Monday, October 7, 2013

‘म’को बकपत्र

हो, म डायरी प्रेमी हुँ । जीवनलाई तपशिलको विषय भन्दापनि समयको किताबसँग तुलना गर्न रुचाउँछु । अरुका कथा पढेर आनन्द मान्ने भन्दापनि आफ्नो कथालाई उदाहरण बनाउने महत्वकांक्षाको भोगी हुँ । हो, म अरुको कथालाई आफ्नो मनोरञ्जनको विषय बनाउन चहान्न, आफ्नो कथालाई अरुको सोचको विषय बनाउन चहान्छु । हो, मसँग स्वार्थ छ, जीवनको परिभाषा दिनसक्ने सीपालु बन्ने, जीवन भोगाइको उदाहरण दिने एक बक्ता बन्ने । म सगरमाथाको उचाईमा उभिएर आँसु झार्दाको अनुभव सँगाल्ने बहुमहत्वकांक्षी बन्छु, मलाई भौतिक सुखको कुनै महत्वकांक्षा छैन, सडकयात्री नै बन्न चहान्छु । लेख्न चहान्छु मेरा यौवनामा मैले देखेको त्यो पीडा, त्यो कथा, त्यस्तो बकपत्र जसले एउटा दुनियाँ, भावना र संवेदनाको ब्रम्हाण्ड ममाथि नै खोज्न सकोस् ।
डायरीका पानाहरु बोल्छन्् । कलमका निभहरु कति रगेडिएका थिए, आँसु र हाँसोको कुन चरणमा उत्रिएका थिए भन्ने विषयमा । यो संवेदनाको बकपत्र हो जहाँ अनेकौं संकेतपूर्ण आधारहरुबाट एउटा भावना पिल्सिएको छ । एउटा गहन सुरुआतको उतारचढाव कति गहिरो हुनसक्छ, कति भयानक हुनसक्छ, कति पिडादायी हुनसक्छ ? म अनुभव गर्न चहान्छु । जीन्दगीको यात्रा कुनै अल्पविराममा रोकिएर फेरि सुरु हुन कति कठिन छ ? त्यसलाई झेल्न कति परिपक्वताको खाँचो छ, म फेहरिस्त तयार पार्न चहान्छु ।
एउटा खुला किताब हो जिन्दगी । जीन्दगी जतिसुकै ढाक्छु, भाग्छु र लुकाउँछु भनेपनि लुक्न सक्दैन । जीवनलाई यसरी नै विताइदिन्छु भन्ने अहमतामा पनि बाँच्न सकिँदैन । जीवनलाई हरित बनाउँछु भन्ने सपना पाल्न सकिन्छ, हरियो भएको देख्न सकिँदैन । यसकारण मेरो यो बकपत्र जीवनसँग लुकामारी खेल्छ, शव्दहरुले केही संकेत गर्छन्, अक्षरहरुले केही भनिरहन्छन् ।
घटना पात्रको प्रधानतामा हुने या पात्र घटनाको ? यहाँ ‘म’ पात्रबाट उठाउने प्रयत्न गर्दछु । किनभने ‘म’ यो पृथ्वीकै अहम्, शक्तिशाली, घमण्डी, अनुभवी सवैप्रकारको शक्तिवाचक हो । ‘म’ कहिले पनि हार्दैन । ‘म’ सवै कुरा सहि देख्छ । ‘म’ सवैप्रकारको सत्य आफुमा राख्छ । म नै हो त्यो जसले दुनियाँको सत्य आफुमात्र ठान्छ । त्यो मपात्रबाट सुरु हुन्छ, मेरो बकपत्र ।
म भौतिक सुखको सपनामा रमाउने मान्छे होइन, संवेदनाको मिठो प्रहर मेरो हरक्षण, हरपल, हर उमेरमा झाँगिएको सुन्न, पढ्न र चर्चायोग्य भएको देख्न रुचाउँने मान्छे । जसरी किताबका पाताहरुको महत्वमा रुझेको हुन्छ, पाठक । म पाठकहरुको ध्यान एउटा सुनौलो र अपत्यारिलो जीवनको कथासँग रुमल्लिएको देख्न रुचाउने मान्छे ।
म चाख्न चहान्छु यो संसारका अनेक प्रकारका कर्मका स्वादहरु । असनका गल्लीमा जीवन खोज्ने भरियाका संवेदना, उँचो महलमा बस्ने धनाड्यको भावना, दिनदुखीको सेवा गर्ने हातको कर्म । सवैका आ–आफ्ना पीडालाई आफ्नो बनाएर हेर्न चहान्छु । त्यसकारण मेरो कलम सँधैभरी उही जीवनसँग अन्तरंगमा उफ्रिरहेको छ, मात्तिरहेको छ, हाँसीरहेको छ । बस्, तिम्रो संवेदना छुँदाछुँदै कतै रोक्किएको छ, ठोक्किएको छ, चिप्लिएको छ ।
मलाई थाहा छ, तीन सय ६५ दिन एउटा किताब होइन, त्यसको पाँच गुणाको समय पनि एउटा किताब होइन । तर, म चहान्छु हरेक क्षण, प्रहर र पल एउटा सिंगो खण्डकाव्य बन्नुपर्छ, मेरो सपना यस्तो धाराबाट वगीरहन्छ । मेरो शव्द जसरी वगेको छ त्यो गोलीको रफ्तारमा छ । फर्किन सक्तैन, मेरो कलम जसरी जीवन छादिरहेको छ, डायरीमाथि निरन्तर यो क्रम रहीरहने छ । बस्, त्यसबाट तिमी छुट्यौ, कहिँ, कतै अव फेरि पनि तिम्रो प्रश्नको उत्तर दिन मेरा पानाहरु सक्षम हुने छैनन्, माफ गरिदिनु । मेरा डायरीका उत्तरार्धहरु तिमी विना केही खल्ला, केही नमिठा, केही तिता, रोदन, आँसु र वियोगका सवै पक्षपातीहरु लिएर उभिएको छ, त्यसमा अन्त्य हुनेछ ।

क्रमश...  

Wednesday, October 2, 2013

३६० डिग्रीको राजनीति

विनोद ढकाल
हिजो मेरा एकजना विदेशी मित्रले सोधे, ‘तपाई आफ्ना केटाकेटीले भविष्यमा के गरून् भन्ने चाहनुहुन्छ रु मसँग रेडिमेड जवाफ थियो, ‘तिनले राम्रो पढून्, असल नागरिक बनून् र आफ्नो आर्थिक आम्दानीको स्रोत सुनिश्चित गरेर राजनीतिमा जाऊन् भन्ने मेरो ठूलो इच्छा छ । ती अलि खराब आचरणका भएर निस्किए, फटाहा र धूर्त भए भने राजनीति नगरून् भन्ने मेरो चाहना छ । तर, ती ठूला भएपछि सबै कुरा मेरो नियन्त्रणमा हुँदैन, त्यो पनि मलाई थाहा छ । 
मेरो कुरा सुनेर मेरा मित्र छक्क परे र प्रतिप्रश्न गरे, ‘किन राजनीति रु’ मैले भनेँ, ‘छोराछोरीले राम्रो पढे, असल भए, प्रतिभाशाली भए भने हामी सबै तिनले युएनमा, विश्व  बैंकमा, ठूला बहुराष्ट्रिय कम्पनीमा, विकसित विश्वमा जागिर खाइदेऊन्, डाक्टर होऊन्, इन्जिनियर होऊन् भन्ने चाहना राख्ने अनि अत्याधिक नराम्रा, फटाहा र चरित्रहीनहरूको हातमा राजनीतिलाई छाडिदिएर फेरि राजनीति बिग्रियो, यिनले देश खत्तम पारे भनेर हामी नै गाली गर्ने रु त्यो मिल्दैमिल्दैन । त्यसैले देश बनाउने हो भने सबभन्दा पहिले असल नागरिकलाई राजनीतिमा लाग्न प्रेरित गर्नैपर्छ ।’ त्यति कुरा सुनेपछि मेरा मित्रले मेरो धारणासँग सहमति जनाए । तपाईंको चाहिँ कस्तो धारणा छ, कुन्नि रु 
– पत्रकार रवीन्द्र मिश्रले सोमबार पोस्ट गरेको फेसबुक सन्देश ।

रवीन्द्र मिश्रको यो धारणाले नेपाली राजनीतिमाथि एकपटक फर्किएर विश्लेषण गर्ने रहर पलायो । यहि राजनीति जसबाट हामी समाधानको अपेक्षामा अखबारमा मुख्य पृष्ठहरू सजाइरहेका छौँ । अखबारलाई निर्वाचन लागिसकेको छ किनभने निर्वाचनका अनेक सन्देश आइरहेका छन् । तर, निर्वाचनमा कस्ता नेता बनाउने भन्नेबारेको टिप्पणी कमै आइरहेका बेला आफ्ना सन्तानलाई राजनीतिमा उत्प्रेरित गर्ने धारणा निक्कै गतिलो छ । 
खासगरी दक्षिण एसियामा छोराछोरीलाई डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी बनाउने कुशल सोचको मात्र विकास भएको छ । तर, राजनीतिज्ञ बनाउँछु भन्ने सोचको विकास भएको छैन । व्याप्त भ्रष्टाचारको गति र शक्तिको दुरुपयोगको आधारमा सामाजिक रूपमा वक्तव्यमार्फत जति गाली र घृणाको सिकार बनेका छन्, राजनीतिज्ञहरू त्यो एउटा कारण हो । यो एउटै कारणले आज राजनीति फोहोरी कहलिएको छ । अनेक ठाउँमा हुने टिप्पणीबाट पनि राजनीतिबारेको सतहको धारणा स्वभाविक छ । हामी कस्तो राजनीतिमा हुर्किएका छौँ रु कस्ता नेता उत्पादन गरिरहेका छौँ रु नेता जनताको सहमतिमा निर्वाचनमा आउने हो या पार्टीमा लाखौँ, करोडौँ हर्जाना तिरेर बन्ने हो रु अहिले सुनिन्छ, पार्टीहरू धनी हुन थालेका छन् । उम्मेदवारी सिफारिसका लागि नेताहरूको घरमा बिटाका बिटा रकम पुग्ने गरेको छ । भर्खरै एक मित्रले भने, ‘सिफारिसका लागि ५० लाख हातमा बोकेर बसेका मानिसले टिकट पाएनन् ।’ त्यसको भए कसले पाए त रु जसले एक करोड तिरे, उसले पाए रु 
यतिबेला माक्र्सवाद, लेलिनवाद, माओवाद, पुँजीवादी समाजवाद र जनताको बहुदलीय जनवाद कहाँ गयो रु किन चाहियो यी वादहरू रु यहाँ त रकम र लगानी भए निर्वाचनमा उठ्ने हो । स्वभाविक अर्थमा नेता जनताले चुनेको व्यक्ति हुने हो तर यहाँ पार्टीले नेता छान्दिने प्रक्रियाको लोकतन्त्र स्थापित भएको छ । राजनीति आफैँ बिग्रएको होइन, मिश्रले भनेजस्तो असल सोच नभएका मानिसहरूको झुन्डले राजनीति चलाएका कारण बिग्रिएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेछन्, ‘हिंसा गरेर कुन पार्टी आएको छैन रु अरूले पनि गरेका हुन्, हामीले पनि ग¥यौँ ।’ के यो राजनीति गर्ने माध्यम हो रु हिंसा राजनीतिमा उदाउने प्रयत्न हो रु त्यसो भए त लुटेराहरूले पनि दल खोल्ने भए नि रु कतिपय त दलभित्र छिरिसकेका छन् । नेपाली राजनीतिक दलहरूले बिगारेका छन् । सामाजिक न्याय कुल्चिएका छन् अनि अपराधलाई बढावा दिएका छन् । यसबाट कोही पनि मुक्त हुन सकेको छैन । सबै यसै प्रभावबाट पिल्सिएको छ । तर्कले छेक्न राजनीति मुलुकमा हाबी भएको छ । अदालतले दोषी ठहर गरेका बालकृष्ण ढुंगेलहरू पार्टीको शीर्ष स्थानमा रहन्छन् अनि भ्रष्टाचार अभियोगमा जेल परेका खुमबहादुर खड्काहरू पार्टीभित्र बलिया हुन्छन् । गुण्डागर्दीमा विख्यात हुन लागेका अनुहारहरू राजनीतिक लविङ र युवा संगठनमा विजयी हुन्छन् अनि विख्यात नाम बनाएकाहरू पार्टीको केन्द्रीय सदस्यको पदमा निर्विरोध आउँछन् । 
राजनीति, विचार, रूपान्तरण र मुलुक बदल्ने अवसरका रूपमा भन्दा पनि शक्ति, भ्रष्टाचार र पहुँचका आधारमा अघि बढाइन थालेको छ । संविधानसभा निर्वाचनको घोषणा गरेका दलहरूभित्र उम्मेदवारीका लागि जुन दृश्य नेपाली जनतासामु देखाइयो, त्यो दृश्यले दिने सन्देश यसबाहेक के हुन सक्छ रु पार्टीले नेता छानेर पठाउनुपर्नेमा किन पार्टी नेतृत्वको प्रभावको आधारमा नेता बनाउने प्रयत्न हुन्छ रु जनताले आफ्नो क्षेत्रको नेता कसलाई र किन उठाउने भन्ने बहस खोइ रु
खासगरी नेपाली समाज, राजनीति र अर्थतन्त्रको कालो दशक बितिसकेको छ । नेपाली समाजले यहि दशकमा राजनीतिक परिवर्तनका नाममा ठूलो उपलब्धि हासिल गरेको भनिए पनि व्यवहारमा त्यो देख्न पाइएन । नेपाली राजनीतिको सबैभन्दा ठूलो र कालो दशकका रूपमा बितेको छ । दश वर्षमा मुलुकको विकास सिंगापुरको भन्दा भयानक गर्ने भनिएर गरिएको ओठे प्रतिबद्धता गर्ने राजनीतिक दलहरूका नेताहरूले के गरेका छन् रु के गरेर देखाए त रु राजनीतिक दलहरू अहिले पनि मुलुक उपलब्धिको मार्गमा नै रहेको घमण्ड गरिरहेका छन् । दश वर्षमा हामी फेरि पनि तीन सय ६० डिग्रीको कोणमा फर्किसकेका छौँ । बरु, विकास र सुविधाका हिसाबले त्यो भन्दा पनि जर्जर अवस्थामा आइपुगेका छौँ । ठीक राजनीतिक व्यवस्था उल्टो भइसकेको छ, राजनीति गर्नेहरू अर्बपति र जनताहरू कंगाल भइसकेको अवस्था छ । यस्तो कंगाल जसले विकास र अवसरका सामान्य चिजहरू देख्न पाएको छैन । आफैँभित्र समीक्षा गर्ने हो भने पनि सीमित व्यक्तिबाहेकका लागि यो दशक सुखद देखिएन । उपलब्धिमूलक हुन सकेन । 
उपलब्धि केलाई मान्ने रु ग्रामीण बस्तीमा जर्जर बनेको बेरोजगारी, कृषि उत्पादनमा आएको कमी, वैराग्य मानेर बिदेसिएका युवापुस्ताको सम्वेदना, काकाकुल बनेका सहरबासीको पीडा, दैनिक १८ घन्टासम्म हुन थालेको लोडसेडिङ, दशकमा मारिएका हज्जारौँ परिवारको वेदना, रगतमा लत्पतिएर सुकिला देखिन थालेका अनुहार रु प्रश्न मात्र खडा भएको दशकलाई कसरी गतिलो मान्ने रु सीमा वारि बसेर भारतीय राज्य विहारलाई गाली गर्ने, काठमाडौंका सडक गल्लीमा विहारीको नाममा गाली पहिराउने नेपालीको हविगत लोकतन्त्रले खायो । खासगरी बितेको दशकले निमिट्यान्न बनायो । तर, उही विहार यो दशकमा भारतकै नमुना राज्यका रूपमा स्थापित भयो । राजनीतिमा इमान्दारीता र जनताको आकांक्षा नै विकासको मुल गति हो भन्ने कुरालाई त्यहाँका मुख्यमन्त्री नितिश कुमारले देखाएर छाडे । बरु, नेपालचाहिँ विहारी गुण्डागर्दी र लुटपाटको पथमा हुर्कियो । आर्थिक र राजनीतिक अवस्थाले पिछडिएको र निक्कै अस्रेल्ल रहेको भारतको विहार राज्य यही दश वर्षमा आर्थिक वृद्धिदर गर्ने सबैभन्दा ठूलो राज्य मात्र भएन, यही दशकमा उसले आपराधिक चरित्रमा हुर्किएको समाजलाई प्रगतिशिल मार्गमा उभ्याउन सफल भयो । तर, हामी धेरैतिर उही राज्यसँगको सीमामा रहेर पनि उसका गतिला र राम्रा शिक्षालाई सिकेर अगाडि बढ्न सकेनौँ ।
विडम्बनापूर्वक यी उदाहरणसँग मुलुकको अवस्थाको संश्लेषण सायद अनिवार्य छ किनभने नेपाली जनजिब्रो मुलुकले के दियो भन्ने प्रश्नमा बेरोजगार बस्न पनि तयार हुने गरेको छ । तर, मुलुकलाई आफूले के दिन सकेँ भन्नेबारेको चर्चा कहीँ कतै हुने गरेको पाइन्न । समाज यतिविघ्न स्वार्थी बनिसकेको छ कि सम्भावनाका बाटोहरू छाडेर तर्कशील समाजको पछि लाग्ने गरेको छ । अहिले पनि हुकुमी र दरबारिया शासनशैलीको पछ्यौटे बनेर विभिन्न राजनीतिक दलका नेताहरूको मुख ताक्ने र उनले गरेका निर्णयहरूलाई स्विकार्नेजस्तो कमजोर काममा पनि हामी अभ्यस्त भएका छौँ । 
जुन बितेको दशकमा केही पाएको अनुभूति हुन सकेन । सम्बन्धित राजनीतिक दलहरूले आफ्ना नेताहरूलाई ठीक र राम्रो बाटो देखाउने काममा सक्रियता देखाएका छैनन् । नेपाली जनता जहिले पनि राजनीतिले रोपिरहेको, बिजारोपण गरेको झुटको खेती र आश्वासनको बाली हुर्काउनमै अभ्यस्त भएका छौँ । एउटा मुलुकले दश वर्षमा कायापलट फेर्छ तर हामी दश वर्षमा अझ २० वर्ष पछाडिको भन्दा ध्वस्त अवस्थितिमा फर्किसकेका छौँ । 
परिवर्तनको सम्भावना राजनीति नै हो । अनि, राजनीतिमा असल व्यक्तिकै खाँचो हो । हिजोको पुस्ताले आफ्नो सन्तानलाई असल राजनीतिज्ञ बनाउने सोच नराखेका कारण कतै हामी अहिलेको समस्यामा त आइपुगेका होइनौँ रु नयाँ पुस्ता राजनीतिमा आउन सकेको छैन । नयाँ पुस्तालाई विचार र व्यावहार प्रवाहको अवसर खोइ रु राजनीतिमा आएका इमान्दारहरूको सम्मान खोइ रु विभाजित समाजमा विकासको साझा धरातलमाथि दलहरूको बहस र साझेदारी खोइ रु नेपालीको कल्याणका लागि अबको हुर्कंदो पुस्तालाई इमान्दार राजनीतिज्ञ बनाउनुको विकल्प छैन, देखिँदैन ।

आजको कमाण्डर पोष्ट दैनिकमा प्रकाशित मेरो लेख हो ।