Wednesday, September 9, 2015

गजेन्द्रनारायणको सपना कता हरायो ?


विनोद ढकाल 
तराई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर । 

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना  यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् । 

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको  त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा  राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको  समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन । 

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ  त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए  यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन्  र  उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ । 

(५ वर्ष अघि राजधानी दैनिकमा मैले लेखेको यो लेखलाई अहिले जलिरहेको मधेसलाई डेडिकेट गरेर सेयर गर्न चाहेको हुँ । जहाँ राजेन्द्र महतोहरुको गर्जन सुन्दा गजेन्द्रनारायणहरुको आवाजलाई सम्झिरहेको छु । )

Tuesday, September 8, 2015

फ्रस्टेशन, पागलहरुको काम !

विनोद ढकाल 
९० को दशकको सुरुआती समयका अमेरिकी लेखक, टेलिभिजन प्रस्तोता रोड सर्लिङले भनेका थिए– प्रत्येक लेखक एउटा निराश अभिनेता हो जसले आफ्ना लेखाइमा परोक्ष सीपलाई लुकाएको हुन्छ । निराश अर्थात् चलनचल्ती र बोलीचालीको भाषामा ‘फ्रस्टेशन’ ।
मान्छे किन फ्रस्टेशनमा पर्छ ? आखिर के हो फ्रस्टेशन ? सर्लिङकै शव्दमा व्याख्या गर्ने हो भने त निराश बन्नु पागलहरुको काम हो । जस्तै, अमूर्त, लेख्नु । कहिलेकाँही मेरो लेखाईका अमूर्तपनलाई विश्लेषण गर्दा म पनि त्यहि पागलहरुको कोटीमा त पर्दिन ? त्यसैले मैले धेरै संवाद गर्ने एकजना मेरो मित्रले प्राय सोध्छिन्– (आर यु म्याड ?) के तिमी पागल भयौ ? मेरो सहज उत्तर हुन्छ– हो, म पागल हो, मेरो लेखाइमा । अरु के–के कुरामा छु, मलाई थाहा छैन । सम्भवत अमूर्त लेखाइका सुक्ष्म अर्थहरु हुन्छन् जसका बहुअर्थ लाग्न सक्छन् । त्यसकारण मसँग संवाद गर्नेहरुले साधारणतया यस्तै प्रश्नहरु गर्छन्, यस्तै उत्तरहरु भेट्छन् । तर, यो फ्रस्टेशनको शाव्दिक अर्थ होइन सांकेतिक भनाई मात्र थियो । 
मानवीय सोच र संवेदना, खासगरी सिधै मन दुख्ने कुनै काम भयो भने मान्छे फ्रस्टेशनमा पुग्छ । आशा गरेका कतिपय कामहरु पुरा हुँदैनन्, अपेक्षा गरेका कतिपय समयहरु मिल्दैनन् र मानिस आशा गर्न छाड्छ । लेखिका जेके रोलिङले त्यसैले भनेकी छिन्– कल्पनाका डरहरुकै कारण म निराश हुने गर्छु । तर, त्यो स्वस्थ्य धारणा होइन । फ्रस्टेशनमा पर्ने अनेक कारणहरु हुन सक्छन् । धेरै मानिस परिरहेको हुन्छ । यसले सोचको तहलाई यति पीडामय पनि बनाइदिन्छ की मान्छे साँच्चैको एकाग्र बन्न पनि पुग्छ । कुनै विषयभित्र मात्र हराउँछ, डुव्छ त्यसबाट निस्कनका लागि उसलाई कठिन हुन्छ । आशाबीच ऊ निराशाभित्र दबिइरहेको हुन्छ । यसका अनेक जटिल उदाहरणहरु पनि छन् तर सानो मेरो मित्रको कथालाई राख्नु उचित ठान्छु । 
आधा रातमा फोन गरी आँसुका फोहरा छुटाउने एकजना मेरो मित्रको स्वाभिमान खोसिएछ । उसको स्वाभिमान थियो– कर्ममा सँधै अव्वल हुने र अभिमानमा बाँच्ने । उसँग कर्म गर्नसक्ने क्षमता त थियो नै, त्यसमा कसरी अब्बल हुने भन्ने अर्को पक्ष पनि बलियो थियो । तर, नेपाली समाजमा कर्म गर्नेहरुको पतनको बाटो विभिन्न जाल झेलले तय गर्छ । त्यहि जालझेलको सिकार भएको मित्रले आँसु खसाउँदै भन्यो– म जीवनमा ओरालो लागेको मान्छे भएँ । यतिवेला मैले जे गरिरहेको छु, सवै गलत भइरहेका छन् । सायद मेरो प्रस्तुतीहरु पनि गलत नै छन् र कोही पनि मसँग खुसी छैन । 
मेरो उसलाई सुझाव छ– आत्मबल बलियो बनाऊ मित्र, दुनियाँ तिम्रो पछि फेरि दौडने छ । बलियो आत्मबलले कर्म पनि असल हुन्छ, कर्म सफल भएपछि हर कुरा राम्रो देखिन्छन् । अहिले तिमी चर्किएको ऐना भएका छौ, मान्छे हेर्न डराउँछन् यसलाई जोड्ने प्रयत्न गर । तर, उसको त्यो निराशासहितको भयको अन्त्य गराउनका लागि मैले अनेक सहानुभूतिका शव्दहरु दिइरहेको थिएँ । 
मनोवैज्ञानिकहरु भन्छन्– इच्छाएको कुरालाई प्राप्त गर्न नसक्दा दिमागमा हुने डर र आवेग फ्रस्टेशन हो । पीडा अभिव्यक्त गर्ने भय, समस्या देखाउन नसक्ने पीडाले मान्छेलाई फ्रस्टेशन गराउँछ । हजार समस्याहरुको चाङमाथि उभिएर फिस्स छाडेको हाँसोमा पनि फ्रस्टेशन झल्किन्छ । संवेदनाको घडीमा रिस, आवेगको दोहोरो भिडन्तलाई छातीमा राखेर हिँड्दा तनाव हुन्छ । त्यसलाई बन्द गर्नका लागि केही उत्पादक काम गर्नुपर्छ जसले आनन्द महसुस गराउँछ । भुलिदेउ सारा पीडा र खुसीमा रम्ने कोशिश गर । 
मान्छे दुई प्रकारले कमजोर हुँदै जान्छ अर्थात् फ्रस्टेशनमा पुग्छ । एउटा आत्मविश्वासको कमी र अर्को आत्मविश्वास गिराउने बाहिरी खेलका कारण । चुनौतिहरुसँग सामना गर्न सकिन्न कि भन्ने त्रास, इच्छाहरु पुरा हुन सक्तैनन् की भन्ने डर अनि सामाजिक परिवेशमा घुलमिल हुन नसकिएला कि भन्ने अर्को डरले पनि कमजोर बन्दै जान्छ, आत्मविश्वास  । तर यति हुँदाहुँदै पनि फ्रस्टेशनमा भएका मानिसहरु कसरी चिन्न सकिन्छ र ? भनिन्छ– हाँसो र आँसु दुवै फ्रस्टेशनका संकेतहरु हुन्छन् । तिनीहरु थकानका कारणहरु हुन्छन् । मान्छेहरु ठान्छन् आँसु जहिले पनि कमजोरीको संकेत हो । तर, होइन तिनीहरु तनावले उत्पन्न गरेका कारणहरु हुन् । तनावले कहिलेकाहीँ मानिसका सोचहरुको गहिराईलाई आफ्नो अन्त्यको परिणामसँग पनि जोड्छ । त्यसकारण विश्वभर आत्महत्याहरु बढेका हुन् । खासगरी, भावनात्मक ठेस लागेपछि मानिस फ्रस्टेशनमा पुग्छ र उसले निकासका लागि कठोर निर्णयसम्म पनि गर्दो रहेछ । फ्रस्टेशनले आत्महत्या मात्र होइन, अपराधको बाटो पनि समात्न सक्ने रहेछ । आवेगको परिणामका कारणहरु विभिन्न हत्याका समाचारहरुले पनि पुष्टि गरेका छन् । जस्तो प्रेमिका हत्याका कारणहरु खुलेका थिए । विदेशबाट आएको प्रेमीले प्रेमिकाको हत्या किन ग¥यो ? श्रीमान्ले श्रीमतिको हत्या किन ग¥यो ? यातनाहरु किन भए ? किन भइरहेका छन् ? पतीपत्नी र परिवारसहितसम्मका आत्महत्या किन भइरहेका छन् ? यी सवै फ्रस्टेशनका परिणतिहरु हुन् ।
निराशबाट आशावादी हुनका लागि अवसरको खाँचो चाहिन्छ । कुनै पनि भावलाई कर्ममा परिणत गर्ने अवसर पाएन भने मान्छे फ्रस्टेशनमा पुग्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा ठूलो युवा जमातको दिमागमा अहिले के चलिरहेको होला ? उनीहरु कति फ्रस्टेशनमा परेका होलान् ? अन्दाज गरौं त ? त्यसैले त्यसबाट मुक्ति पाउनका लागि शान्तिको खोजी गरौं । कोही अशान्तिमा भए कृपया यो पागलहरुको काम बन्द गरौं, जसले आफैंलाई कमजोर बनाउँछ । 

Sunday, September 6, 2015

चाँदीको सीमाभित्रबाट

विनोद ढकाल 
तेस्रो दशकको यात्रामा प्रवेश गर्दैगर्दा आउने पुस्ताहरुको तेजश्वी यात्रालाई नजरअन्दाज गर्न नसकिने रहेछ । यो युवा पुस्ताको गतिशिलताले विश्व अहिले तिव्र छ । भित्र र बाहिर त्यसको प्रभावले नेपाली युवाहरु पनि सक्रिय र निस्क्रिय दुवै प्रकारका उदाहरणको टेकोमा उभिएका छन् । राजनीतिक सामाजिक इतिहाँस युवाको पाखुरीले कोरिएको तथ्य हामीसँगै छ । तर, हाम्रो वर्तमान देखिएको छैन । जनआन्दोलन, जनयुद्ध जे सुकै भनौं यी सवैको सफलताको श्रेय युवा शक्तिको हातमा जान्छ । 

फर्केर हेर्दा तत्कालिन युवाहरुको त्याग तपस्या र विद्रोहलाई सम्मान गर्नुपर्छ । नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । 

राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 

मुलुक र सङ्घ सङ्गठन पिच्छेका युवा उमेर फरक फरक छन् । बेलायतमा १६–१८, अमेरिकामा १२–१८, उत्तर इटली÷दक्षिण इटाली १४–३२÷१४–२९, अफ्रिकी चार्टर १५–३५, फिलिपिन्स १५–३०, कमनवेल्थ १५–२९, केन्या १५–३५, तान्जानिया १५–३५, नाइजेरिया १२–३०, दक्षिण अफ्रिका १४–३५, जिम्बाबे १६–३५, मलेसिया १६–४०, सिङ्गापुर १५–२९, इन्डोनेसिया १६–३५, म्यान्मार १६–१८, भियतनाम १५–३०, हङकङ ६–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाका परिभाषाभित्र पारिएका छन् । नेपालमा क्रियाशील मुख्य राजनीतिक दलसम्बद्ध युवा भातृ सङ्गठनका युवासम्बन्धी उमेर समूह पनि फरक–फरक छन् । युवासङ्घ, नेपालको १६–४० वर्ष, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (एनेकपा माओवादी) सम्बद्ध योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेस (नेका) सम्बद्ध नेपाल तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । त्यसैगरी २०६६÷१०÷१४ मा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा नीति, २०६३ अनुसार ‘युवा’ भन्नाले १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउन उल्लेख गरिएको थियो । 

युवालाई उनीहरुको उमेरका आधारमा विभाजित गरिएपनि प्रविधिले परिवर्तन गरिरहेको अहिलेको समाजमा नेपाली युवाको अवस्था बलियो छैन । तर, जे जति जसरी जहाँ भइरहेको छ त्यो पनि राम्रो ठान्नुपर्छ, उपयुक्त भन्न मिल्दैन । यद्यपि राजनीतिक संक्रमणले विकासको बाटो नलिएको र मुलुक कमजोर भएका कारणले अहिले युवा शक्ति अहिले खाली आन्दोलन र तोडफोडको साधनभन्दा केही भएका छैनन् । विश्वजारमा विश्व अर्थतन्त्रमा युवालाई सुनको संज्ञा दिइन्छ । किनभने यहि उमेरले मात्र मुलुक बनाउन सक्षमता देखाउँछ । तर, नेपालमा अहिले त्यसो हुन सकीरहेको छैन । 

युवा सुन हुन् । युवा नम्बरी सुन हुन् । जुन मुलुकका युवा आफ्नो कर्म र श्रमलाई मुल्यका आधारमा मुलुकमा खर्च गर्न बाध्यकारी हुन सकेका छैनन् । तमाम ५० लाख युवा जो सीप जाँगर र आफ्नो क्षमतालाई विश्वका फरक मुलुक बनाउन लागिरहेका छन् त्यसलाई हेर्दा मुटु पोल्छ । ३० लाख युवा अहिले पानी नपाउने खाडीलाई विश्वका अग्ला उचाइमा पु¥याउन श्रम गरिरहेका छन् । १० लाख भन्दा बढि युरोप, अमेरिकामा विवेकसहितको श्रम गरिरहेका छन् । अनि, १० लाख युवा छिमेकी मुलुक भारत र चीन बनाउनका लागि दौडिरहेका छन् । यी सिक्काहरु चाँदी सावित भएका छन् । टल्किएका छन् तर त्यसको मुल्य सानो भइरहेको छ ।