Tuesday, December 29, 2015

सत्तास्वार्थको विकल्प नयाँ शक्ति !

बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् 

विनोद ढकाल 

चिनियाँ क्रान्तिले देखाएको नयाँ युगका प्रणेताका रुपमा माओत्सेतुङको जन्मोत्सव मनाइरहँदा नेपाली माओवादका नेता पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई लिनप्याओसँग तुलना गरे । लिनप्याओको व्यवाहारसँग तुलना गरे र उनको सत्ता मोहको व्याख्या पनि गरिदिए । लिनप्याओ चिनियाँ क्रान्तिका क्रममा बनेको चिनियाँ कम्युनिष्ट पार्टीको लाल सेनाका सेकेन्डम्यान थिए । सो क्रममा माओ सुप्रिम कमाण्डर थिए । लिनप्याओले माओको पछि दौडनुको विकल्प देखेका थिएनन् र उनलाई सत्तामोह पनि चाहिएको थियो । तर, सत्ता पाउनका लागि माओको मृत्यु अनिवार्य थियो । लिनप्याओको यहि चरित्रले कम्युनिष्टहरुभित्र पनि सत्तामोहको खेल चर्को भएको प्रचण्डको व्याख्या थियो । लिनप्याओ माओ क्रान्तिका एक साधक पनि थिए । उनका सकारात्मक पक्षहरु पनि चिनियाँ इतिहाँसमा व्यापक छ । हुन त मान्छेका सकारात्मक र नकारात्मक दुवै पाटो इतिहाँसले चर्चा गर्दछ । यद्यपि, जव व्यक्तिको सकारात्मक पाटो गौण राखी नकारात्मक पाटोलाई हावी बनाउने कोशिश हुन्छ, अनि यस्ता कथाहरु वक्तव्यवाजीका क्रममा स्वभाविक रुपमा आउँछन् । नेता आलोचना र प्रशंशा दुवैका साधक हुन् । तर, प्रशंशाभन्दा बढि आलोचना हुने काम उसको व्यवाहारले देखाइरहेको हुन्छ । एमाओवादी छाडेपछि बाबुरामको प्रशंशा कम र आलोचना ज्यादा भयो । माओ र लिनप्याओको कथा प्रचण्ड र बाबुरामहरु नै जानुन् । माओवादको घोडा दौडाएर मुलुकमा रगतको मुल्य निर्धारण गर्नेहरु जुन ‘वादी’ भएपनि त्यसले आम नागरिकलाई फरक पर्नेवाला छैन । समाज रुपान्तरण भनेको चेतनास्तरको विकास नै हुन्छ । कुनै वादले पनि नेपालको एउटा ‘वादी’, कमलरी र बोक्सीजस्ता रुढीवादी सोचलाई परिवर्तन गरी निमिट्यान्न नपारेका कारण यो वा त्यो राजनीतिक वाकपटुताको कुनै अर्थ हुनेछैन ।
समाजको यो चित्र एकातिर भएपनि संगठनको एउटा चरित्रचाही बेजोड विश्लेषणयोग्य छ । मुलुकमा राजनीतिक अतिचेतना जुन हिसावले द्वन्द्वपछि मौलायो, सामाजिक चेतना पलाउन सकेन । अहिले जलिरहेको मधेसमा राजनीतिक चेतना अधिक भयो तर जब राष्ट्रपति विद्या भण्डारी जनकपुरमा पुगेर पुजा गरिन् र उनी त्यहाँ गएकै कारण विधवा पसेको भनेर मन्दिर सफा गर्ने नौटंकी देखाइयो त्यो सामाजिक चेतनाशुन्य समाजको उदाहरण थियो । जसको छानविनका लागि सरकारले समिति नै गठन गरी परिचालन गर्नुपरेको थियो । त्यस्तै– अभियानका रुपमा अघि बढेको कथित नयाँ शक्ति राजनीतिक चेतनाको अतिवादी बाटो हुनेछ या सामाजिक चेतना र विकासका मनन योग्य शक्ति ? या एउटा वैचारिक लिलिपुटहरुको भेला गरी सत्ता र झुन्ड चलाउने रणनीतिक अभ्यास ? यसको उत्तर आउन अनिवार्य छ ।
जुनसुकै संगठनको होस् । सत्ता सर्वथा प्यारो हुन्छ, सवैलाई प्यारो लाग्छ । हर घरमा दोस्रो भएर बस्नेहरुलाई पहिलो बन्ने रहर जाग्दछ । सत्ता लोभीपापी समाजको दृष्टि भ्रम पार्ने शक्ति केन्द्र हो । सत्तालाई परिवर्तनका लागि आरोहण गरिएको दायित्वहरुको थुप्रो भन्दा पनि प्रयोगको आधार मान्ने मानसिकताले नै समाज विकासको बाटोतिर लम्किन नसकेको हो । चाहे माओको सत्ता होस्, चाहे राजा पृथ्वीनारायण शाहको सत्ता होस्, उनीहरुका सहयोगीका रुपमा रहेका सेकेन्डम्यानहरु जहिले अगाडी आउने बाहनामा अल्झिरहे । इतिहाँसका पानाहरुलाई केलाउने हो भने नेपाली सत्तामा यस्ता कथा धेरै छन् । चाहे राजा सुरेन्द्रको कथा पढौं, चाहे राणा जंगबहादुरको कथालाई अध्ययन गरौं । सत्ताका दोस्राहरु पहिलो हुने रन्कोमा जहिलेपनि जालसाजी गरिरहन्छन् । प्रचण्डको सत्तामा पनि बाबुरामले यसै गरिरहेको तथ्य सवैले देखेकै हो । एमाओवादीभित्र बारम्बार शक्तिका लागि नै लडिरहेका बाबुरामले कार्यकर्ताको बहुमत नपाउँदा पहिलो हुन सकेनन् । उनलाई पहिलो बनाउनका लागि पनि प्रचण्डले त्यति महत्व दिएनन् । फस्र्टम्यान बन्ने ध्याउन्नमा बाबुराम अन्ततः नयाँ शक्तिका नाममा अघि आएका छन् । उनीसँग विकासवादी सोच भन्दा पनि शक्तिकेन्द्रमा बस्ने रहरमात्रै रहेको पुष्टि भइसकेको छ । नयाँ शक्तिका नाममा बाबुराम जुन बाटो हिँडिरहेका छन्, त्यहाँ विचारको स्थिरता र दुरदर्शिता संकेत देखिँदैन । एउटा क्रान्तिकारी विचारलाई बोकेर लामो द्वन्द्वको नेतृत्व गरी मुलुक परिवर्तनमा युवा मस्तिष्क खर्च गरेका बाबुरामले अव आफ्नो प्रौढ जीवनमा नयाँ विचारको प्रतिपादन गर्लान् भन्ने विश्वास विरलै गरेको राम्रो । हरेक विचार भएका मान्छेहरुको महाभेला गरेर उनले एउटा समान र साझा दिर्घकालिन मुद्दालाई स्थापित गर्न सक्ने सम्भावना छैन ।
परिवर्तनको संकेतहरु राजनीतिक जीवनका पूर्वाद्धहरुले नै प्रष्ट पारिसकेका हुन्छन् । एउटा उमेरले छेडेको क्रान्तिको भविष्य समृद्ध समाजको परिकल्पना हुन्छ । तर, जब समृद्ध समाज बनाउने बेला र समय आउँछ अनि एउटा बाटो छाडेर अर्को बाटोको मियो बन्ने आह्वान गर्ने व्यक्तिहरुसँग आशा गर्नु बेकार हुनेछ । जीवनमा जानेको बाटो छाडेर नजानेको डमरु बजाउने काममा मान्छेहरुलाई अलमलमा पार्नु उचित हुँदैन । त्यो निष्कर्शहिन यात्रामात्र हुनेछ । समाज रुपान्तरणको सामान्य दायित्व बोध हुने थियो भने बाबुरामले आफु मुलुकको कार्यकारी प्रमुख भएको बेला उचित काम गर्थे होला । तर, उनले त्यसो गर्न नसकेका कारणले अहिले नयाँ शक्तिको हल्ला फिँजाएर केही फिल्मकर्मी, अवसरहिन नागरिक समाज र आफैंले सेनाका लागि अयोग्य ठहर गरेका पूर्वलडाकुलाई सहभागी गराउनु एउटा अवसरवादी चरित्रको विम्ब नै हो । त्यसकारण यहि विम्बले उनको व्यवाहारको प्रतिविम्ब उनको अभियान सुरु हुनु अघि नै झल्काउनेछ । विचार जतिसुकै नयाँ भएपनि व्यवाहारिक रुपमा रगताम्य अनुहारले उभ्याएको नयाँ शक्तिको लक्ष्य के हो ? शक्ति भनेको केहो ? नयाँको व्याख्या कसरी हुन्छ ? कसैले बनाउन लागेको नयाँ शक्तिको विरोध होइन यो, आफ्नो संलग्नताको वैचारिक छिटा पनि नपरोस् भन्ने प्रष्टोक्ति हो । विश्लेषणचाहीँ यो हो की बाबुराम मिडियातन्त्रको आत्मरतीमा रमाउने विद्वान हुन् । उनलाई हल्ला मनपर्छ । उनलाई आलोचना नै भइरहेपनि मिडियामा आउने मिडियाफोविया भएको छ, सायद । बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए,  अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् । उनको यो आत्मरतीको अभियान साँच्चैको हो भने जटिल समयमा मुलुकको हितकर काममा लगाउन् । न ट्वीट, न फेसबुकको हल्ला, काम गरेर देखाउन सकुन् भन्ने कामना गरौं । अन्यथा, अहिले प्रायोजित नागरिक समाज, एजेन्सीमा धाउने सुकिला अनुहारहरु, राजनीतिका नाममा समाजमा विखण्डनको विउ रोप्ने केही व्यक्तिहरुलाई साथमा राखेर नयाँ शक्तिको विजारोपण गर्ने अभियानको औचित्यता पुष्टि हुन सक्तैन । उनको अभियानमा अदालतले भ्रष्टाचारी ठहर गरेका व्यक्तिहरु, इतिहाँसमा जनमारा अभियोग लागेका व्यक्तिहरु पनि छन् । यो अभियानले उनीहरुलाई समाजप्रति उत्तरदायी बन्ने अवसर दिनेछ या बाबुरामलाई टिप्पणीहरुको कलंकमाथि उभ्याउने छ, त्यो समयले देखाउँदै जानेछ ।

Wednesday, September 9, 2015

गजेन्द्रनारायणको सपना कता हरायो ?


विनोद ढकाल 
तराई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर । 

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना  यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् । 

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको  त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा  राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको  समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन । 

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ  त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए  यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन्  र  उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ । 

(५ वर्ष अघि राजधानी दैनिकमा मैले लेखेको यो लेखलाई अहिले जलिरहेको मधेसलाई डेडिकेट गरेर सेयर गर्न चाहेको हुँ । जहाँ राजेन्द्र महतोहरुको गर्जन सुन्दा गजेन्द्रनारायणहरुको आवाजलाई सम्झिरहेको छु । )

Tuesday, September 8, 2015

फ्रस्टेशन, पागलहरुको काम !

विनोद ढकाल 
९० को दशकको सुरुआती समयका अमेरिकी लेखक, टेलिभिजन प्रस्तोता रोड सर्लिङले भनेका थिए– प्रत्येक लेखक एउटा निराश अभिनेता हो जसले आफ्ना लेखाइमा परोक्ष सीपलाई लुकाएको हुन्छ । निराश अर्थात् चलनचल्ती र बोलीचालीको भाषामा ‘फ्रस्टेशन’ ।
मान्छे किन फ्रस्टेशनमा पर्छ ? आखिर के हो फ्रस्टेशन ? सर्लिङकै शव्दमा व्याख्या गर्ने हो भने त निराश बन्नु पागलहरुको काम हो । जस्तै, अमूर्त, लेख्नु । कहिलेकाँही मेरो लेखाईका अमूर्तपनलाई विश्लेषण गर्दा म पनि त्यहि पागलहरुको कोटीमा त पर्दिन ? त्यसैले मैले धेरै संवाद गर्ने एकजना मेरो मित्रले प्राय सोध्छिन्– (आर यु म्याड ?) के तिमी पागल भयौ ? मेरो सहज उत्तर हुन्छ– हो, म पागल हो, मेरो लेखाइमा । अरु के–के कुरामा छु, मलाई थाहा छैन । सम्भवत अमूर्त लेखाइका सुक्ष्म अर्थहरु हुन्छन् जसका बहुअर्थ लाग्न सक्छन् । त्यसकारण मसँग संवाद गर्नेहरुले साधारणतया यस्तै प्रश्नहरु गर्छन्, यस्तै उत्तरहरु भेट्छन् । तर, यो फ्रस्टेशनको शाव्दिक अर्थ होइन सांकेतिक भनाई मात्र थियो । 
मानवीय सोच र संवेदना, खासगरी सिधै मन दुख्ने कुनै काम भयो भने मान्छे फ्रस्टेशनमा पुग्छ । आशा गरेका कतिपय कामहरु पुरा हुँदैनन्, अपेक्षा गरेका कतिपय समयहरु मिल्दैनन् र मानिस आशा गर्न छाड्छ । लेखिका जेके रोलिङले त्यसैले भनेकी छिन्– कल्पनाका डरहरुकै कारण म निराश हुने गर्छु । तर, त्यो स्वस्थ्य धारणा होइन । फ्रस्टेशनमा पर्ने अनेक कारणहरु हुन सक्छन् । धेरै मानिस परिरहेको हुन्छ । यसले सोचको तहलाई यति पीडामय पनि बनाइदिन्छ की मान्छे साँच्चैको एकाग्र बन्न पनि पुग्छ । कुनै विषयभित्र मात्र हराउँछ, डुव्छ त्यसबाट निस्कनका लागि उसलाई कठिन हुन्छ । आशाबीच ऊ निराशाभित्र दबिइरहेको हुन्छ । यसका अनेक जटिल उदाहरणहरु पनि छन् तर सानो मेरो मित्रको कथालाई राख्नु उचित ठान्छु । 
आधा रातमा फोन गरी आँसुका फोहरा छुटाउने एकजना मेरो मित्रको स्वाभिमान खोसिएछ । उसको स्वाभिमान थियो– कर्ममा सँधै अव्वल हुने र अभिमानमा बाँच्ने । उसँग कर्म गर्नसक्ने क्षमता त थियो नै, त्यसमा कसरी अब्बल हुने भन्ने अर्को पक्ष पनि बलियो थियो । तर, नेपाली समाजमा कर्म गर्नेहरुको पतनको बाटो विभिन्न जाल झेलले तय गर्छ । त्यहि जालझेलको सिकार भएको मित्रले आँसु खसाउँदै भन्यो– म जीवनमा ओरालो लागेको मान्छे भएँ । यतिवेला मैले जे गरिरहेको छु, सवै गलत भइरहेका छन् । सायद मेरो प्रस्तुतीहरु पनि गलत नै छन् र कोही पनि मसँग खुसी छैन । 
मेरो उसलाई सुझाव छ– आत्मबल बलियो बनाऊ मित्र, दुनियाँ तिम्रो पछि फेरि दौडने छ । बलियो आत्मबलले कर्म पनि असल हुन्छ, कर्म सफल भएपछि हर कुरा राम्रो देखिन्छन् । अहिले तिमी चर्किएको ऐना भएका छौ, मान्छे हेर्न डराउँछन् यसलाई जोड्ने प्रयत्न गर । तर, उसको त्यो निराशासहितको भयको अन्त्य गराउनका लागि मैले अनेक सहानुभूतिका शव्दहरु दिइरहेको थिएँ । 
मनोवैज्ञानिकहरु भन्छन्– इच्छाएको कुरालाई प्राप्त गर्न नसक्दा दिमागमा हुने डर र आवेग फ्रस्टेशन हो । पीडा अभिव्यक्त गर्ने भय, समस्या देखाउन नसक्ने पीडाले मान्छेलाई फ्रस्टेशन गराउँछ । हजार समस्याहरुको चाङमाथि उभिएर फिस्स छाडेको हाँसोमा पनि फ्रस्टेशन झल्किन्छ । संवेदनाको घडीमा रिस, आवेगको दोहोरो भिडन्तलाई छातीमा राखेर हिँड्दा तनाव हुन्छ । त्यसलाई बन्द गर्नका लागि केही उत्पादक काम गर्नुपर्छ जसले आनन्द महसुस गराउँछ । भुलिदेउ सारा पीडा र खुसीमा रम्ने कोशिश गर । 
मान्छे दुई प्रकारले कमजोर हुँदै जान्छ अर्थात् फ्रस्टेशनमा पुग्छ । एउटा आत्मविश्वासको कमी र अर्को आत्मविश्वास गिराउने बाहिरी खेलका कारण । चुनौतिहरुसँग सामना गर्न सकिन्न कि भन्ने त्रास, इच्छाहरु पुरा हुन सक्तैनन् की भन्ने डर अनि सामाजिक परिवेशमा घुलमिल हुन नसकिएला कि भन्ने अर्को डरले पनि कमजोर बन्दै जान्छ, आत्मविश्वास  । तर यति हुँदाहुँदै पनि फ्रस्टेशनमा भएका मानिसहरु कसरी चिन्न सकिन्छ र ? भनिन्छ– हाँसो र आँसु दुवै फ्रस्टेशनका संकेतहरु हुन्छन् । तिनीहरु थकानका कारणहरु हुन्छन् । मान्छेहरु ठान्छन् आँसु जहिले पनि कमजोरीको संकेत हो । तर, होइन तिनीहरु तनावले उत्पन्न गरेका कारणहरु हुन् । तनावले कहिलेकाहीँ मानिसका सोचहरुको गहिराईलाई आफ्नो अन्त्यको परिणामसँग पनि जोड्छ । त्यसकारण विश्वभर आत्महत्याहरु बढेका हुन् । खासगरी, भावनात्मक ठेस लागेपछि मानिस फ्रस्टेशनमा पुग्छ र उसले निकासका लागि कठोर निर्णयसम्म पनि गर्दो रहेछ । फ्रस्टेशनले आत्महत्या मात्र होइन, अपराधको बाटो पनि समात्न सक्ने रहेछ । आवेगको परिणामका कारणहरु विभिन्न हत्याका समाचारहरुले पनि पुष्टि गरेका छन् । जस्तो प्रेमिका हत्याका कारणहरु खुलेका थिए । विदेशबाट आएको प्रेमीले प्रेमिकाको हत्या किन ग¥यो ? श्रीमान्ले श्रीमतिको हत्या किन ग¥यो ? यातनाहरु किन भए ? किन भइरहेका छन् ? पतीपत्नी र परिवारसहितसम्मका आत्महत्या किन भइरहेका छन् ? यी सवै फ्रस्टेशनका परिणतिहरु हुन् ।
निराशबाट आशावादी हुनका लागि अवसरको खाँचो चाहिन्छ । कुनै पनि भावलाई कर्ममा परिणत गर्ने अवसर पाएन भने मान्छे फ्रस्टेशनमा पुग्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा ठूलो युवा जमातको दिमागमा अहिले के चलिरहेको होला ? उनीहरु कति फ्रस्टेशनमा परेका होलान् ? अन्दाज गरौं त ? त्यसैले त्यसबाट मुक्ति पाउनका लागि शान्तिको खोजी गरौं । कोही अशान्तिमा भए कृपया यो पागलहरुको काम बन्द गरौं, जसले आफैंलाई कमजोर बनाउँछ । 

Sunday, September 6, 2015

चाँदीको सीमाभित्रबाट

विनोद ढकाल 
तेस्रो दशकको यात्रामा प्रवेश गर्दैगर्दा आउने पुस्ताहरुको तेजश्वी यात्रालाई नजरअन्दाज गर्न नसकिने रहेछ । यो युवा पुस्ताको गतिशिलताले विश्व अहिले तिव्र छ । भित्र र बाहिर त्यसको प्रभावले नेपाली युवाहरु पनि सक्रिय र निस्क्रिय दुवै प्रकारका उदाहरणको टेकोमा उभिएका छन् । राजनीतिक सामाजिक इतिहाँस युवाको पाखुरीले कोरिएको तथ्य हामीसँगै छ । तर, हाम्रो वर्तमान देखिएको छैन । जनआन्दोलन, जनयुद्ध जे सुकै भनौं यी सवैको सफलताको श्रेय युवा शक्तिको हातमा जान्छ । 

फर्केर हेर्दा तत्कालिन युवाहरुको त्याग तपस्या र विद्रोहलाई सम्मान गर्नुपर्छ । नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । 

राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 

मुलुक र सङ्घ सङ्गठन पिच्छेका युवा उमेर फरक फरक छन् । बेलायतमा १६–१८, अमेरिकामा १२–१८, उत्तर इटली÷दक्षिण इटाली १४–३२÷१४–२९, अफ्रिकी चार्टर १५–३५, फिलिपिन्स १५–३०, कमनवेल्थ १५–२९, केन्या १५–३५, तान्जानिया १५–३५, नाइजेरिया १२–३०, दक्षिण अफ्रिका १४–३५, जिम्बाबे १६–३५, मलेसिया १६–४०, सिङ्गापुर १५–२९, इन्डोनेसिया १६–३५, म्यान्मार १६–१८, भियतनाम १५–३०, हङकङ ६–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाका परिभाषाभित्र पारिएका छन् । नेपालमा क्रियाशील मुख्य राजनीतिक दलसम्बद्ध युवा भातृ सङ्गठनका युवासम्बन्धी उमेर समूह पनि फरक–फरक छन् । युवासङ्घ, नेपालको १६–४० वर्ष, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (एनेकपा माओवादी) सम्बद्ध योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेस (नेका) सम्बद्ध नेपाल तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । त्यसैगरी २०६६÷१०÷१४ मा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा नीति, २०६३ अनुसार ‘युवा’ भन्नाले १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउन उल्लेख गरिएको थियो । 

युवालाई उनीहरुको उमेरका आधारमा विभाजित गरिएपनि प्रविधिले परिवर्तन गरिरहेको अहिलेको समाजमा नेपाली युवाको अवस्था बलियो छैन । तर, जे जति जसरी जहाँ भइरहेको छ त्यो पनि राम्रो ठान्नुपर्छ, उपयुक्त भन्न मिल्दैन । यद्यपि राजनीतिक संक्रमणले विकासको बाटो नलिएको र मुलुक कमजोर भएका कारणले अहिले युवा शक्ति अहिले खाली आन्दोलन र तोडफोडको साधनभन्दा केही भएका छैनन् । विश्वजारमा विश्व अर्थतन्त्रमा युवालाई सुनको संज्ञा दिइन्छ । किनभने यहि उमेरले मात्र मुलुक बनाउन सक्षमता देखाउँछ । तर, नेपालमा अहिले त्यसो हुन सकीरहेको छैन । 

युवा सुन हुन् । युवा नम्बरी सुन हुन् । जुन मुलुकका युवा आफ्नो कर्म र श्रमलाई मुल्यका आधारमा मुलुकमा खर्च गर्न बाध्यकारी हुन सकेका छैनन् । तमाम ५० लाख युवा जो सीप जाँगर र आफ्नो क्षमतालाई विश्वका फरक मुलुक बनाउन लागिरहेका छन् त्यसलाई हेर्दा मुटु पोल्छ । ३० लाख युवा अहिले पानी नपाउने खाडीलाई विश्वका अग्ला उचाइमा पु¥याउन श्रम गरिरहेका छन् । १० लाख भन्दा बढि युरोप, अमेरिकामा विवेकसहितको श्रम गरिरहेका छन् । अनि, १० लाख युवा छिमेकी मुलुक भारत र चीन बनाउनका लागि दौडिरहेका छन् । यी सिक्काहरु चाँदी सावित भएका छन् । टल्किएका छन् तर त्यसको मुल्य सानो भइरहेको छ ।


Monday, July 6, 2015

ह्याङगोभर पछि...

मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन

विनोद ढकाल 

 सुनसान र शान्त अनि एकाग्र भएर त्यतिबेला मात्रै बस्न मन लाग्छ, जतिबेला मदिराको नशाले ह्याङगोभर गराउँछ । शुक्रबारको रात पिएर शनिबारको दिनलाई झेल्ने बहुसंख्यकहरुसँग ह्याङगोभरको अनुभव हुनसक्छ । त्यतिबेला कयन भ्रमहरु आँखा अगाडी पर्छन् । सत्य जस्तो लाग्ने तर भ्रम हुन्छ । केही उडेजस्तो लाग्ने तर केही हुँदैन । बोल्न मन लाग्दैन, खान मन लाग्दैन । कतिबेला छ्याङग हुन्छ र पुरानो अवस्थामा फर्कौं जस्तो लाग्छ ।
जीन्दगी एउटा ह्याङगोभर हो । मान्छे र मनस्थितीसँगै जे हामी बाँचीरहेका छौं, सवै भ्रम हो । भ्रमभित्रका अनेक उतारचढावलाई जीवनको गाथा बनाउनु वाइयात काम हो । जब जीवन नै भ्रम हो भने किन जीन्दगीको उतारचढावको गीत गाउन जरुरी छ र ? मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन । उसले आफ्ना विचार र विवेचनालाई सही ढंगले राख्न पाएन । र वित्यो । उसका परिवारप्रति समवेदना छ । प्रहरीले नै भनेको छ, उसकी प्रेमिकाले अलग बाटोको प्रस्ताव गरेपछि तनावमा भएको उसले पिएको थियो । नशामा थियो । नशामै वित्यो । यो विषय नै यस्तो हो की कोही मरेर जान्छन्, कोही बाँचेरै पनि मरिरहेका हुन्छन् । फरक यत्ति हो, मरेर जानेहरु खरानी हुन्छन्, बाँचेर मर्नेहरुसँग आशाको दियो निभेको हुँदैन । उसका पराक्रमहरु बढिरहेका हुन्छन्, औसतभन्दा माथि उठ्ने प्रयत्नमा हुन्छ । यद्यपि, जीन्दगी त फेरि पनि भ्रम त हो, अनि किन रुने ? बस यो ह्याङगोभरमा बसरी चल्ने भन्ने चाहीँ आजको पुस्ताले जान्नुपर्नेछ ।

भावनात्मक सम्बन्धको पुञ्ज कहिले पनि ढल्दैन, जहिले पनि बाँचीरहन्छ । जीवनको कालखण्डका हरेक पानाहरुमा रहीरहन्छ । जीन्दगी रहुन्जेल रहन्छ । भ्रमको चक्रव्युहभित्रका अनेक घटनाहरु धेरै घोचक हुन्छ । सहरमा दौडेका लाखौं मानिसहरुको मनभित्र के चल्दैछ अनुमान गरिँदैन । तर, आफ्नो मन किन भारी भएको छ ? यसैको उतारचढावमा मान्छे अभ्यस्त भइरहेको हुन्छ, त्यहि भ्रममा ऊ अरुभन्दा पक्षपाती हुन्छ । यता जलीरहेको मनभित्रको भँडासको अर्थ के हो ? उता, तड्पीरहेको मनको व्यथासँग सामिप्य हुँदैन । त्यहि प्रतिभ्रमले मान्छेलाई कमजोर बनाउँदै लैजान्छ । संवेदनाहरुमा आगो लाग्यो भन्दैमा त्यो कागजजस्तो खरानी हुँदैन । संवेदनाहरु बलिरहन्छन्, मृत्युपर्यन्त पनि । मान्छेले व्यवाहारमा सहजता अपनाउन सक्यो भनेमात्र उसले एकथान जीन्दगीलाई भ्रममा पनि सुखी बनाउन सक्छ । आफुलाई लागेको महत्वकांक्षाले मात्र जीवन चल्ने भए यो संसारमा पिसाचहरुको सत्ता हुने थियो । तर, संसार सन्तुलित भावनाले चलेको छ र, कायम छ । त्यसैले ह्यांगोभर जीन्दगीलाई सुखी र खुसी बनाउने तरिका भनेकै मुस्कान हो, मुस्कान छरेर भ्रममा नै बाँच्नुहोस् ।


Tuesday, June 30, 2015

वेनाम मुहार, नगन्य माया

उनको त्यो भावले मलाई मिठो घाउ दियो । म त्यो दृश्यमा उनको सुन्दरतामाथि घाइते भइसकेको थिएँ । सुन्दरता आँखाले निलेर मनले स्वाद लिने अचुक आनन्द हो । म त्यहि आनन्दको रत्नमा कतै हराइरहेको थिएँ । घरि घरि लाग्थ्यो उनको सुन्दरतालाई त्यहिँ छेऊमै गएर स्पर्श गरौं । तर, अपरिचित सुन्दरतासँग मनको एकतर्फी स्पर्श सम्भव छ, शरिरको छैन भन्ने पनि मलाई ज्ञान थियो ।



विनोद ढकाल 
काठमाडौंका सडकमा लाखौं अनुहारहरुको हतास यात्रा हुन्छ । लाखौं मानिसहरुको व्यस्तता पनि त्यस्तै । आफ्नो अनिवार्य बाटोको गतिमा दौडिरहेको भिँडमा बेनाम अनुहार अनेक भेटिन्छन् । तर,
एउटा मुहार जो अपरिचित छ, उसको बारेमा कल्पित हुने अनुहारहरु कति छन्, थाहा छैन । तर, यो भिँडमा बेनाम मुहारमा क्षणभरको नगन्य माया पलाएर आउनसक्छ । विश्वास गर्नुको विकल्प नै नहुने रहेछ, जब आफूले भोगिन्छ । र त भनिन्छ, परेर जानिन्छ । परेको चिज, जति तितो हुन्छ, मिठो पनि हुने रहेछ । एउटा तन्नेरी आँखा तरुनीको अनुहारमा टोलाइरहनु आखिर सामान्य विषय पनि त हो । यस्तै एउटा नगन्य माया पलायो, एउटा छोटो र मिठो यात्रामा । यो यात्रा यति मिठो लाग्यो कि, स्वादको कसरी वर्णन गर्ने ? अक्षरहरुलाई कसरी खर्च गर्ने भन्ने कुनै बाटो पाइरहेको छैन । यद्यपि, खिटिरपिटर उतार्ने कोशिश गरिरहेको छु ।

Friday, April 24, 2015

शक्तिशाली आन्तर्य हो, प्रेम

विनोद ढकाल 
प्रेममा वियोग व्यहोरेकाहरुलाई फेरि प्रेममा पर भन्नुजस्तो कठिन काम केही पनि होइन । उसको अनुभुतिको बयानबाजीलाई चिरेर फेरि प्रेम गर भन्न सकिँदैन । तर, प्रेमविना बस्न पनि त सकिँदैन नि । त्यसकारण मुटु मिचेरै भएपनि उनीहरुलाई भन्नुपर्छ– प्रेम मिष्ठान्न अनुभुति हो, प्रेममा पर, प्रेममा बाँच । 
मिठो अनुभुति प्रेम हो ? अनयास हुने मनमोहक परिकल्पनाहरुको थुप्रो पनि प्रेम हो । चराहरुको चिरविरचिरविर आवाज मनपर्ने मौसममा उन्माद हुने भावनाहरु पनि प्रेम हुन् । नतमस्तक मायामा उम्लिएका बेला सुनिने हर स्वरहरु प्रेम नै होइनन् र ? अवश्यपनि प्रेम हुन् । मान्छेलाई हर कुरा मनमोहक लाग्छ, जव ऊ प्रेममा हुन्छ । सामान्यतयाः प्रेम अन्धो हुन्छ भनिन्छ । होइन, प्रेमले त सवैकुरा देखाउँछ, एउटा मार्ग सुझाउँछ, जीवनको फरक यात्राको अनुभुति गराउँछ । संवेदनाहरुको तरंगलाई बाहिर ल्याउँछ, भावनाहरुको रंगलाई इन्द्रेणीमा ढाल्छ । अनि, हिँड्न, उठ्न बस्न सिकाउँछ । यद्यपि, कतिपय समयमा भने प्रेमका अनुकुलता र प्रतिकुलताका व्याख्या पनि स्वभाविक रुपमा देखा पर्दछन् ।

Thursday, April 2, 2015

जुस पिएपछि डा. केसीलाई मेरा प्रश्नहरु

केसी सत्याग्रह जम्माजम्मी एकथरी एलिट माफियाको हार र अर्काथरीको जीतमात्रै भएको देख्छु म, केसी जम्माजम्मी एक पात्र हुन्, १२ दिनसम्म भोकै आदर्शको लडाँइ लड्ने ।  


विनोद ढकाल 
केही सीमाहरुले बाँधिनु, मान्छेको जीन्दगीको बारेमा गम्भिर हुनु र धैर्यताको ख्याल गर्नु एक पत्रकारको धर्म हो । डा. गोविन्द केसी सत्याग्रहको आन्दोलनमा बसेका बेला, उनले केही नखाएका बेला, उनको शिरर गम्भिर भएका बेला उनको आन्दोलनले देखाएका अनेक प्रकारका असरहरु र त्यसले निम्त्याएका खतराहरुको बारेमा लेख्नु उपयुक्त ठानिनँ । टिप्पणी गर्नु पनि गलत हुने थियो । तर, जसरी विहीबार उनले सरकार झुकाएर सत्तालाई कमजोेर पारेर जुत्ता सिलाउनेको हातबाट जुस पिए, अनि मनमा गोलमोटल भएर बसेका, उकुसमुकुस भएर बसेका धारणा र उनको आन्दोलनको तत्कालिन औचित्यमाथि टिप्पणी गर्नैपर्ने अनिवार्यता ठानें । हुनसक्छ, मेरो टिप्पणी एकथरी एनजिओवाला, मेकिडल तस्करहरुका लागि गलत लाग्नसक्छ अनि अर्काथरी भ्रष्टहरुका लागि खुसीको विषय हुनसक्छ । तर, म तेस्रो पक्षका रुपमा आफ्ना धारणाहरु सार्वजनिक गर्न चहान्छु । किनभने म डाक्टर पढ्नसक्ने आर्थिक हैसियतको मान्छे होइन, डाक्टर पढ्छु भन्ने सोच मनमा लिन्थें कुनैबेला, परिस्थितिले पत्रकारितामा धकेल्यो । कारण, डाक्टर हुनु सजिलो छैन, त्यसका लागि विवेक जति भएपनि विद्या जति भएपनि, क्षमता जति भएपनि अर्थ त्योभन्दा बलियो हुनुपर्छ । डाक्टर हुन नसक्नेहरु यहाँ कण्डक्टर हुनुपर्ने हविगतमा हिँडेका कयन छन्, दैवको कृपाले यति टिप्पणी उठाउने प्रयत्न गर्नसक्ने, पत्रकार भएको छु । 

मेरा तर्कहरु अघि यो एउटा अथार्थ रिपोर्टलाई प्रस्तुत गर्ने जमर्को पनि गरेको छु । 

डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा सरकारले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेपछि अब ती मेडिकल कmलेजहरुमा अरबौं लगानी गरेका बाणिज्य बैंकहरुमाथि संकट पर्ने संकेत देखिएको छ । देशका प्रमुख बाणिज्य बैंकहरुले मनमोहनसहितका शिक्षा मन्त्रालयबाट आशयपत्र लिएका मेडिकल कलेजहरुमा अरबौं रुपैयाँ ऋण लगानी गरेका तर कलेजले सम्बन्धन नपाएका कारण ती ऋणको सावाँ ब्याज चुक्ता हुन सकेको छैन । अब के यी बैंकहरुको लगानी डुब्ने नै भयो त ? 
मनमोहन मेडिकल कलेजमा मात्रै नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वटा बैंकहरुले दुई अर्ब रुपैयाँ लगानी गरेका छन् । डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा सरकारले नयाँ मेडिकल कलेजको सम्बन्धनमा कडा नीति लिएसँगै मेडिकल कलेज माथि लगानी गरेका दर्जन वढि बैंक तथा वित्तिय संस्थाहरु अप्ठ्यारोमा परेका छन् । सम्बन्धन नपाएसँगै कलेजहरुले ऋण तिर्न नसक्ने अबस्था आएकाले आगामी आर्थिक वर्षमा मेडिकल कलेजहरुमा लगानी गर्ने बैंकहरुले करोडौं रकम प्रोभिजन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
मनमोहन मेडिकल कलेजमा सात वटा बैंकको २ अर्व भन्दा वढि लगानी रहेको छ । कोटीहोम लगाएर २ अर्व उठाएको यस मेडिकल कलेजमा २४ सय शेयर सदस्य रहेका छन् । नेपाल स्वास्थ सेवा सहकारी संस्थाको नामबाट सञ्चालित यस अस्पतालमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १ अर्व ५२ करोड ५० लाख ऋण प्रदान गरिएको छ । जसमा सिभिल,एनवी,एनसिसि १० करोड लगानी रहेको छ । भने कुमारी,एस डेभलपमेन्ट,एनआइडिसिको समेत लगानी रहेको छ ।
यता, पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा नबिल बैंकको २५ करोड लगानी रहेको छ भने सनराइज बैकको १० करोड लगानी रहेको छ । त्यस्तै  विराटमेडिकल कलेजमा भएको लगानीले बैंक नै समस्यामा पर्ने भएको छ । एनआइसि बैंकको नेतृत्वमा ५० करोड सहवित्तिय कर्जा प्रवाह गरिएकोमा एनआइसिको २३ करोड,सिभिल २० करोड र सेञ्चुरी ६ करोड लगानी रहेको छ ।
झापामा रहेको विएमसिमा जनता बैंकको नेतृत्वमा ९० करोड कर्जा प्रवाह भएकोमा जनता र वंगलादेशको ४० र ४० करोड र विभोरको १० करोड कर्जा  छ । त्यस्तै एक समय माओवादीको विच्छ्यौनाको रुपमा चर्चामा रहेको जनमैत्री अस्पतालमा समेत हिमालयन बैंकको नेतृत्वमा २९ करोड रुपैया फसेको छ । 
हाल देशमा सम्बन्धन पाएका १९ वटा मेडिकल कलेज संचालनमा छन् भने शिक्षा मन्त्रालयबाट आशय पत्र पाएर पनि सम्बन्धन नपाउने १४ वटा मेडिकल कलेजमा भएको अरबांैको लगानी जोखिममा परेको छ ।
नेपालमा मेडिकल कलेज संचालन गरी डाक्टर उत्पादन गर्ने ब्यवसाय निकै आकर्षक देखिएको छ । एकजनालाई डाक्टर पढ्न अवसर दिने नाममा मेडिकल कलेजले पचास लाख भन्दा बढी रकम असुल्ने र सरकारका उच्च पदस्थ अधिकारीहरुले पनि कलेज संचालनको आशयपत्र, सम्बन्धन, कोटा थप, भर्ना लगायत शीर्षकमा राम्रै आय आर्जन गर्दै आएकाले यो क्षेत्र निकै लामो समयदेखि बिबादमा छ ।
संचालन भईरहेका मेडिकल कलेजहरुले नयाँसँग प्रतिस्पर्धा गर्नुपर्ने र हाल असुलीरहेको शुल्क असुल्न नपाउने, बिद्यार्थी संख्या कम हुने लगायतका भित्री कारणले नयाँलाई आउँन नदिन करोडौ खर्च गर्ने गरेका छन् भने कतिपय नयाँ मेडिकल कलेजहरु पर्याप्त पुर्वाधार र जनशक्ति विना नै पद, पैसा र प्रलोभनको आडमा सम्बन्ध हत्याउन खोज्ने गरेका छन् । चर्काे शुल्क तिर्नुपरेको रीसमा नयाँ मेडिकल कलेजहरु आए आफ्नो भविष्यको ब्यवसाय चौपट्ट हुने त्रासमा नयाँ मेडिकल कलेज आउँनै हुन्न भन्नेतर्फ जोड दिईरहेका छन् । 
सरकारले निश्चित मापदण्ड र कडा अनुगमनको आधारमा मेडिकल कलेज स्थापना र संचालनको काम ब्यवस्थित नगर्दा यस क्षेत्रमा लगानी गरेका बैंकहरु समस्यामा पर्ने संभावना बढेको छ । तत्काल समस्या समाधान नभएमा चालु आर्थिक बर्षको चौथो त्रैमास ऋण लगानी गर्ने बैंकहरुले भारी प्रोभिजन र खुद घाटाको नमीठो स्वाद चाख्नु पर्ने निश्चित छ । (मेरो लगानी डटकमबाट लिएको सन्दर्भ सामग्री)

यो एउटा ठूलो आर्थिक असरको उदाहरण हो । सवैभन्दा पहिले यो आर्थिक भार कसले टुंगो लगाउने ? यो ऋण कसले तिर्ने र जनताको पैसा कसरी सुरक्षित गर्ने ? यो प्रश्न सत्याग्रही र सरकारलाई फ्याँक्न चहान्छु, प्रथमतः ।  अब सामाजिक र मानवीय असरको कुराको सन्दर्भ उठाउन चहान्छु । हो, वास्तवमै डा. केसी समाजसेवी, दिनदुखी र गरिबका मसिहाका रुपमा चिनिएका डाक्टर हुन् । उनको आन्दोलन नैतिकवान छ । उनको कर्म नैतिकवान छ । तर, आधुनिक युगमा हर व्यक्ति गान्धीवादी हुँदा त्यसले कसलाई सरल र सहज हुन्छ, को अप्ठ्यारोमा पर्छ भन्ने कुराको हेक्का हुनुपर्छ । धेरै विद्वानहरुको समर्थन रहेको केसीको सत्याग्रहरुपी आन्दोलनमा समर्थन हुँदाहुँदै पनि उनको आन्दोलनको नाजायज फाइदा उठाउने तरिकासँग म सहमत छैन । उनको अनशन लम्बिएन, सरकारले लम्बिन दिएन, यो कुरामा हर्षित हुनुपर्छ । किनभने उनका वरीपरिका उनको सम्झौतामा हस्ताक्षर गर्नेहरु नै उनको अनशन लम्बाउने धेयमा उभिएका थिए । गरिबको पक्षमा सत्याग्रह आन्दोलन गरेका केसीको अनशनमा समर्थन र सरकारलाई दबाब दिने उद्देश्यका नाममा नेपाल चिकित्सक संघलाई मुलुकभरका सरकारी अस्पतालको बहिरंग सेवा बन्द गराउने अधिकार कसले दियो ? नीजि अस्पतालमा जागिर थापेर, सहरमा क्लिनिकमा गएरा गरिबका खुनपसिनाहरुले कमाएको रकम असीमित रुपमा लुट्नका लागि भएको निर्णय थियो कि थिएन ? छातिमा हात राखेर तंग्रिएका डा. गोविन्द केसीले पनि यो कुराको मनन् गर्नुपर्छ । केसीज्यु गरिबका लागि सत्याग्रह बसेको भन्ने तपाइले अब यो प्रश्न गर्ने कि नगर्ने ? गरिब जनताले पाउने सेवा नेपाल चिकित्सक संघले किन बन्द गरेको थियो ? अनि, आकस्मिक सेवा बन्द गर्ने चेतावनीसम्म आएको थियो, त्यो किन ? तपाइले तंग्रिनासाथ यो जीत ३ करोड नेपालीको भएको प्रतिक्रिया दिनुभयो । तपाईलाई के अधिकार छ, तपाईको सत्याग्रहको समयमा ३ करोड मध्येका सामान्य आय भएका कम्तिमा ५० लाखको दैनिक स्वास्थ्यमा असर गर्ने निर्णय लिन ? तपाई यो प्रश्न सार्वजनिक रुपमा अञ्जनीकुमार झाहरुलाई गर्न सक्नु हुन्छ ?

स्वभाविक रुपमा एउटा डाक्टर, एमबीबीएस पास गरेर फिल्डमा जानका लागि कम्तिमा ४० लाख खर्च हुन्छ । सरकारी भन्नुहोस् या नीजि यति रकम खर्च नगरीकन तपाई डाक्टर बन्नसक्नुहुन्न । हजार जना डा. केसीहरु अनशनमा बसेपनि पढाइको यो लगानीमा न्युनिकरण या कुनै सुविधा पाउने चान्स विल्कुल छैन । यो, डा. केसीले पनि राम्रोसँग बुझेका छन् । हाम्रो जस्तो गरिब देशमा सरकारले मेडिकल कलेज खोल्ने कुरा त परै जाओस्, उसले लगानी गर्नसक्ने वातावरण पनि हुँदैन । डा. केसीको सत्याग्रहले नेपालमा खुल्दै गरेका नीजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने काममात्र गरेको छैन, डाक्टर पढ्ने योजना बनाएका लाखौंलाई विदेश धकेल्न बाध्य बनाएको छ । किनभने यहाँ सरकारी मेडिकल कलेजमा एक सय ५० जनाको भर्ती हुँदैन, नीजिमा भर्ती बन्द हुन्छ, नयाँ खुल्न नपाएपछि विद्यार्थीले के गर्ने ? हरेक वर्ष ४० हजार विद्यार्थी एमबीबीएस पढ्नका लागि तयार हुन्छन्, अब उनीहरुको गन्तव्य कतातिर ? केसी ज्यु, नेपालीको रकम जबरजस्ती विदेशतिर धकेलिएको हो की होइन ? ४० लाख खर्च गर्नेले डाक्टर बन्नका लागि अझै रकम खर्च गर्न सक्छ, उनीहरु नेपालमा मौका नपाउँदा कहाँ जान्छन् ? भारत, युरोप अमेरिका हो की होइन ? अनि, त्यहि रकमले चल्ने नेपाली नीजि मेडिकल कलेज किन खारेज हुनुप¥यो ? विचार र सोच राम्रो भएर हुँदैन । सरकारले एउटा मेडिकल कलेज खोल्न, त्यसको भौतिक निर्माण गर्नका लागि कम्तिमा ३ बर्ष लाग्छ, त्यो तीन वर्षमा गन्तव्यहिन भएका कम्तिमा एक लाख २० हजार विद्यार्थी पढ्न कहाँ जाने ? के तपाइको अनशनस्थल त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने व्यवस्था मिल्छ ? त्यसको निराकरण खोई ? 

बुँदा लेखेर आन्दोलनमा उत्रिने निर्णय गर्नु सरल छ, आन्दोलनमा बस्न सकस होला तर त्यसले निम्त्याएको परिणाम, निम्त्याउने तत्कालिक र व्यवाहारिक असरका बारेमा सुझबुझ प्रकट नगर्दा हुने हानी ठूलो छ । हो, भ्रष्टहरुलाई कारवाही हुनुपर्छ, जथाभावी सम्बन्धन दिनेलाई पनि कारवाही हुनुपर्छ । तर, कारवाहीको विकल्पमा नयाँ संस्था खडा भएनन् भने, हुन समय लाग्यो भने तत्कालिक भविष्य के हुन्छ ? 

धेरैलाई लाग्नसक्छ, यो निष्ठाको सत्याग्रहको विपक्षमा लेखक किन उभियो ? या यसले गोविन्द केसीको विरोधमा किन लेख्यो ? यसलाई विरोधीहरुले प्रयोग गरे । तर, यो नाजायज र भ्रम हुनेछ । गोविन्द केसीका अगाडी सरकार झुकेपनि, उनको मागको अगाडी सरकार गिडगिडाएपनि यो पंक्तिकार गिडगिडाउनुपर्ने कुनै अनिवार्यता छैन । किनभने केसी आधुनिक युगका एकलव्य पटक्कै बन्न सक्तैनन् । उनको आन्दोलन मेडिकल कलेजका माफियाकाविरुद्ध रुपमा देखिएपनि सारमा मेडिकल गिरोहका अन्तर्राष्ट्रिय माफियाको पक्षमा देखिएको छ । उनको सत्याग्रह प्रयोग गरिएको छ । उनको निष्ठालाई विदेशी दलालहरुले प्रयोग गरे । खासगरी भन्नैपर्दा उनको निष्ठाको सत्याग्रहको उपयोग अरबौंमा भएको छ । नेपालमा भ्रष्टाचार भएका रकमहरुको वैधानिक उपयोग केसीको सत्याग्रहको दुरगामी असरका रुपमा विदेशका मेडिकल कलेजमा एलिटहरुको डक्टर बन्ने सपनासँगै वगेको छ, जुन फर्किएर आउने कुनै चान्स छैन ।

केसी ज्यु, डाक्टर बन्न सजिलो छैन । एउटा किसानको छोरो, खाडीमा मजदुरी गरेर गर्जो टार्नेको सन्तानले डाक्टर बन्ने सपना कहिले पनि देख्न सक्तैन, यदि देखि हाल्यो भने पनि त्यो सपना एउटा नमिठो निद्रामा देखेकोजस्तो हुन्छ, यथार्थ त्यो धरातलमा छ । जसले देख्छ, जो  डाक्टर बन्ने परिकल्पना र आर्थिक साहस राख्छ, उसैले मेडिकल कलेजमा भर्ना हुने हो । अहिले पढिरहेकाहरु पनि कोही भन्दा कोही आर्थिक हैसियतमा कमजोर छैनन्, एकाध छात्रवृत्ति पाएका बाहेक । अनि, यो लडाँइमा कसले जित्यो कसले हा¥यो ? जुम्ला, हुम्ला र कालिकोटमा सरकारले मेडिकल कलेज खोलेपनि त्यहाँ पढ्न जाने को ? त्यहाँका सर्वसाधारणले त्यो पढाइएको आर्थिक व्यव भर्नसक्ने मुलुकको आर्थिक हैसियत छ ? हो, छैन त्यसकारण जुम्ला जानुको साटो डाक्टर पढ्नेहरु विदेशतिर नै लम्किन्छन् । त्यसैले विदेशीन नदिनका लागि सरकारले खोल्नुप¥यो कहाँ ? सहरमा । सहरमा सरकारी कोटालेमात्र पुग्छ ? के सरकार त्यसमा लगानी गर्नका लागि सक्षम छ ? यी प्रश्नहरु छाडेको छु । 

अन्त्यमा, जायज मागका सन्दर्भमा केसीले गरेको सत्याग्रह आन्दोलनमा मेरो पूर्ण समर्थन थियो । यति हुँदाहुँदै पनि अनेक यथार्थले घेरेका प्रश्नहरु नराखी बस्नसक्ने स्थिति हुँदैन । त्यसकारण जो यथार्थ छ त्यसलाई राख्न पाउनु र त्यसको उत्तर खोज्नु एउटा नागरिकको अधिकार हुन्छ, लोकतन्त्रमा । सम्भवतः जुस पिएपछिको अवस्थामा डा. केसीले उत्तर दिनुहुनेछ..उनका पछाडीका सहयोगीहरुले पनि उत्तर दिनेछन् भन्ने अभिप्राय र आशा राखेको छु । स्वास्थ्य व्यापार होइन, सेवा बनाउने भन्ने कुरा शव्दमा निर्धारण नहोस्, व्यवाहारमा लागु होस् । तर, यहाँ हर संवेदना र भावनात्मक आन्दोलनहरु एक स्वार्थको विरुद्धमा अर्का स्वार्थहरुले भरिएकै छन्, केसीहरुका सत्याग्रहले जीवन पाउनका लागि हर आवरणमा लुकेका मेडिकल माफियाको अन्त्य नभएसम्म कसैको जीत र कसैको हार हुँदैन । केसी सत्याग्रह जम्माजम्मी एकथरी एलिट र माफियाको हार र अर्काथरीको जीतमात्रै भएको देख्छु म, केसी जम्माजम्मी एक पात्र हुन्, १२ दिनसम्म भोकै आदर्शको लडाँइ लड्ने ।  

Monday, March 30, 2015

पूर्वाञ्चल विश्वविद्यालयमा दुई उपकुलपति !

  • प्रधानमन्त्रीले थमौति गरेकाले हाजिर गरे, पुराना सर्वोच्च अदालत पुगे 
  • विद्यार्थी संगठनहरुद्वारा तालाबन्दि गर्ने निष्कर्ष, न्यायपालिकाको निर्णय स्वीकार्न प्रधानमन्त्रीलाई चेतावनी  


विनोद ढकाल 
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आधिकारीकताको दाबी गर्दै दुई उपकुलपतिले आफ्नो उपस्थिति जनाएका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट सफाई पाएका उपकुलपति महेश्वरमान श्रेष्ठले हाजीरी गरेको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइरालाबाट उपकुलपतिको थमौति लिएका श्रीष रिजालले आइतबार सोही पदमा हाजिर गरेका छन् । विश्वविद्यालयमा दुई उपकुलपतिले हाजिरगरेपछि कर्मचारीहरु पनि अचम्मित भएका छन् । 
श्रेष्ठलाई अख्तियारले पक्राउ गरेपछि रिजाललाई निमित्त उपकुलपतिको जिम्मेबारी दिइएको थियो । तर, उनले उक्त पदमै आउनका लागि शक्तिकेन्द्रको प्रभाव लिएको र थमौति बोकेर विश्वविद्यालयमा हाजिरगरेका थिए । सफाई पाएको र निरन्तर पहिलेकै जिम्मेबारमा जानका लागि अदालतले निर्णय सुनाएपछि श्रेष्ठले उक्त निर्णयसहितको निवेदन कुलपतिका रुपमा रहेका प्रधानमन्त्री कोइराला र सहकुलपतिका रुपमा रहेकी शिक्षा मन्त्री चित्रलेखा यादवलाई पठाएका थिए । तर, अदालतको उक्त निर्णयको उल्लङ्घन गरी प्रधानन्त्री कोइराला र शिक्षामन्त्री यादवले श्रेष्ठको निवेदनको वेवास्ता गरी नयाँ निर्णय गरेका थिए । 
बारम्बार पदाधिकारीको विषयमा पूर्वाञ्चल विश्वविद्यालयमा विवाद हुने गरेको छ । प्रधानमन्त्री कार्यालयबाट रिजालले ल्याएको पत्र विश्वविद्यालय प्रशासनमा दर्ता छ भने श्रेष्ठले पाएको सफाईसहित निरन्तर काम गर्न पाउने पत्र पनि दर्ता छ । सरकारले जानाजानी विश्वविद्यालयमा विवाद सुरु गराएको भन्दै विद्यार्थी संगठनहरुले विरोध समेत जनाएका छन् । उनीहरुले आन्दोलनमा जानेसम्मका निष्कर्ष पनि निकालेका छन् । 
नौ विद्यार्थी संगठनको वैठकले न्यायालयको निर्णयलाई उल्टाउने अधिकार कार्यपालिकासँग नभएको ठहर गर्दै एउटा उपकुलपति मात्र मान्ने निर्णय गरेको छ । ‘विश्वविद्यालय एउटा भएपछि कुलपति एउटा हुन्छ, दुई कुलपति मान्न सकिँदैन भन्ने विद्यार्थी संगठनहरुको निर्णय भएको छ । सरकारले वेवास्ता गरे, हामी तालाबन्दि गर्छौं ।’, अनेरास्ववियुका केन्द्रिय सदस्य देवेन्द्र यादवले भने,‘विद्यार्थी संगठनको निर्णयलाई कसैले उल्टाउन सक्तैन, हामी एउटै पदमा दुई व्यक्तिको उपस्थिति स्वीकार्न सक्तैनौं ।’
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीलगायत नौ विद्यार्थी संगठनको वैठकले तालाबन्दि गर्ने चेतावनी दिएको हो । ‘सरकारलाई तत्काल विवाद सुल्झाउन भनेका छौं, न्यायालयको निर्णय उल्टाउन पाइँदैन भन्ने हाम्रो निर्णय हो’, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य मदन चुडालले भने,‘प्रधानमन्त्री ज्यु यसमा गम्भिर नभए न्यायालय र विधिको कुरा नै रनभुल्लमा हुनेछ ।’
यता, अदालतबाट सफाई पाई निरन्तर काममा जाँदा पनि असहयोग भएको र प्रधानमन्त्रीको निर्णयले अप्ठ्यारो पारेपछि श्रेष्ठलगायतको टोलीले सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी हुनेगरी रिट दिने तयारी गरेको छ । पुरानै पदमा कामलाई निरन्रता दिनको माग गर्दै उनीहरुले रिट निवेदन दर्ता गराउने तयारी गरेका हुन् । 

Saturday, March 14, 2015

झरना बज्राचार्यले विहे गरिन् (तस्बिर सहित)

मलेसीयामा बस्ने भारतीय नागरिक राहुल अग्रवालसँग बज्राचार्यको विवाह भएको उल्लेख गरिएको छ । 

पूर्व मिस नेपाल, अभिनेत्री तथा मोडल झरना बज्राचार्यले विवाह गरेको खबर बाहिर आएको छ । उनले गएको विहिबार काठमाडौंको सीतापाइलामा आफ्ना प्रेमी भारतीय मलेसियन मुलका राहुल अग्रवालसँग विवाह गरेको उल्लेख गरिएको छ ।

लेक्स लिम्बु डट कममा सार्वजनिक गरिएको खबरअनुसार उनको विवाह पारिवारिक सदस्यका सामुमात्र भएको हो । अन्य कसैलाई पनि बोलाइएको थिएन । साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालको विहे भएको थियो । अग्रवाल मलेसियाका बासिन्दा हुन् । समाचार अनुसार मलेसियाको क्वालालाम्पुरमा उनको रेष्टुरेन्ट व्यावसाय छ ।
विहे पश्चात परिवारका सदस्यहरुले सोल्टी होटलमा भेटघाट र भोज गरेको बताइन्छ । झरना जोडी हनिमुनका लागि शुक्रबार पोखरा हुँदै मुस्ताङको जोमसोम गएको पनि उल्लेख गरिएको छ । पोखराको होटल बाराहीमा उनीहरु बसेको पनि उल्लेख गरिएको छ ।

सुचना र तस्बिर स्रोत : http://lexlimbu.com/blog/2015/03/15/lexclusive-jharana-bajracharya-gets-married/


एक घन्टाका लागि पति ? सरकारकै यस्तो मति ?


सुन्दै छक्क पर्नु । एक घन्टाका लागि श्रीमतिहरुले पाउने भए पति । त्यो पनि एकल महिलाहरुका लागि सरकारी योजना ? अचम्मै पर्नु । एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि पति  उपलब्ध गराइदिने भएको छ ।

समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसमा हुन लागेको हो । रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।

घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।

सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।

हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।

तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।

रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।

Sunday, March 1, 2015

सरकार ! लोकमान महादेव होइनन्

लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ?



विनोद ढकाल  
पुराण र हिन्दु ग्रन्थहरुमा गल्ती गर्दा पनि सजाय नपाउने एकमात्र भगवान थिए । उनको चरित्र दैत्यको हो की देवताको भन्ने कुरामा कहिलेकाँही द्विविधा हुनेगरी व्याख्या गरीएको छ । महादेवको चरित्र हिंसात्मक थियो, उनी विधिको विधान विपरित पनि काम गरेका कतिपय किस्साहरुमा उल्लेख नै छन् । तर, आधुनिक विश्वमा त्यस्ता किस्साहरु पढ्दा रमाइला लाग्छन्, सुन्दा अचम्मित बनाउने लाग्छन् तर त्यसको प्रयोगचाँही क्षम्य हुँदैन । किनभने आधुनिक विश्व फरक छ । अझ हामी लोकतन्त्रको पयार्यमा हुर्किरहेका र लोकतन्त्र स्वीकार गरेका नेपालीहरुका लागि त कदापी हुँदैन ।
संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की आउनासाथ भएका भ्रष्टाचारविरुद्धका काम कारवाहीहरु देखेर कार्कीले अव केही गर्छन् भन्ने अड्कल काट्नेहरुको जमात सानो थिए । कतिपय त कर्मचारीतन्त्रको ज्ञान भएका कारणले उनले भ्रष्टाचारविरुद्धको कारवाहीलाई प्रभावकारी बनाउँछन् भन्ने पनि बताइयो । स्वभाविक रुपमा उनका अख्तियारी कर्महरु निक्कै तेज हिसावले चल्न थाले र कतिपय कर्मचारीहरु कारवाहीमा परे । लोकमानकै भाषामा भन्नुपर्दा कर्मचारीतन्त्रका साना माछाहरु उनले निक्कै फकडे । भुरा माछाहरुलाई उनले मज्जाले कारवाहीको दायरामा ल्याए । तर, ठूला माछालाई छुन पनि नसकेका लोकमानले आफ्नो अनुहारलाई पनि पछिल्लो पटक त्यही ठूला माछाहरुको विम्बहरुमा उभ्याउन भ्याए । जानेर होस् या नजानेर, या आत्मरती र घमन्डमा उन्माद भएर होस्, उनले त्यसो गरेरै छाडे जुन माफीको लायकी त हुँदै हुँदैन । 
भड्किलो विवाह नगराउन निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो पद र सुविधाको दुरूपयोग गर्दै छोरीको विवाह गरे । उनले भड्किलो विवाह मात्र गराएनन्, टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा जन्ती बोलाएका थिए । सरकारी सेवा नै अवरोध गरी कार्कीले छोरी डा. अध्याको विवाह गराएका थिए । हो, उनले विवाहलाई देखावटी रुपमा भड्कीलो बनाएनन् तर शक्तिको दम्भमा उनी यतिसम्म भड्कीएछन् की सरकारी काम कारवाही रोक्ने, सर्वसाधारणलाई रोक्ने, कर्मचारीलाई अवरोध गर्ने क्षमता उनमा पलाएछ, आफ्नै कार्यालयभित्र । 
त्यो विवाहको दिन अख्तियारमा सेवा लिन पुगेका सर्वसाधारणलाई मूलगेटबाट छिर्न दिइएन भने कर्मचारीलाई पनि अर्को गेटबाट मात्रै प्रवेश गराइएको थियो । सेवाग्राहीलाई नै प्रवेश निषेध गरेर लोकमानले छोरीको विवाहका लागि आएको पूर्वराजपरिवारसँगको व्यापारिक सम्बन्ध रहेका रोहिणी थपलियाका छोरा शुभाशीष थपलियाको जन्ती छिराएका थिए । राज्यले अख्तियार प्रमुखका लागि उपलब्ध गराएको सरकारी आवास मात्र होइन, अख्तियारकै प्रांगणसमेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएको अख्तियार कर्मचारीले दुःखेसो पोखे । अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो ।
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की 
निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारी नै आश्चर्यचकित परेका थिए । लोकमानको निजी घर पुरानो बानेश्वरमा छ । अख्तियारको टंगालस्थित भवनमा लोकमानकी छोरीको बिहे भइरहँदा भाटभटेनीतर्फ जाने सडकमा समेत सवारी आवागमन प्रभावित भएको थियो । लोकमानले नागरिकलाई दैनिक कामकारबाही नै गर्न नदिई अख्तियार प्रांगणलाई निजी कामका लागि प्रयोग गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए । राजधानीभरि रहेका पार्टी प्यालेस र मन्दिरमा विवाह नगराई लोकमानले सरकारी सुविधाको दुरुपयोग गरेका थिए । नागरिक सुरक्षा र उनको संवैधानिक पदको सुरक्षाका लागि खटाइएका प्रहरीलाई जन्ती सुरक्षाका लागि खटाइएको भन्दै लोकमानको सर्वत्र आलोचनासमेत भएको थियो ।
लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ? उनको यो हर्कतले ठूलालाई चैन र सानालाई ऐन भन्ने कुराको पुष्टि गरिसकेको छ । यो विषयमा सरकार, संसद र राजनीतिक दलहरु चुप लागेर बसेभने लोकतान्त्रिक मुल्य र मान्यताको मुलुकमा कानुनको दायराको सीमा लेखिनेछ । लोकमानहरु कारवाहीमा नपरी संवैधानिक पदमा पुग्छन्, त्यस पदको दुरुपयोगले जनतामाथि कानुनी भाटा बर्साउँछन् र आफैं कानुन मिच्छन् । जनता त्यसलाई पनि सहन बाध्य हुनुपर्छ । अनि, अरुलेचाँही किन मान्ने कानुन ?
भ्रष्टाचारविरोधी अभियान, कानुनी कारवाहीमा सक्रिय भएका लोकमानले गरेको यो भ्रष्ट व्यवाहारको उत्तर किन नमाग्ने ? मनलाग्दी मान्छेहरु पक्राउ गर्ने र मन नलागेका मान्छेहरुलाई छुट दिँदै आफ्नो चरित्रलाई उदांगो पारेका लोकमानलाई महाअभियोग किन नलगाउने ? शक्तिकेन्द्रमा हुनासाथ मनलाग्दी गर्ने अधिकार कसैलाई पनि छैन । शक्तिकेन्द्रमा पुगेको व्यक्तिले पनि आम नेपालीले भोग्ने कानुन भोग्नुपर्छ । उसले उसका व्यक्तिगत सुविधाका लागि पाएको जनताको नासोको दुरुपयोग गरी जनतालाई नै काम कारवाहीमा अप्ठ्यारो पार्ने अधिकार छैन । यस्तो काममा उसलाई माफी दिनुपर्छ, यो सामान्य घट्ना हो, यो भइरहन्छ भन्ने तर्क कसैले उठायो, टिप्पणी उठायो भने भोलीदेखि सरकारी सुविधा लिएका सवैले नियमको धज्जी उडाउनेछन् । कारवाही माथिदेखि नै सुरु हुनुपर्छ, यस्तो गलत नजिर स्थापित गर्न हुँदैन । व्यवस्थापिका संसदका समितिहरुलाई नै च्यालेन्ज गरेर, सरकारलाई समेत च्यालेन्ज गरेर, दुनियाँलाई रनभुल्लमा पारेर लोकमान जसरी अघि बढिरहेका थिए, उनले आफु पछि फर्कनुपर्ने यो काम गरेका छन् । सरकारलाई उनले नटेर्दा जनता चुप लागेर बस्न मिल्यो होला तर जनतालाई रोकेर उनले जुन हर्कत देखाए यस्तो काममा सरकार चुप लागेर बस्न मिल्दैन, मिल्नु हुँदैन । 
अहिलेको सरकार, अहिलेका सांसदहरुले यो विषयमा आफ्नो ध्यान खिच्न सकुन् । थाहा पाएर पनि थाहा नपाएजस्तो गरी लोकमानको आत्मरतीलाई बढावा दिँदै गए भोली उसका ठाउँमा आउने अर्को व्यक्तिमा पनि त्यति नै आत्मरती र शक्तिको रवाफ पलाउने छ । यसर्थ, यस्ता विषयमा गम्भिरतापूर्वक सम्बन्धित निकायले चासो देखाउँदै कारवाहीको प्रक्रिया अघि नबढाए गल्ती गर्नेहरु आफुलाई महादेव ठानिरहनेछन् ।    

Saturday, February 21, 2015

बदलापुर : नायक–खलनायक–नायक


विनोद ढकाल 
कलाकारहरु : बरुण धावन, नवाजुद्दिन सिद्दिकी, हुमा कुरेसी, विनय पाठक, यमी गौतम आदी ।
निर्देशक : श्रीराम राघवन

शुक्रबारबाट विश्वभरी रिलिज भएको बलिउड फिल्म ‘बदलापुर’ हेर्नुपर्ने महत्वपूर्ण कारण एउटै छ । यसको सारांश नायक–खलनायक–नायक नै हो । यसको अर्थ हो, फिल्म सुरु भएदेखिका खास दुई पात्रमा आउने परिवर्तन । फिल्म सुरु हुँदा रघु (वरुण धावन) नायक छन् । उनको भुमिका सकारात्मक छ । अनि, लायक (नवाजुद्दिन सिद्धिकी) खलनायक छन् । उनको भुमिका नकारात्मक छ । तर, अन्त्यमा फिल्मको क्लाइमेक्समा पात्रहरुको भुमिका युटर्न हुन्छ । ठ्याक्कै उल्टो, लायकले पश्चाताप गर्छ र उ सकारात्मक हुन्छ, रघु बदलामा उत्रिएर नकारात्मक भुमिकामा व्यापकता पाउँछ । फिल्मको एक लाइनको कथा यहि नै हो ।

बलिउडमा कलाकारलाई प्रस्तुत गर्ने निर्देशकहरुको चमात्कारिक विवेकलाई मान्नुपर्छ । सानो बजेटमा बनेको फिल्ममा पनि प्रस्तुती बलियो भयो भने फिल्म राम्रो बन्ने उदाहरण हो बदलापुर । बदलापुर नाम नै कथाका लागि काफी छ । तर, बदलापुर एउटा ठाउँको नाम हुन्छ । तर, कथा यसै ठाउँको नामबाट उठाइएको छ । निर्देशक श्रीराम राघवनले फिल्मलाई अत्यन्तै सानो कथाबाट उठाएका छन् र त्यही प्रधान मुद्दाका रुपमा स्थापित गराइएको छ । बैंक डकैतीमा लागेका दुईजना भाग्ने क्रममा एउटा गाडीमा जबरजस्ती छिर्छन् आफ्नो कव्जामा लिन्छन् । त्यसक्रममा रघुको छोराको गाडीबाट खसेर मृत्यु हुन्छ र उनकी श्रीमति (यमी गौतम)लाई गोली हानी हत्या गर्छन् । त्यसपछि लुटेको पैसासहित लायकको साथी भाग्छ र लायकलाई २० वर्षको जेल सजाय हुन्छ । हत्यारा पत्ता लगाई बदला लिनका लागि रघुले १५ वर्षसम्म संघर्ष गर्छ । 

अन्त्यमा, रघुले बदला लिने क्रममा लायकको साथीको परिवारको पनि हत्या गर्छ र जेलमै क्यान्सरपीडित भएको लायकलाई छाडदिन्छ । लायकले जीवनभरी राम्रो काम गरेको हुँदैन । उसले अन्त्यमा १५ वर्षअघि गरेको हत्या र रघुले त्यसबीचमा गरेका हत्याको जिम्मा लिएर पश्चाताप गरी पुनः जेल फर्किन्छ । र, उसले जेलजानु अघि आमालाई आफू मरेपछि छोराको एउटा राम्रो कुरा केही भन्नुछ भने त्यो पश्चाताप हो भनी सुनाउनु भन्ने सांकेतिक सन्देश छाड्छ ।

फिल्मलाई तगडा बनाउनका लागि बीचमा अन्य कलाकारहरुको प्रस्तुति बलियो छ । तर, फिल्मका खास प्रस्तुती भनेकै बरुण र नवाजुद्दिन नै हुन् । 

बलिउडमा फिल्म बनाउने शैलीको प्रभाव राम्रो छ । बदलापुर नयाँ र खास कथा होइन । यो फिल्म बुझ्नेहरुले ‘एक भिलेन’ जस्तै भन्ने टिप्पणी गर्छन् । तर, यसको निर्माण कार्य अत्यन्तै राम्रो छ । कथाहरु सस्पेन्ससहित, राम्रो लयमा उनीएको छ । बलिउडको प्रविधिसँग कलिउडको प्रविधिको तुलना गर्न मिल्दैन । प्राविधिक रुपमा बलिउड हलिउडभन्दा पनि माथि पुगिसकेको छ । त्यसकारण बदलापुरको प्राविधिक पक्षक अत्यन्तै बलियो छ । 

ले फिल्म बनाउनका लागि निक्कै मिहेनत गरेका छन् । हर सटहरुका लागि लामो समय पर्खेर मौसमको सदुपयोग गरेका छन् । राघवनको अर्को घतलाग्दो कुरा के भने लभर र कमेडी व्वाईका रुपमा स्थापित हुन लागेका वरुण धावनलाई यसमा निक्कै सेरियस र एक्सनका रुपमा स्थापित गराउन खोजेका छन् । अति, गम्भिर पात्रका रुपमा बरुण स्थापित भएका छन् । उनको काम गराई पनि अत्यन्तै उत्कृष्ट छ । यो फिल्मको सवैभन्दा उत्कृष्ट पक्ष सवै कलाकारहरुको बजेड प्रस्तुती नै हो । फिल्म ठूला स्टारहरुलेमात्र होइन, अभिनयले चलाउनसक्छ भन्ने एउटा शैलीका रुपमा स्थापित हुनेछ । 

  

Monday, February 9, 2015

दर्शक गन्न विर्सिएको सम्बोधन

विनोद ढकाल  
एउटा राम्रो निर्देशकले प्रोत्साहनसहित कलाकारलाई राम्रो अभिनयको वातावरण बनाउनुपर्छ । कलाकार कति नै तेज होस् तर उसको ओजचाँही निर्देशकभन्दा कमजोर नै हुन्छ, फिल्ममा । किनभने फिल्म भनेकै पुरै निर्देशकमात्र हो । बाँकी, उसैको कल्पनाको आधारमा हल्लिने पात्रहरुमात्र हुन् । होस्टेल र जेरी जस्ता व्यावसायीक सफल फिल्म निर्देशन गरेका निर्देशक हेमराज बीसीले पछिल्लो फिल्म सम्बोधनमा यस्तो अवसर श्रृजना गरेका छैनन । सम्बोधन भद्दा प्रस्तुतीमा गहन मुद्दा उठाएका छन् । जसको सहज र सरल जस्टिफाई हुन सकेको छैन । तर, फिल्म नराम्रै बनेको छ भन्नेचाँही होइन ।
दर्शक गनेर फिल्मलाई बजारमा ल्याउने निर्देशक बीसीले यो फिल्ममा दर्शक गन्न विर्सिएछन् । यो आम दर्शकका लागि बनाइएको फिल्म हो । तर, नेपाली दर्शक फिल्मले दिन खोजेको सन्देशभन्दा ज्यादा जानकार भएका कारणले सम्बोधन सत्यघटनाको एउटा नाटकीय चित्रमात्र बुझिन्छ । विषय उठान गम्भिर गर्न खोजिएपनि यो सतहमै सकिएको छ ।  
आम जनता नेपालको राजनीति र प्रशासनसँग परिचित छन् । सवैलाई थाहा छ मुलुकको हविगत । यहि हविगतको उठान हो, सम्बोधन । युद्धमा होमिएपछिको अनुशासित मुलुक देख्ने चाहनामा प्राध्यापक राजु थापा (प्रशान्त ताम्राकार)को जीवनको उतारचढावसँग केन्द्रित विषय हो, सम्बोधन । भ्रष्टाचारशुन्य मुलुकको परिकल्पना गर्ने प्राध्यापकले आफ्नो छोराको जागिरको स्वार्थका लागि जग्गा विक्रि गरी घुस खुवाउने काम गर्छ । तर, काम हुँदैन । उसले छोरा गुमाउँछ अनि श्रीमतिलाई अस्पतालमा राख्नुपर्ने हुन्छ । 
भ्रष्टाचारी मालपोत कर्मचारी र दलालहरुको हत्या श्रृङ्खलामा उत्रिएको उसले भ्रष्टाचारको जड मेटाउने प्रण गरेको हुन्छ । सोही क्रममा गैरभ्रष्ट चरित्र भएको उसले भ्रष्टाचार सुरु गराउने प्यारालाइसीस भएकी श्रीमतिको हत्या गर्छ । र, केन्द्रिय अनुसन्धान व्युरोले उसलाई इनकाउन्टरमा मारिदिन्छ । फिल्मको एक लाइनको कथा यहि नै हो ।
यसबाहेक फिल्म हत्याकै अनुसन्धान, रिपोर्टिङ, सामान्य प्रेमका विषयमा दौडिन्छ । तर, ती विषयहरु फिल्ममा प्रधान होइनन् । यद्यपि, समाचारको दौडानमा उभ्याइएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को रिपोर्टिङ शैलीचाँही मिलेको छैन । अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक रामजी गोले (दयाहाङ राई)ले अनुसन्धान गरिरहेका हुन्छन् । उनलाई साथ दिएका हुन्छन् अर्का प्रहरी निरिक्षकको भुमिकामा रहेका प्रताप भट्ट (विनय भट्ट)ले । यीनै पात्रहरुको वरिपरि फिल्म दुई घन्टा घुम्छ । 
निर्देशकले क्यामेरामा कलाकार उभ्याएपनि रिपोर्टिङको तरिकामा न्याय गर्न सकेका छैनन् । फिल्ममा धेरै ठाउँ जर्क छन् । स्क्रिप्टमा लामो समय र गहिरो विचार नगरी गहन विषयमा निर्देशक बीसी हाम फालेको देखिन्छ । यद्यपि, कतिपय निर्देशकहरु भाग्यमानी हुन्छन्, चिज ठिकै हुन्छ तर ट्याक्टिसले जोगाइ राख्छ । बीसीको ट्याक्टिस सम्बोधनमा देखिएको छ, राष्ट्रगानदेखि सुरुआत हुने फिल्ममा दर्शकलाई अड्याउनसक्ने केही केही आधारहरु मात्र छन् । तर, फिल्मभित्र राखिएका गीतहरु सन्दर्भहिन हिसावले आउँछन् । ती गीतहरु जबरजस्ती राख्नैपर्ने बाध्यताले राखेजस्तो । गीतहरुले दर्शकको ध्यान खिच्न सक्तैन । गीत नराखी पनि राम्रो फिल्म चल्न सक्छ, चलाउनका लागि राख्दा दर्शकको ध्यान तान्नसक्ने आकर्षक गितहरु नै घुसाउनु उपयुक्त हुन्छ ।  
कास्टिङ 
सम्बोधनमा कास्टिङ पक्ष ठिकै छ । कलाकार राम्रा छनौट गरिएपनि उनीहरुको अभिनयमा अलमल जस्तो देखिन्छ । खासगरी रामजी गोले (दयाहाङ राई) को अभिनयमा खोट लाउन मिल्दैन । राजु थापाको भुमिकामा रहेका (प्रशान्त ताम्राकार) जो फिल्मका मुख्य अभिनेता हुन्, उनको भुमिकाअनुसारको अभिनय ठिकै छ तर प्रशंशैप्रशंशा गर्नुपर्ने कारण छैन । प्रहरी निरिक्षक प्रताप भट्ट (विनय भट्ट)को अभिनय कमजोर छ । टिभी रिपोर्टरका रुपमा प्रस्तुत गरीएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को अभिनय पनि औसतमात्र छ । डिआइजीका रुपमा प्रस्तुत गरिएका बीएस राणाको अभिनय सदाबहार हो । सिक्के डनका रुपमा देखा परेका शुलेमान शंकरले पाएको जिम्मेवारीलाई अन्याय गरेका छैनन् । बाँकी कलाकारहरुले औसत रुपमा राम्रो गरेका छन् ।  
प्रविधि  
नेपाली फिल्ममा प्रयोग हुने प्रविधिको विषयमा कमेन्ट गर्नु त्यति उचित नहोला । तर, कहिलेकाँही सीमित प्राविधिक सामानले पनि प्रस्तुतीको न्याय गर्न सक्छ भन्ने कुरा विर्सन हुँदैन । सम्बोधनको सिनेम्याटोग्राफी, इडिटिङमा डिफेक्ट छ भन्न मिल्दैन । तर, कतिपय ठाउँमा जहाँ क्यामेरा नहल्लाउनुपर्ने हो, त्यहाँ क्यामेरा हल्लाएर सिनलाई मजाक बनाउने प्रयत्न गरिएको छ । त्यसो गर्नु उपयुक्त हुँदैन । यद्यपि, उपलव्ध स्रोतका आधारमा गरेको काममा प्राविधिक पक्षमा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । 

विषय गहन । मूर्त मुद्दा । तर, प्रस्तुती सामान्य । जब विषय गहन उठान हुन्छ त्यसको जस्टिफाई गर्ने खास आधार बनाउन सकिएन भने त्यसको कुनै अर्थ हुँदैन । जब विषय उठान गरिन्छ त्यसको न्यायीकरण गर्ने काममा आफ्नो भुमिका कति प्रभावकारी बनाउने भन्ने काममा निर्देशक विसी चुकेका छन् । यद्यपि, विषय गम्भिर भए पनि उठाउने काममा मौलिकताहिन भन्नु अन्याय हुन्छ । न्यायिक विषय भएपनि यो प्रस्तुतीका क्रममा अन्याय भएको ठहर्छ । फिल्मलाई निक्कै ठाउँ फाल्तु विषयमा कुदाएपनि क्लाइमेक्समा जोड्ने प्रयत्न गरिएको छ । 
फिल्मको लेखन पनि निर्देशकले गरेका कारणले यो फिल्ममा उनको भुमिका अति राम्रो भन्नु गलत सावित हुनेछ । किनभने एउटा लेखक सिनहरुमा सहभागी हुन्छ । जसरी एउटा निर्देशक लेखक हुन्छ, उसले आफ्नो क्यामेरादेखि स्पोटसम्मको कल्पनाका आधारमा एन्टागोनिस्ट र प्रोटागोनिस्टसम्मको भुमिकालाई उसले तय गरिसकेको हुन्छ । त्यसकारण लेखक निर्देशक बीसीले सम्बोधनलाई मुद्दाका रुपमा उठाए त्यहाँ हिरो नै खोजेका छैनन् । बीचबीचमा केही कलाकारहरुलाई अनावश्यक कुरामा अल्झाएर फिल्म लम्ब्याउने प्रयत्न भएको छ । त्यो आवश्यक छ जस्तो लाग्दैन । किनभने फिल्मका लागि एउटा उक्ति निक्कै अनिवार्य र अपरिहार्य छ । एउटा निर्देशकले एक सयवटा निर्णय एक घन्टामा गर्न सक्नुपर्छ । जसले निर्णय सहज र ठिक रुपमा अभिव्यक्त गर्न सक्तैन त्यो निर्देशक हुन सक्तैन । सम्बोधनमा बीसीले आफ्ना अघिल्ला काममा जस्तो मिहेनत गरेको भान हुँदैन । कामका हिसावले सम्बोधन उनको गहिरो होला तर दर्शकले त्यसलाई उनको कोणबाट बुझ्दैनन्, दर्शक जम्माजम्मी २ घन्टासम्म सिनेमा घरमा बसेर निस्कँदा ठिक फिल्म हेरिएछ भन्ने कमेन्टसम्म गर्छ तर, बीसीको यो फिल्मले त्यसो भन्ने माहौल त्यति साह्रो बनाएको छैन । पहिलो हाफसम्म अल्झाउन नसकेको फिल्मको अन्तिमतिर दर्शकलाई अलिकति भएपछि छुने प्रयत्नचाँही गरेको देखिन्छ । केही ठाउँमा सस्पेन्स राखिएको छ, यसले कहिँकतै तान्न सक्छ । 
समग्रमा सम्बोधन कसका लागि र किन ? भन्ने प्रश्नको उत्तर फिल्मले आंशिकमात्र दिएको छ । कानुनभन्दा माथि कोही हुँदैन भन्ने पनि दर्शाउन खोजिएको छ । यद्यपि, यतिले नै फिल्म उत्कृष्ट हुँदैन, मेहनत बाँकी छ । जहाँ टुंगिएको छ, सम्बोधन त्यहाँबाट सुरु गर्ने अन्य मौकाहरुलाई निर्देशकले अव आइन्दा चुकाउन हुनेछैन । नत्र फेरि पनि गहिरो विषयको सतही प्रस्तुतीभन्दा केही हुनेछैन । राम्रो फिल्म निर्देशकका पनि केही नराम्रा फिल्महरु हुन्छन्, सुरुमै मिठो गाँस चपाउनेले बीचमा पिरो पनि चपाउनुपर्छ । सम्बोधन बीसीका लागि पिरो त छ नै, उनको फिल्म भनेर जाने दर्शकका लागि पनि यो पिरो नै सावित हुन्छ । तर, कहिलेकाँही पिरोलाई पनि मिठो मान्दिने एक किसिमका दर्शकहरु हुन्छन्, तिनको मन जित्छ जित्दैन निर्माण पक्षले मुल्यांकन गर्ला ।  

निकासको आकाश

विनोद ढकाल 
संघीयताको विषय टुंग्याउन ‘संघीय आयोग’ र सहमतिमा संविधान जारी गर्न ‘राष्ट्रिय सरकार’को प्रस्ताव अहिलेको अनिवार्यता छ । यो सत्ताका लागिमात्र नभएर संविधानका लागि पनि भयंकर राम्रो विषय हो ।

नेपालको राजनीतिक अवस्था अहिले प्रष्ट दुई लाइनमा देखिएको छ । एकातिर सत्तारुढहरु र अर्कातिर प्रतिपक्षीको मोर्चा । सहमति वा प्रक्रिया भन्ने विषयको विवादले संविधानसभामा केही समय तनाव भयो तर प्रक्रियाका काम पनि भइरहेका छन्, सहमतिका प्रयत्नहरुका लागि फरक संवाद पनि जारी छन् । यदाकदा राजनीतिक रुपमा घोचपेच र गैरराजनीतिक तर्कहरु पनि सुनिएका छन् । 
तर, यी सवै समाधान होइनन् । संघीयताको सवालमा उठेको विवादको समाधानका लागि दलहरु सहमतिमा पुग्नुको विकल्प छैन र प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प पनि हुँदैन । किनभने प्रक्रियाका लागि नै संविधानसभा गठन भएको हो । नत्र, नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भनेजस्तो नेताहरु एउटा कोठामा बसेर संविधान जारी गरे हुन्थ्यो । संविधानसभाको निर्वाचन जनताको प्रतिनिधिहरुबाट संविधान जारी गर्नका लागि भएका कारणले नै राजनीतिक तिक्तता छाडेर जुट्नु अनिवार्य हुन्छ । तर, विवाद जहाँनेर अल्झिएको छ त्यो निक्कै भयानक हुँदै गएको छ । यसका असरहरु छन् र सरल उपायतिर नलाग्ने हो भने अव मुलुक मुठभेडमा गइसक्यो भनेर बुझ्नुमा कुनै गल्ती हुनेछैन । 

०६४ सालले स्थापित गरेको तत्कालिन संविधानसभा विघटनको प्रमुख कारण थियो, संघियता विवाद । संघीयताबारे संविधानसभा भित्र र बाहिरका राजनीतिक दल, संगठन, गुठी, झुन्ड सवैको ‘इन्ट्रेस्ट’ स्वभाविक छ र यहि नाममा राजनीति पनि भइरहेको छ । कम्तिमा अघिल्लो संविधानसभाको ६ वर्ष र यो संविधानसभाको वितेको एक वर्षदेखि मुलुकको बहस जहाँको त्यहिँ अल्झिरहेको छ । तर, अव यसरी अल्झाउन उचित हुनेछैन, किनभने संविधान चाहिएको छ, जुनसुकै मुल्यमा पनि ।
माघ ८ गते संविधान जारी गर्नका लागि विवादको चुरो कुरा पनि यहि रहेको थियो र राजनीतिक सहमतिका नाममा केही महिना यहि विषयमा खेर पनि गयो । फरक र वैचारिक प्रस्तावमाथि अहिले पनि बहस आवश्यक छ । र, वैकल्पिक मार्गसहिको फास्टट्रयाकको बाटो समातेर संविधान जारी गर्नु नै छ । 
कांग्रेस, एमालेलगायत राजनीतिक दलले संविधान र संघीयता सम्बन्धमा आफ्नो धारणा संवाद समितिमा पेस गरेसँगै मुलुकको राजनीतिले एक्कासि कोल्टे फेरेको थियो । जसको परिणाम दलका नेताबीच संवादहीनताको अवस्था सिर्जना हुनुका साथै लामो समयसम्म संवाद समितिको बैठक अवरुद्ध हुन पुगेको थियो । अहिले राजनीतिक दलका नेताहरुबीच संवाद अवस्था नभई आन्दोलन र प्रक्रिया दुई किनाराको यात्राले मुलुक असहज त बनेकै छ, संविधानसभाको गरिमामा पनि प्रश्न उठेको छ ।
अहिले दलहरु टाढा उभिनुको कारण संघीयताको सवाल रहेको छ । साथै, स्वामित्वको कुरा पनि बुझिएको छ । संवादहिनताको यो परिस्थितिमा दलहरु एक ठाउँमा उभिनका लागि लचिलो र तार्किक सहमतिको मुल एजेन्डा अघि सार्नुपर्ने अनिवार्यता छ । राष्ट्रपति डा. रामवरण यादव सहमतिका लागि सवै पक्षसँग भेटेर कुरा गरिरहेका छन्, प्रधानमन्त्री सुशिल कोइराला पनि पहल गरिरहेका छन् । तर, बीचको बाटो के हुनसक्छ ? आफ्ना अडान र दम्भका कारण सत्तारुढ र प्रतिपक्षी मोर्चाहरु लागि परिरहने हो भने सहमति बन्छ र ? बन्दैन । बरु, बीचको बाटो अवलम्बन गर्नुपर्ने देखिन्छ । 
संघीयताको विषय टुंग्याउन ‘संघीय आयोग’ र सहमतिमा संविधान जारी गर्न ‘राष्ट्रिय सरकार’को प्रस्ताव अहिलेको अनिवार्यता छ । यो सत्ताका लागिमात्र नभएर संविधानका लागि पनि भयंकर राम्रो विषय हो । संघीय आयोग, संयुक्त सहमतीय राष्ट्रिय सरकारको गठनका विषयमा दलहरु गम्भिर हुन आवश्यक देखिन्छ । संयुक्त सरकारका लागि कांग्रेस पनि तयार भइसकेको छ । स्वीकार नगर्नुको तत्कालिन मार्ग अहिले नै देखिँदैन, संघीयताको विषयलाई थाँती नराख्ने हो भने र यसमा गहन गहिरो निर्णयको दिर्घकालिन उपायलाई नअपनाउँदा तनाव हुनसक्छ । एमाओवादी नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ राजनीतिक दलको मोर्चाले संविधानसभाका विवादित विषयमा समान धारणा बनाउन कार्यदल बनाएका छन् । तर, के गर्छ त्यसले ?
अहिले राजनीतिक दलहरु फरक कोणमा उभिनुको आन्तर्य जे होस् तर यो निकास होइन । निकासका लागि सहमतिको वातावरण बन्नुपर्दछ । संघीय राज्यको संख्यामा समस्या भएको भए, त्यसलाई मिलाउनका लागि कुनै आमुख राजनीतिक दलको अडान होइन, जनमतको अपेक्षा गर्नुपर्दछ । नाममा समस्या हो भने पनि जनमतलाई लिनसक्नुपर्छ । एउटा प्रस्ताव सहज छ, कुनै पनि प्रदेशको नाम त्यस प्रदेशमा हुने सभा, कुनैपनि प्रदेशको आकार त्यहि प्रदेशले निर्णय गर्नसक्ने बनाउनुपर्छ । जहाँ बहुमतले नाम प्रस्ताव गरी पारित गर्न पाउँछ । आखिर पहिचानको कुरा गर्दा जुन विषय उठान गर्न खोजिएको छ राजनीतिक रुपमा अहिले त्यसको समाधान निक्कै नजिक छ । पहिचान माग्नेहरुले सम्बन्धित प्रदेशमा आफ्नो बहुमत पारी त्यहाँ नाम राख्नसक्नेछन् । यो लोकतान्त्रिक पद्दती हो । लोकतान्त्रिक पद्दती नस्वीकारी एउटा आमुख नेताको अडानका आधारमा मुलुकको भाग्य र भविष्यको कुरामा खेलवाड गर्ने अधिकार नेपाली राजनीतिक दलका नेताहरुलाई छैन । उनीहरुले बुझ्नुपर्छ जनताको अधिकार भनेको उनीहरुको विवेकमा निर्भर हुन्छ । उनीहरुले कुनैपनि बेला जस्तोसुकै कदम उठाउन सक्नेछन् र राजनीतिक दलको आकार र हैसियतको कुरामाथि परिपक्व निर्णय दिनसक्नेछन् । नेपाली राज्यसत्ता तानाशाही र निरंकुश हिसावले चल्न सक्तैन । यसले समाजवादी प्रजातन्त्रलाई स्वीकार गरेको हुनाले निर्वाचन, जनताको निर्णयलाई प्रधान मान्दछ । हर नेपाली लोकतान्त्रिक चरित्रमा उभिन चहान्छ । त्यसकारण पनि नेपाली जनताको चाहनाबमोजिम राजनीतिक दलहरु अव अघि नबढ्दा त्यसको परिणाम लामो संक्रमणमात्र हुन्छ र ? 
अतः मुलुकको जिम्मा आफ्नो थाप्लोमा मात्र छ भन्ने सोचेर मनलाग्दी निर्णय गर्ने र बोल्ने नेताहरुले बुझ्नुपर्छ सहमति हुने विषयमा सहमति र नहुने विषयमा निकासको बाटो खोजिएन भने आम नागरिक लामो समय पर्खेर बस्नेछैनन् । नागरिकले काम गर्ने फरक मौका दिएका हुन्, लोकतन्त्र जोगाउनका लागि अर्को अवसर दिएका हुन् । तर, यो लोकतन्त्र कमजोर बनाउने काममा राजनीतिक दलहरु कमजोर देखिएका छन्, कमजोर बनिरहेका छन् । यो कमजोरी लामो समयसम्म जारी रहे फरक र निरंकुश शासन व्यवस्थाको उदयलाई जनताले स्वीकार्नेछन् । त्यतिखेर मुलुक हार्नेछ, लोकतन्त्र हार्नेछ, नेताहरुको अकर्मण्यताको परिणाम देखिनेछ । त्यो राजा, राष्ट्रपति, सेना जे सुकैका नाममा भएपनि अगाडी देखिन्छ, त्यो निरंकुश नै हुनेछ । दुनियाँमा धेरै ठाउँमा यस्तै भएका पनि छन् । अतः निकास चाँडो देऊ ।   

हिरो मरेर स्वर्ग पाउँछन्, भिलेन बाँचेर स्वर्ग जिउँछन्


थाहा छैन, भिलेन बाँचेर स्वर्ग जिउँछन्, जिउँदैनन् । पक्का हो, हिरो मरेर स्वर्ग पाउँछन् । तर, अभिनयमा यो लागु हुन्छ र ? स्वर्ग पाउनका लागि भुमिका र अभिनय प्रधान हुन्छ । डाइलगको के कुरा ? एक भिलेन, जसका बारेमा केही कुरा अभिनयको सन्दर्भ उठाएर गर्नु ठिक होला की ? अभिनयमा भिलेन..भानुप्रताप ।
 अभिनय हिरोका लागि मात्र हो र ? अभिनय पात्रका लागि हो । भानुप्रताप, एक पात्र हुन् । बलिउड अभिनेता सञ्जय दत्त अभिनीत फिल्म ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली चलचित्र कहिले बन्ला रु यदि बन्यो भनेचाहिँ भानुप्रतापलाई पनि दर्शकले हिरोका रुपमा देख्न पाउनेछन् । नत्र उनी सधैं ‘भिलेन’ मात्रै । थुप्रै फिल्ममा भिलेनका रुपमा देखिसकिएका भाुनप्रताप भन्छन्, ‘यहाँ मलाई हिरो सुहाउँदो फिल्म नै बन्दैन ।’ फिल्म ‘वान–वे’ का खँुकार डनका रुपमा देखिन लागेका भानुप्रताप हिरोभन्दा कमचाहीँ छैनन् । तर, उनलाई हिरो हुने पटक्कै मन छैन । ‘तीन फिल्मबाट हिरोका लागि अफर आएको थियो । तर, छाडिदिएँ’ हाल फिल्म ‘वान–वे’ रिलिज मिति कुरिरहेका उनले भने, ‘मलाई भिलेनमै जम्ने इच्छा छ । अर्को कुरा, मलाई हिरो सुहाउँदो नेपाली फिल्मै बन्दैन यहाँ ।’ बलिउड अभिनेता सञ्जय दत्तको ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली फिल्म बन्यो भने हिरो खेल्न तयार रहेको भानुप्रतापले सुनाए ।

भानुप्रताप फिल्म क्षेत्रमा लागेको धेरै भएको छैन । करिब दुई वर्षयता कलाकारिता गरिरहेका उनले अहिलेसम्म ८ फिल्ममा अभिनय गर्न भ्याइसकेका छन् । तर, ती आठै फिल्ममा उनले खलपात्र अर्थात् भिलेनको भूमिका निर्वाह गरेका छन् । केही दिनअघि मात्र उनले फिल्म ‘रातोघर’ को सुटिङ सिध्याए । सो फिल्ममा भानुप्रतापले खुँकार भिलेनको भूमिका निभाएका छन् । तर, त्योभन्दा पनि खुँकार डनका रूपमा फिल्म ‘वान–वे’ मा देखिँदैछन् । राजिव गुरुङ ‘दीपक’ निर्मित ‘वान–वे’ मा भानुप्रताप राजधानीको ‘डन’ को भूमिकामा देखिँदै छन् । यो फिल्ममा राजधानीमा हुँदैआएको ‘डनगिरी’कै प्रसंगलाई चित्रण गर्ने प्रयास गरिएको छ । ‘वान–वे’ मा दुईजना ‘डन’ हुन्छन्, जो एक भानुप्रताप र अर्को ‘डन’को भूमिकामा रकगायक रविन तामाङ दखिँदै छन् । भानुप्रताप अहिले आफै फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । उनले फिल्मको नाम ‘लालटिन’ राखेका छन् ।
आरसी पिक्चर्सको ब्यानरमा निर्मित यस चलचित्रको अर्को निर्माता रहेका छन्, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई । यो बिग ब्यानर र बिग बजेटको फिल्म हो । त्यसैले यसअघि थुप्रै फिल्ममा अभिनय गरेर पनि ‘वान–वे’बाट भानुप्रताप आशावादी छन् । उनी भन्छन्, ‘वान–वेबाट आफूलाई स्थापित गर्ने अपेक्षा गरेको छु । यसअघि पनि राम्रै भूमिका गरेको हो, तर, आफूलाई स्थापित गर्न ब्यानर र टिम पनि राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’ नेपाली फिल्म क्षेत्रमा भिलेनको भूमिका गर्ने कलाकारको आवश्यकता महसुश भइरहेका बेला भानुप्रतापको उदय हुँदै गरेको हो । उनी भन्छन्, ‘भिलेनको भूमिका गर्ने कलाकारको अभावलाई टार्ने मेरो उद्देश्य हो ।’ हुन पनि एक समय सुनील थापा भिलेनमा जमेका थिए । उनको उपस्थिति पातलिँदै गएपछि नेपाली फिल्ममा भिलेन सुहाउँदो कलाकार आएका छैनन् । भानुप्रताप त्यो अभाव टार्ने विश्वास दिलाउँछन् । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा भिलेनमै जम्न आएको हुँ । भिलेनमै जमेर देखाउने छु । यो कुरा वान–वे रिलिजपछि थाहा हुने छ ।’ निर्माता राजकुमारले समेत भनिसकेका छन्, ‘वान–वेबाट दुईजना कलाकार अगाडि आउनेछन् ।’ उनका अनुसार भानुप्रताप र अर्को कलाकार सिद्धार्थ गुरुङ । सिद्धार्थ यसै फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेका हुन् । फागुन १ गतेदेखि रिलिज हुने ‘वान–वे’ मा करिश्मा मानन्धर, सिद्धार्थ, माला सुब्बा, रविन तामाङ र भानुप्रतापको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

Tuesday, January 27, 2015

१९ दिन हामीले बन्द गरेका थियौं

मान्छेहरुले योचाँही दशक वितेपछि थाहा पाउनेछन् र त्यतिबेला भन्नेछन्, व्यर्थै गरिएछ बन्द, व्यर्थै गरिएछ आन्दोलन । जुन आज आम हुँदा खाने समुदाय भनिरहेको छ । यहाँ मुलुक हाँक्ने नेताहरुले ठान्छन् बन्द आफ्नो विजनेशका लागि गर्ने हो । अहिले बन्दकर्ताहरुको दिमाग भुटिएको छ की यदि तिमी बन्द गर्न चहान्छौ भने अहिले गर ।

विनोद ढकाल 
८ माघ वित्यो, हातलाग्यो शुन्य । राजनीतिक उहि गति र दिशामा चलिरहेको छ । चोकका गल्लीहरु उही विषयमा बहस गरिरहेका छन् । कोही पक्षमा र कोही विपक्षमा । थाहा छैन राजनीतिको जोडघटाउ कस्तो हुन्छ । राजनीतिको सिद्धान्तले मुलुक कस्तो बनाउन खोजेको हो । हामीले बुझेको र पढेको भनेको प्रजातन्त्र हो । त्यसको मोडिफाई स्वरुप भनेको लोकतन्त्र हो । लोकतन्त्रमा सवै कुरा सहज हुन्छ, स्वतन्त्रता हुन्छ र गरेर खानका लागि कुनै समस्या हुँदैन भन्ने बुझेको हो । कहिलेकाँही गिरीजाबाबुको विराटनगर निवास जाँदा उहाँले भनेको कुरा सत्यझैं लाग्थ्यो– सहमति, सहकार्य, एकता र प्रजातन्त्र । प्रजातन्त्र र स्वतन्त्रताको मामलामा सम्झौता हुँदैन, अब मुलुक अघि बढ्यो । अहिले लाग्छ बुढाले झुठ नै बोलेर वितेछन् । उनका बोलीको कुनै एउटा चिर्कटो पनि लागु भएको छैन । दोस्रो संविधानसभाको चुनाव पछि पनि न सहमति भएको छ, न सहकार्य भएको छ । एकताको त कुरै छाडौं, प्रजातन्त्रलाई त घाममा सुकाएर आन्दोलन, बन्द र हड्तालका कुराहरु पो जन बेस्सरी हुन थाले ।

बन्दको विरोधमा एकथरी युवाहरु सडकमा उत्रिए । प्रतिकारमा उत्रिए । प्रतिकारको स्वागत भयो । तर, बन्दको प्रतिकार होइन, प्रतिकात्मक विरोधचाँही अहिलेको अनिवार्य आवश्यकहरूको स्वरुप हुनुपर्छ । श्रम गरेर प्रतिरोध गरौं । निरन्तर दैनिकीलाई गुजारा गरेर प्रतिरोध गरौं । किनभने आजको सुखका लागि हामीले धेरै बन्द गरेका थियौं, धेरै सकस भोगेका थियौं । तर, अझै सकस किन ? हामीले गरेको बन्दको औचित्य सकिएर हो या हामीले फेरि पनि त्यस्तै बन्दको आह्वान नगरेर हो ? तर, अब हाम्रो बन्द भयो भने त्यो निक्कै डरलाग्दो र सुकिला नेताहरुको कालो अनुहार उदांगिने बन्द हुनसक्छ । त्यसकारण आफुले बाध्यतालाई छिचोलेर गरेको १० वर्षअघिको बन्दलाई स्मरणमा राखौं र समयलाई पर्खन सिकौं । हामी अहिले त्यहि १० वर्षअघिको बन्द गरेको विषयलाई सम्झिएर अहिलेका ‘चोइटे’ बन्दहरुको बारेमा गम्भिर बनिरहेका छौं । बाध्यता त्यस्तो आइ परेको छ । कहिँ मधेस बन्द, कहिँ पहाड बन्द, कहिँ उपत्यका बन्द, कहिँ के बन्द । यसरी नै ।
हामी जनआन्दोलनका नाममा १९ दिनको बन्दमा उत्रियौं । सँधैका लागि बन्दहड्ताल र अपराध न्युनिकरण गर्ने आशा र भरोसामा गरेको त्यो बन्दमा हाम्रो समर्थन थियो । केहीको विमति पनि थियो होला तर त्यो बन्दले दिएको लोकतन्त्रको प्रयोग सही र राम्रो ढंगबाट उपयोग भएन । ती भन्दा भयानक बन्दहरु सुरु भए । नेताको कुर्सीका लागि बन्द हुन थाले । जनताको नाममा सत्ताका लागि भएका बन्दहड्ताल श्रृङखलाको अधिकतम प्रयोग हुन थाल्यो र नागरिक अब भन्न थाले– त्यो १९ दिनको बन्द नै ‘फेक’ थियो, ठिक त त्यसअघि नै पो रहेछ ।
नागरिक अधिकारका लागि बन्द रे । अधिकार के मा छ ? हामीले एक दिन बन्द गरेकै हो, चुनावको दिन पनि । त्यो दिन हाम्रो स्वीकारयोग्य बन्द थियो र कहिले बन्द नगर्ने मौन सहमतिमै हामीले मतदान गरेका थियौं । त्यसको परिणामको हिसावले हामीले सुन्दर, शान्त र विशाल नेपालको परिकल्पना, अधिकारसहित स्थापित गर्न जिम्मेवारी दिएका थियौं । तर, फेरि तपाइको बन्द ? अनि, फरक मुद्दाको अर्को बन्द ? ठिक छ, बन्द नै गर्ने भए मिलेर गरौं एक वर्षसम्म बन्द । गिनिजबुकमा नाम लेखाऔं न ३ सय ६५ दिन बन्द गरेर । किन, दुनियाँलाई सकस दिनका लागि आह्वान गर्ने यो तथाकथित बन्द ? के हो लक्ष्य ? के हो उद्देश्य ? अनि, जबरजस्तीको बन्द ? किन मान्ने बन्द ? तर्कका आधारमा हुनुपर्छ व्यवाहार, लिडेढिपी र जबरजस्तीको बन्दले के हुन्छ ? यसको उत्तर दिनसक्ने क्षमता छ त आह्वानकर्तासँग ? के यो बन्द जायज छ त ?
कुनै हिसावले ध्यान नदिँदा एउटा विल्डिङ गिरेजस्तो, हराएजस्तो, कुनै खास एक्सन नलिँदा भत्किएको विल्डिङको हविगत जस्तो हुनेछ मान्छेको जीवन र भविष्य, बन्दका कारणले । मान्छेहरुले योचाँही दशक वितेपछि थाहा पाउनेछन् र त्यतिबेला भन्नेछन्, व्यर्थै गरिएछ बन्द, व्यर्थै गरिएछ आन्दोलन । जुन आज आम हुँदा खाने समुदाय भनिरहेको छ । यहाँ मुलुक हाँक्ने नेताहरुले ठान्छन् बन्द आफ्नो विजनेशका लागि गर्ने हो । अहिले बन्दकर्ताहरुको दिमाग भुटिएको छ की यदि तिमी बन्द गर्न चहान्छौ भने अहिले गर । अहिले नगरे पछि गर्नका लागि निक्कै ढिलो हुनेछ भन्ने । तर त्यसो होइन । बन्दको आह्वान अधिकारको खोजीका लागि भएपनि, सीमित राजनीतिक दलको अडानका निम्ति हुने बन्दले कतिपयको दैनिक अधिकार खोसिइरहेको छ ? के बन्दकर्ताहरुलाई थाहा छ, तिमीहरुको राजनीतिक अधिकारभन्दा पनि प्रधान र प्राथमिकचाँही मान्छेको खान पाउने अधिकार हुन्छ भन्ने ? आम साधारणको बाँच्न पाउने अधिकार प्राथमिक हो कि होइन ? अस्पताल जान पाउने, व्यापार गर्न पाउने, बन्दको विरोध गर्न पाउने अधिकार नागरिकको हो की होइन ? यदि त्यसो हो भने मान्छेको न्युनतम अधिकारलाई हनन् गरि किन भइरहेको छ बन्द आह्वान ? तत्कालिन अवस्थामा सत्ताको स्वाद लिइसकेका र बन्द गर्न हुँदैन भनी राज्यको संयन्त्र नै हाँकिसकेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न– के बन्द गर्न सुहाउँछ तपाइले ? पूर्वप्रधानमन्त्रीको ट्याग भिरेर राज्यको सुरक्षा बोकेर नागरिकलाई पिल्साउन पाउने अधिकार तपाइलाई कसले दियो ? तपाइका यस्ता हर्कतहरुका कारण ममाथि प्रश्नहरुको ओइरो लाग्छ, बन्द हो की होइन ? भन्ने । त्यसको जवाफ म दिन चहान्न, तर उनलाई सूचनाहिन पनि बनाउन सकिन्न नि ? के उत्तर दिने ? एक दशकसम्म नेपालभित्र बसेर, संघर्ष गरेर हिँड्दा कयन दिन बन्दको पीडित मै पनि भएको छु । सहज छैन बन्द आह्वान गरी चोकचोकमा फेटाधारी भाडाका कार्यकर्ताको जबरजस्तीमा फँसेका मान्छेको दुख सुनाउन । निक्कै कठिन छ, सुनाउन नै, भोग्नेको पीडा कति होला ? र त कोरियातिरबाट साथीहरुले गर्ने व्यंग्य र आम चिनजानका जनसाधरणले सोध्ने एउटै प्रश्नले सँधैभरी गिज्याइरहन्छ । के बन्द हो र ? म अनुत्तरित मुर्तिजस्तो बन्दछु, आफैंले आफैंलाई फेरि गिज्याउँछ ।
अहिले संविधानसभा बन्द छ । बन्दजस्तै, विरोधका स्वरहरुले चलिरहेको छैन । सकडमा कुर्लिनु र संविधानसभामा भइरहेको गतिविधिले हामीलाई गिज्याउनु उस्तै भएको छ । आशा र भरोसामा संविधानसभाको निर्वाचनमा विस्फोट हुँदा पनि जो मतदानका लागि बुथहरुमा पुगेका थियौं, उनीहरुको अपमान भएको छ । प्रतिबद्धताहरुबाट पछि हटेका कथित राजनीतिक दलका नेताहरुको व्यक्तिगत मुद्दाले हामी बन्धक बनेका छौं । अनि, पीडित हुँदै आएका छौं, बन्दको । हामी यो बन्दलाई सदाका लागि बन्द गर्नतिर किन उन्मुख नहुने ?