Friday, March 28, 2014

जीवनको भयानक सत्ता मोहजाल

साइबर लभ–१६ 

एक साता वितिसक्यो, शेलीले इमेल फर्काइनन् । गाउँको चौतारामा मोवाइल खेलाएर बसेका ठिटीहरुको इत्रिरहेका दृश्यले शेलीको झझल्को दिन्छ । प्रविधि पुस्ताको खाँचो छैन अब । ‘कहिले फर्किने हो काठमान्डू ?’ नेपथ्यमा कसैको आवाज गुञ्जियो र ढाडतिर धाप मारेर प्रश्न मेरा लागि खसेको संकेत भयो । गर्मी याम सुरु हुन लागेका बेला हावा सामान्य चलिरहेको छ । फागुनको मास काठमान्डू चिसोमा रुमल्लिए पनि तराई पुरै गर्मीले भक्कानिएको छ । मानिसहरु अर्धनग्न बाध्यतामा हराएका छन् । पानीको महत्व बढिसकेको छ । हरिया रुखहरु फुस्रा देखिन थालेका छन्, पातहरु सुकिसकेका छन् । नयाँ पाउलो आउने तयारी भइसकेको छ, सायद । धाप मार्ने व्यक्तितिर फर्किँदा यत्ति दृश्य एक निमेषमा देखा पर्छ, पछाडी उभिएका मित्र हो राजकुमार । ‘केही दिनमा फर्किनेछु, तँ कहिले परदेशतिर हानिन्छस ?’ गाउँले भाषामा सोधें,‘परदेशको बसाइ निक्कै सहज छ हैन त ?’ मलाई थाहा छ खाडीको दुख निक्कै पेचिलो छ । बालुवामा अंगुर फलाउने काम सामान्य होइन । ‘केही दिनमा जानेछु, अनि काठमान्डूको बसाई गज्जब छ हैन त ?’ ग्रामिण बस्तीको साझा सवाल राजकुमारले पनि उठायो । काठमान्डू खाडीको बालुवामा अंगुर फलाउने काम गर्नुभन्दा कठिन भएको उसले विचार गरेको छैन । हप्तादिनको काठमान्डू र वर्षहरु विताउनुपर्ने काठमान्डू फरक छ । यो सहरमात्र फरक हैन, काठमान्डूको विचारको तह, तानाशाही सोच, नाफामुखि विचारले फरक छ । गाउँको कोही सडकमा ठोक्किदा हुने खुशीले पनि त्यसलाई पुष्टि गर्छ । ‘अँ, ठिकै छ, बाँचेको छु वैचारिक पुड्काहरुको सहरमा ।’ मेरो सहज उत्तर थियो राजकुमारलाई । यस्तो कुनै पुलिन्दाको जन्म भइसकेको छैन जसले काठमान्डू र त्यसबाहिरको जीवनको सहजीकरण गरोस् ।
चैतारामा प्रविधिपुस्ताहरु मोवाइलसँग इत्रिरहेका छन्, अझै । स्कूले डाँडामा बसेर चिसो हावासँग रुमल्लिरहेका छन् । मोवाइलका टावरहरु गन्दै भन्दैछन्,‘कनेक्सन नै हुँदैन ।’ अकास्मात भेटिएको राजकुमार अभ्यस्त छ, विदेशी भुमीमा जाने कागजपत्र मिलाउन, ऊ मसँग विदा मागेर घरतिर लाग्यो । म निरन्तर स्कुले डाँडातिर नियालिरहेको छु, घामले क्षितिजको आकार लिने बेला भएको छ, स्यालहरु विस्तारै मकैवालीतिर छिर्ने बेला भयो अनि कोसीतिरबाट चरेर भैंसीहरु गोठ छिर्न लागे । बेला भयो– अब घरतिर लाग्नुको विकल्प छैन, त्यो गुमनाम हुने सहर काठमान्डू विहानको बस चढेर जानु छ ।
०००
मैले धेरैपटक शेलीलाई भनेको छु– काठमान्डू फोहोर छ, विचार र व्यवाहारबाट ज्यादा । तिव्र सहरीकरणको पाटो पूर्वाधार विकासमा भन्दा पनि दैनिक मानवीय चरित्रमा आउन थालेको छ । सडकमा सेक्स डिल हुन थालेका छन् । घर–घरमा उच्च घरानीया वेश्या पुरुषमहिलारु पनि बढ्न थालेका छन् रे । कार चढ्नेहरुको चरित्रको लेखाजोखा गर्न सक्ने अवस्था छैन । रंगमञ्चको अनुहार राम्रो र व्यवाहार पश्चिमा शैलीको भइसकेको छ । विवाह गर्ने–छाड्ने एउटा संस्कृति बनिसकेको छ, सहरको । डिभोर्स सहज सुत्र बनिसकेको छ । मान्छेहरु सेक्सको आशक्तिमा बाँचेको सहर । यहाँ किनेर, वेचेर, फकाएर, महत्वकांक्षा देखाएर सेक्सको ठूलो व्यापार भइरहेको छ । सहरको लभ, माया, जीवन सवै यसैको वरिपरि घुमिरहेको छ । संसार निर्माताहरुको गजवको करामत नै मान्नुपर्छ । अनुहार भएका, नभएका, जवानी भएका काठमामान्डूका सडकमा आशक्तिमा बाँचेका छन् ।      
सहरको कथा अनौठो छ । आफ्नो मौलिकताबाट विस्तारै अलग्गिदैछ, सहर । सडकका जीवनहरुको गती कटौरामा सिक्का थाप्ने यथावत भएपनि नवसामन्तवादको नतमस्तक बन्दैछ, गाडीवाला सहर । ग्ल्यामरको भोकमा दौडिरहेको छ, काठमान्डू । अवसरका लागि सम्झौतामा अलमल गरेको छैन, सहरले । पेचिलो छ, सम्बन्धहरु कायम राख्न, कठिन छ, जीन्दगीको दर्शन बुझ्न । मनोवाद...साम्यवाद, समाजवाद, माक्र्सवाद, लेलिनवाद, राजावाद भन्दा निक्कै भयानक सत्ता रहेछ जीवनको । डरलाग्दो शासन हुन्छ, एक्लो मान्छेका लागि । यो सहरको जीवन र शेलीसँगको केही दिनको संवादअन्तरले मलाई मनोसंवादको चक्रव्युहले घेरिरहेको छ । मेरा डायरीका पानाहरु फरफराइरहेका छन्, खाली पाना । अक्षरहरु कसरी उतार्ने हो ? सोचमग्न छु । कहाँबाट सुरु गरौं ? कसरी कोरौं अक्षरहरुको पंक्तिलाई ? विषय के उठान गरौं, टुंग्याउँ कहाँ लगेर ?
गाउँदेखि देखिने सहर निक्कै समृद्ध छ । त्यहाँका मानिसहरु विकासका हिमायती हुन् । सहरका मान्छेहरु ठूला हुन् । सहरमा बस्नेहरु सुकिला हुन्छन् । सहरमा हुर्किनेहरु अब्बल हुन्छन् । गाउँले देख्छ– अझ पश्चिममा बस्नेहरु त आर्को विश्वबारे जानकार हुन् । अमेरिका, युरोप, जापान आदी इत्यादीमा छिर्नेहरु गाउँभन्दा निक्कै समृद्ध छन् । तर, गाउँ एउटा कृत्रिम भ्रममा अहिले बाँचेको छ । उसलाई बाँच्न बाध्यकारी बनाइएको छ । पुँजीपतिका नाममा सहरीया दलालगिरीहरुले यस्तो बाध्यकारी अवस्था बनाएका छन् । गाउँ सहरभन्दा समृद्ध छ, त्यहाँ उत्पादन हुन्छ, सहरको भोजन उत्पादन हुन्छ । गाउँका मानिसहरु विकासका साझेदार हुन्, त्यहाँ सामुहिक र सामुदायिक विकासको लहर छ, गाउँका मान्छेहरु निक्कै ठूला र जानकार भइसकेका छन्, गाउँमा शिष्टता र आत्मनिर्भरता छ । गाउँमा बस्नेहरु भौतिक मैला छन्, वैचारिक सुकिला छन् । गाउँमा बस्नेहरु अव्बल छन्– सहर उनीहरुको दैनिकको खेती गरिरहेको छ । अझ पश्चिममा बस्नेहरुभन्दा नेपाली माटोमा हुर्किनेहरु सृजनात्मक छन्, गाउँका पाखाको सुगन्धमा हुर्किएको सृजनामाथि अभ्यास गर्नका लागि पश्चिमाहरु बस्ती छिर्छन् । गाउँ भ्रममा बाँच्न बाध्य छ, सहरीयाहरु दिगभ्रमित भएर उत्ताउलिएका छन् ।
मोली, रिकी, ह्यारी, क्रिस्टिनासँगका संवाद र मसँगको संवादमा निक्कै फरक पाउँछिन् होला शेली । उनले नेपाली नामबाट आफ्नो नामलाई पनि अंग्रेजीकरण गरिसकेकी छिन् । किनभने उनी अंग्रेजहरुको साम्राज्यमा बसिरहेकी छन् । ‘तिमी किन मलाई रिप्लाइ गरिरहेका छैनौ ?’ च्याटबक्समा बत्ती बालेर एन्जिला फेरि अकास्मात प्रश्न तेर्साइरहेकी छ । एन्जिला पनि शेलीहरुको सहरकी हो । उसको आशक्ति किन मसँग ? कतै एन्जिलाको उपस्थिति शेलीको प्रतिनिधित्व त हैन, छद्मभेषी रुपमा ? मनोसंवादको एउटा तरंग यतिबेला लागेको छ । अघिल्लो पटक पनि शेलीको पर्खाइमा बसीरहेका बेला एन्जिलाको अकास्मात उपस्थितिले मलाई उत्साही बनाएको थिएन । उसका केही दिनका कुरा गराइहरु नै निक्कै आकर्षकपन देखाउने प्रकारले आइरहेको थियो ।
‘तिमी किन मलाई यत्ति साह्रो म्यासेज पठाइरहेकी छौ ?’ मैले एन्जिलालाई भने,‘आइ एम नट इन्ट्रेस्टेड इन दिस टाइप अफ च्याट, आई वान्ट अनोदर टाइप ।’ सायद मेरो यो भनाईले उसलाई हतोत्साही बनायो होला । ‘ह्वाट डिड आई डू ?’ उसको प्रश्न थियो,‘सरी, डियर आई एम इन टेन्सन’ मेरो सरल उत्तर थियो । त्यसपछि उनले प्रत्युत्तर वा प्रश्न केही पनि गरेकी छैनन् । म शेलीको उत्तरको खोजीमा अल्झिरहेको छु । शेलीको इमेल पर्खाइमा छु । मलाई शेलीका विचारहरुसँग फेरिपनि रुमल्लिने मन छ । काठमान्डू छिर्दा देखिएका मेरो माटोमा हरिया फाँटहरु, सुन्दर संस्कृति, मानवीय चरित्रका विषयमा उनलाई अर्को इमेल कोर्ने सोच पनि बनाएको छु ।
०००
सडक कति लामो छ ? दुरी नापेर यात्रा हुँदैन । कति सडक पार भयो ? ठाउँले संकेत गरिरहेको हुन्छ । जीन्दगी पनि ठ्याक्कै उस्तै, कति लामो छ भन्ने कुनै यकिन भइसकेको छैन । म यात्राका क्रममा छु, अनि शेलीका सम्झनाका केही झझल्कोहरु पनि छन् । साथमा मेरो भिरालो जीन्दगीजस्तो सडकमा अविचलित मान्छेहरुका ताँती सवारीसँगै चलिरहेका छन्– गन्तव्यको खोजीमा ।
‘जसरी पनि तपाई आफ्ना कुरा माथि पार्न खोज्ने हुनुहुँदो रहेछ...तपाईलाई धेरै पटक मैले नोटिस गरिसकेकी छु’ यो प्रतिसंवाद सहितको उत्तर एकाएक च्याट बक्समा खसेको रहेछ । शेलीले फेरि लेखेकी छिन्,‘तपाई हरेक कुरामा आफ्ना तर्कहरु माथि लाद्न खोज्ने स्वभावको हुनुहुँदो रहेछ, हरेक पटक नोटिस गरेको छु ।’ शेलीको म्यासेज आएको थाहा पाउँदा हर्षविभोर र पर्खाइको एउटा ठूलो क्षणको समाप्ती भएको थियो । तर, उनको म्यासेज जब अक्षरहरुसँगै मगजको कुनासम्म पुगेर जुन सन्देश छाडिरहेको थियो लाग्यो जीन्दगी महत्वकांक्षाहरुको थुप्रोमा हुने रहेछ । मान्छेका गुणहरुमात्र लिने र दोषहरुमात्र खुट्याउन थालियो भने पृथ्वीका सात अरब मानिसहरु उनका नजरमा मान्छे नहुन सक्छन् । यस्तो विश्लेषकले एकदिन आफुलाई पनि मान्छे देख्दैन । म अन्तरसमिक्षामा रुमल्लिरहेको छु । म के उत्तर लेखौं ? के प्रत्युत्तर दिऔं, अलमलमा परेको छु । मेरो मोवाइल फोनमा चलेको इन्टरनेटको गति जति सुस्त बनेको छ, मेरो दिमागभित्र त्यहि सुस्ततामा शव्दआकृति बन्ने कोशिश गरिरहेको छ । उनीमात्र मेरो आशक्ति विल्कुल हैनन् । उनीसँगको संवादभित्रको सम्बन्ध मेरो आकर्षण थियो । तर, उत्तरआधुनिक समाजभित्र महत्वकांक्षाहरुको पहाड बोकेर मान्छे हुर्किरहेको हुन्छ भन्ने मलाई के थाहा ? म सगरमाथाजस्तो अटल विश्वासमा उभिइरहेको हुनाले उनी वेगजस्तो ठोक्किने र हराउने क्रम निरन्तर चलिरहेको छ । म अडिग छु, चलायमान छैन र, पनि । ‘ल केही घन्टामा हामी काठमान्डू पुग्दैछौं’, पहाडको टाकुरामा सार्वजनिक बस रोकिँदा म एकपटक फेरि झस्किएको छु । मेरो अन्तर्मनमा कहीँ कतै एउटा वाक्यको लहर बनिरहेको छ– हो रहेछ, जीवनको भयानक सत्ता मोहजाल हो, म त्यहि मोहजालको उन्मादभित्रको पीडित पात्र बनिरहेको छु ।

Friday, March 14, 2014

नेपथ्यमा प्रेमिल छायाँ

जुन ठाउँबाट हाम्रा संवादहरु, हाम्रा कुराकानीहरु सुरु भएका थिए तिनका यथार्थ एकै जमिनमा सकिन्छ । म पश्चिमाहरुजस्तो चन्द्रमामा पुग्ने आत्मविश्वास लिन सक्तिन किनभने अहिलेपनि चन्द्रमालाई पुजा गर्ने मेरो समाज र तिमीसँगको दुरी निक्कै ठूलो छ । 

म जहिलेपनि नेपथ्यको मान्छे । उर्वसी एउटा स्वप्न । अनि, शेली वास्तविकता मनको । म स्वप्नसँग घुलमिल गर्न रुचाउने मान्छे । सपनाहरु वस्तविकताभन्दा अधिक मिठा हुन्छन् । खतरनाक हुन्छन्, भयानक हुन्छन् । निक्कै रसिला हुन्छन् र परिकल्पनाको वास्तविक आधार भएर आउँछन् । 
‘हे ड्युड ह्वाट्स अप’, लेखेर कोही अनलाइनमा हरियो वत्ती बालिरहेको छ । यी पक्कै शेली हुन् त ? होइनन् । कोही किशोरी मलाई आफुतिर तान्न खोजिरहेकी छिन् । ‘याप’ मेरो सहरीया जवाफ थियो उनलाई । ‘ह्वेयर आर यु फ्रम’ साइबरको औपचारिक प्रश्न उनले फेरि तेर्साइन् । ‘काठमान्डू, एण्ड यु ?’ मेरो पनि औपचारिक उत्तर थियो । म निरन्तर शेलीको पखाईमा छु । तर ती नयाँ किशोरी बारम्बार मलाई घन्टि बजाइरहेकी छन् । ‘वान्ट टु भिडियो च्याट ?’ किशोरीको सोधाई थियो । ‘नप, आइ डन्ट’ मेरो जवाफ थियो । तर, उनले अकास्मात भिडियो खोलिन् र मसँग निरन्तर च्याट गर्न थालिन् । म शेलीको परिकल्पनमा रुमल्लिरहेको वखत, नयाँ खैरे किशोरी, एन्जिला ‘निक नेम’ भएकी । म केहीबेर अडिएको छु । एन्जिलाको तस्बिर र भिडियोमा । युवक, अनि तन्नेरी । एक किशोरीको पुष्ठ शरिर देखेर मनभित्रका सयौं राक्षसी भावनाहरु जाग्नु स्वभाविक हुन्छ । तर, ती सवै भावनाहरुलाई ‘कन्ट्रोल’ गर्नसक्नु पनि खुवी नै मान्नुपर्छ । ‘लुकिङ भेरी व्युटिफूल’, मेरो उनीमाथिको टिप्पणी थियो । ‘थ्यांक यु यु आर लुकिङ ह्याण्डसम’, उनले तस्बिर हेरेपछि दिएको उत्तर थियो । एन्जिलासँग म समय विताउने रहरमा कुरा गरिरहेको छु । मनभित्र शेलीलाई पर्खिरहने धैर्यतामा खलबली चलिरहेको छ । ‘सायद शेली यतिवेला मोलीको हेरचाहमा व्यस्त भइन्, अभ्यस्त भइन् । मोली ती बुढी आइमाई । तिनको हेरचाह शेलीका लागि कर्तव्य बनिरहेको छ । अनि, रिसाएर पनि होला मसँग नबोलेकी अहिले ।’ मनमा उतारचढावमा भावना आइरहेका छन् । ‘ओह ड्युड ह्वेयर आर यु ? आर यु देयर ?’ एन्जिला सोधीरहेकी छन् । ‘यस आइ एम हियर’ । एन्जिला पश्चिमाहरुको संगतमा हुर्किएकी केटी हुन् । उनी क्युबाबाट अमेरिका सरेकी एक बालिका अहिले युवती भएकी छिन् । उनले आफ्नो वास्तविकता मसँग खोलेपछि मैले जानेको कुरो । उनी भन्छिन्,‘आई लाइक हिन्दु कल्चर’ । उनको यो भनाईले मलाई आकर्षण ग¥यो । ‘द्याट इज ग्रेट ।’ मेरो प्रत्युत्तर थियो ।
एन्जिल पहिलो विश्वभित्र फरक किशोरी हुन् । उनको पूर्णपरिचय पाएको छैन । तर, इन्टरनेटको यो सुविधाले उनी मसँग निरन्तर जोडिन चहान्छिन् । म शेलीको पखाईमा शेलीको प्रेममा, शेलीको भावुकताको डोरीमा अल्झिसकेको छु । उनी अनलाइन आइनन् आज त्यसैले म इमेल लेख्दैछु ।      
०००
शेली, हाउ आर यु । 
तिमी आज अनलाइनमा आएनौं । तिमीसँग भन्नुपर्ने निक्कै कुराहरु थिए । मान्छे गरिब भएपछि मुसाहरुले पनि हेप्छन् रे, एकजना दाइले भनेका । कतै तिमीले मलाई डुहुरे मुसा जस्तो बारम्बार हेपेको त होइन ? तर, थाहा छ तिमी केहीबेरका लागि अभ्यस्त भयो होला । वा मसँग रिसायौै होला । तर, क्रोधको पनि ओखति छ । तर तिमी नआउँदा मेरा निदरीहरु हराएका छन् । म सुतेको छैन, ढल्किएको छु, निदाएको छैन, पटक्कै । म तिमीसँग सहरको कुरा गरिरहेको थिएँ । अघिल्लो पटक निदाउँदा एउटा सुन्दर सपना देखेको थिएँ तर त्यो यथार्थसँग निक्कै फरक छ । मेरो वास्तविकता तिमी हौं । र, तिमीसँग मैले जारी राखेको सहरको कथालाई एउटा पूर्णविराम दिने ठाउँको खोजी गरौं । 
सपना भत्किएको सहरमा बस्नुको अर्थ हुँदैन । सपना उनिरहेको गाउँमा मेरा नीजि सपनाहरु बोक्ने धरातलहरु कहिँ कमजोर बनिरहेका त छैनन् ? किशोरकिशोरीको समय होइन यो, यो समय हो– युवाको । केही जाँगर मनभित्र छ तर धनभित्रको जाँगरचाँही निक्कै बलियो हुने, सहरले प्रमाणिकरण गरिसकेको तथ्य हो । गाउँमा हलो जोतेर खाने दिन गए । एउटा संवेदनामुक्त सुकुम्बासी बन्न सकिएको छैन । तर, तिमीले त मलाई प्रेममा पनि सुकुम्बासीजस्तो व्यवाहार किन गरेको ? 
सहरमा हिड्दा फाटेका मेरा जुत्ताहरुको औकात हो की ? पश्चिमा सहरमा हुर्किएको हैसियतको घमण्ड बुझ्न सकिन । जुन ठाउँबाट हाम्रा संवादहरु, हाम्रा कुराकानीहरु सुरु भएका थिए तिनका यथार्थ एकै जमिनमा सकिन्छ । म पश्चिमाहरुजस्तो चन्द्रमामा पुग्ने आत्मविश्वास लिन सक्तिन किनभने अहिलेपनि चन्द्रमालाई पुजा गर्ने मेरो समाज र तिमीसँगको दुरी निक्कै ठूलो छ । म अहिले तिमीलाई यो कुरा लेखिरहेको कारण मेरो मर्म तिमीलाई सुनाएको होइन । सापट दिएको होइन । मलाई थाहा छ– कसैको मर्म सापट लिन हुँदैन, तिर्न गाह्रो हुन्छ । तर, म फर्किएर हाम्रो विगतलाई कोट्याएर नयाँ परिवेशमा हाम्रो अवस्थालाई मुल्यांकन गर्न भनिरहेको छु । तिम्रो सहर र मेरो सहरको भिन्नताको खाडल ठूलो छ । यद्यपी हामीविचको संवेदनाको पहाड त कमजोर छैन नि ? तिमीले मलाई घाइते प्रेमीजस्तो बनाएकी छौं, प्रेमको फोहरा छाडेर अनि संवादको ग्याप राखेर । प्रेम संवेदना र विश्वासभित्रको संवाद हो नी । भौतिक सुखमा मात्र प्रेमको नजरअन्दाज हुन सक्छ र ? तिमीले पक्कै यो इमेल पढ्नेछौ र मेरा हरेक शव्दको मुल्यांकन सहित भावार्थमा अर्को इमेल ठेल्नेछौ मैतिर, मलाई विश्वास छ । शेली म केही दिनका लागि गाउँ जाँदैछु । त्यो गाउँ जसले मलाई सहर छिराउने वातावरण दियो र अपेक्षाहरुको पहाड बोकेको छ । अरु युवाहरु परदेशतिर लागेका बेला मुलुकमै केही गरिरहेको छ भनेर भ्रामक सपनाहरुका साथ उदाइरहेको छ । म त्यो गाउँको तयारीमा छु । केही दिनका लागि स्वच्छ हावाको सयरमा छु । निर्भिक मानिसहरुका मनसँग रुमल्लिने योजनामा छु । यो छोटो इमेलको पखाईमा छु । बाई । 
०००
अस्तिको मेरो गाउँमा प्रविधिको पहुँच पुगेछ । मेरो गाउँ जहाँ मान्छेहरुका मन कोमल छन् । सहरबाट आएको ठिटोसँगको अपेक्षा अनगिन्ति छन् । कसैलाई नयाँ कामको स्वरुपको सोधाइको उत्सुकता छ । कसैलाई विवाह भोज खाने रहर छ । गाउँका अनेक मानिसहरुका फरक विचार छन् । भर्खरै चुनाव सकिएको गाउँमा नेताहरुसँग अन्तरंग गर्नसक्ने ठिटो, केटोको रुपमा व्याख्या गर्छन् । धुलैमुलै हुँदै बल्ल बल्ल पुगेको गाडीबाट उत्रिनासाथ दिपेन्द्र भन्ने काकाले कोट्याएर सोधे– कहिले आएको ? उनै दिपेन्द्र काका मेरा वचपनाहरुमा मलाई निक्कै गाली गर्दथे । गाउँका केटाहरु लिएर जंगलतिर तासको घाट थाप्दा लखेटेका थिए । उनी बेलामौका फोन गरी भन्छन्– तिमी कसरी यस्तो जागिरमा लाग्यौ रे ? उनको नेपाली भाषा कमजोर छ । किनभने उनी चौधरी हुन् । उनको अपेक्षा छ मसँग । छोरीले दुख पाइन्, उनको उद्दार कसरी गर्ने हो ? गाउँ छिरेको केही घन्टामा नै म पहिलो विश्वमा रहेकी शेलीसँगको कुरा र तेस्रो विश्वको अति विकट गाउँको समस्याको दोसाँधमा छु । अपेक्षाहरुको फरकपनमा उभिएको छु । निक्कै भिन्नता छ । निक्कै सरल भिन्नता छ । फरक छुट्याउन मुस्किल छ । कहाँको पश्चिमा मुलुकको नयाँ जीवनशैलीसँगको प्रेम र कहाँको मकैका खोस्टाहरु सम्हालीरहेको गाउँको चेतना । यीनमा तुलना गर्नसक्ने केही चीज छैनन् । तर, तुलनायोग्य एउटा चीज छ– प्रेम । पहिलो विश्वमा शेलीसँग हुर्किरहेको प्रेम अनि अपेक्षाहरुको थाक लिएर उभिइरहेको ग्रामिण बस्तीको प्रेम । म नेपथ्यको बबुरो बनिरहेको छु । नेपथ्यको प्रेमिल छायाँको आकार बनिरहेको छु । मेरो गाउँ बसाइको यो तथ्यसँग शेली कति नजिक हुन्छिन्, फर्केर लेख्नुपर्ने सोचमा उभिइरहेको पुस्ता भएको छु ।  

Monday, March 3, 2014

नेपथ्य, डेटलाइन र अधिवेशनको एजेन्डा

विनोद ढकाल 
निक्कै समय गुज्रिसकेको छैन, त्यसकारण आफ्नो डेटलाइनको माया हराएको छैन । राष्ट्रिय रुपमा डेटलाइनलाई प्रचारात्मक र समाचारीय रुपमा पत्रकारिता स्थापितको मार्गमा सुनसरी आफ्नै लागि पनि ‘सुन’सरी सावित भयो । समय लम्बियो, कार्यक्षेत्र फराकिलो भयो र अहिले राष्ट्रिय अखबारमा समाचार सम्पादकको भुमिकासम्म पुगियो । तर, रिपोर्टिङका फ्ल्यासव्याकमा जाने हो भने सुनसरी मेरो वर्तमान अभ्यस्त हो । यो भूत बनिसकेको छैन, भविष्यको योजना निश्चितप्रायः छ । भौगोलिक बनोटको प्रभावले सुनसरीबाट नेपथ्यमा रहनुपरेको समय अब घर्किसकेको छ त्यसकारण नेपाल पत्रकार महासंघको जिल्ला शाखाको मेरो सदस्यतासँगै नयाँ नेतृत्वको छनौटको यात्रामा झर्ने नियात्रा कायम छ । अक्षरहरु, शव्दहरु र मनका भावनाहरु झरिसकेका छन्, सुनसरीतिर बस एउटा शरिर दैनिकी गुजार्ने अभियानमा सीमित बनेको छ, खाल्डोमा ।
राजनीतिक रुपमा संघीयताका सवाल उठेको किन रहेछ ? यतिवेला अनुभव हुन्छ । निक्कै नयाँ साथीहरु पत्रकारिताको मार्गमा सुनसरी डेटलाइनमा उत्रिसकेका रहेछन् । सामाजिक जोलोभित्र अल्झिरहँदा देखिन्छ । पत्रकारका लागि उर्वर भुमी सुनसरीसँगका सामिप्यता भुमीसँगको छ । त्यो भुमी जहाँ समाचारका कखरादेखि सम्पादनसम्मको जिम्मेबारीमा हुर्किएको थिएँ । त्यो भुमी जसले समाचार लेखनको सीपले केन्द्रको आवश्यकताको बाध्यता बन्न पुग्यो अव केन्द्रको आवश्यकता होइन, मोफसलको अधिकारका लागि आवाज उठाउनु अनिवार्य बनिसकेको छ ।
नेपाली पत्रकारिता अहिले लेखनभन्दा पनि कुरा काट्नेहरुको भिडका रुपमा स्थापित हुँदै गएको छ । राजनीतिक समिकरणका सवालमा उत्रिएको देखिन्छ । पत्रकारिता एउटा पेसा जहाँ अनेकन साथीहरुको जमात छ त्यहाँ वैचारिक बहस सामान्यतया हुनुपर्छ तर पार्टी चरित्रको बहसले हामी कहाँ पुग्नेछौं ? पक्कै पनि वैचारिक विचलन नभएका साथीहरुको यात्राले अवको मोफसल विकेन्द्रिकरणको केन्द्रका रुपमा स्थापित हुनेमा शंका छैन । तर, सीमित सवालहरु छन् जसले जोडदारका साथ केन्द्रसँग वैचारिक, विधिगत संघर्ष गर्नुपर्ने हुन्छ । पत्रकार अरुसँगभन्दा पनि आफुसँगको संघर्षमा कमजोर भएका कारण पेसा कमजोर बनिरहेको छ ।
त्यसका लागि अब नेपाल पत्रकार महासंघलाई मोफसलले एजेन्डा दिनुपर्छ । मोफसलमा पनि खासगरी पूर्वको एजेन्डा राष्ट्रिय रुपमा स्थापित हुनुपर्छ । राजनीतिक दलको वरिपरि घुमेको र सिंहदरबारको चौकीदारी गरेको भरमा राष्ट्रिय आयोगहरु, समितिहरुमा वर्चश्व पार्ने कथित झोले पत्रकारहरु, पार्टी कार्यकर्ताहरुको होइन अब मोफसलका साथीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यताको स्थापना गर्ने नयाँ एजेन्डा हुनुपर्छ । नेपाल पत्रकार महासंघको अघिल्ला महाधिवेशनहरुको चित्रलाई नियाँल्ने हो भनेपनि देखिन्छ केन्द्रीकृत र राजनीतिक दलहरुको नजिक भएका मानिसहरुभन्दा महासंघको अध्यक्षमा मोफसलका पत्रकारहरुलाई स्थान दिइएको छैन । यो कस्तो बाध्यता हो राजधानीका ठूला मिडियामा काम गर्ने र काठमाडौंमा आलिसान जीवन विताउनेहरुमात्र महासंघ अध्यक्ष बन्न पाउनुपर्ने ? किन क्षेत्रीयस्तरमा आफ्नो भुमिकालाई प्रभावकारी राख्नेहरु महासंघ अध्यक्ष लड्न पाएका छैनन् ?
श्रम, अधिकार र न्यायका लागि लडिरहेका हामी मोफसलका पत्रकारहरु, मोफसलमा जन्मेर हुर्केका, दुख गरेका, आन्दोलनको मैदानमा फरफराएका पत्रकारहरुले सवाल गर्नुपर्छ, महासंघसँग । निक्कै सवालहरु छन्, हाम्रा लागि । र, त्यो सवाल उठाउने वैधानिक समय, उचित समय महासंघ निर्वाचन रहेछ । बन्दसत्र रहेछ, त्यो बन्दसत्रमा उठ्नुपर्छ यी सवालहरु, उठाइनुपर्छ उल्लेखित प्रश्नहरु ।
(क) पत्रकार महासंघ किन राजनीतिक दलको भ्रातृ संगठनजस्तो देखिन्छ ? यो एनजीओको बजेट कहाँ कसरी खर्च भइरहेको छ ? पदाधिकारीहरुको हातमा पुग्ने रकम एउटा श्रमजीविकहाँ किन पुग्दैन ?
(ख) नेपाली पत्रकारहरुलाई अवसर नआउने होइन । विदेश भ्रमणका कयन अवसरहरु आएका छन् । आउँछन् । तर ति अवसर कहिलेपनि विकेन्द्रिकरणमा पुगेनन् । अव सुनसरीको, सप्तरीको, मोरङको कर्मशिल पत्रकार किन बेलायत भ््रमणमा जान नपाउने ? आएको अवसरको उपभोग उसले किन गर्न नपाउने ? जो हर समय विदेश पुगिरहेको छ, अवसर लिइरहेको छ, उसलेमात्र किन जान पाउने ?
(ग) विकेन्द्रिकरणका सवालमा कहिलेपनि सक्रिय र कार्यकारी पद मोफसलले पाएको छैन । मोफसलका लागि काठमाडौंमा छुट्याइन्छ उपाध्यक्षहरु क्षेत्रगत हिसावमा । तर, अध्यक्ष र महासचिव जस्तो कार्यकारी पदचाँही काठमाडौंवासी नेता पत्रकारहरुले पाउने गर्छन् । किन ? कर्मशिल र युवा तथा मोफसलको पत्रकारले कार्यकारी किन नपाउने ? काम गर्न मुस्किल हुन्छ भन्ने फोहोरी तर्कका आधारमा जिल्लामा कार्यरत पत्रकार हेपिने हो र ?
(घ) प्रश्नहरु साधारण लाग्नसक्छ । राजधानीको आँखाले हेर्ने मोफसल निक्कै तल छ । राजधानीमा काम गर्नेहरु मोफसलका पत्रकारहरुको क्षमतालाई कमजोर ठान्छन् । सीपका अति कमजोरहरु र शक्तिको वरिपरि घुम्नेहरु जहिलेपनि नेतृत्वमा पुग्ने परम्परागत सोचका शिखण्डी पत्रकारहरुको जमातका लागि अवको महाधिवेशनमा प्रश्नहरुको तगारो लगाउने कि नलगाउने ?
(ङ) महासंघ र सञ्चारमन्त्रालयले हरेक वर्ष श्रमजीवि पत्रकार हकहितका लागि समिति गठन गर्दछ । समितिको संयोजक काठमान्डुवासी किन ? त्यसमा पनि लाखभन्दा ज्यादा तलव खाने व्यक्ति किन ? त्यस्ता व्यक्ति जो आफ्नो जीवनलाई आर्थिक रुपमा सुरक्षित छन् उनीहरुले गर्ने सिफारिस कस्तो हुन्छ ? उसले मोफसलको पीडाको नजरअन्दाज गरेर सिफारिस गरिरहेको हुन्छ । त्यसकारण किन मोफसलको मान्छेले त्यो अवसर नपाउने ?
यी सामान्य प्रश्नहरु हुन् । तर, मोफसलको पत्रकारिता गर्नेहरुका मूल र ठोस मुद्दाहरु हुन् । अबको महासंघमा यी मुद्दाहरु जिल्लाबाट प्रश्नको झटारो बन्नुपर्छ । यो झटारोले हिर्काउनुपर्छ, केन्द्रिकृत प्रणालीमा हुर्किएका कथित पत्रकारका नेताहरुलाई । अनिमात्र मोफसलका मित्रहरुको, मोफसलका साथीहरुको न्यायका लागि विधि र विधान बन्ने सम्भावनाका ढोकाहरु खुल्नेछन् । लाग्नसक्छ चुनावको सन्दर्भमा यो एउटा मुद्दा हो । तर, यो यथार्थको नजिक पुग्नका लागि कम्तिमा चार वर्षको राजधानीको पत्रकारिताकर्म देखियो । र, यी मुद्दाहरु साथीहरुका लागि पनि एउटा ‘मेन्सन’ हुनसक्ने आधारका रुपमा लेख्नैपर्ने देखियो ।
यसर्थ, उल्लेखित प्रश्नहरुमाथि हामीले जिल्लामा छलफल गरेर एउटा घनिभुत मुद्दा लिएर केन्द्रिय महाधिवेशनमा नजिर बसाउन आवश्यक छ । यहाँ एनजिओ पत्रकारिताले महासंघलाई छेकेको छ, यो माकुरे जालोका कारण हामी श्रमजीविको अधिकार निरन्तर सवालमा सीमित भएको छ ।

समानता भनेको अनुभवमात्रै हो ?

 यो संस्कारको सवाल हो । यो अहिलेसम्म हावी भएको राजनीतिको सवाल हो । यो, नयाँ पुस्तालाई पुरानो पुस्ताले कसरी पेलेर राखेको छ, थन्काउने कोसिस गरेको छ भन्ने उदाहरण हो । हामी प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्ने अनि व्यवाहारका पुरातनवादी सोच र पश्चगामी विचारमा अल्झिनुको कारण के हो ? भन्ने प्रश्न हो ।

कम्युनिष्ट र त्यसमा पनि एमाओवादीको वैठक वा भेलाका समय एउटा तस्बिर निक्कै प्रचारात्मक भयो । नेताहरु माथि र अन्य सदस्यहरु भुइँमा बसेर वैठक गरेको तस्बिर जसरी मिडियाहरुमा छाए कथित प्रजातान्त्रिक व्यक्ति भन्नेहरुको सार्वजनिक अभिव्यक्ति र टिप्पणीहरु आउन थाले–यस्ता कम्युनिष्ट जो समानताको कुरा गर्छन्, हविगत यस्तो छ । त्यो दृश्यले समानताको कुरा गर्ने खासगरी एमाओवादीको ठूलो आलोचना भयो । स्वभाविक थियो बाहिर समानताको कुरा गर्ने अनि वैठकमा असमान व्यवाहार देखाउने । यो चरित्रको कुनै अर्थ हुने कुरै थिएन । 
देख्दा सामान्य लाग्ने तर व्यवाहारलाई केलाउने हो भने विभेद गरेको अनुभुत हुने दृश्यमाथि एकपटक कोर्नुपर्ने हुन्छ । विपरित विचारधाराका मानिसहरुले गरेको व्यवाहारको बारेमा जति आलोचना गर्न सहज छ, आफ्नो व्यवाहारमा त्यस्तै प्रवित्ति खुट्याउँदा उत्ति नै चोट लाग्छ । तर, यहाँ चोटको होइन समानताको कुरा उठाउनुपर्छ, राजनीतिक विभेदको चित्र उतार्नुपर्छ । मन्त्रीपरिषद विस्तार भयो, सरकार करिव करिव गतिशिल भएर चल्ने अवस्था आयो । तर यो अवस्थामा नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरु छान्ने र नाम लिने क्रममा एक से एक मन्त्रीहरुको नाम आयो । सवैले फुल मन्त्रीको पद पनि पाए । कसैले उपप्रधानसहितको पाए । कोही वरिष्ठ भए । तर, त्यहि भिँडमा रहेका नेता टेकबहादुर गुरुङले किन फुलमन्त्री पाएनन् ? किन दिइएन ?
बाजुराका कर्णबहादुर थापा उद्योग मन्त्री हुन सक्छन् । उनलाई सम्मानका साथ एमालेले फूल मन्त्री दिनसक्छ भने कांग्रेसभित्र मनाङका टेकबहादुर गुरुङ किन फुल श्रममन्त्री हुन पाउँदैनन् ? उनलाई किन राज्यमन्त्री भनेर सम्बोधन गर्ने ? एकथरी कांग्रेसहरु लाजमर्दो तर्क गर्छन्– भर्खरै चुनाव जितेर आएकोले अन्य मन्त्रीहरुको राजनीतिक हैसियत बराबरको पद लिन मिल्छ ? यो तर्कसँग म सहमत छैन । यो तर्कले कांग्रेसभित्रको तानाशाही र शाही शैलीको झल्को दिन्छ । यसकारण पनि गगन थापाहरुले अब मन्त्री बन्न नपाउने ? गगन थापाहरु प्छिल्लो पुस्ताका नेता भए भन्दैमा उनीहरु डा. रामशरण महतहरुसँग क्याविनेट वैठकमा समान हैसियतमा बस्न नपाउने ? बाबु हवल्दार भयो भनेर छोरा इन्स्पेक्टर हुन पाउने कि नपाउने ? काका किसान भए भने भतिजो कृषि मन्त्रालयको सचिव हुन पाउने कि नपाउने ? अझ राजनीति त सामाजिक उत्तरदायित्व भएका कारणले पनि यहाँ पोर्टफोलियोको मान्यता राख्नु अस्वभाविक हो । अनुभवका कुरा जायज हुनसक्छन् तर अनुभवी भनेर आत्मरतीमा रमाउने र अन्यलाई समानताको पदमा नल्याउने प्रवृत्ति तानाशाहहरुको दरबारीय प्रवित्ति नै हो, यसमा कुनै शंका छैन ।
यो सवाल गुरुङको पक्षपोषणका लागि होइन । उनीसँग सामान्य चिनजान पनि नभएको मान्छेले लेख्नुको अर्थले पनि पुष्टि गर्नेछ । यो संस्कारको सवाल हो । यो अहिलेसम्म हावी भएको राजनीतिको सवाल हो । यो, नयाँ पुस्तालाई पुरानो पुस्ताले कसरी पेलेर राखेको छ, थन्काउने कोसिस गरेको छ भन्ने उदाहरण हो । हामी प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्ने अनि व्यवाहारका पुरातनवादी सोच र पश्चगामी विचारमा अल्झिनुको कारण के हो ? भन्ने प्रश्न हो । यो प्रश्न हो– अरुलाई तेर्साउने प्रश्नभित्र हाम्रा उत्तरहरु कहाँ छन् ? किन आफैं प्रश्न बनिरहेका छौं, भन्ने पनि । 
निरन्तर राजनीतिमा युवापुस्ताको हस्तक्षेपको विषयमा कुरा गरिरहँदा युवा पुस्ताहरुलाई जिम्मेवारी बोध गर्नुअघि नै जिम्मेबारीबाट किन पन्छाउने ? एकजनाले भने– गुरुङ भर्खर आएका उनलाई मन्त्रालय चलाउने तरिका पनि अलिक थाहा छैन, त्यसकारण राज्यमन्त्री भएका हुन् । फेरि दिग्गज दाईहरु पनि त्यहि क्याविनेटमा हुनुहुन्छ नि ।
यसको अर्थ, जहाँ सुशिल कोइराला, रामशरण महत, मिनेन्द्र रिजाल, महेश आचार्य, विमलेन्द्र निधि, चित्रलेखा यादवहरु छन् त्यहाँ नया युवाले मौकामा समान पदमा बस्न नपाउने हो ? सरकार र मन्त्रीका पदहरु उनका नीजि सम्पत्ति हुन् ? समयमा उनीहरुले पार्टीका लागि योगदान गरेका थिए होला तर त्यसको प्रतिफल उनीहरुले नपाएका हुन् र ? के कांग्रेसमा उनीहरुमात्रै छन्, जसले पार्टीलाई पहिलो शक्ति बनाउनका लागि खटे, सर्वाधिक मत ल्याए, राष्ट्रिय व्यक्तित्वसम्मको परिचय बनाए ती युवालाई कांग्रेसमा स्थान छैन त ? यो राजनीतिक पार्टी हो की सेनाको गण । जहाँ पोर्टफोलियोको कुरा हुन्छ । राजनीतिमा पनि पोर्टफोलियो व्यवाहारमा देखाउन थालेपछि मुलुक अहिले पनि तानाशाही व्यवाहारबाट उन्मुक्त हुन सकेको छैन भन्ने अनुभुति हुनु स्वभाविक हुन्छ । अव नयाँले स्थापन पाउनका लागि के गर्ने ? स्वभाविक प्रश्न बनिरहेको छ । 
यहि प्रवित्ति हावी रहिरहँदा, यहि महत्वकांक्षा र स्वार्थमा अनुभवी नेताहरु रहिरहने हो भने क्षमतावान युवाहरुले मौका पाउने छैनन् । पर्खिनुपर्ने हुन्छ उत्तिकै अनुभवी हुने बेलासम्म । एउटा युग विताउनुपर्ने हुन्छ– अवसरको लागि । गगन थापाले सहि तर्क अघि सारेका थिए– राजनीतिमा पनि उमेरसीमा तोकिनुपर्छ । राजनीतिमा सल्लाहकार बस्ने उमेर हुनुपर्छ । अनिमात्र राजनीति सप्रिनेछ । 
वास्तवमा अहिलेको परिदृश्यहरु हेर्दा त्यस्तै देखिन्छ । सन्दर्भ कांग्रेसबाट उठाएपनि जुनसुकै पार्टीमा दोस्रो तह, युवा नेताहरु पेलिएका छन् । पार्टीहरु नेताहरुको कव्जामा छन् । लोकतन्त्रका लागि भएका दुई जनआन्दोलनदेखि संविधानसभाको दुईटा निर्वाचनसम्म पनि उनै नेताहरुले पार्टीलाई पेवा सम्पत्तिजस्तो बनाएका छन् । अर्को पुस्ता न हस्तक्षेप गरेर अघि आउन सकेको छ, न नेताहरुले अवसर दिनुपर्छ भन्ने सोचेका छन् । यो प्रवित्तिको अन्त्य यहि राजनीतिक आचरणले हुनसक्तैन । यसलाई हस्तक्षेपकारी भुमिकामा युवाहरु नलाग्ने हो भने राजनीतिक पार्टीहरु र नेताका चरित्रहरु परिवर्तन हुने देखिँदैन । अवस्था यस्तो छ की क्षमता भएका र अधिकार राख्ने व्यक्तिहरु अगाडी आउनका लागि पहिलो पुस्ताको राजनीतिक व्यक्ति विस्थापित हुनुपर्ने, अवसान हुनुपर्ने अथवा कोमामा पुग्नुपर्ने अवस्था देखिन्छ ।
यसर्थ, राजनीतिमा पुस्ता हस्तान्तरण र नयाँ पुस्तालाई मौका दिने चरित्रका बारेमा अब सामाजिक अभियानको खाँचो छ ।  हामीले अघिल्लो संविधानसभादेखि खहिलेको संविधानसभाको निर्वाचनपछि र सरकार बनेपछि पनि पुस्ता हस्तान्तरणको व्यवाहारिक पक्ष नदेखेका कारणले पनि अव हस्तक्षेपकारी भुमिका नै प्रभावकारी हुनेछ । नत्र सडकमा उफ्रिने, भाषणमा गर्जिने, पत्रिकामा लेख्ने कामभन्दा हेही हुनेवाला छैन । परिवर्तनका लागि हस्तक्षेप आवश्यक छ र त्यसले एउटा नजिर बनाउन आवश्यक छ ।   

Saturday, March 1, 2014

मिस नर्सको 'ताज' खिच्न गएका फोटोग्राफरले बेनिशाको 'लाज' खिचे

लुगाको काम के होरु सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र ुसेक्सीु हुन खोज्नेलाई ुभद्दाु बनाइदिन्छन्। हलिउड र बलिउडका मात्र होइनन्, नेपाली अभिनेत्री र मोडलहरू पनि यस्तो लाजमर्दो स्थितिको शिकार भएका छन्। 

'छाला देखाउँदैमा कोही सेक्सी हुँदैन।'  अभिनेत्री बेनिशा हमालले केही महिनाअघिमात्रैे एक अर्न्तवार्तामा भनेकी थिइन्। भद्र अभिनेत्रीको छवि बनाएकी बेनिशाको 'खरो उत्तरु त्यतिबेला निकै' हिटु भएको थियो। यस्तो बोल्दै गर्दामात्रै होइन, सायद उनले कहिल्यै सोचेकी थिइनन्– कुनै दिन आफ्नो नदेखिनुपर्ने ुस्पेसु देखिएला भन्ने। उनलाई आफ्नै वानपिसले धोका दियो, घुँडाको चेपबाट अन्तरअंगको भूभाग देखियो। मिस नर्सको 'ताज' खिच्न गएका फोटोग्राफरले बेनिशाको 'लाज' पनि खिचे। उक्त प्रतियोगीताको जज बन्न पुगेकी बेनिशाले भने घुँडाको चेपबाट आफ्नो निजी अंगले चिहाइरहेको पत्तो पाइनन्। मिडियामा तस्बिर आएपछि थाहा पाइन्– भित्री वस्त्र लगाउन बिर्सेकै दिन छोटो वानपिसले धोका दिएछ। फिल्ममा ुअंग प्रदर्शनु नगरेर बनाएको ुशालीन अभिनेत्रीुको छवि एकै दिनमा धुलोपिठो भयो। 


मिडिया मसाला बन्न रुचाउनेहरुकै आउने हो न्युज । यो सेक्सी हो कि भद्दा ? 


विदेशतिर फिल्म चलाउन वा चर्चा कमाउन यस्ता हर्कत गरिने भए पनि बेनिशाको त्यो मनसाय थिएन। बरु नेपाली समाजमा यस्ता स्क्यान्डलले असर पार्ने भएकाले बेनिशालाई लाज देखिएको तस्बिर छोप्न आपत् पर्योु। किनभने, त्यसको दोस्रो हप्तामात्रै उनी अभिनीत फिल्म रिलिज हुँदै थियो।
फिल्म क्षेत्रमा अञ्जानमा मात्रै यस्ता घटना हुँदैनन्। दुई महिनाअघि अभिनेत्री शिल्पा पोखरेलले जानाजान भित्री वस्त्र देखाइदिएकी थिइन्। बाहिर भने ुवार्डरोब मालफंक्सनु भनी हल्ला फिँजियो। नेपालीले सबैभन्दा बढी जाडोको महसुस गर्ने मंसिर महिनामा पनि छोटो, एकसरो कपडामा आएकी अभिनेत्री शिल्पाको आसन नै ुदेखाउने नियतुले प्रेरित देखिन्थ्यो। फिल्म ुलज्जाुकी हिरोइन घोषणा गर्न मञ्चमा पुर्याकइएकै दिन ुलाजु नमानी भित्री वस्त्र देखाएपछि जुन फिल्मको प्रमोसनका लागि पत्रकार सम्मेलन गरिएको थियो, त्यही छायामा पर्योइ। चर्चित हुनका लागि भित्री वस्त्रको सहारा लिएको भनी समाचार फैलियो। उनले पनि ुभूलवशु भनिन्। फिल्मनगरीमा लामो अनुभव बटुलेका निर्माता छवि ओझाले चर्चित हुन उनलाई त्यस्तो ुटिप्सु दिएको हल्ला चल्यो। फोटोग्राफरले ुएंगलु मिलाई–मिलाई तस्बिर खिच्दा पनि शिल्पाले मुस्कुराएर ुपोजु दिनुले पनि जानाजान भन्नेलाई बल मिल्यो। 
सदाबहार सुन्दरीका रूपमा चिनिने करिश्मा मानन्धरलाई चर्चित हुन सस्ता स्क्यान्डल गरिरहन जरुरी छैन। तर, उनलाई दुई पटक पहिरनले धोका दिइसकेको छ। पहिलोपल्ट कुपन्डोलस्थित एक डान्स सेन्टरको उद्घाटनमा उनको अन्तर्वस्त्रले दुनियाँ नियाल्यो। पत्रिका र टीभीका लागि मसला खोज्न गएका फोटोपत्रकारले त्यो दृश्य आफ्ना लेन्सभित्र पारिहाले। त्यतिबेला कालो स्कटले धोका दिएपछि केही समयसम्म त्यो पहिरनलाई बहिष्कार गरिन् उनले। तर, त्यो बहिष्कार लामो समय टिकेन। केही दिनपछि उनी पुनः त्यही स्कर्ट लगाएर ुब्युटीुसम्बन्धी सेमिनारमा पुगिन्। स्कर्टले ुबानीु त्यागेको रहेनछ१ उनको रातो भित्री वस्त्र छर्लंगै देखियो। केही महिनासम्म कालो स्कर्टले छोप्न नसकेको उनको रातो सानो वस्त्रको चर्चा भइरह्यो। 
पहिरनले दिएको धोकाका कारण ुसेक्सीु भएर सार्वजनिक कार्यक्रममा पुग्नेहरू फर्किंदा ुभद्दाु हुनुपर्छ। ुउध्रेको चोलीु बोलको आइटम गीतमा ुजलवाु देखाएपछि सुषमा कार्की सेक्सी हिरोइनका रूपमा दरिएकी थिइन्। विदेशमा बस्ने नेपालीले आयोजना गर्ने कार्यक्रममा उनको ुडिमान्डु बढ्दो थियो। त्यही क्रममा दुई वर्षपहिले मलेसिया पुगिन्। गुलाबी वानपिसमा उनले गरिरहेको सेक्सी आइटम डान्स भद्दा हुन समय लागेन। किनभने, गुलाबी वानपिस डान्सको मुभमेन्टसँगै उँभो सर्योस, तल दर्शकदीर्घामा बसेकाले उनको हाउभाउ हेर्न छाडेर अन्तै आँखा पुर्यासए। उनको सेतो भित्री वस्त्रको तस्बिर धेरैका मोबाइलमा ुसेभु भयो।
समय र परिस्थितिअनुसार पहिरन नलगाउनुको घाटा बेहोर्ने उनीमात्रै होइनन्। हाल अमेरिकामा रहेकी रञ्जना शर्माको एउटा टीभी अन्तरवार्ता युट्युबमा ुहिटु भयो। अमेरिकामै रहँदा स्थानीय एक नेपाली टीभीले लिएको साढे तीन मिनेटको कुराकानी हिट हुनुमा उनको बोलीको एकरत्ति योगदान थिएन। तीनै मिनेट उनको निजी अंग देखिएपछि सामाजिक सञ्जालमा त्यो क्लिप सेयर हुँदै हिट भएको थियो। अन्तरवार्ताकारसँग मस्त गफिइरहेकी उनले क्यामेराम्यानले अनुहारमा भन्दा बढी त्यही ठाउँमा फोकस गरिरहेका छन् भन्ने चाल पाइनन्। 
०००
तापक्रम बढ्दो छ। बाक्ला लुगा थन्किने ठाउँको खोजी गरिरहेका छन्। युवतीहरूलाई आकर्षक देखिने अवसर पनि हो गर्मी मौसम। आकर्षक छोटो पहिरनमा सजिएर सुन्दरता प्रदर्शन गर्ने रहर सबै युवतीलाई हुन्छ। त्यस्ता पहिरनमा बसाइ र हिँडाइमा अलिकति मात्रै तलमाथि पर्यो् भने बेइज्जती सहनुपर्छ। पश्चिमा फेशनलाई स्वीकार गर्दै गएको नयाँ पुस्ताका युवतीका लागि ुसेक्सी पनि देखिनुपर्ने र लाज पनि जोगाउनुपर्नेु दोहोरो चुनौती छ। बौद्धकी रश्मिला तमुको बेनिशाको भन्दा कम बेइज्जत भएको थिएन। तर, त्यो सीमित सर्कलमै रह्यो। उनी आफ्नो मिल्ने साथीको बिहेमा गएकी थिइन्। केटाहरू उनको अघि बसेर उनलाई हेरेर हाँसिरहेका थिए। सोफामा साथीसँग मस्त बात मारिरहेकी उनी आफूलाई हेर्ने केटा थपिँदै गएपछि गमक्क फुलिन्। झन् मक्ख परेर गफ गर्न थालिन्। पछि साथीकी बहिनीले कानमा फुकेपछि पो थाहा पाइन्– केटाहरू त उनको गोप्य अंग नियाल्दै रहेछन्। उनी लाजले पार्टी नसकिँदै बाहिरिइन्। भन्छिन्, ुस्कर्ट र वानपिस त्यही दिनदेखि लगाउन छोडिदिएँ।ु 
ुसधैँ पाइन्ट र टिसर्ट लगाएर पार्टीमा जाँदा साथीहरूले ुतँ त कस्तो केटा जस्तोु भन्छन्ु, २१ वर्षीया कविशा घिमिरेले भनिन्। छोटो पहिरनले उनलाई पहिल्यै घाइते बनाइसकेको छ। ु११ कक्षा पढ्दाखेरि हो,ु उनले भनिन्, ुदरबारमार्गको एउटा पुल पार्टीमा गएका बेला बस्न होस नपुर्याबउँदा लाज छोपिएनछ। एउटा बदमास केटाले मोबाइलमा तस्बिर खिचेर कलेजभरि फैलायो। म कति दिनसम्म रोएँ, कलेजै गइनँ।ु त्यो समय सम्भ्किँदा उनलाई अहिले पनि लाज मर्नु हुन्छ। त्यसपछि सार्वजनिक रूपमा बेइज्जत हुनुभन्दा सर्ट पाइन्ट नै बेसी लगाउने गरेकी छन्। आफन्तहरू बढी हुने प्रोगाममा त वानपिस, स्कर्ट नलगाउन अरूलाई पनि सुझाउँछिन् उनी। 
०००
स्लिभलेस टिसर्ट लगाउँदा होस पुर्याकउनुपर्ने लिंकन कलेजमा अध्यनरत पुष्पा बस्नेत बताउँछिन्। यस्तो टिसर्टमा निहुरिएर काम गर्न नमिल्ने र झुक्किएर निहुरिहालेमा लाजमर्दो हुने उनले बताइन्। गर्मी याममा अधिकांश कलेज गर्लले स्कर्ट लगाउनुपर्छ। यो समयमा स्टकिङ लगाउँदा पोल्ने भएकाले स्कुटीमा बस्न पनि होस पुर्याकउनुपर्ने पुष्पाले बताइन्। 
वार्डरोब मालफंक्सनका कारण लुगाहरू नै भएको ग्रामीण आदर्श क्याम्पस, मनमैजुकी इभा तामाङको धारणा छ। भन्छिन्, ुड्रेसमा पहिल्यै फर्म राखिने भएकाले डबल अन्डरवेयर प्रयोग गर्दा भद्दा देखिन्छ। त्यसैले केटीहरू रेडीमेड लुगाकै अन्डरवेयरमा भर पर्छन्। आखिरमा बित्यास पर्छ।ु 
पातलो वानपिसमा भित्री वस्त्रको छाप देखिने भएकाले प्रायः युवतीले सक्दो भित्री वस्त्र नलगाउने कविशा घिमिरेको अनुभव छ। ुपातलो टिसर्ट लगाउँदा पनि समिज र अन्डर गार्मेन्टको छाप देखिन्छ,ु उनले भनिन्, ुछाप नदेखियोस् भनेर कतिले ती लुगै लगाउँदैनन्। तर, छाप लुकाउन खोज्दा अरू नै कुरा देखिएर झन् ठूलो बेइज्जत हुन्छ।ु 
०००
नेपाली हिरोइनले स्क्यान्डलका लागि अन्तर्वस्त्र नदेखाउने अभिनेत्री रेखा थापा बताउँछिन्। कुनै बेला छोटो पहिरनकै कारण चर्चामा आइरहने उनले भनिन्, ुनेपाली निर्मातारनिर्देशकमा त्यस्तो स्क्यान्डल सेन्स नै छैन।ु आफ्नो १२ वर्षे करिअरमा कुन फिल्मको कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने कुरा आफ्नै दिमागले सोच्नुपरेको उनले बताइन्। लगाएको पहिरनलाई ुक्यारीु गर्न नसकेर नेपाली हिरोइनले बेइज्जती खेप्नुपरेको उनको बुझाइ छ। ुमलाई सारी लगाउन डर लाग्छ, किनभने ुक्यारीु गर्न सक्दिनँ। कतै वार्डरोब मालफंक्सन भयो भने भएन बेइज्जत१ु उनले भनिन्। 
सम्हालेर लगाउन जान्यो भने जति छोटो लगाए पनि केही समस्या हुँदैन। खुला ड्रेसअप गरेको बेला सार्वजनिक ठाउँमा होस पुर्यानउनु पर्छ। गाडी चढ्दा, पार्टी आदिमा आफ्नो डे्रसबारे ध्यान दिइराख्नुपर्छ। तर, भिजन एकेडमी, बालाजुकी रीता गुरुङ खुला डे्रसअप गर्नु बाध्यता जस्तै भएको बताउँछिन्। भन्छिन्, ुग्ल्यामरको जमाना छ। आजकल सबैलाई हट देखिनुपर्याु छ। हट देखिनलाई ओपन ड्रेसअप गर्छन्। त्यसो गर्दा कता के फुस्किन्छ, थाहै हुन्न।ु
बलिउडमा बबाल
बलिउडमा पहिरनले साथ नदिएका उदाहरण प्रशस्त छन्। अभिनेत्री ऐश्वर्या रायलाई पनि यस्तो समस्या आइलागेको थियो। सन् २०१० को अप्रिल २५ मा उनी आफू अभिनीत फिल्म ुरावणुको गीत सार्वजनिक कार्यक्रममा सरिक हुन पुगेकी थिइन्। साडी र चोलो लगाएर अति भद्र बनेर कार्यक्रममा हाजिर भएकी ऐश्वर्याको भद्रतालाई उनको चोलोले भने साथ दिएन। चोलोको तलतिरबाट स्तनको तल्लो भाग निस्किएको थियो, जुन दृश्य फोटोग्राफरका क्यामेरामा कैद पनि भए। 
फिल्म ुएक था टाइगरुको छायांकन हुँदाताकाको कुरा हो। फिल्म छायांकनका निम्ति अभिनेत्री कट्रिना कैफ आयरल्यान्डको राजधानी डब्लिन पुगेकी थिइन्। एक दिन उनी ुबाइसाइकल राइडिङुका लागि शहरमा निस्किइन्। त्यो दिन उनले छोटो जामा लगाएकी थिइन्। जसै उनी साइकल चढ्न खोजिन्, उनको पेन्टी देखियो। छेउछाउका मानिसले उनको भित्री वस्त्र नियाल्न पाए। फिल्म ुजब तक हे जानु को प्रमोसन कार्यक्रममा समेत उनको छोटो वस्त्र पेन्टी देखिने गरी उचालिएको थियो। 
अभिनेत्री कंगना रनावतलाई सन् २०१२ को नोभेम्बरमा आयोजित फेसन शोका क्रममा र्याीम्पमा हिँड्दै गर्दा पनि यस्तै भयो। कटीमुन्तिर पारदर्शी पहिरनमा सजिएर उनी र्या म्पमा हिँड्दै गर्दा उनको पछाडिको लाज प्रस्टै देखिएको थियो। सन् २०१२ को जुनमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्ससमेत भइसकेकी बलिउड अभिनेत्री सुस्मिता सेनले छोटो ुवान पिसुबाट धोका पाएकी थिइन्। पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै गर्दा घुँडाको चेपबाट उनको गोप्य अंग देखिएको थियो। उनले बोलेको कुरो टिप्नुसँगै पत्रकारहरूले उनको घँुडामुन्तिर थाहै नपाई खुलेको गोप्यता पनि क्यामेरामा कैद गर्न भ्याए। 
प्रायः अभिनेत्रीलाई वानपिसले धोका दिने गरेको छ। बलिउड अभिनेत्री याना गुप्तालाई पनि वानपिसले नै धोका दिएको थियो। एउटा सार्वजनिक कार्यक्रममा यानाले छोटो वानपिस लगाएकी थिइन्। दुर्भाग्य, त्यो दिन उनले पेन्टी लगाएकी रहिनछन्। 
फिल्म ुलुटुको प्रमोसन कार्यक्रममा सरिक हुने क्रममा बलिउडकी ुआइटम गर्लु राखी सावन्तलाई पनि वानपिसले नै रुवाएको थियो। वानपिसले आफ्नो पेन्टी छोप्न नसकेको कुरा भोलिपल्ट पत्रपत्रिकामा फोटो हेरेपछि मात्रै उनले थाहा पाइन्। तिघ्राको कापबाट उनले लगाएको जेब्रा कलरको पेन्टी देखिएको थियो। त्यस्तै, फिल्म ुहिसुको प्रमोसन कार्यक्रममा वानपिसले अर्की अभिनेत्री मल्लिका सेरावतलाई पनि लाजमर्दो बनायो। भारतीय मोडल नागिर खान र्यायम्पमा हिँड्दै गर्दा ब्रा फुस्किएपछि हैरान भएकी थिइन्। बलिउडमा भएको वार्डरोव मालफंक्सनको सम्भवतः सबैभन्दा चर्चित घटना यही बन्न पुग्यो।

हलिउडमा हंगामा
फेब्रुअरी लाग्नासाथ हलिउडसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनहरूमा अमेरिकी गायिका तथा अभिनेत्री ज्यानेट ज्याक्सन छाइन्। फेब्रुअरी १ का दिन एउटा अनलाइनले लेख्यो, ुकपडाबाट ज्यानेटको स्तन पोखिएर ुनिप्पलु एक्सपोज भएको आज ठीक १० वर्ष पूरा भयो।ु सन् २००४ मा अमेरिकामा आयोजित एउटा स्टेज कार्यक्रममा उनी अमेरिकी गायक जस्टिन टिम्बरलेकस“ग ुगना ह्याभ यू नेकेडु बोलको गीत गाइरहेकी थिइन्। ुवाइल्डु पारामा गीत गाइरहेको बेला ब्राको होल्डरबाट उछिट्टिएर उनको स्तन बाहिरिएको थियो। निप्पलमा ुरिङु लगाएकी ज्यानेटको गोप्य सुन्दरता परख गर्ने अवसर दर्शकले पाएका थिए। 
अमेरिकी अभिनेत्री केट हड्सनले पनि सन् २००९ मा यस्तै सास्ती खेप्नुपरेको थियो। ुअमेरिकन म्युजिक अवार्डुसम्बन्धी कार्यक्रममा विजेतालाई अवार्ड प्रदान गर्न उनलाई स्टेजमा बोलाइयो। स्टेजबाट दर्शकलाई अलिक निहुरिएर सम्बोधन गर्न खोज्दा गला बढी खुलेको उनको खुकुलो वस्त्रबाट ुनिप्पलु देखिने गरी स्तन बाहिरिएको थियो। 
अमेरिकी अभिनेत्री तथा मोडल लिन्ड्से लोहान मे २३, २०११ मा डुबुल्की मार्न भनेर अमेरिकाको ुमियामी बिचु पुगेकी थिइन्। नुहाउ“दै गर्दा एक्कासि छाल उर्लिएर आयो। छालस“ग बच्न खोेज्दा उनको ब्रा फुस्कियो। समुद्री किनारमा रहेका समाचारका भोका फोटोग्राफरहरूको क्यामेराको लेन्स उनीपट्टि तेर्सिहाल्यो। ब्राको होल्डर खसेपछि उनले दुवै हातले आफ्नो लाज ढाक्न खोजिन्। तर, यसो गर्नुअगावै उनको ुनिप्पलु एक्सपोज भइसकेको थियो। 
सन् २०११ को जुनमा अमेरिकी गायिका लेडी गागा सीएफडीए अवार्ड वितरण कार्यक्रममा सहभागी हुन गइन्। सधँै अनौठो पहिरनमा सजिने लेडी गागाले त्यस दिन छातीमाथिको भागलाई झुलजस्तो पारदर्शी कालो कपडाले बेरेकी थिइन्। पारदर्शी कपडाबाट उनको स्तन बारम्बार प्रस्टसँग देखिएको थियो। अर्को एउटा स्टेज कार्यक्रममा पछाडि चिरिएको टाइट पाइन्ट लगाएर गागाले सांगीतिक प्रस्तुति दिइरहेकी थिइन्। गीत गाउने क्रममा पछाडि फर्किएर निहँुरिदा उनको पछाडिपट्टिको भाग देखिएको थियो। गागा वार्डरोब मालफंक्सनको धेरै पटक शिकार भइसकेकी छिन्। 
सन् २०११ को सेम्टेम्बरतिर अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्स युरोप भ्रमणमा निस्किइन्। भ्रमणको क्रममा सेप्टेम्बर १६ मा बेलायतमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन उनी गाडी चढेर पुगेकी थिइन्। गाडीबाट उत्रिने बेलामा उनको तिघ्रा अलिक बेसी उघ्रियो, जसबाट उनले लगाएको सेतो रङको पेन्टी पूरै देखियो। धागोजत्रो पेन्टीले उनको लाज सकी नसकी छोपिराखेको थियो। 
अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजलाई सन् २०१२ को फेब्रुअरी २६ मा यस्तै लाज मर्नु भयो। ८४ औँ एकेडेमी अवार्ड थाप्न स्टेजमा पुग्दा गला बढी खुलेको उनको कपडाबाट स्तन बाहिरिएको थियो। सन् २०१३ मा हलिउड अभिनेत्री जोआना क्रुप्पालाई पनि पहिरनले साथ नदिएर हैरानी भयो। आफ्नै घरको बगैँचामा उनी कुकुरसँग खेलिरहेकी थिइन्। यसै क्रममा भुँइमा रहेको कुकुरलाई उठाउन उनी निहुरिइन्। यसो गर्दा उनको स्तन पूरै देखिन पुग्यो। यस क्षणलाई पनि क्यामेरामा कैद गर्न फोटोपत्रकारले भ्याए। 
केही वर्षअघि बिदा मनाउन अमेरिकी अभिनेत्री तथा फेसन डिजाइनर पेरिस हिल्टन अस्ट्रेलिया पुगेकी थिइन्। कट्टु, ब्रा र कटिमुन्तिर कट्टु छोप्ने कपडा बेरेकी उनी स्विमिङ पुलतिर लागिन्। उनले लुगा मिलाउँदै कट्टु अलिकति सारिन्। त्यो क्षण पनि फोटोपत्रकारको लेन्सबाट छुट्न सकेन। फोटोमा उनको पछाडिको भाग प्रस्टसँग देखियो। 
र्या म्पमा हिँड्दै गरेको बेला पहिरनले साथ नदिएको अनुभव थुप्रै मोडलसँग छ। अभिनेत्रीसमेत रहेकी मोडल पामेला एन्डर्सनको पनि यस्तै हालत भएको थियो। फेसन शोका क्रममा र्याअम्पमा हिँड्दै गर्दा उनको पहिरन फुस्किएको थियो। एक धरो पेन्टीले उनको लाज बचाएको थियो। उसो त पहिरनले पामेलालाई साथ नदिएको त्यो पहिलो पटक थिएन। उनी ठूलो स्तन भएकी अभिनेत्रीमा गनिन्छिन्। स्तन ठूलो भएकाले यसलाई सम्हाल्न ब्रालाई अक्सर हम्मेहम्मे परेजस्तो देखिन्छ। स्टेजमा नृत्य गर्दै गर्दा ब्राको होल्डरबाट उनका स्तन पटक–पटक उछुट्टिएर बाहिरिएका छन्।

शुक्रबारबाट साभार 

उर्वशी उत्रिएको बखत

साइबर लभ–१४ 
घाम डाँडामा पुगिसक्दा मेरो विहान सुरु हुन्छ । मानिसहरु अफिसका लागि हतारिएका होलान्, विजनेशका लागि अत्तालिएका होलान् तर मेरो विहान भर्खर उदायो । उत्तरी रातसम्म शेलीसँगको च्याट यसको एउटा कारण हुन्छ, अचेल । अनि, आधा कारणचाँही अफिस । समयमा सुत्नु, समयमा उठ्नु, समयमा खाना खानु, समयमा रमाइलो गर्नु आदी इत्यादी शेलीले मलाई भनिरहन्छिन् । तर, मेरो अधिक समय उनको प्रतिक्षामा वित्दा यहाँ त्यो समय वितिसकेको हुन्छ ।
वेडको तल्लो खोपीमा धुवाँको भकारी ठोस बनेर बसेको छ । म त्यो भकारीबाट एउटा लाठी झिक्छु र सल्काएर विहानी सुरुआत गर्छु । अक्सर शेली भन्ने गर्छिन्,‘डन्ट स्मोक मोर, इट इज नट गुड ह्याविट’ । मलाई थाहा छ मेरो स्मोकिङ ह्याविटको कयौं गुना ज्यादा ह्याविट शेलीसँगको च्याट हो । स्मोकिङ सुरु गर्नासाथ शेलीको सम्झना तरंगित हुन्छ र मनमनै भन्छु– शेली कम्तिमा तिम्रो सम्झनाका लागि मैले स्मोकिङ छाड्न सक्तिन ।
०००
भ्यालेन्टाइन डे नजिक आइरहेको छ । र, म शेलीसँग भ्यालेन्टाइनलाई कसरी मनाउने भन्नेबारेमा सल्लाह गरिरहेको छु । उनले भनेकी थिइन्– यो भ्यालेन्टाइन नेपालमा उनी मनाउँदैछिन् मसँग । तर, समयले साथ नदिएर होला जति दिन नजिकीन्छ त्यति छालजस्तो उनको आश्वासनको अर्थहरु हराइरहेको महसुस भइरहेको छ । आजभोली उनी अलि कम बोल्छिन् र भ्यालेन्टाइनका लागि उनले भनेका कुरा सम्झिरहेकी छैनन् ।
दिनको गति मान्छेको जस्तो नहुँदो रहेछ । मान्छे पर्खिन्छ र एकै ठाउँमा उभिइरहेको भेटिन्छ । दिन आयो, गयो । उसले न मलाई पर्खन्छ, न शेलीलाई । यसपटक भ्यालेन्टाइन आयो र गयो । त्यसबीचमा शेली पनि आइनन् । तर, संयोग भन्नुपर्छ, भ्यालेन्टाइन डेमा उर्बशी उत्रिएर आइन्, नेपाल यातायातबाट । मैले नाम सुनेको भयंकर कवीको सामान्य गफ सुन्ने अवसर यसबीचमा गुमाइसकेको थिइन मैले । उर्बशी झर्नु र श्यामलका काव्यपूर्ण शव्द सुन्नु साताको लक्की डेहरु थिए । श्यामल उनी निक्कै सरल र रसिला कुरा गर्ने मान्छे । अनि, उर्बशी उत्तिकै रशिला भावकी । आधा रातसम्मको कर्मको पीडा र अवेर विहानीको रसिलो निद्राका विषयमा उनी अनभिज्ञ छैनन् । सम्बन्धका बारेमा उनीभन्दा बेहत्तर कसले जानेका होलान् र ? उर्बर्शी उत्रिएको वखत श्यामलका गफहरु कानमा गुञ्जिरहेका थिए अनि शेलीका यादहरु विस्तारै विस्तरातिर निदाउन लागेका थिए । शेली आज अनलाइन आइनन्, म विस्तराभित्र सिरानी च्यापेर निद्राभोगमा रुमल्लिन थालेको छु ।
०००
म सहरको चौरस्तामा उर्वशीसँगको प्रणयलाई विचार गरिरहेको छु । तर कता कता उर्बशीभित्र शेली देख्दैछु म । शेलीका सवै कुरा सामान्य हुन् विर्सनयोग्य, बाँकी मात्र त्यो थेगो ‘नाटक’...उनीजस्तै । ऐनामा ओल्टाईपल्टाई थेगोको प्रतिबिम्बहरु हेर्छु ठ्याक्कै उनीजस्तो देख्छु । सम्झिने रोग निको हुँदैन सायद–डाक्टरहरु आन्दोलनमा छन्, अस्पतालहरु बन्द छन् । अनि उर्बशी उनको याद भुलाउँदै शेलीलाई स्थानान्तरण गर्न आएकी छन् । तैपनि म भनिरहेको छु, शेलीलाई –शेली जीवनका अनेक रंगहरुको समायोजन नै संघर्षजस्तो लाग्छ । सहरको कथा एकातिर छ तर मेरो जीवनको भयावह कहानी अर्कातिर छ । उत्तेजीत सहर र मेरो व्यक्तिगत जीवन तिम्रो पहिलो संसारजस्तो कहाँ भयानक छ र ? पहिलो र तेस्रो विश्वको जोडघटाउ प्रविधिको यो प्रारुपमात्र हो, बाँकी त केही पनि छैन ।
उहिले भ्यालेन्टाइन भन्नासाथ म हौसिएर कलेजका कति केटीहरुलाई आइ लभ यु भन्दिन्थे । त्यो ननसेन्स समयमा शव्दको महत्व भन्दा पनि रमाइलोको अनुभुत हुन्थ्यो । कलेजका भित्ताहरुमा कत्ति लेखिन्थ्यो–मेरो भ्यालेन्टाइन ऊ र उनको भ्यालेन्टाइन ....। जीवनको पूर्वाद्धलाई सम्झिने हो भने शेलीसँगको सम्बन्ध अघिका कयन रमाइला पलहरुसँग विताएका कलेजका जीवन थियो । शेली भेटिनुअघिका समयमा पनि कम रमाइलो गरेको होइन । शेलीसँग मेरो प्रत्यक्ष भ्यालेन्टाइन डेको अनुभव अहिलेसम्म पनि छैन । तर, उनीसँगका हरेक दिन भ्यालेन्टाइन जस्तो महसुस हुन्छ ।
तर आजभोली उनी मसँग तर्किने प्रयत्नमा छिन् । उनी दोषहरुको थुप्रो मेरो थाप्लोमा राख्छिन् र गंगा झैं पवित्रताको पगेरी आफु लगाउँछिन् । घरिघरि वेजोड रिस उठ्ने, घरिघरि असीमित माया पलाउने गर्छ । शेली भन्छिन्,‘तपाई अडान नभएको मान्छे, कुरामा ठेगान नभएको मान्छे ।’ हुनसक्छ, सायद । म अडान नभएको मान्छे, कुरामा ठेगान नभएको मान्छे । तर, जीवनको ठेगान भएको र शव्दमा निरन्तर ठोस हुने मान्छे । मसँग कठोर आत्मा छैन किनभने म शेलीहरुका अगाडी झुक्ने गरिरहेको छु । उनका कठोर शव्दवाणलाई कसरी उत्तर दिने ? आज उनको कुराले पिन्च गरेको छ । केही न केही लेख्नैपर्छ । उनको च्याटवक्समा उतार्दैछु – कहिलेकाँही फर्किएर समिक्षा गरौं त आफैंमाथि लाग्छ सायद, आफ्ना कमजोरी भेटिनेछन्, आफुमात्र ठिक र अरुमात्र दोषी देख्ने चश्माको औकात पुष्टि हुनेछ’, मेरो यो कुरा पढेपछि  शेली प्रत्युत्तरमा उत्रिन्छिन्,‘भयो राम्रो कुरा गर्न नजान्ने तपाईका सोचाई जहिले नकारात्मक छन् ।’ शेली नकारात्मक भित्रको मिठास प्रेमको बारेमा खोजी गर्न चहान्न्, म उनलाई व्यक्त गरेर देखाउन जान्दिन । प्रेम बगीरहेको छ, अक्षरमा, आँखामा अनि मुटुमा निरन्तर । यसबारेमा उनी कति बस्तुवादी भएर विचार गर्छिन्, थाहा छैन । सात समुद्र वारीको मेरो हाल यस्तै छ ।
०००
उर्वशी र शेलीको तुलना गरिरहँदा उनीसँग निक्कै साक्षात्कारका समय मिलिरहेको छ । ममा समाहित भइरहेकी उर्वसीसँग सुस्त गतिमा म सोधिरहेको छु– मेरो पहिलो साइबर लभ नै शेली हुन्, जो हरेक बातमा मसँग निरन्तर झगडा गरिरहन्थिन्, अहिले केही साता भयो उनी मसँग वात मारिरहेकी छैनन् तर मैले मेरो आत्मा उनका लागि मारिरहेको छैन ।
यो कुराले उर्वशीलाई कत्तिपनि चिन्तित बनाएको छैन । सहज स्वीकार गरिरहेकी छन् र भन्छिन्– जीवनयात्राका घटनाक्रमहरु हुन् र मपनि एक अविश्मरणीय घटना बन्न चहान्छु, तपाइसँग । आहा, कत्ति कुरा बुझ्ने उर्वशी । उनको नामसँगको सुन्दरता र विचारको सुन्दरता त यतिवेला देखियो । म उनको यो कुराबाट प्रभावित भइरहेको छु । अत्यन्तै प्रभावित जो शेलीसँग कहिलेपनि हुन सकेको थिइन भन्ने यसबेला लागिरहेको छ ।
जीवन शतकको एक चौथाई वितिसकेपछि प्रविधिको दुनियाँमा छिर्दाको लभ नै असीमित स्वादको हुन्छ । त्यसलाई एकै छिन् विर्सेर असीमित खुसीमा उभिने कोशिश गरिरहेको छु म । उर्वशी भन्छिन्– ‘तपाइसँग निक्कै खुसीसँग बस्न चहान्छु, रात काट्न चहान्छु, दिन विताउन चहान्छु, जीन्दगी यात्रा बनाउन चहान्छु ।’ शेलीका सम्झनाका पित्कोहरु केही बाँकी छन्, यी पित्कोहरुले मनमा अनेकन तरंगहरुलाई झन्कार बनाइसकेका थिए । उर्बशी क्षणिक समयमा मसँग निक्कै नजिक भइसकिन्, अनि त्यहि क्षणमा शेली केही पर बसेजस्तो गर्छिन् । अफिस आसपासमा मेरो स्मोकिङ जोन छ । त्यहाँ जाने अफर साथीले गरिरहेको छ । हावा मन्द गतिमा चल्यो, माघको जाडोमा यो सिरेटोले जीउ तताउन अपिल गरिरहेको छ । म सुस्त गतिमा फेरी उही खुट्कीला गन्दै झरें । स्मोकिङ जोनमा पुगें । उर्वशीको म्यासेज मोवाइल सेटमा आयो । चुरोट सल्काएँ– शेली सम्झनामा आइन । उर्वशी म्यासेजमा । आँखाबाट निरन्तर पानी वग्न थाले, म पागल जसरी चिच्याउन थालें । ‘ओई के भयो ? किन चिच्याएको ?’ घचघच्याएर पवनले उठायो । एउटा फरक सपनाबाट व्युँझिएर र टेवलमा रहेको पानीको जग मुखतिर तेर्साएर घट घट घट पानी पिएँ । अनि, पवनलाई भनें– एउटा फरक सपनाबाट व्युँझिएँ । उसले सोध्यो,‘कस्तो सपना ?’ साहित्य अलिक कम रुची राख्ने पवनलाई सवै कुरमा भन्नुको अर्थ थिएन, यत्ति भनें– म अन्यौलमा थिएँ, उर्वशी उत्रिएको वखत ।’