Friday, March 23, 2012

भूल

तिमीले नसम्भmेर के भयो त
थोरै आश मर्यो, अलिकति पीडा बढ्यो
जीवन, तिमीसँग होइन, जीवन, मसँग भन्छ
तिमीले विर्सदा नै ठिक भयो, अलिकति आँशु भmर्यो

योजनाहरु विफल भए, खुशीहरु पर सरे
आशाहरुले घटाउका एउटा नयाँ चित्र कोरे
भुलहरु भुलाउने प्रयास मैले गर्नै पर्यो
खुशी हुने एक पल किन किन त्यसै टर्यो

बसन्तको नयाँ युगमा नयाँ कुरा मैले सिकें
भिmनो आशको धागोबाट लामो माया थाम्दै टिकें
आखिरमा मेरो मात्र माया गनर्ु रहर थियो ।
फूल ठानें, भूल गरें, तिम्रो कुरा जहर थियो ।

दिनभरी हात हेरी पर्खी बसें सम्भmनालाइ
रातभरी आश गरें भmूठो मेरो सपनालाइ
आखिरमा मेरो मात्र एउटा ठूलो भूल थियो ।
तिम्रो कुरा काँडा रैछ, मेरो आश फूल थियो ।

No comments:

Post a Comment