Tuesday, August 20, 2013

प्रत्यक्ष र परोक्ष नाफामुखी सेक्सबजार

विनोद ढकाल......
जब भारतमा व्यापारको बहानामा अंग्रेजहरूको प्रवेश भयो, त्यसपछि त्यहाँ स–साना झुण्डमा रहेका राज्यहरू र तिनका राजाहरूको अस्तित्व संकटमा प¥यो । उनीहरू संवैधानिक बन्दै गए र अंग्रेजहरूको शासनले व्यापकता पायो । तर, राजा–महाराजाहरूलाई आफ्नो सियासत जसरी पनि जोगाउने बाध्यता थियो । घरेलु हतियार र सुरासुन्दरीको भरमा राज्य चलाइरहेका राजाहरूले अंग्रेजहरूलाई खुसी बनाउनुपर्ने अनिवार्यता पनि थियो । अन्यथा, उनीहरूको राज्यमा केही सीप चल्ने भएन ।
अंग्रेजहरूलाई खुसी बनाउनका लागि आफ्नो दरबारमा नाच्ने, सुखभोग गराउने, स्त्रीहरूलाई अंग्रेजहरूकहाँ पठाएर उनीहरू सियासतका राजा भएर बसे । यो उनीहरूको सेक्स घुस थियो, राज्य टिकाउनका लागि । विस्तारै अंग्रेजहरू भारतीय सुन्दर महिलाहरूसँग रम्न थाले, भोगमा विचलित हुन थाले र राजाहरूले शासनलाई कायम राख्न सके । यद्यपि, स्वतन्त्रता संग्रामभन्दा निकै अघि भारत यो अवस्थाबाट गुज्रिरहेको थियो । कतिपय राज्यमा अंग्रेजहरूले उनका नर्तकी र यौनसुख दिनेहरूसँग विवाह मात्र गरेनन्, सियासतका राजकुमारी पनि बनाएका उदाहरणहरू छन् । तर, ती यकिन र पुष्टिका आधारभन्दा कथामा सीमित रहेको पाइन्छ । 
अमेरिकी अभिनेता स्टिभ मार्टिनसँग सेक्सका बारेमा पत्रकारले सोधेका थिए, ‘सेक्स भनेको के हो रु कस्तो वस्तु हो रु’ उनले सेक्सलाई अति सरल रूपमा व्याख्या गरिदिए । उनले भनेका थिए, ‘सेक्स त्यस्तो चिज हो, त्यो किनेर उपभोग गर्न पाइन्छ ।’ अर्थात् सेक्स बजारीकरण भइसकेको छ, खरिद गर्दा पाइन्छ भन्ने नै उनको तर्क थियो । आधुनिक समाजको स्थापना गर्नका लागि पश्चिमाहरूको उदाहरणको मुलुक बनेको संयुक्त राज्य अमेरिका आफै युवाहरूले बनाएको मुलुक हो र त्यहाँका युवाहरूले ऊर्जाका लागि सेक्सलाई नियमित रूपमा उपभोग गर्नुपर्ने व्याख्या गरे जसका कारण अन्य काममा पनि ऊर्जा थपिने र निर्भिक रूपमा काम गर्ने प्रचलन बढेर आयो । अहिले सोही ठाउँमा नीलो फिल्म उत्पादनलाई कानुनले पनि मान्यता दिएको छ र त्यस्ता फिल्मको प्रमोसन पनि राम्रोसँग हुने गरेको छ । यो एउटा व्यापारका रूपमा पश्चिमबाट फक्रिएर आएको विषय मात्र बनेन, यसले विश्वबजारमा एसियालाई पनि तान्यो । अहिले एसियाका कैयन मुलुक प्राकृतिक होस् अथवा कृत्रिम सेक्सबजारबाट मनग्ये आम्दानी गरिरहेका छन् ।
सेक्ससँग जोडिएका व्यापार सामान्यतया प्रत्यक्ष मात्र पनि छैनन्, परोक्षरूपमा पनि यस्ता व्यापार अघि बढेको पाइन्छ । मिडियादेखि तरकारी बजारसम्मले पनि सेक्ससँग जोडिएका अनेक व्यापार प्रचूर बनाएका छन् । फलतः विश्वबजारमा कन्डोम कम्पनीहरूले आर्जन गरेको आर्थिक समृद्धि एउटा उदाहरण बन्न सक्छ । 
विश्व हल्लाउने
गरी फ्रान्सको ट्याबोलाइड पत्रिका क्लोजरले बेलायतकी राजकुमारी केट मिडलटनको टपलेस तस्बिर छापेको थियो । उक्त तस्बिर सार्वजनिक भएपछि युरोप–अमेरिकामा केटको भयंकर चर्चा भयो । त्यस चर्चाको प्रभावले पूर्वी तथा दक्षिण एसिया पनि हल्लिएको थियो । केट र राजकुमार विलियमको त्यो तस्बिर क्लोजरका लागि नाफामूलक मात्र सावित भएन, चर्चाको निकै उचाइमा पु¥याउने ठूलो सनसनी पनि भयो । उसले सेक्स र सुन्दरता दुवैलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो र फ्रान्सले लेखेको उक्त समाचारले युरोप लामो समयसम्म चर्चामय भयो ।
त्यसो त विश्वबजारमा कुख्यात पत्रिकाहरूले सेलिब्रिटीहरूको सेक्स स्क्यान्डल र रिलेसनसिपका बारेमा पनि लेख्ने गरेका छन् । बजारमा बिक्री हुने उक्त शैलीलाई अखबारले पछ्याउनुका पछाडिको कारण आफ्नो व्यापार नै हो ।
यो बाहेक विवाह नगरी एक्लै बसेका वा लामो समय विदेश रहेका कारण श्रीमतीबाट यौनसुख नपाएका पुरुषहरूलाई लक्षित गरेर निर्माण गरिएको सेक्स डलको सुविधामा वृद्धि हँुदै गएको छ । जापानले रबरको आकर्षक सेक्स डल निर्माण गरेपछि अमेरिकामा हालै सम्पन्न सेक्स एक्स्पोमा रोबोट सेक्स डल प्रस्तुत गरिएको थियो । 
पहिलो संस्करणको सेक्स डलले यौनसम्पर्कका बेला कुनै किसिमको प्रतिक्रिया देखाउँदैनथ्यो । अमेरिकामा प्रदर्शन गरिएको रोक्सी सेक्स डलले केही संवाद बोल्नुका साथै यौनसम्पर्कका बेला प्रतिक्रियाहरू पनि जनाउने निर्माण कम्पनीले बताएको थियो । 
अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो सेक्स डलले बजार लिने देखिएपछि जापानको सेक्स डल निर्माण कम्पनीले कुमारी सेक्स डलको निर्माण गरेको छ । यौनसम्पर्कका बेला योनिबाट रगत आएको अनुभूति होस् भनेर कुमारी सेक्स डल निर्माण गरिएको हो । कुमारी सेक्स डलमा कृत्रिम पर्दा लगाइएपछि यौनसम्पर्कका बेला रगतजस्तो पदार्थ निस्कन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको यो कुमारी सेक्स डल साढे २ किलो तौलको छ भने यसको बजार मूल्य ९६ अमेरिकी डलर छ । सेक्सको व्यापारीकरण, बजारीकरणको यो नयाँ तरिका थियो । कृत्रिम रूपमा पनि विश्वबजारमा सेक्सको व्यापार बढेको छ ।   
एसियाका लागि प्रख्यात सेक्स टुरिज्मको थलो बनेको छ, थाइल्यान्ड । नेपालदेखि पनि पर्यटकहरू प्रतिवर्ष थाइल्यान्ड जाने गरेका छन् । सेक्सको बजारले यति धेरै आर्थिक वृद्धिदर दियो कि चीन, भारत, नेपाल, पाकिस्तान, रुस, युरोपलगायतका देशका महिलाहरू पनि रोजगारीका लागि थाइल्यान्ड जान थाले । अहिले पनि उक्त मुलुकमा निकै देशका युवतीहरूले रोजगारी पाएका छन् र राम्रो आम्दानी गर्न सफल पनि भएका छन् । कानुनी मान्यता दिएर सरकारले सबैभन्दा ठूलो राजस्व पनि सेक्सबजारबाट नै लिने गरेको छ ।
यी सन्दर्भहरू नेपालको अहिलेको अवस्थासँग कति जायज हुन सक्छन्, कतिपय नहुन पनि सक्छन् तर सौन्दर्य बजारमा तीव्र रूपमा हुर्किरहेको नेपालका लागि यो अति उपयोगी नजिरका रूपमा सावित हुन सक्छ । राज्यको आम्दानीको स्रोत वा राज्यको आर्थिक व्यवस्था राजनीतिक परिवर्तनले मात्र सम्भव हुँदैन, त्यसको सहज व्यवस्थापन र त्यसमा पनि सबैभन्दा ठूलो पाटोमा रहेको विश्वबजारमा व्याप्त सेक्सबजार नै हो भन्ने ठाउँ छ । 
वैज्ञापनिक दुनियाँ, ग्ल्यामरसमा झुमेको विश्वसँग कसैको केही चल्दैन । मान्छे, खरिद गर्न सक्ने सुन्दरतालाई आफ्नो बगँैचामा सजाउन चाहन्छ । त्यसैले पनि बगैँचा लगाउनेहरूको घरअगाडि गुलाब फुल्नुलाई अचम्म मानिदैन । फूलहरू बीचमा किन गुलाबको चर्चा हुन्छ रु सम्भवतः त्यो निकै सुन्दर हुन्छ र त्यसलाई फूलहरूको राजाको रूपमा 
परिभाषित गरिन्छ ।
नेपाली विज्ञापन बजारमा सौन्दयर्ताको बिक्री व्यापक छ । सायद दुनियाँको बजारसँग निरन्तर प्रतिस्पर्धात्मक हुन नसक्ला तर केही हदसम्म भए पनि नेपाली बजारमा सौन्दर्यताको बिक्री बढेको अनुभूत हुन्छ । सौन्दर्यतासँगै कानुनी अडचनमा कायम राखेको सेक्सबजार पनि सानो छैन । बृहत् सेक्सबजारका रूपमा रहेको नेपालमा अहिले पनि सेक्स टुरिज्मको राजनीतिक आवाज निरन्तर उठ्न थालेको छ । 
हो, नेपालको पहिलो उद्योग र निर्यात गर्न सक्ने उत्पादन ऊर्जाको विकास नै हो तर ऊर्जाको विकासमा राजनीतिक इच्छाशक्ति र मुलुकको लगानी व्यापक हुन नसक्दा ऊर्जामा निकै कमजोर बनेको छ, नेपाल । तर, अर्को विशाल उद्योगका रूपमा परिचित बनेको छ, पर्यटन उद्योग । अहिले पनि नेपालमा पर्यटन उद्योग निरन्तर चलायमान छ र पछिल्लो समयमा सेक्स पर्यटनको आवाज उठ्न थालेको छ । सौन्दर्य बजारको आकर्षण पनि सेक्ससँगै जोडिएको हुन्छ तर त्यो पूर्ण होइन, त्यसले अपिलको काम गर्छ तर पूरा सेक्सबजारको व्यवस्थापकीय जिम्मेवारी कानुनी आधारमा राज्यले गर्ने हो भने आम्दानीका प्रचूर सम्भावना देखिन्छन् ।
अतः मुलुकको अर्थतन्त्र वस्तुगत सामग्री र दैनिक उपभोग्य ठोस पदार्थमा मात्र सीमित छैन । मुलुकको अर्थतन्त्र धान्नसक्ने प्रचुर क्षमता अन्य क्षेत्रमा पनि छ । अझ नेपालको तुलनामा पर्यटन नै प्रमुख हो भन्नेमा दुईमत छैन । पर्यटनभित्र पनि सेक्स पर्यटनले व्यापकता पाउन सक्नेमा दुईमत राख्न सकिन्न । विश्वबजारमा प्रकृतिको सुन्दरतासँगै पर्यटनका विविध पाटामा हुने लगानीले अर्थतन्त्रको जग अझ बलियो बनाउने सबैले विश्लेषण गरेकै हुनुपर्छ । उत्तरआधुनिक शैलीमा ढल्किन थालेको नेपाली समाजमा आर्थिक पाटो पनि त्यही समाजको गतिमा दौडाउन सके मुलुक कसो नबन्ला ?

Monday, August 12, 2013

यौन आवश्यकता, हिंसा र बदलिँदो सहर

पूर्वीय संस्कृतिलाई पल्टाउने हो भने वेदहरुमा उल्लेख छन्, यौन कर्मका कथाहरु । हिन्दु धर्मप्रति आस्था राख्नेहरुले कथालाई विश्लेषण गर्ने हो भने उल्लेख छन्, यौन चरित्रका कयन उदाहरणहरु । यद्यपि ग्रन्थ र वास्तविक जीवन फरक हुन्छ । त्यसमा पनि नेपाली जीवनशैली, अल्पविकसित र तहगत भिन्नतामा हुर्किरहेको समाजमा तुलनात्मक विश्लेषण अनिवार्य छ । कति सरकारी अड्डाहरु, नीजि उद्योगहरु, मनोरञ्जनका उद्योगहरु, मिडियाहरुमा यौनहिंसाका घटना बृद्धि भइरहेका छन् ? यो विस्तारै उजुरी, मुद्दा र कारबाहीका ग्राफहरुले सावित गरिरहेका छन् । यद्यपि, प्रकाशमा आएजतिमात्र पनि सत्य होइन, सहरको सत्य फरक छ । सहरको यौनयात्रा फरक छ । यन्त्रहरुको आयात भइरहेको सहरमा यौनका खेलौनाका पसलदेखि गर्भपतनका तथ्यांकमात्र होइन स्वास्थ्यमन्त्रालयले हरेक वर्षमा सार्वजनिक गर्ने यौनसम्बन्धि तथ्यांकहरु सहरको यौनचिन्तनको नजिक छन् । यद्यपि, नेपाली बजारमा दौडिरहेका छापा, विद्युतीय सञ्चारमाध्यमहरुमा आएका बलात्कारका घटनाका समाचारहरु, त्यसमा उल्लेख पीडित र पीडकको कर्महरु तुलनात्मक रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
यो महिनाभरी न्युजडेस्कमा बसेर बलात्कारका घटनाहरुको समाचार सम्पादनगर्ने क्रममा एउटा सामान्य सर्वेक्षण भयो । यौनहिंसाको तहगत सर्वेक्षण । अधिकांश यौनहिंसा बलात्कारका रुपमा आए । ७० वर्षका बृद्धले १२ वर्षकी बालिका, पाँच युवाले सामुहिक बलात्कार यस्ता यस्ता । यो नेपाली समाजमा हुने गरेको, मोफसलमा देखिएको यौनहिंसाको चरम रुप हो । यसबाहेक सहरमा पनि विभिन्न प्रकारले भएहोला, घरभित्र जवरजस्ती पनि भएहोला तिनले सञ्चारको आँगन छुएको भेटिएन । तर, सहरभित्र यौनसँग सम्बन्ध राख्ने योमात्र पनि घटना होइन ।
त्यो वागबजार थियो, जहाँ म केही महिलाहरुले ‘लिभिङ टुगेदर’को आपसी बहसलाई उत्तेजित बनाएको भेटिरहेको थिएँ । एउटा उत्तरआधुनिक समाजमा हुर्किएका केही महिलाहरु थिए सायद– कैला, राता, खैरा कपालधारीहरु । जिन्स, वानपिस, यस्तै नामका बस्त्रधारीहरु थिए जसले बहसलाई अधिकतम सुखका नजरमा कफिको स्वादसँग दशैंको पिँगझैं मच्चाइरहेका थिए ‘लिभिङ टुगेदर इज सिम्पल थिङ’ को अंग्रेजी तर्कसँगै । हो उनीहरुको तर्क एउटा तहको नेपाली समाजका लागि समान्यीकरण गरेर हेर्न सकिन्छ । तर, लिभिङ टुगेदरको न्युनतम आधार के हो ? त्यसको प्रकृति के हो ? र, त्यो कुन अवस्थाका लागि जायज हो ? भन्नेबारेको विश्लेषणयुक्त हुँदा त्यसलाई सामान्यीकरण गर्न सकिन्छ । उनीहरुको बहस एउटा उत्ताउलो समाजको फुर्सदको कथाजस्तो मात्र थियो, जसलाई समाजसँग जोडेर, जाँचेर मुल्यांकन गर्नैपर्दछ ।
नेपाली समाज र त्यसमा हुर्किरहेका महिलालाई अहिलेपनि तीन तहमा राखेर बुझ्न अनिवार्य हुन्छ । पहिलो, उच्चआधुनिक समाज शिक्षित र धनाड्यवर्ग । दोस्रो, निम्नमध्यम वर्ग अर्धशिक्षित समाज र तेस्रो गरिवीको रेखामुनि रहेको महिलाहरुको अशिक्षित समुदाय । यी तिनै समुदायभित्रको भौतिक बनोटमा कुनै फरकपन छैन । तर, सामाजिक संरचनाको भुमिका भने यी समाजहरुमा आकाश पातालको फरक छ । उच्च वर्गका लागि लिभिङ टुगेदरमात्र होइन, मनलाग्दी खर्च गर्न चाहेअनुसारको बस्तु खरिद गर्नका लागि कुनै समस्या छैन । खासगरी सहरमा यस्ता वर्गका लागि सेक्ससमेत खरिद गर्दा सहज रुपमा पाउने व्यवस्था आइसकेको छ । निम्नमध्यमवर्गका लागि संरचनागत रुपमा धनाड्यवर्गभन्दा अलि तल राखेर हेर्नुपर्दछ । यो समाजमा हुर्किएका महिलाहरु भविष्यका द्रष्टा, वर्तमानका सृजना हुनसक्छन् । तर, तल्लो तहका महिलाहरु जे अहिलेपनि घुम्टोमुनी अनुहार राखेर श्रीमान्को विकल्पबारे सोच्न पनि सक्तैनन्, उनीहरुको शैक्षिक तहपनि निक्कै कमजोर छ ।
एक तह जीवनलाई बन्धनको भुमरी राखेर बस्न विवश छन्, अर्को तह तिव्र सहरीकरणको नियोजित उपभोगमा तल्लिन । लाग्न सक्छ स्तम्भकारले महिलाको पाटोलाई फरक ढंगबाट उठायो, हिंस्रक लेख्यो । तर, सहरको तथ्यबाट उम्किएर हिँड्न कोहीपनि सक्तैन । स्थानीय स्वायत्त शासन ऐनको विधयेकको उपभोग होस् वा कानुनी मान्यताको प्रयोगको अवस्था अहिले सहरी महिला फरक ढंगबाट उम्किन थालेका त्यहाँ तयार पारिएको रिपोर्टले बोल्छ । यो आलेख त्यो प्रवित्तिसँग नजिक भएकाहरुप्रति लक्षित हो र प्रवित्तिलाई नयाँ ढंगको नाममा दुरुपयोग गर्ने शैलीको आलोचनाका लागि हो ।
अहिले तिव्र सहरीकरणमा हुर्किएको परिवारमा सम्बन्ध विच्छेदको क्रम कम छैन । अदालत, वकिलका कार्यालयहरुमा यस्तो क्रम निरन्तर बढ्नुको पछाडीको कारण के हो ? यसको रहस्य के हो ? उर्जाशिल समाजमा किन यो क्रम बढिरहेको छ ? यो कमजोरी समाजको सोच्ने तरिकाको हो अथवा केही महत्वकांक्षा र अवसरका नाममा भुक्तभोगीहरुको नियोजित कर्म हो ? एकजना वकिलले भने,– ९० प्रतिशत सम्बन्धविच्छेद महिलाहरुको व्यक्तिगत स्वार्थका कारण हुने गरेको छ । सहरमा यो क्रम निरन्तर बढ्नुको पछाडी पुरुषका दोष भयानक छैनन्, महिलाका दोष नियोजित भेटिन्छन् ।’
एउटा व्यक्ति बहुमहत्वकांक्षा र अधिकतम सुखको चाहनामा बाँच्नु स्वभाविक हो । एउटा समाज छ जो यी बन्धनहरुबाट मुक्त हुन सकेको छैन र महत्वकांक्षालाई बाध्यता र परम्पराको खोलभित्र राखेर हुर्किरहेको छ, अर्को समाज छ जो आधुनिकताका नाममा यी सवै महत्वकांक्षालाई अधिकतम रुपमा प्रयोग गरेर हुर्किरहेको छ । यी दुई समाजमा वडो उदेकलाग्दो सत्यचाँही विवशताको खोलमुनि बसेकाहरुको अधिकारको लडाँई आधुनिकताको उपभोग गर्नेहरुको एनजिओ, राजनीतिक पार्टी, समाजसेवी संगठन र अधिकारवादी संस्थाका नाममा व्यापक हौवाका रुपमा परिभाषित हुन्छ । वास्तविक तप्काको विषयमा गहन किन हुन नसकेको हो ?
‘महिलाको प्रयोग गरेर पुरुषवादी समाजले हिंसा ग¥यो’ भन्ने आवाज व्यापक बनीरहेको छ । तर, वैज्ञापनिक दुनियाँमा हिंसापीडित भएका आवाजहरु किन छैनन् ? हिंसा अरुले गरेका हुन् वा आफैं हिंसापीडित हुने पथमा लागेका छन्, महिलाहरु ? विचरणीय नै छ । जव सुन्दरीप्रतियोगिताको विरोध गरे केही लेखकहरुले, त्यसविरुद्ध उर्लिएको थियो सहर । जव तत्कालिन गृहमन्त्री बामदेव गौतमले यौन कृयाकलापको विरोधमा प्रशासनलाई उतारे, तिनकुनेमा आमसभा गरी उनको पुत्ला दहन भएको थियो । कसैले पनि यी मुद्दाहरुको सहज अवतरणको विकल्प दिने कोसीस गरेको पाइएन । न अधिकारकर्मी, न राज्य न उत्पीडित स्वयम् पनि । यौनहिंसाको आवाज असली पीडितबाट सायदै सुनिएको छ । सायदै उनीहरुले समाजमा, कानुनमा खुलेर कुरा गरेका छन् । सायदै ती मुख्य पीडितहरु जो समाजमा यौनहिंसाको प्रताडनामा परेको उल्लेख गरेर न्याय मागिरहेका छन् ।
एकातिर यस्तो अवस्था हुँदाहुँदै अर्कातिर यौनपर्यटनको आवश्यकता पनि उल्लेख हुन थालेका छन् । यहाँनेर नेपाली बजारको तहविभाजन हुन्छ । यहाँनेर नेपाली समाजबीचको फरक छुट्टिन्छ । एउटा समाज उत्तरआधुनिक पथमा लागिसकेको छ र अर्को समाज परम्परागत न्यायको खोजीमै छ भन्ने यथार्थको पुष्टिकरण यहाँ हुन्छ ।
नारीवादी आन्दोलनसँगै परम्परागत रुपमा पुरुषले मात्र गर्ने भनी विश्वास गरिएको यौन पर्यटनमा महिला उत्पीडित भएको आवाज नउठेको होइन । तर, १९ औं शताब्दीको मध्यबाट सुनिन थालेको थियो– पति, बालबच्चा र घरायासी कामकाजबाट दिक्क भई यौनको मजा खोज्ने धनाढ्य महिलाहरु पुरुष खोज्न थाले । क्यानाडाका महिलाहरु यसमा अगाडी थिए । महिला यौन पर्यटकहरुको गन्तव्यमा सुरुमा दक्षिणी युरोप क्यारेबियन र अमेरिकी राष्ट्रहरु हुने गरे पनि इन्टरनेटमा फिमेल सेक्स टुरिजमको बारेमा सर्च गर्दा नेपालको नाम पनि भेटिन थालेको छ । विशेषगरी पदयात्रामा जाने महिला पर्यटकहरुले नेपालका पुरुष पथप्रदर्शकहरुबाट यौनको स्वाद लिने गरेको पाइन्छ । यसलाई यौन हिंसा भन्ने वा के भन्ने ? यो कुन विश्वको चरित्रले नेपाललाई ढाकिरहेको छ ?
यी सन्दर्भहरुले नेपाली समाजको मुहारलाई खुलाउँछ । यी सन्दर्भहरु नै हुन् नेपाली सहर र गाउँको फरक छुट्याउने यथार्थ । एउटा समाज छ निरन्तर न्यायका लागि लडिरहेको छ, एउटा सहर छ पश्चिमा समाजसँग घुलित भइसकेको छ । सहर बदलिँदो छ, मानिसका सोचहरु बदलिँदा छन् । आधुनिकताले सहर ढाकेको छ तरपनि यथार्थविनाको नियत, नियतअनुसारको पीडा परिवर्तित सहरमा चर्चामय छ ।

Friday, August 9, 2013

साइबर लभ-४

धेरैपछि उनले लेखिन्–‘म कसैको विषयको साधन होइन । मलाई कसैको विषयको साधन बन्ने रहर पनि छैन ।’ मेरो कथाको वालापनमै पोलियोको सिकार हुने खतरा बढिरहेको छ । उनको यो तर्कबाट मेरो कथालाई औंलो लागेको अनुभुत हुन्छ । मुलुकबाट औंलो उन्मुलन भएको कयन भयो होला, मेरो शव्दहरु अहिले पनि यसका प्रभावमा प्रताडित हुन थालेका छन् । 
म अन्तरमनमा शव्दहरुको छालसँग रुमल्लिरहेको छु–एउटा विषयको अन्त्य हुन सक्तैन । तर, त्यसका सन्दर्भहरु फरक कोणबाट वग्न सक्छन् । उनीसँगको मेरो सम्बन्ध कुन कोणबाट वगिरहेको होला ? उनीसँगको मेरो नयाँपन कुन सन्दर्भसँग नजिक होला ? ठ्याक्कै, ठम्याउन सकिरहेको छैन, मैले । उनको तर्क मेरो च्याटवक्समा उत्रिएपछि दोहोरो वार्तालाई कसरी निरन्तरता दिने होला ? प्रश्नहरुसँग छुत्ती खेलिरहेको छु, उत्तरहरुको भेउ पाउन सकेको छैन ।
०००
उनी आजभोली मसँग रुष्ट हुनुका कारणहरु म खोज्न सक्तिन ।
सहर र सहरसँग जोडिएका अनेकन रहरहरु  जोड्न सक्तिन । त्यसमाथि उत्तरआधुनिक समाजमा हुर्किनु र समय विताउनुका रहस्यहरु फरक हुन सक्छन् । म नेपाली समाजसँग गतिशिल बनेर नयाँ समाजको नजिक जान खोजिरहेको छु–इन्टरनेटको सुत्राधार मार्फत, बारम्बार । उनीसँगको मेरो सम्बन्ध यहाँ होइन, त्यहाँ फरक ढंगबाट अघि बढ्नेछ भन्ने मेरो कल्पनामा अडिएको थियो । तर, लाग्छ, यो भताभुंग हुँदैछ । उनमा आएको क्षणिक परिवर्तन, उनमा आएको नयाँ चिन्तन, उनले अँगालेको नयाँ सोच, उनले सोचेको पश्चगामी समाजको चित्रसँग । पश्चगामी, पश्चिमा पश्चगामी सोच ।
०००
उनी बारम्बार जीवनको आकारको कुरा गर्थिन् । उनका शव्दहरु उमेर योगसँग निरन्तर जोडिएका हुन्थे । प्रेमलाई वास्तविकतासँग नजरअन्दाज गर्ने उनको शैली थियो । त्यसैले उनी पीरामिडको कुरा गर्थिन् । भारी बर्षा भइरहेको छ, बाहिर । असिना खसेको छैन, टिन बज्रिरहेको छ । सहरको गल्ली खहरे भएको छ, विजुली आउने जाने निरन्तर चलिरहेको छ । विछ्यौनाको कुनामा सिरानीलाई आड लगाएर म इन्टरनेटको इनबक्स कोट्याइरहेको छु ।
‘पीरामिडको कुरा गर्छौ तिमी । प्रेममा पीरामिडको अवस्था जहिलेपनि सुल्टोबाट दौडिरहेको हुन्छ । सायद, जीवनको सुरुआत, कर्मको बाटो उल्टो पिरामिडबाट बगेका कारण मेरो प्रेमको महत्व उल्टोबाट सुरु हुन्छ, तिम्रो प्रेमको महत्व सुल्टोबाट अभिव्यक्त हुन्छ होला ।’ मैले कोरेको शव्द उत्रियो, रहरमा, लहडमा फेरि ।
०००
घरि घरि लाग्छ, बाघ भोको हुँदा घाँस खाने कथा मैले सुनेको छैन । मेरो जीवन बाघको खुवाइको अर्थसँग जोडिएको छैन । म सँधैभरी कमिलाको दिनचर्यालाई कायम राख्ने मान्छे । गन्तव्य कहाँ हो ? थाहा छैन तर फुर्सद छैन । निरन्तर यात्रा चलिरहेको छ, भारी बोकिरहेको छु । समाजको, सहरको, रहरको, बाध्यताको, कर्मको, निरन्तर । उनका यस्ता टिमुर्केका कुराकानीले घरिघरि मलाई रनाहा छुटाउँछ । च्याटबक्समा उनीमात्र हैन, मेरा लागि पनि केही मान्छे मरिहत्ते गरेर बसीरहेका छन् भन्ने पनि लाग्छ । तर, उनीसँगको संवाद एउटा भावनाको पुलिन्दा बनाउन सक्षम भएका कारणले मैले त्यो कारणलाई निमिट्यान्न बनाउने सोच पनि गर्न सक्तिन । उनीसँगको संवाद भनेको लिलिपुटहरुको सहरमा गएर भाषण गरेको होइन, विल्कुल मनदेखि मुटुको चालदेखि ध्यान एकछत्र केन्द्रित भएको विषय हो । ‘विषय मैले बनाउन खोजेको होइन, मैले पात्र पनि खोजेको होइन, तिमी त्यो चिज हौ जुन मेरो सृजनासँग घुलित भएर संवादको चरणमा आयौ तर संवेदनाको वेगपनि साथै ल्यायौ ।’ म उनलाई भनिरहेको छु ।
०००
‘मान्छे कति वासना आउँछ र कति गन्हाउँछ भन्नेले उसका दुइटा बाध्यताहरुमाथि प्रकाश पारिरहेको हुन्छ । वासना आउँदा ऊ सोखको जीवनलाई संगालिरहेको हुन्छ र पूँजीवादी अर्थतन्त्रको वकालत गरिरहेको हुन्छ, गन्हाउँदा ऊ क्रान्तिकारी र सामान्य आधारभुत अधिकारको आँसु छाडिरहेको हुन्छ । म पनि नदेखिनेगरी शव्दबाट थोपाहरु चुहाउँछु अलि–अलि, त्यसकारण तिम्रो बासनासँगको सम्बन्ध मेरो पसिनाले कसरी गाँस्न सक्ला ?’, उनको इनबक्सतिर म पोष्ट गरिरहेको छु । यो मेरो पछिल्लो पोष्ट खसेपछि उनी मसँग आक्रोशित भइन होला, म सोचीरहेको छु । जव झरीका लागि वादलको आवश्यकता पर्न छाडिसक्यो, घामका लागि दिनको आवश्यकता पनि हुन छाड्यो, उज्यालोका लागि अँध्यारोको महत्व घटिरहेको विश्वमा मेरो शव्दमाथि क्रोध जन्मनु कुने नौलो होइन । तर, म निरन्तर उनलाई संवेदनाको अर्थ बुझाउनका लागि यी सवै कुराहरु गरिरहेको छु ।
हुँदो रहेछ, जव आकाशबाट ताराहरु झिलमिलाएर धर्तीमा खसौंला झै गर्छन्, यानहरु धुवाँको रेखा छाडेर अर्को विश्वमा पुगेको संकेत गर्छन्, आकाशतिर नियाँलेर त्यता आउने रहर ।
मान्छे कति कल्पनामा पनि बाँचेको हुन्छ, कल्पना जव यथार्थको बलेसींमा बजारीन्छ, मानिसमा केही परिवर्तन हुन सक्छ तर त्यहाँभित्रको प्रेम अजम्बरी नै हुन्छ । त्यसकारणपनि आकाशतिर नियाँलेर केही महत्वकांक्षामुखि प्रेमिल दिनको कल्पना स्वभाविक हुन थालेको छ ।
यो दुनियाँ छुटे पनि, नरहेपनि मेरो प्रेम उनीप्रति, कम हुने हैन, उनले माने पनि नमाने पनि, उनले ठानेपनि नठानेपनि, उनले यो बाटो मोडेर अन्तैतिर लागेपनि आखिर फूलहरुको संसारमा म रुमल्लिसकेको थिएँ, त्यसलाई परिवर्तन गर्न सक्तिनन् उनले पनि । फूलहरुले आफ्नो अर्थ थाहा पाउने भए ओइलाउँदैन थिए होला, आवरणको सुन्दरता फूलसँगको तुलनाका लागि काफि होला, म आवरणसँग हैन अन्तरमनसँग घुलित हुने कोशिशमा थिएँ, उनले मलाई रेसपोन्स गरिनन्, किन ? योसँग पनि अव सरोकार हुन छाड्यो । म फूलसँग प्रित लाउनका लागि फूलको प्रतिक्रियाहरुको पर्खाइमा रहन्न अव, अक्षरहरु जोडिरहेको छु । किनभने म सहरको एउटा कोठामा बन्दिजस्तो छु । अन्तरमनको बन्दि । आफ्नै बन्दि । आफ्ना शव्दहरुको घेराभित्रको बन्दि, अन्तरसंवादबाट पीडित भएको छु । यसको उद्दार शव्दबाट नै हुन्छ, उनको शव्दबाट, आश छ हुनेछ । म त्यसको प्रतिक्षामा फेरिपनि इनबक्समा नियाँलिरहेको छु । मेरो इनबक्स निक्कै बेरसम्म पनि खाली छ, रातको २ बजीसकेको छ, यहाँ । काठमाण्डू निधाइसकेको छ, बस म जागेको छु । विरालो कराउन थालिसके, भूतहरु जागे सायद । तर, म निरन्तर इनबक्सतिर नियाँलिरहेको छु.....निरन्तर, बारम्बार, फेरिपनि ...उत्तरको पर्खाइ छ ।
  

Sunday, August 4, 2013

हिंसा केलाई मान्ने ?

मानिस प्राकृतिक प्राणी रहेका कारण प्रकृतिले दिएका हरेक गुणहरुसँग नजिक हुन्छ भन्नेमा कोही पनि मतभिन्नतामा रहन सक्तैनन् । यसकारण पनि मानिसमा यौन चाहना हुनु अस्वभाविक होइन, यौन आकर्षण हुनु अस्वभाविक होइन । विश्वमा गरिएको सर्वेक्षणले एक पुरुषले दिनमा नौ पटक यौन चाहनाको इच्छा राखेपनि महिलाले १९ पटकसम्म राख्ने रिपोर्टको तथ्यसँग कोही भाग्न मिल्दैन । अहिले नेपाली समाज, सहर र काम गर्ने प्रतिष्ठानहरुमा यौन हिंसाको कुरा निक्कै व्यापक हुन थालेको छ । अझ, मिडिया हाउसका चर्चा कम छैनन् । तर, के यसमा कसको दोष छ ? मिडियामा काम गर्नेहरुको मात्र हो ? अथवा यसको प्रमुख कारण के हो ? यसबारेमा टिप्पणी गर्नु स्वभाविक ठानेर व्लगमार्फत केही धारणा राख्न चहान्छु । यो मेरो व्यक्तिगत विचार भएकाले पनि यसलाई सार्वजनिक गर्नका लागि व्यक्तिगत व्लगलाई नै आधार बनाएको हुँ ।

–एउटा टेलिभिजन कार्यक्रमको रिपोर्ट देखेर म छक्क परें । महिला हिंसाको नाममा सार्वजनिक सवारीसाधनको अवैज्ञानिक भिडियो सहित देखाइएको थियो, रिपोर्ट । बाध्यताको यात्रालाई हिंसाको कोणबाट प्रस्तुत गर्ने समाचार कक्षलाई बधाई छ । तर, यदि महिला हिंसाकै रिपोर्ट गर्ने हो भने डिस्को, डान्स र बारमा किन रिपोर्टटिंग नगरेको ? त्यहाँ हिंसा छैन ? यौनहिंसा छैन ?

–क्षमता, हिम्मत र कार्यशैली भन्दापनि रुपको योग्यता निक्कै महत्वपूर्ण हुने गरेको छ । त्यसकारण पनि विश्वामित्रको ध्यान भंग भएको थियो भन्ने पौराणिक कथाहरु पढ्दा हुन्छ । त्यस्ता मेनकाहरु जसले अवसरका लागि अहिलेको नेपाली समाजमा आफ्नो रुपलाई बजारीकरण गरेका छन्, तिनले के गरिरहेका हुन् ? तिनका कारणले अन्य मानिसको सामाजिक प्रतिष्ठा र प्रतिष्ठानमा रोजगारीमाथि हिंसा भएको छैन ?

–हो, बलात्कार हिंसा हो । दुव्यर्ववाहार हिंसा हो । अनिच्छासँग जवरजस्ती हिंसा हो । तर, मनपरेसम्म सहमति र मन नपरेपछि हिंसा भनी गर्ने उजुरीको परम्पराले नेपाली समाजका प्रतिष्ठानहरुमा काम गर्नेको चरित्रहत्याको क्रम कहिलेसम्म हुने हो ? अरुलाई खराब देखाएर आफु पानीमाथिको आभानो बन्ने कानुनको के अर्थ भो ?

–आफ्नो अवसरका लागि जे पनि गर्न तयारहरु मिडिया, फिल्म र अन्य निकायमा देखिएको छ । वैंकिंग क्षेत्रको कुरा पनि निक्कै छन् । यीनलाई कुन रुपमा व्याख्या गर्ने हो ? कसरी विश्लेषण गर्ने हो ?

–पुरुषले गरेको जबरजस्ती हिंसा भएजस्तो महिलाले गरेको जबरजस्तीलाई हिंसा मान्ने कि नमान्ने ? पुरुषवादी सोच भनेर लगाइने आरोप सहरका लागि शोभनीय छैन, सहरका हरेक घरहरुमा महिलाको हुकुमी शासन छ, त्यसलाई के भन्ने ?

हिंसाको व्याख्या गर्ने तरिकाले अहिले समाजमा फरक प्रकारको सन्देश जान थालेको छ । एक प्रतिष्ठित व्यक्तिको नाममा माथि हिंसाको कुरा उठाउँदा ठूलै मिडियाबाट उनको जागिर गयो, अन्ततः उनीमाथि लागेको मुद्दामा उनले जित हासिल गरे । यो के थियो ? अर्का व्यक्तिलाई अवसरका लागि अनेक प्रलोभन र मोहजालमा फँसाएर पछि हिंसाको नाममा उनको रोजगारीलाई ध्वस्त बनाइयो, यसले के सन्देश दिन्छ ? अहिलेपनि हिंसाको नाममा विभिन्न व्यक्तिहरुको कार्यगत सफलतामाथि धावा बोल्न थालिएको छ, उनीहरुको भविष्यलाई डुवाउने नियतलाई अधिकार भन्ने कि उनीहरुमाथि भएको हिंसा ? समाजमा एउटा महिलाको इज्जत जति गहन र महत्वपूर्ण छ त्यति नै पुरुषको पनि हुन्छ । जिम्मेबारी अझ बलियो हुन्छ । समाज अहिले नै व्यवाहारिक भइसकेको छैन, समाज अहिले नै सहरीकरण भएको छैन । एउटा पुरुषको काँधमा परिवारका अनेक सदस्यहरुको भविष्य जोडिएको हुन्छ, उसको चरित्रहत्याले परिवारकै हत्या हुन्छ । समाजको यथार्थको रेल यो लिकबाट दौडिरहेको छ । एक पल्ट गहन विश्लेषण गर्ने हो की ?

यस्तो खबर आएको छैन– कुनै महिलाले यौनहिंसा गरिन् भन्ने । यस्तो घटना सार्वजनिक भएको छैन, जसले महिलाको चरित्रमाथि दाग लागोस् । तर, यस्तो घटना सार्वजनिक भइरहेका छन्, पुरुषले यौनहिंसा गरेको छ । ति घटनाले सम्भावना बोकेका विज्ञहरुसमेतको भविष्यलाई ध्वस्त बनाउँदै गइरहेको छ । समाज सहि बाटोतिर लम्किन सकोस् ।