Tuesday, August 20, 2013

प्रत्यक्ष र परोक्ष नाफामुखी सेक्सबजार

विनोद ढकाल......
जब भारतमा व्यापारको बहानामा अंग्रेजहरूको प्रवेश भयो, त्यसपछि त्यहाँ स–साना झुण्डमा रहेका राज्यहरू र तिनका राजाहरूको अस्तित्व संकटमा प¥यो । उनीहरू संवैधानिक बन्दै गए र अंग्रेजहरूको शासनले व्यापकता पायो । तर, राजा–महाराजाहरूलाई आफ्नो सियासत जसरी पनि जोगाउने बाध्यता थियो । घरेलु हतियार र सुरासुन्दरीको भरमा राज्य चलाइरहेका राजाहरूले अंग्रेजहरूलाई खुसी बनाउनुपर्ने अनिवार्यता पनि थियो । अन्यथा, उनीहरूको राज्यमा केही सीप चल्ने भएन ।
अंग्रेजहरूलाई खुसी बनाउनका लागि आफ्नो दरबारमा नाच्ने, सुखभोग गराउने, स्त्रीहरूलाई अंग्रेजहरूकहाँ पठाएर उनीहरू सियासतका राजा भएर बसे । यो उनीहरूको सेक्स घुस थियो, राज्य टिकाउनका लागि । विस्तारै अंग्रेजहरू भारतीय सुन्दर महिलाहरूसँग रम्न थाले, भोगमा विचलित हुन थाले र राजाहरूले शासनलाई कायम राख्न सके । यद्यपि, स्वतन्त्रता संग्रामभन्दा निकै अघि भारत यो अवस्थाबाट गुज्रिरहेको थियो । कतिपय राज्यमा अंग्रेजहरूले उनका नर्तकी र यौनसुख दिनेहरूसँग विवाह मात्र गरेनन्, सियासतका राजकुमारी पनि बनाएका उदाहरणहरू छन् । तर, ती यकिन र पुष्टिका आधारभन्दा कथामा सीमित रहेको पाइन्छ । 
अमेरिकी अभिनेता स्टिभ मार्टिनसँग सेक्सका बारेमा पत्रकारले सोधेका थिए, ‘सेक्स भनेको के हो रु कस्तो वस्तु हो रु’ उनले सेक्सलाई अति सरल रूपमा व्याख्या गरिदिए । उनले भनेका थिए, ‘सेक्स त्यस्तो चिज हो, त्यो किनेर उपभोग गर्न पाइन्छ ।’ अर्थात् सेक्स बजारीकरण भइसकेको छ, खरिद गर्दा पाइन्छ भन्ने नै उनको तर्क थियो । आधुनिक समाजको स्थापना गर्नका लागि पश्चिमाहरूको उदाहरणको मुलुक बनेको संयुक्त राज्य अमेरिका आफै युवाहरूले बनाएको मुलुक हो र त्यहाँका युवाहरूले ऊर्जाका लागि सेक्सलाई नियमित रूपमा उपभोग गर्नुपर्ने व्याख्या गरे जसका कारण अन्य काममा पनि ऊर्जा थपिने र निर्भिक रूपमा काम गर्ने प्रचलन बढेर आयो । अहिले सोही ठाउँमा नीलो फिल्म उत्पादनलाई कानुनले पनि मान्यता दिएको छ र त्यस्ता फिल्मको प्रमोसन पनि राम्रोसँग हुने गरेको छ । यो एउटा व्यापारका रूपमा पश्चिमबाट फक्रिएर आएको विषय मात्र बनेन, यसले विश्वबजारमा एसियालाई पनि तान्यो । अहिले एसियाका कैयन मुलुक प्राकृतिक होस् अथवा कृत्रिम सेक्सबजारबाट मनग्ये आम्दानी गरिरहेका छन् ।
सेक्ससँग जोडिएका व्यापार सामान्यतया प्रत्यक्ष मात्र पनि छैनन्, परोक्षरूपमा पनि यस्ता व्यापार अघि बढेको पाइन्छ । मिडियादेखि तरकारी बजारसम्मले पनि सेक्ससँग जोडिएका अनेक व्यापार प्रचूर बनाएका छन् । फलतः विश्वबजारमा कन्डोम कम्पनीहरूले आर्जन गरेको आर्थिक समृद्धि एउटा उदाहरण बन्न सक्छ । 
विश्व हल्लाउने
गरी फ्रान्सको ट्याबोलाइड पत्रिका क्लोजरले बेलायतकी राजकुमारी केट मिडलटनको टपलेस तस्बिर छापेको थियो । उक्त तस्बिर सार्वजनिक भएपछि युरोप–अमेरिकामा केटको भयंकर चर्चा भयो । त्यस चर्चाको प्रभावले पूर्वी तथा दक्षिण एसिया पनि हल्लिएको थियो । केट र राजकुमार विलियमको त्यो तस्बिर क्लोजरका लागि नाफामूलक मात्र सावित भएन, चर्चाको निकै उचाइमा पु¥याउने ठूलो सनसनी पनि भयो । उसले सेक्स र सुन्दरता दुवैलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो र फ्रान्सले लेखेको उक्त समाचारले युरोप लामो समयसम्म चर्चामय भयो ।
त्यसो त विश्वबजारमा कुख्यात पत्रिकाहरूले सेलिब्रिटीहरूको सेक्स स्क्यान्डल र रिलेसनसिपका बारेमा पनि लेख्ने गरेका छन् । बजारमा बिक्री हुने उक्त शैलीलाई अखबारले पछ्याउनुका पछाडिको कारण आफ्नो व्यापार नै हो ।
यो बाहेक विवाह नगरी एक्लै बसेका वा लामो समय विदेश रहेका कारण श्रीमतीबाट यौनसुख नपाएका पुरुषहरूलाई लक्षित गरेर निर्माण गरिएको सेक्स डलको सुविधामा वृद्धि हँुदै गएको छ । जापानले रबरको आकर्षक सेक्स डल निर्माण गरेपछि अमेरिकामा हालै सम्पन्न सेक्स एक्स्पोमा रोबोट सेक्स डल प्रस्तुत गरिएको थियो । 
पहिलो संस्करणको सेक्स डलले यौनसम्पर्कका बेला कुनै किसिमको प्रतिक्रिया देखाउँदैनथ्यो । अमेरिकामा प्रदर्शन गरिएको रोक्सी सेक्स डलले केही संवाद बोल्नुका साथै यौनसम्पर्कका बेला प्रतिक्रियाहरू पनि जनाउने निर्माण कम्पनीले बताएको थियो । 
अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो सेक्स डलले बजार लिने देखिएपछि जापानको सेक्स डल निर्माण कम्पनीले कुमारी सेक्स डलको निर्माण गरेको छ । यौनसम्पर्कका बेला योनिबाट रगत आएको अनुभूति होस् भनेर कुमारी सेक्स डल निर्माण गरिएको हो । कुमारी सेक्स डलमा कृत्रिम पर्दा लगाइएपछि यौनसम्पर्कका बेला रगतजस्तो पदार्थ निस्कन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको यो कुमारी सेक्स डल साढे २ किलो तौलको छ भने यसको बजार मूल्य ९६ अमेरिकी डलर छ । सेक्सको व्यापारीकरण, बजारीकरणको यो नयाँ तरिका थियो । कृत्रिम रूपमा पनि विश्वबजारमा सेक्सको व्यापार बढेको छ ।   
एसियाका लागि प्रख्यात सेक्स टुरिज्मको थलो बनेको छ, थाइल्यान्ड । नेपालदेखि पनि पर्यटकहरू प्रतिवर्ष थाइल्यान्ड जाने गरेका छन् । सेक्सको बजारले यति धेरै आर्थिक वृद्धिदर दियो कि चीन, भारत, नेपाल, पाकिस्तान, रुस, युरोपलगायतका देशका महिलाहरू पनि रोजगारीका लागि थाइल्यान्ड जान थाले । अहिले पनि उक्त मुलुकमा निकै देशका युवतीहरूले रोजगारी पाएका छन् र राम्रो आम्दानी गर्न सफल पनि भएका छन् । कानुनी मान्यता दिएर सरकारले सबैभन्दा ठूलो राजस्व पनि सेक्सबजारबाट नै लिने गरेको छ ।
यी सन्दर्भहरू नेपालको अहिलेको अवस्थासँग कति जायज हुन सक्छन्, कतिपय नहुन पनि सक्छन् तर सौन्दर्य बजारमा तीव्र रूपमा हुर्किरहेको नेपालका लागि यो अति उपयोगी नजिरका रूपमा सावित हुन सक्छ । राज्यको आम्दानीको स्रोत वा राज्यको आर्थिक व्यवस्था राजनीतिक परिवर्तनले मात्र सम्भव हुँदैन, त्यसको सहज व्यवस्थापन र त्यसमा पनि सबैभन्दा ठूलो पाटोमा रहेको विश्वबजारमा व्याप्त सेक्सबजार नै हो भन्ने ठाउँ छ । 
वैज्ञापनिक दुनियाँ, ग्ल्यामरसमा झुमेको विश्वसँग कसैको केही चल्दैन । मान्छे, खरिद गर्न सक्ने सुन्दरतालाई आफ्नो बगँैचामा सजाउन चाहन्छ । त्यसैले पनि बगैँचा लगाउनेहरूको घरअगाडि गुलाब फुल्नुलाई अचम्म मानिदैन । फूलहरू बीचमा किन गुलाबको चर्चा हुन्छ रु सम्भवतः त्यो निकै सुन्दर हुन्छ र त्यसलाई फूलहरूको राजाको रूपमा 
परिभाषित गरिन्छ ।
नेपाली विज्ञापन बजारमा सौन्दयर्ताको बिक्री व्यापक छ । सायद दुनियाँको बजारसँग निरन्तर प्रतिस्पर्धात्मक हुन नसक्ला तर केही हदसम्म भए पनि नेपाली बजारमा सौन्दर्यताको बिक्री बढेको अनुभूत हुन्छ । सौन्दर्यतासँगै कानुनी अडचनमा कायम राखेको सेक्सबजार पनि सानो छैन । बृहत् सेक्सबजारका रूपमा रहेको नेपालमा अहिले पनि सेक्स टुरिज्मको राजनीतिक आवाज निरन्तर उठ्न थालेको छ । 
हो, नेपालको पहिलो उद्योग र निर्यात गर्न सक्ने उत्पादन ऊर्जाको विकास नै हो तर ऊर्जाको विकासमा राजनीतिक इच्छाशक्ति र मुलुकको लगानी व्यापक हुन नसक्दा ऊर्जामा निकै कमजोर बनेको छ, नेपाल । तर, अर्को विशाल उद्योगका रूपमा परिचित बनेको छ, पर्यटन उद्योग । अहिले पनि नेपालमा पर्यटन उद्योग निरन्तर चलायमान छ र पछिल्लो समयमा सेक्स पर्यटनको आवाज उठ्न थालेको छ । सौन्दर्य बजारको आकर्षण पनि सेक्ससँगै जोडिएको हुन्छ तर त्यो पूर्ण होइन, त्यसले अपिलको काम गर्छ तर पूरा सेक्सबजारको व्यवस्थापकीय जिम्मेवारी कानुनी आधारमा राज्यले गर्ने हो भने आम्दानीका प्रचूर सम्भावना देखिन्छन् ।
अतः मुलुकको अर्थतन्त्र वस्तुगत सामग्री र दैनिक उपभोग्य ठोस पदार्थमा मात्र सीमित छैन । मुलुकको अर्थतन्त्र धान्नसक्ने प्रचुर क्षमता अन्य क्षेत्रमा पनि छ । अझ नेपालको तुलनामा पर्यटन नै प्रमुख हो भन्नेमा दुईमत छैन । पर्यटनभित्र पनि सेक्स पर्यटनले व्यापकता पाउन सक्नेमा दुईमत राख्न सकिन्न । विश्वबजारमा प्रकृतिको सुन्दरतासँगै पर्यटनका विविध पाटामा हुने लगानीले अर्थतन्त्रको जग अझ बलियो बनाउने सबैले विश्लेषण गरेकै हुनुपर्छ । उत्तरआधुनिक शैलीमा ढल्किन थालेको नेपाली समाजमा आर्थिक पाटो पनि त्यही समाजको गतिमा दौडाउन सके मुलुक कसो नबन्ला ?

No comments:

Post a Comment