Sunday, September 28, 2014

अनशन, नन्दप्रसादको निधन र दशैं

काठमान्डु गाउँ पुगिसकेको छ । खुसीयाली मनाउने र आफन्त भेट्ने ध्याउन्नमा खाडी मुलुकहरु पुगेको आधा नेपाल पनि गाउँतिर पुगिसकेको छ । दशैं आयो, खाउँला पिउँला भन्ने भनाई पुरा गर्नका लागि मुलुक उत्सवमा जमिसकेकेको छ । तर, गोरखाको फुजेल भन्ने ठाउँको एउटा कुनोको दशैं कस्तो होला र ? तत्कालिन नेकपा माओवादीले अपहरण गरी ०६१, २४ जेठमा हत्या गरिएका कृष्णप्रसाद अधिकारीको गाउँमा दशैंको रौनक कस्तो होला ? अनि, त्यसले देखाएको न्यायविहीन नेपालको दशैं कस्तो होला ?  विश्वइतिहाँसमा न्यायको लागि अनशन बसीरहँदा राज्यले ध्यान नदिएर मृत्युवरण गर्नुपर्ने कथा कोरिएको फुजेलको दशैंमा खुसी छैन, सायद । त्यहाँ उदासिनता र निराश छाएको होला । 

जुन मुलुकमा न्याय हराएको छ, त्यहाँ दशैंको उत्सवमा रमाउनुको अर्थ के हुन सक्छ र ? दशैं त्यतिवेला सुखद हुन्छ, जतिवेला न्यायका लागि लडेकाहरुको अनुहार मलिन्द्र देखिँदैन र नन्दप्रसाद अधिकारीहरुले भोकै मर्नुपर्दैन । लोकतान्त्रिक आन्दोलनमा लडेका राजनीतिक कार्यकर्ता र नेताहरु शान्तिपूर्ण आन्दोलनका बारेमा निक्कै बोल्ने गरेका छन् । शान्तिपूर्ण आन्दोलनको कडीका रुपमा उभिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुको सत्ताका बेलामा न्याय नपाएर मृत्युवरण गरेका नन्दप्रसादले कहिले न्याय पाउने ? उनकी श्रीमति गंगामाया अहिले पनि न्यायका लागि भोकहड्तालको क्रममा ११ महिनादेखि अस्पतालमै रहेकी छिन्, अव उनको माग पुरा हुने कि नहुने ? राज्य बोलेको छैन । 

भोक हड्ताल असामान्य आन्दोलन हो । यो आजको आन्दोलन पनि होइन । परम्परागत रुपमा चलिआएको पशुहत्याको विरोधमा अधिकारवादीहरु सडकमा उत्रिन थालिसकेका छन् । तर, जहाँ राज्यले मानवहत्याको फरक कोणलाई समातेको छ, त्यसका लागि अधिकारवादीहरु कहाँ छन् ? नन्दप्रसाद मृत्यु एउटा मानवहत्याको पराकाष्ट हो । जहाँ पशुहरुको अधिकारका लागि नारा र जुलुसहरु लाग्ने गरेका छन्, यसपालिको दशैंमा नन्द्रसादको अधिकारका लागि त्यहाँ फरक नाराजुलुसहरु किन लाग्न सकिरहेका छैनन् ? 
अन्यायको विरोधका लागि अनशनमा मानव उत्रिने गरेको विशवइतिहाँस छ । यो इतिहाँसमात्र नभएर पौराणिक कालमा पनि शान्तिपूर्ण आन्दोलनको एउटा महत्वपूर्ण पक्षका रुपमा लिइएको छ । क्रिश्चियनहरुले आयरल्यान्डमा गरेको भोक हड्ताल ऐतिहाँसिक थियो । त्यसबेला यो हड्तालको नाम ट्रोस्काध वा सेआलाचनका नाममा परिचित थियो । सांस्कृतिक रुपमा पनि भोकहड्तालमा उत्रिनुलाई शान्तिपूर्ण आन्दोलनको सवैभन्दा महत्वपूर्ण र खतरनाक आन्दोलनका रुपमा व्याख्या भयो । कुनैपनि मानिसलाई मृत्युका लागि अनुमति दिनु विश्व मानवअधिकारको विरुद्धमा उत्रिनु भन्ने भएकाले पनि भोकहड्ताल वा अनशनमा उत्रिएकाहरुको जीवनरक्षामा ध्यानु दिनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित भएको थियो । एउटा गलत दिशाको निर्णयलाई सही दिशामा उतार्नका लागि गरिने शान्तिपूर्ण तर निक्कै भयानक आन्दोलनका रुपमा आमरण अनशनको व्याख्या आयरल्यान्डबाट नै स्थापित भएको थियो । आयरल्यान्डका एक पुराना व्यक्ति जो क्रिश्चियन धर्मका गुरु सेन्ट प्याट्रिक थिए उनले यो अनशनको आन्दोलनलाई महत्वका साथ अघि बढाएका थिए । त्यसपछिका कालखण्डमा शान्तिपूर्ण आन्दोलनमा लागेका भारतका पिता मानिने महात्मा गान्धीलगयातले पनि यसलाई निरन्तरता दिएका थिए । भारतमा सन् १८६१ मा अनशनको सुरुआत भएको थियो । भनाई छ भोक हड्तालको सुरुआत भारतमा रामायण कालखण्डदेखि नै भएको थियो । भरतले राजा रामलाई अयोध्यामा शासन गरानउका लागि यस्तो अनशन सुरु गरेका थिए भन्ने त धर्मग्रन्थमा नै उल्लेख थियो । 

२० औं शताव्दि आएपछि बेलायती शासकहरुको बन्दिमा परेका हिन्दुहरुले अनशन सुरु गरेको उल्लेख छ । त्यतिमात्र होइन पश्चिमा मुलुकहरुमा पनि एली पाउल भन्ने व्यक्तिले अमेरिकी संविधानका लागि आमरण अनशन सुरु गरेका थिए । भर्जिनियाँमा उक्त भोक हड्तालमा सरिक भएका पाउलको माग न्यायका लागि थियो । दुनियाँको इतिहाँसमा कुरा गर्ने हो भने पनि चाल्र्स रोबर्ट भन्ने अमेरिकि नागरिकले एक सय २३ दिनभन्दा बढि अनशन बसेका थिएनन् । उनको यो अनशनपछिका दुनियाँभरी कतिदिनसम्म भोक हड्ताल वा अनशनका लागि मानिस बस्न सक्छ भन्ने फरक बहस पनि सुरु भएको थियो ।

अनशनबारे एतिहाँसिक उदाहरणहरु कम छैनन् । विश्वका विभिन्न मुलुकहरुमा शान्तिपूर्ण न्यायका लागि भएका अनेक घटनाहरु छन् । तर, विश्वप्रजातान्त्रिक काल र २१ औं शताव्दिमा प्रवेश गरेको नयाँ विश्वमा अनशन वा हड्तालकै कारण मानवको मृत्यु भएका कम घटना मध्ये पर्दछन् नन्दप्रसाद अधिकारी । र, नेपालको सन्दर्भमा भने उनी सम्भवतः पहिलो व्यक्ति हुन् । उनले ३ सय ३० दिन अनशन बसे । 

राजनीतिक दबाब, राज्यको गतिशिलहिनता, न्यायको विषयमा राजनीतिक दलहरुको मौनता र स्वार्थका कारण फुजेलका नन्द्रसादहरुको अनशन र त्यसले मृत्युसम्मको अवस्थाको सृजना गर्न बाध्य बनायो । मुलुक पुरै खुसी र बर्षको एक पटक आउने चाडका लागि बहुसंख्यक मानिसहरु हाँस्ने बेलामा फुजेलसँगै मुलुकलाई नमिठो लाग्नेगरी न्याय खोज्दाखोज्दै मानिसको निधन भयो । यो घटनाले राज्यसंयन्त्रमा रहेका व्यक्तिहरुलाई कतिसम्म पोलेको होला थाहा छैन, तर सामाजिक प्राणी भएकै नाताले सामाजिक सञ्जालसम्म रहेका हर व्यक्तिको आत्मा पोलेको उनीहरुले राज्यप्रति देखाएको रोष र रिसले देखाउँछ । 

हिन्दुहरु, विशेषगरी नेपाली हिन्दुहरुले दुष्टको नाश र खुसी पाएको अपराधबाट न्याय पाएको खुसीमा दशैं मनाउने गरेको तथ्यलाई नकार्न सकिन्न । अन्यायको अन्त्यको अवसरका रुपमा मनाइने पर्वको मुखैमा न्याय नपाएर एउटा अधिकारी ढल्नु भनेको सारा मुलुकका लागि दुख तुल्याउने विषय हो । यो राज्यप्रणाली, यसका शासकहरु र अधिकारको नाममा सकडमा उत्रिने फरक मानवझुन्ड, झन्डा फहराएर पार्टी कार्यालयमा क्रान्तिकारी कुरा गर्ने नेताहरुले कसरी अन्यायको विरुद्धबाट प्राप्त उपलव्धिका रुपमा व्याख्या गरिएको दशैं मनाउन सक्लान् ? के उनीहरुको खुसीमा नन्दप्रसादका ११ महिनासम्मको तपस्या र वीर अस्पतालमा उनको लडिरहेको शव तस्बिरका रुपमा उत्रिदैन होला ? 

विश्वशान्ति र न्यायका लागि अहिले राष्ट्रसंघ महासभाको वैठक जारी रहँदा प्रधानमन्त्री सुशिल कोइराला पनि त्यहाँ सहभागी भएका छन् । विश्व मानवअधिकारको पक्षमा उनले मत जाहेर गर्दैछन् । त्यस्तै विश्वशान्तिका लागि महासभाले नयाँ ढंगको विचार र घोषणाको तयारी गरिरहेका बेला मुलुकमा भएको घटनाले प्रधानमन्त्री कोइरालालाई कति पोल्नेछ ? अनि, यहाँ रहेका अन्य नेताहरुलाई कति पोल्यो होला ? यसर्थ, राजनीतिक संक्रमण र एउटा राजनीतिक दलको अडानका कारण अन्यायविरुद्धको आन्दोलनमा उत्रिएकाहरुले न्याय नपाउने भन्ने हुँदैन । यो विषयमा राज्य बलियो भएर कसैको मृत्युलाई सामान्य ठानी राजनीतिक सहमति र संविधानका नाममा अन्यायको पक्षपोषण गर्न मिल्दैन । यसर्थ, न्यायका लागि जीवित गंगामायाले छोरा कृष्णप्रसाद अधिकारीका हत्याराहरु जेल पुगेको देख्न पाउने व्यवस्था राज्यले गरोस् र न्याय बाँचेको देशका रुपमा व्याख्या होस् । अनि, हर दशैंका समयहरु सुखमय र हँसिलो रुपमा नेपालीले मनाउन पाउने अवस्था राज्यले बनाउन सकोस् । 

Monday, September 22, 2014

मिडियाको प्रश्नले पार्छ किट किट, किन गरेको दिपीका त्यस्तो ट्वीट ?

दिपिका पादुकोणलाई टाइम्स अफ इन्डियाको प्रश्न 
यस्तो पाखण्ड किन ? 

भारतको चलेको दैनिक टाइम्स अफ इन्डियाले हिरोइन दिपीका पादुकोणको विषयमा समाचार छापेपछि पादुकोणले ट्वीटरमार्फत दिएको कडा अभिव्यक्तिपछि अहिले पादुकोण र मिडियाको जुहारी चलेको छ । केही दिनदेखि ठूला सेलिव्रिटीहरुले पनि पादुकोणको पक्षमा ट्वीट, रिट्वीट र प्रतिक्रिया दिन थालेपछि टाइम्स अफ इन्डिायले बाध्य भएर दिएको प्रतिक्रिया यस्तो छ । 
०००
केही दिनदेखि टाइम्स अफ इन्डियाको अनलाईन इन्टरटेन्मेन्ट सेक्समा राखेको भिडियो र एक ट्वीटलाई लिएर दिपीका पादुकोणको जवाफको समर्थनमा ट्वीटहरु बढिरहेको छ र मिडिया हाउसहरु पनि यस विषयमा स्टोरी बनाइरहेका छन् । यसमा टाइम्स अफ इन्डियाको तर्फबाट जवाफ ।
टाइम्स अफ इन्डियाकी प्रिया गुप्ता लेख्छिन् :

प्रिन्ट, टिभी, रेडियो र अनलाइन मिडियामा प्रभावका साथ हामी दुनियाँको ठूलो मिडिया हाउसहरु मध्ये एक हौं । प्रत्येक मिडियाको जस्तै हाम्रो प्रभाव र एप्रोच पनि अलग छ । अलग अलग मिडिया भएका कारणले हामी एकै किसिमले कन्टेन्टहरु दिन सक्तैनां ।

शुक्रबार दिपिकाको फेसबुकमा लेखिएको थियो– क्यारेक्टरको डिमान्ड हुन्छ की मलाई शिरदेखि पुछारसम्म ढाकिनु पर्छ या पुरै नांग्गै हुनुपरोस् । यस्तो गर्ने र नगर्ने मेरो च्वाइसमा निर्भर हुने कुरा हो । सम्झिनुहोस् की ‘रोल’ हो नकी यो ‘रियल’ । र, यो मेरो काम हो की जो रोल मैले चुनोको छु, म त्यसलाई पूर्ण रुपमा निभाउँछु ।
दिपीका, हामी तपाइको रिल बनाम रियल के तर्कको स्वीकार गर्नुहुन्छ ? तर, त्यसको के ? जव तपाइले कयौं पटक स्टेजमा नाच्दा होस् वा म्यागेजिनहरुको कभरका लागि पोज गर्दा र फिल्मको प्रमोशनका लागि फोटोसुट गर्दा अफस्क्रीन अंग प्रदर्शन गर्नु भएको छ ? त्यतिवेला तपाई के रोल निभइरहनुभएको हुन्छ ? यो पाखण्ड किन ? यहि प्रकारको पाखण्ड अन्य मिडियाहरुले पनि गरिरहेका छन् जसले दिपीकाको क्वीलेज पनि देखाएर उनको तर्फबाट आवाज पनि उठाए । के तिनीहरु ती तस्बिरहरुको विना यो खबर छाप्न सक्तैन थिए र ? 
हो, हेडलाइन राम्रो हुनसक्ने थियो । तर, अनलाई वल्र्ड अखबारहरुभन्दा अलग र यहाँ सनसनी हेडलाईन सामान्य कुरा हो । हामीले प्रायः मोरल पुलिसिङको विरुद्ध आन्दोलन थालेका छन् । हामी मान्दछौं की दिपीकाको अंग प्रदर्शन शर्म को आन्दोलन होइन । तर, के उनीहरु चहान्छन् की पव्लिक इभेन्टसमा उनको जुनसुकै तस्बिर खिचौं, हामी उनलाई सोधौं कि हजुर कुन तस्बिर छापौं, कुन नछापौं ? के फिल्मस्टारको अफस्क्रीन लिएको तस्बिर दुनियाँका अगाडी लिएको तस्बिर जस्तो दिपिकाको पनि थियो लाई हामी समानान्तर सेन्सर बोर्ड बनाउन गइरहेका थियौं ? यस्तो होइन की तस्बिर कुनै छद्म क्यामाराले खिचेको होसे वा घरमा छिरेर उनको नीजि जीवनमा असर पार्न उनको जानकारी विना खिचेको होस् ।

दिपीका, जसले रक्सीको एक ब्रान्डको लागि क्यालेन्डर गर्लको रुपमा करियर सुरु गरेको थियो, लेखेकी छन्,‘हो, कुनै फिल्ममा पुरुषको ८ प्याक एव्सबाट प्रभावित हुन्छन् र उसलाई मन पराउँछन् । तर, जव कोही पुरुष कतै जान्छन् त के उसलाई टांगको बीचको हिस्सामा जुम गरेर र यस्तो घिनलाग्दो हेडलाइन बनाउँछन् ? 
दिपीका तपाइलाई बताईँदिउँ की हामी महिलाको वजाइन र उनीहरुको स्तनको निप्पलमा पनि जुम गर्दैनौं । न्युजपेपर हुनुको नाताले हामी हर सावधानीमा ध्यान दिन्छांै र यदि त्यस्तो केही देखिएको रहेछ भने पनि व्लोर धमिलो बनाउँछौं । तर, तपाइको क्लीवेज त्यति नै सेक्सी थियो, जति शाहरुख खानको ८ प्याक एब्स छ । वल्र्डवाइड अनलाइन मिडियाको नेचरको हिसावले शाहरुखको ऐव्समा पनि स्टोरी बन्थ्यो । OM…Shah Rukh.. 8–pack SEXY ABS..

तपाइले यस्तो पनि लेख्नुभएको छ– हर कसैको आफ्नो विचार हुन्छ । मेरो यो मामलालाई अगाडी बढाउने थोरै पनि रुची छैन, किनभने यो मामला आवश्यकताभन्दा ज्यादा व्यानर हुनसक्छ र पहिले भन्दा पनि ज्यादा भ्रामक र तोडमोडेर लेखेको हेडलाइन्स बन्न सक्छ । तपाइले टेवीटरमा आफ्नो भनाई राख्नुको साटो रिट्वीट गर्नुभएको छ । र, यो विषयमा सकेसम्म इन्टरभ्यु दिनुभएको छ । थाहै छ, तपाइको यसबाट निक्कै प्रचारबाजी भयो होला । नयाँ फिल्मको रिलिजको टाइमिङ पनि सटिक बसेको छ । यो भिडियो त यु ट्युवका एक वर्षभन्दा पनि धेरै समयदेखि छ, फेरि यस्तो नाटक किन ? 
जहाँसम्म हाम्रो मिडियाका साथीहरुको कुरा छ, हामी यकिन गर्छौ कि उनीहरु आजदेखि दिपीका र अन्यको व्लीवेजवाला तस्बिर छाप्न बन्द गर्नेछन् । 


Wednesday, September 17, 2014

चिनका राष्ट्रपति सी जिङ पिङ जो स्त्रीसँग फिदा छन्

एक लोकगायिकाप्रति चिनका राष्ट्रपतिको आशक्ति, ४० मिनेटमा नै विवाहको फैसला गरेका थिए


चीनका राष्ट्रपति सी जिङ पिङको दक्षिण एसीया भ्रमण जारी रहँदा उनी छिमेकी मुलुक भारतमा छन् । उनका साथमा छिन्, पत्नी पेंग लियुआन पनि । पेंग निक्कै चर्चित चिनियाँ लोकगायिका र फेसन डिजाइनर पनि हुन् । अब पेंगले आफ्नो स्टाइललाई दुनियाँभरी छरेकी छन् ।
कम्तिमा ३० वर्षसम्म पेंग चीनकी सुपरस्टारका रुपमा थिइन् । पिङसँग विवाह गर्नुभन्दा अगाडी उनको चर्चाको कमाल कम थिएन । पेंगको विवाह पिङसँग करिब २७ वर्षअघि १९८७ मा भएको थियो ।
विश्वका शक्तिशाली राष्ट्रपति पिङ र पेंगको पहिलो भेट विवाहको एक वर्ष अघि अर्थात्, १९८६ मा एक आम साथीका रुपमा भएको थियो ।


पेंग र पिङको जीवनभरको साथीका रुपमा बाँधिने निर्णय कम्तिमा ४० मिनेटमा तय भएको पनि बताइन्छ । पेंग चीनको पिपुल्स लिवरेशन आर्मीमा सवैभन्दा कम उमेरमा मेजर जनरल हुने एकमात्र नागरिक थिइन् ।
चीनमा गीत गाएर सवै अवार्ड हात पारेकी पेंग चीनकी प्रथम यस्ती नागरिक हुन् जसले परम्परागत संगितमा मास्टर डिग्रि प्राप्त गरेकी छन् । सन् १९६२ मा पेंगको जन्म एक गरिब परिवारमा भएको थियो । तर गरिबीबाट निस्किएर पेंग चीनकै नामी गायिका भइन् । अहिले उनी चीनकी राष्ट्रपतिकी श्रीमतिका रुपमा उनी पहिलो महिलाका रुपमा परिचित छिन् । सन् २०१४ मा फोव्र्स पत्रिकाले पेंगलाई दुनियाँका शक्तिशाली महिलाका रुपमा ५७ नम्बरमा राखेको थियो ।
–एजेन्सीहरुको सहयोगमा
(कृपया यो आलेख कपी गर्दा यो व्लग र लेखकको नामलाई समावेश गर्नुहोला..अन्यथा कपीराइट अधिकार कायम हुनेछ ।)

Tuesday, September 16, 2014

सेक्सी शव्दमा सरिताको जवाफको फेहरिस्त

म सुन्दर छु भन्ने चाहीं तीनवटा सन्तान जन्माइसकेपछि मात्रै बुझ्न सकें । राम्री हुनु र सुन्दर हुनु मेरो विचारमा दुई फरक कुरा हुन् । आफू सुन्दर भएको अनुभूतिका लागि महिलालाई कारण र परिवेश नै चाहिन्छ। सुन्दरता आंतरिक अनुभूति हो, राम्री सतहमा देखिन्छ। मलाई लाग्छ, सौन्दर्यको वर्णन पनि गर्न सकिन्न ।


सरिता गिरी
 विजयकुमार पाण्डेले लेखेको पुस्तक ‘खुशी’ किने पनि पढ्न पाएकी थिइन । एक जना मित्रले त्यस किताबमा मेरा बारेमा पनि लेखिएको बताएपछि पाना पल्टाउँदै आफूलाई खोजें । त्यसपछि कलम चलाउन मन लाग्यो ।

हुन त ‘खुशी’ को विमोचन समारोहमा प्रदीप गिरीजीले भन्नु भएको थियो, “विजयजीले जुन अधिकारका साथ अरुको बारेमा बोल्नु भएको छ, त्यो विश्वसनीय नहुन पनि सक्छ ।” अहिले त्यो पुस्तक पढेपछि लाग्यो, प्रदीपजीले भन्नु भएको शायद मेरा बारेमा पनि थियो । अनुमान मात्र हो यो मेरो ।

विजयजीको लेखाई मलाई असजिलो लागेको छ । विजयकुमारलाई मैले दाङमा दुई पटक भेटेकी थिएँ । एकपटक लक्ष्मण गिरीसँगै उहाँ हामी बस्ने घरमा आउनु भएको थियो भने अर्कोपटक म र लक्ष्मणजी मसोट खोला किनारमा रहेको उहाँको कार्यालयमा पुगेका थियौं ।

खोला–नदी मलाई असाध्यै मन पर्छ । देख्नेबित्तिकै खोलामा पुगी हाल्छु, अहिले पनि । उहाँको कार्यालयको छेउमा मसोट खोला अत्यन्त फराकिलो थियो । एक छिन खोला किनारमा उभिएपछि म लक्ष्मणजीसँग फर्कीएँ । विजयजीले मेरो त्यस बेलाको सुन्दरताको बयान गर्नु भएको छ ।

१९ वर्षकी म आफ्नो सुन्दरता बारे अनभिज्ञ नै थिएँ । तर आफूलाई कुशाग्र बुद्धि भएकी ठान्थें । स्कुल पढ्दा कक्षामा जहिले पनि प्रथम हुन्थें । एकपटक डबल प्रमोशन पनि पाएकी थिएँ । साहित्य लगायत अन्य विषय असाध्यै पढथें ।

लक्ष्मणजीसँग विवाह भएर नेपाल आएपछि भने नयाँ परिवेशमा मेरो अध्ययन ओझेलमा पर्यो । त्यो कुशाग्रता हुर्किने वातावरण पनि ओझेलमा पर्‍यो । उसबेला नेपाली भाषा नबुझे पनि भाव भने बुझ्थें ।

म सुन्दर छु भन्ने चाहीं तीनवटा सन्तान जन्माइसकेपछि मात्रै बुझ्न सकें । राम्री हुनु र सुन्दर हुनु मेरो विचारमा दुई फरक कुरा हुन् । आफू सुन्दर भएको अनुभूतिका लागि महिलालाई कारण र परिवेश नै चाहिन्छ। सुन्दरता आंतरिक अनुभूति हो, राम्री सतहमा देखिन्छ। मलाई लाग्छ, सौन्दर्यको वर्णन पनि गर्न सकिन्न ।

कान्छी छोरी इरीना जन्मिएपछि म आफूलाई चिन्ने प्रयासमा लागें । त्यसैले अहिले पनि उसलाई भन्छु, ‘तिमी जन्मिएपछि म आफैं पनि तेस्रो पटक जन्मिएँ ।’ महिलाको दोस्रो जन्म विवाहपश्चात हुन्छ । अपरिचित व्यक्तिसँग नौलो परिवेशमा हुने विवाह त झन संकटपूर्ण जन्म जस्तो लाग्छ ।

दाङपछि विजयजीसँग काठमाडौंको बुढानीलकण्ठ स्कूलमा भेट भएको थियो । त्यसबेला हाम्री छोरी इरिना र विजयजीकी छोरी सारा सहपाठी थिए ।

लक्ष्मणजीको ‘अल्कोहल बानी’ ले परिवारमा तनाव थियो । त्यसबीच विजयजीसँग मेरो भेटघाट र कुराकानी नभए पनि उहाँले मेरो बारेमा सुने–पढेका आधारमा ‘खुशी’ मा जे लेख्नु भएको छ त्यो अतिशयोक्तिपूर्ण लागेको छ ।

राजेश हमालसँग आजसम्म मेरो भेट भएको छैन । तर उहाँले कुनै पत्रिकामा भन्नुभएको थियो क्यारे, “मनिषा कोइराला, अम्बिका श्रेष्ठ र सरिता गिरी मलाई नेपालका सेक्सी महिला लाग्छन।” विजयजीले यो कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ ।

सौन्दर्यबाट प्रारम्भ गरी सेक्सी देखिनेसम्म कुरा पुर्‍याउनु भएको छ । यसले मेरो निजता खलबलिएको महशुस गरेकी छु ।

सेक्सी को हिंदी वा नेपालीमा सभ्य शब्द खोज्दा आकर्षक नै पाउँछु । तर ‘सेक्सी’ शब्दमा शायद त्यस भन्दा बढी भाव समाहित छ । त्यस बारेमा राजेश हमाल र विजयजीले नै प्रष्ट पार्दा उपयुक्त हुन्छ।

दाङमा सडक विभागमा जागिरे हुँदा त्यसबेलाको ‘सडक विभाग संस्कृति’ बारेमा विजयजीले लेखेका कुराहरु मेरालागि नौला र अप्रत्याशित थिए ।

विवाह पश्चात बस्तीपुरमा होउञ्जेल त लक्ष्मणजीले रक्सी सेवन गर्नु भएन तर दाङमा लक्ष्मणजी पहिलो पटक एक साँझ जब नशामा लठ्ठिंदै घर आइपुग्नु भएको थियो, अहिले पनि सम्झन्छु , म निकै रोएकी थिएँ ।

डरले दाँत किटकिट पार्दै, बच्चा जस्तो । त्यसअघि मैले रक्सी खाएको मानिस फिल्ममा मात्रै देखेकी थिएँ ।

कान्छी छोरी जन्मेपछि मभित्रको अशांति र पीडाका कारणहरु खोजि गर्न थालें र छुटकारा पाउन म संघर्ष पनि गर्न थालें ।

एक दिन इञ्जिनियर साहेब ९लक्ष्मणजी० ले भन्नु भयो, “अहिलेसम्म यस्ती सोझी मान्छे कसरी यस्तो बाठी हुन थाल्यौ रु”

“यस्को मतलब २० वर्षदेखि मलाई सोझी ठानी तपाइँहरुले मलाई ढाँटदै र धोखा दिंदै आएको हो रु” मैले जवाफ फर्काएँ, उहाँ चुप लाग्नु भएको थियो ।
“मेरो समर्पण र अंधो विश्वासलाई तपाइँहरुले सोझोपनाको रुपमा लिनु भयो,” मैले भनें।

हाम्रो समाजमा महिलाहरुको विवशतालाइ पनि सोझोपनको रुपमा लिइन्छ । तर मूल कुरा के हो भने चेतना चलायमान हुनका लागि धक्का लाग्नु पर्छ, चोट खान पर्छ, अभाव ब्यहोर्नु पर्छ र अपमान सहनुपर्छ । कम्तिमा मैले बुझेको र भोगेको यही हो ।

पीडा र अपमानले मेरो चेतना चलायमान भएको बेला थियो त्यो । आफनो अस्तित्वको खोजीमा लागेकी म जागिर छोडेर एमए पढ्न थालें । स्वतन्त्रताकै खोजीमा राजनीतिको बाटोमा लागें । मन्त्री भएँ । पार्टी अध्यक्ष भएँ ।

अरुन्धती रोयले लेखेकी छन्– उनी तेज थिइन्, त्यसैले पुरुष प्रधान समाजमा उनलाई खतरनाक ठानियो र उनी गाउँबाट टाढा शहरतिर लागिन् । मेरो संघर्ष त म जन्मेहुर्केको भन्दा फरक देश र परिवेशमा अस्तित्वका लागि थियो ।

शायद त्यसैले विजय जी ले त्यहाँ चतु¥याइँ देख्नु भयो ।

अन्तमा अल्कोहलिज्मको संदर्भमा लक्ष्मणजी लाई सम्झिंदा मैले भन्नु पर्ने हुन्छ, मानिसको कम्तीमा दई वटा व्यक्तित्व हुँदो रहेछ । एउटा उस्को स्व र अर्को उस्को सामाजिक व्यक्तित्व। सामाजिक व्यक्तित्व परिवेशमा हुर्केको हुन्छ र परिवेशले त्यस लाई हुर्काउँछ पनि।

धेरै कम व्यक्ति आफनो स्व लाई समाज अगाडि ल्याउन सक्छन । अधिकांश व्यक्ति सामाजिक व्यक्तित्वसँगै बाँचेका हुन्छन र त्यसले गर्दा उस्को वरिपरि स्वका साथ बाँच्न खोज्ने कतिपय व्यक्ति समाप्त पनि हुन्छन् ।

कति जना आफनो दुई व्यक्तित्वको द्वन्द्वमा स्वयम् समाप्त पनि हुन्छन् । लक्ष्मणजीसँग पनि त्यही नै भयो । उहाँको समाज र परिवेश अगाडि उहाँले समर्पण गर्नु भयो तर, आपनो स्व लाई पनि मार्न सक्नु भएन । सोशल ड्रिंकर लक्ष्मणजी लाई अल्कोहलिज्म रोग हुन पुग्यो ।

तर उहाँको स्व मेरो थियो । मेरो छोरा राहुलले भन्छ बुवा हाम्रो हुनुहुन्थ्यो । लक्ष्मणजीको अल्कोहलिज्मलाई हामीले यसरी पनि बुझेका छौं ।

म एउटी अवोध किशोरी नयाँ देश र परिवेशमा बुहारीका रुपमा भित्रिएकी थिएँ । विजयजीले आफूले सुने र पढेका भरमा मेराबारेमा आफनो किताबमा लेखेको कुरा केही अर्थमा अतिरंजित र यथार्थबाट टाढा लाग्यो ।
दुखको कुरा त्यस लाई धेरैले सत्यका रुपमा ‘खुशी’ भित्र पढ्नेछन् । 

हिमाल खबर अनलाइनबाट

Sunday, September 14, 2014

इन्टरनेटको नशा छुटाउन यस्तो दशा !

बहुसंख्यक युवा इन्टरनेटको नशामा लागेका कारण देशमा विकासको काम नभएको भन्दै चीनमा यस्तो नशा छुटाउनका लागि फरक किसिमको ट्रिटमेन्ट सुरु गरिएको छ । द काइड एजुकेशन भन्ने संस्था खोली चीनमा पूर्व सैनिक प्रमुखहरुको माथाहतमा युवाहरुलाई भर्ना गरिन्छ र फरक किसिमले तालिम दिन थालिएको छ । 
ठूलो संख्यामा युवाहरु इन्टरनेट खेल र गेममा व्यस्त भएपछि चीनमा यो विधि अपनाइएको हो, जहाँ सामाजिक काम, सरसफाई, तालिम र मनोरञ्जन गराइन्छ । तर, तालिमका क्रममा युवाहरुलाई कडा रुपमा खटाइँदा उनीहरुले पीडा पनि भोग्नुपरेको छ । 

केही झलकहरु तस्बिरमा यहाँ ...

पहिले इन्टरनेट फोविया भएकाहरुको दिमागलाई स्क्यान गरिन्छ र ट्रिटमेन्ट सुरु हुन्छ । 


पूर्व सैनिक अधिकारीहरुले यसरी तालिम दिने गर्दछन् । 



क्याम्पमा युवाहरुलाई तालिम गराउनका लागि शारिरीक व्यायाम पनि गराइन्छ । 

कडा तालिम गराइन्छ र ट्वाइलेटलगायतका ठाउँ सफ गर्न खटाइन्छ । 



एजेन्सीहरुको सहयोगमा..



Saturday, September 13, 2014

बलिउडमा यस्ता एमएमएस आए, कलिउडमै होस उडाए

नेपाली मोवाइलमा कतिले चलाउँछन् एमएमएस ? मोवाइल पनि फेसबुककै लागि बोक्नेहरु कम छैनन् । अझ ओहो सेलिव्रिटीहरुको त कामै पोष्ट गर्नेमात्र भएजस्तो । खाएको पनि पोष्ट हुन्छ, हिँडेको पनि, नाचेको पनि, गीत गाएको, प्रेमि सार्वजनिक गरेको, कुकुर बोकेको, विरालो छाडेको यस्ता यस्ता आउँछन् ।
कलिउडको फेसबुक कथाभन्दा अघि बलिउडमा होस उडाउनेगरी आएका एमएमएसका कुरा गरौं । कुनै समय चलेकी नायिका प्रिती जिन्टाले बाथरुममा नुहाउँदै गरेको फोटो एमएमएस भाइरल भएरै वग्यो । बलिउडमा खुबै चर्चा भयो । अहिले डिभोर्स कान्ड, के के कान्डमा मुछिएकी प्रितीको कुरा यस्तो थियो । बलिउड अभिनेता सैफ अलि खानकी बहिनी, करिना कपुरकी नन्द सोहा अलि खानको पनि कहाँ कम थियो र ? वाक्समा चेन्जिङ गरिरहेको फोटो पनि उत्तिकै एमएमएस भएर वग्यो ।
 अलि लो बजेटका फिल्ममा देखिने अस्मि पटेलको टङ किसले खुबै चर्चा पायो । यतिधेरै मोवाइलहरुमा उनको यो तस्बिर भाइरल भएर सेयर भयो की त्यसको चर्चा गरेर साध्य नहुने भयो । शर्लिन चोपडाको के कुरा गर्नु ? जसले कामसुत्र थ्रीडीमै खेलेपछि उनको एमएमएसको अर्थ त रहेन । तर, उनले कपडा फेरेको फोटो भने एमएमएस भाइरल नै भयो । मोना सिंहको तस्बिरले इन्टरनेटमा निक्कै चर्चा पायो । धेरै सेयर भयो । कसरी यस्तो भयो भन्ने विषयमा उनी जानकार थिइनन्, तस्बिर लिक गराउने खोज्नका लागि उनले मुम्वई पुलीसमा उजुरी पनि गरेकी थिइन् ।
चल्तीफिर्ती हिरोइन करिना कपुर र साहिद खानको प्रेमको हल्ला जति फैलियो त्यो भन्दा पनि बढि उनको टंग किसको फोटो फैलियो । बलिउडमा यस्ता घटना कम भएका होइनन् ।
बलिउडप्रति प्रगाढ नजर लगाउने कलिउडका स्टारहरुको यस्ता एमएमएस बाहिर आएकाले होस उडायो । कलिउडमा एमएमएस त भाइरल भएर आइसकेका छैनन् । केही समय अघि केही नायिकाहरुका भिडियोले विश्वव्यापी नै लिएपनि अहिले सार्वजनिक कार्यक्रममा भित्रि बस्त्र नलगाएको, देखिएको चर्चा भाइरलका रुपमा अघि बढेका छन् । ति विवादास्पद कुराहरुमाथि पनि हिरोइनहरुले टिप्पणी गरिरहेका छन् । पछिल्लो पटक विवादमा आएको भनिएकोचाँही ज्योती मगरको अन्तवार्तासम्बन्धि कुरा हो । उनले खुलेरै लेख लेखेको चर्चा इन्टरनेटमा पनि छायो । उनले लेखेकी रहिछन्– मेरो स्तनको मुलय कति हो ?

यी र यस्ता गसिपहरु जतिसुकै आएपनि इन्टरनेट पुस्तामा सामान्य र नराम्रा राम्रा र अनेक प्रकारका भिडियो, फोटो र समाचार व्यापक रुपमा सेयर हुन थालेका छन् । संयमित पाराले इन्टरनेट पुस्ता चल्न सकेको स्थितिचाँही छैन ।



तस्बिर र जानकारी स्रोत, एजेन्सीहरुको सहयोगमा ।

रक्सिमा डुवेका पत्रकार उठे, लेखे र बाँडिदिए खुशी नै खुशी

एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'


चर्चित पत्रकार विजय कुमारको वहुप्रतिक्षित पुस्तक 'खुशी' विमोचन समारोह यथार्थमा खुशी नै खुशी बाँड्ने थलो बन्न पुगेको छ। उनले आफ्नो जीवनमा सहयोग पुर्‍याउने सबैको मुग्धकण्ठले प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको हात पनि फैलाए। त्यति मात्र होइन उनले मदिरामा डुबेर बर्बाद हुन लागेको आफ्नो जीवन यसबाट बाहिर निकाल्न भएका भगिरथ प्रयत्नलाई यसमा समावेश गरेको बताएका छन्। उनी मदिराबाट मुक्त भएको १० वर्ष भएको छ। मदिराले बर्बाद बनाएका जीवनहरूमा फेरि खुशी फर्काउन आफूले सहयोग गर्ने वाचा उनले गरे।

राजधानीमा शुक्रबार आयोजित पुस्तक विमोचन समारोहमा उनले आफ्नी आमामार्फत् सम्पूर्ण आमाहरूलाई नमन गरे। आफ्ना गुरू नाम्खा रिम्पोछेबाट उनले पुस्तकको विमोचन गराए। गुरूले कुनै अभिव्यक्ति दिएनन्। तिनले मौन अभिव्यक्तिबाटै पुस्तक सार्वजनिक गरिदिए।


पुस्तक लेखन निम्ति एक वर्षसम्म आफूलाई सहयोग गर्ने आफ्ना सहपाठी प्रशिद्ध उद्योगपतिरव्यापारी उपेन्द्र महतोलाई भगवान कृष्णलाई सुदामाको कनिकाजस्तै आफ्नो तर्फबाट फूलकुमारी महतो ट्रष्टलाई गरेको सहयोग स्वीकार गर्न आग्रह गरे। उनले पुस्तकबाट आएको रकम आफ्नो तर्फबाट समाजसेवामा लगाइदिन उनले आग्रह गरे।

पत्रकारका रूपमा आफूले सबैको हिसाब माग्ने गरेको प्रशंग उल्लेख गर्दै विजय कुमारले आफ्नो हिसाब पनि अरूका निम्ति सार्वजनिक गरेको बताएका छन्। आफूलाई वौद्ध गुरूहरूसम्म पुग्न सहयोग पुर्‍याउने याकएण्ड यति होटलका मालिक राधेश्याम सर्राफप्रति कृतज्ञता व्यक्त गरे।

आफूसँग कुनै बेला काम गर्ने थातथलो नभएका बेला सानो कार्यालय स्थापना गर्न सहयोग पुर्‍याउने उद्योगपतिरव्यापारी प्रभाकर शमशेर राणालाई समेत धन्यवाद दिए।

पुस्तक विमोचन समारोहमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुरद देउवादेखि राप्रपा नेपालका नेता कमल थापा लगायतको उपस्थिति थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालका मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरी पनि कार्यक्रममा आएका थिए।

विजयकुमारले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र तुलसी गिरीजस्ता दुबै नेतासँगको संगतका प्रशंग कोट्याउँदै भने, ुसत्य विपरीतार्थको बीचमा लुकेको हुन्छ।ु

उनीहरू सबैलाई भाषण नगर्ने तर अरुले गरेको भाषण सुन्न आइदिएकोमा पनि उनले धन्यवाद दिन भ्याए। विजयकुमारले एमाओवादी नेता बाबुराम भट्टराईलाई उदृत गर्दै दाहालको उचाइ घटेको बताए पनि सबै नेताभन्दा उनकै अग्लो भएको भन्दै खुशी दिए।


ुपहिले म तपाईंसँग ह्वीस्कीका पेगको अपेक्षा गर्थें,ु विजयकुमारले आफ्नो विगत कोट्याउँदै देउवातिर फर्केर भने। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिको सट्टा साहित्यमै लागेको भए अझ राम्रो हुन्थ्यो भन्ने सल्लाह पनि दिए। भारतीय, रसियालीलगायनका राजदूतहरूको समेत उपस्थिति रहेको कार्यक्रममा समाजका एकसेएक व्यक्तिहरूको सहभागी भएका थिए।

विजयकुमारले समाजका प्रत्येक व्यक्तिको महत्ता हुने धारणा राख्दै सबै व्यक्तिका कथा उत्तिकै रोचक भएको बताए। उनले पुस्तकबारे बोल्न कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीलाई आग्रह गरे। यसअघि कुनै एक लेखकको पुस्तक पढ्दै नपढी समीक्षा गर्न उभिएको प्रशंग उल्लेख गर्दै गिरीले खुशी भने पढेर बोल्न आएको बताए।

विजयकुमारले  मानिसको खोजबारे उल्लेख गरेको प्रशंग उल्लेख गर्दै गिरीले उनको कृतिमा पढ्नका निम्ति प्रेरित गर्ने विषयवस्तु भएको बताए। शक्ति नभई विपरीति लिंगी पनि आउँदैनन्,' गिरीले भने।

उद्योगपतिरव्यापारी महतोले भगवानले तपाईंलाई सम्पत्ति दिन्छन् भने त्यसबाट आफ्नो जीवन शैलीलाई उच्च बनाउने भन्दा दानको शैलीलाई उच्च बनाउनुपर्ने भनाइबाट प्रेरित भएको उल्लेख गरे। उनले धनी मानिसलाई अब धेरै धनी मानिसहरूको जरुरत भएको बताउँदै भने, धनी मानिस सुरक्षित हुन सबै धनी हुनु पर्छ।
उनले विजय कुमारको पुस्तक खुशीले जसरी आफैंभित्र खुशी खोज्न प्रेरित गरेको प्रशंग उल्लेख गर्दै यो आफैभित्र खोज्न आग्रह गरे। उनले भने, ुखुशी एक्लै पाइँदैन, जति बाँड्यो उति पाइन्छ।ु

शास्त्रीय गायिका संगीता प्रधानको सुमधुर स्वरबाट सुरू र अन्त्य भएको कार्यक्रमको संचालन नायिका गौरी मल्लले उत्तिकै मीठो शैलीमा गरेकी थिइँन्। आयोजनाको भव्यता, एकसेएक व्यक्तिको उपस्थितिले सबैलाई खुशी दिएको थियो। लाग्थ्यो, कार्यक्रममा खुशीको संक्रमण भइरहेको छ।

विजयकुमारले आफ्नो पुस्तक हस्ताक्षर गरेर दिएपछि त्यो खुशी सबैका हातहातमा पुगेको छ। पुस्तकको प्रकाशक फाइन प्रिन्टका प्रबन्ध निर्देशक निरज भारीले सबैका निम्ति उपयोगी हुने किताब लेखिदिए बिजयकुमारले गुन लगाएको बताए। उनले प्रकाशनकै क्षेत्रका एउटा खुशीको समाचार प्रवाहित गर्दै भने, ुहामीले पहिलो खेपमै ३५ हजार प्रति छपाएका छौं।

खुशीको एउटा अंश विजयकुमारकै शव्दमा..


राजा ज्ञानेन्द्रसित पांचौ र २०७० मा यो लेखुन्जेल सम्मको अन्तिम भेट, संभिदान सभाको निर्वाचन हुन दुइ महिना अघि भएको थियो । त्यसबेला राजतन्त्र निलम्बित अवस्थामा पुगि सकेको थियो । चीनका राजदुतले प्रधानमंत्री गिरिजा प्रसाद कोइराला समक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि आउने दिनहरुको तस्वीर प्रस्ट भइसकेको थियो ।
पांचौ भेटको समयमा शक्तिका हिसाबले राजा गलिसकेका थिए । तर उनको व्यबाहरको गरिमा र शालिनतामा कुनै कमी आएको थिएन ।
त्यो भेटमा केहि राजनैतिक , केहि दार्शनिक र धर्म समबन्धी कुरा पनि भए । 
एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'

ज्ञानेन्द्र राजाको मुहारमा मुस्कान छरियो ।

केहि महिना पछि उनले दरबार छाडे । बडा शालिनता र गरिमाका साथ उनी दरबारबाट निस्किए । धार्मिक र अध्यात्मिक कारणहरु बाट भएका गद्दी त्यागका उधाहरणहरुलाइ पर राख्ने हो भने राजतन्त्रको यो निर्गम शैली विश्व ईतिहासमै बिरलै पाइएला ।

प्रदिप गिरिले एक अन्तरवार्तामा मलाइ भने –
ुराजाका रुपमा ज्ञानेन्द्रका कृत्यहरु के कस्ता भए, इतिहासले मुल्याङन गर्ला । तर जनताको इच्छाका अगाडी जुन शान्त, सहज तरिकाले, बिना प्रतिरोध, बिना रक्तपात जसरी उनी दरबारबाट बाहिरिए, त्यसले मानिसका रुपमा उनले आफ्नो गरिमा धेरै माथी पुराए ।ु

पत्रकारका नाताले हामीले मानिसलाइ उस्को जीतमा मात्र होइन, हारमा पनि नजिकबाट देख्ने मौका पाउछौ । कसैले जीत पचाउन सक्दैन , कोही हार सहन सक्दैनन । कोहीचाहि , हार र जीत दुबै पचाउन सक्दैनन ।

०००

करिबन चौध बर्ष अघि, म 'नेपाल' पत्रिकाको संस्थापक सम्पादक थिए। ती दिनहरुमा , ९ कक्षामा पढने एउटा केटो मेरा सम्पादकिय टिप्पणीहरुलाइ निकै चाख लिएर पढथ्यो रे ।

दुइ बर्ष अघि त्यो केटा मेरो घरमा आयो र भन्यो - तपाइले मागेको रोयल्टी रकम दिन म तैयार छु । के तपाइ हाम्रो प्रकाशनका निम्ति केहि लेख्न सक्नु हुन्छ ? केहि यस्तो लेख्नुस जो पढे पछि मन छोओस , केहि यस्तो लेख्नुस जो पढे पछि , बिर्सन अलि गारो होस , केहि यस्तो लेख्नुस जो मानिसलाइ काम लागोस ! नौ कक्षाको बिधार्थी छदै म भित्र लेखकिय संभावना देख्ने त्यो केटो आज २८ बर्षिय लक्का जवान भएको छ । देशको अग्रणी प्रकाशन गृह 'फाइन प्रिन्टस' को प्रबन्ध निर्देशक बनेको छ ।
निरजले देखेको संभावना र मेरो साधनाको परिणाम हो 'खुसी' ।

०००

भाद्र २०, २०७१

शुक्रबार म झिसमिसे उज्यालैमा उठछु । एउटा शुक्रबार , लङ वाकमा जान्छु । अर्को शुक्रबार कान्तिपुर दैनिकमा स्तम्भ ुआदि(ईत्यादिु का निम्ति छुट्याएको दुइ बर्ष चानचुन भयो होला । बिहान पांच बजे देखि नै कम्प्युटरको कि बोर्डमा ड्युटी दिएर दिनभरी स्तम्भका निम्ति अक्षर टिप्थे म । म छिटो लेख्न सक्दिन । प्राय आठ देखि दस घन्टा कम्प्युटर स्क्रिनमा आंखा र घांटी खियाए पछि बल्ल एउटा स्तम्भ बन्थ्यो ।

लेखेको कुरा भोली पल्ट छापिएको देख्दा राम्रो महसुस हुन्थ्यो । कयौ पाठकले मन पराए, केहिले रुचाएनन होला । मन पराए पनि , नपराए पनि पढन चाहि धेरैले नै पढे । आजभोली इन्टरनेट र सामाजिक सन्जालको युगमा कसलाइ कति पढिदै छ भन्ने झझल्को पाउन मुश्किल छैन । आदि( ईत्यादिका सबै पाठक प्रति सादर आभार व्यक्त गर्न चाहन्छु ।

आदि( इत्यादि मैले प्रथम बचनमा लेखे । ुमु शब्दको प्रयोग गर्दै ( प्रथम बचनमा लेख्न सुरु
गर्दा – ु कति म म भनेर लेख्छु भनेर नाक खुम्च्याउने केहि पण्डीतहरु समेत पछिल्लो समयमा आफै त्यहि गर्न थालेको देख्दा सन्तोष लाग्छ । अखबारहरुमा प्रथम बचन लेखन ह्वात्तै बढेको छ ।

हेनरी मिलर हुन शायद, दसकौ अगाडी लेखे ( ु २१ सौ शताब्दीको लेखन प्रथम बचनमा लेखिएको हुनेछ । तर त्यो अहिलेको भन्दा कम बेइमान हुनु पर्नेछ ।ु

फस्ट पर्सन राइटिङ ( प्रथम बचन लेखनको खतरा ( लेखकलाइ अतिरन्जनाको लोभ र अंहकारले छोप्न सक्छ । न छोप्न पनि सक्छ । अलिअलि छोप्न वा अलि अलि नछोप्न पनि सक्छ । लेखक हेरि हेरि हुन्छ ।

आज , यो लेख्न बस्दा जुगल भुर्तेललाइ बिर्से भने मलाइ पाप लाग्ने छ । तिनले मलाइ युनीकोडमा टाइप गर्न सिकाए । नसिकाएका भए, मलाइ दुइ चार हप्ता स्तम्भ पछि लेख्न अल्छी लाग्थ्यो । आदि-ईत्यादि चार अंक भन्दा अघि बढने थिएन । तर त्यसो भएन । स्तम्भ टाइप गर्दा गर्दै मलाइ लेखन सित पिरती बस्यो । त्यहि प्रेमले मलाइ 'खुसी' लेखाउन पुग्यो ।
'थ्याङ यु जुगल'
अर्को एक नाम स्वचलित रुपले मेरो मष्तिष्क मा शुक्रवार बिहान प्रवेश गर्छ ( सुधीर शर्मा । उनको सहयोग र सल्लाह बिना आदि(ईत्यादिको निर्माण हुन सक्दैनथ्यो । मैले सुधीर शर्मालाइ हमेशा सहयोगी र योग्य सम्पादकका रुपमा पाए । उनका सुझावले मेरो स्तम्भ लेखनीलाइ मजबुत बनाउन सघायो । यो कुरा मैले उनी आफै सम्पादक भएको दैनिकमा लेख्ने आंट गर्न सकिन । त्यसैले यो फेसबुक स्टाटस र ुखुसीु मा लेखे ।

अनुहार भरि भालु झै रौ भएकी भावना थामीको तस्वीर सहित ुआंसु देखि मुस्कान सम्मु शिर्षकको लेखनलाइ जुन प्रमुखताका साथ सुधीरले छापे , त्यो म बिर्सन सक्दिन । भावना थामीका गरिब मजदुर बा ले मलाइ धेरै आशिष दिएका थिए , त्यो आशिष सुधीर शर्मा र फोटोग्राफर भाइ नरेन्द्र श्रेष्ठलाइ लागोस ।
तस्बिर र समाचार स्रोत, सेतोपाटी डटकम र विजयकुमारको फेसबुक ।