Thursday, February 27, 2014

दुई सभासद जंगिए हरायो होस, नारायणकाजीमाथि किन यत्रो दोष ?





‘हामी जिल्लामा हुँदा पनि हामीलाई खबर नगरी कार्यक्रम गर्नु र कार्यक्रममा सहभागी नगराउनु पार्टी विभाजन गर्ने नियत हो ।’


विभिन्न विवादको कारण बन्दै आएको एमाओवादीभित्र अर्को विवाद सुरु भएको छ । यता, पेरिसडाँडामा विदेशीसँग रक्सीको चुस्की तान्ने सुर कसेका बेला उता रौतहटमा दुई सभासदले नेता नारायणकाजीविरुद्ध बयान दिए । के दिए पत्रकार सम्मेलनमार्फत बयान ? तल पढ्नुहोस्

केन्द्रिय समितिको वैठक डाकी समस्या समाधानको विषयमा सहमति जुटाएको एमाओवादीमा फेरि आन्तरिक कलह सार्वजनिक हुन थालेको छ । बुधबार एमाओवादीभित्रका दुई सभासदहरुले पत्रकार सम्मेलन गरी एमाओवादी विभाजनका लागि नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएको आरोप लगाएका छन् ।
एमाओवादीबाट रौतहट क्षेत्र नं.४ बाट निवार्चित र समानुपातिकमा परेका दुई सभासदले यस्तो आरोप लगाएका हुन् । सभासदद्वय सत्यनाराण भगत र सुरेन्द्र जयसवालले यस्तो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा भगतले भने,‘हामी जिल्लामा हुँदा पनि हामीलाई खबर नगरी कार्यक्रम गर्नु र कार्यक्रममा सहभागी नगराउनु पार्टी विभाजन गर्ने नियत हो ।’
उनीहरुले पार्टिको राष्ट्रिय सम्मेलन सुरु हुने बेलामा एकाएक खबर नगरी गुटबन्दिका रुपमा कार्यक्रम गरेर विभाजन गर्ने नियत देखाएको उनीहरुको आरोप छ । सभासद् जयसवालले भने,‘यो कामले गाउँ र जिल्ला सम्मेलनमा प्रतिनिधि छान्ने विषयमा गुटबन्दि भएको ठहर गरेका छौं ।’ दुवै सभासद अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । ‘नेता भएर नेताको ठाउँमा बसेनन् भने हामी आन्तरिक संघर्ष गर्न बाध्य हुनेछौं ।’, जयसवालले भने ।

Tuesday, February 25, 2014

कांग्रेस नेतृ सीता गुरुङ भन्छिन्- संविधान बनेपछि विवाह गर्छु ।

संविधान बनेपछि विवाह गर्छु 
-सीता गुरुङ 

सभासद तथा केन्द्रिय सदस्य, नेपाली कांग्रेस
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ? 
–१२ बर्षको उमेर छँदादेखि राजनीतिमा सूचकको काम गरियो । बाबुको सूचकको काम थालेदेखि राजनीतिमा इच्छा जागेको हो ।
कति वर्ष भयो राजनीतिमा सक्रिय हुनुभएको ? 
–२४ वर्ष पुगेछ । विद्यार्थी राजनीति पनि गरियो निक्कै लामो समयसम्म । अहिले पार्टी राजनीतिमा सक्रिय छु ।
विद्यार्थी छँदा प्रेम प्रस्ताव आएनन् ? 
–खै त्यस्तो अहिलेसम्म थाहा पाइन । अव्वल र अलि कडा मिजासको भएका कारणले पनि मलाई आँट कसैले गरेनन् । विद्यार्थीकालका साथीहरु अहिले त्यसो भन्छन् ।
प्रेम पनि गर्नुभएन, विवाह पनि गर्नुभएको छैन नि ? 
–छैन । प्रेम गर्न न भ्याइन पनि मैले ।
कहिले गर्ने विचारमा हुनुहुन्छ ?
–संविधान बनेपछि विवाह गर्नुपर्ला । जहिले संविधान बन्यो भन्छन्, तहिले विवाह गर्छु ।
कलेज पढ्दा निक्कैले मन पराए होला नी ? 
–खै अरुको कुरा थाहा भएन । तर, मलाई खुलेर मन पराएँ भनेर कोही पनि आएनन् । तेह्रथुममा पढियो, यहाँ पशुपति कलेजमा पढियो यस्तो महसुस गरेको छैन ।
राजनीतितिरमात्र बढि केन्द्रित भएँ, जीवनतिर सोचिनजस्तो लाग्दैन ? 
–कहिलेकाँही गल्ती गरेजस्तो लाग्छ । व्यक्तिगत जीवनका बारेमा त्यति फुर्सद भएर सोचिएन ।
कलाकार कत्तिको चिन्नुहुन्छ ? 
–चिन्छु, केही कलाकारहरु । मेरो छिमेकमा बस्छिन्, सुष्मा कार्की भन्ने, उनलाई चिन्छु । गौरी मल्ल, निरुता सिंह, मेलिना मानन्धर राजेश हमाल नाम सुनेका कलाकार हुन् ।
नेपाली फिल्म हेर्नुभएको छ ? 
–हेरेको छु । दक्षिणा, सीमाना भन्ने । त्यसपछिचाँही समय मिलेको छैन । राजनीतिमा बढि व्यस्त भइएछ ।
नयाँ हेर्न मन लागेको फिल्म नि ? 
–झोला भन्ने फिल्म हेर्न मन लागेको छ ।
नयाँ कलाकारहरु चिन्नुहुन्छ ? 
–रेखा थापा, नम्रता श्रेष्ठ, निता ढुंगाना, विनिता बरालहरु नयाँ हुन् जस्तो लाग्छ ।
किताब कत्तिको पढ्नुहुन्छ ? 
–पढ्छु । कविता मनपर्छ मलाई ।
कुन कवि मनपर्छ ? 
–राष्ट्रकवि माधवप्रसाद घिमिरे । उहाँका लयात्मक कविताको फ्यान हुँ ।
अहिले पढिरहेको किताब नि ?
–नेल्सन मण्डेलाको लङ वाक टु फ्रिडम ।
गीत कत्तिको सुन्नुहुन्छ ? 
–सुन्छु, मलाई राष्ट्रिय गीतहरु मन पर्छन् ।
मनपर्ने गायक ?
–कर्ण दास । गणेश योञ्जनका गीत । दिपक लिम्बु पनि मनपर्छन् ।
गीत गाउने गर्नुहुन्छ ? 
–ए समयमा कति गाइयो गीत त । चारतारे सांगितीक टोली बनाएरै हिँडियो ।
नेता नभएको भए के बन्नुहुनेथियो ? 
–सामाजिक कार्यकर्ता हुनेथिएँ होला ।