर्माताका लागि व्यवभार र फिल्म भद्दा बनाउने कारणभन्दा अरु केही पनि हुन सक्तैनन् ।
विर्खेले नेतालाई थप्पड हानेका कारण जेल परेको हुन्छ । त्यसक्रममा प्रहरीले उसको थर विर्खबहादुर घर्तीमगर भनेर बोलाउँछन् । फिल्ममा उनका बुवा, आमा, प्रमिका कसैसँग जर्नर नमिल्ने सम्बोधनले त्यताको पाटोमा पनि कमजोरी देखिन्छ । फिल्ममा देखिने दाह्री माइला (सुरवित पण्डित), लाहुरे (सुरेश उप्रेती) लगायतको भुमिकामा खोट लाउनपर्ने कारण छैन । नायक सुवास थापाको अभिनय पनि औसत नै छ । तर, नायिक आयुषा राइको अभिनयमा खोट देखिन्छ ।  
विर्खेको क्यारेक्टरलाई जस्टिफाई गर्ने प्रयासका रुपमा नेपाल–भारत सम्बन्धलाई छोएर आतंकवादी समुहलाई नेपाल प्रहरीको खोजी र त्यसलाई विर्खेको सहयोगमा निस्तेज पारेको देखाइएको छ । प्रहरी कस्टडीमा रहेको विर्खेमा अचानक शक्तिशाली हुने रहर पलाएको सम्म ठिकै छ तर ति आतंकवादीहरु किन र केका लागि थिए भन्ने कुराको परिचय नै छैन । पात्रहरु आउँदै जाँदै गर्दा उनीहरुको भुमिका स्पष्ट बनाउन नसक्नु फिल्मको सवैभन्दा ठूलो कमजोरी हो । 
फिल्मभरी हेर्नलायक र सम्झनलायक त्यस्ता घटनाहरु केही छैनन् । टाइटल गीतचाँही सम्झनयोग्य छ । समग्रमा फिल्म हेर्न पुगेका दर्शक उत्साही हुनसक्ने ठाउँ देखिँदैन । छायांकन, सटहरु अन्य नेपाली फिल्महरु जस्तै औसतमात्र छन् । 




Sunday, September 7, 2014

गधा धोएर गाई हुँदैन

विनोद ढकाल
संगीतका नौ रस हुन्छन् । मलाई थाहा छैन, राजनीतिका कति रस हुन्छन् । तर, यत्ति थाहा छ– यो राजनीतिक रसका कारण जनताको घरदैलो र विश्वासको भाँडो खोस्टाका रुपमा परिणत भइसकेका छन् । 


ठ्याक्कै १० वर्षको युद्धराजनीतिका कारण तत्कालिन संस्थापन अर्थात् सरकार असफल भएपछि नेपाली जनताले वैकल्पिक व्यवस्थाका रुपमा संवैधानिक राजतन्त्रको अन्त्य स्वीकार गरे र प्रस्तावित नयाँ संविधान र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्वीकार भएको थियो । ९ वर्ष वितिसकेको जनताको यो आशा र अपेक्षामा रुमल्लिएको समयअवधि । १० औं वर्ष लाग्ने तयारीमा छ । तर, के प्रस्तावित लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक र विकासको बाटोमा हामी अघि बढ्न सक्यौं त ? आँखा अगाडीको सत्यलाई कसैले पनि नकार्न सक्तैन । यो दलहरुको अन्तरिम परिक्षा थियो । जसरी यी दलहरु अन्तरिम संविधानको आधारमा राज्य चलाउन अघि आए, उनीहरुको अन्तरिम परिक्षाको अवधि पनि करिव करिव सकिनै लागेको छ । अव के हुन्छ ? यदि नयाँ संविधान आएन भने मुलुक कुन कोर्सतिर जानेछ ? यो समयअनुसार हुने जनक्रान्तिले नै पत्ता लगाउनेछ । यो त्यस्तो जनक्रान्ति हुनेछ, जनता आफ्नो घरबाट स्वतस्फूर्त राजनीतिक दलहरुको खिलाफमा सडकमा उत्रिनेछ । तर, त्यसअघि नै यी राजनीतिक दलहरुको चरित्र र प्रयासबारे चर्चा उपयुक्त हुने पंक्तिकारले ठानेको छ ।
गधालाई जति धोएपनि त्यो गाई हुँदैन । त्यसको रुप रंगहरु र व्यवाहार फेरिँदैन । नेपाली राजनीतिका 'मुर्धन्य गधा महाराजहरु'लाई जतिसुकै मत दिएर चोख्याएपनि असलमा उनीहरु गतिलो रुपमा प्रस्तुत हुन सकेका छैनन् । उनीहरुको रंग फेरिएको छैन तर राजनीतिक हैसियत फेरिएको छ । उनीहरु फेरिपनि उही पुरानो राजनीतिक हिसावकिताब र बाटोतिर लम्किन थालेका छन् । संविधानको विषयवस्तु पनि उही विन्दुमा आएर विवादमा अल्झिएको छ र निकासको बाटो छाडेर व्यक्तिगत प्रतिष्ठाका लागि करोडौं जनताको अपेक्षाले बनेको संविधानसभा कमजोर बनाउने प्रयत्न भइरहेको छ ।
संगीतका नौ रस हुन्छन् । मलाई थाहा छैन, राजनीतिका कति रस हुन्छन् । तर, यत्ति थाहा छ– यो राजनीतिक रसका कारण जनताको घरदैलो र विश्वासको भाँडो खोस्टाका रुपमा परिणत भइसकेका छन् । आशा अपेक्षा र लोकतान्त्रिक पद्दती र विकासको आश्वासन मनभित्रै जलिसकेको छ । अहिले फेरि उच्चस्तरीय नामको राजनीतिक क्लव गठन गर्ने र त्यसको नेतृत्व प्रचण्डले लिने नियतमा तीन दलको छलफल अघि बढेको छ । यो प्रचण्डको व्यक्तिगत प्रतिष्ठाका लागि भइरहेको प्रयत्न हो, जसले संविधानसभालाई प्रत्यक्ष असर गरिरहेको छ । अघिल्लो पटक पनि यहि क्लव र प्रचण्डकै नेतृत्वका कारण संविधानसभा विभाजन र विघटन भएको थियो ।  
व्यवस्थाको परिभाषा कुनै कानुनविद्को उपमा, संसद सदस्यको पद र ऊ अनुबन्धन भएको राजनीतिक दलको दर्शनका आधारमा हुन सक्तैन । व्यवस्था परिभाषा गरिरहने चीज पनि होइन । त्यो पूर्णतः व्यवाहारले देखाउने र जनताले रुचाउने पद्दती हो । जसले सवैको आवाजलाई समान ढंगबाट कुनै न कुनै रुपमा सम्बोधन गरेको हुनुपर्छ । राजनीतिक दलमा अनुबन्धन भएको अधिकारकर्मी वा कानुन व्यावसायीले कानुन र लोकतन्त्रको व्याख्या दलपरक विषयमा गर्न थाल्यो भने मुलुकले न्यायको बाटो लिन सक्तैन । यदि लोकतन्त्रको परिभाषा पनि आफुकेन्द्रित स्वार्थका आधारमा भयो भने त्यो दुर्भाग्यपूर्णभन्दा अरु के हुन सक्छ र ?
संविधानसभाको निर्वाचन, व्यवस्थापिका संसदको स्थापना र नयाँ संरचनामा देखिएको संसदका अगाडी अनेक प्रश्न छन् । ६ वर्षपछि भएको संसद र अघिल्लो पटक दलीय संयन्त्रका कारण विघटन भएको तर पुनः गठन भएको संविधानसभाका असीमिति प्रश्न छन् । यसबीच उच्चस्तरीय राजनीतिक दलका नाममा फेरि पनि मुलुक तीन दलको पेवा र राजनीतिक दलहरुको आपसी स्वार्थको बन्धक बन्न सक्छ । उनीहरु यी तिनै विषयहरुमा आफु तानाशाह हुन खोजिरहेका छन् र अघिल्लो संविधानसभाको संस्करणका रुपमा यो संविधानसभा र दलहरु लागि परेको छर्लङ्ग हुन थालेको छ ।
आकारको हेरफेर हुँदैमा तीन दलको बहुमतीय कव्जाबाट संविधानसभा उम्किन पाएको छैन । फेरि पनि दोस्रो पहिलो, पहिलो तेस्रो र तेस्रो दोस्रो दलका रुपमा नयाँ संविधानसभामा आउनुले यी विषयलाई तत्काल कार्यान्वयन वा व्यवाहारिक प्रयोजनमा ल्याउँछन् भन्ने कमैमात्र विश्वास गर्न सकिन्छ । माने पनि नमाने पनि अघिल्लो संविधानसभाको विघटनको दुर्घटनाका पयार्य पनि यी तिनै दलहरु हुन्, कांग्रेस, एमाले र एमाओवादी अनि यीनका नेताहरुको सहभागीतामा बनेको संयन्त्र नामको राजनीतिक क्लव ।
खासगरी अघिल्लो संविधानसभाको दोष आफ्नो टाउकोमा लिइसकेका राजनीतिक दलहरुले फेरि पनि क्लव गठन गर्नुको औचित्य अहिले पुष्टि हुन सक्तैन । केही एमाओवादीका नेता, सल्लाहकारहरुले राजनीतिक संयन्त्रको अनिवार्यता देखाएका छन् । तर, यो अनिवार्यता आवश्यक छैन । अहिलेपनि आम सार्वभौम नेपाली, संसदमा जनप्रतिनिधिको भुमिकाको विषय मान्नेहरुका लागि आफुले जिताएका संसद सदस्यहरु सक्रिय र प्रभावकारी हुन् भन्ने नै हो । तर, ती प्रतिनिधि जो दलको लगाम लगाएको घोडाका रुपमा प्रस्तुत हुन्छन् र जनताको आवाज भन्दा पनि दलको नाममा बन्धक बन्छन् भने त्यो संसद वा संविधानसभाले कसरी काम गर्न सक्छ ?
यदि कांग्रेस, एमाले र एमाओवादीको सहमति विधि र विधानविपरित, संविधान विपरित, लोकतन्त्रको व्यवाहारिक व्याख्या विपरित छ र त्यसो गर्न हुँदैन भन्ने आम जनताको चाहनालाई अभिव्यक्त गर्नु तानाशाही हो र ? लोकतान्त्रिक व्यवस्थाबाट बनेको संसदीय प्रणालीमा एकजना सदस्यको आवाज दवाउँदा पनि त्यो प्रजातान्त्रिक पद्दतीको खिलाफ हो । लोकतन्त्रको मान्यताको उपज भनेको सवैको आवाज सरल, सहज र राज्यसम्म पुग्नुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने मान्यताले जनप्रतिनिधिको निर्वाचन हुने गर्दछ । यदि निर्वाचन मान्ने हो भने राजनीतिक दलका नेताले चलाउने एक्काको घोडा बन्नु नै दलीय लोकतन्त्रको परिभाषा हो र त्यो न्यायसंगत हुँदैन भने फेरिपनि जनता दलीय तानाशाही व्यवस्थामा रहन्छन् ।
अहिले राजनीतिक संवाद तथा सहमति समितिले कार्ययोजनाअनुसार संविधानका विवादित विषयमा सहमति बनाउने काम हुन नसक्ने संकेत गरिसकेको छ । यसको अर्थ हो, तोकिएको समयमा संविधान आउनेवाला छैन । डा. बाबुराम भट्टराइको उक्त अभिव्यक्तिले अवको राजनीति र राजनीतिक दलहरु फेरि पनि संविधानसभा असफल बनाउनका लागि कसरत गरिरहेको संकेत मिलिसकेको छ । कांग्रेस एमालेजस्तो सत्ताका लोभीहरु र संविधानसभा असफल बनाउन दौडिएको एमाओवादीका नेताहरुको स्वार्थका कारण जनताहरु फेरि पनि अनिर्णयको बन्दि हुँदैछन् । गल्ती जनताकै हो । अघिल्लो संविधानसभा असफल बनाउने दलहरुलाई हामीले निर्वाचित गरेर फेरि पठायौं । अघिल्लो पटक एमाओवादीमाथि विश्वास गर्दा धोका पाइयो, अहिले कांग्रेस एमालेबीचको धोकाले डबल धोकाको तयारी हुँदैछ । कुनैपनि हिसावमा संक्रमणकालीन व्यवस्था लम्ब्याउने र आफ्ना राजनीतिक अभिष्टको आत्मरतीमा रमाउने दलका नेताहरुको यो प्रवित्ति हावी हुँदा देशले दुख पाइरहेको छ । यसर्थ, हामी गधा धोएर गाई बनाउने प्रयासमा असफल बन्छौं कि भन्ने आशंका पलाइरहेको छ । 

Saturday, September 6, 2014

अर्बन रात–२ : मोलीको चिहान र शेलीको उत्तर

अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर छिरेर आएका हाउडेहरुका गफ थाहा छैन । 

 तारापुञ्जहरुबाट कसैको आवाज कानमा एक्कासी ठोक्किएजस्तो, गहिरो नशामा सुतेको रात विहानै भएजसरी व्युँझिएँ । सुनसान छ, सहर । सन्नाटा छाएको छ । उता दरबारमार्गहरुमा रौनकता छाएको होला, ठमेलहरु उतारचढावमा बदलावको रंग फेरिरहेको होला, सायद । हातमा हात थामेर हिँड्ने रातको कथा वेग्लै होला, अनि जोडसँग ह्यांगोभरमा दुखेको टाउकोको व्यथा मैसँग छ ।
रातो बाल्टिभरी पानी छ, पिउन योग्य होइन । एक्कासी पहाडतिर कहिलेकाँही पानी पिउने गरेको आम्खोराको याद आयो । फगत, मेरा डेराभित्र ती आम्खोराहरु साङ्ला र माकुराका गुणमात्र भएका छन् । २० रुपियाँ जतिमा आउने वोतलको पानी बजारमै सकिन्छ । खाली वोतलहरु र सिसिहरुले डेरा जमाएका छन्, पिउने पानीको खोजी कहाँ गरौं ? छिमेकमा ढोका ढकढक्याउने हुति बनाइसकेको छैन । डेरामा बसेको आधा दशक भएर के गर्नु कोरियातिरबाट नेपाल छिरेका पर्यटकजस्तो एकाध महिनामा डेरा फेर्ने छिमेकी राख्नु पनि त्यति सम्बन्ध विस्तारका आधारभुत मान्छेहरु नहुँदा रहेछन् । तिर्खाले घाँटी जतिसुकै सुकेपनि शेलीका यादहरु नै तिर्खा मेटाउने कारण बनिरहेका छन् । ‘शेली आइ एम मिसिंग यु’, धुर्त पागलजस्तो मनोगत संवादमा अल्झिएको छु,‘शेली इफ यु उड बी वाटर, आई वील ड्रिंक यु, नाउ’ । तर, शेली पानीभन्दा पनि निक्कै गहिरो प्यास हुन्, जीवनको उत्तरार्धसम्मको मिठो आश पनि त हुन् ।
उत्तरतिरका चेलीहरु सहरको उन्माद हाँसोमा रमाइरहेका होलन् । अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर छिरेर आएका हाउडेहरुका गफ थाहा छैन । तर, जहाँ जस्तो भएपनि हु जिन ताओ दाईले शेलीहरु नेपालतिर ठेलदिए हुन्थ्यो भन्ने अर्को पागलपनको सोचले मनलाई तरल बनाइरहेको छ ।
साधुपन भनेको यन्त्रमानव बन्नु हो । उसको जीवनमा रसको कुनै अर्थ हुँदैन । वास्तवमा साधुवादतिर लम्किने हर कोहीलाई ह्यांगोभरमै पनि खास सन्देश दिन सकिन्छ । बडेमा बडेमा लेखक साहित्यकार, नेता, प्रधानमन्त्री, राष्ट्रपति साधुवादमा टिक्न सकेनन् । केही साधुहरुको कथा अहिले मिडियामा आउन थालेका छन् । तर, शेलीलाई मैले सन्देश लेख्नैपर्ने भएको छ– म साधुले सत्ता चलाएको मुलुकको गैरसाधु नागरिक भएकैले होला हर विहान, हर रात र हर क्षण तिमीलाई पत्र कोर्छु, तिमीलाई उत्तर खोज्छु, तिमीलाई प्रश्न सोध्छु ।
०००
झिसमिस विहानमा चराहरु कहाँ छन् ? यो सहर हो, यहाँ मानवहरुको आवाज नै सक्किँदैन कहिले । चराहरुले मौका पाउँदैनन्, बोल्ने । सायद चराहरु कतै कोसीको तिरमा गाइरहेका होलान् । कुकुरहरुको सहर हो, भुसिया कुकुरहरु भुकिरहन्छन् । आजभोली ढाडे विरालो वेस्सरी रुने गरेको छ । अनि, मेरो निँद्रा त्यसै त्यसै हराउँछ । इन्टरनेटको पर्दा आज मधुर छ, कालो रात, बत्तीविनाको रात अनि अनेकथरी प्रश्नहरुको थाक । यहि प्रश्नहरुको थाकसँगै शेलीलाई नयाँ इमेल लेख्दैछु ।
शेली, हाउ आर यु...
आधुनिक युगको कथा वेग्लै छ । तिमी नजिक रहेको मुलुकका नेता भ्लादिमर पुटिन्, जो असाधुवादका नायक हुन्, तिनले किन साधुवादलाई आफ्नो जीवनको मुल्य बनाएनन्, शेली ? आजको संवाद यहि प्रश्नबाट सुरु गर्न चहान्छु । तिमी उत्तरहरुको झोला बोकेर आऊ, मेरो आँखासामु कम्प्युटरमा उभिएर उत्तर देऊ, लेखेर उत्तर पठाउ । यहाँ उत्तरहरुको खोजी भइरहेको छ । भन्छन् नी मान्छेहरु तिमी एक पटक बाँच्छौ तर यसलाई राम्रोसँग प्रयोग गरे त्यहि एक पटक नै काफी हुनेछ, जीवन जीउनलाई । हेर त यी नयाँ अर्बनहरुको दिन र रातको कथा कत्ति फरक छ ? रुखमुनी बसेर जति नै सरापे पनि उनीहरुको डिस्को खाली हुन सकेको छैन, वाइन भरिएका गिलासहरु फेरि पनि भरिएका छन् । बाँच्ने र मनोरञ्जन गर्ने साधन उनीहरुसँगै भयानक छन् । जानेका छन् वा उनीहरुले जीवनको नयाँ तरंगबाट जीउने कोशिस गरेका हुन्, खुट्याउन मुस्किल छ । तर, जे होस् फरक तरिकाले जीवन बाँचेका छन् । कोही पति छाडेर आएका छन्, कोही पत्नि छाडेर नाचेका छन् । तर, बाँचेका छन्, अनेक कोण र क्षेत्रफलको आधारमा । पैसा बोक्नेहरुले किनेर जे पनि पाएका छन्, फगत हामी किन रुखमुनिको च्यात्तिएको गञ्जिका भरमा जीवनलाई विज्ञानसँगै प्रविधि र नयाँ आयाममा ढाल्न सकिरहेका छैनौं ? भन त ?
०००
मोलीका चिहानमा शेलीका आँसु कति खसे होलन् ? यसको लेखाजोखा कसरी हुनेछ र ? साँच्चै ती मोली जसको प्रेमकहानीबाट म पनि लालयीत थिएँ । उनको प्रेम अभुतपूर्व थियो । हुन त प्रेम हर मानव प्रजातिको मनभित्र भावनामा वगेको हुन्छ । सहरतिर भेटिने वेश्याहरुकै एकराते प्रेमको कम कुरा हुँदैन । ती नखरा, ति समयका अभुतपूर्व कृयाकलापहरु नै निक्कै सामिप्यजस्तो, जीवनजस्तो लाग्ने अनुभवहरु सुनाउँछन्, जानकारहरु । अनि, मोलीको प्रेम त उत्तरार्धको समयचक्रको सम्भोगविनाको भावनासँग जोडिएको थियो । अहिले कालले चुँडिदिएछ...शेलीको पत्रले बारम्बार यहि भनिरहेको छ । मोली मैले नदेखेको पात्र, नचिनेको पात्र । मात्र सुनेको पात्रको भावनासँग कति चाँडो जोडिएको छु म, प्रेमिल भावनासँगै । शेलीको भावनासँग जोडिएकाले हुनुपर्छ, मोलीको प्रेम अमर छ ।
शेलीको इमेल उत्तर निक्कै ढिलो आउने हुनाले मैले चाँडै उत्तरको अपेक्षा गरेको थिइन । म मोलीकै बारेमा घोत्लिएर सोचिरहेको छु । हावा कुन दिशाबाट चलेको छ, कहाँ ठोक्किएर कता पुगेको छ, कुनै मतलव छैन ।
तर, आज अचम्म भयो । इमेल ठेलेको केही घन्टामा मेरो कम्प्युटरमा नयाँ इमेल आएको म्यासेज आइसक्यो । हतारमा खोलेको छु । शेलीको इमेल आएको छ । र, उत्तर यस्तो छ ।
हाई, हाउ आर यु ?
लामो समयपछि इमेल लेख्दैछु । केही कमी भए भन्नुहोला । तर, आज अलिक उदासमा लेखेकी छु ।
८४ व्यञ्जनले बाँधिएको छैन, जीवन । अनुभवहरुको पहाडसँग समिक्षा गरेर हेर्नुपर्दछ । आज मोलीको मलामी पुगेर फर्किएकी छु । ती मोली जसले आफ्नो जीवनको उत्तरार्धपनि निक्कै सुखी र खुसीका साथ विताउने कोशिश गरिन् । तर, ती पनि एउटा आश्रममा नै आएर वितेर गइन् । हाम्रो संस्कार आश्रममा वित्ने होइन, हामी घरभित्र आँसुहरुको खोलमा वितेर जाऔं भन्ने विचारधारी हौं । तपाइकै शव्दमा भन्नुपर्दा, हामी जीवनलाई सामाजिक परिवेशमा बाँधेर बाँच्न सिकीरहेको पाठशालाबाट हुर्किएका विद्यार्थी हौं । युरोप र अमेरिकामा शरिर हुनासाथ आत्मा र मनचाँही यहि बसीरहेको छ भन्ने कदापी पनि होइन । हाम्रो सम्बन्धको पुञ्ज एकातिर होला तर यथार्थको धरातल र सामाजिक परिवेश त उही हो नी त । मानवताका नाताले मोलीको चिहान देखेकी छु, मैले । ति बृद्धाको प्रेम पनि देखेकी छु । तर, आज प्रेमी कहाँ हराए ? उनका आफन्त कता विलाए ? त्यो चिहानमा एक्लै बसेर आँसु खसाएर भगवान पुकारेकी छु, मैले ।
ठिक छ, काठमान्डु नयाँ तरंगमा बाँधिएको होला । तर, तरंग नयाँ भयो भन्दैमा हर झंकारमा सवैको मनोदशा एकै हुँदैन । मेरो मनोदशा पनि यहाँ, मोलीको चिहानमा झरेको आँसुसँगको भावनामा डुवेको छ । यस्तै भावनाको खाडलमा जहिले पनि डुविरहेकी छु । कसले के भन्छ भन्ने भन्दा पनि कसरी अघि बढ्ने भन्ने अभ्यस्त भएकी छु । आजलाई यत्ति नै, मौका मिले फेरि पनि लेखौंला ।
....शेली । 
०००

Wednesday, September 3, 2014

बृद्ध क्लवको तयारी र लाचार पुस्ता

यहि उच्चस्तरीय भनिएको राजनीतिक संयन्त्र, जसलाई म अस्ताउन लागेको घामसँगै सुस्ताएका नेताहरुको बृद्ध क्लव भन्दछु, त्यो बडो लोकतान्त्रिक देख्नु भयो वकिल साहेवले ।

Add caption
विचित्रको राजनीतिक प्रणाली, अजिव टाइपको यन्त्र मानवहरुको झुण्डले सजिएको राजनीतिक दलहरु, अमूर्त माग र विरोधका आवाज निकाल्ने स–साना भँगेरे राजनीतिक समूह, औकात सकिएर अपराधतिर लम्किएका तर राजनीतिक मान्यता पाएका नलकटुवा पेस्तोलधारीहरुको अर्को झुण्डको फरक राजनीतिबीच हामी संविधान जारी गर्ने कुरो अघि बढाइरहेका छौं । यसबीचमा तिव्र रुपमा व्यवस्थापिका संसद नै नचल्नेगरी उठेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको बकम्फुस्से मागमा नेपाली राजनीति घुमिरहेको छ । आखिर यो संयन्त्र किन र के का लागि ? राजनीतिक दलहरुसँग उत्तर छैन । एकथरी माओवादीहरु भन्छन्– सहमतिमा संविधान जारी गर्नका लागि । अर्काथरी गैर माओवादीहरु भन्छन्– माओवादी खुसी पारेर संविधान जारी गर्नका लागि । त्यसो भए २ करोड ६६ लाख जनताको भावनाचाँही कहाँ समेटियो ? ७० लाख युवाहरु जो विदेशी भुमिमा रहेर पनि मुलुकमा संविधानको कागजी खोस्टो कस्तो आउला भनेर पर्खिरहेका छन्, उनको भावनाचाँही कहाँ छ ? यी प्रश्नहरुका उत्तर, व्यवाहारिक ढंगबाट दिने नैतिकवान नेताहरु छैनन्, जव नेताहरु नै नैतिकवान छैनन् भने तिनले खडा गरेको राजनीतिक दलको नैतिकता कति हदसम्म रहला यो आफैं विश्लेषण गर्न सक्छन्, आम नेपाली समुदाय । यद्यपि, हामी फोहोरभित्र पनि कमलको फूल फूल्न सक्छ भन्ने विश्वासमा दोस्रो संविधानसभाको सफलता हुनसक्छ भन्ने भरोसाका आशावादी बनेका छौं । सम्भवतः यो आशा तुह्यो भने मुलुक फरक राजनीतिक कोर्समा जान्छ र त्यसले फरक घटना निम्त्याउन सक्छ, त्यतातिर धेरै बल नगरौं । बहस गरौं, यो उच्चस्तरीय राजनीतिक संयन्त्र हो या षडयन्त्र किन र केका लागि ? 
वडो आक्रामक र पुर्खाहरुको नगरी नहुने कर्मकाण्डी हिसावमा केही महिनाअघि मसँग नमज्जाले यहि विषयमा बहसमा उत्रिए, एमाओवादीका सल्लाहकार रामनारायण विडारी । वहाँ वकिल साहेव, बहसमा मैले जित्न सक्ने साधारणतया कुनै बाटो थिएन । तर, विचरा तर्क गर्दा हार्न नजान्नेहरुसँग केही सीप लाग्दैन । वहाँले यहि उच्चस्तरीय भनिएको राजनीतिक संयन्त्र, जसलाई म अस्ताउन लागेको घामसँगै सुस्ताएका नेताहरुको बृद्ध क्लव भन्दछु, त्यो बडो लोकतान्त्रिक देख्नु भयो । लोकतन्त्रको जग नै उच्चस्तरीय संयन्त्र रे । यहि विचार हो –अलोकतान्त्रिक र गैरप्रजातान्त्रिक पद्दती स्थापित गर्ने समुहहरुको वैधानिकताको यथार्थ । उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा हुन लागेको राजनीतिक तानाशाही चरित्र संविधानसभालाई कमजोर बनाउने मनसायले उव्जिएको ‘भष्मासुर विचार’ हो । भष्म गर्ने असुर जसले जीवन नै खरानी बनाउनका लागि पाएको थियो, आफैं खरानी भएर जाने विचार हो । जनताले यो अडान र विचार कतिदिनसम्म सहने हुन्, त्यसपछि त्यसको अन्त्य अवश्यभावी नै हुनेछ । तर, वकिल साहेवले यहि बहसका क्रममा उच्चस्तरीय संयन्त्र नमान्नेहरु राजावादी हुन् भन्दिनुभयो । वडो घत लाग्यो । यदि कोही संविधानसभामा निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरु स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ र त्यसको जसअपजसको जिम्मा पनि जनताले उनीहरुलाई नै सोध्न पाउनुपर्छ भन्ने विचार राजावादीको विचार हो भने हर युवाहरु अव माओवादीका नजरमा यस्तो राजावादी बन्न जरुरी छ जस्तो लाग्छ ।  
मान्नुस्, नमान्नुस् ८ माघमा संविधान आउँदैन । यदि, उच्चस्तरीय राजनीतिक समिति वा संयन्त्र बन्ने हो भने संविधानको खाका नामको कागजको खोस्टो पनि आउनेवाला छैन । किनभने राजनीतिक दलहरु फेरि पनि तानाशाही र नोकरशाही हिसावले चल्न सुरु गरेका छन्, अडानमा रोकिनेछ संविधान । किन आउँदैन ? भन्ने सवालमा जम्मा २ वटा उत्तरहरु र विश्लेषणहरु सरल छन् । १) राजनीतिक दलहरुको अडानका कारण त्यो संयन्त्रमा सहमति बन्न सक्नेछैन र अघिल्लो संविधानसभामा जस्तो विवाद कायम रहनेछ । दलहरु आफ्ना अडानबाट बाहिर आउनसक्ने छैनन् । र, २) अडान बाहिर आउन नसकेपछि कमजोर बनाइएको संविधानसभा सदस्यहरुको भुमिका पनि केही रहनसक्ने छैन, त्यो नभएपछि संविधानसभा अलपत्र पर्नेछ । त्यो संविधानसभा नभएर एमाओवादीकै भाषामा सांसदको टाउको देखाएर प्रचण्डहरु (यहाँ प्रचण्डहरु सवै दलका नेताहरुलाई संकेत गरिएको छ )को भुमिका सक्रिय हुनेछ । 
आन्तरिक रुपमा नै छरपस्ट समस्या बोकेर हिँडेका, आन्तरिक समस्याको समाधान गर्न नसक्ने, विवादबीच नेतृत्वमा हिँडेका लाचार नेताहरुको फरक क्लवले कसरी दुई करोड ६६ लाख जनताको प्रतिनिधित्व गर्ने संविधानमाथि सहमती बनाउन सक्छ र ? त्यो राजनीतिक क्लव जो नेताहरुको आत्मरतीको ‘उच्चस्तरीय’ भन्ने शैलीमा गठन हुन लागेको त्यसले सहमती गर्न सक्छ र ? दुनियाँमा कहिँपनि सहमती भन्ने हुँदैन । कागजको खोस्टो नजलीकन बनेको संविधान कुन देशको कहाँ छ र ? यदि छ भने पनि नेपालजस्तो राजनीतिक अराजकता र नाफामुलक संस्थाको प्रतिनिधित्व गर्ने प्रचण्ड प्रचण्ड विजनेशम्यानहरुले कसरी सहमति जुटाउन सक्छन् । यी प्रचण्डहरु कोही सुशिल कोइराला, केपी ओली, शेरबहादुर देउवा, सुजाता कोइराला, माधव नेपाल, झलनाथ खनाल, कृष्ण सिटौला, विजयकुमार गच्छादार, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादवका नाममा प्रतिविम्बित हुन्छन् र मुलुकका जनताको मर्मलाई कुल्चिएर अघि बढिरहेका छन् ।
दुनियाँमै आफुलाई शिर्ष मान्ने र उच्च ओहदाको मान्ने प्रवित्ति नै विनाशकहरुको सुचक हो । इतिहाँस र पौराणिक कथा हुन् वा विश्वयुद्धका विभिन्न घटनाका मुख्य नाइकेहरुलाई हेरौं यो पुष्टि हुन्छ । आजको पुस्ताले यो विषयमा विरोध गरेर अघि नबढे फेरिपनि संविधानसभा प्यारालाइसीस हुन्छ र बृद्ध क्लव सक्रिय हुनेछ । 
यो देशमा मण्डेला बन्ने रहर कसैलाई छैन । सवै वक्तव्यबाजीका राजा हुन् । यस्ता राजा जो नागार्जुनभित्र सड्दै गरेको धुप्पीको विरुवालाई विचरा भन्न सक्छ तर जोगाउनका लागि एक थोपा पानी हाल्न सक्तैन । भन्दछ– म त राजा हुँ । राजनीतिक दलहरुभीत्र वक्तव्यवाजी गर्ने र बयानबाजीमा उत्रिने धेरै गगन थापाहरु, योगेश भट्टराइहरु भए तर संविधानसभा जोगाउनका लागि क्लब बनाउन हुन्न, बनाए हामी बाहिरिन्छौं भन्न सक्ने स्थितिमा पुग्न सकेनन् ।
दुनियाँकै समावेशीका रुपमा रहेको अघिल्लो संविधानसभा असफलको प्रमुख कारक बनेको थियो, उच्चस्तरीय राजनीतिक संयन्त्र र शिर्ष नेता नामको पेण्डुलम राजनीतिक बहस र छलफल । राजनीतिक दलका नेताहरुले बन्धक बनाएका कारणले नै पहिलो संविधानसभा विघटन हुन पुगेको थियो । 
प्रयोगात्मक, व्यवाहारिक र कार्यान्वयनको पक्षमा बलियो नजिरले मात्र स्थापित गर्दछ, राजनीतिको स्थायीत्व । राजनीतिक स्थायीत्व भए जनताले हर कोहीलाई विश्वास गर्ने आधार तय हुँदै जान्छ । हुने विरुवाको चिल्लो पात भन्ने हामीले सुनेको उखान हो । हामी चिल्लो मनस्थितिमा संविधान बनाउनका लागि आतुर राजनीतिक दलहरुसँगको साक्षात्कारमा कहिले पनि सहभागी हुन पाएका छैनौं । शिर्ष भनिने नेताहरु फरक धारको हिटलरका तीन टाउका बन्ने प्रयत्नमा छन्, अन्य दलहरु तीन टाउके हिटलरको सेनामेना बन्ने तयारीमा छन् । त्यहिँभित्र भएका युवा कार्यकर्ताहरु पार्टी नामका उद्योगमा आफ्नो रोजगारी जोगाउन टाउकाहरुको निर्णयलाई स्वीकारेर लाचार बन्न तयार छन् । तर, को छ यहाँ खास नेता बनेर बाहिर आफ्ना कुरा भन्नसक्ने ? सवैलाई माया छ – जागिरको । पीर छ, जागिर खुस्किने । एकाध चित्रबहादुर केसी, नारायणमान विजुक्छेहरुले दिएको अभिव्यक्तिले मुलुकमा त्यति धेरै प्रभाव पार्न सक्तैन । प्रभावै हुने भयो भने पनि त्यहि षडयन्त्र क्लवले यसलाई निस्तेज पार्नेछ र हावी हुनेछन्, नयाँ हिटलरहरु । दुखसाथ भन्नुपर्छ, अव यस्तो प्रवित्ति र प्रकृतिले नेपाली राजनीति लोकतान्त्रिक पद्दतीमा स्थापित हुन सक्तैन । केही नरेन्द्र मोदीहरुले नेपालमा आएर बुद्ध र अशोक राजाको नाम दिँदैमा उनीहरु बुद्धिमान भैहाल्छन् भन्न सकिँदैन । पिंजडा भित्रको सुँगाको नाम काली राख्दैमा ऊ, कालो नै हुन्छ भन्न सकिन्न । 
यसर्थ, बेला गुज्रिएको छैन । समय घर्किएको छैन । मनभित्र इच्छाशक्तिहरु बाँकी भए, आत्मामा अलिकति पनि मुलुक प्रेम र जनताको भविष्यको सोच भए, मुलुक विकास र अग्रगतिमा गएको हेर्ने इच्छा भए, रोगी, निरोगी, फूर्तिला, खेलाडी जतिपनि नेतागिरीमा अगाडी सरेका छन् उनलाई उनैसँग दैनिक भेट हुने, संवाद हुने उनैका छत्रछायाँमा उभिएका युवा नेताहरु भन्न रुचाउने अर्को पंक्तिले भन्नसक्नुपर्छ– संविधानसभालाई स्वतन्त्र छाड । संविधान जनताका प्रतिनिधिले बनाउने हो, नियन्त्रण गर्न खोज्ने राजनीतिक क्लवले होइन । ती युवाहरुले भन्न सकुन्– यदि बुढाहरुको क्लव बन्छ भने संविधानका लागि युवाहरुको फुटवल टिम पनि बन्न सक्छ । त्यो टिम जसले संविधान बनाउनका लागि क्लवको कार्यक्षेत्र समाप्त पार्दै २ करोड ६६ लाखको मुद्दालाई अंगीकार गर्नेछ । र, अपिल छ अवको राजनीति त्यसो नभए मुलुकको भविष्य छैन, मुलुकसँगै आउने पुस्ताको भविष्य पनि ऋणमा चुर्लुम्म हुनेछ । नयाँ पुस्ता ऋणको भारी बोकेर बस्नेछन्, पुरानो पुस्ता रोगले ढल्नेछन् । तर, चाडक्यले भनेजस्तो पापको भारीचाँही उनीहरुसँग रहनेछ की –ऋण लगाउने पुर्खा अपराधी सरह हुनेछन् । सम्भवतः यसपटक नेताहरुले आफुलाई अपराधको पगेरी नलगाई संविधान निर्माणका लागि संविधानसभा स्वतन्त्र छाड्नेछन् ।   

Monday, September 1, 2014

‘अर्बन’ रात

८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि होइन, श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको हो
 
 मन्द नशामा उत्रिएपछि छिरेको दरबारमार्गको रौनक कहाँ छ ? खोजी गरिरहेको छ तन्नेरीको एउटा झुण्ड । सहर जसरी उत्रिएको छ, रंगशालामा तन्नेरीहरु पनि उत्रिन खोजीरहेका छन्, त्यस प्रयोगशालामा । थाहा छैन, शेलीलाई यो मधुशाला कत्तिको मन पर्दछ । तर, रातको कथा नै वेग्लै, रातको नशा नै वेग्लै । हर उपहार राती सुन्दर देखिन्छन्, टलक्क टल्किएका सहरीया उच्च ‘वेश्या’ जसरी । ग वर्गको रात्री जीवन जहिले पनि प्रहरीको खोरभित्र पीडित बनिरहेको हुन्छ । ख वर्गको रात्री जीवन प्रहरीको खोर र पैसाको जोहोमा भित्र र बाहिर हुने क्रम जारी रहन्छ । तर, क वर्गको रात्री जीवनको कथा नै वेग्लै छ । संसार धनमा विकेको छ, काइँला तारा जोडिएको रात्री जीवनमा कुनैपनि कानुन छिर्न सक्तैन, कुनैपनि प्रशासनले छुन सक्तैन ।

८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि होइन । श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको हो । पैसाधारी र स्तनधारीको समयमा श्रम गर्नेहरु विहानको छाकको बारेमा सोचिरहेको हुन्छ । तर, कल्पनाको वगर सँधै सुख्खा हुँदैन, रातको समय श्रमिकका लागि सपनाको समय हो । उही सपनामा विलिन हुनेहरु सोच्दछन्– हाय, यो सहरको नयाँ उमंगमा म पनि यसरी नै हाँस्नेछु, डुल्नेछु, भुल्नेछु, गाउँनेछु र ठाउँ ठाउँमा हात समाएर किस गर्नेछु ।  


सहरमा अर्बन जीवन बाँच्नेहरु मांशपेसीका सवै अंगहरु विक्रिमा छन् । कोही बजार थापेर बसेका हुन्छन्, काही बजार रिजर्भमा राखेर बसेका हुन्छन् । कोही बजारलाई उपहार दिनलाई बसेका हुन्छन्, कोही गाडीको धुनमा व्यापार गरिरहेका हुन्छन् । तर, फरक यत्ति हो सवैको रात संगितमा रुमल्लिने नशा, धुवाँ र झोलहरुसँगको मिश्रणसँगैको ठोस काममा केन्द्रित रहन्छ । आजको दरबार कहाँ छ थाहा छैन, दरबारमार्ग त्यहिँ छ र कथा पनि उही छ ।
अनि, त्यसका लागि सहरमै बाँच्नेहरु हर अंगको किमत पाई पाई होइन, हजार हजार चुकाउन पनि तयार छन् । हुक्काको धुवाँमा पछिल्तिर रमाइरहेको एक जोडी केटा, दुई जोडी केटीको कथा फरक छ । ‘वाउ, मेरो डार्लिङ्को साथी हो ?’, वियरको चुस्की र हुक्काको धुवाँसँगै मिस्सिएको लालीधारी चाम्रो अनुहारकी एक अर्धवैंशे आइमाई युवकको अंगालोमा कस्सिएर भन्छे,‘हि इज माई डार्लिङ ।’ छेउतीर बसेकी युवती कालो भुसतिघ्रेलाई उसै गरिरहेकी छ । नेपथ्यमा बजीरहेको छ– अगर तुम मिलजाओ जमाना छोड देङ्गे हम...।
रातमै आफ्नो गीतबाट नशामा रमाइरहेका युवकहरुको टेवुल खुसी पार्न ति अचम्मका आवाज भएका कलाकारहरु आफ्नो स्वर खर्च गरिरहेका छन् । नेपथ्यतिर बजेको धुनसँग ‘डार्लिङ जोडी’को हात कता कता पुगिरहेको होला...घरी घरी गालातिर पनि जोडिन्छ । एक युवती आफ्ना आधा बक्षलाई छर्लङ्ग पारेर वियरको गिलास भरिरहेकी छ र त्यहि वक्षमा अडिएको उसको एक राते प्रेमी अनेक सोचीरहेको होला । तर, त्यो भन्दा पनि बढिचाँही मधुशालाका दर्जन ज्यादा आँखाहरु उसका वक्षतिर ढल्किसकेका थिए । कोही सम्झिन सक्छन् होला यतिवेला नारायणगोपालको त्यो गीत जसको अन्तराको शव्द झुण्डिन्छ नशाका बेला सवैलाई– नजिक नआउ तिमी म मात्तिएको बेला, यी हातहरुले कहिँ घात गर्न सक्छन् ।
०००

संसारका धेरै माहात्माहरुको विद्वता ‘सेक्स’मै टिकेको छ । सम्भोगमा अभ्यस्त भएको विद्वताविना संसार चल्न सकेको छैन । आज ओशोहरु, कामसुत्रहरुका ज्ञान अधिक विकेका छन् । भगवान कृष्णका लिलाहरुको चर्चा कम हुने गरेको छैन । मधुशालाको एक घन्टे रातमा कसैले वक्षको व्यापार गरे, कसैले गालाको व्यापार गरे । लाली भरिएको गालामा कालो ओठको डामसँगै रातको फरक व्यापारमा कोही झुम्मिए पनि । यहि त हो, आठौं विश्व र २१ औं शताव्दि । राजा नभएको दरबार अगाडीको कथा कति सरल छ । त्यहाँ छ, पैसावालहरुको केही घन्टे जीवन । त्यहाँ छ, रकमका थाकहरुको फरक जीवन ।
रुकुमतिर, काभ्रेतिर बाबु हजुरबाबुले छोरी नातिनि बलात्कार गरेको खबरको अर्थ छैन त्यहाँ, त्यहाँ भनिरहेको छ वातावरणले आउ, चाँडो आउ, पैसा खन्याउ र बलात्कार गर । त्यस्तो बलात्कार होस् न नाम थाहा होस् न पहिचान । त्यहाँ जम्मा थाहा होस्, तिम्रो खल्ती गरम छ, अनि मेरो जवानी पनि उही तापक्रममा तात्छ । यो अर्बन जीवनको महत्व हो । तिमी हजार फाल, मेरो ओठबाट मुस्कान खुल्नेछ । अर्का हजारहरु फाल हरचिज, वस्त्र र अस्त्रहरु विस्तारै खुल्दै जानेछन् ।

क्रमश... निरन्तरता पाउनेछ, कथाले । यो ‘साइबर लभ’को एउटा पाटोको कथा पनि हो ।    


मेलम्ची साँच्चै वगोस घर–घरमा

विनोद ढकाल
यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ ।
 
पुरानो बानेश्वरदेखि मैतिदेवीसम्म झर्ने ओरालोमा टेम्पु चढ्यो भने कतिपटक टाउको ठोकिन्छ, गन्न कठिन हुन थाल्यो । त्यो बाटोमा हिँड्ने न टेम्पो खराब छन्, न चालक खराब छन् । खराब केही छ भने त्यो सडक नै हो । बाटो विस्तार गरी पिच गरिएको उक्त सडक कसरी भयो खराब तुरुन्त ? सहरमा हल्ला छ, यसको कारण मेलम्चीको पानी हो । मेलम्चीको पानी ?? मेलम्चीको पानी र काठमाडौंको सडकको सम्बन्ध के छ र ? कता कता प्रश्नहरु उव्जिनु स्वभाविक भएको छ । तर, काठमाडौं र मेलम्चीको पानीको सम्बन्ध नै लामो चर्चाको सम्बन्ध हो । अहिलेको पुस्ता भन्दा अघिल्लो पुस्ताले सुनेको मेलम्चीको पानी काठमाडौं झर्नै लागेका कारणले पाइपलाइन विछ्याउँदा सडक भत्काइयो । त्यहि सडकका कारणले नै टेम्पो गतिलोसँग दौडन पाएन, त्यसकारण सवारीभित्र रहेका मानिसका टाउकाहरु ठोक्किनु पनि स्वभाविक बन्यो ।
मैतीदेवीदेखि पुतलीसडकसम्म पर्ने उकालो ओरालो पनि मेलम्चीले भत्काएको छ । त्यो उकालो ओरालोको यात्रा पनि कठिनप्रद थियो केही महिनादेखि । सडक भत्किएको त्यो वान वेमा समस्याग्रस्त यात्रा गर्नु अहिले जनसाधारणको बाध्यता बनेको छ । अहिले राजधानीका विभिन्न ठाउँहरुमा सडक भत्काउने र पाइपलाइन विछ्याउने काम भइरहेको छ । त्यो पाइपलाइन जसको बारेमा धेरै वर्षअघिदेखि हामीले सुन्दै आएका थियौं । काठमाडौंमा खानेपानीका लागि तयार हुँदै गरेको मेलम्ची आयोजनालाई वगाउनका लागि राजधानीमा पाइप विछ्याउने र त्यसका लागि सडक भत्काउने काम भइरहेको छ ।
मेलम्ची काठमाडौंको सपना बनेको छ । यहि पानीको पर्खाइमा भविष्यको धारा खोजीरहेका कयन युवाहरु सपना बोकेर कतार, मलेशिया, साउदी अरब, युरोप र अमेरिका पुगेका छन् । अहिले पनि उनीहरु भन्छन्– मेलम्ची कहिले आउनेछ ? काठमाडौंका सडकमा हिँड्ने पैदलयात्री आशाको पोको फुकाउँदै बाध्यकारी भएर भन्छ, चाँडै आउला, सडक भत्किन थालेको छ । तर, ठूलो समस्याको समाधानका लागि केही दिनको समस्या प्रमूख होइन भन्ने ठानेरै सायद, नागरिकहरु चुप लागेर बसेका छन् । तर, के सरकारले भन्नसक्छ त ? मेलम्ची साँच्चै केही महिनामा राजधानीका घर घरमा पुग्नेछ ?
पानीमाथि निक्कै ठूलो राजनीति भइरहेको छ । पानीको शक्तिको विषयमा नेपाली संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बोलिसकेका छन् । वास्तवमा पानीको शक्ति अपरम्पार नै छ । त्यसको उपयोगको तरिका नजान्दा हामी अलमलमा परेका छौं । मेलम्चीको पानी हामी पिउनका लागि पनि यतिधेरै समय पर्खिरहेका छौं, यति धेरै धैर्यतालाई कायम गरिरहेका छौं । तर, यहाँ मेलम्चीमाथि नै ठूलो राजनीति भयो । प्रत्येक वर्ष सरकार बन्दै, ढल्दै गर्न थालेको संक्रमणकालिन राजनीतिले कहिलेपनि विकास र सुविधालाई प्राथमिकतामा राखेन । त्यसमाथि राजनीतिमात्र भयो । एकथरी शक्तिहरु राजनीतिक दलहरुलाई प्रभावमा राख्नका लागि राजधानीमा मेलम्चीको पानी नभित्रिए हुन्थ्यो भन्ने मनसायमा छन् । किनभने मेलम्चीको पानी राजधानी आए उनीहरुको पानीको महँगो व्यापार ध्वस्त हुनेछ । पानीका लागि राजधानीबासीले खर्चेको रकम उनीहरुको खल्तीमा पर्नेछैन । त्यसकारण पनि मेलम्चीको योजना आउने हल्लामा सडक भत्किन्छन् तर त्यसमाथि हुने राजनीतिले प्रत्येक दिन पानीका लागि लाम लाग्नुपर्ने आमसाधारणको मन पनि भत्किरहेको छ, सरकारले कहिले बुझ्ने ? अनि, कसको सरकार आएपछि बुझ्ने ? नागरिकप्रतिके उत्तरदायित्व नबोकेको सरकार कार्यकर्ता र पार्टीको मात्र हुनेछ । मेलम्चीकै विषयमा कुरा गर्ने हो भने हर पार्टीले यो परियोजनालाई ध्यान दिन सकेका थिएनन् । यो परियोजना कुन गतिमा र कुन चालमा अघि बढ्यो वा कहाँ छ भन्ने कुराको पनि लामो हेक्का राख्न नसकेका कारणले नै नागरिकहरुले दुख पाइरहेका थिए, पाइरहेका छन् अझै पनि । यसकारण अहिले अघि बढेको वा मेलम्चीकै लागि भएको भनिएको काम नरोकियोस् भन्ने नागरिक चाहना बनेको छ ।
काकाकुल राजधानीको व्यथा मेलम्चीलेमात्र पुरा गर्न सक्छ । त्यो पुरा हुनका लागि निक्कै समय लागिसकेको छ । मेलम्चीमाथिको राजनीतिले पनि यो आउन निक्कै समय लागिसकेको छ । यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ । तर, पानी फेरि पनि यथार्थ रुपमा वगेको हुँदैन । पानीको महत्व तिर्खाएकाहरुलाई हुन्छ । जबसम्म तिर्खाको महसुस राज्यका खास ठाउँमा बस्ने मान्छेहरुलाई हुँदैन, उनीहरु ठान्नेछन् राजधानीमा बस्ने सवैको अवस्था उनीहरुकै जस्तो छ । महल बस्नेहरु ठान्दछन्, झुपडीमा बस्नेहरुको व्यथा कमैमात्र छ । त्यस्तै राज्यको निकायमा बस्नेहरुले पनि राजधानीमा भएको पानीको दुख देखेका छैनन्, महसुस गरेका छैनन् । जबसम्म पानी नपाउँदको पीडा, जनताको पीडालाई राज्यका निकायमा बस्ने प्रधानमन्त्रीदेखि कर्मचारीसम्मले अपनत्वको भावनामा लिन सक्तैदनन्, यी योजनाहरु धिमी गतिमा चलिरहन्छन् । यो दिर्घकालिन योजनाका रुपमा पनि अघि बढ्दैन, अल्पकालिन योजनाका रुपमा पनि राखिदैन । दैवको भरोसाका रुपमा विकासको योजना चलाउँदा दुखजति आमसाधारणले हर कोणबाट भोगिरहेका छन् । अव मेलम्चीकै विषयमा यो दुख भोग्न नपारोस् भन्ने अपेक्षा जागिरहेको छ ।
कतिपय सरकारी संस्थाहरुले वार्षिक बजेट सक्नका लागिमात्रै पनि पाइपलाइन विछ्याउने नाममा काम गरेको अनुभुत गराउँछन् । तर, कहिले आउने हो पानी भन्नेबारेमा उनीहरु पनि वेखबर छन् । मेलम्ची वग्ने कुरो निक्कै अघिको थियो । तर, देशमा कयन युवा र जनताको रगत वग्यो, त्यसले नयाँ सत्ता जन्मायो, त्यो सत्तापछिको अर्को निर्वाचन सिध्यायो तर मेलम्ची अहिले पनि आशामात्र बनेर वगीरहेको छ, मन मनमा । राजधानीवासी चहान्छन्, मेलम्ची साँच्चै वगोस्, घर–घरमा ।