Friday, May 24, 2013

कामदेव एक परिचय

  • स्वयं भगवान विष्णु रमा-वैकुण्ठ में भगवती लक्ष्मी द्वारा कामदेव रूप में आराधित होते हैं।
  • ये इन्दीवराभ चतुर्भुज शंख, पद्म, धनुष और बाण धारण करते हैं।
  • सृष्टि में धर्म की पत्नी श्रद्वा से इनका आविर्भाव हुआ।
  • दैव जगत में ये ब्रह्मा के संकल्प के पुत्र माने जाते हैं।
  • मानसिक क्षेत्र में काम संकल्प से ही व्यक्त होता है। संकल्प के पुत्र हैं काम और काम के छोटे भाई क्रोध। काम यदि पिता संकल्प के कार्य में असफल हों तो क्रोध उपस्थित होता है।
  • कामदेव योगियों के आराध्य हैं। ये तुष्ट होकर मन को निष्काम बना देते हैं।
  • कवि, भावुक, कलाकार और विषयी इनकी आराधना सौन्दर्य की प्राप्ति के लिये करते हैं। इन पुष्पायुध के पंचबाण प्रख्यात हैं। नीलकमल, मल्लिका, आम्रमौर, चम्पक और शिरीष कुसुम इनके बाण हैं। ये सौन्दर्य, सौकुमार्य और सम्मोहन के अधिष्ठाता हैं।
  • भगवान ब्रह्मा तक को उत्पन्न होते ही इन्होंने क्षुब्ध कर दिया। ये तोते के रथ पर मकर (मछली) के चिह्न से अंकित लाल ध्वजा लगाकर विचरण करते हैं।
  • भगवान शंकर समाधिस्थ थे।
  • देवता तारकासुर से पीड़ित थे।
  • भगवान शिव के पुत्र से शक्य था। देवताओं ने काम को भेजा। एक बार मन्मथ पुरारि के मन में क्षोभ करने में सफल हो गये, पर दूसरे ही क्षण प्रलयंकर की तृतीय नेत्रज्वाला ने इन्हें भस्म कर दिया। कामपत्नी रति के विलाप स्तवन से तुष्ट आशुतोष ने वरदान दिया- 'अब यह बिना शरीर के ही सबको प्रभावित करेगा।'
  • कामदेव अनंग हुए। द्वापर में भगवान श्रीकृष्ण के यहाँ रुक्मिणी के पुत्र रूप में ये उत्पन्न हुए।
  • भगवान प्रद्युम्न चतुर्व्यूह में से हैं। ये मन के अधिष्ठाता हैं। 
  • कामदेव मन्त्र
    “ॐ नमो भगवते काम(देवाय श्रीं सर्व(जन(प्रियाय सर्व(जन(सम्मोहनाय ज्वल(ज्वल, प्रज्वल(प्रज्वल, हन(हन, वद(वद, तप(तप, सम्मोहय(सम्मोहय, सर्व(जनं मे वशं कुरु(कुरु स्वाहा।”

छरपष्ट राजनीति, वेतुकको कथा


विनोद ढकाल 

चित्रण १
एनेकपा माओवादी युद्ध छाडेर सडकमा आएपछि आधुनिक समाजमो सवैभन्दा चर्को विरोधीका रुपमा उत्रियो । लेखक खगेन्द्र संग्रौलालाई अगाडी सारेर ‘ग्लयामरको चर्को प्रतिरोध आन्दोलन पनि तताएको थियो । फलतः एउटा सुन्दरी प्रतियोगिता रोकिएको थियो । यो प्रसंग यसकारण पनि आलेखमा अनिवार्य छ की विषय रेखा थापाजस्तो हट केक लाई एमाओवादीमा टिका लगाएर व्यापक स्वागत गरिएको छ । निशव्द छन् तथाकथित सुन्दरीप्रतियोगीताका विरोधी तत्कालिन एमाओवादी महिला नेतृहरु पनि । 
चित्रण २
रेखा थापा । छविराज ओझासँग सम्बन्धविच्छेद भएकी एउटी महिला । नेपाली चलचित्र उद्योगमा राम्रो नाम कमाएकी एक अभिनेतृ । नेपालको सन्दर्भमा चलेकी ‘सेलिव्रिटि’ । अनेक परिचय रेखाका लागि उपयुक्त छन् । उनको नयाँ परिचय पनि थपिएको छ, एकीकृत नेकपा माओवादी कार्यकर्ता । अहिले योङ कम्युनिष्ट लिगमा उनको खुवै चर्चा छ । तत्कालिन सभासद् तथा वाइसीएलका उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापालाई उनले भाइटिका लगाएको र अहिले पार्टी प्रवेश गरेको विषयको पनि । सहरमा चन्द्रबहादुर थापा बाहेक रेखा थापासँग भाइटिका लगाउन चहाने अनेक थापाहरु सडकमा छन् । रेखाले किन सडकका थापाहरुसँग टिका लगाइनन् ? प्रश्नको चक्रव्युहबाट उत्तर खोज्ने अभिमन्यु कोही हुनसक्ला । सायद, यसको जवाफ छविराज ओझालाई थाहा होला । तर, सामान्यतया सरसर्ती विश्लेषण गर्ने हो भने ‘शक्तिकेन्द्र सम्बन्ध’को नीतिको एउटा साधारण उदाहरण थियो, त्यो । अन्य अनेक उदाहरण पनि छन्, शक्तिकेन्द्रमा पुग्ने महत्वकांक्षामा मान्छे कति हदसम्म लाग्छ भन्ने । 
बहस र विस्तार 
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई क्याविनेटले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने समयमा निक्कै कलाकारहरु शक्तिकेन्द्र नजिक धाएका थिए । पप्पु मरवैता अध्यक्ष नियुक्त हुनुभन्दा अघि विभिन्न प्रकारका आन्दोलन र अनशनका नाटकीय चरित्रले कलाकारको पगरी लगाउनेहरुको अनुहारलाई उतारेकै हो । महानायक भनिएका राजेश हमालसम्मको अनुहार आन्दोलनमा देखिएको थियो । त्यसअघि, क्याविनेट वैठक अघि संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा भएको संवादाको  एउटा अर्को नाटक यतिवेला राख्नैपर्ने हुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री रेखा थापालाई विकास बोर्डअध्यक्ष बनाउनका लागि तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले आग्रह गरेका थिए । जवाफमा राजकिशोरले भनेका थिए,‘चलचित्र विकास बोर्ड कुनै ‘...स्टार’ थन्काउने ठाउँ हैन । अन्य निकायमा आफ्ना मान्छे नियुक्त गरेर थाकेको एमाओवादीको भागमा चलचित्र विकास बोर्डमा नियुक्त गर्ने राजनीतिक भागवण्डाको अधिकार पनि थिएन । कुरा सेलायो, सकियो । एउटा चलेको साप्ताहिक अखबारअनुसार सोही समयमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य गणेश लामालाई भेट्न पनि भ्याइन्, रेखा थापाले । उनको धेय थियो, विजयकुमार गच्छादारसँग सम्बन्ध स्थापित गरेर विकास बोर्ड अध्यक्ष हुने । तर, भागवन्डाका आधारमा गच्छादारको पनि त्यहाँ केही सीप चल्नेवाला थिएन र चलेन पनि । 
उल्लिखित घटनाक्रम चलचित्र विकास बोर्डको राजनीतिक नियुक्तिका लागि रेखा थापाले कतिसम्म प्रयास गरिन् भन्ने देखिएका उदाहरण हुन् । यी बाहेक उनले कति प्रयास गरिन्, कस्ता–कस्ता मान्छेहरुसँग भेटिन र कुन कुन शक्तिकेन्द्रसम्म पहुँच बनाउने प्रयत्न गरिन् भन्ने नेपाल टेलिकमको कल डिटेलमा होला । थापामात्र किन ? यहि पदका लागि निक्कै कलाकार भन्न रुचाउनेहरुको अभ्यास लामो थियो । उनीहरु खुलेर कार्यकर्ता हुन सकेनन्, भएकाहरु खुल्न चाहेनन् । यसका विविध कारण हुनसक्ला । 
रेखा थापाको यो पार्टी प्रवेश गर्ने काम साँच्चै माओवादीको विचारसँग प्रभावित भएर हो अथवा अवसरका लागि हो ? भन्ने विरोधाभाष चर्चा सहरमा उल्लेख्य रुपमा चलिरहेका छन् । यसलाई ‘रेखा थापाको तातो बहस’ नामाकरण गरिसकिएको छ ।
क्लाकारिता र राजनीतिको अन्तरसम्बन्ध कति छ थाहा छैन । कुनै कुनै अर्थमा यी दुई र फरक धारको परोक्ष सम्बन्ध हुनसक्ला । तर, जसरी अहिले खुलेर देखिन थालेको छ, यो नेपाली कला उद्योगका लागि र राजनीतिका लागि पनि हानिकारक देखिएको छ । नेपालीले विर्सेका छैनन्, तत्कालिन राजा ज्ञानेन्द्रले आह्वान गरेको चुनावी प्रचारका लागि मनिषा कोइराला काठमाडौंमा खटिएकी थिइन् । यो दुश्प्रयासको नमुनाले न राजाको क्रेज बढाएको थियो, न तत्कालिन चुनावको मान्यता नै रह्यो । ठ्याक्क यहि पथबाट एमाओवादी आफ्नो चुनावी सभा र विरोधका कार्यक्रममा कार्यकर्ता भुलाउनका लागि कतै रेखा थापाहरुको प्रयोग गरिरहेको त छैन ? राजनीतिक कोणबाट पनि दृष्टिगत गर्न आवश्यक छ । कलाकारले विश्लेषण गर्नुपर्ने अनिवार्यता कति छ, त्यो व्यक्तिमा नीहित सवाल भयो । 
एउटा राम्रो कलाकारको ‘स्टारडम’ जीवन्त राख्नका लागि उसको कलाकारिताको संघर्ष नै काफी छ । नेपाली चलचित्र क्षेत्रमा रेखा थापाको स्टारडम एउटा उचाइसम्म पुगेको महसुस गर्नुमा आपत्ति हुने थिएन । तर, अहिले आफ्नो कलाकारिताको हैसियत गिरेको हो भन्ने प्रमाण उनी आफैंले अनेक कामहरु गरेर प्रमाणित गरिरहेकी छन् । त्यसकारण उनी आफ्नो नयाँ पहिचानको खोजीमा पार्टीविशेषमा प्रवेश गरिन् । उनीसँग एमाओवादी प्रवेश गर्ने नेतृ उर्मिला अर्यालले पार्टी परिवर्तन गर्नु त्यति नयाँ कुरा होइन । उनको जीवन नै यस्तैमा वितेको छ । तर, शक्तिको आडमा आफुलाई यहि क्षेत्रमा टिकाइराख्ने अथवा सभासद् हुने अभिलासामा पार्टी प्रवेश गर्नेहरुको लस्करले उसको एउटा परिचयलाई जीउँदो कदापी राख्न सक्तैन । मलाई सम्झना छ– जव माधव नेपाल सरकार गिराउनका लागि माओवादीले वेतुकको आन्दोलन छेडेको थियो त्यसबेला रेखा थापाले प्रचण्डसँग कम्मर मर्काएको चर्चा वेतोडले चलिरहेको थियो । लगत्तै माओवादीले विराटनगरमा गरेको सभामा तत्कालिन एमाओवादी नेता सीपी गजुरेलको सम्बोधनका क्रममा पनि उनी त्यहाँ कम्मर लर्काउन पुगेकी थिइन् । त्यसैबेला पत्रकारद्वय सुविद गुरागाँई, नविन गड्तौला र मैले उनीसँग लामो समय कुराकानी गरेका थियौं । उनको माइतीघर सलकपुरमा कालो चिया पिएर उनीसँगको कुराकानी लामो भएको थियो । स्मरणका लागि उनले खैरो रंगको टिसर्ट र कालो हाफपाइन्ट लगाएको पहिरनबारे भन्नु सावितीका लागि सान्दर्भिक होला । त्यसबेला उनले भनेकी थिइन्,‘कलाकारको पार्टी हुन्न । म माओवादी होइन, बन्न पनि सक्तिन ।’ उनको त्यो भनाईमा दम नरहेको अहिले सावित भएको छ । यद्यपि, मानिस स्थिर र स्वतन्त्र भएर बस्न सक्तैन । यो तथ्यसँग उनले पनि सामिप्यता देखाइन् । उनी एमाओवादीको विचारसँग सहमत हुनु नयाँ कुरा होइन । सहरमा निक्कै रेखा थापाहरु छन् । जो, शक्तिकेन्द्रहरुको शरणमा पुगेर महत्वकांक्षाको ‘इम्प्लिमेन्ट’ गर्न चहान्छन् । मौका थोरैले पाउने गर्छन । यो ‘मौका’ कसरी आइलाग्छ ? कसरी पाइन्छ ? कसरीको जवाफ जनताले थाहा पाउनुपर्ने अनिवार्यता भइसकेको छ । 
प्रचण्ड गसिप
मानिस चर्चाको यतिविध्न लुव्धो हुँदो रहेछ की त्यसले अनेक हत्कण्डालाई विभिन्न प्रकारबाट जारी राख्दछ । एमाओवादी अध्यक्ष प्रचण्डलाई थाहा छ, राजनीतिमा गसिप अनिवार्य हुनुपर्छ । उनी यो योजनाबाट सदाबाहर चर्चामा आइरहने व्यक्ति पनि हुन् । चाहे रेखा थापासँग नाचेको विषय होस् अथवा भैंसीको पुच्छर समाएर पुजा गरेका कथा हुन् । यी दुई चरित्र चलचित्रक्षेत्र र राजनीति क्षेत्रमा गसिपलाई प्रेम गर्ने व्यक्ति हुन् । जंगबहादुरदेखि बुद्ध बन्नेसम्मका घोषणा हुन् अथवा राजनीतिक छलका कथाहरु हुन्, प्रचण्ड कहिलेपनि मिडियाबाट टाढा भएका छैनन् । 
मानिस शक्तिकेन्द्रको नजरमा त्यतिवेलासम्म रहन्छ जतिवेलासम्म सहरमा उसको चर्चा हुन्छ । प्रचण्डको दिमाग र रेखा थापाको मनोवैज्ञानिक तिक्ष्णता समानजस्तै छ । कति कलाकारहरु खासगरी हिरोइनहरु जवानी सकिनासाथ चलचित्रबाट सकिएका छन् । रेखा त्यो लहरमा उभिने मान्छे होइन । अनेक रुपमा मिडियाको नजरमा छाइरहने मान्छे हो । उनका विभिन्न प्रकारका हत्कण्डाहरु प्रचण्डभन्दा कम छैनन् । छविराज ओझासँगको विवाह, सम्बन्ध र छोडपत्र होस् अथवा राजनीतिक दल प्रवेशका कुरा हुन् । मिडियालाई गाली गर्ने चालचलन होस् वा अन्य प्रकारका हर्कतहरु सदावहार रुपमा उनलाई चर्चामा राख्ने विषय बनेका थिए । ठिक प्रचण्ड समान । त्यसकारण पनि प्रचण्डको पार्टी र रेखाको लामै समयसम्म ताजा हुनसक्ने सम्भावना कोर्न सकिन्छ ।
जेहोस् एक परिवर्तनका अनेक कोणहरु देख्न पाइन्छ । सिद्धान्त परिवर्तन नभई व्यवाहार परिवर्तन भएको राजनीतिक दल र व्यवाहार यथावत राखेर सिद्धान्त परिवर्तन गर्ने कलाकार । यस्तै हुन्छ सायद, अस्रेल्ल राजनीति भएको मुलुकको वेतुकको कथा ।  

Thursday, May 23, 2013

खाडी अर्थात् पीडाको खाडल

डी. विनोद
दाङको तुलसीपुरकी फूलमाया तामाङ हाउसमेडको कामको लागि साउदी अरब पुगेकी थिइन् । काममा लाग्नासाथ विरामी भएकी फूलमाया विरामी भएपछि अहिले रियादस्थित नेपाली दुतावासको शरणमा छिन् । उनलाई नेपाल पठाउनका लागि दुतावासले गरेको पहल प्रकृयामा छ ।
दुई वर्ष अघि रोजगारीको खोजीमा साउदी अरबको रियाद पुगेकी उनी घरेलु कामदारका क्रममा पुगेकी थिइन् । तर, कामको चापका कारण उनी विरामी परिन । अहिले उनी दुतावासमा छिन् । रियादस्थित नेपाली दुतावासले जनाएअनुसार उनको नेपाल फिर्तिका लागि आवश्यक प्रकृयाकोक्रम चलिरहेको छ ।
रोजगारीको खोजीमा साउदी अरब लगायत खाडीका कतार, ओमान, बहराइन, युएई पुग्ने महिला कम छैनन् । श्रमस्वीकृति लिएर पुगेपनि विभिन्न प्रकारको समस्याको शिकार भएका उनीहरु नेपाल फर्किने तयारीमा छन् । कतिपय दुतावाससम्म पुग्नका लागि पहल गरिरहेका छन् भने धेरैजसो दुतावासको शरणमा पुगिसकेका छन् । दुतावासकै शरणमा रहेकी अर्की महिला हुन्, धनकुटाकी विमला राई । उनीपनि हाउसमेडको कामको लागि २०११ मा साउदी अरब पुगेकी थिइन् । ‘साउदीमा यस्ता धेरै महिलाहरु दुतावासको शरणमा छन् । झण्डै पाँच सयभन्दा बढि महिलाहरु अहिलेपनि मुलुक फर्किने धुनमा छन् ।’ दुतावासको सेफ हाउसमा राख्नसक्ने बाहेकका महिलाहरु पनि मुलुक फर्किनका लागि दुतावासको कोठाचोटा धाइरहेका छन् ।
पर्वतकी सोमकुमारी श्रेष्ठ हुन् वा चितवनकी सावित्रि सापकोटा उनीहरु पनि मुलुक फर्किने ध्याउन्नमा रहेका छन् । दुतावासका एक अधिकारीका अनुसार नेपाली महिलालाई साउदीमा राम्रो व्यवाहार नभएका कारण निक्कै महिलाहरु फर्किनेक्रममा लागि परेका छन् ।
साउदीमात्र होइन यस्ता पीडा सहेर कतारलगायतका मुलुकमा पनि महिलाहरु दुतावासको शरणमा पुगेका छन् । बैदेशिक रोजगारीका सिलसिलमा कतारमा घरेलु कामदारको रुपमा ३० महिनादेखि कार्यरत मोरङग मधुमल्ला–१ की २३ बर्षिया बलिमाया राई गत साता दुतावासको शरणमा पुगेकी थिइन्  । उनी एक प्यालेष्टाईनीको घरमा ८ सय रियाल तलबको सर्तमा घरेलु कामदारको रुपमा काम  गर्दे आईरहेकी थिईन् । उनी एक पटक घर फर्केर फेरि काम गर्न पुगेकी थिइन् । तर, उनले समयमा तलब नदिने र घरमा जति काम गरेपनि गाली खानुपर्ने बाध्यता व्यहोर्नु प¥यो । उनले भनिन्,‘काम ज्यादा गर्नुपर्ने तर समयमा तलव नदिएपछि म भागेर दुतावासको शरणमा आएकी हुँ ।’
उनलाई आफ्नै भिनाजु भगीरथ पौडेलले घरेलु कामदारको रुपमा कतार पु¥याएका थिए । भिनाजुले आपूm कार्यरत अफिसका मेनेजरका घरमा ल्याएका थिए । काम सजिलो र घरमा बच्चामात्र हेर्ने काम भनेर पु¥याएपनि सबै काम गर्नुपर्ने पिडीतले दुतावासमा गुनासो गरिन् । उनले दश महिनासम्म तलव पाएकी थिइनन् । उनलाई पुन घरमा काम गर्न बोलाएपनि अव काम गर्न घरमा नजाने र नेपाल फिर्ता जाने सोचकासाथ दुतावासको शरणमा आएको उनले बताइन् । उनी मुद्दिर भन्ने व्यक्तिको घरमा कामदारका रुपमा थिइन् । उनी रोजगारीका लागि कतारबाहेक अन्य मुलुक नपुगेको बताइन् ।
कतारमा यस्ता पीडित नेपाली युवती निक्कै रहेको त्यहाँस्थित राजदुत मायाकुमारी शर्माले बताएकी छन् । कतार लगायत सोही दुतावासले नियाँलिरहेको ओमान, बहराइन लगायतका मुलुकमा पनि नेपाली युवतीहरु समस्यामा रहेको खबर आउने गरेको उनले बताइन् । सम्बन्धित मुलुकहरुमा विभिन्न माध्यमबाट पीडित महिलाहरुको जानकारी लिने काम प्रकृयागत ढंगबाट भइरहेको शर्मालाई उदृत गर्दै कतारस्थित पत्रकार रवी रोषीले जनाएका छन् ।
एक सय १४ दालाल पहिचान
नेपाली महिलालाई वैदेशिक रोजगारीका लागि व्यक्तिगत भिसामा बोलाएर खाडी लगायतका मुलुकमा अलपत्र पार्ने एक सय १४ जना दलाल सक्रिय रहेको खुलेको छ । ‘दलाल अरुपनि हुनसक्छन् तर दुतावासले पहिचान खुलाएका ती दलालहरुको बारेमा परराष्ट्र मन्त्रालयसम्म जानकारी पठाइएको छ ।’ साउदीअरबस्थित नेपाली रादुत उदयराज पाण्डेले भने,‘उनीहरुलाई कारवाही गर्ने र दलालीलाई बन्द गराउने हो भने नेपाली महिला साउदीलगायतका खाडी मुलुकमा समस्यामा पर्ने छैनन् ।’
साउदी अरवमा उद्दार गरिएका घरेलु कामदार महिलाहरुको उजुरीको आधारमा ती दलालहरुको पहिचान भएको थियो । दुतावासले पठाएको जानकारीकै आधारमा सरकारले एक छानविन समिति गठन गरि कार्वाहीको प्रकृया सुरु गरेको थियो । दलालहरुले महिला कामदार पठाउन नेपाल सरकारले स्वीकृत नदिएका साउदी अरेविया, ओमान, वहराइन जस्ता देशमा घरेलु कामदारको रुपमा पठाउने गरेका छन् ।
दलालहरुले एयरपोर्टमा ‘सेटीङ’ मिलाएर, भारतको बाटो प्रयोग गरेर एवं गलत कागजपत्रको प्रयोग गरेर नेपाली महिलाहरुलाई ति देशहरुमा गैरकानुनी रुपमा पठाउने गरेको अध्ययनले देखाएको छ । घरेलु कामदारको रुपमा साउदी अरव लगायतका देशहरुमा पुगेका नेपाली महिला कामदारहरु मानव वेचविखन तथा ओसारपसारमा पर्ने, मानसिक तथा शारिरीक हिंसामा पर्ने, अनिच्छुक गर्भधारण गर्नुपर्ने लगायतका समस्या भोग्दै आएका छने । अवैध रुपमा दलाल मार्फत पुगेका यस्ता महिलाहरु कहाँ कुन अवस्थामा हुन्छन् भन्ने एकिन तथ्याङक समेत सम्वन्धित देशका दुतावासहरुसँग हुन नसक्ने समस्या पनि कायम छ ।
गत २२ महिनामा साउदी अरव स्थित नेपाली दुतावासले समस्यामा परेका ६ सय ३५ घरेलु महिला कामदारलाई उद्दार गरेको थियो । १३ हजार ४१ जनालाई साउदी जेलबाट उद्दार गरिएको तथ्याङक समेत साउदी दुतावासले दिएको छ । अवैध रुपमा महिला कामदार साउदी अरेविया पठाउने काम नरोकिएपछि दुतावासले नेपाली महिला कामदारलाई साउदी अरेवियामा व्यवस्थित गर्न सकिने प्रस्ताव सहित एक समझदारीपत्रको मस्यौदा नेपाल सरकारलाई पठाएको छ ।
कतारको जेलमा २७ नेपाली
बैदेशिक रोजगारीका लागि कतार आएर कानून विपरित काम गरेका २७ नेपालीहरु त्यहाँको जेलमा छन् ।
कतारस्थित नेपाली दुतावसका अनुसार लागुऔषध सम्बन्धमा ८ जना, चोरीको अभिगोगमा ८ जना, ज्यानमुद्दा अभियोगमा ३ जना, बलात्कारको अभियोगमा ३ जना, मदाक पदार्थको अभियोगमा ३ जना, झैझगडा तथा कुटपिटको अभियोगमा १ जना, नक्कली मुद्राकोे अपचलन (कारोबार)मा १, जना गरी २७ जनाले जेल जिवन विताईरहेका छन् ।
सन २००४ देखि २०१८ सम्ममा उनीहरु जेलमा रहने कतारको कानुनमा उल्लेख गरिएको छ । उनीहरुको सजाय ३ महिनादेखि १५ वर्षसम्म रहेको छ । नेपाली महिला भने जेलमा नरहेको नियोगले जनाएको छ । गत वर्षको नोभेम्बरमा दुतावासको टोलीले जेलमा रहेका नेपालीसँग भेटेको थियो ।
युएईमा एक वर्षमा ५५ को मृत्यु,
करिब २ लाख ५० हजारभन्दा बढिको संख्यामा नेपाली रहेको युएइमा एक वर्षमा ५५ जना नेपालीको मृत्यु हुने गरेको छ । शारजाह, अजमान, अबुधावी, अलाएन, फुजेराह र रसअल खैमाहबाट भिजिट भिषा निकालेर युईए जाने नेपाली बढिरहेको पनि बताइएको छ ।
युएइस्थित नेपाली राजदूतावास अबुधावीको तथ्यांङकअनुसार नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा कमी भएको छ । युएईको सरकारी बिभागदेखि लिएर निजी कम्पनीहरुको हरेक क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । २०१२ को तथ्यांङकअनुसार यएईमा ५५ जना नेपालीहरुको मृत्यु भएको राजदूतावास अबुधावीका अधिकारी लोकबहादुर क्षेत्रीले जानकारी दिए । ड्यूटीमा काम गर्दागर्दै २ जना, ट्राफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना नेपाली रहेको बताइएको छ । मृत्यु भएका ५५ मध्ये ५४ पुरुष र एक महिला थिए ।
सन् २०१० को तथ्यांङकमा मृत्यु हुनेमा ८८ जना रहेका थिए  भने सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरु विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन्, भने जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजाहमा फांसीको सजाय समेत सुनाइएको थियो । अमरबहादुरको बचाउका लागि विभिन्न संघसंस्थाहरुले पहल गरेका थिए ।

साउदीबाट फर्किनेहरुको ताँती

साउदी अरब सरकारले अवैधानिक प्रवासी कामदारलाई राख्ने स्थानीय कम्पनीलाई कारवाही गर्ने निर्णय गरेपछि अवैधानिक रुपमा काम गर्ने नेपाली वैधानिक हुने र घर फर्किने प्रकृया सुरु भएको छ ।
साउदी प्रशासनले अवैधानिक रुपमा रहेको नेपाललगायतका मुलुकका कामदारहरुलाई १० मे देखि १४ जुलाईसम्म दुई महिनाको समय दिएर वैधानिक हुन वा घर फर्किनका लागि समय दिएकाले पनि नेपालीहरुको घुइँचो दुतावासमा बढेको छ । साउदी अरवका राजदुत उदयराज पाण्डेले त्यहाँको सरकारको उक्त आह्वानपछि नेपालीहरुको घर फर्किने क्रम बढेको बताएका छन् । कतिपय नेपालीहरुले वैधानिक हुनका लागि पनि सल्लाह लिन थालेका छन् । यस अवधिमा साउदी अरबमा अवैधानिक रहेका कामदारलाई आममाफी दिने घोषणापनि त्यहाँको सरकारले गरिसकेको छ ।
साउदी सरकारको उक्त निर्णयसँगै त्यहाँस्थित नेपाली दुतावासले पनि नेपालीलाई वैधानिक प्रणालीमा आउनका लागि आह्वान गरेको थियो । दुतावासका अनुसार साउदी सरकारको निर्णय र दुतावासको आह्वानका कारण झण्डै ७० हजार अवैधानिक रुपमा रहेको नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।
सो क्रममा दुतावासमा नेपालीहरुले कानुनी दायरमा आउने र नेपाल फर्किने विषयमा सम्पर्क र प्रकृया सुरु गरिसकेका छन् । झण्डै १७ हजार नेपाली हालसम्म दुतावासको सम्पर्कमा आइसकेका छन् । अवैधानिक कामदारका रुपमा रहेका तर वैधानिक राहदानी भएका नेपालीहरुले स्पोन्सरसिप परिवर्तन गरी काम गरिरहेको कम्पनीमा आफ्नो रोजगारी यथावत गर्नसक्ने वातावरण पनि तयार भएको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साउदी अरब पुगेर रोजगारदाता कम्पनीमा नपुगी अन्यत्र गएका नेपाली कामदारले दुतावासमा आउट पास अथवा ट्राभल भिसा बनाएर साउदी सरकारबाट इक्सिट पाससमेत लिनसक्के प्रावधान दुईमहिनासम्म रहेको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।
परदेशबाट घरमा सन्देश
युवराज घिमिरे
हाल मलेशिया

मेरो मोरंगको डाँगीहाटमा रहनुभएका बुवालाई चिन्ता नलिइ बस्नका लागि अनुरोध गर्छु । अवको दुई महिनामा नेपाल फर्किने तयारी गरेको छु । त्यहिँ आएर राम्रो काम गर्ने योजना पनि बनाएको छु ।
खगेन्द्र पौडेल
हाल बहराइन

सप्तरीको कमलपुरमा रहेको मेरो परिवारलाई चिन्ता नलिनका लागि आग्रह गर्दछु । आबुधावीमा रहेका दाईलाई ढुक्क भएर काम गर्नको लागि आग्रह गर्छु । केही वर्ष अझै काम गरेर म फर्किनेछु । चिन्ता नलिई बस्नुहोला सवैले ।

सुमीना थापा
हाल इजरायल

मेरो भाई काठमाडौं आएको छ । उसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । विराटनगरमा रहनुभएका आफन्तहरुलाई सम्झिएको छु । यहाँ काम गर्न मुस्किल छ, केही महिनामा फर्किने सोचपनि बनाएकी छु ।

बसन्त लुइँटेल
हाल कोरिया

सप्तरीको फत्तेपुरमा रहेका मेरा परिवारलाई सम्झिाएको छु । यहाँ काम गर्न मुस्किल छ, त्यहि पनि त्यहाँ आएर काम गर्ने वातावरण छैन । घरमा खेतीपाती राम्रै गर्नुहोस भन्ने बुबालाई भन्न चहान्छु ।

डिल्ली भण्डारी
हाल कतार

झापाको बाह्रघरेमा रहेका मेरा श्रीमति, छोराछोरीलाई सम्झिएको छु । यहाँ निक्क्ै सम्झीरहेको छु । दुख नमानी बस्नु म चाँडै फर्किएर आउँदैछु । बुबाआमा आराम हुनुहुन्छ होला भन्ने विश्वास राखेको छु ।       

सडक किनारको मस्तीशाला

विनोद
सूर्यविनायक क्षेत्र कटेपछि राजधानी भित्रिने नाकाका विभिन्न ठाउँमा खुलेका कटेज अहिलेको पुस्ताको ‘मस्तीशाला’ बन्न थालेका छन् । प्रेमिका हुन् अथवा केही घन्टाका लागि खरिद गरिएका युवतीहरु तिनीहरुलाई घुमाउने र रसलीलामा रमाउने ठाउँका रुपमा विकसीत हुन थालेका छन्, यस्ता कटेजहरु । सूर्यविनायकदेखि साँगासम्म शुक्रबारले केही दिन अघि गरेको अध्ययनअनुसार यस्ता सहज कटेजहरु दर्जनभन्दा बढि भेटिएका थिए । 
राजमार्गसँग नजिक रहेका तर प्रशासनको पहुँच कम हुने गरेका कारण जोडीहरुको गन्तव्यको नयाँ आश्रयस्थलका रुपमा कटेजहरु प्रख्यात हुन थालेका छन् । उक्त कटेजहरुको प्रमुख ग्राहकका रुपमा राजधानीबाट घुम्ने बाहनामा त्यहाँ पुग्ने जोडी नै हुन् । ‘जोडी आउँछन्, कटेजमा बस्छन् । अश्लील काम पनि गरेको आक्कल झुक्कल देखिन्छ । तर, हामी आफ्नो कामबाहेक अरु कुरामा ध्यान दिँदैनौं ।’ साँगास्थित एक कटेजमा कार्यरत कर्मचारीले भने,‘यसबारेमा ध्यान दिए अर्को पटकदेखि व्यावसाय चल्दैन ।’
ती कर्मचारीका अनुसार उनी कार्यरत कटेजमा मात्र दैनिक १२ देखि १८ जोडीसम्म आउने गरेका छन् । विदाको दिन शनिबार जोडी ज्यादा आउने गरेको उनले बताए । काठमाडौंमा रहेका ३० हजार यौन व्यावसायीहरुका लागि पनि ती आम्दानीका सहज ठाउँका रुपमा विकास हुन थालेका छन् । फँस्टाउँदै गएको ‘मोवाइल पार्टनरसीप’ले उनीहरुलाई फाइदा पु¥याएको छ ।
राजधानीमा प्रशासन र स्वयम् होटल व्यावसायीले पनि यौनसम्पर्क गर्न नदिने भनेर अभियान चलाएपछि व्यावसायीक र गैरव्यावसायीक जोडिपनि राजधानी बाहिरको सुरक्षित आश्रयस्थलको खोजीमा यो क्षेत्रमा आउन थालेका छन् । ‘यहाँ आउने ग्राहकले सिधै केटीको ‘डिमान्ड’ गर्दैनन् । उनीहरु आफैंले ल्याउने गरेका छन्, ल्याएर के हुन्छ भन्नेबारेमा हामीले प्रष्टसँग भन्नसक्ने स्थिति छैन ।’ साँगास्थित अर्का रेष्टुरेन्ट सञ्चालकले शुक्रबारसँग भने,‘हामीकहाँ दुई चारजना परिवारसहित बस्ने कटेजहरु छन्, त्यहाँ जोडीमात्र पनि पुग्छन् । अरु कुरा भन्न सकिन्न ।’ आफ्नो कटेजमा सर्भिस दिनेहरु पनि सवै पुरुषहरु भएकाले यौनबारेको चासो राख्ने नगरेको उनको भनाई थियो ।
राजधानीमा बेरोजगारहµ बढेका छन् ।  राम्रो लाउने, मीठो खाने रहरले मान्छेलाई यौनव्यवसायतिर डोहो¥याउ“न थालेको छ । समयस“गै फेरि“दै गएको यौनव्यवसाय क्याबिन, गजल रेस्टुरेन्ट, डान्स, मसाज हु“दै अहिले ओपन होटलको µपमा मौलाइरहेको प्रहरीले पनि स्वीकार गरेको छ । नाका क्षेत्रमा पनि यस्ता महिलाहरुको सम्पर्क बढ्न थालेको छिटपुट जानकारी आउन थालेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
त्यसो त २००६ र ७ मा राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा १२ वर्Èदेखि ३० वर्Èसम्मका करिब ४० हजार महिला क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर र डान्स रेस्टुरेन्टमा कार्यरत थिए । अहिले सो अनुपातमा अझ बढेका छन् । राजधानीमा यौन व्यावसायमा कडाई गरेपछि उनीहरु राजधानी छिर्ने नाकातिर बढेका हुन् । बर्सेनि पा“चदेखि सात हजार नेपाली युवती भारतीय बजारमा पु¥याइने गरिएको थियो । अहिले सो संख्या राजधानीमै व्यस्त हुने गरेको पनि तथ्यांक छ । अन्तर्राष्ट्रीय श्रम संगठनले सन् २००१ मा गरेको अध्ययनले नेपालका १२ हजार किसोरी यौन व्यावसायमा लाग्ने गरेका छन् ।
नेपालमा संगठित रुपमा यौनव्यवसाय गरेको नपाइए पनि राजधानीको ठमेललगायतका लज, रेस्टुरेन्ट, रिसोर्ट तथा गेस्टहाउस यौनसम्पर्क गर्ने सुरक्षित स्थलका रुपमा विकास भएका थिए । अहिले नाका क्षेत्रमा रहेका रेष्टुरेन्ट त्यसरी मौलाउँदै गएको स्थानीयहरुले बताउने गरेका छन् ।
मुलुकभित्रै यसरी यौनव्यवसाय फस्टाइसक्दा पनि यसको भरपर्दो अध्ययन भएको छैन । गाउँमा अभिभावकले पालनपोषण गर्न सक्ने अवस्था भएका महिला पनि नयाँ जीवन र अवसर खोज्दै यो पेसामा आइपुग्ने महिलाका लागि काम गर्ने शक्ति समूहको एक अध्ययनले देखाएको छ । शक्ति समुहले विभिन्न ठाउँमा यौन व्यावसायमा संलग्न महिलाहरुसँग यसप्रकारका अन्तर्किया गरिरहन्छ ।
एक सर्वेक्षणमा ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्र्षका र ३३ प्रतिशत १८ वर्र्षमुनि भएको पत्ता लागेको थियो । उनीहरुमध्ये गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र मगर १०.६ प्रतिशत छन् । त्यस्तै, ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेको पाइएको थियो । शक्ति समुहको एक अध्ययनले काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर एरियामा बढी यौनव्यवसाय हुने गरेको देखाएको छ । ती क्षेत्रमा मात्रै ६८ वटा क्याबिन रेस्टुरा, १६ वटा दोहोरी, दुई दर्जन बढी ओपन होटल र १० भन्दा बढी डान्सबार रहेको छ । अहिले यसमा प्रहरी हस्तक्षेप बढेपछि नाकाक्षेत्रमा यस्ता रेष्टुरेन्ट सरेका छन् । झण्डै १० प्रतिशत रेष्टुरेन्टहरु सुर्यविनायकदेखि बनेपासम्म रहेको अनुमान गरिएको छ ।

Tuesday, May 21, 2013

विनोद एक, रुप अनेक ...केही स्मरणहरु









प्रविधि पुस्ता र सवाल

विनोद ढकाल
मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ । यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस नै तत्कालिक युवाहरुले छेडेको क्रान्ति नै थियो । राणाशासनको अन्त्य, ००७ सालको प्रजातान्त्रिक आन्दोलन, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन । एकीकृत नेकपा माओवादीले भन्ने गरेको जनयुद्ध होस अथवा शान्तिपूर्ण जनआन्दोलन ०६२÷६३ युवाको बलमा नै सफल भएको इतिहाँस नेपाली राजनीतिमा कायम छ । युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको बाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन् ।
किशोराअवस्थामा अत्यधिक प्रविधिनजिक भन्दापनि परिवर्तननजिक रहेको पुस्ताले निम्त्याएको यो आन्दोलन सफल हुनुका पछाडी विश्वराजनीतिको तत्कालिक अवस्था पनि प्रभावकारि थियो होला । तर, विश्वको प्रविधिविकासको फड्को जसरी अहिले बढेको छ, नयाँ पुस्ताको तौरतरिका पनि फरक ढंगबाट चल्न थालेको विभिन्न सर्वेक्षण र अनुसन्धानहरुले देखाइसकेको छ ।

राजनीतिक दृष्टिबाट परिभाािषत पुस्ताको सवाल अहिले टड्कारो रुपमा उठ्नु स्वभाविक हो तर सञ्चारका साधनहरुले पनि यस्ता सवालहरुका बारेमा अहिले घनिभुत रुपमा आलेख, समाचार र विभिन्न प्रकारका सामग्रीहरु प्रकाशन÷प्रशारण गरिरहेको छ । यसबाहेक नेपाली सञ्चारक्षेत्र, शिक्षा र समाजमा व्याप्त विषयबस्तुको स्रोत तर उनकाबारेमा बन्न नसकेको मुद्दाका पयार्यहरु पनि छन् । ‘किशोरकिशोरी अथवा बालबालिक’ यो सवालमा नेपाली हर क्षेत्र गम्भिर र गहन हुन सकेको छैन । अहिले यो पुस्ता प्रविधिसँग निक्कै नजिक बनिसकेको छ । प्रविधिको प्रयोगमा पनि निक्कै अगाडी आइसकेको छ । बढ्दो प्रविधि उपयोगले अहिले नेपाली समाज ‘ग्लोवल भिलेज’सँग नजिक हुन थालेको छ । विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेपाली र ग्रामिण बस्तीको दुरी अहिले साँघुरिएको छ । नेपालमा प्रविधिको प्रयोगले जसरी बढेको छ सोही अनुपातमा समाजका हरेक व्यक्तिहरु प्रायः सञ्चारका कारण नजिक हुन थालेका छन् । यसले परिवारका सदस्य, चिनजानका मानिसहरुमात्र नजिक भएका छैनन् अनेक प्रकारबाट नयाँ सम्बन्ध स्थापनाको भुमिका पनि उत्तिकै बलियो बनाउँदै लगेको प्रशस्त घटनाहरु छन् ।

सामाजिक सञ्जाल, इमेल इन्टरनेट र मोवाइल अहिलेको पुस्ताको अनिवार्य आवश्यकता बनेको छ । सहज र सरल प्रयोगका लागि प्रविधिको विकाससँगै अहिलेको पुस्तामा यसको आकर्षण बढ्नु स्वभाविक बनेको छ । भिन्न प्रकारका ग्याजेटहरु, मोवाइल, इन्टरनेट प्रयोगका लागि कम्प्युटर र ल्यापटक अनिवार्य आवश्यकतका बनिसकेको छ । प्रविधिसँग निरन्तर नजिक रहने प्रवित्ति सहरी क्षेत्रमा मात्र हावी भएको छैन, यसको विस्तार ग्रामिण क्षेत्रसम्म पनि व्यापक बनिसकेको छ । त्यसैले पनि नयाँ पुस्ता फेसबुक, ट्वीटर, युट्युव लगायतका विश्वबजारीकरणमा व्यापक भएका साइटहरुसँग नजिक छन् । यसको सहज र सरल प्रयोगमात्र बढेको छैन, नयाँ सम्बन्ध विस्तारको आधुनिक माध्यम पनि बनेको छ । पछिल्लो पुस्तालाई सहरमा ‘फेसबुक पुस्ता’ पनि भन्न थालिएको छ । फेसबुक प्रयोग गरी बनेका कयन सम्बन्धका उदाहरणहरु नेपालीमाझ चर्चाको विषय बन्न छाडीसकेको छ, यसकारण की यो सामान्य पनि भइसक्यो ।

‘हजुरबुवा–पुस्ता’को त्यतिबेलाको ‘प्रेम’ मेलापातमा हुने गर्दथ्यो । तर, अहिलेको पुस्ताको यो कामको सहजीकरण प्रविधिले बनाउने गरेको छ । फेसबुक र मोबाइलबाट प्रभावित भएको प्रेम वास्तविक रुपमा दरिलो हुन्छ कि खोक्रो हुन्छ ? यो अहिलेको युवापुस्ताले राम्ररी नबुझेको विषय हो । एक प्लस टु शिक्षक प्रदीप न्यौपानेले भनेका छन्,‘यो २०÷२५ वर्र्षको उमेर भनेको कस्तो हो भन्दा, बजारमा सरल खालका र रंगीचंगी गरी दुई खालका सामान छन् भने, यीनीहरुको आंखा रंगीचंगीमा मात्रै घुमिरहन्छ ।’ अहिले ‘बजारमा भेटिने प्रेम’मा पनि यही कुरा देखिन्छ । युवाजमात राम्रो र चोखो प्रेम भन्दा पनि हावादारी र रवाफमिश्रीत प्रेमतर्फ आकर्षित भएको देखिन्छ । प्रेमको वास्तविकतालाई बुझ्नुभन्दा पनि राती अबेरसम्म च्याट गर्नु, बाइकमा डुल्नु, संगै फिल्म हेर्न जानु तथा भर्चुअल संसारमा आङ्खनो रमाइलो चित्र कोर्दै यसैलाई सच्चा प्रेम मान्नेहरु धेरै छन् ।

प्रविधि अघि वढ्दैछ, प्रेम यसकै पछि दौडदैछ पुस्ता । मोबाइलमा ‘प्रेम म्यासेज’ र ‘प्रेम संवाद’, इन्टरनेटमा ‘प्रेम च्याट’, ‘प्रेम लाइक’ र ‘प्रेम कमेण्ट’का साथै अनलाइन डेटिङगमा समेत युवापुस्ता भिज्न थालेको छ । यस्तो ‘भर्चुअल प्रेम’को आउटपुट कस्तो त ? यतातिर प्रायःको ध्यान नै जाँदैन । प्रविधिका केही सकारात्मक सन्देशहरु आएका छन् । तर कतिपय अवस्थामा यसले नकारात्मक प्रभावमा पनि उत्तिकै स्थान बनाएको छ । बालबालिकाले इन्टरनेटमार्फत आधुनिक सूचना प्रविधिको बारेमा जानकारी लिनुको सट्टा अश्लील र बौद्धिक विकासका लागि घातक सूचना सामग्री हेरेर समय खचिर्ने गरेको पाइएको छ ।
यस कार्यले बालबालिकालाई सूचना प्रविधिको बारेमा जानकारी लिने भन्दा पनि कुलत बाटो रोज्न सक्रियता बढाएको छ । बालमजदुर सरोकार केन्द्रका अनुसार युवापुस्ता तथा बालबालिकाले इन्टरनेटको दुरुपयोग गर्नेे गरेका छन् । उनीहरुले इन्टरनेट अनलाइन र वेबसाइटमार्फत अश्लील फोटोहरु पठाउने र हेर्ने गर्दछन् । जसले गर्दा बालमानसिकतामा परिवर्तन ल्याई विकृति फैलाउन सहयोग पु¥याउने सिविनको अध्ययन छ । सिविनले १२ देखि १८ वर्र्ष उमेर समूहका एक हजार ४ सय ३० जना बालबालिकामा गरेको एक सर्वेक्षणअनुसार ८२ प्रतिशतले इन्टरनेट चलाउने गरेको पाइएको छ । सो सर्वेक्षणमा सहभागीमध्ये ९८.९ प्रतिशत बालबालिकाले इन्टरनेटमा अश्लील तस्वीर हेर्ने गरेको बताएका थिए । तीमध्ये ३६ प्रतिशतले अन्जानमा र १८.९ ले दैनिक हेर्ने गरेको पाइएको थियो । त्यस्तै, बालबालिकाले घरमाभन्दा सहरी क्षेत्रमा सञ्चालित साइबर क्याफे बढी प्रयोग गर्ने गरेका छन् । त्यसमा पनि सञ्चालकहरुले क्याबिन बनाएर राख्ने गरेका कारण बालबालिकालाई अश्लील सूचना हेर्न सहयोग पुग्ने गरेको छ ।

प्रविधिसँग नजिक भएका आफ्ना सन्तानको कार्यकलाप कुन हिसावमा चलिरहेको छ भन्ने कुराको हेक्का राख्नु अहिलेको अनिवायै आवश्यकता बनिसकेको छ । हात–हातमा पुगेको प्रविधिले आधुनिकताको प्रयोगात्मक शिक्षा त दिएको होला तर त्यो शिक्षा कुन तहबाट कसरी लिइरहेको छ भन्ने तथ्यांकलाई नजरअन्दाज गर्न नहुने अवस्थामा पुगिसकेको छ । यसर्थ, राज्यले हरेक दृष्टिबाट किशोरसमुहको सवाललाई, उनीहरुको मुद्दालाई गहनताका साथ हेर्न अनिवार्य भइरहेको छ । यहि पुस्ताको अन्यौलग्रस्त गन्तव्यले भविष्य सहज र राम्रो हुने अवस्थामा छैन । प्रविधि अनिवार्य आवश्यकता बनेको छ तर त्यसको सहि र ज्ञानमुलक प्रयोग कसरी गर्ने ? भन्ने मार्गदर्शनको शिक्षाको कमी देखिएको छ । यो कमी पुरा गरी पछिल्लो पुस्तालाई सृजनशिल मार्गमा डो¥याउने काममा परिवार, विद्यालय, राजनीति, समाज अनेक पक्ष जिम्मेबार नहुने हो भने उनीहरुको भावी दिन कुन दिशातिर लम्किने हो भन्नेबारे अड्कल काट्न मुस्किल पर्नेछ ।

Friday, May 17, 2013

सिंगापुर, राजनीति र परिवर्तन


विनोद ढकाल
जब मलेसियाबाट सिंगापुर छुट्टियो मानिसहरूले सोचेका थिएनन् कि आज विश्वका सम्भ्रान्त मुलुकहरूको दाँजोमा उसले आफ्नो फरक र अलग पहिचान बनाउने थियो । आज विकासको उदाहरणको एउटा अलग किस्सामा सिंगापुरको नाम जपिन्छ । अझ नेपाली राजनीतिमा मौलाएको एमाओवादीको बोक्रा ओठेबोलीहरूमा त ‘सिंगापुरजस्तो विकास’ भन्ने एउटा गतिलो थेगो नै बनिसकेको छ । सिंगापुरले आफू आत्मनिर्भर हुनका लागि निक्कै मिहिनेत गरेको थियो । प्रशासन यन्त्रलाई चुस्त र प्रभावकारीमात्र होइन, राजनीतिलाई पनि गतिलो स्वरूपमा ढालेको थियो । तर, नेपाली राजनीतिले गतिलो गन्तव्यको बाटो रोज्न नसक्दा अहिले पनि खल्ला र घिनलाग्दा आश्वासनबीचको राजनीतिमा हामी अल्झिरहेका छौं । 

पुष्पकमल दाहालले जतिबेला राजनीति सुरु गरेका थिए त्यसबेला उनको कपाल कालो थियो, झुस्स दाह्री थिए र उनी सामान्य मुद्दाका आधारमा परिवर्तनको हुँकार छाड्ने गर्दथे । उनको भन्दा अलग पृष्ठभूमि लिएर कोही पनि नेताहरू राजनीतिमा छिरेका छैनन् । सबैको हविगत त्यही नै थियो र अहिले सबैको हैसियत र नियत पनि उस्तै छ भन्नुमा कुनै आपत्ति छैन । 

राजनीतिमा सपनाको बाढी बगाउनेहरूको कमी छैन । एमाओवादीले सपनाको बाली लगाएर जुन प्रकारको उब्जनी देखाउने प्रयत्न गरेको थियो त्यसको उल्टो गरिदियो । यहाँ कांग्रेस–एमालेलाई इंगित गरिएको छैन किनभने उनीहरूले परिवर्तनको काम नगरेको भन्ने अभियोगका कारण नै माओवादीलाई एउटा फरक शक्तिका रूपमा जनताले अनुमोदन गरेका थिए । उसको अहिलेको हैसियत के छ भन्ने प्रमाणित भइसकेको छैन तर राजनीतिमा जुन भूमिकामा अहिले एमाओवादी उभिएको छ यसहिसाबले पनि ऊमाथि नै आधार बनाउनु अनिवार्य हुन्छ, अन्याय हुँदैन । 

एमाओवादीले द्वन्द्वकालमा राजनीतिका नाममा निक्कै हत्कण्डा गरेकै हो । उसको राजनीतिक मुद्दाका कारण नेपालीको लासको बिस्कुन पनि सुकेकै हुन् । कति परिवार बेपत्ता भए, कति टुहुरा भए, त्यसको हिसाबकिताब राख्ने ‘लेजर खाता’ अहिलेसम्म नेपाली प्रशासनयन्त्रले तयार पार्न सकेको छैन । अनि, ती हत्कण्डा पुष्टि गर्ने औकात राजनीतिले दिन सकेको छैन । यद्यपि शान्तिप्रक्रियायता, निर्वाचनयता सत्ता र सरकारमा पुगिसकेपछि पनि एमाओवादीले नेपाली राजनीतिको हुर्मत लिने प्रयास गरेको थियो । यस्ता विभिन्न काण्ड मच्चाएर विवादका चरणहरू सुरु भएका थिए । 

त्यसमध्येको चर्चित प्रयास थियो, एमाओवादी बलमा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्ने मन्त्रिपरिषद्को एकलौटी निर्णय । निकै विवादास्पद उक्त निर्णय प्रधानमन्त्री पदबाट प्रचण्ड बहिर्गमनको मुख्य कारणमात्र बनेन त्यसले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका नाममा माओवादीको खोक्रो राष्ट्रवादी आन्दोलनको मुद्दा पनि बनाएको थियो । यसले एमाओवादी राष्ट्रवादी शक्ति हो भन्ने झुठा प्रचारवाजीको राम्रै खेती पनि मौलायो । उसका आन्दोलनले जनताले दुःख पाए, महिनौं दिनसम्म । उनीहरू तिनै राष्ट्रपति रामवरणको विरोधमा सदन, सडक र सहरकेन्द्रित भए । तर, उक्त कदम पुनरावलोकनको कुनै गुञ्जायस बनेन । अन्ततः माओवादी थाक्यो र थुचुक्क बस्यो ।

प्रचण्डपछिको सरकारको नेतृत्व गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको मन्त्रिपरिषद्लाई ‘कठपुतली’ सरकारको नाम दिइयो । खासगरी भारतीय प्रशासनयन्त्रलाई पाउमा दाम राखेर मुलुकका विभिन्न प्रकारका सम्झौता गर्ने एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइले उक्त संज्ञा दिएका थिए । त्योसँगै स्वाधिनताका नाममा सरकार ढलाउ आन्दोलनमा एमाओवादीले सडकलाई ६ दिनसम्म अस्तव्यस्त पारेको थियो । अन्ततः केही सीप नचलेपछि उसले उक्त हड्तालको कार्यक्रम पनि फिर्ता लियो । सोही क्रममा अभिनेत्री रेखा थापासँग कम्मर हल्लाएका प्रचण्डको चर्चा कम थिएन ।

माधव नेपाल सरकारको बहिर्गमनका लागि झलनाथ खनाल सरकार बनाउने गोप्य सहमति अर्को बितण्डा बनेको थियो । खनाल प्रधानमन्त्री बनाउनका लागि विभिन्न सातबुँदे सहमति गराउन माओवादी सफल भएको थियो । तर, त्यो पनि आफैंमा विभाजित विचारका कारण विवादमा तानियो । यसले एमालेभित्र त विवाद बनाएकै थियो, माओवादीभित्र पनि विवाद भयो । एमाओवादीले यस्ता राजनीतिक बेथितिका निक्कै सम्झौतामा हस्ताक्षर गरेर सरकार बनाउने र बिगार्ने खेल जारी राख्यो । नेपाली कांग्रेसबाहेकका सबै शक्तिसँग उसले आफ्नो कुम जोडिसकेको थियो । खासगरी पछिल्लोपटक सर्वाधिक आलोचना भएको मधेसी मोर्चासँगको गठबन्धन बनाउन पनि उसले कुनै कसर बाँकी राखेन ।

उसकै कारण जारी हत्कण्डा र राजनीतिक÷अराजनीतिक चर्चाको विषय बनेको छ, अख्तियारमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ति प्रकरण । चार दलका सीमित नेताहरूको सिफारिस, खासगरी माओवादीको कोटाका व्यक्तिको सिफारिस, विवाद र विरोधबीच उनको नियुक्तिको हतारो अहिलेको मुख्य विषय बनेको छ । यही मुद्दाकेन्द्रित अनेक कोणका टिप्पणी र आन्दोलनका घटना पनि अहिलेका प्राथमिक राजनीतिक विषय बनिसकेको छ । आखिर नेपाली राजनीतिमा लोकमानको यो नियुक्ति प्रकरण किन गहिरो छ ? कसको स्वार्थमा यो नियुक्तिको खेल भएको छ ? विश्लेषणसहितको निर्णायक तथ्यमाथि बहस अनिवार्य भइसक्यो । यही प्रकरणमा अहिले राष्ट्रपति उत्तिकै आलोचनाको पात्र बनेका छन् । तत्कालीन लोकतन्त्रवादीहरू उनको राजीनामा मागिरहेका छन् अनि नागरिक सर्वोच्चताको फुस्रा नारा लगाउनेहरू प्रशंसा गर्नमा अभ्यस्त छन् । 

वास्तमा, नेपाली राजनीतिको संयन्त्र न चार दलका शीर्ष नेतामा रहेछ न त राष्ट्रपतिको पाउमै रहेछ भन्ने प्रमाणित भइसकेको छ । कटवाल रोक्ने निर्णय र लोकमान नियुक्तिको निर्णय दुवै राष्ट्रपतिको स्वविवेक निर्णय होइन रहेछ । माधव नेपालको बहिर्गमन, झलनाथ खनाल सरकारको ६ महिनामै अवसान, भट्टराई सरकारको सीमित आयु जनसाधारणले विश्लेषण गर्नसक्ने घटनाक्रमहरूले देखाइसकेको छ । 

अझ कटवाल कारबाही राष्ट्रपतिको स्वविवेकको भन्दा पनि शक्तिराष्ट्रको इच्छाअनुकुलका आधारमा भएको थियो भन्ने भारतीय विश्लेषकहरू एसडी मुनीदेखि आनन्दस्वरूप बर्माका आलेखहरूको भावले बुझाइसकेको छ । व्यापक जनताको विरोधबीचको नियुक्ति प्रकरणमा राष्ट्रपति कुनै खास शक्तियन्त्रको दबाबमा थिए, चार दलका शीर्ष नेता त्यो शक्तियन्त्रको सिफारिसको ताज पहिरिएर बसेका थिए भन्न अब हिच्किचाउने ठाउँ रहेन । चार दलका नेताहरूले बिनाविवाद सिफारिस गर्ने र राष्ट्रपतिले सतहमा नहेरी तु–नियुक्ति गर्नु छिमेकी शक्तिकेन्द्रको दबाब थियो भन्नेमा कुनै गुञ्जायस छैन । लोकमान नियुक्तिपछि उनले थालेको भ्याट छल्नेमाथिको निगरानीको तपशीलले पनि उक्त कुरालाई पूर्ण रूपमा संकेत गरिसकेको छ । खासगरी, नेपालमा लगानी गरेका भारतीय उद्योगहरूले व्यापक कर छली गरेका छन् । तिनको कारबाहीका लागि पनि नेपाली प्रशासनयन्त्र सक्रिय हुने डरले नेपाली राजनीतिको यो व्यापक संक्रमणमा सम्बन्ध सुधारका आधारशीला खडा गर्नका लागि प्रचण्डले पछिल्लो भारतभ्रमणमा एजेन्सीका अधिकारीहरूसँग भारतीय लगानीलाई माफी दिने, नेपालमा कर तिर्न बाध्य नपार्नेजस्ता सम्झौता गरिसकेका थिए । अनि, त्यसलाई सहजीकरण गर्नका लागि एजेन्सीका मानिसले अन्य दलहरूसँग पनि वार्ता गरिसकेका थिए । यसको प्रमाण लोकमानले जारी गरेको भ्याट छलीका तपशीलले देखाएको छ । उनले जीर्ण र रुग्ण बनिसकेको नेपाली उद्योग र तिनका उद्योगीमाथि छानबिनको तयारी गरेका छन् । तर, राज्यलाई अरबौं कर नतिरेको युटीएल, डाबर जस्ता कम्पनीका छलीका कुराबारे उल्लेख गरेका छैनन् । भारतीय संस्थापन आफ्ना मुलुकका लगानीकर्ताको सुरक्षाका लागि गम्भिर देखिएकाले पनि नेपाली राजनीतिलाई आफ्नो पञ्जाबाट चलाउने प्रयत्नमा जारी रहँदा चार दल निरिह भए र राष्ट्रपति दबाबमा परे । नेपाली कानुनमा स्वाभाविक रूपमा उल्लेख छ, संवैधानिक निकायमा नियुक्ति हुने मानिस उच्च चरित्रमात्र नभई गैरविवादास्पद व्यक्ति हुनुपर्छ । तर, सडक तातेको छ, नियुक्तिको विरोधमा आन्दोलनका कार्यक्रम जारी छन् । पुनर्विचारको साटो हतारोको निर्णय हुनुको रहस्य अरू हुनै सक्दैन ।

लोकमान प्रकरणदेखि सबै कुरा छर्लंग भएको छ, नेपालमा खोक्रो राष्ट्रवादभन्दा केही जीवित छैन । यस्तो फोहोरीतन्त्रमा हुर्किएको राजनीतिले सुन्दर कल्पना गर्नु दन्त्य कथाभन्दा के हुन सक्ला र ? नेपालीमा उखान छ– हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात । नेपाली राजनीतिमा यो उखान जोड्दा अन्यथा हुँदैन । नेपाली राजनीति नहुने बिरुवाको पात हो । ६५ वर्षअघि स्वतन्त्रता संग्रामबाट जित हासिल गरेको छिमेकी मुलुक भारतले जुन विकास मच्चाएको छ, विश्व अर्थतन्त्र र राजनीतिमा जुन हैसियत राखेको छ त्यो तुलनामा सोही अवधिभन्दा अघिदेखि स्वतन्त्र मुलुक रहेको नेपालको आर्थिक, राजनीतिक सामाजिक स्थिति झन् नाजुक छ । यसकारण, अझै पनि सुधार गर्न चाहँदा विकासका मुल फुट्न सक्ने सम्भावना धेरै छन् । तर, परिवर्तनको नारा पिट्ने राजनीतिक दलका बुढा स्यालको विस्थापन, व्यभिचारहरूको बहिर्गमन, दलगत, व्यक्तिगत स्वार्थहरूको तिलाञ्जली दिने काम अनिवार्य हुनुपर्छ । अब राजनीतिक दलहरूले मुलुक परिवर्तनका लागि आफैंभित्र जरा गाडेको नेतृत्वतहको पनि दुईपुस्ता परिवर्तनबिना मुलुक विकासको अग्रगतिमा दौडन सक्दैन ।  

Wednesday, May 15, 2013

जेलको चिसो छिँडी रुङ्नेहरु


डी. विनोद 

राप्कोट स्याङजाका राजकुमार काफ्ले महिलासँग सम्बन्ध राखेको अभियोगको मुद्दामा अहिले साउदीको अरबको मलाजस्थि जेलमा छन् । वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरुसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको थियो । उनका परिवारले छुटाउनका लागि कुटनीतिक पहल गरिरहेका छन् । साउदीस्थित दुतावासले पनि उनीमाथि लागेको अभियोग हटाउनका लागि पहल गरिरहेको छ । तर, साउदीमा प्रतिबन्ध गरिएको महिलासँगको अनैतिक सम्बन्धमा उनको संलग्नता देखिएको भन्दै स्थानीय प्रहरीले उनीमाथि मुद्दा चलाएको थियो ।

साउदीमा रहेका झण्डै पाँच लाख नेपालीले रोजगारीमा पुगेर रकम कमाउने काममात्र गरेका छैनन् । त्यहाँको कानुनबारे राम्रो जानकारी नपाएका कारण विभिन्न अभियोगहरुमा जेल बस्न बाध्य हुनु परेको छ । खासगरी घरमा श्रीमति छाडेर जानेहरु विभिन्न मुलुकबाट गएका महिला कामदारसँगको अनैतिक सम्बन्धका कारण जेलमा बस्न बाध्य छन् ।  

यस्तै अभियोगमा अल हायरस्थित जेलको चिसो छिँडीमा रात काटिरहेका छन् चितवनको जगतपुरका सुनील मल्ल । उनलाई पनि अनैतिक सम्बन्ध राखेको अभियोग लागेको छ । उनी आफुलाई फँसाइएको बताएपनि साउदी प्रहरी त्यसो मान्ना तयार छैन । उनीसँगै उक्त अभियोगमा फैजु रहमान, रिसिराम चालिसे, चीतवनकै गीतानगरका केशव अर्याल, ललितपुर चौघरका सम्बल तामांग पनि अलहायर जेलमा छन् । दुतावासले उनीहरुमाथि रहेको अभियोगबारे बुझ्ने प्रयास गरेको छ । त्यस बाहेक साउदीमा रहेका नेपाली संघसंस्थाले पनि उनीहरुको अभियोगबारे बुझ्ने प्रयत्न गरिरहेको त्यहाँस्थित दुतावासले जनाएको छ ।

साउदीका विभिन्न जेलमा रहेका ८२ जनाभन्दा बढिको नाम दुतावासमा पुगिसकेको छ । उनीहरुमाथि अनैतिक सम्बन्धको अभियोगमात्र छैन । हत्या, मादकपदार्थ सेवन गरेको, चोरी गरेको, दुर्घटना गराएकोलगायतका अभियोग पनि लागेको छ ।

मलाजस्थित जेलमा रहेका दलबहादुर कामीलाई हत्या अभियोग छ । स्थानीयको हत्या गरेको अभियोगमा उनी जेलमा छन् । उनको रिहाइका लागि पनि नेपाली दुतावासले प्रयास गरिरहेको जनाएको छ । उनीमात्र होइन हत्या गरेकै अभियोगमा जीतबहादुर परियार पनि उनीसँगै थुनामा छन् । उनले कसको गरेको हत्या भन्नेबारेचाँही साउदी प्रशासनले खुलाइसकेको छैन । 
नेपालमा प्रहरी रिपोर्ट बनाएर स्वच्छ छवीको प्रमाणपत्र लिएपनि वैदेशिक रोजगारीका क्रममा विभिन्न अपराधमा फँस्नेहरु कम छैन । सामान्यतया दुर्घटनाको अभियोग लगाइएकाहरुका लागि पहल गर्न सहज भएपनि हत्यालगायत उक्त मुलुकमा बर्जित काम गरेका अन्यलाई भने नेपाली प्रशासनले छुटाउनका लागि पनि मुस्किल हुने गरेको छ । वैदेशिक रोजगारीमा जाँदा उक्त मुलुकको कानुनको बारेमा बुझ्नु अनिवार्य हुने भएपनि धेरै नेपाली कामदारमा त्यो कमजोरी रहेकाले पनि उनीहरु थुनामा पर्ने गरेका छन् । 

नेपालको स्थायी ठेगाना खुल्न नसकेका मेघनाथ भुसाल कम्पनीमा पैसा चोरीको अभियोगमा जेल हालिए । कम्पनीले उनीमाथि रकम चोरीको अभियोग लगायो र साउदी प्रहरीले मलाज जेल चलान गरेको थियो । त्यस्तै इलेक्ट्रीक केवल हराएको अभियोगमा विष्णु कुमार र कुल बहादुरले पनि जेलको बाटो तताउन परेको थियो । 

यस्ता थुपै्र प्रकारका अभियोगमा नेपालीहरु जेल पर्ने गरेका छन् । यी आपराधिक मुद्दामा जेल चलान नै गरिएका र मुद्दाको तयारी भएका केही उदाहरण हुन् । उनीहरुको बचाउका लागि दुतावासले सरकारसँग बारम्बार आग्रह गरीरहेको छ । यसबाहेक दैनिक ६० जना नेपाली साउदी प्रहरीको कष्टडीमा पुग्छन् । नेपालबाट वैधानिक रुपमा साउदी पुगेपनि त्यहाँ अवैधानिक हुने कारणले पनि नेपालीको यत्रो संख्या दैनिकजसो पक्राउ पर्ने गरेको साउदीस्थित नेपाली राजदुत उदयराज पाण्डेले बताएका छन् । 

पछिल्लो पटक साउदी सरकारले भगुवा कामदार लिने कम्पनीलाई एक लाख रियाल जरिवाना र मालिकलाई दुई वर्ष जेल सजायको नियम ल्याएपछि अवैधानिक रुपमा काम गरिरहेका कम्तिमा ६० देखि ७० हजार नेपाली कामदार अहिले समस्यामा परेको उनले बताए । नेपाल सरकारले उनीहरुको सुरक्षाका लागि साउदीसरकारसँग फेरिपनि आममाफीको प्रस्ताव नगरे नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढिरहने पाण्डेले बताएका छन् । उनले विभिन्न अभियोगमा जेलमा रहेका नेपालीको उद्दारका लागि पनि दुतावास सक्रिय भएको बताए । 

बानीले पुरायो जेल

सामान्यतय आदतकै कारण बन्दि बन्नेहरु कम हुन्छन् । तर, कतिपय मुलुकमा नेपालीहरुको आदतका कारण उनीहरु आफैं बन्दि बन्ने गरेका छन् । खासगरी खाडी मुलुकका कतार र साउदी अरबमा सुर्तीजन्य, नशाजन्य पदार्थको सार्वजनिक प्रयोगलाई निषेध गरिएको छ । तर, नेपाली कामदारको आदतले उक्त कानुन तोडिने गर्दा उनीहरु जेलसम्म पुगेका छन् । 
साउदीमा कार्यरत रामबहादुर तमांगको मादक पदार्थ सेवन गर्ने लतले उनलाई जेलसम्म पु¥याएको छ । उनको यो आदतकै कारण साउदीको मलाजस्थित जेलमा बस्न बाध्य छन् । ‘साउदीको कानुन थाहा नपाउँदा समस्या भएको हो ।’ उनलाई उदृत पीडित परिवारले जनाएका छ ।
उनीसँगै उही अभियोगमा सुवास तामांग पनि जेलमा छन् । ‘मादक पदार्थ सेवन गर्ने बानी आफैंमा राम्रो होइन त्यहिँमाथि साउदी अरबको कानुन नबुझी नेपालजस्तो जहाँ पायो त्यहाँ गल्ती गर्दा नेपाली समस्यामा छन् ।’ एक दुतावास अधिकारीले भने,‘यहि अभियोगमा साउदीमा कार्यरत सोम राम, शेरबहादुर भण्डारी, काशीराज राईलगायत अहिले पनि जेलमा छन् ।’
मादक पदार्थ सेवन गरेकै अभियोगमा मात्र तीन दर्जनभन्दा बढि युवाहरु जेलमा रहेको आधिकारिक जानकारी दुतावासमा पुगेको छ । दुतावास अधिकारीले भने,‘यी बाहेक अरु ठाउँका जेलमा पनि नेपाली रहेको सुनिएको छ तर त्यसको आधिकारिकता पुष्टि हुन सकेको छैन ।’ साउदी अरबमा सार्वजनिक ठाउँमा मादकपदार्थ सेवन गर्नु कानुनविरोधी काम हो । 


काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्न कुराहरुमा विशेष ध्यान दिनुहोला । 

–विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर मात्र जानु पर्दछ । 
–छापिएका विज्ञापनहरुको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीका लागि जानुपर्दछ । 
–भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धि पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्दछ । (सरकारी निकायले तोकेअनुसार त्यो भन्दा बढि दिन हुँदैन ।’
–मलेशियामा जान खोज्ने कामदारहरुले कमाइलाई सुरक्षित गर्न त्यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु उपयुक्त हुँदैन । टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाई गुम्ने खतरा हुन्छ । 
–काममा पुगेको सम्बन्धित मुलुकको श्रम सम्बन्धि कानुनी व्यवस्था जानु अघि बुझ्नु उपयुक्त हुन्छ । गएपछि अलपत्र नपर्नका लागि उक्त जानकारी आवश्यक छ । 
–अनिवार्य अभिमुखिकरण तालिम सहित आफु रोजगारीका लागि जान लागेको मुलुक, कामको प्रगति, दुतावासबारे जानकारी राखौं । 
–गैरआवासीय नेपाली संस्था भए नभएको बारेमा जानकारी राखौं, स्वास्थ्य राम्रो बनाएरमात्र जाऔं । झुठो स्वास्थ्य रिपोर्ट बनाउँदा जोखिम हुने हुँदा इजाजतपत्र पाएको स्वास्थ्यसंस्थामामात्र राम्रो चेकजाँच गराई रोजगारीमा जानु अघि चिकित्सकसँग सल्लाह गरौं । 
–वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, परिवारका सदस्यहरुसँग सल्लाह र परामर्शबाटमात्र वैदेशिक रोजगारीका लागि तयार हुनुपर्दछ । 

Tuesday, May 14, 2013

यन्त्रमानवको नेतृत्व र उपनिवेशको राजनीति

विनोद ढकाल 
जतिबेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित भए, त्यसबेला छिमेकी शक्तिराष्ट्र भारतसँग उनको सम्बन्ध चिसो थियो। उनी कट्टर भारतविरोधी धारमा उभिएका थिए। उनले बाबुराम भट्टराईलाई पार्टीमा अल्पमतमा पारेका थिए। तत्कालीन माओवादीमा उचालिएको दुई लाइनको संघर्षलाई मिलाएर लैजान प्रचण्डको धार परिवर्तनको चरित्र कुनै नौलो थिएन। माओवादीको भाषामा जनयुद्धकालदेखि नै उनी बढी हार्डलाइनर सिद्धान्तसँग नजिक थिए। यद्यपि, उनले भारतमा बसेर नै नेपालमा द्वन्द्वको लामो कालखण्ड मच्चाए। जुन इतिहासको कोतपर्व, भण्डारखाल पर्वभन्दा निक्कै हिंस्रक र डरलाग्दो थियो। नेपालीले नेपालीको ज्यान लिने त्यो द्वन्द्व अन्त्यको १२ बुँदे भाग्यरेखा कोर्न तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भूमिका प्रभावकारी थियो। तर, कोइरालामार्गी बाटो हुँदै संविधानसभाको निर्वाचन, पहिलो राजनीतिक शक्ति, जबर्जस्ती राजसंस्था उन्मूलन र गणतन्त्रको स्थापनासँगै प्रचण्ड प्रधानमन्त्री बने। प्रधानमन्त्रीको संसदीय खेलअघि उनी शक्तिशाली कार्यकारी राष्ट्रपतिको पक्षमा थिए, जसलाई बाबुराम खेमाले रुचाएको थिएन, त्यसमा हार्डलाइनर मानिएका मोहन वैद्य समूहको राजनीतिक अडान र दबदबा थियो। तत्कालीन कार्यकर्ताहरूको मनस्थिति, अराजक भीडतन्त्रको दबदबाका कारण पनि प्रचण्ड प्रधानमन्त्री हुन्जेलसम्म उक्त लाइनमा उभिनु उनको बाध्यता र मह140वाकांक्षा दुवै थियो।
आफ्नो कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीत्वकालमा उनले सत्ताकब्जाको पार्टी एजेन्डाअनुसार शक्तिको आडमा विभिन्न प्रकारका वितण्डा सृजना गर्ने प्रयास गरे। उनका सबै प्रयास असफल भए। त्यसमध्येको चर्चित प्रयास थियो, तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने मन्त्रिपरिषद्को एकलौटी निर्णय। निक्कै विवादास्पद उक्त निर्णय प्रधानमन्त्री पदबाट प्रचण्ड बहिर्गमनको मुख्य कारण मात्र बनेन, त्यसले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका नाममा माओवादीको खोक्रो राष्ट्रवादी आन्दोलनको मुद्दा पनि बनाएको थियो। यसले एमाओवादी राष्ट्रवादी शक्ति हो भन्ने झुठा प्रचारबाजीको राम्रै खेती मौलायो। उसको आन्दोलनले जनताले दुःख पाए, महिनौं दिनसम्म। उनीहरू तिनै राष्ट्रपति रामवरण यादवको विरोधमा सदन, सडक र सहरकेन्द्रित भए। तर, उक्त कदम पुनरावलोकनको कुनै गुञ्जायस बनेन। अन्ततः माओवादी थाक्यो र थुचुक्क बस्यो।
तत्कालीन प्रधानसेनापति कटवालको कारबाही प्रक्रिया राष्ट्रपति यादवले रोकेपछि माओवादीको सत्ता दुरुपयोगले राष्ट्रपतिको ओज अलिकति बढाएको थियो। त्यसबाट नेपाली सेना र माओवादीविरोधी शक्तिहरूका अगाडि रामवरण ‘हिरो’ बने भने माओवादीका अगाडि तथाकथित नागरिक सर्वोच्चता हरणका पात्रका रूपमा व्याख्या भए। जनसाधारणको सहानुभूति राष्ट्रपतिका लागि नै थियो। उनी चर्चाका एक गतिला पात्र मात्र बनेका थिएनन्, क्षेत्रीयताको मुद्दा उठिरहेका बेला उनको सम्मानमा खसवादीका चर्का विश्लेषण, चर्का नारा सुनिए/देखिए।
लोकतन्त्रप्राप्ति पछिको यो एउटा समयलाई झेलेका नेपालीले यसको ठीक उल्टो अर्को समयको सामना गरिरहेका छन्। उल्लिखित घटनाक्रमबाट सायदै कोही नेपाली अनभिज्ञ छ। अहिले राजनीतिक/अराजनीतिक चर्चाको विषय बनेको छ, अख्तियारमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ति प्रकरण। चार दलका सीमित नेताहरूको सिफारिस, खासगरी माओवादी कोटाका व्यक्तिको सिफारिस, विवाद र विरोधबीच उनको नियुक्तिको हतारो अहिलेको आमविषय बनेको छ। यही मुद्दाकेन्द्रित अनेक कोणका टिप्पणी र आन्दोलनका घटनाहरू प्राथमिक राजनीतिक विषय बनिसकेको छ। आखिर नेपाली राजनीतिमा लोकमानको यो नियुक्ति प्रकरण किन गहिरो छ? कसको स्वार्थमा यो नियुक्तिको खेल भएको छ? विश्लेषणसहितको निर्णायक तथ्यमाथि बहस अनिवार्य भइसक्यो। यही प्रकरणमा अहिले राष्ट्रपति आलोचनाको पात्र बनेका छन्। तत्कालीन लोकतन्त्रवादीहरू उनको राजीनामा मागिरहेका छन् अनि नागरिक सर्वोच्चताको फुस्रा नारा लगाउनेहरू प्रशंसा गर्नमा अभ्यस्त छन्।
वास्तवमा, नेपाली राजनीतिको संयन्त्र न चार दलका शीर्ष नेतामा रहेछ, न राष्ट्रपतिको पाउमै रहेछ भन्ने प्रमाणित भइसकेको छ। कटवाल रोक्ने निर्णय र लोकमान नियुक्तको निर्णय दुवै राष्ट्रपतिको स्वविवेकीय निर्णय होइन रहेछ भन्ने सामान्य तरिकाले जनसाधारणले विश्लेषण गर्नसक्ने घटनाक्रमहरूले देखाइसकेको छ। अझ कटवाल कारबाही राष्ट्रपतिको स्वविवेकको भन्दा पनि शक्तिराष्ट्रको इच्छाअनुकूलको आधारमा भएको थियो भन्ने भारतीय विश्लेषकहरू एसडी मुनीदेखि आनन्दस्वरूप बर्माका अनेक आलेखहरूको भावले बुझाइसकेको छ। अनि बिग्रिएको सम्बन्ध सुधारका लागि बाबुरामले गरेको बिप्पा सम्झौता नेकपा–माओवादी (एकीकृत हुँदा हार्डलाइनरहरूको समूह) एउटा उदाहरण हो।
व्यापक जनताको विरोधबीच नियुक्ति प्रकरणमा राष्ट्रपति कुनै खास शक्तियन्त्रको दबाबमा थिए। चार दलका शीर्ष नेता त्यो शक्तियन्त्रको सिफारिसको ताज पहिरिएर बसेका थिए भन्न अब हिचकिचाउने ठाउँ रहेन। चार दलका नेताहरूले विनाविवाद सिफारिस गर्ने र राष्ट्रपतिले सतहमा नहेरी तु–नियुक्ति गर्नु छिमेकी शक्तिकेन्द्रको दबाब थियो भन्नुमा कुनै गुञ्जायस छैन। लोकमान नियुक्तिपछि उनले थालेको भ्याट छल्नेमाथिको निगरानीको तपसिलले पनि उक्त कुरालाई पूर्णरूपमा संकेत गरिसकेको छ। खासगरी, नेपालमा लगानी गरेका भारतीय उद्योगहरूले व्यापक कर छली गरेका छन्, तिनको कारबाहीका लागि पनि नेपाली प्रशासनयन्त्र सक्रिय हुने डर थियो। यसको प्रमाण लोकमानले जारी गरेको भ्याट छलीका तपसिलले देखाएको छ। उनले जीर्ण र रुग्ण बनिसकेको नेपाली उद्योग र तिनका उद्योगमाथि छानबिनको तयारी गरेका छन्। तर राज्यलाई अबर्ौं कर नतिरेको यूटीएल, डावर जस्ता कम्पनीका छलीका कुराबारे के गर्छन्, हेर्न बाँकी छ। नेपाली राजनीतिलाई आफ्नो पञ्जाबाट चलाउने प्रयत्नका कारण चार दल निरिह भए र राष्ट्रपति दबाबमा परे भन्ने जनगुनासो सुन्न थालिएको छ। नेपाली कानुनमा स्वाभाविक रूपमा उल्लेख छ, संवैधानिक निकायमा नियुक्ति हुने मानिस उच्च चरित्र मात्र हैन, विवादरहित व्यक्ति हुनुपर्छ। तर सडक तातेको छ, नियुक्तिको विरोधमा आन्दोलनका कार्यक्रम जारी छन्।
लोकमान प्रकरणले नेपालमा खोक्रो राष्ट्रवादभन्दा केही जीवित छैन भन्ने देखिन्छ। यो तत्कालीन इस्ट इन्डिया कम्पनीले उपनिवेश बनाउन नसकेको मुलुक ब्रिटिस सरकार भागेको ६५ वर्षपछि उसको नीतिले पीडित बनेको छ। त्यसलाई सफल बनाउन तथाकथित प्रजातन्त्रवादी शक्तिका नेतृत्वकर्ताहरू, विद्रोही शक्तिका नाममा जन्मिएर अनेक हत्याकाण्ड र हत्कण्डा मच्चाउने तथाकथित कम्युनिस्ट नामका उग्रवामपन्थी नेतृत्वहरूको जडसूत्रवादी चरित्र प्रभावकारी बन्न पुगेको छ।
मुलुक यन्त्रमानव नेतृत्वको पोल्टामा छ, जसको रिमोट नेपाली जनताको हातमा रहेनछ, शक्तियन्त्रको पोल्टामा छ। अनि हामी सार्वभौम, स्वतन्त्र र प्रजातान्त्रिक मुलुकका नाममा उपनिवेशमा बाँचिरहेका रहेछौं। यस्तो अवस्थामा नेपाली जनताको मतले कसरी राष्ट्रिय राजनीति चल्न सक्छ? जनता सडकमा हुँदा तानाशाही निर्णय लाद्ने राजनीतिक दलहरूले प्रजातन्त्र र राष्ट्रियताको बीउ कसरी जोगाउन सक्लान्? बेलामौका चर्चा हुने गरेको छ– राजा हुन मुलुक चाहिन्छ, राजनीति गर्न प्रान्त। सायद हाम्रो सार्वभौमिकता सडकमा सुकाएको बिस्कुनजस्तो छ। काला कागहरूले कहीँ अन्तै लगेर/

तरुण साप्ताहिकमा सोमबार नियमित स्तम्भ सरोकारमा प्रकाशित 

Thursday, May 9, 2013

सुडकेसमा पीडा बोकेर फर्किनेहरु

डी. विनोद  
वैदेशिक रोजगारीका लागि दैनिक विदेशिने महिलाहरुको संख्यापनि उत्तिकै मात्रामा बढ्न थालेको छ । खासगरी न्युन आयस्तर भएका नेपाली महिलाहरु खाडी मुलुकमा बाहिरिने क्रम बढ्न थालेको छ । तर, ती मुलुकमा उनीहरुले पैसा कमाउनुको साटो पीडा बोकेर फर्किने गरेका छन् ।
विदेशमा निक्कै पैसा कमाउने सपना लिएर कुवेत पुगेकी भोजपुर आम्तेक–५ की पृष्ठ राईले वैदेशिक रोजगारीका क्रममा मानसिक सन्तुलन गुमाइन् । उनी नेपाल फर्केको तीन वर्ष वितिसकेको छ तर अहिलेसम्म पनि निको हुन सकेको छैन । औषधिउपचारमात्र नभएर उनको मानसिक सन्तुलन ठिक बनाउनका लागि धामीझाँक्री समेत लगाइसकिएको छ । तर, निको हुन सकेको छैन ।
राइकोमात्र यस्तो पीडा होइन, धेरै महिलाहरुले विभिन्न प्रकारका यातना भोगेपछि उनीहरु विभिन्न प्रकारका रोगको शिकार समेत भइसकेका छन् । सवैभन्दा ज्यादा मानसिक रोगको पीडा बोक्नुपर्ने बाध्यता रहेको अनुभवीहरु बताउँछन् । रोजगारीकै लागि कुवेत पुगेर फर्किएकी लक्ष्मी राइले विदेशमा नेपालमाभन्दा बढि दुख गर्नुपर्ने बताइन् । उनले भनिन्,‘पैसा कमाउने रहरमा गएपछि निक्कै मिहेनत गर्नुपर्छ, काम राम्रो भएनभने विभिन्न प्रकारका यातनाको शिकार पनि भइन्छ ।’
भोजपुर जिल्लाबाट मात्र करिब एक हजार पाँच सयभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन् । अभाव, अशिक्षा र बेरोजगारीका कारण पछिल्लो समयमा धेरै महिला वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

Wednesday, May 8, 2013

छुचुन्द्राको उपद्रो र लोकतन्त्रको दुहाई

विनोद ढकाल ‘माओवादी जोतेर थाकेको गोरु हो, फेरि हिँडायो थुचुक्क बस्छ’ नेपाली राजनीतिका एक सटिक व्यंगकार, हाँस्य नेता खड्गप्रसाद ओलीको शाव्दिक प्रहार हो यो । उनले माओवादीविरुद्धका यस्ता कयन प्रहारहरु शाव्दिक रुपमा कार्यकर्ताको मन बहलाउनका लागि गरिसकेका छन् । अनि, अरुको चरित्रमाथिको उछितो काढेको मन पराउन बानी परेका नेपालीजनको ताली र हाँसको फोहोरा कयन हप्तासम्म निरन्तर उही मुद्दामाथि बहसका रुपमा चलिरहेका छन् ।
यी बहससँगै अहिले लोकतन्त्रको दुहाई दिएर सडक तातिरहेको छ । नेपालीजनमा, नेपाली राजनीतिमा अरु कुनै मुद्दा छैन सडकबहसका लागि । एउटै मुद्दामा बहस जारी छ, लोकतन्त्रको हरण भयो । चार दलले लोकतन्त्रलाई निलेको विषयमा टिप्पणी चलेका छन् । के चार दलले अहिलेको मुद्दामा मात्र लोकतन्त्रको हरण गरेका थिए ? प्रजातन्त्रको हरण अहिलेमात्र भएको थियो र ? व्यक्तिवादको पक्ष र विरोधका रुपमामात्र लोकतन्त्रको परिभाषा हुने हो र ? राजसंस्थाको बहिर्गमन हुनु लोकतन्त्र प्राप्त गर्नु थिएन । राज्यमा रहेको एउटा शक्तिको सामन्जस्य गर्नका लागि सम्झौता र संवैधानिक हतियार जारी रहँदा राजनीतिक ध्रुवीकरणबाट जुन बलमिच्याँई भएको थियो त्यति बेला नै लोकतन्त्र मरिसकेको थियो । लोकतन्त्र कुनै खास र बहुमत राजनीतिक दलहरुको बलमिच्याइँबाट स्थापित हुने शासन व्यवस्था थिएन, होइन । लोकतन्त्रको विश्वव्यापी मान्यतापनि त्यो होइन । लोकतन्त्रमा सवैका मुद्दा सहज र सरल तरिकाबाट सम्बोधन हुनुपर्छ, हुनसक्छ भन्ने ग्यारेण्टि हुन्छ÷हुनुपर्छ ।
जनताले आवेग र आवेशमा स्वीकारको राजतन्त्रको बहिर्गमनको फाइदा राजनीतिक दलहरुले अनेक रुपबाट लिए । संविधानसभाको चुनावबाट स्थापित भएको जनप्रतिनिधिहरुको संस्थाको बारम्बार म्याद थप्ने, जनताको पसिनाले आर्जेको सम्पत्तिलाई पार्टी र आफ्नो व्यक्तिगत सम्पत्ति भर्ने जागिरका रुपमा प्रयोग गर्नेसम्मको काम भयो । गरिव जनता अहिलेपनि संक्रमणकालको सीमामा छ । त्यो सीमा सकिएला र स्थायी राजनीतिबाट आफ्ना अधिकार स्थापित हुने आशामा छ । तर, नेपाली राजनीतिमा त्याृे दिन आउने सम्भावना छैन, टरिसकेको छ । छ सय एक, उनीहरुसँग जोडिएका अनेक राजनीतिक पात्रहरुलाई लोकतन्त्र आएको छ । उनीहरुको सम्पत्ति, नयाँ शान सौकतले त्यो पुष्टि गरेको छ । तर, २२ वर्षदेखि असनका गल्लीमा भरियाको काम गर्नेहरुका लागि लोकतन्त्र कहाँ छ ? अनि लोकतन्त्रको दुहाई दिने र लोकतन्त्र हरण भएको भन्ने ? लोकतन्त्रको प्रत्यक्ष हरण गर्दा निकासको सही मार्ग भनेर थपडी बजाउने तथाकथित विद्वानबुद्धिजीविहरु कहाँ छन् ? अधिकारको ठेक्का लिने र सडकमा जनताको नाममा आन्दोलन छेडेर गरिवको टाउको फुटाउन लगाउनेहरु कहाँ छन् ? उनीहरुले किन लोकतन्त्रको कागजी हरणहुँदा त्यसले पार्नसक्ने प्रभावका बारेमा सडकआन्दोलन छेडेनन् ?
जव खिलराज रेग्मीलाई सत्ता हस्तान्तरणका लागि चार दलले ‘राजनीतिक तमसुक’मा हस्ताक्षर गरेर एउटा विजय प्राप्त गरेजसरी हात उठाएका थिए त्यसबेला नै लोकतन्त्रको बली चढिसकेको थियो । त्यसअघि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्व कालमा सासमात्र बाँकी रहेको संविधानसभा भंगको घोषणा गरेपनि लोकतन्त्रको चिरहरण भएको संकेत मिलिसकेको थियो । स–साना झुण्डहरुको बलमा चलेको तत्कालिन बाबुराम सरकार, उनको बहिर्गमनका लागि चार दलले गरेको अर्को अलोकतान्त्रिक हस्ताक्षरले मुलुकमा लामो समयसम्म चलेका युद्ध, आन्दोलन र खबरदारीहरुलाई खरानीमा परिणत गरिसकेको थियो । त्यसताका डलरको खेती गर्ने तथाकथित मानवअधिकारवादी, लोकतन्त्रका ठेकेदारहरुको मुखमा तर्कका विभाजित स्वरुपहरु देखिएका थिए, जुन पटक्कै स्वीकारयोग्य लाग्दैन थियो ।
छुचुन्द्राको उपद्रो देखेर न उसलाई मार्न सकिन्छ, न उसका उपद्रोहरु नियन्त्रणमुखि हुन्छन् । लोकमानसिंह कार्कीका नाममा विभाजन भएका शक्तिकेन्द्रहरु, अझ मिडिया हाउससम्मका कथाहरु उदेकलाग्दा र दिक्कलाग्दा देखिए । लोकमानको नाममा उर्लिएको सडक, विभाजित राजनीतिक वितण्डा, अराजनीतिक ताण्डवले देखाएको छ । सावित गरेको छ, मुलुकमा चारशक्ति नयाँ राजसंस्था, नयाँ तानाशाहको रुपमा उदाएका छन् । उनीहरुको राजनीतिक उपद्रो ‘हरियो छुचुन्द्रो’भन्दा कम छैन ।
सडक अरबको मरुभुमीमा पसिना बगाउनेको मुद्दामा तातेको छैन, लोकतन्त्र रोजगारीका लागि तातेको छैन, लोकतन्त्र न्यायका लागि तातेको छैन, लोकतन्त्रका टेण्डर आफ्नो हातमा पारेको आत्मरतीमा रमाउनेहरु नागरिकका समस्यामा उर्लिएको छैन । उर्लिएको छ कहीँ भने त्यो लोकमानको मुद्दामा, लोकमानको सिफरिसमा, लोकमानको चरित्रमा, लोकमानविरुद्धमा, लोकमानपक्षमा ।
तर्क र राजनीतिक विश्लेषणको खेती गर्नेहरुले विभिन्न प्रकारले आफ्ना मत राखेका छन् । लोकमानको नियुक्ति भारतको इशारामा भएको हो । भारतले सानातिना अंगहरुमा पनि अव हस्तक्षेपकारी नीति लिइसकेको छ । प्रचण्डको भारत भ्रमण, ओलीहरुको सिफारिस र कांग्रेसीहरुको मतले लोकमानको नियुक्तिलाई बल पु¥याउनु भारतको इशारा नै भएको उनीहरुको दावी छ । अथवा, लोकमानको नियुक्ति राजनीतिक दलहरुलाई चुनाव लड्नका लागि पैसाको आवश्यकताका आधारमा भएको हो, खिलराजलाई सत्ता टिकाउनका लागि भएको हो । यी र यस्तै–यस्तै ।
लोकमान प्रकरणमा एमाओवादी अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् नेकपा एमालेको सिफारिसमा उनको नियुक्तिको प्रकृया बढेको हो । उनले जीवनमा कति ढाँटेका छन् ? उनका ढाँट र कपटहरुको श्रृंखलाको संयोजन गर्दा गिनिजबुकमा नाम लेखिन्छ लेखिँदैन थाहा छैन । तर, एउटा महाकाव्य तयार हुन्छ । उनले एमाले भन्ने पार्टी नै नभएको भाषण पनि गरेका थिए । यदि एमालेभन्ने शक्ति थिएन भने उसको सिफारिसको लोकमान एमाओवादीले किन स्वीकार गरेको हो । यदि एमालेले सिफारिस गरेको थियो भने माओवादी सडकमा किन नआएको हो ? एमाले नै किन सडकमा पुग्यो ? यस्ता वेतुकका तर्क गरेर, वेतुकका कुरा गरेर नेपाली राजनीतिलाई धमिलो पानीमा राख्ने चेष्टा कयनपटक भइसकेका छन् । यी कुराको विश्लेषण गर्ने की नगर्ने ? कसको सवर्थमा नागरिकाविरुद्धको यो अभियानमा दलहरु सक्रिय छन् ?
टाउको फुटाएर, हात भाँचेर, गोलीका छर्रा बोकेर, विधुवा, विदुर, टुहुरो, सहराविहीन भएर ल्याएको लोकतन्त्र यदि प्रचण्ड, सुशिल कोइराला, झलनाथ खनाल, केपी ओली र लोकमानहरुका लागि हो भने अव जनताले भन्ने वेला आएको छ नयाँ तानाशाह स्वीकारयोग्य छ । सडकममा गरिविको विउ छाडेर नेताको धुरी हेर्नकहा लागि अनुमति लिनुपर्ने लोकतन्त्र जनताले ल्याएको हो भने दरबारको धुरी हेर्न स्वीकार छ भन्ने बेला आएको छ । दरबारमा एउटा तानाशाह बस्छ तर यहाँ लोकतन्त्रमा त अनेक तानाशाहहरु जन्मिए । जो यथार्थमा जनता हुन् उनका लागि संक्रमणकाल हिजोपनि थियो, आजपनि जारी छ । 
लौहपुरुष गणेशमान सिंहको शव्द सापटी लिनुको विक्लप यतिवेला देखिँदैन । उनले भनेका थिए– जनता भनेका भेडा हुन् जता अगुवा जता गयो पछाडीका मानिसहरु उतै लाग्छन् । एउटा समय थियो आन्दोलनकारी झुण्डको शक्तिका रुपमा उदाएका तत्कालिन कांग्रेस सुभापति गिरीजाप्रसाद कोइरालाको पछी लागेर प्रतिनिधि सभाको पुनस्थापना भएको थियो । त्यसबेला जनताले दिएको त्यो साथलाई आज तिलात्तजली दिएर जनतामाथि नै नीतिगत आक्रमण भइरहेको छ । अनि, अहिले सडकमा उर्लिएको एउटा पक्ष, सडकबाहिर मौनतामा रहेको अर्को पक्षपनि भेडा नै हुन् । न्यायिक कुरामा किन सामुहिक आन्दोलन वा समर्थनमा उत्रिन नसकेको हो । लोकतन्त्र कसैले आफु अनुकुलको परिभाषा गरी काम गर्नका लागि ल्याइएको होइन । लोकतन्त्र भोको पेटका खाना, नांगो शरिरमा कपडा, छत नभएकाहरुको बासस्थानका लागि आएको हो । अधिकार र सम्पन्नताको बाटोमा जनताको अपेक्षाहरु पुरा गर्नका लागि आएको हो । मुकेश कायस्थहरुको जीवनतिर फर्केर हेर्दा लोकतन्त्र के का लागि ल्याइएको वा आन्दोलन के का लागि भएको भन्ने प्रष्ट हुन्छ ।
यसकारण अवको राजनीतिको बाटो कतातिर जान्छ भन्नेभन्दापनि अव राजनीति कसरी चल्छ ? भन्नेतिर विश्लेषण गर्ने बेला आएको छ । इतिहाँसमा जनताको मत दिने दिनको आयो भने त्यसबेला नागरिकले एकछत्र रुपमा लोकतन्त्रको नकावधारी तानाशाहका पात्रहरु, ठेकेदारहरुलाई ठेगान लगाउनुको विकल्पबाहेक नेपालमा जनताको चैनका दिन आउने छैनन्, यो सात वर्षको फुस्रो लोकतन्त्रले देखाइसकेको छ । 

कमाण्डर पोष्ट दैनिकमा विहीबार प्रकाशित लेख हो । तर, यो सम्पादनका क्रममा केही कमजोरी भएका हुन सक्छन्, हतारमा पोष्ट गरेको लेख पनि हो ।

Friday, May 3, 2013

ओबामाका आँसु र प्रचण्डका हाँसोहरु

विनोद ढकाल
अन्ततः मान्छे भावुक नै हुन्छ, त्यो जतिसुकै शक्तिशाली किन नहोस् । आँसु सवैका आँखाबाट वग्छन्, त्यो जतिसुकै कठोर किन नहोस् । जसका आँखा रसाउँदैनन् उनीहरु निर्दयीमात्र हुँदैनन्, निर्लज्ज र आत्मग्लानी गर्न नसक्ने नै हुन्छन् । विश्वमहाशक्ति अमेरिका र त्यसका राष्ट्रपति कति शक्तिशाली होलान् ? विश्वमा अमेरिकी राष्ट्रपतिले चाहेको कुरा के पुरा हुन नसक्ला र ? अनुमान गर्न पनि कठिन छ । लिविया होस या अफगानिस्तान, इराक होस वा इजिप्ट यी देशहरुमा देखिएका उनका हस्तक्षेपका ताजा नमुनाले उनको शक्तिको तुलना नेपाली शक्तिसँग गर्न कुनैपनि आधारमा योग्य छैन । तर, संवेदनाचाँही मानव भएकै कारणले समान हुन्छन् भन्ने विश्वमान्यता छ । दम्भ र संवेदना फरक विषय हुन सक्छन् तर राजनीतिक व्यक्तित्व होस वा शक्तिशाली राष्ट्रपति उनीहरुमा पनि संवेदना निक्कै महत्वपूर्ण हुन्छ भन्ने उदाहरण कम छैनन् । अनि, आफ्ना लागि इमान्दारिता पनि पर्याप्त राख्दछन् ।

शक्तिशाली मुलुकका राष्ट्रपति भएर पनि विद्यालयमा हुने अभिभावक–शिक्षक वैठकमा निरन्तर उपस्थित भएर शिक्षकसँग आफ्ना सन्तानको बारेमा जानकारी लिने बाराक ओबामा जस्ता व्यक्तिहरुको चर्चासँग नेपाली राजनीतिमा हावी भएका तर निकृष्ट विचारसँग सँधै सामिप्यमा रहेका व्यक्तिहरुको व्यवाहारको तुलना गर्नु यतिवेला अनिवार्य नै भइसकेको छ ।

अमेरिकी राष्ट्रपति ओबामाको पारिवारिक पृष्ठभुमी के हो त्योसँग त्यहाँको राजनीतिको कुनै सरोकार छैन । ओबामा जनताको मुद्दामाथि गहन छन् या छैनन् भन्ने कुराको लेखाजोखा प्रधान हुने गरेको छ । बोस्टोनमा भएको विस्फोटमा चाहे जो मरेपनि जनता नै मरेको भावले उनको आँखा रसाउनु त्यहाँको स्वभाविक राजनीति हो । त्यसकारण पनि उनी चर्चाका पात्रमात्र हैन, अमेरिकी इतिहाँसमा निरन्तर दोस्रो कार्यकालका राष्ट्रपति पनि हुन् ।

एउटा जनता मारिनु कुनै पनि मुलुकका नेताका लागि कति दुखदायी हुन्छ भन्ने उदाहरण हुन्, ओबामा । अन्य मुलुकहरुमा आतंकवादविरुद्धको अभियानमा उनका गोलीले कति मानिसहरु मारिए त्योसँग उनको सरोकार रहेन । तर, एउटा विस्फोटले मुलुकमा मारिएको जनताको रगतसँग उनको सामिप्यता रहेको प्रमाण उनकोे आँखाबाट वगेको आँसु नै थियो । विश्वमा खुला प्रजातन्त्रको सवैभन्दा बढि उपभोग अमेरिकीहरुले गरिरहेका छन् । त्यसकारण पनि नेपाली समुदाय इडिभि भरेर होस वा अरु केही भरेर होस् अमेरिकाको सपना बुनिरहेका हुन्छन् । किन ? त्यहाँको सुरक्षाका सवाल एकातिर होला तर सुविधाका सवाल निक्कै प्रेरणादायक छन् । अमेरिका आप्रवासीहरुबाट बनेको मुलुक हो । त्यसकारण पनि विश्वका निक्कै प्रवासीहरु अमेरिकामा सहज समेटिएका छन् । अनि, उनीहरुको भावनासँग जोडिएको छ, त्यहाँको प्रशासनयन्त्र । खासगरी, राष्ट्रपतिको भावना । अन्य देशलाई निषेधमा राखेर भएपनि आफ्ना जनताको सुरक्षा र सुविधा प्रभावकारी बनाउने अभियानमा लागेको मुलुक र त्यहाँका नेतृत्वकर्तासँग केही सिक्ने कि नसिक्ने ? यी सवालहरु निरन्तर गर्नुपर्ने अवस्थितिमा हामी पुगेका छौं, अब । 

कुनै बेला थियो सायद, यो पुस्ताले इतिहाँस भन्ने ऐच्छिक विषयमा बढेको हुनुपर्छ,‘जनता बलिया भए दरबार बलियो हुन्छ’ भन्ने पृथ्वीनारायण शाहको कथन । त्यसमाथि एक पटक सवैले घोत्लिनु अनिवार्यजस्तो लागिरहेको छ । उनीविरुद्धका अभियानले प्राप्त गरेको लोकतन्त्र, उनीविरुद्धका वक्तव्यवाजीले स्थापित गरेको गणतन्त्रमा जनता कमजोर हुँदा नेता बलिया हुन्छन् भन्ने भनालाई स्थापित गरेको छ । यसो भनिरहँदा राजसंस्थाको अनिवार्यतामाथिकोे आग्रह होइन, त्यो संस्थाका निर्माताले दिएको अभिव्यक्तिको ‘दम’लाई किन नेपाली राजनीतिमा हावी भएका तथाकथित नेताहरुले पुरा गर्न सकेनन् ? मेरो प्रश्न हो ।

हामी ५० औं हजार परिवार विस्थापित भएको, २० हजार जनताको लास विछ्याएको बाटोबाट सत्तामा पुगेर पनि हाँसीरहेका छौं । खासगरी एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनमा संवेदनाको कुनै असर देखिएको छैन । उनी लगायतका प्रकाण्ड विद्वानका रुपमा परिचय बनाएका डा. बाबुराम भट्टराईजस्ता मान्छेलाई लासमाथिको बाटोबाट हिँडेको विषयमा अलिकतिपनि खिन्नता र आत्मग्लानी छैन । हत्यालाई वैधानिकरण र हत्यारालाई नेता बनाउने खेलमा उनीहरु व्यस्त देखिएका छन् । काठमाडौंका कुनै भित्ता खाली छैनन्–बालकृष्ण ढुंगेलजस्ता अदालतले नै अपराधी तोकेका व्यक्तिलाई पक्राउ गरी कारवाहीका लागि अपिल गरेका पोष्टर र पम्प्लेटविना । त्यस्ता व्यक्तिलाई जिल्लामा रहेका सभामा लगेर अतिथिको व्याच लगाउने काममा उनीहरु उद्दत छन् । शक्तिशाली राष्ट्रपति भइकन ओबामा आफ्ना छोराछोरीको अध्ययनदेखि घरको हेरचाहमा पनि उत्तिकै गम्भिर रहेछन् तर प्रचण्डजस्ता व्यक्तिको सन्तानको चरित्र यहाँ वर्णन नगर्दा नै हुन्छ । उनले कति समय दिँदा हुन् ? यो विषयमा अर्को लामो बहस हुनसक्छ ।

संवेदनाहिन राजनीतिले कहिले पनि मुलुकको विकास गर्न सक्तैन । अपराधलाई वैधानिकरण गर्ने र अपराधीलाई नेता बनाउने राजनीतिक दलले पाएको सत्ता र प्रशासनयन्त्र कस्तो बनाउला ? एकपटक फेरिपनि सोचौं त ? यसको प्रमाण प्रचण्डकै नौ महिने प्रशासनतन्त्र र बाबुरामका १८ महिनाका प्रशासनयन्त्रले पुष्टि गरिसकेका छन् । उनीहरुले न त संविधानको स दिए न प्रशासनयन्त्रमा सुधारका केही काम गरे । गुण्डागर्दी, घुसखोरी, भ्रष्टाचारमात्र बढाएनन् अपराधलाई पनि राजनीतिक मुद्दाका नाममा सयौं अपराधीहरुलाई आममाफीका निर्णयसम्म गराए । जनताको सानो भन्दा सानो कुरामा गम्भिर नहुने तर आफुचाँही हेलिकोप्टर चार्टर गरेर हिँड्ने महत्वकांक्षा बोकेका जुनसुकै वादीहरु पनि मुलुकका लागि घातक सिद्ध छन् । उनलाई त्यो सविधा जनताको सामान्य सुविधा पुरा गर्नका लागि दिइएको हो तर नेपाली जनताको कुनचाँही सामान्य सुविधा उनीहरुले पुरा गरेका छन् ? मुगुमा कुहिइएका चामल बाँडिदा बाबुराम प्रधानमन्त्री थिए, कोसीमा बाढी जाँदा प्रचण्ड प्रधानमन्त्री थिए । अहिलेपनि जनता आफैंले गरेको मिहेनतका कारण केही ठाउँमा विकास भएका छन्, त्यसमा पनि कमिसनको खेल उनीहरु नै मच्चाइरहेका छन् । जति राजनीतिक रंगमा उनीहरुको अभियान चलिरहेको छ, विश्वराजनीतिमा त्यसलाई मुल्यांकनका आधारमा भन्ने हो भने अपराधभन्दा केही पनि होइन । हामी अपराधको पछि कुदिरहेका छौं या राजनीतिको पछि यसबारेमा गहन विश्लेषण गर्ने पो हो की ?

यसर्थ, जिल्लामा पुगेर चर्का कुरा गरेर, सपनाको पोको बाँडेर जुन हाँसोहरुमा प्रचण्डहरु हर्षविभोर छन् त्यसका परिणाम र भविष्यका संकेतहरु गतिला देखिएका छैनन् । मुलुकभित्र जनता मारेर मुलुकबाहिर सम्झौता गर्ने नेताले जनताको कुन अधिकार स्थापित गर्न सक्छ ? यो विश्वासको लायक कसरी हुनसक्छ ? यी प्रश्नहरुबाट यतिवेला प्रचण्डहरु उम्किन पाउने छैनन् । उनीहरुसँगै सुशिल कोइराला, झलनाथ खनाल, विजय गच्छादार र उपेन्द्र यादवहरु पनि उम्किन पाउने छैनन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन होस वा अन्य राजनीतिक पार्टी, संघसंगठनका आन्दोलनका क्रममा मारिएका मानिसहरुले सम्बन्धित राजनीतिक हौवा पिट्ने र कुर्चीमोहमा जनताका छोरालाई रनभुल्लमा पार्नेहरु पनि उम्किन पाउने छैनन् । उखान वैज्ञानिक छन्, यी संयोगका अधिकतम नजिक पनि छन् । त्यसकारण यी सवै पापहरुको भारी एकदीन धुरीबाट कराउन सक्छ । यी पापहरुलाई प्रायश्चित गर्न दिने अथवा पापकर्म गर्नेहरुलाई जवाफ दिने यो जनसाधारणको तहबाट निर्णित हुन्छ नै होला, सायद ।