Thursday, December 4, 2014

विप्लव विद्रोह कसका लागि ?

–विप्लवको नयाँ योजना एउटा माओवादी माओवादीका लागि माओवादीविरुद्धको माओवादी विद्रोहमात्र सावित हुनसक्छ । 

–२० वर्षमा बनेको पार्टी जम्माजम्मी ७ वर्षमा विर्सजनको स्थितिमा आइसक्छ भन्ने कल्पना गर्नु अस्वभाविक हुन्छ तर यहाँ स्वभाविक विभाजन भइसक्यो


विनोद ढकाल

नेपाली कांग्रेस प्रधान शत्रु नै हो ? यो बयानबाजीले पुष्टि हुन नसक्ने कुरा हो । राजनीतिमा कुरा एउटा र काम अर्को हुन्छ । र, आन्दोलनको बाटोले नै राजनीतिक मार्गचित्र या हिड्ने गन्तव्यको पहिचान गर्ला । तर, घोषणामा कांग्रेसविरुद्धको आन्दोलन थालेको भन्नेहरुको आन्तरिक योजना के हो त ? विस्तारै खुलेका विप्लवले भनिरहेका छन्, दलाल पुँजीपतिहरुविरुद्धको अभियानका रुपमा पार्टी गठन भयो । यदि माओवादी छविमा नै आन्दोलनको स्वरुपमा आउनु थियो, कांग्रेसविरुद्धकै आन्दोलन सुरु गर्नुथियो भने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी धार छाड्नुको अर्थ के थियो त ? त्यहि व्यानरमा किन नयाँ संघर्षको ढाँचा कोर्न सकेनन् ? नाचघरभित्र गरेको भाषणको औचित्य विप्लवहरुले पुष्टि गर्न सक्छन् ? यो नयाँ माओवादी फगत आन्दोलन र संघर्षका नाममा विप्लव नेता बन्ने कडीमात्र हुने हो की ?
नेपाली कम्युनिष्ट आन्दोलनको फरक मार्ग भनौं या विग्रहको मार्ग ? यसको परिभाषा परिणामहरुले देखाउँदै जानेछ । तर, माओवादी जनयुद्ध र त्यसपछि मोडिएको राजनीतिक कालखण्डमा हामी उभिएका छौं । तर, माओवादी आन्दोलन भने यो कालखण्डबाट विस्तारै विग्रह र विभाजनको दिशामा निरन्तर गइरहेको छ । यो यति चाँडो भइरहेको छ की यसको अनुमान तरल रुपमा गर्न मुस्किल नै थियो ।
२० वर्षको कडा र फरक संयोजन तथा आन्दोलनले स्थापित गरेको एउटा ठूलो कम्युनिष्ट शक्तिको विभाजन जम्माजम्मी ७ वर्षमा भइसक्छ भन्ने अनुमान सायदै कमैले मात्र गरेका थिए होला । तर, प्रष्ट, देखिने र सहज रुपमा भन्नसक्नेगरी माओवादी आन्दोलन विसर्जनतिर पुग्यो । संगठन विग्रियो, भत्कियो र कमजोर बनिरहेको छ ।
जव आन्दोलन र अभियानहरुमा भ्रष्टहरुको प्रवेश प्रभावकारी र निर्णायक हुन्छ, नेतृत्व त्यसमा विलिन हुन्छ र राम्रोसँग विक्छ । प्रचण्डको विकाउ छविका कारणले नै माओवादी फुटेको फुटै गरेको थियो । यो विभाजनको क्रम प्रचण्डको शैली पकड्ने मोहन वैद्य हुन् या नेत्रविक्रम चन्द विप्लवहरु, उनीहरुका कारणले नै निरन्तरता पायो । यहि निरन्तरतालाई कायम राख्ने हो भने विप्लवहरु पनि विभाजनको दिशातिर जानेछन् ।
यी परिणामहरु कसरी प्रमाणित हुँदै जानेछन् भन्ने तर्कहरु एमाओवादीको विभाजन यात्राले पुष्टि गरिसकेको छ । यद्यपि यतिवेला क्रान्तिकारी र विद्रोही शक्तिका रुपमा स्थापित हुन खोजेको थोरै समयपनि नभइकन नेकपा–माओवादीको पनि विभाजनको यात्राले नेपाली कम्युनिष्ट आन्दोलन भनौ या यात्रा त्यसमा नयाँ तरंग पैदा गरेकै छ, विप्लवको सम्बन्धविच्छेदको घोषणासँगै । 
नेकपा–माओवादीसँग सम्बन्धविच्छेदको घोषणा गरी उपत्यकाबाहिर पुगेका नेता विप्लवले नयाँ पार्टीको घोषणा गरिसकेका छैनन् । १० जना नेतासँग गहिरो छलफलका लागि उपत्यकाबाहिर पुगेका विप्लवले यतिबेला पार्टीको नाम र नीति तयार पारिरहेका छन् । अहिले नेता मात्र हुन्, पार्टी बनिसकेको छैन । पार्टीको आधारभूत नीति र नाम कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने विचार र बहस चलिरहेको छ । नयाँ पार्टी घोषणाको तयारी पनि हुँदै छ ।
नेकपा–माओवादीको कार्यनीति र कार्यदिशामा मतभेद भएपछि छुट्टै भेला गरी रणनीतिक अभ्यासमा लागेका विप्लवले अन्ततः सम्बन्धविच्छेदको घोषणा गरेर उपत्यका छाडेका थिए । नेकपा–माओवादीभित्र रहेका क्रान्तिकारी र युवापंक्तिमा प्रभाव छाडेका विप्लवको पार्टीमा संगठित हुनका लागि जिल्ला–जिल्लामा नेकपा–माओवादीका युवा कार्यकर्ता तयार भएको पनि बताइन्छ । पार्टीबाट अलग्गिएपछि अहिले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि १० जना मूल समितिमा रहेका नेताबीच बहस जारी छ । पार्टी घोषणा नगरी अघि बढ्दैन । राजधानीमा आएरै पार्टीको घोषणा गर्ने विप्लव तयारी छ ।
विप्लवले गठन गर्ने पार्टीले जनयुद्ध घोषणा गर्ने कि नगर्ने भन्ने विषय पनि अहिले विवादमा छ । तर, जनविद्रोहको घोषणा गरी कारबाही प्रक्रियाका विषयमा भने विप्लवको नयाँ पार्टीले कार्ययोजनाको खाकासमेत कोरेको छ । पार्टी घोषणा गर्नासाथ एमाओवादी र नेकपा–माओवादीभित्र रहेका पुँजीपतिलाई कारबाही गर्ने योजना विप्लवले तयार पारेका छन् । त्यसका लागि विप्लवको लिष्टमा एमाओवादी र नेकपा–माओवादीका पुँजीपतिहरुको नाम अंकन भइसकेको छ । माओवादीका नाममा आन्दोलनलाई ध्वस्त पार्ने पुँजीपतिबाटै हामी कारबाही थाल्छौँ भनी विप्लवको खास व्यक्तिहरुले भन्नुले पनि उनको आन्दोलन अव संघर्ष र त्यसमा पनि आन्तरिक र वैचारिक रुपमा विचलित भएका व्यक्तिहरुविरुद्धको कारवाही अभियानबाट हुने देखिन्छ । यसो हुँदा विप्लवले माओवादीको नयाँ आन्दोलन या संगठन स्थापित गराउनका लागि छरिएर र विभाजनको अवस्थामा रहेका प्रचण्डसम्ममा मानिसहरुलाई कमजोर बनाउनुपर्ने हुन्छ । त्यसका लागि उनले प्रचण्डहरु र वैद्यहरुको आर्थिक विचलन होस् या आर्थिक मेरुदण्डहरुमा प्रहार गर्नेछन् । जसले उनीहरु कमजोर बन्दै जाने र विप्लवहरु ब्लियो हुँदै जाने मार्ग खुल्नेछ । विप्लवले पार्टीमा बहिर्गमित लडाकु, समायोजनमा नगएका र एमाओवादीले संगठित गर्न नसकेका कार्यकर्ता र पूर्वलडाकु, नेकपा–माओवादीले संगठित गर्न नसकेका युवा कार्यकर्तालाई समेटेर जनविद्रोह थाल्ने योजना बनाएका छन् । स्रोतका अनुसार विप्लवले सुदूरपश्चिमबाटै कारबाहीको क्रम सुरु गर्नेछन् ।
यदि विप्लवको यो तयारी हो भने उनका साथमा माओवादी आन्दोलनले पाखा लगाएको एउटा ठूलो पंक्ति रहनेछ । माओवादी आन्दोलनबाट पाखा लागाइएकाहरुको एउटा ठूला हिस्साको थप्पड प्रचण्डहरुले राजनीतिक र भौतिक रुपमा पनि भेटिसकेका कारणले पनि विप्लवको नयाँ तयारीलाई बल पुगेकै छ ।
०५२ सालदेखि ०७१ सालसम्म आएपुग्दा हज्जारौंको लासमाथि भएको राजनीतिको उपलव्धि केही पनि देखिएन । फगत एउटा दरबार ढालेको कुरालाई ताज बनाएर राजनीति गर्ने हो भने भन्नुपर्छ, दरबार माओवादीले ढालेको होइन, आन्दोलनले ढालेको हो । र, त्यो नागरिक आन्दोलनले ढालेको थियो, माओवादीहरु अनागरिक तत्वका रुपमा आन्दोलनबाट बाहिर थिए, नैतिक रुपमा । भौतिक रुपमा कति सहभागी थिए त्यसको इतिहाँस कोरिनेवाला छैन तर नैतिक रुपमा बाहिर रहेको इतिहाँसको एक वाक्यचाँही हुनेछ ।
जातिय विभाजन, वितृष्णा र समाज रुपान्तरणका नाममा समाज विभाजनको विउ रोपेर लाजिम्पाट, बुद्धनगर, कोटेश्वरमा दरबार बनाउनेहरु र दलाल पुँजीपतिहरुलाई संगठित गरेर नयाँ आयाम थप्नेहरुले क्रान्तिकारी परिवर्तन गर्न सक्दैन थिए । उनीहरुले जे सक्दथे त्यो राजधानी, राजधानी बाहिर र नेताहरुको महलभित्र देखिने तथ्यहरुले पुष्टि गर्लान् । यी तथ्यहरु कसैले बुझेको छ भने त्यो विप्लवहरुले बुझेका छन् र उनीहरु फेरि माओवादीविरुद्धकै अभियानका रुपमा संगठित भइरहेका छन् । विप्लवका लागि जनयुद्ध भयानक र गाह्रो काम हुनसक्छ । प्रविधिको विकासले गर्दा उनको आन्दोलन या युद्धलाई कसरी सहयोग हुनेछ ? यसका विषयमा अझ धेरै विश्लेषणहरु आउलान् । तर, जनविद्रोह र कारवाहीको रुपमा अघि बढ्ने हो भने केही हदसम्म प्रचण्डहरु त्रसित त हुने नै छन्, विप्लवहरु नयाँ शक्तिका रुपमा उदाउन सक्छन् तर त्यो संवैधानिक, राजनीतिक र सामाजिक रुपमा बाहिरी घेरामा हुनेछ ।
अतः विप्लवहरुको तयारीले नेपाली राजनीतिको मुलधारमा रहेका र संसदीय व्यवस्थालाई स्वीकार गरी सोही राजनीतिक धारमा दौडिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुलाई त्यति साह्रो प्रभाव पर्ने छैन । आधुनिक समाजमा यी दलहरुको राजनीतिक मार्गचित्र स्पष्ट नै छ । माओवादीको १० वर्षको जनयुद्धले पनि प्रभाव पार्न नसकेको यी दल, दलमा आवद्ध व्यक्ति र आस्था राख्ने आमसाधारण केही रुपमा प्रभावित हुन सक्लान तर पुरै राजनीतिक प्रभाव नै नहुन सक्छ । तर, संसदीय व्यवस्थालाई खसीको टाउको र वाख्राको मासु भनेर व्याख्या गर्ने र सोही पद्दतीमा आएर ‘फेस सेभिङ’ गर्न खोज्ने प्रचण्डहरुलाईचाँही निक्कै प्रभाव पार्नेछ । मोहन वैद्यहरु पनि ठूलै प्रभावमा पर्नेछन् । विप्लवको नयाँ योजनामा माओवादीले माओवादीका लागि माओवादीविरुद्ध माओवादी विद्रोहमात्र सावित हुनसक्छ । 

Friday, November 21, 2014

‘जेनियस’को सुसाइड ‘जिन’

वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ
प्राडा, जाकारी क्यामिन्सकी
मानसिक रोग विशेषज्ञ, हपकिन्स विश्वविद्यालय, अमेरिका 

विनोद ढकाल
एउटा जेनियस डाइरेक्टरको सहज अन्त्यले धेरैलाई दुखि बनायो । भावुक नेपाली चलचित्र र संगित क्षेत्रका लागि यो विश्वासयोग्य कुरा रहेन । स्वभाविक पनि थियो कम अध्ययन र कारणहरु जान्ने यो क्षेत्रका हिरो, हिरोइन, मोडेल, संगितकार र गीतकारका लागि चलचित्र, म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङको आत्महत्या असहज भयो, विश्वासयोग्य रहेन । एक जेनियस डाइरेक्टर, जसले अधिकमत युवतीहरुलाई फिल्मी क्षेत्रमा प्रवेश गरायो, धेरै केटाहरुलाई सेलिव्रिटी बनायो । उ राम्रो कुरा गथ्र्यो, हँसाउँथ्यो र रमाइलोसँग काम गर्दथ्यो । एक्कासी उसले आत्महत्या गर्ने कारण के थियो त ?
आत्महत्याका अनेक कारण हुनसक्छन् । केही मान्छेहरुले अनुमान र अड्कलका आधारमा धेरै कुरा गरे । तर, अध्ययन र विश्लेषणले अनुमान र अड्कलबाजीलाई गलत सावित पनि गर्न सक्दछ । ‘धेरै पटक मरेर बाँच्नुभन्दा एक पटक बाँचेर मर्नु उपयुक्त हुन्छ’, प्रहरीले भेट्टाएको नेम्वाङको सुसाइड नोटले पनि धेरै कुरा खोल्दछ । कतिपय फिल्मी भँगेराहरुले नेम्वाङ आत्महत्यालाई आफ्नो प्रमोशनको कारण बनाए, आत्महत्यालाई रहस्यमय हत्या पनि भन्दै प्रचारवाजी गरे । तर त्यो आत्महत्या नै थियो भन्ने हरेक टेस्टहरुले प्रमाणित भए नभएको भन्नेबारे नेपाल सरकारको प्रविधि र अनुसन्धानले पनि प्रमाणित गरेन ।
टोखास्थित अपार्टमेन्टमा आत्महत्या गरेको अवस्थामा भेटिएका जेनियस डाइरेक्टर नेम्वाङले आत्महत्या गर्नुको खास कारण उनीसँगै लगिसके । तर, जे भेटियो त्यसको आधारमा हुने अनुसन्धान अनुमानको आधारमा हुनेछ । तर, यो घटनालाई विश्लेषण र विश्वव्यापी अध्ययनका रुपमा पनि हेर्न जरुरी देखिन्छ । ‘अनुसन्धान हुँदैछ, यो आत्महत्या नै भएको ठहरिएको छ, अन्य सहायक कारण देखा परेको छैन’, महानगरीय प्रहरी अनुसन्धान अधिकृतहरुले भनेका छन्,‘अझै हामी बुझिरहेका छौं ।’ प्रहरीका लागि अनुसन्धान गर्ने अन्य पाटोहरु खास छैन । एकथरी अधिकारीहरु भन्छन्,‘यो केस डिसमिस नै हो, किनभने सुसाइड नोटभन्दा प्रभावकारी प्रमाण के हुन सक्छ र ? पोष्टमार्टमले पनि त आत्महत्या भन्यो ।’

करिअरको सुरुआती दिनहरुमा मोडेल, पूर्व मिसनेपाल तथा नायिक झरना बज्राचार्यसँग प्रेम सम्बन्धमा रहेको भनिएका ४१ वर्षीय आलोक पछिल्लो समयमा उनीसँग टाढिएका थिए । ‘यो वियोग पनि उनको आत्महत्याको कारण हुनसक्छ’, उनी नजिकका साथीहरुको अनुमान छ,‘उनका अनेक चाहना र प्रकृतिका विषयमा पनि कुरा भइरहेका छन् तर ति सवै आधिकारीक हुन या होइनन् भन्न सक्ने स्थिति छैन ।’

सात सयभन्दा बढी म्यूजिक भिडियो तथा तीन चलचित्र निर्देशन गरेका आलोकले बहिनी बनाएकी मोडल एलिजा बस्नेतसँग आत्महत्याको पूर्वसमयमा फोनमा कुरा गरे । धेरै निराश पारामा उनले एलिजासँग ‘म केही भइहाले भने मेरो कुकुर र बिरालोलाई मसँगै पठाउन होला’ भने । आलोक र एलिजाबीचको कुराकानी २ मिनेट ४३ सेकेन्डमात्रै देखाएको छ ।

६ वर्र्ष अमेरिकामा उच्च शिक्षा लिएका आलोक बिहेको लागि मानसिक रुपमा तयार थिएनन् । उनका परिवार अमेरिकामा बसेकाले उतैबाट करिअर बढाएका थिए । ललितपुर झम्सिखेल घर भएपनि उनी परिवारसँग बस्न रुचाउँदैनथ्यो । आलोककी दिदी रक्षाले अभिनेता तथा पाइलट बिजय लामासँग बिहे गरेकी छन् । उनकी ७० वर्षीया आमा छिन् भने बाबुको निधन भइसकेको छ । यसबीचमा फिल्मीक्षेत्रमा आलोकको खासै कसैसँग सम्बन्ध भएको उल्लेख भएन ।

आलोकको परिवारका विषयमा बुझ्दा अमेरिकामै रहँदा उनका बुवाले पनि आत्महत्या गरेका थिए । परिवारले धेरै कुरा नखोलेपनि उनका बुवाको पनि आत्महत्या भएको अनुसन्धानका क्रममा बुझियो । यदि पारिवारिक रुपमा यस्ता घटना पहिलेपनि भएका थिए भने विश्वव्यापी अध्ययनहरुले पनि आत्महत्यालाई ‘जिन’को कारण हुनसक्ने प्रमाणित गरेका छन् ।

अमेरिकन चिकित्सक डा. रोबर्ट ग्लाटर्डले फोव्र्स म्यागेजिनका लागि तयार पारेको एउटा आलेखमा भनेका थिए,‘आत्महत्या वंशानुगत हिसावले पनि हुने सम्भावना बढ्दछ ।’ यो त्यसै भनिएको थिएन जोन होपकिन्स विश्वविद्यालयको चिकित्सा विज्ञानका विद्यार्थीहरुको परिक्षणबाट यस्तो देखिएको थियो । ति विद्यार्थीहरुले रगत जाँच गरी यो पत्ता लगाए कि आत्महत्या गर्ने परिवारभित्र वंशानुगत रुपमा यो एक रोगका रुपमा देखा पर्दछ । ‘वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ’, अन्वेषणकर्ताहरुको तर्कसहित गएको ३० जुलाईमा द अमेरिकन जर्नल अफ साइक्याट्रीमा उल्लेख गरिएको थियो । ‘यो अध्ययनले देखाएको कुरा हो कि आत्महत्या एउटा प्रमुख नागरिक समस्या हो, यो वंशजको आधारमा पनि हुनसक्ने हामीले अध्ययन र प्रयोगले पायौं’, प्रोफेसर डक्टर तथा जोन हपकिन्स विश्वविद्यालयका मानसिक रोग विशेषज्ञ जाकारी क्यामिन्सकीले भनेका छन्,‘हाम्रो अध्ययनले मान्छेहरु पारिवारिक रुपमा पनि यसरी सोचिरहेका हुन्छन् भन्ने भेटियो ।’
 
हट नेपाल म्यागेजिनको मंसिर अंकमा मैले लेखेको आलेख हो ।

Sunday, November 16, 2014

प्रचण्ड गोलचक्कर

  • पार्टी, अन्तरदलीय र संविधानसभाभित्र एकैचोटी प्रभाव देखाउने प्रचण्ड दाउपेचले नयाँ संविधानको गर्भमै हत्या हुनसक्ने संकेत भारी देखिएको छ । 
  • डा. भट्टराई राजनीतिक संवाद समितिको सभापतिमात्र नभई एमाओवादीको नेता पनि बनेका कारण संविधानका विवादीत विषयहरु वार कि पार लाग्न सकेका छैनन्
विनोद ढकाल
नेपाली राजनीतिको नयाँ रुप कुन दिशातिर ढल्किने भन्ने विषय १८ औं सार्क शिखर सम्मेलन अघि नै सक्नुपर्ने अन्तर्राष्ट्रि नैतिक दबाब र मंसिरको पहिलो सातामै टुंगो लाग्नुपर्ने संविधानसभाको कार्यतालिकाको चापमै छ ।
हुन त संविधानसभाको कार्यतालिका नै मिचेर सहमति गर्छु भन्दै बलमिच्याँइका भरमा लागि परेका भट्टराईले आफ्नो भुमिका भन्दा पनि पार्टीको भुमिकालाई पर्खँदा संविधानका विवादीत विषयहरुमा सहमति हुन नसकेको हो । प्रचण्डको निर्देशनका आधारमा समितिको सभापति कम र एमाओवादी नेताको भुमिका प्रभाव बनाएका भट्टराईले सहमति वा असहमतिको प्रस्ताव पेस नगरे आफैं नैतिक घेराबन्दिमा पनि पर्नेछन् । त्यति बुझेका भट्टराइले निकासको सहज अवतरणको प्रयत्न आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर दिने प्रयत्न पनि गरे । भट्टराइले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अगाडी सारेर सहमतिका लागि ८ प्रदेशसम्म झर्न सकिने प्रस्ताव गर्न लगाए । तर, प्रचण्डले त्यसलाई स्वीकार गरीनसकेका कारणले एमाओवादीको आधिकारीक धारणा आउन सकेको छैन ।
 

‘प्रचण्ड दुई खेलमा सफल हुन चहान्छन्, खासगरी डा. भट्टराइलाई रोकेर उनलाई असफल बनाउने र आफैं संयोजक रहेको राजनीतिक समितिको औचित्य पुष्टि गर्न चहान्छन्’, उच्च स्रोतले भन्यो,‘त्यतिमात्र नभएर पुरै संविधान निर्माण प्रक्रियाभित्र पनि राजनीतिक रुपमा आफ्नोमात्र भुमिका प्रभावशाली होस् भन्ने उनको मनसाय छ ।’
यसमा प्रचण्डका तीन अभिष्टहरु लुकेका छन् । आन्तरिक विवादको चुरो, संविधानसभामा तेस्रो दलका रुपमा रहेको पार्टी र त्यसको नेता हुनुले पनि प्रचण्डलाई पीर परेको छ । त्यसैले पार्टी, अन्तरदलीय र संविधानसभाभित्र एकैचोटी प्रभाव देखाउने दाउपचेमा छन्, प्रचण्ड । उनको यो दाउपेचले नयाँ संविधानको हत्या गर्भमै हुनसक्ने संकेत भारी देखिएको छ ।  
‘तागत भए डा. भट्टराइलाई राजनीतिक समितिबाट हटाऊ’ भनेर प्रचण्डले दिएको धम्कीमा पनि दुई प्रकारको अभिष्ट देखिएको छ । कांग्रेस–एमालेको प्रस्तावलाई प्रतिवेदनका रुपमा नलगे उनीहरुले भट्टराइलाई हटाए पार्टीको विवाद गौण राखी अन्य एजेन्डाहरु देखाएर कांग्रेस एमालेविरुद्ध मोर्चाबन्दिमा भट्टराईलाई उभ्याउने र पार्टी नेतृत्वमा निर्विरोध उभिने दाउमा प्रचण्ड छन् । ‘एक तहमा बाबुराम फँसीसकेका छन्, उनी प्रचण्डको भनाइका आधारमा राजनीतिक समितिमा विवादीत विषय लैजाने प्रस्ताव गरिरहेका छन्, यसले प्रचण्ड नै बलिया देखिनेछन् । अर्कातिर प्रचण्डसँगको परामर्शकै आधारमा उनले कुनैपनि प्रतिवेदन तयार पारेका छैनन्, राजनीतिक सभापतिका आधारमा नैतिक रुपमा उनी त्यहाँ पनि फँसेका छन् ।’, स्रोतले भन्यो,‘उनले सहमति हुन नसके असहमतिका प्रतिवेदन पनि बुझाउन सक्छन् तर संविधानसभाको कार्यतालिका नै विगारेर सहमतिका नाममा उनी मझदारमा उभिएका छन् ।’
सहमति होस या असहमति डा. भट्टराइको नेतृत्वमा नयाँ संविधानको विवादीत विषय संविधानसभामा प्रवेश गर्नासाथ त्यसमा प्रचण्डको कुनैपनि भुमिका हुनेछैन भने राजनीतिक समिति गठन गरी त्यसको संयोजक रहनुको पनि कुनै औचित्य हुनेछैन । ‘त्यसैले उनी औचित्य पुष्टि गर्न लागि परेका छन्, केही सहमति बन्नसक्ने अवस्था पनि आउने थियो, तर प्रचण्डले डाकेको वैठकमा कांग्रेस एमालेका नेताहरु पुगेनन् ।’, राजनीतिक विश्लेषकहरु भन्छन्,‘उनीहरुले प्रचण्ड संयोजक रहेको राजनीतिक समितिको औचित्य नै नरहेको भन्दै वैठकमा नजाँदा प्रचण्ड संविधानका विवादीत विषयमा सहमति नगर्नेगरी रोल्पालगायतका यात्रामा लागेका थिए ।’
मधेसीलगायत साना गरी २२ दलको नेतृत्व गर्दै प्रचण्डले संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिमा भइरहेका राजनीतिक विकासका कामलाई अस्वीकार गर्ने घोषणा गरिरहेका छन् भने कहिले युद्धमा फर्किनसक्ने भाषण गरी मुलधारको राजनीतिलाई प्रभावित बनाइरहेका छन् । प्रचण्ड आफु शक्तिमा आउनका लागि उनले राजधानी बाहिर गएर तयार पारेको यो भ्रम र गोलचक्कर मात्र हो । सहमतीय राजनीतिक यात्रा गर्दै नयाँ संविधानका विवादीत विषयमा समाधान खोज्नका लागि अहिले भट्टराइले देखाइरहेका केही अभ्यासहरुमा उनले प्रचण्ड उभ्याउन सके संवाद समितिमा जुनसुकै प्रतिवेदन तयार भई संविधानसभा छिर्न सक्न, प्रचण्डको अभिष्टलाई मात्र कुर्ने हो भने यो फगत गोलचक्करमात्र सावित हुनेछ ।

Sunday, November 9, 2014

धार्मिक र जातिय मुद्दा

भारतमा रहेका हिन्दु धार्मिक संघ संगठन र ट्रष्टहरुले नेपालमा हिन्दु धर्मको साख जोगाउनका लागि लगानी गरिरहेका छन् भने युरोपियन र अमेरिकनहरुले क्रिश्चियनहरुको संक्रमणलाई प्रभावकारी बनाउनका लागि जनजातीका नाममा रकम खर्च गरिरहेको स्रोतहरुले बताएका छन् ।

विनोद ढकाल
वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन्,‘विज्ञान विनाको धर्म अन्धो हुन्छ ।’ अर्थात् धर्म पनि एउटा विज्ञान हो । पश्चिमाहरु विज्ञान र धर्मलाई एक अर्काको परिपूरक ठान्छन् र आफ्नो विज्ञानलाई प्रभावशाली बनाउनका लागि उनीहरु धर्ममा खर्च गर्छन् । दुनियाँभर चलेका कतिपय युद्धहरु नै धार्मिक छन् । आफ्नो धार्मिक मुल्य र मान्यताका नाममा अहिलेपनि विश्व हिंसामय छ । चाहे बाराक ओबामा मुस्लिमहरुको मुलुकमा आधुनिकताका नाममा गोलीहरुसँग खेलुन्, चाहे मुस्लिमहरुको बाहुल्यता भएको मुलुकहरुले धार्मिक नाममा युद्धलाई जारी राखुन् । तर, सवै धर्म समान छन् र सवै उस्तै हुन् भन्ने परिचयका रुपमा धार्मिक आन्दोलनको विपक्षमा र अधिकारको आन्दोलनको पक्षमा भएको राजनीतिक लडाइ र त्यसले दिएको उपलव्धिको उदाहरण नेपालसँग मात्र थियो । तर, शक्ति र सत्ताको आडमा यो उपलव्धि अहिले धार्मिक विभाजनका रुपमा अघि ल्याउने प्रयत्न हुँदैछ, जुन निक्कै डरलाग्दो र भयानक परिणामको बाटोतिर जाने संकेत देखा परेको छ । आशा गरौं– नेपाली राजनीति धार्मिक विषयमा विषयान्तर नभएर राजनीतिक रुपमा नै समाधान हुनेछ । तर, त्यसअघि अहिले भइरहेका कसरतहरुको परिणती के हुनसक्छ ? नजरअन्दाज गर्न मिल्दैन ।
अघिल्लो संविधानसभाले संविधान जारी नगर्नुको मुख्य पीडा अवको संविधानसभाले भोग्नुपर्ने लक्षणहरु राजनीतिक रुपमा देखा पर्न थालेको छ । अघिल्लो संविधानसभा गठनपछि कायम भएको धर्मनिरपेक्षताको विरोधमा उठेको सानो झुण्ड राजनीतिक रुपमा संविधानसभा भित्र र राजनीतिक घेराका रुपमा संविधानसभा बाहिर पनि बलियो शक्तिका रुपमा स्थापित भएको छ । त्यतिमात्र होइन, छिमेकी मुलुक भारतको राजनीतिक परिवर्तनले पनि हिन्दुवादी मुद्दालाई बलियो बनाउनका लागि बल त पुगेको छ नै त्यहिँमाथि क्रिश्चियनहरुको धार्मिक अतिक्रमणको विरोधमा हिन्दुहरुको अभियान पनि सक्रिय हुन थालेको छ ।
जनगणनाका हिसावमा मात्र सोच्ने हो भने हरेक वर्ष हिन्दु धर्म मान्नेहरुको संख्या घट्न थालेको छ । यसले पनि विश्वको एकमात्र हिन्दु मुलुकका रुपमा लामो समयसम्म रहेको नेपालको आन्तरिक पहिचानका लागि पनि हिन्दुवादीहरुको एकता निक्कै मजवुद भयो । र, परिवर्तनका नाममा राजनीतिक दलहरुले बल पु¥याएको धार्मिक अतिक्रमणको प्रतिरक्षाका लागि अर्को धार्मिक संगठन सुदृढीकरणको अभियान बलियो रुपमा देखा पर्न थालेको छ ।
संक्रमणकालिन राजनीतिक अवतरण सहज र सरल बनाउनका लागि मुलधारका राजनीतिक दलहरुले पहल नगर्दा अधिकारका मुद्दा हर कोणबाट फरक र सांगठनिक रुपमा अघि बढेको छ । शान्ति प्रकृया, शान्ति सम्झौताका नाममा एकीकृत नेकपा माओवादीले यथास्थितिमा राखेको मुलुकको संविधानसभाको गति अब फरक ढंगले अघि बढिसकेको छ, यसको निराकरण भनेको समयमा संविधान जारी गर्नु हुनेछ । अन्यथा, यी मुद्दाहरु संक्रमणकालिन राजनीतिको फरक ढंगबाट उठ्ने खतरा अझ प्रगाढ बनिरहेको छ ।
जातीय राज्यको कुरा गरेका कारण अघिल्लो संविधानसभा विघटन भएको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्यको पक्षमा उभिएर आन्दोलनका लागि समर्थन गरेका कारण नै अघिल्लो संविधानसभाले संविधान जारी नगरी अवसान व्यहोर्नुपरेको थियो । त्यसपछि भएको तरल राजनीति र अर्को संविधानभा स्थापित भयो । यो संविधानसभामा पनि जातिय मोर्चाको नाममा सुरु भएको फरक आन्दोलन र थपिएको धार्मिक मुद्दाका कारण संविधानसभा अप्ठ्यारोमा पर्न थालेको छ ।
राजनीतिक दलहरुले स्थापित गराएको संविधानसभाका मुद्दा एकातिर छन् र संविधानसभा बाहिरको राजनीति अर्कोतिर छ । संविधानसभाभित्र विवादीत विषय जतिसुकै भएपनि संविधानसभा बाहिर भिडन्त हुने खालको डरलाग्दो तयारी हुन थालेको छ । जब जब संविधान जारी गर्ने समय नजिकिन थाल्छ यस्तो तयारीमा दलगत समर्थका रुपमा दुई पक्षको भिडन्तको तयारी हुन्छ । खासगरी अहिले प्रतिपक्षमै रहेको एमाओवादीले जातीय राज्यको कुरा गर्ने संगठनलाई सहयोग गर्न खोजिरहेको छ भने उता धार्मिक विषयलाई लिएर उठेको नयाँ शक्तिलाई राप्रपा नेपालको सहयोग देखिन थालेको छ ।
नेपालको संविधानसभालाई असफल बनाउनका लागि हिन्दुवादी र क्रिश्चियन तथा गैरहिन्दुहरुले आफ्नो मुद्दा स्थापित गराउनका लागि खुमबहादुर खड्का, कमल थापा, पद्मरत्न तुलाधरको मुकुन्डोमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।
यता संविधानसभामा विवादीत विषयमा सहमति नजुटाइरहेका बेला बहुमतीय प्रणालीको तयारी हुनेक्रममा पनि एमाओवादीले भिडन्तको चेतावनी दिएको छ । नेपाली जनताको नाममा कुनैपनि सहमति हुन सकेको छैन, जनताको राजनीति छाडेर विदेशीको राजनीतिमा लागेका छन्, कोही हिन्दु धर्म र कोही जातीयताको कुरामा क्रिश्चियनहरुको डलरका आधारमा अहिले संविधानसभा विटुलो बनाउने प्रयत्नमा छन् । राजनीतिक हिसावले टुंगो लगाउनुपर्ने विषयलाई अहिले विषयान्तर गरी आन्दोलनको तयारी भएको छ यसमा प्रचण्डहरुको पनि सहयोग रहेको छ ।
धार्मिक आन्दोलनका परिक्षणका रुपमा राजधानीमा सरकारले गरेको अनशनको हस्तक्षेपपछिको मुलुकभरी भएको भिडन्त एउटा तथ्यका रुपमा अघि आयो भने कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको सेप्रेट भेलाले पनि यसमा जोड दिएको छ । खासगरी अहिलेको भारतीय संस्थापनले हिन्दुवादीहरुलाई सहयोग गरेको बताइन्छ भने दरबारीया शक्तिहरुले पनि धार्मिक आन्दोलनमा सहयोग गरेको बुझिएको स्रोतहरुका अनुसार भारतमा रहेका हिन्दु धार्मिक संघ संगठन र ट्रष्टहरुले नेपालमा हिन्दु धर्मको साख जोगाउनका लागि लगानी गरिरहेका छन् भने युरोपियन र अमेरिकनहरुले क्रिश्चियनहरुको संक्रमणलाई प्रभावकारी बनाउनका लागि जनजातीका नाममा रकम खर्च गरिरहेको स्रोतहरुले बताएका छन् । तर, राजनीतिक दलहरुले यी गैरराजनीतिक विषयहरुलाई नियन्त्रण गरी राजनीतिक विषयमा सहमति जुटाउनुको साटो दुई ध्रुवमा बाँडिएको फरक आन्दोलनलाई मौन र खुला समर्थन गर्नाले यो संविधानसभा पनि विघटन हुने खतरा बढेर गएको छ ।
सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मुलुकमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेश धार्मिक रुपमा नै हुन लागेकाले पनि हिन्दुवादीहरुले अहिले आन्दोलन चर्काउन थालेको कतिपयको विश्लेषण रहेको छ । मोदी जनकपुरमा हुन लागेको धार्मिक कार्यक्रममा सहभागी भएर राजधानी आउने कार्यक्रम रहेको छ । अहिले भारतीय संस्थापनको पनि सहानुभुती रहेका कारणले आन्तरिक धार्मिक संगठनहरु ब्ढेका छन्, राजनीतिक दलहरुको सहयोग छ भने विभिन्न हिन्दुवादी संगठनहरुले पनि सहयोग गरेका छन् । यो तयारीले नेपाली संविधानसभा पुरै प्रभावित हुनेछ, यसले मुलकलाई सवैतिरबाट प्रभावित बनाउनेछ । यस्ता आन्दोलनका लागि नेपालमा रकम जम्मा नहुने भएकाले यी ध्रुविकृत संगठनहरुका लागि अदृश्य रुपमा विदेशी लगानी आउने गरेको छ । यहि मौकामा राजनीतिक दलहरु पनि मौन बसिदिदा मुलुक संकटमा फँस्दै गएको छ ।
धार्मिक सुरक्षा, जातिय उत्थान र संवैधानिक अधिकारको कुरा गर्दा धार्मिक विषय र त्यसमा रहेको आस्थाको विषयलाई हतियार बनाउने कोशिश भइरहेको छ । जुनसुकै राजनीतिक दलका नाममा होस् वा राजनीतिक आवरणमा धर्मको राजनीतिले समाज विखण्डनतिर लम्किने छ । व्यक्तिसँग मौलिक अधिकारका रुपमा उसले के मान्ने र के नमान्ने भन्ने अधिकार कायम छ । विश्वव्यापी मान्यता अनुसार एकले मानेको आस्थालाई अर्काले सम्मान गर्नुपर्ने राजनीतिक, सामाजिक मान्यता पनि कायम छ । तर, सुरक्षा वा अधिकारका नाममा अहिले प्रचण्डहरु, खुमबहादुरहरु यसलाई राजनीतिक रंग दिइरहेका छन् । यस्तो राजनीतिले आशा गरेको नयाँ संविधान समस्यामा फँस्नसक्ने निश्चितप्राय छ ।
यसकारण यो डरलाग्दो राजनीतिक तयारीबाट जोगिनका लागि, जोगाउनका लागि आगामी संविधान समयमा जारी गर्नैपर्छ । तर, अहिले राजनीतिक विषयभन्दा बाहिरको घेरामा उठिरहेको बहसलाई सम्बोधन वा किनारा होइन, सहज अवतरणको बाटोका रुपमा लिनुपर्छ । नयाँ संविधानमा धार्मिक र जातिय विषयलाई थाँती राखेर हर नागरिकको अधिकार र न्यायको पक्षको सम्बोधन हुनुपर्छ । त्यो प्रत्येक नेपालीको समान उत्थानको पक्षमा अविभाजित मतका रुपमा मुलधारका राजनीतिक दलहरुको समान धारणाले मात्र पुरा गर्न सक्दछ ।

Friday, November 7, 2014

आलोकको आत्महत्या

मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?


विनोद ढकाल


‘के तिमी साच्चै म¥यौ ? कोही पनि आत्महत्यासँग सम्झौता गर्दैनन्, किनभने तिनीहरु मर्न चहान्छन्, त्यसो भए तिनीहरु किन मर्न चहान्छन् ? किनभने तिनीहरु पीडा रोक्न चहान्छन् ।’ टिफानी डि बारटोलोले हाउ टु किल अ रकस्टारमा लेखेकी छिन् । अनि, आलोक नेम्वाङले लेखेको सुसाइड नोट यस्तो छ,‘हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्छु ।’ आलोकको नोटसँग बारटोलोको भनाई निक्कै नजिक छ । सारमा के हो भने आलोक पीडालाई रोक्न चहान्थे, सायद । 
विषय नपाएर भौतारिएको एउटा लेखकजस्तो होइन । विषय भएर नलेखिएको कथा पनि होइन । वकम्फुस्से जमातले कुरा काट्न सक्छ– जव आलोक म¥यो अनि लेख्ने विषय पायो । त्यस्तो जमातसँग मेरो कुनै गुनासो छैन । तर, यत्ति हो आलोकहरुले आलोकको हत्या किन गरिरहेका छन् ? अनि, यस्तो हत्याको कारणहरुको मनोदशा र मनोवृत्ति अहिले कस्तो भइरहेको होला ? उनीहरुको कुनचाँही पीडा वा कस्ता पीडाहरु मृत्युभन्दा भयानक थिए र उनीहरु मृत्युलाई सहज देख्न थाले ? आलोक आत्महत्याका कारण अनेक किसीमका अड्कलवाजीमा अडिएका छन् । कारण जस्तो भएपनि यसको सारमा एउटै उत्तर हुन्छ, उनी मृत्यु सहज देख्न थालेका थिए । त्यसकारण उनले मृत्युलाई सहज स्वीकार गरे । 
आलोकको आत्महत्याको समाचार जव विहीबार राती फेसबुके र ट्वीटरेहरुको एकाउन्टमा भटाभट आउन थाल्यो र त्यहाँ उल्लेख भएका अनेकथरीका स्ट्याटसहरुले यो आलेखका लागि मलाई उत्प्रेरित ग¥यो । तर, बाँच्नेहरुले के गरे त ? आत्महत्या गर्नेहरुलाई यस्तो पनि लाग्छ,‘आत्महत्या ठूलो समाधान हो, लामो र कालो अनि भयानक रातभन्दा ।’
स्वभाविक हो, आत्महत्याको अवस्थासम्म पुग्ने एउटा मानिस स्वस्थ्य त पटक्कै हुँदैन । यस्तो कुरा तितो र नमिठो लाग्नसक्छ, तर यो यथार्थलाई अंगीकार नगरी पनि हुँदैन । तर, कल्पना गर्न कठिन तथ्य अतिरञ्जित हुने नै भयो की यति हँसिला आलोकको मनमा कति पीडा थियो ? बाहिर खुसी देखिने एउटा कलाकारभित्रको पीडा धेरै गहिरो कसरी भयो ? तर, जो जीवनसँग दिक्क छ, उ दबाब र पीडाहरुको गहिरो बन्धनमा हुन्छ । कुनै न कुनै अभावको गहिरो समस्यामा हुन्छ । यस्ता मानिसहरु जसले आफ्नो आवश्यकता र समस्यालाई व्यक्त गर्न पनि सक्तैनन् र कसैसँग भन्न पनि सक्तैनन्, उनीहरुका लागि बुझिदिने समाजको खाँचो हुन्छ । 
आलोकको मृत्युमा जो–जो भक्कानिएर रोइरहेका छन्, उनले आलोक जीउँदो रहँदा कति नजिक भएर प्रश्न गरे ? उनको समस्या र सहाराको विषयलाई कसले कति बुझेको थियो ? आलोकले नभनेपनि मनैबाट कसले बुझिदियो ? हुन त सृजनशिल मान्छेले यसरी पनि सोच्दछ की,‘मसँग कला, साहित्य र सृजना सवै छ तर त्यो पनि धेरै होइन भने के हो त ? मृत्यु ?’ सम्भावित आलोकको स्वयम्हत्या चाँही ‘यसो’ पनि हुनसक्छ ।  
कसका आँखा कति रसाए ? कसले कति माया गरेका थिए, आलोकलाई ? कालो चश्मा खोलेर आँखा पुच्छ्नेहरुमध्ये को थिए, आलोकको आत्महत्याको कारण ? अनि, कसका बारेमा विक्षिप्त भएर देखियो सुसाइड नोट पनि । धेरै फिल्मकर्मी र पत्रकारहरुको सामाजिक सञ्जालमा देखियो–आलोक एक सच्चा र सृजनशिल मिडिया तथा फिल्मकर्मी थिए । उही आलोक जसले जीवनको महत्वलाई कम बुझ्यो र पासो लगाएर वित्यो । धेरैलाई यो कुराको विश्वास पनि लागेन रे कि आलोकले आत्महत्या गरेका थिए । 
जव आलोकहरु भिन्न कारणले आत्महत्याको नियतीमा पुग्दछन् अनि चलचित्र उद्योगमा सृजनाहरुको स्वयम्हत्या भइरहन्छ र यथास्थितिबाट चलचित्र उद्योग माथि उठ्ने खास कारण पाउनेछैन । आधुनिक समाजको यथार्थलाई पर्दामा होस् या सृजनामा उतार्नका लागि गरिने प्रयोगमा कोही सफल हुन सक्छन्, कोही असफल हुन सक्छन् । सफलता र असफलताको एक चरणलाई मान्छेले स्वीकार गर्न सक्छ । तर, जीवनको व्यक्तिगत उतारचढावमा मान्छे हर पल मरिरहेको हुन्छ र ऊ भौतिक रुपमा पनि मर्दछ ।
आत्महत्याको खास कारणको प्राविधिक खोजविन भइरहेका बेला यो आलेखप्रति चित्त नबुझाउने समुदाय पनि हुनसक्छ । तर, आत्महत्याको प्रमाण सुसाइड नोटभन्दा के हुनसक्छ र ? जे होस् नेपाली चलचित्र उद्योगमा अलौकिक प्रयास थाल्ने आलोकको परलोक यात्रा शान्तिपूर्ण होस्, उनका सम्झनयोग्य सृजनाहरुले बारम्बार सम्झना गराउनेछ, आलोकको । तथापी, अन्त्यमा आत्महत्या स्वीकार्य नै हुन्छ । त्यो मानिसको स्वविवेकी निर्णय हो । उनको जीवन, उनको निर्णय । अलविदा आलोक ।   

Tuesday, November 4, 2014

खुलामञ्चमा ३ प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा ०६४ सालयता अनिवार्य आवश्यकताका रूपमा छाइरहेको नाम हो। शान्ति प्रक्रिया, विद्रोही नेता, प्रधानमन्त्री, संयन्त्र संयोजक अनेक नाममा। तर, त्यही प्रचण्ड खुलामञ्चमा उत्रिएको बखत उसको समय कसरी घर्किरहेको छ? विश्लेषण सुरु भइसकेको छ। प्रचण्ड आत्मरतिमा रमाउनु एउटा कुरा हो, तर राजनीतिक रूपमा आमजनताले प्रचण्डप्रति देखाएको परिदृश्यहरूले आफैं पुष्टि गर्दछ।
प्रचण्ड–१
खुला राजनीतिमा आएपछिको पहिलो आमसभामा बोल्न पुगेका प्रचण्डलाई प्रत्यक्ष हेर्न हजारौं मानिस खुलामञ्च पुगेका थिए। प्रचण्ड नामको त्यो उचाइको कुरा सुन्न नेकपा माओवादीको सभामा अनेक दल र निर्दलीय मानिसहरूको सहभागिता उल्लासपूर्ण थियो। वास्तवमा विश्लेषकहरूलाई लाग्थ्यो, प्रचण्डले गरेको क्रान्तिले नयाँ आयाम थपेको छ। र, उनको त्यो काठमाडौंको आमसभाको पहिलो सम्बोधनमा उल्लेख गरेको भाषण। ‘कि यो देशमा जंगबहादुर कि बुद्धको आवश्यक छ,’ प्रचण्डले त्यसैबेला दिएको भाषण। यसले दुनियाँ हल्लाएको थियो।
लामो जनयुद्धबाट फर्किएका प्रचण्डको यस्तो भनाइले अब माओवादीले मुलुक परिवर्तन गर्छ भन्ने आभास ल्यायो। त्यसअनुसारको निर्वाचनमा माओवादी ठूलो शक्तिका रूपमा स्थापित पनि भयो। तर, ती सबै भ्रम छरिएको रहेछ भन्ने आममानिसले बुझे । जसरी जनयुद्धका नाममा सयौं कार्यकर्ता, बेपत्ता र मृतकका परिवारलाई पनि प्रचण्ड भ्रम छर्न सफल भएका थिए।
घटनासँग चरित्र पनि उदांगिन्छ। चरित्रलाई आत्मसात गरेर आफ्नो फरक अभियानलाई सक्रिय बनाउने हो भने त्यो पेसा र कर्तव्यको इमान्दारिताको प्रतीकका रूपमा देखापर्दछ। आफ्नो चरित्रबारे आफैं पत्तो नपाउने र आत्मसमीक्षा गरी जनताको साना विषयमाथि गहन नहुने प्रवृत्तिले आफूलाई त हानि गरेकै हुन्छ, त्यसको प्रभावको पीडा अरुले पनि भोग्नुपर्दछ। अभियान होस् अथवा राजनीति, आफ्नो इमान्दारितामा अडिग नरहने हो भने त्यसप्रतिको विश्वास पनि कायम हुन सक्तैन।
नेपाली राजनीतिमा प्रचण्ड त्यो अनुहार लिएर हिँडेका छन्। बेइमानीको अभियानका रूपमा उनलाई नेपालीले राजनीतिलाई स्वीकार गर्न थालेका छन्। राजनीतिक क्रमशः झूट, हल्ला र षड्यन्त्रको पार्यायवाची शव्दका रूपमा जनजिब्रोमा झुन्डिन थालेको छ। खासगरी जनआन्दोलन ०६२/६३ पछि मुलुकले भोगेको राजनीतिक झूटले जनता आजित भएका छन्। उनीहरू निर्वाचनको अपेक्षामा छन्, तर त्यसले निकास दिन्छ भन्ने विश्वासमा देखिँदैनन्। खासगरी मतदाता नामावली संकलनको तथ्यसँग तुलना गर्ने हो भने करिब ५० लाख मानिस निर्वाचनबाट उपलब्धि हुनेमा विश्वस्त हुन सकेका थिएनन्। अहिले मुलुक त्यहि पथमा हिँडेको छ।
 
प्रचण्ड–२
निर्वाचनबाट ठूलो दलका रूपमा स्थापित भएपछि प्रचण्ड मुलुकका शक्तिशाली प्रधानमन्त्री भए। प्रधानमन्त्रीका रूपमा एकैचोटि आएका प्रचण्ड यस हकमा प्रधानमन्त्री भए कि उनी विद्रोही शक्तिका नेता पनि थिए। उनले हतियार पूर्णरूपमा बुझाइसकेका थिएनन् र यता सत्ताको चाबी पनि आफूसँग राखेका थिए। दुई सुरक्षा शक्तिको घेरामा सुकिलो र झरझर अनुहार लिएर प्रचण्ड जहाँ जान्थे, एउटा भयानक शक्तिशाली नेता हिँडेको भान हुन्थ्यो। समय र परिस्थिति तथा भष्मासुर नियतले प्रचण्डको पतन सुरु भयो, त्यही कालमा। उनले तत्कालीन प्रधानसेनापति चलाउने काम गरेकै कारणले उनी पुनः एक विद्रोही नेताका रूपमा मात्रै सडकमा आए।
केही समयअघि भयानक स्वरूपका बारेमा कुरा गरेका प्रचण्ड फेरि खुलामञ्चको खुड्किलो उक्लिए र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल तथा प्रधानमन्त्री माधवकुमार नेपालसँग खनिए। उनले माधव नेपाललाई विष वृक्षसम्म भने। उनले आन्दोलनको घोषणा गरे र मुलुक ठप्प बनाउने प्रयत्न गरे। ६ दिनसम्म उनको त्यो आन्दोलन निरन्तर चलेको थियो, तर सफल हुन नसकेपछि फेरि फिर्ता लिए। यो राजनीतिक झूट र षड्यन्त्रको निरन्तरता हुनसक्ने खतरा नजिक नपुगेका नेपालीजनको ठहरलाई सावित गर्दै प्रचण्ड गलत राजनीतिसँगै अघि बढ्न थाले।
प्रचण्ड नेपाली राजनीतिमा इमान्दारिताको मार्गबाट हिँड्न सकेनन्। संविधानसभा निर्वाचन भयो, बैठक भयो, समिति बने, राज्यको बजेट ६ वर्षसम्म त्यसका लागि खर्च भयो। तर, काम भने बेरुजुमै सिद्धियो, अन्ततः संविधानसभा ध्वस्त भयो। जनताको अभिमतको दुरुपयोग भयो। जनताको अधिकार जनताले नै उपभोग गर्न पाएनन्। यो इमान्दारिता राजनीतिक दलहरूले गुमाए। त्यसमा पनि प्रचण्डको भूमिका रहेको थियो। उनले जुन हिसाबले संघीयताका विषयमा आमसञ्चारमा आउने गरी बोले, त्यसले मुलुकको तत्कालीन राजनीतिक वातावरण बिगारेको थियो।
 
प्रचण्ड–३
राजनीतिक उतार–चढावका बीच दोस्रो संविधानसभा निर्वाचन, त्यसले स्थापित गरेको राजनीतिक अवस्था र त्योसँगै बदलिएको मूलधारको राजनीतिक प्रचण्ड। यतिबेलासम्म आइपुग्दा प्रचण्ड एउटा निहत्था कुटिल व्यक्तिभन्दा केही सावित हुन सकेनन्। किनभने आन्तरिक रूपमा पार्टी विभाजन, राजनीतिक रूपमा दलीय असफलता र जनताले गरेको निर्णयले कमजोर तथा निर्धो प्रचण्ड देखियो। राजनीतिक रूपमा आफूलाई कमेरो दलेको जन्तु सावित गर्नु उनको बाध्यता पनि हो। त्यसकारण उनी अहिले २२ दलीय मोर्चा र राजनीतिक समितिको संयोजकका रूपमा छन्। फेरि, उनी खुलामञ्चमा देखिए। तर, उनको चरित्रमा परिवर्तन आएन। उनी दुईतिरको नाउमा खुट्टा राखेर हिँडेका छन्।
परिस्थिति यति बिग्रिएर आयो कि त्यही खुलामञ्च जहाँ एक्लो माओवादीले शक्ति प्रदर्शन गर्दा, प्रचण्ड प्रमुख अतिथि हुँदा मानिसको लाम र जाम हुन्थ्यो। जहाँ पहिलो प्रचण्ड देखापरेको थियो, तेस्रो प्रचण्ड पुग्दा कुनै उल्लास थिएन। भाडाका सीमित मानिसहरूबीच प्रचण्ड बोल्नुपर्ने अवस्था आयो। समय कति परिवर्तित भयो, राजनीति कति परिवर्तित भयो, सम्भवतः प्रचण्डले त्यो समीक्षा गरेका होलान्।
आफ्ना राजनीतिक लाइनका आधारमा हुने गरेका कार्यक्रम मात्र होइनन्, वक्तव्यबाजी पनि बेइमानहरूको लोकसभा जस्तो महसुस हुन थालेको छ। ताली फरक फरक तालमा बज्छन्। जुलुस फरक हिसावले पनि देखिन्छन्। भ्रष्टाचार, दूराचार र लज्जाको शिर बोकेर आफ्नो औकातको मूल्यांकन सीमित कार्यकर्ताको भीडलाई देखाउने राजनीतिक दुश्चरित्रमा फेरि पनि कुनै बदलाव आउन सकेको छैन। आफ्नो गल्ती र कमजोरीलाई नदेखेर अरुलाई दोष देखाउने परिपाटीको निरन्तरताले नेपाली राजनीति बढेको छ। आफूभित्रको कमजोरी नियाल्ने हिम्मत कुनै राजनीतिक दलले देखाउन सकेका छैनन्। कसले कति बिगार्योि हैन, किन बिग्रिएको र कसरी सप्रन सक्छ, नेपाली राजनीति, नेपाली जनताको संविधानसभा कसरी सम्पन्न हुन सक्छ भन्ने समीक्षा अहिले पनि हुन सकेको छैन। जसले नेपाली जनताको पसिना र रगतबाट बनेको संविधानसभा भवनभित्र पसेर अर्बौं कुम्ल्याएका थिए, फेरि पनि उनीहरू हाँसेर उभिएका छन्। नेपाली जनताले खर्च गरेको अर्बौं रुपैयाँ कुम्ल्याएर त्यसको हिसाव किताव नगरी उम्किएकाहरू फेरि पनि त्यही प्रकृतिको लोभमा फसेका छन्। आफू अक्षम भएका कारण गर्न नसकेको र सरकारी कोषबाट लिएको रकम फिर्ता गर्न तयार भएको कुरा गर्न उनीहरूले सकेका छैनन्।
त्यही खुलामञ्चमा उत्रिएका प्रचण्डको खुला राजनीतिक चरित्र, खुला राजनीतिक बनोट र उनले देखाएको राजनीतिको परिदृश्य सबैका सामुन्ने छ। तर, अझै पनि उनीबाट केही आशा गरिएको छ? अन्य राजनीतिक दलहरूले पनि गरेका छन्। त्यसकारण नयाँ संविधान जारी गर्ने विषयमा उनलाई छुटाएर राजनीति अगाडि बढाउनु उपयुक्त नहुने ठानेरै उनलाई मूलधारमा ल्याउने प्रयत्न भएको हो। नत्र, उनको राजनीतिक प्रतिकूलता हेर्ने हो भने प्रचण्डको आवश्यकता जनताले नठानेको प्रतिविम्बित भइसकेको छ।

Monday, November 3, 2014

सार्क सम्मेलनमा नेपालको प्रस्ताव

काठमाडौं सिगारिन थालिएको छ । राजधानीका सडकहरु बनिरहेका छन् । सुरक्षा र ट्राफिक व्यवस्थापनको तयारी पनि सकिएको छ । नेपाल प्रहरीले सुरक्षा सवै प्रबन्धहरुको तयारी गरेको छ । सार्क शिखर सम्मेलनको तयारीका रुपमा यी कामहरु भइरहेका हुन् । आधुनिक नेपालको निर्माणमा बढेका हर हातहरुले शिखर सम्मेलनको तयारीमा साथ दिएका छन् ।  
मुलुक आन्तरिक राजनीति र नयाँ संविधानका विषयमा केन्द्रित रहेको छ । तर, केही दिनपछि राजधानीमा नयाँ विचार र नयाँ अन्तर्राष्ट्रिय समझदारीको सम्मेलन पनि हुनेछ । अहिलेसम्म खास विदेश नीति तयार नभइसकेको मुलुकका लागि यो सम्मेलनले नयाँ हिसावको दिशाबोध गर्न र गराउनका लागि सहयोगी भुमिका निर्वाह गर्नेछ । जहाँ विश्वमा हर प्रकारले ख्याती पाएका मुलुकहरुको सहभागीता रहनेछ । विश्व अर्थतन्त्र र नयाँ राजनीतिमा उदाएको भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, वंगलादेशका सरकार प्रमुखहरु १८ औं सार्क शिखर सम्मेलनमा सहभागीताका लागि काठमाडौं आउँदैछन् । त्यो सँगै पर्यवेक्षकका रुपमा रहेको चीन, जापानका प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । 
चीनका राष्ट्रपति सी चिन फिङले भ्रमण गरेका दक्षिण एसीयाका मुलुकहरु र चीनकै पनि परोक्ष सहभागीता रहने शिखर सम्मेलनले तय गर्ने नयाँ आर्थिक कार्यक्रमबाट नेपालले कति लाभ लिनसक्ने भन्ने कुरालाई ध्यानमा राखेर दक्षिण एसीयामा नयाँ शान्ति शक्तिका रुपमा आफुलाई उभ्याउनका लागि पहल गर्नुपर्ने देखिन्छ । यो मामलामा मुलुकका राजनीतिक दलहरु र सरकार पनि सक्रिय रुपमा देखा परी आगामी कार्ययोजना र विदेश नीति तथा निर्यातको व्यापारका विषयमा छलफल अगाडी बढाई सकारात्मक रुपमा अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित हुनैपर्छ । 
विश्व आतंकवादविरुद्ध लडिरहेको अवस्था छ । सार्क शिखर सम्मेलन राजधानीमा हुन लाग्दा आतंकवादबाट प्रताडित मुलुकहरुको जमघट पनि यहिँ हुन लागेको छ । र, यसअघि नै सार्क शिखर सम्मेलन आतंकवादविरुद्धको अभियान र दक्षीण एसीयाली मुलुकको विकासकेन्द्रित हुने सहमति भइसकेको हुनाले पनि काठमाडौं सम्मेलन प्रभावकारी बनाउनुपर्ने दायित्व नेपाल सरकारसँग रहेको छ ।  
विश्वलाई चकित पार्नेगरी गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रकृयामा प्रवेश गरेको नेपालको उदाहरण विश्वभरी दिइने गरिएको छ । आतंकवादविरुद्धको अभियानमा दक्षिण एसीयामा सुशिल कोइरालाको सरकारले राख्ने समस्या समाधानको प्रस्ताव नै हर मुलुकका लागि स्वीकार्य हुनसक्छ । त्यसकारण यो शिखर सम्मेलन नेपाली राजनीति भन्दा पनि दक्षिण एसीयामा भइरहेको आतंकवादविरुद्धको अभियान र शान्ति मार्ग, दक्षिण एसीयाको आर्थिक विकास र स्तरोन्नतीका पक्षमा बढ्नका लागि नेपाल सरकारको प्रस्ताव नै प्रभावकारी हुनेछ । 
आधुनिक युग यता दक्षिण एसीयाका देशका जनताले राष्ट्रिय स्वाधिनता तथा मुक्तिमा एकले अर्काो सम्मान गरी पारस्परिकरुपमा समर्थन गरेको संयुक्तरुपमा एसीयाको चेतना पुर्नस्थापना गरिएको छ । नयाँ शताव्दिमा प्रवेश भएदेखि दक्षिण एसीयामा शान्ति तथा समृद्धितिर उन्मुख रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापनाको विकास पनि भएको छ । 
ठूला मुलुकहरुको छहारीमा विश्वमा दक्षिण एसीयाको पहिचान फरक हिसावले भएको छ । ती मध्येको एक महत्वपूर्ण प्रवित्ति भनेको एसीयाले विश्वमा लिएको स्थान झन् झन बढि बढ्दै आउनु हो । विश्वको अन्तर्राष्ट्रियकरणको प्रकृयामा महत्वपूर्ण शक्तिका रुपमा भारत अर्थतन्त्रलाई प्रबद्र्धन गर्ने मुख्य शक्ति बन्न थालेको छ जो दक्षिण एसीयाली सहयोग संगठनको सदस्य राष्ट्र पनि हो ।
दक्षिण एसीयाली मुलुकहरुले घनिष्ट विकास साझेदारी गरेर संयुक्त रुपमा राष्ट्रिय पुनर्उत्थानलाई व्यवाहारमा उतार्नुपर्छ । विकास सवैकोे साझा रणनीतिक लक्ष्य हो । स्वदेशका जनतालाई अझ सुविधा, शान्ति र आनन्दमय जीवन दिनु नै कुनैपनि मुलुकको महत्वपूर्ण जिम्मेवारी रहेको छ । संयुक्त विकासमार्फत आपसी हितयुक्त सहयोगलाई गहन पारेर शान्तिपूर्ण विकास, सहयोगात्मक विकास र उदार विकासलाई व्यवाहारमा उतार्न प्रयास गर्नुपर्छ । 
जनता–जनताबीचको मित्रता मुलुक मुलुकबीचतको सम्बन्धका लागि धेरै महत्वपूर्ण छ । सार्ककका मुलुकहरुका लागि यी आवश्यक कुरा हुन् । हर पक्षले युवा, संस्कृति, शिक्षा, पर्यटन, धर्म, मिडिया, रेडियो र टेलिभिजन, क्षेत्रीय सहर र पा्रन्त आदी क्षेत्रमा सहयोगलाई सुदृढ स्वीकार गर्नुपर्छ । 
भारतका महान् साहित्यकार रविन्द्रनाथ टैगोरको गभनाई छ– सुर्य गुमाएकाले आँसुु खसेभने ताराहरु पनि गुमाउने अवस्था आउँछ । हामी घमण्डी नहुने हो भने महानताको नजिक पुग्न सक्नेछौं । विफलताको परीक्षामा गल्तीलाई जित्नुहुन्न, तर सत्यले जित्नुपर्छ । हामीले गलत दष्टिले विश्वलाई हेरेका छौं, त्यसैले विश्ले धोका दिएको सोचिरहेका छौं । जीवन ग्रीष्मको फूलजस्तो प्रकाशपूर्ण छ, मृत्यु शरदको पातजस्तो इत्यादी । त्यसकारण पनि सार्क मुलुकहरु एक भएर एसीयाको नेतृत्वगर्नका लागि हर मुलुकसँग भएका फरक स्रोत र शत्तिको उपयोग गरी अघि बढ्नका लागि काठमाडौं सम्मेलन सफल हुनुपर्छ । शान्त स्थिर समृद्धि विकसित दक्षिण एसीया क्षेत्रीय मुलुक तथा जनताका हितसित अनुकुले हुनेछ । दक्षिण एसीयाली मुलुकसँग मैत्रीपूर्ण अग्रगामी विकासका साझा एजेन्डा नेपालको प्रस्ताव रहनुपर्दछ ।
विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुखहरु नेपालमा सुरक्षाका कारणले आउने गरेका छैनन् । अनि नेपालसँग कुनैपनि आर्थिक सम्झौता हुन नसक्ने भएकाले पनि उनीहरुको ध्यान काठमाडौं केन्द्रित रहने गरेको छैन । तर, यो शिखर सम्मेलनपछि नेपालले आफ्नो विकास र दक्षिण एसीयामा बलियो उपस्थिति देखाउनका लागि पनि नयाँ प्रस्तावहरु ग्र्न आवश्यक छ । सरकारले प्रस्ताव गर्ने एजेन्डा नपाउन सक्छ तर यो सम्मेलनमा कस्ता एजेन्डाहरु विकास र नेपालको पक्षमा हुनसक्छन् भन्ने वृहत्तर छलफल गरी सरकार अघि बढ्नुपर्छ ।  
अतः दक्षिण एसीयाली मुलुकका सरकार प्रमुखहरुको भ्रमणले नेपालका लागि खासगरी निर्यातको प्रस्ताव राख्ने ठूलो अवसर हुनेछ । त्यसमा जलविद्युत निर्यात र जडिबुटीको प्रबद्र्धनसहितको व्यापार मुख्य प्रस्ताव हुनसक्छ । त्यसकारण पनि नेपालले विकासका पक्षमा, व्यापारका पक्षमा आफ्ना दुई एजेन्डालाई सर्वस्वीकार्य हुने तरिकाले प्रस्तावका रुपमा राख्न आवश्यक देखिन्छ । 

Sunday, September 28, 2014

अनशन, नन्दप्रसादको निधन र दशैं

काठमान्डु गाउँ पुगिसकेको छ । खुसीयाली मनाउने र आफन्त भेट्ने ध्याउन्नमा खाडी मुलुकहरु पुगेको आधा नेपाल पनि गाउँतिर पुगिसकेको छ । दशैं आयो, खाउँला पिउँला भन्ने भनाई पुरा गर्नका लागि मुलुक उत्सवमा जमिसकेकेको छ । तर, गोरखाको फुजेल भन्ने ठाउँको एउटा कुनोको दशैं कस्तो होला र ? तत्कालिन नेकपा माओवादीले अपहरण गरी ०६१, २४ जेठमा हत्या गरिएका कृष्णप्रसाद अधिकारीको गाउँमा दशैंको रौनक कस्तो होला ? अनि, त्यसले देखाएको न्यायविहीन नेपालको दशैं कस्तो होला ?  विश्वइतिहाँसमा न्यायको लागि अनशन बसीरहँदा राज्यले ध्यान नदिएर मृत्युवरण गर्नुपर्ने कथा कोरिएको फुजेलको दशैंमा खुसी छैन, सायद । त्यहाँ उदासिनता र निराश छाएको होला । 

जुन मुलुकमा न्याय हराएको छ, त्यहाँ दशैंको उत्सवमा रमाउनुको अर्थ के हुन सक्छ र ? दशैं त्यतिवेला सुखद हुन्छ, जतिवेला न्यायका लागि लडेकाहरुको अनुहार मलिन्द्र देखिँदैन र नन्दप्रसाद अधिकारीहरुले भोकै मर्नुपर्दैन । लोकतान्त्रिक आन्दोलनमा लडेका राजनीतिक कार्यकर्ता र नेताहरु शान्तिपूर्ण आन्दोलनका बारेमा निक्कै बोल्ने गरेका छन् । शान्तिपूर्ण आन्दोलनको कडीका रुपमा उभिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुको सत्ताका बेलामा न्याय नपाएर मृत्युवरण गरेका नन्दप्रसादले कहिले न्याय पाउने ? उनकी श्रीमति गंगामाया अहिले पनि न्यायका लागि भोकहड्तालको क्रममा ११ महिनादेखि अस्पतालमै रहेकी छिन्, अव उनको माग पुरा हुने कि नहुने ? राज्य बोलेको छैन । 

भोक हड्ताल असामान्य आन्दोलन हो । यो आजको आन्दोलन पनि होइन । परम्परागत रुपमा चलिआएको पशुहत्याको विरोधमा अधिकारवादीहरु सडकमा उत्रिन थालिसकेका छन् । तर, जहाँ राज्यले मानवहत्याको फरक कोणलाई समातेको छ, त्यसका लागि अधिकारवादीहरु कहाँ छन् ? नन्दप्रसाद मृत्यु एउटा मानवहत्याको पराकाष्ट हो । जहाँ पशुहरुको अधिकारका लागि नारा र जुलुसहरु लाग्ने गरेका छन्, यसपालिको दशैंमा नन्द्रसादको अधिकारका लागि त्यहाँ फरक नाराजुलुसहरु किन लाग्न सकिरहेका छैनन् ? 
अन्यायको विरोधका लागि अनशनमा मानव उत्रिने गरेको विशवइतिहाँस छ । यो इतिहाँसमात्र नभएर पौराणिक कालमा पनि शान्तिपूर्ण आन्दोलनको एउटा महत्वपूर्ण पक्षका रुपमा लिइएको छ । क्रिश्चियनहरुले आयरल्यान्डमा गरेको भोक हड्ताल ऐतिहाँसिक थियो । त्यसबेला यो हड्तालको नाम ट्रोस्काध वा सेआलाचनका नाममा परिचित थियो । सांस्कृतिक रुपमा पनि भोकहड्तालमा उत्रिनुलाई शान्तिपूर्ण आन्दोलनको सवैभन्दा महत्वपूर्ण र खतरनाक आन्दोलनका रुपमा व्याख्या भयो । कुनैपनि मानिसलाई मृत्युका लागि अनुमति दिनु विश्व मानवअधिकारको विरुद्धमा उत्रिनु भन्ने भएकाले पनि भोकहड्ताल वा अनशनमा उत्रिएकाहरुको जीवनरक्षामा ध्यानु दिनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित भएको थियो । एउटा गलत दिशाको निर्णयलाई सही दिशामा उतार्नका लागि गरिने शान्तिपूर्ण तर निक्कै भयानक आन्दोलनका रुपमा आमरण अनशनको व्याख्या आयरल्यान्डबाट नै स्थापित भएको थियो । आयरल्यान्डका एक पुराना व्यक्ति जो क्रिश्चियन धर्मका गुरु सेन्ट प्याट्रिक थिए उनले यो अनशनको आन्दोलनलाई महत्वका साथ अघि बढाएका थिए । त्यसपछिका कालखण्डमा शान्तिपूर्ण आन्दोलनमा लागेका भारतका पिता मानिने महात्मा गान्धीलगयातले पनि यसलाई निरन्तरता दिएका थिए । भारतमा सन् १८६१ मा अनशनको सुरुआत भएको थियो । भनाई छ भोक हड्तालको सुरुआत भारतमा रामायण कालखण्डदेखि नै भएको थियो । भरतले राजा रामलाई अयोध्यामा शासन गरानउका लागि यस्तो अनशन सुरु गरेका थिए भन्ने त धर्मग्रन्थमा नै उल्लेख थियो । 

२० औं शताव्दि आएपछि बेलायती शासकहरुको बन्दिमा परेका हिन्दुहरुले अनशन सुरु गरेको उल्लेख छ । त्यतिमात्र होइन पश्चिमा मुलुकहरुमा पनि एली पाउल भन्ने व्यक्तिले अमेरिकी संविधानका लागि आमरण अनशन सुरु गरेका थिए । भर्जिनियाँमा उक्त भोक हड्तालमा सरिक भएका पाउलको माग न्यायका लागि थियो । दुनियाँको इतिहाँसमा कुरा गर्ने हो भने पनि चाल्र्स रोबर्ट भन्ने अमेरिकि नागरिकले एक सय २३ दिनभन्दा बढि अनशन बसेका थिएनन् । उनको यो अनशनपछिका दुनियाँभरी कतिदिनसम्म भोक हड्ताल वा अनशनका लागि मानिस बस्न सक्छ भन्ने फरक बहस पनि सुरु भएको थियो ।

अनशनबारे एतिहाँसिक उदाहरणहरु कम छैनन् । विश्वका विभिन्न मुलुकहरुमा शान्तिपूर्ण न्यायका लागि भएका अनेक घटनाहरु छन् । तर, विश्वप्रजातान्त्रिक काल र २१ औं शताव्दिमा प्रवेश गरेको नयाँ विश्वमा अनशन वा हड्तालकै कारण मानवको मृत्यु भएका कम घटना मध्ये पर्दछन् नन्दप्रसाद अधिकारी । र, नेपालको सन्दर्भमा भने उनी सम्भवतः पहिलो व्यक्ति हुन् । उनले ३ सय ३० दिन अनशन बसे । 

राजनीतिक दबाब, राज्यको गतिशिलहिनता, न्यायको विषयमा राजनीतिक दलहरुको मौनता र स्वार्थका कारण फुजेलका नन्द्रसादहरुको अनशन र त्यसले मृत्युसम्मको अवस्थाको सृजना गर्न बाध्य बनायो । मुलुक पुरै खुसी र बर्षको एक पटक आउने चाडका लागि बहुसंख्यक मानिसहरु हाँस्ने बेलामा फुजेलसँगै मुलुकलाई नमिठो लाग्नेगरी न्याय खोज्दाखोज्दै मानिसको निधन भयो । यो घटनाले राज्यसंयन्त्रमा रहेका व्यक्तिहरुलाई कतिसम्म पोलेको होला थाहा छैन, तर सामाजिक प्राणी भएकै नाताले सामाजिक सञ्जालसम्म रहेका हर व्यक्तिको आत्मा पोलेको उनीहरुले राज्यप्रति देखाएको रोष र रिसले देखाउँछ । 

हिन्दुहरु, विशेषगरी नेपाली हिन्दुहरुले दुष्टको नाश र खुसी पाएको अपराधबाट न्याय पाएको खुसीमा दशैं मनाउने गरेको तथ्यलाई नकार्न सकिन्न । अन्यायको अन्त्यको अवसरका रुपमा मनाइने पर्वको मुखैमा न्याय नपाएर एउटा अधिकारी ढल्नु भनेको सारा मुलुकका लागि दुख तुल्याउने विषय हो । यो राज्यप्रणाली, यसका शासकहरु र अधिकारको नाममा सकडमा उत्रिने फरक मानवझुन्ड, झन्डा फहराएर पार्टी कार्यालयमा क्रान्तिकारी कुरा गर्ने नेताहरुले कसरी अन्यायको विरुद्धबाट प्राप्त उपलव्धिका रुपमा व्याख्या गरिएको दशैं मनाउन सक्लान् ? के उनीहरुको खुसीमा नन्दप्रसादका ११ महिनासम्मको तपस्या र वीर अस्पतालमा उनको लडिरहेको शव तस्बिरका रुपमा उत्रिदैन होला ? 

विश्वशान्ति र न्यायका लागि अहिले राष्ट्रसंघ महासभाको वैठक जारी रहँदा प्रधानमन्त्री सुशिल कोइराला पनि त्यहाँ सहभागी भएका छन् । विश्व मानवअधिकारको पक्षमा उनले मत जाहेर गर्दैछन् । त्यस्तै विश्वशान्तिका लागि महासभाले नयाँ ढंगको विचार र घोषणाको तयारी गरिरहेका बेला मुलुकमा भएको घटनाले प्रधानमन्त्री कोइरालालाई कति पोल्नेछ ? अनि, यहाँ रहेका अन्य नेताहरुलाई कति पोल्यो होला ? यसर्थ, राजनीतिक संक्रमण र एउटा राजनीतिक दलको अडानका कारण अन्यायविरुद्धको आन्दोलनमा उत्रिएकाहरुले न्याय नपाउने भन्ने हुँदैन । यो विषयमा राज्य बलियो भएर कसैको मृत्युलाई सामान्य ठानी राजनीतिक सहमति र संविधानका नाममा अन्यायको पक्षपोषण गर्न मिल्दैन । यसर्थ, न्यायका लागि जीवित गंगामायाले छोरा कृष्णप्रसाद अधिकारीका हत्याराहरु जेल पुगेको देख्न पाउने व्यवस्था राज्यले गरोस् र न्याय बाँचेको देशका रुपमा व्याख्या होस् । अनि, हर दशैंका समयहरु सुखमय र हँसिलो रुपमा नेपालीले मनाउन पाउने अवस्था राज्यले बनाउन सकोस् । 

Monday, September 22, 2014

मिडियाको प्रश्नले पार्छ किट किट, किन गरेको दिपीका त्यस्तो ट्वीट ?

दिपिका पादुकोणलाई टाइम्स अफ इन्डियाको प्रश्न 
यस्तो पाखण्ड किन ? 

भारतको चलेको दैनिक टाइम्स अफ इन्डियाले हिरोइन दिपीका पादुकोणको विषयमा समाचार छापेपछि पादुकोणले ट्वीटरमार्फत दिएको कडा अभिव्यक्तिपछि अहिले पादुकोण र मिडियाको जुहारी चलेको छ । केही दिनदेखि ठूला सेलिव्रिटीहरुले पनि पादुकोणको पक्षमा ट्वीट, रिट्वीट र प्रतिक्रिया दिन थालेपछि टाइम्स अफ इन्डिायले बाध्य भएर दिएको प्रतिक्रिया यस्तो छ । 
०००
केही दिनदेखि टाइम्स अफ इन्डियाको अनलाईन इन्टरटेन्मेन्ट सेक्समा राखेको भिडियो र एक ट्वीटलाई लिएर दिपीका पादुकोणको जवाफको समर्थनमा ट्वीटहरु बढिरहेको छ र मिडिया हाउसहरु पनि यस विषयमा स्टोरी बनाइरहेका छन् । यसमा टाइम्स अफ इन्डियाको तर्फबाट जवाफ ।
टाइम्स अफ इन्डियाकी प्रिया गुप्ता लेख्छिन् :

प्रिन्ट, टिभी, रेडियो र अनलाइन मिडियामा प्रभावका साथ हामी दुनियाँको ठूलो मिडिया हाउसहरु मध्ये एक हौं । प्रत्येक मिडियाको जस्तै हाम्रो प्रभाव र एप्रोच पनि अलग छ । अलग अलग मिडिया भएका कारणले हामी एकै किसिमले कन्टेन्टहरु दिन सक्तैनां ।

शुक्रबार दिपिकाको फेसबुकमा लेखिएको थियो– क्यारेक्टरको डिमान्ड हुन्छ की मलाई शिरदेखि पुछारसम्म ढाकिनु पर्छ या पुरै नांग्गै हुनुपरोस् । यस्तो गर्ने र नगर्ने मेरो च्वाइसमा निर्भर हुने कुरा हो । सम्झिनुहोस् की ‘रोल’ हो नकी यो ‘रियल’ । र, यो मेरो काम हो की जो रोल मैले चुनोको छु, म त्यसलाई पूर्ण रुपमा निभाउँछु ।
दिपीका, हामी तपाइको रिल बनाम रियल के तर्कको स्वीकार गर्नुहुन्छ ? तर, त्यसको के ? जव तपाइले कयौं पटक स्टेजमा नाच्दा होस् वा म्यागेजिनहरुको कभरका लागि पोज गर्दा र फिल्मको प्रमोशनका लागि फोटोसुट गर्दा अफस्क्रीन अंग प्रदर्शन गर्नु भएको छ ? त्यतिवेला तपाई के रोल निभइरहनुभएको हुन्छ ? यो पाखण्ड किन ? यहि प्रकारको पाखण्ड अन्य मिडियाहरुले पनि गरिरहेका छन् जसले दिपीकाको क्वीलेज पनि देखाएर उनको तर्फबाट आवाज पनि उठाए । के तिनीहरु ती तस्बिरहरुको विना यो खबर छाप्न सक्तैन थिए र ? 
हो, हेडलाइन राम्रो हुनसक्ने थियो । तर, अनलाई वल्र्ड अखबारहरुभन्दा अलग र यहाँ सनसनी हेडलाईन सामान्य कुरा हो । हामीले प्रायः मोरल पुलिसिङको विरुद्ध आन्दोलन थालेका छन् । हामी मान्दछौं की दिपीकाको अंग प्रदर्शन शर्म को आन्दोलन होइन । तर, के उनीहरु चहान्छन् की पव्लिक इभेन्टसमा उनको जुनसुकै तस्बिर खिचौं, हामी उनलाई सोधौं कि हजुर कुन तस्बिर छापौं, कुन नछापौं ? के फिल्मस्टारको अफस्क्रीन लिएको तस्बिर दुनियाँका अगाडी लिएको तस्बिर जस्तो दिपिकाको पनि थियो लाई हामी समानान्तर सेन्सर बोर्ड बनाउन गइरहेका थियौं ? यस्तो होइन की तस्बिर कुनै छद्म क्यामाराले खिचेको होसे वा घरमा छिरेर उनको नीजि जीवनमा असर पार्न उनको जानकारी विना खिचेको होस् ।

दिपीका, जसले रक्सीको एक ब्रान्डको लागि क्यालेन्डर गर्लको रुपमा करियर सुरु गरेको थियो, लेखेकी छन्,‘हो, कुनै फिल्ममा पुरुषको ८ प्याक एव्सबाट प्रभावित हुन्छन् र उसलाई मन पराउँछन् । तर, जव कोही पुरुष कतै जान्छन् त के उसलाई टांगको बीचको हिस्सामा जुम गरेर र यस्तो घिनलाग्दो हेडलाइन बनाउँछन् ? 
दिपीका तपाइलाई बताईँदिउँ की हामी महिलाको वजाइन र उनीहरुको स्तनको निप्पलमा पनि जुम गर्दैनौं । न्युजपेपर हुनुको नाताले हामी हर सावधानीमा ध्यान दिन्छांै र यदि त्यस्तो केही देखिएको रहेछ भने पनि व्लोर धमिलो बनाउँछौं । तर, तपाइको क्लीवेज त्यति नै सेक्सी थियो, जति शाहरुख खानको ८ प्याक एब्स छ । वल्र्डवाइड अनलाइन मिडियाको नेचरको हिसावले शाहरुखको ऐव्समा पनि स्टोरी बन्थ्यो । OM…Shah Rukh.. 8–pack SEXY ABS..

तपाइले यस्तो पनि लेख्नुभएको छ– हर कसैको आफ्नो विचार हुन्छ । मेरो यो मामलालाई अगाडी बढाउने थोरै पनि रुची छैन, किनभने यो मामला आवश्यकताभन्दा ज्यादा व्यानर हुनसक्छ र पहिले भन्दा पनि ज्यादा भ्रामक र तोडमोडेर लेखेको हेडलाइन्स बन्न सक्छ । तपाइले टेवीटरमा आफ्नो भनाई राख्नुको साटो रिट्वीट गर्नुभएको छ । र, यो विषयमा सकेसम्म इन्टरभ्यु दिनुभएको छ । थाहै छ, तपाइको यसबाट निक्कै प्रचारबाजी भयो होला । नयाँ फिल्मको रिलिजको टाइमिङ पनि सटिक बसेको छ । यो भिडियो त यु ट्युवका एक वर्षभन्दा पनि धेरै समयदेखि छ, फेरि यस्तो नाटक किन ? 
जहाँसम्म हाम्रो मिडियाका साथीहरुको कुरा छ, हामी यकिन गर्छौ कि उनीहरु आजदेखि दिपीका र अन्यको व्लीवेजवाला तस्बिर छाप्न बन्द गर्नेछन् । 


Wednesday, September 17, 2014

चिनका राष्ट्रपति सी जिङ पिङ जो स्त्रीसँग फिदा छन्

एक लोकगायिकाप्रति चिनका राष्ट्रपतिको आशक्ति, ४० मिनेटमा नै विवाहको फैसला गरेका थिए


चीनका राष्ट्रपति सी जिङ पिङको दक्षिण एसीया भ्रमण जारी रहँदा उनी छिमेकी मुलुक भारतमा छन् । उनका साथमा छिन्, पत्नी पेंग लियुआन पनि । पेंग निक्कै चर्चित चिनियाँ लोकगायिका र फेसन डिजाइनर पनि हुन् । अब पेंगले आफ्नो स्टाइललाई दुनियाँभरी छरेकी छन् ।
कम्तिमा ३० वर्षसम्म पेंग चीनकी सुपरस्टारका रुपमा थिइन् । पिङसँग विवाह गर्नुभन्दा अगाडी उनको चर्चाको कमाल कम थिएन । पेंगको विवाह पिङसँग करिब २७ वर्षअघि १९८७ मा भएको थियो ।
विश्वका शक्तिशाली राष्ट्रपति पिङ र पेंगको पहिलो भेट विवाहको एक वर्ष अघि अर्थात्, १९८६ मा एक आम साथीका रुपमा भएको थियो ।


पेंग र पिङको जीवनभरको साथीका रुपमा बाँधिने निर्णय कम्तिमा ४० मिनेटमा तय भएको पनि बताइन्छ । पेंग चीनको पिपुल्स लिवरेशन आर्मीमा सवैभन्दा कम उमेरमा मेजर जनरल हुने एकमात्र नागरिक थिइन् ।
चीनमा गीत गाएर सवै अवार्ड हात पारेकी पेंग चीनकी प्रथम यस्ती नागरिक हुन् जसले परम्परागत संगितमा मास्टर डिग्रि प्राप्त गरेकी छन् । सन् १९६२ मा पेंगको जन्म एक गरिब परिवारमा भएको थियो । तर गरिबीबाट निस्किएर पेंग चीनकै नामी गायिका भइन् । अहिले उनी चीनकी राष्ट्रपतिकी श्रीमतिका रुपमा उनी पहिलो महिलाका रुपमा परिचित छिन् । सन् २०१४ मा फोव्र्स पत्रिकाले पेंगलाई दुनियाँका शक्तिशाली महिलाका रुपमा ५७ नम्बरमा राखेको थियो ।
–एजेन्सीहरुको सहयोगमा
(कृपया यो आलेख कपी गर्दा यो व्लग र लेखकको नामलाई समावेश गर्नुहोला..अन्यथा कपीराइट अधिकार कायम हुनेछ ।)

Tuesday, September 16, 2014

सेक्सी शव्दमा सरिताको जवाफको फेहरिस्त

म सुन्दर छु भन्ने चाहीं तीनवटा सन्तान जन्माइसकेपछि मात्रै बुझ्न सकें । राम्री हुनु र सुन्दर हुनु मेरो विचारमा दुई फरक कुरा हुन् । आफू सुन्दर भएको अनुभूतिका लागि महिलालाई कारण र परिवेश नै चाहिन्छ। सुन्दरता आंतरिक अनुभूति हो, राम्री सतहमा देखिन्छ। मलाई लाग्छ, सौन्दर्यको वर्णन पनि गर्न सकिन्न ।


सरिता गिरी
 विजयकुमार पाण्डेले लेखेको पुस्तक ‘खुशी’ किने पनि पढ्न पाएकी थिइन । एक जना मित्रले त्यस किताबमा मेरा बारेमा पनि लेखिएको बताएपछि पाना पल्टाउँदै आफूलाई खोजें । त्यसपछि कलम चलाउन मन लाग्यो ।

हुन त ‘खुशी’ को विमोचन समारोहमा प्रदीप गिरीजीले भन्नु भएको थियो, “विजयजीले जुन अधिकारका साथ अरुको बारेमा बोल्नु भएको छ, त्यो विश्वसनीय नहुन पनि सक्छ ।” अहिले त्यो पुस्तक पढेपछि लाग्यो, प्रदीपजीले भन्नु भएको शायद मेरा बारेमा पनि थियो । अनुमान मात्र हो यो मेरो ।

विजयजीको लेखाई मलाई असजिलो लागेको छ । विजयकुमारलाई मैले दाङमा दुई पटक भेटेकी थिएँ । एकपटक लक्ष्मण गिरीसँगै उहाँ हामी बस्ने घरमा आउनु भएको थियो भने अर्कोपटक म र लक्ष्मणजी मसोट खोला किनारमा रहेको उहाँको कार्यालयमा पुगेका थियौं ।

खोला–नदी मलाई असाध्यै मन पर्छ । देख्नेबित्तिकै खोलामा पुगी हाल्छु, अहिले पनि । उहाँको कार्यालयको छेउमा मसोट खोला अत्यन्त फराकिलो थियो । एक छिन खोला किनारमा उभिएपछि म लक्ष्मणजीसँग फर्कीएँ । विजयजीले मेरो त्यस बेलाको सुन्दरताको बयान गर्नु भएको छ ।

१९ वर्षकी म आफ्नो सुन्दरता बारे अनभिज्ञ नै थिएँ । तर आफूलाई कुशाग्र बुद्धि भएकी ठान्थें । स्कुल पढ्दा कक्षामा जहिले पनि प्रथम हुन्थें । एकपटक डबल प्रमोशन पनि पाएकी थिएँ । साहित्य लगायत अन्य विषय असाध्यै पढथें ।

लक्ष्मणजीसँग विवाह भएर नेपाल आएपछि भने नयाँ परिवेशमा मेरो अध्ययन ओझेलमा पर्यो । त्यो कुशाग्रता हुर्किने वातावरण पनि ओझेलमा पर्‍यो । उसबेला नेपाली भाषा नबुझे पनि भाव भने बुझ्थें ।

म सुन्दर छु भन्ने चाहीं तीनवटा सन्तान जन्माइसकेपछि मात्रै बुझ्न सकें । राम्री हुनु र सुन्दर हुनु मेरो विचारमा दुई फरक कुरा हुन् । आफू सुन्दर भएको अनुभूतिका लागि महिलालाई कारण र परिवेश नै चाहिन्छ। सुन्दरता आंतरिक अनुभूति हो, राम्री सतहमा देखिन्छ। मलाई लाग्छ, सौन्दर्यको वर्णन पनि गर्न सकिन्न ।

कान्छी छोरी इरीना जन्मिएपछि म आफूलाई चिन्ने प्रयासमा लागें । त्यसैले अहिले पनि उसलाई भन्छु, ‘तिमी जन्मिएपछि म आफैं पनि तेस्रो पटक जन्मिएँ ।’ महिलाको दोस्रो जन्म विवाहपश्चात हुन्छ । अपरिचित व्यक्तिसँग नौलो परिवेशमा हुने विवाह त झन संकटपूर्ण जन्म जस्तो लाग्छ ।

दाङपछि विजयजीसँग काठमाडौंको बुढानीलकण्ठ स्कूलमा भेट भएको थियो । त्यसबेला हाम्री छोरी इरिना र विजयजीकी छोरी सारा सहपाठी थिए ।

लक्ष्मणजीको ‘अल्कोहल बानी’ ले परिवारमा तनाव थियो । त्यसबीच विजयजीसँग मेरो भेटघाट र कुराकानी नभए पनि उहाँले मेरो बारेमा सुने–पढेका आधारमा ‘खुशी’ मा जे लेख्नु भएको छ त्यो अतिशयोक्तिपूर्ण लागेको छ ।

राजेश हमालसँग आजसम्म मेरो भेट भएको छैन । तर उहाँले कुनै पत्रिकामा भन्नुभएको थियो क्यारे, “मनिषा कोइराला, अम्बिका श्रेष्ठ र सरिता गिरी मलाई नेपालका सेक्सी महिला लाग्छन।” विजयजीले यो कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ ।

सौन्दर्यबाट प्रारम्भ गरी सेक्सी देखिनेसम्म कुरा पुर्‍याउनु भएको छ । यसले मेरो निजता खलबलिएको महशुस गरेकी छु ।

सेक्सी को हिंदी वा नेपालीमा सभ्य शब्द खोज्दा आकर्षक नै पाउँछु । तर ‘सेक्सी’ शब्दमा शायद त्यस भन्दा बढी भाव समाहित छ । त्यस बारेमा राजेश हमाल र विजयजीले नै प्रष्ट पार्दा उपयुक्त हुन्छ।

दाङमा सडक विभागमा जागिरे हुँदा त्यसबेलाको ‘सडक विभाग संस्कृति’ बारेमा विजयजीले लेखेका कुराहरु मेरालागि नौला र अप्रत्याशित थिए ।

विवाह पश्चात बस्तीपुरमा होउञ्जेल त लक्ष्मणजीले रक्सी सेवन गर्नु भएन तर दाङमा लक्ष्मणजी पहिलो पटक एक साँझ जब नशामा लठ्ठिंदै घर आइपुग्नु भएको थियो, अहिले पनि सम्झन्छु , म निकै रोएकी थिएँ ।

डरले दाँत किटकिट पार्दै, बच्चा जस्तो । त्यसअघि मैले रक्सी खाएको मानिस फिल्ममा मात्रै देखेकी थिएँ ।

कान्छी छोरी जन्मेपछि मभित्रको अशांति र पीडाका कारणहरु खोजि गर्न थालें र छुटकारा पाउन म संघर्ष पनि गर्न थालें ।

एक दिन इञ्जिनियर साहेब ९लक्ष्मणजी० ले भन्नु भयो, “अहिलेसम्म यस्ती सोझी मान्छे कसरी यस्तो बाठी हुन थाल्यौ रु”

“यस्को मतलब २० वर्षदेखि मलाई सोझी ठानी तपाइँहरुले मलाई ढाँटदै र धोखा दिंदै आएको हो रु” मैले जवाफ फर्काएँ, उहाँ चुप लाग्नु भएको थियो ।
“मेरो समर्पण र अंधो विश्वासलाई तपाइँहरुले सोझोपनाको रुपमा लिनु भयो,” मैले भनें।

हाम्रो समाजमा महिलाहरुको विवशतालाइ पनि सोझोपनको रुपमा लिइन्छ । तर मूल कुरा के हो भने चेतना चलायमान हुनका लागि धक्का लाग्नु पर्छ, चोट खान पर्छ, अभाव ब्यहोर्नु पर्छ र अपमान सहनुपर्छ । कम्तिमा मैले बुझेको र भोगेको यही हो ।

पीडा र अपमानले मेरो चेतना चलायमान भएको बेला थियो त्यो । आफनो अस्तित्वको खोजीमा लागेकी म जागिर छोडेर एमए पढ्न थालें । स्वतन्त्रताकै खोजीमा राजनीतिको बाटोमा लागें । मन्त्री भएँ । पार्टी अध्यक्ष भएँ ।

अरुन्धती रोयले लेखेकी छन्– उनी तेज थिइन्, त्यसैले पुरुष प्रधान समाजमा उनलाई खतरनाक ठानियो र उनी गाउँबाट टाढा शहरतिर लागिन् । मेरो संघर्ष त म जन्मेहुर्केको भन्दा फरक देश र परिवेशमा अस्तित्वका लागि थियो ।

शायद त्यसैले विजय जी ले त्यहाँ चतु¥याइँ देख्नु भयो ।

अन्तमा अल्कोहलिज्मको संदर्भमा लक्ष्मणजी लाई सम्झिंदा मैले भन्नु पर्ने हुन्छ, मानिसको कम्तीमा दई वटा व्यक्तित्व हुँदो रहेछ । एउटा उस्को स्व र अर्को उस्को सामाजिक व्यक्तित्व। सामाजिक व्यक्तित्व परिवेशमा हुर्केको हुन्छ र परिवेशले त्यस लाई हुर्काउँछ पनि।

धेरै कम व्यक्ति आफनो स्व लाई समाज अगाडि ल्याउन सक्छन । अधिकांश व्यक्ति सामाजिक व्यक्तित्वसँगै बाँचेका हुन्छन र त्यसले गर्दा उस्को वरिपरि स्वका साथ बाँच्न खोज्ने कतिपय व्यक्ति समाप्त पनि हुन्छन् ।

कति जना आफनो दुई व्यक्तित्वको द्वन्द्वमा स्वयम् समाप्त पनि हुन्छन् । लक्ष्मणजीसँग पनि त्यही नै भयो । उहाँको समाज र परिवेश अगाडि उहाँले समर्पण गर्नु भयो तर, आपनो स्व लाई पनि मार्न सक्नु भएन । सोशल ड्रिंकर लक्ष्मणजी लाई अल्कोहलिज्म रोग हुन पुग्यो ।

तर उहाँको स्व मेरो थियो । मेरो छोरा राहुलले भन्छ बुवा हाम्रो हुनुहुन्थ्यो । लक्ष्मणजीको अल्कोहलिज्मलाई हामीले यसरी पनि बुझेका छौं ।

म एउटी अवोध किशोरी नयाँ देश र परिवेशमा बुहारीका रुपमा भित्रिएकी थिएँ । विजयजीले आफूले सुने र पढेका भरमा मेराबारेमा आफनो किताबमा लेखेको कुरा केही अर्थमा अतिरंजित र यथार्थबाट टाढा लाग्यो ।
दुखको कुरा त्यस लाई धेरैले सत्यका रुपमा ‘खुशी’ भित्र पढ्नेछन् । 

हिमाल खबर अनलाइनबाट

Sunday, September 14, 2014

इन्टरनेटको नशा छुटाउन यस्तो दशा !

बहुसंख्यक युवा इन्टरनेटको नशामा लागेका कारण देशमा विकासको काम नभएको भन्दै चीनमा यस्तो नशा छुटाउनका लागि फरक किसिमको ट्रिटमेन्ट सुरु गरिएको छ । द काइड एजुकेशन भन्ने संस्था खोली चीनमा पूर्व सैनिक प्रमुखहरुको माथाहतमा युवाहरुलाई भर्ना गरिन्छ र फरक किसिमले तालिम दिन थालिएको छ । 
ठूलो संख्यामा युवाहरु इन्टरनेट खेल र गेममा व्यस्त भएपछि चीनमा यो विधि अपनाइएको हो, जहाँ सामाजिक काम, सरसफाई, तालिम र मनोरञ्जन गराइन्छ । तर, तालिमका क्रममा युवाहरुलाई कडा रुपमा खटाइँदा उनीहरुले पीडा पनि भोग्नुपरेको छ । 

केही झलकहरु तस्बिरमा यहाँ ...

पहिले इन्टरनेट फोविया भएकाहरुको दिमागलाई स्क्यान गरिन्छ र ट्रिटमेन्ट सुरु हुन्छ । 


पूर्व सैनिक अधिकारीहरुले यसरी तालिम दिने गर्दछन् । 



क्याम्पमा युवाहरुलाई तालिम गराउनका लागि शारिरीक व्यायाम पनि गराइन्छ । 

कडा तालिम गराइन्छ र ट्वाइलेटलगायतका ठाउँ सफ गर्न खटाइन्छ । 



एजेन्सीहरुको सहयोगमा..



Saturday, September 13, 2014

बलिउडमा यस्ता एमएमएस आए, कलिउडमै होस उडाए

नेपाली मोवाइलमा कतिले चलाउँछन् एमएमएस ? मोवाइल पनि फेसबुककै लागि बोक्नेहरु कम छैनन् । अझ ओहो सेलिव्रिटीहरुको त कामै पोष्ट गर्नेमात्र भएजस्तो । खाएको पनि पोष्ट हुन्छ, हिँडेको पनि, नाचेको पनि, गीत गाएको, प्रेमि सार्वजनिक गरेको, कुकुर बोकेको, विरालो छाडेको यस्ता यस्ता आउँछन् ।
कलिउडको फेसबुक कथाभन्दा अघि बलिउडमा होस उडाउनेगरी आएका एमएमएसका कुरा गरौं । कुनै समय चलेकी नायिका प्रिती जिन्टाले बाथरुममा नुहाउँदै गरेको फोटो एमएमएस भाइरल भएरै वग्यो । बलिउडमा खुबै चर्चा भयो । अहिले डिभोर्स कान्ड, के के कान्डमा मुछिएकी प्रितीको कुरा यस्तो थियो । बलिउड अभिनेता सैफ अलि खानकी बहिनी, करिना कपुरकी नन्द सोहा अलि खानको पनि कहाँ कम थियो र ? वाक्समा चेन्जिङ गरिरहेको फोटो पनि उत्तिकै एमएमएस भएर वग्यो ।
 अलि लो बजेटका फिल्ममा देखिने अस्मि पटेलको टङ किसले खुबै चर्चा पायो । यतिधेरै मोवाइलहरुमा उनको यो तस्बिर भाइरल भएर सेयर भयो की त्यसको चर्चा गरेर साध्य नहुने भयो । शर्लिन चोपडाको के कुरा गर्नु ? जसले कामसुत्र थ्रीडीमै खेलेपछि उनको एमएमएसको अर्थ त रहेन । तर, उनले कपडा फेरेको फोटो भने एमएमएस भाइरल नै भयो । मोना सिंहको तस्बिरले इन्टरनेटमा निक्कै चर्चा पायो । धेरै सेयर भयो । कसरी यस्तो भयो भन्ने विषयमा उनी जानकार थिइनन्, तस्बिर लिक गराउने खोज्नका लागि उनले मुम्वई पुलीसमा उजुरी पनि गरेकी थिइन् ।
चल्तीफिर्ती हिरोइन करिना कपुर र साहिद खानको प्रेमको हल्ला जति फैलियो त्यो भन्दा पनि बढि उनको टंग किसको फोटो फैलियो । बलिउडमा यस्ता घटना कम भएका होइनन् ।
बलिउडप्रति प्रगाढ नजर लगाउने कलिउडका स्टारहरुको यस्ता एमएमएस बाहिर आएकाले होस उडायो । कलिउडमा एमएमएस त भाइरल भएर आइसकेका छैनन् । केही समय अघि केही नायिकाहरुका भिडियोले विश्वव्यापी नै लिएपनि अहिले सार्वजनिक कार्यक्रममा भित्रि बस्त्र नलगाएको, देखिएको चर्चा भाइरलका रुपमा अघि बढेका छन् । ति विवादास्पद कुराहरुमाथि पनि हिरोइनहरुले टिप्पणी गरिरहेका छन् । पछिल्लो पटक विवादमा आएको भनिएकोचाँही ज्योती मगरको अन्तवार्तासम्बन्धि कुरा हो । उनले खुलेरै लेख लेखेको चर्चा इन्टरनेटमा पनि छायो । उनले लेखेकी रहिछन्– मेरो स्तनको मुलय कति हो ?

यी र यस्ता गसिपहरु जतिसुकै आएपनि इन्टरनेट पुस्तामा सामान्य र नराम्रा राम्रा र अनेक प्रकारका भिडियो, फोटो र समाचार व्यापक रुपमा सेयर हुन थालेका छन् । संयमित पाराले इन्टरनेट पुस्ता चल्न सकेको स्थितिचाँही छैन ।



तस्बिर र जानकारी स्रोत, एजेन्सीहरुको सहयोगमा ।

रक्सिमा डुवेका पत्रकार उठे, लेखे र बाँडिदिए खुशी नै खुशी

एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'


चर्चित पत्रकार विजय कुमारको वहुप्रतिक्षित पुस्तक 'खुशी' विमोचन समारोह यथार्थमा खुशी नै खुशी बाँड्ने थलो बन्न पुगेको छ। उनले आफ्नो जीवनमा सहयोग पुर्‍याउने सबैको मुग्धकण्ठले प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको हात पनि फैलाए। त्यति मात्र होइन उनले मदिरामा डुबेर बर्बाद हुन लागेको आफ्नो जीवन यसबाट बाहिर निकाल्न भएका भगिरथ प्रयत्नलाई यसमा समावेश गरेको बताएका छन्। उनी मदिराबाट मुक्त भएको १० वर्ष भएको छ। मदिराले बर्बाद बनाएका जीवनहरूमा फेरि खुशी फर्काउन आफूले सहयोग गर्ने वाचा उनले गरे।

राजधानीमा शुक्रबार आयोजित पुस्तक विमोचन समारोहमा उनले आफ्नी आमामार्फत् सम्पूर्ण आमाहरूलाई नमन गरे। आफ्ना गुरू नाम्खा रिम्पोछेबाट उनले पुस्तकको विमोचन गराए। गुरूले कुनै अभिव्यक्ति दिएनन्। तिनले मौन अभिव्यक्तिबाटै पुस्तक सार्वजनिक गरिदिए।


पुस्तक लेखन निम्ति एक वर्षसम्म आफूलाई सहयोग गर्ने आफ्ना सहपाठी प्रशिद्ध उद्योगपतिरव्यापारी उपेन्द्र महतोलाई भगवान कृष्णलाई सुदामाको कनिकाजस्तै आफ्नो तर्फबाट फूलकुमारी महतो ट्रष्टलाई गरेको सहयोग स्वीकार गर्न आग्रह गरे। उनले पुस्तकबाट आएको रकम आफ्नो तर्फबाट समाजसेवामा लगाइदिन उनले आग्रह गरे।

पत्रकारका रूपमा आफूले सबैको हिसाब माग्ने गरेको प्रशंग उल्लेख गर्दै विजय कुमारले आफ्नो हिसाब पनि अरूका निम्ति सार्वजनिक गरेको बताएका छन्। आफूलाई वौद्ध गुरूहरूसम्म पुग्न सहयोग पुर्‍याउने याकएण्ड यति होटलका मालिक राधेश्याम सर्राफप्रति कृतज्ञता व्यक्त गरे।

आफूसँग कुनै बेला काम गर्ने थातथलो नभएका बेला सानो कार्यालय स्थापना गर्न सहयोग पुर्‍याउने उद्योगपतिरव्यापारी प्रभाकर शमशेर राणालाई समेत धन्यवाद दिए।

पुस्तक विमोचन समारोहमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुरद देउवादेखि राप्रपा नेपालका नेता कमल थापा लगायतको उपस्थिति थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालका मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरी पनि कार्यक्रममा आएका थिए।

विजयकुमारले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र तुलसी गिरीजस्ता दुबै नेतासँगको संगतका प्रशंग कोट्याउँदै भने, ुसत्य विपरीतार्थको बीचमा लुकेको हुन्छ।ु

उनीहरू सबैलाई भाषण नगर्ने तर अरुले गरेको भाषण सुन्न आइदिएकोमा पनि उनले धन्यवाद दिन भ्याए। विजयकुमारले एमाओवादी नेता बाबुराम भट्टराईलाई उदृत गर्दै दाहालको उचाइ घटेको बताए पनि सबै नेताभन्दा उनकै अग्लो भएको भन्दै खुशी दिए।


ुपहिले म तपाईंसँग ह्वीस्कीका पेगको अपेक्षा गर्थें,ु विजयकुमारले आफ्नो विगत कोट्याउँदै देउवातिर फर्केर भने। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिको सट्टा साहित्यमै लागेको भए अझ राम्रो हुन्थ्यो भन्ने सल्लाह पनि दिए। भारतीय, रसियालीलगायनका राजदूतहरूको समेत उपस्थिति रहेको कार्यक्रममा समाजका एकसेएक व्यक्तिहरूको सहभागी भएका थिए।

विजयकुमारले समाजका प्रत्येक व्यक्तिको महत्ता हुने धारणा राख्दै सबै व्यक्तिका कथा उत्तिकै रोचक भएको बताए। उनले पुस्तकबारे बोल्न कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीलाई आग्रह गरे। यसअघि कुनै एक लेखकको पुस्तक पढ्दै नपढी समीक्षा गर्न उभिएको प्रशंग उल्लेख गर्दै गिरीले खुशी भने पढेर बोल्न आएको बताए।

विजयकुमारले  मानिसको खोजबारे उल्लेख गरेको प्रशंग उल्लेख गर्दै गिरीले उनको कृतिमा पढ्नका निम्ति प्रेरित गर्ने विषयवस्तु भएको बताए। शक्ति नभई विपरीति लिंगी पनि आउँदैनन्,' गिरीले भने।

उद्योगपतिरव्यापारी महतोले भगवानले तपाईंलाई सम्पत्ति दिन्छन् भने त्यसबाट आफ्नो जीवन शैलीलाई उच्च बनाउने भन्दा दानको शैलीलाई उच्च बनाउनुपर्ने भनाइबाट प्रेरित भएको उल्लेख गरे। उनले धनी मानिसलाई अब धेरै धनी मानिसहरूको जरुरत भएको बताउँदै भने, धनी मानिस सुरक्षित हुन सबै धनी हुनु पर्छ।
उनले विजय कुमारको पुस्तक खुशीले जसरी आफैंभित्र खुशी खोज्न प्रेरित गरेको प्रशंग उल्लेख गर्दै यो आफैभित्र खोज्न आग्रह गरे। उनले भने, ुखुशी एक्लै पाइँदैन, जति बाँड्यो उति पाइन्छ।ु

शास्त्रीय गायिका संगीता प्रधानको सुमधुर स्वरबाट सुरू र अन्त्य भएको कार्यक्रमको संचालन नायिका गौरी मल्लले उत्तिकै मीठो शैलीमा गरेकी थिइँन्। आयोजनाको भव्यता, एकसेएक व्यक्तिको उपस्थितिले सबैलाई खुशी दिएको थियो। लाग्थ्यो, कार्यक्रममा खुशीको संक्रमण भइरहेको छ।

विजयकुमारले आफ्नो पुस्तक हस्ताक्षर गरेर दिएपछि त्यो खुशी सबैका हातहातमा पुगेको छ। पुस्तकको प्रकाशक फाइन प्रिन्टका प्रबन्ध निर्देशक निरज भारीले सबैका निम्ति उपयोगी हुने किताब लेखिदिए बिजयकुमारले गुन लगाएको बताए। उनले प्रकाशनकै क्षेत्रका एउटा खुशीको समाचार प्रवाहित गर्दै भने, ुहामीले पहिलो खेपमै ३५ हजार प्रति छपाएका छौं।

खुशीको एउटा अंश विजयकुमारकै शव्दमा..


राजा ज्ञानेन्द्रसित पांचौ र २०७० मा यो लेखुन्जेल सम्मको अन्तिम भेट, संभिदान सभाको निर्वाचन हुन दुइ महिना अघि भएको थियो । त्यसबेला राजतन्त्र निलम्बित अवस्थामा पुगि सकेको थियो । चीनका राजदुतले प्रधानमंत्री गिरिजा प्रसाद कोइराला समक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि आउने दिनहरुको तस्वीर प्रस्ट भइसकेको थियो ।
पांचौ भेटको समयमा शक्तिका हिसाबले राजा गलिसकेका थिए । तर उनको व्यबाहरको गरिमा र शालिनतामा कुनै कमी आएको थिएन ।
त्यो भेटमा केहि राजनैतिक , केहि दार्शनिक र धर्म समबन्धी कुरा पनि भए । 
एक बिन्दुमा राजाले मलाइ सोधे – विजय , तिमीले जिन्दगीबाट के पायौ ? 'सरकार, पहिला पटक दर्सन पांउदा सरकार निकै शक्तिशाली होइबक्सन्थ्यो । त्यस दिन म जुन आदर, सम्मान र खुलापनका साथ कुराकानी गर्थे , आजको दिनमा पनि म त्यतिकै आदर, सम्मान र खुलापनका साथ कुरा गर्दै छु । त्यस दिन मेरो आवाज न घटेको थियो , न त आज बढेको छ । मैले जीवनमा पाएको भन्या यही हो , सरकार ।'

ज्ञानेन्द्र राजाको मुहारमा मुस्कान छरियो ।

केहि महिना पछि उनले दरबार छाडे । बडा शालिनता र गरिमाका साथ उनी दरबारबाट निस्किए । धार्मिक र अध्यात्मिक कारणहरु बाट भएका गद्दी त्यागका उधाहरणहरुलाइ पर राख्ने हो भने राजतन्त्रको यो निर्गम शैली विश्व ईतिहासमै बिरलै पाइएला ।

प्रदिप गिरिले एक अन्तरवार्तामा मलाइ भने –
ुराजाका रुपमा ज्ञानेन्द्रका कृत्यहरु के कस्ता भए, इतिहासले मुल्याङन गर्ला । तर जनताको इच्छाका अगाडी जुन शान्त, सहज तरिकाले, बिना प्रतिरोध, बिना रक्तपात जसरी उनी दरबारबाट बाहिरिए, त्यसले मानिसका रुपमा उनले आफ्नो गरिमा धेरै माथी पुराए ।ु

पत्रकारका नाताले हामीले मानिसलाइ उस्को जीतमा मात्र होइन, हारमा पनि नजिकबाट देख्ने मौका पाउछौ । कसैले जीत पचाउन सक्दैन , कोही हार सहन सक्दैनन । कोहीचाहि , हार र जीत दुबै पचाउन सक्दैनन ।

०००

करिबन चौध बर्ष अघि, म 'नेपाल' पत्रिकाको संस्थापक सम्पादक थिए। ती दिनहरुमा , ९ कक्षामा पढने एउटा केटो मेरा सम्पादकिय टिप्पणीहरुलाइ निकै चाख लिएर पढथ्यो रे ।

दुइ बर्ष अघि त्यो केटा मेरो घरमा आयो र भन्यो - तपाइले मागेको रोयल्टी रकम दिन म तैयार छु । के तपाइ हाम्रो प्रकाशनका निम्ति केहि लेख्न सक्नु हुन्छ ? केहि यस्तो लेख्नुस जो पढे पछि मन छोओस , केहि यस्तो लेख्नुस जो पढे पछि , बिर्सन अलि गारो होस , केहि यस्तो लेख्नुस जो मानिसलाइ काम लागोस ! नौ कक्षाको बिधार्थी छदै म भित्र लेखकिय संभावना देख्ने त्यो केटो आज २८ बर्षिय लक्का जवान भएको छ । देशको अग्रणी प्रकाशन गृह 'फाइन प्रिन्टस' को प्रबन्ध निर्देशक बनेको छ ।
निरजले देखेको संभावना र मेरो साधनाको परिणाम हो 'खुसी' ।

०००

भाद्र २०, २०७१

शुक्रबार म झिसमिसे उज्यालैमा उठछु । एउटा शुक्रबार , लङ वाकमा जान्छु । अर्को शुक्रबार कान्तिपुर दैनिकमा स्तम्भ ुआदि(ईत्यादिु का निम्ति छुट्याएको दुइ बर्ष चानचुन भयो होला । बिहान पांच बजे देखि नै कम्प्युटरको कि बोर्डमा ड्युटी दिएर दिनभरी स्तम्भका निम्ति अक्षर टिप्थे म । म छिटो लेख्न सक्दिन । प्राय आठ देखि दस घन्टा कम्प्युटर स्क्रिनमा आंखा र घांटी खियाए पछि बल्ल एउटा स्तम्भ बन्थ्यो ।

लेखेको कुरा भोली पल्ट छापिएको देख्दा राम्रो महसुस हुन्थ्यो । कयौ पाठकले मन पराए, केहिले रुचाएनन होला । मन पराए पनि , नपराए पनि पढन चाहि धेरैले नै पढे । आजभोली इन्टरनेट र सामाजिक सन्जालको युगमा कसलाइ कति पढिदै छ भन्ने झझल्को पाउन मुश्किल छैन । आदि( ईत्यादिका सबै पाठक प्रति सादर आभार व्यक्त गर्न चाहन्छु ।

आदि( इत्यादि मैले प्रथम बचनमा लेखे । ुमु शब्दको प्रयोग गर्दै ( प्रथम बचनमा लेख्न सुरु
गर्दा – ु कति म म भनेर लेख्छु भनेर नाक खुम्च्याउने केहि पण्डीतहरु समेत पछिल्लो समयमा आफै त्यहि गर्न थालेको देख्दा सन्तोष लाग्छ । अखबारहरुमा प्रथम बचन लेखन ह्वात्तै बढेको छ ।

हेनरी मिलर हुन शायद, दसकौ अगाडी लेखे ( ु २१ सौ शताब्दीको लेखन प्रथम बचनमा लेखिएको हुनेछ । तर त्यो अहिलेको भन्दा कम बेइमान हुनु पर्नेछ ।ु

फस्ट पर्सन राइटिङ ( प्रथम बचन लेखनको खतरा ( लेखकलाइ अतिरन्जनाको लोभ र अंहकारले छोप्न सक्छ । न छोप्न पनि सक्छ । अलिअलि छोप्न वा अलि अलि नछोप्न पनि सक्छ । लेखक हेरि हेरि हुन्छ ।

आज , यो लेख्न बस्दा जुगल भुर्तेललाइ बिर्से भने मलाइ पाप लाग्ने छ । तिनले मलाइ युनीकोडमा टाइप गर्न सिकाए । नसिकाएका भए, मलाइ दुइ चार हप्ता स्तम्भ पछि लेख्न अल्छी लाग्थ्यो । आदि-ईत्यादि चार अंक भन्दा अघि बढने थिएन । तर त्यसो भएन । स्तम्भ टाइप गर्दा गर्दै मलाइ लेखन सित पिरती बस्यो । त्यहि प्रेमले मलाइ 'खुसी' लेखाउन पुग्यो ।
'थ्याङ यु जुगल'
अर्को एक नाम स्वचलित रुपले मेरो मष्तिष्क मा शुक्रवार बिहान प्रवेश गर्छ ( सुधीर शर्मा । उनको सहयोग र सल्लाह बिना आदि(ईत्यादिको निर्माण हुन सक्दैनथ्यो । मैले सुधीर शर्मालाइ हमेशा सहयोगी र योग्य सम्पादकका रुपमा पाए । उनका सुझावले मेरो स्तम्भ लेखनीलाइ मजबुत बनाउन सघायो । यो कुरा मैले उनी आफै सम्पादक भएको दैनिकमा लेख्ने आंट गर्न सकिन । त्यसैले यो फेसबुक स्टाटस र ुखुसीु मा लेखे ।

अनुहार भरि भालु झै रौ भएकी भावना थामीको तस्वीर सहित ुआंसु देखि मुस्कान सम्मु शिर्षकको लेखनलाइ जुन प्रमुखताका साथ सुधीरले छापे , त्यो म बिर्सन सक्दिन । भावना थामीका गरिब मजदुर बा ले मलाइ धेरै आशिष दिएका थिए , त्यो आशिष सुधीर शर्मा र फोटोग्राफर भाइ नरेन्द्र श्रेष्ठलाइ लागोस ।
तस्बिर र समाचार स्रोत, सेतोपाटी डटकम र विजयकुमारको फेसबुक ।


















Wednesday, September 10, 2014

पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुको समाज

''देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप-यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो ।''
विनोद ढकाल 
ति महिलाले फर्केर हेरिन् भने बुझ्नु तिनी सेक्स चहान्छिन्, मैले होइन ।
–अमेरिकन अभिनेता स्टिभ मार्टिन

पहिलो विश्व सेक्सप्रति निक्कै उदार छ । अहिलेपनि उदार छ र अघिल्लो शताव्दिमा पनि उत्तिकै उदार थियो । तर, २१ औं शताव्दिको २ दशक नजिक पुग्दा पनि तेस्रो विश्व सेक्समा पारंगत त भइसकेको छ तर अझै गोप्यताकै कुरामा संकिर्ण भएर बाँच्ने कोशिशमा लागेको छ । मुस्लिम बाहुल्यता भएका मुलुकहरुमा जनसंख्याको उच्च बृद्धिदर परिणामका रुपमा देखिएको तथ्य हो र उनीहरुको सेक्सप्रतिको कडा कानुन, त्यसवापत हुने कारवाही उदाहरण हुन सक्छन् । भारतीय जनसंख्या, चीनको जनसंख्या बृद्धिदर र त्यहाँ हुने घटनाक्रमहरु र समाचारहरु अर्का प्रमाण हुन् । एकजना चिनियाँ मोडलले सायद एक वर्षअघि भनेकी थिइन्– एप्पल कम्पनीको ‘आइफोन फोर’का लागि उनी आफ्नो कुमारित्व भंग गर्न सक्छिन् । अनि, भारतीय मोडल पुन पाण्डेहरुका ट्वीटे तस्विरहरु आधुनिक समाजका लागि काफी उदाहरण हुनसक्छन् । दिनदिनै बन्न थालेका निलो चलचित्र र इन्टरनेटमा देखिन थालेका भारतीय, नेपाली, चीनियाँ, जापानिज, इन्डोनेशियन, मेलिसीयन ब्लु फिल्महरुको फस्टाउँदो उद्योग, खुला विश्वसामु फरक पहिचानसँग उत्रिरहेका छन् ।

पूर्वीय संस्कृति सेक्सप्रति करोडौं वर्षदेखि उदार हो । वास्तविकता के हो भने मानव सभ्यताको विकासको कडी नै सेक्स हो । यसको सही र गलत तरिकाको व्याख्या हरकहिँबाट हुन्छ, भइरहेको छ । प्राकृतिक कुरा एउटा भयो र अप्राकृतिक कामहरु अर्कोेतिरबाट बढिरहनु अस्वभाविक ढंगको विकासक्रम रह्यो । केही चर्चा र परिचर्चा अनिवार्य छ ।  

कामसुत्रमा उल्लेख छ– देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप¥यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो । सम्भोगका कलाहरुको ग्रन्थका रुपमा रहेको कामसुत्रले यी बाहेक अनेक ऐतिहाँसिक र पौराणिक ‘सेक्सुअल एक्टिभीटि’का बारेमा उल्लेख गरेको छ । त्यो कथालाई आधुनिक दुनियाँ र त्यसमा अल्पविकसित नेपाली समाजमा विश्लेषण गरेर यो आलेख तयार भएको छ । 

खासगरी आलेखमा संभ्रान्त परिवारभित्रको कथालाई समेट्ने कोशिश गरिएको छ र विश्लेषण पनि यीनै विषयमाथि तथ्यहरुलाई अगाडी सारेर गर्ने प्रयत्न गरिएको छ । सिरानीमा महाभारतको गाथा, पौराणिक कालका घटनाहरुको किताब राखेर दैनिक पुजा गर्नेहरु सामाजिक परिवेश र सहरमा छिर्दा हाकाहाकी सेक्सुअल कुरा आयो भने इमान्दार बन्ने प्रयत्नमा उत्रिन्छन् । तर, रात्रीबजारको फाइदामा रमाउने र यौनसदाचारीको भुमिकामा देखिनेहरु यौनिक कृयाकलापप्रति कति आशक्त हुन्छन् भन्ने कुराको खुला प्रमाण निक्कै छन् । यी खुला छन् तैपनि गोप्य छन् । तर, कानेखुसी गर्दै हर व्यक्तिका चरित्रका विषयमा हर व्यक्तिको कानमा कुनै न कुनै हिसावले खबर पुगिसकेको हुन्छ । तरपनि यी गोप्यजस्तै नै छन् । 

ग्रन्थ, इतिहाँस र वर्तमान घटनाक्रमले सेक्सलाई अति सरल रुपमा चित्रित गरेको छ । खासगरी घरानीया र राजकाजको जिम्मेबारी लिएको ठूलो पर्दाले छेकेको दरबारभित्र इन्द्रदेखि पारससम्मका कर्तुतहरु पढ्न पाइएको छ । सेक्स आवश्यक चिजमात्र होइन, नरसंहारको कारण पनि बनेको रहेछ । 

दरबारको परम्परा हो, अक्सर सुरा सुन्दरी र नृत्यंगनाहरुको नाचमा राजकाज चलाउनेहरु मनोरञ्जनमा डुव्नु । शाही जीन्दगीको रौनक नै साँझ ढल्केपछि र झिसमिसे सुरु नहुँदै चलिरहन्छ । काठमान्डुका हरेक ठाउँहरु शाही जीन्दगी बाँच्ने प्रयत्नमा उडिरहेको हुन्छ, अक्सर दैनिक जसो । यहाँ जिन्दगीका उत्सव एकातिर र सेक्सका उपभोग असंयमित पाराले खरिदविक्रीका आधारमा पनि हुन थालेका छन् । 

बसन्ती उपन्यासमा उल्लेखगरेअनुसार दरबारीया तत्वहरु सेक्सप्रति लालयीत हुने कुरालाई सत्य मान्ने हो भने बहादुर शाहलाई थुनामा राखेर गगन सिंह नामको सेनापतिसँगको सहवासको कल्पना गर्ने राज्यलक्ष्मीको उग्रव्यक्तिवादी सोचका कारण जंगबहादुर राणाहरुको उदय भयो । त्यहि उदयसँगैको नेपाल आधुनिक गणतन्त्रसम्म आइपुग्दा अकल्पनीय सेक्सबजारको निलो घेरामा अवैधानिक रुपमा रातो बजार सञ्चालनमा लागिरहेको छ, ओपन सेक्रेट उच्च घरानीया रासलीलाको नाममा । 

पुँजीपति प्रवित्ति नै हो, रासलिला । पौराणिक कथाका पुँजीपति महाराजहरु अप्सराहरुको अंगप्रत्यंगसँग रमाइलो गर्दथे । सयौं अप्सराहरुसँगको रासलिलाका कारण उनीहरु कहिले समस्यामा फँस्दथे । यतिसम्मकी उनीहरुले ऋषि र दैत्य पत्निहरुसम्मलाई छल कपटीले करणी गरेका कथाहरु उल्लेख छन् । सतीदेवीको सुन्दरतामा अन्तर्य भएर लिप्त भएका महादेवसम्मले कपटी विवाह गरेर प्रेम र सेक्सको अनुभव उतार्ने प्रयत्न गरे । त्यसैले त भनिन्छ, जहाँ सेक्सविनाको प्रेम हुन्छ त्यो प्रगाढ र गहिरो हुँदैन । पौराणिक कालदेखिको यो प्रचलन कलियुग वा आधुनिक युग मानिने अहिलेको पहिलोदेखि तेस्रो विश्वसम्म पनि यो नियतमा सुधार हुन सकेको छैन । खासगरी पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनको मोनिका प्रेम होस् वा भ्लादिमर पुटिनको सेक्स स्क्यान्डल । कर्नेल मोहम्मर गद्दाफीको युक्रेनी युवतीहरुसँगका रासलिलामय जीवनको कहानी होस् वा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसैनका दरबारीया कहानी । र, केटिप्रतिको आशक्तिका कयन कथाहरु नेपालका पूर्वयुवराज पारस शाहकै पनि सुनि आएको र पढिआएको कथाहरु थिए । 

कतार, युएइ, बहराइन, साउदी अरबमा शेख परिवारका कथाहरु पनि नसुनिएका होइनन् । पुँजीपति वर्गको सेक्स स्क्यान्डल र रवाफभित्र झुमेको छ विश्लेषण, विवेचनासहितको फरक विश्व । यसको रंग नेपालका नवधनाड्य, आधुनिक शैलीमा बाँचेको बजारभित्रका दलालपुँजीपतिहरु र पैसाको थाकमाथि उन्माद व्यक्तिहरुमा पनि चढेको पाइन्छ । र त विश्लेषकहरु भन्छन्, सम्पत्तिको चाङमा उभिएको मानव अप्राकृतिक कुकृत्यका लागि फरक जीवन बाँच्ने ढाँचाको खोजी गर्छ । आजको विश्व त्यतातिरै लम्किएको छ, रखेल, मनोरञ्जनयुवती राख्ने, नगरशोभिनीको दैलो धाउने र जिगोलो पाल्ने ध्याउन्नमा पनि । नेपाली उच्च घरानीया समाजपनि त्यतैतिर लम्किरहेको छ । त्यसैले आधुनिक समाजमा पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुसँगै, नवनारीहरुको फरक समाज पनि । 


C कपीराइट अधिकार लेखकमा सुरक्षित छ ।