..........
गुरिल्लाको हतियारजस्तो भएको छ नेपाली युवाले लिने शिक्षा र त्यसको उपयोगको व्यवस्था । प्रमाणपत्र विकाएर खान सकिँदैन, लुकाएर खाने अवस्था छैन ।
........
वि'नोद
राम्रो शिक्षा, राम्रो रोजगारी भनेको आकाशको फल आँखा तरी मर भनेजस्तो भएको छ नेपाली विद्यार्थीहरुका लागि । सरकारी संयन्त्रले शिक्षापछिको वेरोजगारीको व्यवस्थापन गर्न नसक्नु अहिले यो उखानको पयार्य बनेको छ । राज्यले कुनै राम्रो व्यवस्था गर्न नसक्नु नै सहरहरुमा च्याउसरी खुलेका एजुकेशनल कन्सल्टेन्सीको व्यापार चल्नुपनि हो । पढ्नका लागि विदेश जानु साधारण कुरा हो । तर, पढाइसँगै आफ्नो बसाई नै विदेशमा गर्ने सोच अहिले युवावर्गमा पर्न थालेको छ । पाठकमित्रहरुलाई एउटा सडक उदाहरण दिन चहान्छु म । कोटेश्वरको सडकपेटीमा अनामनगरको यात्रा गरिरहँदा एउटा गजवको उदाहरण भेटियो । आजभोली त सडकपेटीमा तरुनीसँग मस्किएर बस्ने केटाहरुले लालसा नै देखाउदै भन्नेगरेका रहेछन्,‘डार्लिङ तिमी एप्लाई गर म लगानी गरेर डिपेन्डेन्ट भिसामा जान्छु । काम गरौंला बसौंला । यहाँ केही नहुने भयो ।’
ठूलो युवा शक्ति अहिले विदेश पलायन हुने क्रम बढेको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा खुलेका एजुकेशन कन्सल्टेन्सिहरुमा आइएलटीएस गर्नुको पछाडीको उद्देश्य राम्रो देश जाने नै हो । जहाँ अवसर त्यहाँ युवा भनेजस्तो भएको छ । मन खिन्न पारेका युवा राज भट्टराइ भन्छन्,‘यसपाली डिभि परेन । परेको भए त अमेरिका उडिन्थ्यो उतै वसिन्थ्यो । यहाँ डिग्रि सकेर पनि आठ हजारको जागिर किन खानुपथ्र्यो र ?’
धेरैजसो कलेजको अध्ययन सकेपछि विदेशको यात्राका लागि नै तयार भएका हुन्छन् । ‘डिप्लोमा सकियो, मास्टर्स पछि गर्ने । त्यो भन्दा पहिले आइएलटीएस गरेर युरोप वा अस्टे«लिया नै जाने हो ।’ सुलभ दाहाल भन्छन्,‘नेपालको अवस्थाका कारण हामी लगानी गरेर पढ्नेहरुका लागि यहाँ अवसर छैन ।’
गुरिल्लाहरुले लुकेर आक्रमण गर्छन् । उनीहरुसँग हतियार हुन्छ तर त्यो बलियो हतियार हुँदैन, ति भन्दा कयौं गुना बलिया हतियार दुश्मनसँग हुन्छन् । त्यसकारण उनीहरु लुकेर आक्रमण गर्छन् । गुरिल्लाको हतियारजस्तो भएको छ नेपाली युवाले लिने शिक्षा र त्यसको उपयोगको व्यवस्था । प्रमाणपत्र विकाएर खान सकिँदैन, लुकाएर खाने अवस्था छैन ।
नेपाली युवायुवती विदेशीने संख्या न्युनिकरण हुन सकेको छैन । बरु, अधिकतम रुपमा बढेको पाइन्छ । अमेरिका, युरोप अथवा अष्ट्रेलियामात्र होइन, खाडीदेखि भारतसम्म पनि नेपाली युवाहरु शिक्षा र रोजगारको खोजिमा पलायनहुने क्रम बढिरहेको छ । ‘पढ्नेमात्र उद्देश्य होइन, काम गरेर पैसा कमाउने चाहनाले पनि विदेशिनु परेको छ । केही वर्ष अष्ट्रेलियामा बसियो पढाइसँगै केही पैसा कमाइयो अव जर्मनको तयारीमा छु ।’ मोरङ्का बद्री भट्टराइ भन्छन्,‘यसलाई रहर र बाध्यता दुवै भन्नुपर्छ । विना लगानी केही हुन नसकेपछि लगानी गरेर राम्रै काममा जाउँ भन्ने धोको हो ।’ अव्वल नम्बर ल्याएर पढ्ने र काम गर्न रुचाउने युवापुस्ता विशेषगरी युरोप तथा अष्ट्रेलिया जाने दाउमा छन् । त्यहाँ हुन सकेन भने जापानसम्म भएपनि जाने उनीहरुको इच्छा हुन्छ । पढाइसँगै त्यहाँ काम गरेर आम्दानी हुने रकमको लोभ उनीहरुले पालेका छन् । काठमाडौंका सुदन दाहाल भन्छन्–‘यहाँको वेरोजगारीको स्थिति देखेर त विदेशिने सोच आउनु स्वभाविक हो । पढाइका लागि लगानी ग¥यो तर त्यो उपलव्धिमुलक छैन । बरु काम गर्दै पढ्न पाउने लालसाले विदेशिने सोच आउँछ ।’ दाहाल युरोपको कुनै राम्रो मुलुक जान अहिले बुझिरहेका छन् ।
‘विद्यार्थी राजनीतिक हे¥यो भद्रगोल छ । शिक्षाको व्यवस्था हे¥यो बस्न मन लाग्दैन । नेपाली शिक्षाको हविगत विश्वबजारमा शुन्यप्रायः नै हुन्छ । यहाँ मास्टर्स गरेर पनि आइएलटीएस पास गरेको प्रमाणपत्रलाई युरोप, अष्ट्रेलिया अमेरिका अथवा जापानका बजारमा मान्य गर्दैन । विश्वबजारमा अमान्य प्रमाणपत्र बोकेर के गर्नु र ?’ काठमाडौंका नामी कलेज पढेका विद्यार्थीहरुको भनाई यस्तै छ । भीएस निकेतन पढिरहेका राजु कर्माचार्य भन्छन्,‘म जापान जाने तयारीमा छु । यहाँ पढियो तर भाषा तथा आइएलटीएसको तयारी गरिरहेको छु । बेलायत अथवा अष्ट्रेलियामा सर्भाइभ गर्न कनि हुने भयो । गर्लफ्रेन्डले फोर्स गरेपनि म जान सकेको छैन ।’ कर्माचार्यको यस्तो विचार भएतापनि काठमाडौं होस वा पूर्वी सहर इटहरीमा हुर्किरहेका विद्यार्थीहरु । उनीहरुले पछिको गन्तव्य बाहिर पढ्ने नै राखेका छन् । ‘प्राइभेट र महँगो कलेज पढेर सामान्य काम गर्न सकिन्न । रहरले पढ्नेहरुका कुरा बेग्लै भयो तर करले पढ्ने हाम्रा लागि खोई अवसर ? विदेश नगई हुन्न ।’ विराटनगरका सुमन चापागाई सोध्छन्,‘लौ खोजिदिनुहोस त ?’
‘यहाँ पढेको विषयको कौशलताका बारेमा त्यति महत्व पाइँदैन त्यसैले अचेल टेन प्लस टु सक्नासाथ विद्यार्थीहरु विदेश जान चहान्छन् ।’ शिक्षा अधिकारीहरु भन्छन्,‘यहाँ शिक्षा विद्यार्थीका लागि नभई कलेजका लागि भएको छ ।’ पढेर पनि विदेश जाने सोचका धनी विद्यार्थीहरु पर्याप्त हुन थालेका छन् । ‘पढाइका लागि भनिएका कुनै संस्था खाली हुँदैनन् । विभिन्न नामका त्यस्ता संस्था पढ्दा बाहिर जान सकिन्छ की ? भन्ने आशा भएकाले संस्था जोडिएका छन् ।’ विद्यार्थीहरु सोध्छन् ।
चाहना र सोच जसरी नै त्यसलाई कसरी उपयोग गर्ने भन्ने तरिकापनि फरक ढङ्गका देखिने गरेका छन् । अचेल कलेजका क्लासमै भविष्य कुन देशमा गएर विताउने भन्ने सल्लाह हुने गरेका छन् । गर्लफ्रेण्ड वा ब्वायफ्रेन्ड बनाएकाहरुले एकअर्कालाई डिपेन्डेन्ट बनाएर नै विदेशको पढाई र रोजगारीको तयारी गरिसक्छन् । किस्ट कलेजका विनय देवकोटा भन्छन्,‘यसरी तयार गरिएन भने त भविष्य अन्धकार छ नी ? त्यसैले यस्तो तयारीमा जुटेका छौं, हामी ।’

No comments:
Post a Comment