Tuesday, August 19, 2014

प्रेस युनियनमा महाधिवेशनको खहरे, पूर्वाध्यक्ष शर्माले किन भने मिनेन्द्रलाई तोरी लाहुरे ?

मन मुटु र धड्कनमा नेपाली कांग्रेस बोक्नेहरुको जमात कति होला र ? तर यस्ता कांग्रेसहरु पनि काठमाडौंमा छन् जो पदका लागि शक्तिको पछि दौडदैनन् । पत्रकारितामा लामो समय टिकेको मात्र होइन, माउ पार्टी फुट्दा पनि कांग्रेसमा आस्था राख्ने पत्रकारहरुको संगठन अथवा कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनका तत्कालिन अध्यक्ष रहेका मुरारीकुमार शर्मा डगमगाएनन् । पार्टी विभक्त भएपनि युनियन विभक्त भएन, उनले गर्न दिएनन् । तर, यतिवेलाको दृश्य देखेर उनी आफैं छक्क पर्छन् ।
अहिले प्रेस युनियनको महाधिवेशनको खहरे आएको छ । यो खहरे फेरी कतिबेला सुक्ने हो टुंगो छैन । तरपनि खहरेमा झुम्मिने धेरै छन् । यसबीचमा शर्मासँगको संक्षिप्त बुँदा गत कुरा भयो । यसो भने शर्माले । 

–अहिलेको संचारमन्त्री तोरी लाहुरे हुन् । विद्वान तोरी लाहुरे । यस्ताले कसरी पत्रकारको सुरक्षा गर्न सक्छन् ? अहिलेसम्म सञ्चारमन्त्री भएकाहरुको राजनीति मैले राम्रो देखेको छैन । 

–माओवादीलाई पैसा बाँडेर सरकारी जागिरसम्मको व्यवस्था भयो तर प्रजातन्त्रका लागि लडेका, प्रजातन्त्रको पक्षमा वकालत गरेका स्वतन्त्र पत्रकारको अहिलेको अवस्था के छ ? यसमा सञ्चारमन्त्रीको ध्यान जानु पर्छ की पर्दैन ? कुर्सीमा बसेरमात्र हुन्छ ? पत्रकारको उचित व्यवस्थापन उनको काम हो की होइन ? 

–म प्रेस युनियनको चुनावमा अध्यक्षको उम्मेदवारी दिदैछु । त्यसको टिकट लिनका लागि म नेताको घरमा धाउने होइन । कोही नेताले पनि दिने होइन । म देशभरका पत्रकार साथीहरुले दिएको टिकटका आधारमा उठ्नेछु । म स्वतन्त्र पत्रकार हुँ, पार्टीको टिका थाप्ने र नेताको घर धाउनेमा पर्दिन ।

–पत्रकारको सुरक्षा र पेसागत हकहित श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन नसक्ने संचारमन्त्री तोरी लाहुरे हुन् । यो वा ऊ पार्टीको भनेर हेर्ने कुरो हुँदैन, खास कुरो यथार्थको धरातलमा हुन्छ । 
–म पत्रकार हुँ । प्रजातन्त्रवादी हुँ । नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कुनै नेताको चम्चा होइन । त्यसकारण म पत्रकारको हकहितका लागि बोलीरहन्छु । 

Monday, August 18, 2014

१६ दिनको लडाइमा कट्वालका धम्कीमात्रै भेटियो

  • प्लान ए, प्लान बी र प्लान सीले कटुवालको जागिर जोगियो
  • प्रचण्डलाई दाई हजुर भन्ने बनाएछन्
  • राष्ट्रपतिलाई पनि धम्की दिएका थिए, कटुवालले ।
  • कटुवालको फोनले नै १८ दलको मुटु कामेको थियो ।
  • कुलबहादुरले कायममुकायमको चिठि बोकेर आएपछि कटुवालले सोधेका थिए, ओ कामरेड कसलाई सोधेर बालुवाटार गएको ?
  • रामबहादुर थापासँग कति पटक त बाझाबाझै परेछ
  • क्टुवाल प्रधानसेनापति नभएको भए, रक्तपात हुने थियो
  • प्रचण्डको हठ, कटुवालको बलबीच राष्ट्रपतिको रणनीतिक निर्णयले मुलुक बचेको रहेछ ।
  • केपी ओलीका कारण मुलुक बचेको रहेछ । 

कटुवालको आत्मकथा पढेर कसले के के बुझे त्यो उनीहरुको कुरा हो । यो अध्यायको १६ दिनको लडाई भन्ने शिर्षको एपीसोड मुलुक नै हलचल मच्चाउने अध्याय थियो । कटुवालकी श्रीमति उमा, छत्रमानसिंह गुरुङकी श्रीमति कमला, कटुवाल र उनका परिवार, नेपालका राजनीतिक दलहरु, प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री वादल, राष्ट्रपति रामवरण यादवबीच घुमेको यो एपीसोडको एउटा निक्र्यौल निकाल्न सकिन्छ ।
धम्की सवै कडा स्वरमा दिइँदैन । धम्की दिने तरिका निक्कै फरक हुन्छ । अझ नेपाली सेनाका जर्नेलको धम्कीको पारा नै अर्को हुन्छ । प्लान ए, प्लान बी र प्लान सी गरी तीन चरणका प्लान तयार गरी रुक्माङ्गत कटुवालले आफ्नो अवधि टिकाएका थिए । त्यो खास योजना माओवादीको मिसन प्रधानसेनापतिको विरुद्धमा थियो । पुरै सेनालाई माओवादी गुरिल्ला बनाउने योजनामा प्रचण्डले रचेको चक्रव्युह तोड्नका लागि कटुवालले अनेक प्रकारका तिकडमबाजी र गेम खेलेर जित हासिल गरेछन् । अन्ततः प्रचण्डले नौ महिनामा नै प्रधानमन्त्रीको पदबाट तुहिनु पर्यो । केही संक्षिप्त र इन्ट्रेस्टिङ विषय तल पढ्नुहोस ।
0000000000000

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले राष्ट्रपति रामवरण यादवलाई धम्कीपूर्ण सन्देश पठाएर आफ्नो थमौति गर्न सफल भएका थिए ।
त्यसो नभए सैनिक ‘कू’ कै तयारी गरिसकेका कटुवालले आधा घन्टा ढिलो गरी शितलनिवासको पत्र पाएको भए मुलुकमा सैनिक ‘कू’ गर्ने थिए । प्रधानसेनापति प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको निर्णयको सहमति÷असहमतिका लागि शितलनिवासमा २० वैशाख २०६६ मा बसेको १८ दलको वैठक निर्णयमा पुग्न सकेको थिएन ।
माओवादी बाहेकको त्यो वैठकमा दलहरु प्रधानसेनापति प्रकरणबारे विभाजित थिए । कोही प्रधानमन्त्रीको निर्णय सही भनिरहेका थिए भने कोही गलत भनेर विवाद गरिरहेका थिए । यता, कायममुकायम प्रधानसेनापतिको पत्र पाइसकेका कुलबहादुर खड्का बाहेकका पाँचै पृतनाका तत्कालिन पृतनापतिसहितका जर्नेलहरुसँग कटुवाल राष्ट्रपति कार्यालयमा भएको वैठकको निर्णयको पर्खाइमा थिए । यति गरिरहँदा देशैभरी सैनिकलाई उनले हाईएलर्टमा बस्न निर्देशन दिएका थिए । दलहरुको वैठकले कटुवाल र विवादमा तानिएका खड्का दुवैलाई अवकास दिएर मध्यमार्गी निर्णय गरी तत्कालिन प्रधानमन्त्री प्रचण्डको फेस सेभिङको प्रयत्न गरेको थियो । उक्त निर्णयबारे कटुवाललाई जानकारी भएको थियो । तर, उनले त्यो निर्णय पनि स्वीकार गरेका थिएनन् । उनले आफ्नो आत्मकथामै लेखेका छन्,‘मेरो र कुलबहादुरको अवकासको कुरा प्रचण्डको फेस सेभिङका लागि ल्याइएको भन्ने बुझेको थिएँ । राष्ट्रपति कार्यालयबाट यस्तो सुचना पाएपछि मैले त्यो कुनै एक्सन नै भएन भन्ने जवाफ पठाएर थमौतिका लागि पर्खिएको थिएँ ।’
राष्ट्रपति कार्यालयमा भएको छलफलमा अर्को निचोड के पनि आएको थियो भने अदालतमा सरकार विरुद्ध जाने । तर, यो सुझावलाई पनि कटुवालले ठाडै अस्वीकार गरेका थिए । यस्ता अनेक मध्यमार्गी बाटो आउन थालेपछि १२ बजेसम्म पद कायम रहेका कटुवालले निष्कर्ष ननिस्कने ठानेपछि सेना परिचालनका लागि निर्देशन दिने तयारी गरे । त्यसअघि नै राष्ट्रपतिका सल्लाहकारलाई टेलिफोनमा धम्कीपूर्ण शैलीमा भनिदिएका थिए,‘माइ लेजिटिमेसी फिनिसेस बाई ट्वेल्भ ओ क्लक एट नाइट, वी आर नट गोइङ टु सरेन्डर, नो वे, आइडन्ट वान्ट टु डु एनीथिङ अनप्लिजन्ट माइसेल्फ (मेरो वैधानिकता १२ बजे सकिँदैछ, हामी आत्मसमर्पण गर्दैनौं, म आफ्नो तर्फबाट कुनै अप्रिय कार्य गर्न नपरोस भन्ने चहान्छु)।’
कटवालको यो धम्कीपूर्ण जवाफ पुगेपछि दलहरुको वैठकले कटवाललाई थमौति गर्नुपर्ने निर्णय गरेको थियो । राष्ट्रपति रामवरण यादवले कटवाललाई फोन गरेर पत्र पठाउनै पर्ने भनेर पनि सोधेका थिए । उनले पत्रविना नहुने बताएपछि राष्ट्रपति कार्यालयले साढे ११ बजे राती कटवाललाई थमौतिपत्र फ्याक्समार्फत पठाएका थिए । र सोही पत्र कटवालले तयारी अवस्थामा राखेका सवै पृतनाहरु र सैनिक गण र गृुल्ममा पठाएका कारण रोकिएको थियो, सैनिक ‘कू’ र रक्तपात ।
यो प्रकरणअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डले कटुवाललाई हटाउनका लागि उनीसँग दुईपटक सल्लाह गरेका थिए । बालुवाटारमा डाकेर कटुवाललाई छाड्दिन आग्रह गरेका थिए । तर, आफु कुनै पनि हालतमा नछाड्ने भनेर फर्किएको पुस्तकमा कट्वालले दाबी गरेका छन् । त्यसपछि पनि प्रचण्डले फेरि डाकेर उनलाई अमेरिका, फ्रान्सलगायतका देशको राजदुत, सुरक्षा सल्लाहकार बनाउने प्रलोभन पनि देखाएका थिए । तर, आफुले त्यो पनि स्वीकार नगरेको कटुवालको दाबी छ । कटुवालका अनुसार प्रचण्डले एक पटक उनलाई धम्क्याएको र अर्को पटक फकाएका थिए । सो क्रममा प्रचण्डले उनलाई दाई भनेर पनि बारम्बार सम्बोधन गरेको कटुवालले उल्लेख गरेका छन् । कटुवाल प्रधानसेनापति पद नछाड्का लागि जोसँग जस्तो भिडन्त गर्न पनि तयार थिए । उनले माओवादीसँगको त्यो राजनीतिक लडाई वार कि पार गर्ने तयारी गरेको उल्लेख गरेका छन् । 
00000
एकीकृत नेकपा माओवादीका नेता तथा तत्कालिन सञ्चारमन्त्री कृष्णबहादुर महराले क्याविनेटमा भएको निर्णयबारे कटुवाललाई जानकारी दिने गर्दथे । उनले एक माओवादी शुभचिन्तक मन्त्री भनी पुस्तकमा धेरै ठाउँमा उल्लेख गरेका पात्र महरा नै थिए । ‘१६ दिनको लडाँई’ शिर्षको च्याप्टरमा उनले एक ठाउँ महराको नाम उल्लेख गरेका छन् । महराले उनलाई भनेका रहेछन्– हामी फेर्न चहाँदैनौं तर नेतृत्वको निर्णय के गर्ने ? भनी फोन गरेका थिए । कटवालको सम्बन्ध तत्कालिन रक्षामन्त्री तथा अहिले नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलसँग पनि राम्रो सम्बन्ध थिएन ।
माओवादीले उनलाई दिन लागेको अवकासका बारेमा पनि एक शुभचिन्तक माओवादी मन्त्रीले उनलाई जानकारी दिइसकेका थिए । त्यसपछि उनले गिरीजाप्रसाद कोइराला र राष्ट्रपतिलाई फोन गरेर बारम्बार भनेका थिए– कुनै हालतमा सरेन्डर हुनेछैन ।
00000
बालुवाटारबाट कटुवाललाई अवकास दिएर प्रचण्डले कुलबहादुर खड्कालाई कायममुकायमको थमौति दिएका थिए । सोही थमौति बोकेर सैनिक मुख्यालय पुगको कुलबहादुरलाई कटुवालले जर्नेलहरुको वैठकमा थर्काएका थिए । सो क्रममा उनले कुलबहादुरलाई ‘ओ कमरेड कसको आदेशमा बालुवाटार गएको ?’ भनेर पनि सोधेका थिए । रक्षामन्त्रीको आदेशमा गएको जवाफ कुलबहादुरले दिएका थिए । रक्षामन्त्रीले बारम्बार फोन गरेपछि कटुवालले नै बोलाएको भनेर आफु त्यहाँ गएको जवाफ कुलबहादुरले दिएका थिए । तर, कुलबहादुरलाई हप्काउँदै कटुवालले भने,‘अझ फटाहा कुरा गर्ने ?’

Friday, August 15, 2014

चिभास पिएपछि आर्जुलाई लाग्यो होला, जड्याहा जर्नेल !


खासमा प्रधानमन्त्री देउवासँग मलाई परिचित गराएको सुरक्षा परिषदले नै हो । म दिनमा एकपटक प्रधानमन्त्रीसँग भेट्ने वा ब्रिफिङ गर्ने मौका पाउँथेँ । यही क्रममा उहाँ मेरो कामबाट प्रभावित हुनुभएको थियो ।
प्रधानमन्त्रीको अडानले बल्लतल्ल अमेरिका त पुगियो, तर राष्ट्रपति बुस र राष्ट्रसंघका महासचिवसँगको भेटमा मलाई राखिएको रहेनछ । परराष्ट्रका सम्बन्धित व्यक्तिले मेरो नाम हटाएको जानकारी पाएँ । बुससँग भेट्ने मौका छुटाउने पक्षमा म थिइनँ । गइसकेपछि केही नबोली मुन्टोमात्र हल्लाएर फर्कने स्वभावको पनि परिनँ । मौका परे केही न केही कुरा राखौंला भन्ने थियो ।
मेरो हुटहुटी देउवापत्नी आरजुले थाहा पाइसक्नुभएको थियो ।
‘विषयवस्तुको ज्ञान र छलफल गर्ने सीप हेर्दा कटवाल जर्सापलाई लान उपयुक्त होला,’ उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
‘म जहाँ जहाँ जान्छु जर्साप सँगै जानुहुन्छ,’ प्रधानमन्त्रीले टुंगो लगाइदिनुभयो ।
वासिङटनको कार्यक्रम सकेर हामी न्युयोर्क गयौं । न्युयोर्कस्थित ट्विन टावरमा आतंककारी हमला भएको केही महिना मात्र भएको थियो । सुरक्षा जाँच निकै कडा थियो ।
मेरो ब्रिफकेसबाट एउटा नेल कटर पनि बरामद भयो । त्यो बोकेर जहाज चढ्ने अनुमति रहेनछ । सेक्युरिटीले मलाई देखाएरै त्यसलाई टुक्रा–टुक्रा पार्‍यो ।
बेलुकी न्युयोर्कको नेपाली स्थायी नियोगमा डिनर भयो । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल, सांसद र नियोगका कर्मचारी भोजमा सामेल थिए । वासिङटनमा राष्ट्रपति बुससँगको भेटले प्रधानमन्त्री उत्साहित हुनुहुन्थ्यो । मेरो पहलमा पेन्टागन अधिकारीसँग भएको सकारात्मक कुराकानीले पनि उहाँ खुसी हुनुभएको थियो ।
डिनरमा मदिरा खुलिहाल्यो । सबैले चियर्स गर्नुभयो । म अलिकति तर्किएर बसेँ ।
‘जर्साप, एक पेग लिए हुन्छ नि १’ प्रधानमन्त्रीले अफर गर्नुभयो ।
मैले अघिपछि उहाँको अगाडि ड्रिंक नलिएकाले उहाँ ‘एक पेग’ भनिरहनुभएको थियो ।
‘थ्यांक यु सर,’ म अनकनाएँ, ‘टुरभरि नखाने विचार गरेको छु ।’
उहाँले फेरि अफर गर्नुभयो । नाइँ भन्न पनि नमिल्ने, पिउन पनि उचित नलागिरहेको अवस्था आयो ।
‘हजुरको भ्रमण सफल पारौं, काठमाडौं गएर मस्तले खाऊँला नि,’ मैले भनें ।
त्यही माहोलमा संयुक्त राष्ट्रसंघीय महासचिव कोफी अनानसँगको भेट प्रसंग निस्कियो । अनानसँगको भेटमा पनि मेरो नाम छुटाइएको रहेछ ।
प्रधानमन्त्रीले तुरुन्त आदेश दिइहाल्नुभयो, ‘जर्सापको नाम किन छुटाएको रु तुरुन्त हाल्नुस् ।’
अनानसँगको भेटमा म पछिल्लो लहरमा बसेको थिएँ । सामान्य शिष्टाचारपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘माई जेनरल विल ब्रिफ यु ।’
प्रधानमन्त्रीको आदेशअनुसार मैले तीन–चार मिनेट कुरा राखेँ । त्यसमा नेपालको माओवादी आतंक र सुरक्षाका विषयवस्तु नै थिए ।
हाम्रो प्रतिनिधिमण्डल अमेरिकाबाट बेलायत फर्कियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेपछि देउवा झन् खुसी हुनुभयो । ब्लेयरसँग पनि अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध एकजुट भएर लाग्ने कुरा भयो । नेपाल पनि आतंकवादको चपेटामा परेको कुरा प्रधानमन्त्री देउवाले राख्नुभयो ।
बिबिसीले प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिन खोज्यो । उहाँले तुरुन्त दिनुभएन । के के बोल्ने सल्लाह गरेर मात्र उहाँ अन्तर्वार्ताका लागि तयार हुनुभयो ।
प्रतिनिधिमण्डलसँगको सरसल्लाहअनुसार देउवाले एकदम राम्रो बोल्नुभयो ।
त्यही साँझ प्रधानमन्त्रीबाट मलाई बोलावट भयो । सिभिल पहिरनमै गएँ ।
देउवा दम्पतीमात्र बसेको सुइटमा भित्र डाक्नुभयो ।
‘जर्साप राज होस्,’ म्याडमले भन्नुभो ।
‘तपाईंलाई अहिलेसम्म मैले केही सोधिनँ । खर्चबर्च के कसो थियो रु’ प्रधानमन्त्रीले सोध्नुभयो ।
मैले कुरा बुझिहालेँ, तुरुन्त जवाफ दिएँ, ‘प्रशस्त छ, थ्यांक यु हजुर ।’
उहाँले मलाई पैसाबारे सोध्नु अचम्म मान्नुपर्ने कुरा होइन । प्रधानमन्त्रीका प्रतिनिधिमण्डलमा तीन–चार जना सांसद थिए । उनीहरूलाई दिइरहन उहाँले गोजीबाट फुत्तफुत्त डलर झिकेको देख्थेँ ।
लामो भ्रमण क्रममा प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गर्ने अवसर मिल्यो । हामी दुईजनै घरव्यवहार, सिनेमा वा कथा–कविताको समीक्षामा समय बिताउने खालका थिएनौं । हाम्रो अनौपचारिक कुरा पनि आतंककारी गतिविधि, द्वन्द्व, सुरक्षा कारबाही आदिमै केन्द्रित हुन्थ्यो । मुलुकको कार्यकारी प्रमुख त्यो पनि जननिर्वाचितसँग आफ्नो कुरा राख्न पाउनु मेरा लागि मौका थियो ।
मैले सेनाबारे जानेबुझेसम्म प्रधानमन्त्रीलाई प्रस्ट पार्न पाएँ । देउवा सेना, राजसंस्था र प्रजातान्त्रिक पद्धतिका समर्थक हुनुहुन्थ्यो ।
अमेरिका भ्रमणबाट फर्केपछि एक दिन बालुवाटारबाट निम्तो आयो । आरजु म्याडम आफैंले निम्तो दिनुभयो । बेलुका ७ बजेतिर म पुगें । को को निम्तालु छन् मलाई थाहा थिएन । अरू भिआइपीसँग मिसिन पाउने भएँ भनेर खुसी नै थिएँ ।
म पुग्दा प्रधानमन्त्री सिंहदरबारबाट आइसक्नुभएको थिएन । मलाई बैठक कोठामा लगिएन । सरासर माथिको प्राइभेट रूममा लगियो ।
एकैछिनमा प्रधानमन्त्री आइपुग्नुभयो । म एउटा सिपाही, बल्लतल्ल विशिष्ट श्रेणीमा उक्लेको अधिकृत । निम्तालु त म मात्र रहेछु । प्रधानमन्त्री, आरजु म्याडम र म ।
सिभाज रिगलको बोतल फोरियो । अनेक टिटबिट्स र ह्विस्कीको चुस्कीमा गफ गर्दागर्दै चार घन्टा बितेको पत्तै भएन । उहाँको गफिने मुड भने सकिएको थिएन ।
आरजु म्याडमलाई ‘यो जर्नेल पनि जड्याहा नै रहेछ’ भन्ने पर्‍यो होला । 

रुक्मांगत कटुवालको आत्मकथा

Thursday, August 14, 2014

रुक्माङगतले माओवादीको दोहोलो काडेछन्, दाजु भन्दै प्रचण्डले सत्ता छाडेछन्


रुक्माङगत कटुवाल बडो चर्चित नाम भयो । नेपाली सेनाको इतिहाँसमा यो एउटा इतिवृत्ति हो की कटवालका कारणले प्रधानमन्त्री रहेका एमाओवादी अध्यक्ष प्रचण्डले सत्ता छाड्न परेको थियो । उनले सेनामा चलखेल गर्ने नियत राखेपछि सत्ताबाट हात धुन परेको थियो । कटवाललाई दाजु भनी सम्बोधन गर्ने प्रचण्डबारे उनले पुस्तकमा निक्कै लेखेका छन् । तर, यो अंश पढौं । 

'राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?'




स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो।

राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।

मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।

मलाई त्यस्तै भइरहेको थियो ।

म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्‍याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झ्एिँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।

उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।

एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।

मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।

‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’

मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।

‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।

९ठिक छ म समय मिलाउँछु ।०

मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।

एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा ९सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै० र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।

‘हिज मेजेस्टी इज वेटिङ ९महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ०,’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’

मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।

‘ड्रिङ्क के गरौं रु’ मैले सोधेँ ।

‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।

मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।

हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।

छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।


राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि रु’

‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।

‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’

राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।

म हेरेको हेर्‍यै भएँ ।

त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११(१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।

मैले तनक्क तन्केर स्यालुट गरेँ ।

राजाले मतरि हेर्दै हेर्नुभएन ।

।।।

माओवादीले बुटवल हाने ।

हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।

बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।

‘बुटवलमा के भएको रहेछ रु’ राजाबाट जिज्ञासा भयो ।

‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।

‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।

‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।

९मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।०

त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।

एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।

‘अठार सालमा हामीले अत ९अराष्ट्रिय तत्व० लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ रु’

९अहिले तिमीहरू के गरिरहेका छौ रु०

मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।

सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ रु’

हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।

‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।

भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।

‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।

‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।

‘मलेसियामा जर्नेलले जे निर्णय गर्‍यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो रु’

त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।

‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप रु’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने रु धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी ९पुस्तिका० पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ रु’

राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।

भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।

मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।

राजा बाहिरिएपछि सबै जर्‍याकजुरुक उठे ।

माहौल बिथोलियो ।

मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।

‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’

मलाई त झ्नै झेक चल्यो ।

भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ रु’

९कट्वालको आत्मवृत्तान्तबाट०

Wednesday, August 13, 2014

त्रेता युगको काण्डमा मेनका नाचिन्, सत्ययुगीन् चरी काण्डमा खुश्वु किन हाँसिन् ?

दुनियाँका सानादेखि ठूला युद्धसम्मका कारण तत्व स्त्री नै भए । स्त्रीलम्पट शासक र व्यक्तिका कारण दुनियाँले सुख पाउन सकेन । अझ नेपालमा भएका विभिन्न हत्कण्डा र हत्याकाण्डहरुको मुख्य कारण स्त्री नै भए । कोतपर्व निम्तियो, रानी राज्यलक्ष्मीले गगन सिंहसँगको भोगसम्बन्धको कल्पना यथार्थमा पाउन नसक्दा । त्यसपछि त कति हो कति काण्ड । हुन त पूर्वीय संस्कृति र धर्मको कुरा गर्ने हो भने ग्रन्थहरु पनि कम छैनन् । सतीका कारणले महादेव पागल भएर नरसंहारमा उत्रिनु पनि एउटा कारण थियो । छल कपट र भोग उही संस्कृतिबाट नेपाली समाजमा अहिले पनि उन्माद भइरहेको छ ।
पछिल्लो पटक डन चरी हत्याकाण्डको हत्कण्डासँग उत्रिएका छन्, केही काण्डहरु । भोगी देखि योगीसम्म बनाउने कामका प्रमुख कारकतत्व नै स्त्री बनेका छन् । बदनाम, गुमनाम र बेनाम खुश्वु ओली यतिबेला मिडियामा छाएकी छिन् । छाउनुको कारण– चरि इन्काउन्टर प्रकरण हो । आँखाभरी उन्मुक्त र प्रभावकारी बोली लिएर ओली ऋषि धमलाको थाकथलो रिपोर्टर्स क्लवदेखि अनलाइन र पत्रिकाहरुमा खुवै छाएकी छन् । तर उनको अनुहारमा अहिले पनि मलिन्द्रता वा दुख छैन । बरु, उनी मिडियामा छाएर हिट हुने क्रममा छिन् । अव कता फिट हुन्छिन् थाहा छैन, तर खुश्वुले चरी काण्डमा मुख खोल्दा र बोल्दा धेरै बोल्नेहरुका कथा बाहिर आएका छन् । उनकै चारित्रिक काण्डपनि बाहिर आइरहेको छ ।

पढौं, उनका पूर्वप्रेमी भनिएका अर्पण कोइरालाको अन्तवार्ता  । 

 


''मेरो घरमा पनि खुश्बु र म गएर बस्थ्यौं । मेरो घरमा ड्याडी र ममी मात्र हुनुहुन्छ । बिहे नगरेको केटीलाई सधै उतै राख्दा घरमा अलि अप्ठेरो मान्न थालेका कारण म र खुश्बुजी संगै बसेका हौं ।''


चरीले खुश्बुलाई भाउजु भनेर सम्बोधन गर्दथ्यो
 
खुश्बुले चरीको मृत्यु प्रकरणमा तपाईंमाथि दोष लगाएकी छन् त ?
– मैले पनि सञ्चारमाध्यमबाट थाहा पाए दिनेशको मृत्यु भएको कुरा । साथीहरुले पनि फोन गरेर दिनेशको मृत्यु भएको बताएका थिए । मैले यो दिन आउंछ भनेर कहिल्यै पनि सोचेको थिइन् । दिनेशको मृत्युमा म दुःखी छु । उसले मलाई मार्छु भन्थ्यो, फोनमा मैलेपनि जे मुखमा आयो त्यो भन्थे, यो दुबैतिरबाट चलिरहेको थियो । राधे भण्डारीको मुद्दामा जेलसम्म हाल्नु पर्छ भनेको चांहि हो । म त्यस्तो खुवी भएको को मान्छे हुं र राज्य लगाएर दिनेशको इन्काउन्टर गराउन सक्ने रु यो खुश्बुजीको आक्रोश मात्र हो ।
तपार्इं र कुमुद ढुंगेलको प्रेम प्रस्ताबलाई खुश्बुले अस्वीकार गरेका कारण दिनेशको हत्या भएको आरोप लगाएकी छन् नि ?
– यो हा“स्यास्पद कुरा हो, यसमा कुनै दम छैन । सारा काठमाडौंलाई थाहा छ खुश्बु मेरो गर्लफ्रेन्ड हो भनेर । गर्लफ्रेन्डलाई प्रस्ताब राख्नुपर्ने कुरा नै आउंदैन् । कुरा आयो कुमुद दाइको, उहा“लाई खुश्बु मेरो गर्लफ्रेन्ड हो भन्ने राम्रोसंग थाहा छ । अनि उहांले कसरी प्रस्ताब राख्नु हुन्छ । नचांहिदो आरोप मात्र हो । यी सबै वकवास मात्र हुन् ।
तपार्इं खुश्बुको राम्रो साथी र तपार्इंसग पारिवारीक सम्बन्ध मात्र हो भनेर खुश्बुले भनिरहेकी छन्, अलि कन्प्mयूज भयो नि ?
– हो म खुश्बुको राम्रो साथी हो । उहांसंग मैले नेपाल र बेलायतमा गरी ८ वर्ष संगै विताए । उहा“ र मेरो सम्बन्ध के थियो भन्ने कुरा उहा“ र मलाई चिन्ने सबैलाई थाहा छ । मैले भनिरहन जरुरी छ जस्तो लाग्दैन । ६ बर्ष बेलायतमा एउटै घरमा स“गै बस्ने ब्यक्तिको सम्बन्ध के हुन सक्छ सबैले अनुमान गर्ने कुरा हो ।
तपार्इं उहांसंग कसरी ८ बर्ष बस्नु भयो त ?
– म खुश्बुको घरमा बसेको होइन । उहा“ र म एउटै घरमा चांहि बसको हो । किनकी हामी एक अर्का बिना एक छिन पनि भिन्न बस्न सक्ने थिएनौं । यसको मतलब म सधै खुश्बुजीकै घरमा बसेको भनेको चांहि होइन । मेरो घरमा पनि खुश्बु र म गएर बस्थ्यौं । मेरो घरमा ड्याडी र ममी मात्र हुनुहुन्छ । बिहे नगरेको केटीलाई सधै उतै राख्दा घरमा अलि अप्ठेरो मान्न थालेका कारण म र खुश्बुजी संगै बसेका हौं । उहांको घरमा दाजु, भाउजु, माता, पिता र दाजुहरुको साथीहरु आइरहने हुंदा एक जना नयां ब्यक्ति बस्दा कसैलाई मतलब नहुने रहेछ, त्यसैले म खुश्बुको घरमा बसेको हो । नेपालमा हुंदा धेरै उहांकै घरमा बसियो ।
तपार्इं खुश्बुसंग बेलायतमा ६ बर्ष संगै बस्नुको कारण के हो ?
– उहा“लाई बेलायत लगेकै मैले हो । भिषा प्रोसेसिङदेखि सम्पूर्ण काम मैले नै गरेको हुं । बेलायतमा मेरो अपान्र्टमेन्ट थियो, जहा“ हामी संगै बस्यौं । अक्सफोर्ड यूनिभर्सिटीमा उनी पढ्दा लाग्ने खर्चदेखि सम्पूर्ण खर्च नै मैले व्यहोरेको हुं ।
खुश्बुले त घर जग्गा बेचेको डेढ करोड रुपैया“ले अक्सफोर्ड युनिभर्सिटीमा पढेको बताउनु भएको छ त ?
– ल ठिक छ, उहा“ले घर बेचेको डेढ करोड रुपैया“ले बेलायतमा पढ्नु भएको रहेछ । उहांको डेढ करोडमध्ये दाजुको विवाहमा ६० देखि ७० लाख खर्च भएको सारा काठमाडौंलाई थाहा छ । ६ बर्षको अबधिमा उहां नेपाल ५० पटक आउने र जाने गर्नु भएको छ, त्यो पनि स्पेशल सिटमा । जसको नेपाली मुल्य एक पटक कै नौं लाख पर्न जान्छ । बेलायतमा काम नगरिकन एक दिनपनि टिक्न सकिदैन । खुश्बुजी छ बर्षसम्म कुनैपनि काम नगरी त्यहां बस्दा उहांको घर बेचेको डेढ करोड रुपैयांले पुग्छ होला त रु त्यो पनि हाई प्रोफाईलमा । अनि कलेजको ट्युसन फि, उहा“को माता पितालाई स्वीट्जरल्याण्डलगायत युरोपका ८ मुलक र मलेशिया, सिङ्गापुर, दुवई जस्ता देशहरुमा पनि त्यही घर बेचेको डेढ करोडले घुम्न पुग्यो होला रु तपाई आपैm अनुमान लगाउन सक्नु हुन्छ । यी त देखिने खर्चमात्र भए । यस्ता धेरै खर्च छन्, जुन खुश्बुजीको घर जग्गा बेचेको डेढ करोडले पुग्यो होला ?
० तपाईको भनाई अनुसार खुश्बुको सम्पूर्ण कलेज खर्च देखि हाई प्रोफाईल जीवन जीउन तपाईंले नै खर्च गर्नु भयो । कति खर्च गर्नु भयो त अहिलेसम्म
?
– म मायामा विश्वास राख्दछु । जिन्दगी यसरी जीउनु की अरुलाई पनि जीवन दिन सकियोेस भन्दा भन्दै म कहिल्यै पनि थाकिन । त्यो व्यक्ति म नै थिए, मेरो सामाजिक कामबाट धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पाइरहेका छन् । खाएको म भन्दिन, हाम्रो भविष्य राम्रो हुन्छ भनेर मैले उहांलाई खुसी–खुसी खर्च गरको हुं ।
० तपाईंको पैसामा अक्सफोर्ड यूनिभर्सिटीबाट शिक्षा हांसिल गरेकी शिक्षित खुश्बुले चरी इन्काउन्टर काण्डमा तपाईंलाई नै मुछ्नुको कारण के हो त
?
– मैले अघिपनि भनिसके, यो दिन देख्छु भनेर मलै कहिल्यै सोचेको थिइन । म यो बिषयमा संलग्न छु भन्ने कुराले मलाई नै अचम्ममा पारेको छ । किन र के को लागि खुश्बुजी ले मलाई यो आरोप लगाउदै हुनुहुन्छ मैले बुभ्mन सकेको छैन् ।
० आठ बर्षको सम्बन्धमा कसरी दरार उत्पन्न भयो त
?
– म मेरा परिवार, साथीहरु, एक मायालुसंग आनन्दको जिन्दगी बिताइरहेको थिए । व्यापारको शिलशिलामा भारत गएको थिए । हामीबीच दुबैजनाको सहमतिमा एक अर्कोको फेसबुक खोल्ने गथ्र्यौं । एक दिन खुश्बुको फेसबुक खोलेर हेर्दा उहांले निकट मित्रलाई लेखेको म्यासेजमा ‘मेरो जीवनको आठ बर्ष मैले डम्ब ब्यक्तिसंग बिताएर खेर फाले, म अहिले दिनेश अधिकारीस“ग मनोरञ्जनात्मक जीवन बिताइरहेको छु । उहां एकदम कुल हुनहुन्छ । हाम्रो माया हावाको रुपमा आकाशमा उडीरहेको छ ।’ लेख्नुभएको रहेछ । यो पढेपछि मैले खुश्बुजीलाई गाली गरे । जीवनको पहिले गाली थियो मेरो उहा“प्रति । त्यही बेलामा दिनेशले पनि फोन ग¥यो मैले त्यसलाई पनि गाली गरे । त्यहा“बाट नै दिनेशले मलाई मार्छु भन्दै हिडेको हो । यही कारणले हामी बीचको सम्बन्धमा दरार उत्पन भएको हो ।
० तपार्इंकी शिक्षित प्रेमिकाले एक डनसग कसरी सम्बन्ध गासिन त
?
– दिनेशले खुश्बुलाई भाउजु भनेर सम्बोधन गर्दथ्यो । हाम्रो समाजमा भाउजु भनेको आमाको दोस्रो रुप हो । मलाई पनि दाजु भनेर माया गथ्र्यो । संसारमा तपाईं जस्तो मान्छे पनि हुंदो रहेछ भनेर पटक–पटक भन्ने गर्दथ्यो । दाई रमाईलो गर्न जाउ भन्थ्यो । उसले मलाई केटी साथीहरुसंग पनि भेटाउने गर्दथ्यो । त्यतिखेर उ एकछिन बाहिर गएर आउ“छु भन्दै दाई त बिग्रनु भएछ, फलानो होटलमा केटीस“ग छ भन्दै खुश्बुलाई नै पठाउने गर्ने रहेछ । त्यस्तो धेरै पटक ग¥यो । जुन कुरा मैले पछि मात्र थाहा पाए । अनि मसंग कारोबार गरेका व्यक्तिहरुलाई ‘अर्पण चोर हो त्यसले पैसा दिंदैन त्यसको केटीलाई अफिसमा गएर किचकिच ग¥यो भने मात्र पैसा आउछ’ भनेर भड्काउदै गुण्डाहरु पठाउने रहेछ । कतिसम्म भने त्यति गरेर पनि नभई आफूपनि कतैबाट पुगेको जस्तो नाटक गरी केटी मान्छेलाई दुःख दिने होे, अर्पणसंगै हिसाब किताब गर भन्दै गाली गरेको नाटक गरेर खुश्बुको मन पगाल्ने रहेछ । अहिले म यो कुरा थाहा पाउंदै छु ।
चरीका कारण खुश्बुलाई गुमाउनु भयो, खुश्बुको कारण के–के गुमाउनु भयो त ?
– मैले खुश्बुलाई गुमाएको होइन् । खुश्बुस“गको ८ बर्षको यात्रामा धेरै कुरा सिकेको छु । एक दिन जिन्दगी नै गुमाउनु पर्छ । अरु त फिर्ता हुनपनि सक्छ तर जिन्दगी कहिल्यै फिर्ता हुंदैन । गुमाउन त मैले ८ बर्षको अबधीमा मेरो मनपर्ने काम पनि गुमाए, मेरो एनजिओ र मेरो टीम नै दुनिया“ थियो मेरा लागि । मैले जसका लागि काम गरे उनीहरुको लागि खुशी र हांसो मात्र दिई । मैले अर्पणको अर्थ अरुलाई ‘दिनु हो’ भन्ने कुरा सानै देखि बुझेको थिए“ । त्यही भएर होला सायद म दिंदा दिंदा कहिल्यै थाकिन । दिएर पाउने खुसीले मलाई यति खुसी बनाउ“छ कि त्यो खुसी संसारको सबै सम्पत्तिस“ग पनि दाज्न सक्दिन ।
० अर्को कुरा, तपार्ईंलाई त खुश्बुले लागूऔषधको कुलतबाट बचाएर नया जिन्दगी दिएको कुरा सञ्चारमाध्यममा आइरहेका छन्
?  
– यो सब वकवास हो । खुश्बुजीलाई भेट्दा म कुलतबाट निस्किसकेको थिए । म सन् २००५ देखि २००६ सम्म एक बर्ष भूपू एसएसपी बसन्तराज कुंवरको नार्कोनन नेपालमा बसेर कुलतबाट उन्मुत्ति भई ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिने गरेको थिए । त्यहि शिलशिलामा राष्ट्रिय सभागृहमा ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिन जा“दा खुश्बुजीस“ग भेटघाट र चिनजान भएको हो । उहां त्यतिखेर मिस टिनपनि हुनु भएको थिएन । त्यहां उप्रान्त मेरो शरिरमा लागूऔषधको कुनैपनि नशा परेका छैनन् । यो कुुरा बसन्त सरलाई पनि थाहा छ । खुश्बुजीले बजारमा मलाई सुधारेको हल्ला पिटाई रहनु भएको छ । यो सब झुटको खेती मात्र हो ।
० खुश्बुसंगको सम्बन्ध कसरी गहिरिन पुग्यो त रु
– सभागृहमा भेटसंगै उहां र मबीच फोन आदन–प्रदान भयो । खुश्बुजीले मलाई पनि समाजसेवा गर्न मन छ भनेर भन्ने गर्नुहुन्थ्यो । यस्तै गफ हुंदै जांदा सम्बन्ध गहिरो हुंदै गयो ।
सेल्टर नामको सामाजिक संस्था कसको हो त ?
– यो मेरो ड्याडीले सुरु गरेको संस्था हो । ड्याडीको दुर्घटनापछि यसको अध्यक्ष म थिए । पछि खुश्बुजीले काम गर्न मन गरेपछि उहांलाई छोडिदिएको हुं ।
अन्तमा केहि भन्नु हुन्छ ?
– मेरो सोच कहिल्यै उहा“को बदनामी गर्नु थिएन् । तर सहन धेरै गाह्रो हुंदो रहेछ । खुश्बुजीलाई आफू सहि भन्न त्यति सजिलो छैन । उहांकै माता पितालाई पनि सायद खुश्बुजीले म प्रति गरेको व्यवहार ठिक लागेको छैन होला । किनकी उहा“हरुको आंखामा सधै मप्रति माया थियो । तर यस्तो बेलामा खुश्बु सहि साबित हुन अर्पण गलत हुनु उचित होला ? त्यसैले आठ वर्ष अर्पण कोइराला जुन घरमा भगवान भएर बस्यो आज आठ मिनेटमा नै उसलाई राक्षस भन्दा तल पु¥याइएको छ । यो सब कुरा चरीसंगको मिलेमतोमा भइरहेको थियो ।

अन्तवार्ता अपराधखबरडटकम बाट लिइएको हो ।

सेक्स भनेको पानी हो, चुरोट पिएजस्तो बानी हो


सहानाको पक्षमा आप्का हाउसको साथ, फ्रन्टपेजमा खण्डन छाप्ने आँट ?

‘जो सेक्सविना बाँच्छ, ती आत्मरितमा रमाउनेहरु हुन्’, कामसुत्र यसो भन्छ,‘खाना थालमा खाइन्छ, पानी धारामा पिइन्छ तर सेक्स जहाँ भेटियो त्यहिँ गरिन्छ ।’ कामसुत्रका अनेक परिभाषाहरु छन् । सेक्सका पूर्वीय संस्कृतिको बारेमा वैज्ञानिक तर्कहरु पनि छन् । सायद, सहाना बज्राचार्य र सुरज गिरीको सवालमा पनि कामसुत्रको तर्क प्रभावकारी होला । हुन त अमेरिक अभिनेता स्टिभ मार्टिनले पनि भनेका छन्– सेक्स किनेर खान पाइने स्वादिष्ट चिज हो । अनि, सहाना र सुरजका लागि फ्रिको दालभात तरकारि खाँदा कसको टाउको किन दुख्नु ? तर कुरो आयो गाडीको । त्यहाँमाथि चितवनको । प्रहरीले नभेटेको भए त एउटा कुरो हुन्थ्यो, भेटेर कान्तिपुरमा फोन गरेरै नसोधेको भए पनि अर्को कुरो हुने थियो । त्यतिमात्र होइन, कान्तिपुरका जिम्मेवार मानिसहरुलाई नसोधेको भए माछा माछा भ्यागुतो भएरै सेलाउने थियो कुरो । तर, अफसोच, चितवन प्रहरीले कान्तिपुर भनेर जोगाउन खोज्दा साँघुको कानमा पुग्यो कुरो, जनआस्थाले पनि ठोक्यो, त्यहिँमाथि ।


हुन त उनीहरुको बारेमा कति अफवाह फैलिएको हो वा सत्य हो थाहा छैन । तर, नेपालको सम्पत्ति भारतरि सप्लाई गर्ने आप्का हाउसले उनीहरुको फिलिङ्स पनि सप्लाई गरेको देखियो । बुधबारको पत्रिकामा त साहाना बज्राचार्यको पक्षमा पहिलो पृष्ठमा नै साँघु पत्रिकाविरुद्ध नै समाचार आयो । यो फेरि के कमाल हो ? कसरी लाग्यो यत्रो सोर्स । जवकि उनीहरु काम गर्ने कान्तिपुर मिडिया हाउसको नाम जोँडिदा पनि कुनैप्रकारको खण्डन वा विज्ञप्ति जारी भएको छैन । तर, आप्काको कन्सिरी किन तात्यो ? सहरमा हल्ला छ । 

गोप्य सुत्रहरुसँग बुझेको तीन महिनाअघिकै यो घटना ढिलो सार्वजनिक भएपछि साहानालाई साथ दिने आप्का मालिक भारतीय जोसेफ नाथको चित्त दुख्यो रे । उनको ठाडो आदेशमा यो समाचार प्रथम पृष्ठमा आयो भन्ने पनि सुनिन्छ । हुन त साहानाको सम्बन्ध सेलिव्रिटीसँग भएको र उनी आतिफ असलाम भन्ने गायकसम्म भएकाले कतै पाकिस्तानका पत्रिकामा पनि खण्डन छापियो की भन्ने चर्चा पनि छ है ? 


वागबजारतिर कलाकारहरुको एउटा पंक्ति भन्दै थियो– सवैतिरको अनुभव सकेर गाडीमा मजा लिएको होला नी । पुलिसले पनि के चर्चा गरिराख्या होला । तर, साहाना र सुरजले नै भनेचाँही संयुक्त रुपमा विज्ञप्ति जारी गरी समाचारमा तथ्यता नभएको बताए । खासगरी उनीहरुले यो समाचार अतिरञ्जित बनाएर आएको पनि बताएका छन् । उनीहरु गाडीको टायर फेरिरहेका थिए रे । टायर फेर्दा पनि गाडी त हल्लि हाल्छ नि । सुरजले वियर खाएका थिए भन्ने त उनीहरुको विज्ञप्तिमा नै उल्लेख छ । अनि, मापसे गरेर सवारी चलाउँदा टायर कसरी पंचर भयो ? मापसे गरेर एक युवतीलाई गाडीमा राखी सुरजले गर्न चाँही के गरेका थिए त ?


जे होस यो मुद्दा त्यसै सेलाउने भएन अब । पीडित भयौं भनेर साहाना सुरज अदालतसम्म जाने भए, साँघुविरुद्ध मुद्दा हाल्ने भए । यो घटनामा जो पीडित भए पनि पीडितले न्याय पाओस् भन्ने प्यासनविनोदडटव्लगस्पोटडटकमको कामना छ ।    
  

Sunday, August 10, 2014

कारमा के के भयो थाहा छैन, फेसबुकमा बबाल चर्चा छ

एउटा कार्यक्रममा अभिनेत्री निशा अधिकारीको तस्बिर लिँदा क्यामेरा नै खोसेर मिडियावाजी गर्ने साहाना बज्राचार्यसँग जोडेर समाचार सोमबार आएको छ । चितवनमा भिजे सुरज गिरीसँग विहानको राती गाडीमा .....गरेको भन्ने । कतिसम्म सत्य हो थाहा छैन । तर, साँघु साप्ताहिकले छापेको थियो । आतिफ अस्लामको फ्यान पनि रहेकी बज्राचार्य र गिरी विहानका राती कारमा भेटिएको भनी प्रहरी स्रोतलाई दाबी गरि छापिएको खबर थियो । खबरको तथ्यता बाहिर आउन समय लागेपनि यो घटना तीन साता अघिको भएको बुझिएको छ । कनसुत्ला स्रोतहरुका अनुसार तीन साता अघिको घटनाले सोमबार फेसबुक रंगाएको छ । वडो सटिक रुपमा पठनिय बनाएर साँघुले यसरी लेखेको छ...



जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा विसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ ।

अचेल कान्तिपुर टेलिभिजनमा ‘जोशमा होस गुमाउँदाको कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर टिभीको कल कान्तिपुर लगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बजा्रचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परे ।

घटना राति ३ बजेतिरको थियो । सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो ।

बरु उनीहरु कान्तिपुरका पत्रकार हुन् कि होइनन् भनेर प्रहरी अधिकृतले कान्तिपुर समाचार प्रमुख तिर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको प्रहरी स्रोतले जनाएको छ। तर, मूडि स्वभावका कोइरालाले उनीहरु कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ दिएको चितवनका एसपी प्रद्युम्न कार्की निकट प्रहरी स्रोतले जनाएको छ ।

Saturday, August 9, 2014

ओलीलाई नै चरीको धम्की आएको बजार हल्ला


पुतलीसडकतिर अर्को छ बोली, प्रहरी हवल्दार हुन् खुश्वु ओली ?

डन दिनेश अधिकारी चरी इन्काउन्टरपछिका अनेक टिप्पणी र विश्लेषण बाहिर आउन थालेका छन् । एकाएक खुश्वु ओली अगाडी आइन् र उनी मिडियामा अन्तवार्तामा छाएकी छन् । तर, उनकै बारेमा अनेकथरी बजार हल्ला बाहिर आउन थालेका छन् । एकछिनलाई यो प्रसंग यहि राखेर चरी किन मारिएछन् भन्ने बजार हल्लातिर लागौं ।

किस्सा–१,
प्रहरीको मस्ट वान्टेडमा परेपछि चरीले जोगाइदिनका लागि केपी ओलीका पिए रमेश आचार्यलाई फोन गरे अरे । त्यसपछि उनले केपीसँग लामो समय पाएनन् । केपीसँग समय मिलाउनका लागि उनले महेश बस्नेतसँग पनि कुराकानी गरे रे, तर बस्नेतले पनि कान ठाडो बनाएनन् भन्ने सुनिन्छ ।
चरी काठमाडौं झरेपछि निरन्तर बस्नेत र आचार्यसँग सम्पर्कमा पुगे अरे । तर, केपीसँग समय नपाएपछि उनले केपी पिए आचार्यलाई नै ज्यान मार्ने धम्की दिएको हल्ला छ । ‘सवैलाई बनाउन सक्ने मान्छे, म विगार्न र भत्काउन पनि सक्छु भनेर आचार्यलाई धम्की दियो रे’, अनामनगरतिर एउटा चियागफमा सुनेको कुरा,‘त्यसपछि किन रहन्थ्यो चरी, कसरी उड्थ्यो भरभरी ?’

किस्सा–२,
अहिले मिडियामा एक्स्ट्रा लभको कुरा गर्ने चरीप्रेमी खुश्वु ओली प्रहरी हवल्दार हुन् रे । निक्कै बजार हल्ला छ । यस्तो हल्लाचाँही पुतलीसडकतिर छ । चरी प्रकरणले घनचक्कर बनाएको सहरमा अनेकथरी हल्ला छन् । हवल्दार खुश्वुले नै सुराक गरी चरीको गुँड भत्काएकी हुन् भन्ने बजार हल्ला सुनेर हैरानी भइसकियो ।


किस्सा–३,
एमाले महाधिवेशनदेखि नै चरीले राजेन्द्र पाण्डेलाई सहयोग गरेका कारण सदनमा पनि उनको आवाज ठूलो भएको थियो रे । चरीले साथ दिएका कारण नै पाण्डे उनीप्रति सकारात्मक भएको पनि चर्चा छ ।

Friday, August 8, 2014

घेराबन्दिको शिकार चरी, खुश्वचाँही विचरी, कसरी ?

देख्दै आएको र पत्रकारितामा विश्लेषण गर्दै आएको सत्य के हो भने– गलत बाटोको आयु निक्कै कम हुन्छ । दिनेश अधिकारी उर्फ चरी डन हत्या प्रकरण एउटा फिल्म जस्तो । घटना यति वास्तविक भयो की त्यो हिन्दि सिनेमा वास्तवको सिनहरु झलझली आँखामा आइरहने जस्तो भयो । एउटा सोझो केटो संजय दत्त मुन्ना भाई (डन) कसरी बन्छ र उसको पतन कसरी हुन्छ भन्ने तस्बिर देखाइएको छ । त्यस्तै एउटा धादिङको केटो कसरी डन भयो र उसको अवशान कति असहज भयो भन्ने कुरा विश्लेषणयोग्य छ । हुन त आपराधिक गतिविधिमा लागेर त्रासको भरमा बाँचेकाहरुको एउटा भ्रम हुन्छ कि आफुलाई हजुर भन्नेहरुले इज्जत गरेका हुन् । तर, त्यो त्रासबाट निस्किएको हजुर हुन्छ । र, त्यो हजुर भन्ने शव्द लामो समयसम्म कसैले पनि भन्न चहाँदैन । त्यहि चहानाको भुमरीमा परे, डन चरी ।
भारत र नेपालको डनगिरीमा लामो समयसम्म कोही पनि टिक्न सकेका छैनन् । संसारको सवैभन्दा ठूलो डन कोही छ भने त्यो पुलिस नै हो । पुलिसको जानकारी बाहिर केहीपनि हुँदैन । उसका हरेक अंगहरु यतिधेरै सक्रिय हुन्छन् की बचाउने र मार्ने दुवै काम बडो राजनीतिक ढंगबाट सम्पन्न हुने गरेको छ । चरी त्यहि चक्रव्युहको एउटा पिउसो थिए ।
चरीको डनगिरी जहाँबाट सुरु भएपनि विगत केही वर्षयता उनले राजनीतिक संरक्षण र राजनीतिक खोलको आड पाए । उनका लगातार केही घटनाहरु सार्वजनिक भए । उनलाई आक्रमण गर्न प्रहरीमात्र सक्रिय भएन उनले जन्माएका बाहुबली दुश्मनहरु पनि पर्याप्त थिए । उनीमाथि दुई चार पटक आक्रमण पनि भएको थियो । तर, संयोगवस र भगवानभरोसा उनी उम्किँदै र बाँच्दै आइरहेका थिए । जव काठमाडौंमा प्रहरी प्रमुखका रुपमा रमेश खरेल आए, उनले डनगिरीलाई भुमिगत बनाउने रणनीति तय गरेका थिए । त्यो रणनीतिमा उनी सफल पनि भए । चरी नेपाल छाडी भागेका थिए । तर, जव खरेलको सरुवा भयो अनि उनी काठमाडौंमा देखिए । तर, उनको काठमाडौं झर्ने क्रम मृत्युनजिक भएको कुरालाई उनले कति विश्लेषण गरे, थाहा भएन । अन्ततः प्रहरीको घेराबन्दिमा उनीमाथि गोली दागियो, यो स्वभाविक र अस्वभाविक दुवै प्रकारको थियो ।

....

अर्पण कोइराला भन्ने चरीका निकटका मित्र थिए । खुश्वुले पनि यो कुरा उल्लेख गरेकी छन् । उनका सहयोगीहरुसँगका अनौपचारिक कुराकानीका क्रममा खुश्वु ओलीको चर्चा निक्कै हुने गरेको थियो । कोइराला गुण्डासँगको संगतमा रहेका एक करोडपति युवा भएपनि उनी अन्य गुण्डाको तुलनामा बाहुबलमा शक्तिशाली थिएनन् । तर, उनी खुश्वुको प्रेममा निक्कै गिरीसकेका कारणले उनले आफ्नो मनले ठानेजति र खुश्वुले मागेजति सवै पु¥याइदिए । कतिसम्म सत्य हो थाहा छैन, सुनेकै कुरा हो त्यसकारण व्लगमा लेखेको छु । कोइरालाले खुश्वुका लागि बस्ने फ्ल्याटसम्मको व्यवस्थामात्र गरेनन्, उनको खर्चपनि सवै आफैंले व्यहोरे । तर, खुश्वुको महत्वकांक्षा कम थिएन र उनले शक्तिशाली मान्छे र पैसा भएका शक्तिपुरुषका रुपमा दिनेश अधिकारी चरीसँग मित्रता बढाइन् र त्यो प्रेममा परिणत भयो ।
डनहरुसँग मोडेलको सम्बन्ध कुनै नयाँ कुरा होइन । दुनियाँमा धेरै यस्ता उदाहरणहरु छन् । नेपाली कल्चरमा भने चरीको सम्बन्धमात्र बाहिर आएको हो । यस्ता अन्य निक्कै मोडेलहरुको सम्बन्ध पनि डनहरुसँग रहीआएको बजारहल्ला कम छैन । यद्यपि, खुश्वु भने खुलेरै पनि बाहिर आएका कारण र उनले दिएको अन्तवार्ताले पनि यस्तो देखाएको छ ।

तल अन्तर्वार्ता पढ्नुहोस् ।




प्रगाढ थियो सम्बन्ध, कसरी ? 

दिनेश अधिकारी र तपाईंको सम्बन्ध के हो ?
हामी दुवैजना एकअर्कालाई माया गथ्र्यौं । परिवारको सहमतिमा यसै वर्ष हामीबीच विवाह हुने कुरा थियो । दुवैतर्फका परिवारबीच गत वर्ष नै हाम्रो विवाह गरिदिने सहमति भएको थियो  ।

दिनेशसँग चिनजान कसरी भयो ?
सामान्य चिनजान त हाम्रो पहिल्यैदेखि थियो । तर हामी पछिल्लो दुई वर्षयता प्रेममा थियौं । म विशालनगरमा सेल्टर नामको सामाजिक संस्था चलाउँछु । ३५ जना दुस्ख पाएका बालबालिका राखेर लालन पालन र शिक्षा दिइरहेको छु । त्यही सिलसिलामा हाम्रो भेट भएको हो । उहाँले पनि संस्थामा ठूलो सहयोग पुर्याकउनुभएको छ ।

तपाईंजस्तो पढेलेखेको मान्छेको दिनेशजस्तो राज्यको नजरमा अपराधी मान्छेसँग कसरी यस्तो सम्बन्ध हुन सक्यो र?

मिडिया र राज्यको आँखाबाट हेर्दा उहाँ गुण्डा, डन र अपराधी होला तर, मेरा लागि उहाँ संसारकै सबैभन्दा असल मान्छे हो । जुन केसमा उहाँ वान्टेड हुनुहुन्थ्यो त्यसमा उहाँको केही दोष छैन । जब राधे भन्नेले गोली हान्यो, त्यसपछि उहाँका भाइहरुले बदला लिनुभएको हो । राधेलाई उहाँ आफैंले कुखुर हानेको होइन । पहिला जेजस्तो भए पनि पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो । यस्तो अवस्थमा पूरानो रिसीइबीले उहाँमाथि राधे समूहबाट आक्रमण भयो ।
प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेको मान्छेका बारेमा तपाईंले गरेको यस्तो दाबी अरुले पत्याउलान् त रु
यो कुरा दिनेशसँग जो नकिज हुन्छ, उसलाई मात्र थाहा हुन्छ । दिनेश सबैलाई प्रेम गर्ने खुला हृदयको मान्छे हो ।

त्यति राम्रो मान्छे किन भागेर इण्डिया जानुपरेको त र?

उहाँलाई यहाँ सुरक्षा खतरा भयो । त्यही भएर केही महिना इण्डिया बन्नुभयो । अदालतमा मुद्धा थियो । त्यसैले हाम्रो बीचमा भएको सल्लाहअनुसारै उहाँ अदालतमा आत्मसमर्णण गर्नका लागि केही दिनअघि मात्र नेपाल आउनुभएको थियो । उहाँको वकिलसँग कसरी आत्मसमर्पण गर्ने भन्नेबारेमा कुरा भइरहेका बेला हत्या भयो । त्यही भएर मलाई प्रहरी सम्झंदा घृणा लाग्छ । जहाँसम्म उहाँ असल कि खराब भन्ने कुरा छ । मैले भेटेका जति सबै मान्छेले उहाँलाई आदर गरेको पाएको छु ।
धादिङमा जानुस् न उहाँको कति राम्रो छवि छ । धादिङमा यदि उहाँ हुनुहुन्नथ्यो भने एमालेले एउटा पनि क्षेत्रमा चुनाव जित्ने थिएन । यो कुरा मैले होइन, स्वयम् एमालेकै नेताहरुले भन्नुभएको हो । उहाँले थर्काएर होइन, लोकप्रियताका कारणले । उहाँका बारेमा प्रहरी र मिडियाको कुरा सुन्दा अर्कै लाग्ला तर, धादिङ र नयाँबजार क्षेत्रमा जानुस्, सबैले कति तारिफ गर्छन् । उहाँको मन सफा थियो । म वौद्धिक मान्छे हुँ । लण्डनको अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेको छु । मानिसलाई बुझ्न सक्ने क्षमता छ । उहाँ अरुले भनेजस्तो खराब र डन भएको भए म कसरी सँगै जीवन बिताउन तयार हुन्थें । के जीवन भनेको एक दुई दिनको रमाइलो हो र रु फेरि मैले त मन पराएँ रे के उहाँ खराब भएको भए मेरो परिवार बिहेको लागि तयार हुन्थ्यो रु कुनै असल बाबुआमालाई जानीजानी एउटा डनलाई आफ्नी छोरी जिम्मा लगाउने मन हुन्छ रु हाम्रो सम्बन्ध त ‘एक्स्ट्रा अर्डिनरी’ हो ।
उहाँ एउटा डनमात्र भएको भए एमाले अध्यक्ष केपी ओलीले किन ‘यो षड्यन्त्रपूर्ण हत्या’ भन्नुहुन्थ्यो रु अहिले पनि शव राखेको शिक्षण अस्पताल जानुस्, पाँच सातसय मान्छे छन् । जिउँदो हुँदा पो थर्काएर पछि लागेको भन्थे होलान् मान्छेहरु, मरेपछि त डराएर त्यसरी आउनु नपर्ने  नि रु
केपीले राम्रो भनेर के गर्नु त एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री बामदेव गौतमले संसदमा दिनेश विभिन्न अपराधमा संलग्न रहेर प्रहरीको फरार सूचीमा भएको र, प्रहरीको ‘इन्काउण्टर’ मा मारिएको भनेछन् रु
उहाँले भनेका कुरा मैले पनि सञ्चार माध्यमबाट थाहा पाएँ । यो सुनेर दुस्ख लाग्यो । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्योा नि । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । बामदेवले के बिर्सनु हुँदैन भने हिजो चुनावका बेला धादिङमा तीनवटै क्षेत्रमा एमालेलाई जिताउनमा दिनेशको निर्णायक हात छ । आफ्नो पार्टीलाई चुनाव जिताउन खट्दा असल मान्छे, अहिले अपराधी कसरी हुन्छ रु हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं

बिहेपछिको योजना के थियो ?

हाम्रो मेल भएको भए दुवैको ‘फ्युचर’ उज्यालो हुने थियो । उहाँ पहिल्यै राम्रो मान्छे हो । मेरो सम्बन्धपछि झन् राम्रो हुुनुभएको थियो ।

प्रहरीले यति राम्रो मान्छेलाई किन मार्नुपरको होला त ?

डिएसपी कुमुद ढुंगेल मप्रति अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । उनी मेरो संस्थामा पनि बारम्बार आइरहन्थे । उनको प्रस्ताव अस्वीकार गरेर मैले दिनेशको प्रस्ताव स्वीकार गरें । जुन दिन दुई परिवारका बीचमा हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा भनेका थिए, दिनेशलाई ज्वाईं बनाउने भइछौ, तर उसलाई म कुनै पनि दिन मारिदिन्छु । त्यसलाई छाड्दिन उनले भनेका थिए । यसै साता दिनेशले ‘कोर्ट’मा आत्मसमर्पण गर्ने कुरा कुमुदले थाहा पाएका थिए होलन् । उनलाई राम्रारी थाहा थियो कि दिनेशमाथि लागेको आरोप कमजोर थियो । केस फितलो भएकाले ठूलो सजाय हुँदैन ठानेर उनले हत्या गरे । मैले दिनेशसँगको निकटताबाट राम्ररी के थाहा पाएँ भने डन प्रहरीले जबर्जस्ती बनाउने रहेछ । दिनेशलाई डन भन्ने हो भने बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेललाई के भन्ने रु उहाँमाथि राधेलाई कुखुरी हानेको आरोप थियो । त्यो सामान्य केस हो, तर दिनेशजी त्यत्तिकै भरमा डन हुनुभयो । कुमुदसँग प्रहरीको फुली, बर्दी र ट्याग थियो, उनी डन भएनन् । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।

कुमुदले नै गोली हानेको भन्ने के प्रमाण छ तपाईंसँग र?

किनकी उनको मनमा दिनेशप्रति जुन तहको ‘इगो’ थियो, त्यस्तो इगो भएको मान्छेले मात्र त्यति ठूलो अपराध गर्न सक्छ रु सबै पुलिससँग दिनेशको के व्यक्तिगत दुश्मनी थियो र रु । कुमुदबाहेक अरुले त्यस्तो गर्नै सक्दैन । किन भने अदालतले फैसला गर्ने केस हो । प्रहरीले मार्नुपर्ने कारण के थियो र ?

तर प्रहरीले प्रहरी देखेपछि शंकास्पद गतिविधि गरेको र पक्राउ गर्न खोज्दा दिनेशले गोली चलाएकाले आत्मरक्षाका लागि जवाफी फायरिङमा मृत्यु भएको बताएको छ नि ?

यो शतप्रतिशत झुठ र बनावटी कथा हो । पहिलो कुरा उहाँ अदालतमा आत्मसमर्पण गर्न आउनुभएको हो । त्यस्तो मान्छेसँग हतियार हुन्छ रु जो वान्टेड छ, उसले हतियार बोकेर काठमाण्डुमा हिंड्छ रु एक छिनका लागि मानौं कि हतियार थियो रे, बाइक चलाएर भाग्दै गरेको मान्छेले पछाडि फर्किएर प्रहरीलाई कसरी गोली हान्न सक्छ रु त्यो गोली प्रहरीलाई लागेको हुनुपर्दैन रु भाग्दै गर्दा पछाडिबाट हानेको गोली छातीमा लाग्छ । पाँच सेन्टिमिटर नजिकबाट ताकीताकी छातीमा आठवटा गोली हानिएको छ । अनि एउटा लक्काजवान मान्छे आठ गोली लागेर ढलेको स्थानमा रगतको थोपा हुनुपर्दैन रु भाग्दै गरेको मान्छेलाई गोली लागेको भए, बाइकमा केही क्षति हुँदैन । प्रहरीलाई छल्न भागेको मान्छेको बाइक कति स्पिडमा थियो होला अनुमान गर्नुस् । सामान्य स्पिडमा रहेको बाइक त पल्टियो भने कति पर घिसारिन्छ । प्रहरी छल्न भागेको मान्छेको बाइक लाससँगै ढल्छ रु बाइकमा क्षति हुनुपर्देन रु बाइकमा एउटा सिन्कोले घोचेको सम्म पनि दाग छैन । के नेपालको कानुनुले इन्काउण्टरमा मान्छे मार्न पाइन्छ भनेको छ रु कोही अपराधी भाग्यो भने, उसलाई नियन्त्रणमा लिने उद्देश्यले खुट्टामा मात्र गोली हान्न पाइन्छ । छातीमा ताकेर हान्न पाइन्छ रु भागेको भए तीनवटा गाडीमा भएको प्रहरीले घेराबन्दी गर्न सक्थ्यो । अर्कोतिरबाट प्रहरी बोलाएर बाटो छेक्न सक्थ्यो ।

बाइकको टायरमा गोली हान्न सकिन्थ्यो, के यसो गरियो त ?

तपाईंलाई इण्डियाबाटै नेपाल आउन नकिएको भए यस्तो घटना हुने थिएन कि भन्ने लाग्दैन रु
उहाँमाथि लागेको आरोप फितलो थियो । सधैं भागेर पनि हुने थिएन । त्यसैले अदालतमा उपस्थित भएर केस सल्टिएपछि नयाँ जीवन सुरु गर्ने ‘प्लान’ थियो । उहाँ उतै बसेको भए पनि हुन्थ्यो नि त । तर, अदालतको फेस गर्छु भन्दा गल्ती थियो भन्ने लागेको छ ।
interview source kathmandu today dot com

Tuesday, August 5, 2014

आखिर के चहान्छन् मोदी ?

नेपालीलाई मन्त्रमुग्ध बनाएर फर्किनु भारततिर नेपालको सकारात्मक दृष्टिकोण बनाउन मोदी सफल हुनु विश्लेषण गरिएको छ


भारतीय कांग्रेस सत्ताले विगारेको छिमेकी मुलुकसँगको सम्बन्ध सुधारको बाटोमा उक्लिएका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । सार्कका राष्ट्रहरुसँग सम्बन्ध जोड्नका लागि आफ्नो शपथ कार्यक्रममा निम्तो दिएर आठै देशका सरकार र राष्ट्रप्रमुखसँग साझेदारी सम्बन्ध कायम राख्ने सुरुआत गरेका मोदीले सार्कबाट नै आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । अझ, उनको सार्कमा पनि नेपालसँगको सम्बन्धलाई विशेष चासोका रुपमा हेृरिएको थियो । भुटनाको संसदमा पनि नेपालको चर्चा गरेका मोदी लगत्तै आइतबार नेपालमा उत्रिए । र, उनले नेपालमा आफ्नो जादुको वर्षा गरेर सवैलाई एकैतिर केन्द्रित बनाए । मोदीको यो रणनीति के हो ? के चहान्छन् मोदी ?  
सार्क राष्ट्र सदस्यका लागि एक दशक अघि चीनले गरेको प्रस्तावलाई भारतले ठाडै अस्वीकार गरेर अफगानिस्तानलाई सदस्य राष्ट्रमा स्वीकार गरेपछि चीन भारत सम्बन्ध विग्रिएको थियो । उदयीमान शक्ति चीन सार्क राष्ट्र सदस्य भएमा भारतको दबदबा र नेतृत्व गर्ने योजना असफल हुनेभएपछि भारतको चाहनाका आधारमा चीनलाई सार्क सदस्यमा समावेश गरिएन । 
चीनको पाकिस्तानसँगको सम्बन्ध र सार्कका अन्य मुलुकमा पनि राजनीतिक हस्तक्षेप र भुमिका प्रभावकारी बनिरहँदा भारत कमजोर हुने ठानेर भारतले चीनलाई सार्क सदस्यमा स्वीकार गरेन । अन्ततः बहुमत सार्क राष्ट्रले भारतको अडानमा साथ दिए तर चीनलाई सार्क संरक्षण राष्ट्रका रुपमा स्वीकार्नुपर्ने भयो । र, अहिले चीन सार्कको संरक्षण राष्ट्र हो भने चीनलाई सन्तुलनमा राख्नका लागि जापानलाई पनि संरक्षण राष्ट्रका रुपमा राखियो । तर, चीनले भारतको उक्त अडानलाई चिर्नका लागि आफुसँग सीमा जोडिएका सार्कका अन्य राष्ट्रसँग निरन्तर सम्बन्ध सुमधुर बनाउने अर्को योजना तर्जुमा गरि अघि बढ्यो । 
नेपालमा सोही बेला चलेको कम्युनिष्ट आन्दोलनको युद्धलाई सहयोग गर्ने र समर्थन गर्ने रणनीतिअनुसार चीन अघि बढ्यो । चीनको यस्तो कदमलाई निरुत्साहित पार्नु भारतको बाध्यता बनेको थियो । उता, पाकिस्तानलाई सहयोग र यता तीनतिर सीमा जोडिएको नेपालमा पनि चीनको भुमिका प्रभावकारी हुन थालेपछि भारतले माओवादी युद्धको टुंगो लगाउने कामको नेतृत्व पनि आफैंले गर्नुपर्ने ठान्यो र १२ बुँदे दिल्लि सम्झौताको वातावरण बनायो । चीनले सक्रिय राजनीतिमा आएका तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सहयोग गर्ने आश्वासन दिएपछि ज्ञानेन्द्रले भारतसँगको दुरी बढाएपछि ज्ञानेन्द्रको सत्ता पनि जानेगरी भारतले नेपालमा राजनीतिक हस्तक्षेप गरिदियो । 
रअका अधिकारीहरुको प्रवेश, १२ बुँदे दिल्लि सम्झौता र नेपाली जनआन्दोलनको वातावरणका आधारमा भारत नेपालमा नयाँ राजनीतिक कोर्ष स्थापना गराउन सफल भयो, जहाँ उसले चीनको रणनीतिलाई असफल बनाएको ठान्यो । तर, चीनले शान्ति प्रकृया सुरु भएपछि ठूलो शक्तिका रुपमा रहेको तत्कालिन नेकपा माओवादीलाई आफु निकट बनायो र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो सत्कार गरिदियो । ओलम्पिक खेल आयोजना हुने क्रममा उसले विश्वका शक्तिशाली व्यक्तिाहरुको ठाउँमा राखेर प्रचण्डको स्वागत गरी नेपालको राजनीतिमा फेरि भारतविरोधी आवाजलाई बुलन्द बनाइदियो । त्यसबेला नेपालमा रहेका भारतीय राजदुत राकेश सुदले माओवादीको उक्त कदमको भारतीय सरकारलाई जानकारी गराए र माओवादी विभाजनका विऊ रोप्नका लागि तत्कालिन भारतीय संस्थापन सक्रिय हुन थाल्यो । 
यसबीचमा नेपाल–भारत सम्बन्ध निक्कै चिसो भयो । भारतले नेपालमा सहयोगका रकमहरुमा कटौती गरीरह्यो, मधेसी दलहरुलाई उचाल्ने र पछार्ने काममात्र भएन, मुलधारका राजनीतिक दलहरुलाई पनि दबाबमा राख्ने काम गरेको थियो । नेपाली राजनीतिमा विभाजनको विउ रोप्न प्रयास गरेपनि संविधानसभाको दोस्रो निर्वाचनबाट नेपाली जनताले भारतको योजनालाई कमजोर बनाइदिए । सोही बेला लोकसभा चुनावको तयारी भइरहेको भारतमा प्रतिपक्षी दलको रुपमा हरेको भारतीय जनता पार्टीले संस्थापनविरुद्ध नारा पायो– छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध विग्रियो । कांग्रेस आइले मुलुक कमजोर बनायो भन्ने । त्यसपछि लोकसभा निर्वाचनले भाजपाका नेता नरेन्द्र मोदीको नेतृत्वमा लोकसभा निर्वाचनमा बहुमतको सरकार बनाउने जनादेश पाएपछि मोदीको उदय भयो । उनै मोदीले आफ्नो सरकार गठन भएको तेस्रो महिनाको पहिलो साता चल्दै गर्दा नेपालको भ्रमण गरे र नेपाली जनता पनि मन्त्रमुग्ध हुनेगरी संसदमा भाषण गरिदिए । उनको नेपाल भ्रमणले नेपाली राजनीतिक व्यवस्था, नेपाली जनता र नेपालका राजनीतिक दलहरुको धारणा परिवर्तन भएको छ । उनको जादुमय भाषणले चीननिकट हुँदै गएको नेपाली राजनीति भारतकेन्द्रित हुन थालेको विश्लेषकहरुले बताएका छन् । 
चीनसँग सीमा जोडिएका छिमेकी मुलुकहरुको झुकाव भारततिर बनाउनका लागि मोदीको रणनीतिक अभ्यसाका रुपमा उनको भुटान र नेपाल भ्रमणलाई विश्लेषण गरिएको छ । विगत डेढ दशकमा माओवादी युद्धपछि नेपाली राजनीतिको झुकाव चीनतिर ज्यादा भएको र त्यसलाई भारतीय कांग्रेस सरकारले सुधार्न नसकेको अवस्थामा मोदीको रणनीतिले सुधार्दै जाने भारतीय विश्लेषकहरुले बताएका छन् । ‘मोदीको लक्ष्य भनेको सार्कको नेतृत्व गर्ने हो, कांग्रेस सरकारले विगारेको सम्बन्ध सुधार्ने र नयाँ शक्तिका रुपमा भारतलाई अझ बलियो बनाउने हो ।’, एक भारतीय वरिष्ठ पत्रकारले भने,‘यो रणनीतिअनुसार नै मोदी केही हदसम्म सफल भएका छन् ।’
विवादमा रहेको गौतम बुद्ध जन्मथलोको विषय, नेपालको सार्वभौमिकता, नेपाली जलस्रोतको भारतले नियन्त्रण गर्ने विषयमा मोदीले खुलेर नेपालीको दिलखुस हुनेगरि सम्बोधन गरिदिए । उनले नेपाली संसदमा नेपाली भाषामा सुरु गरेको भाषणका क्रममा नेपाल बुद्धभुमि भएको, नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र र नेपालसँग अथाह जलशक्ति रहेको र त्यो आफुले नियन्त्रण वा निशुल्क नभएर किन्न खोजेको खुलेर बताइदिए । बुद्धको जन्मथालेको विषयमा भएको विवादको टुंगोलागेजसरी युवा वर्गलाई उनले सम्बोधन गरे । राजनीतिक विवादमा रहेको नेपाली सार्वभौमिकताका विषयमा पनि सकारात्मक हुनेगरी जादुमयी भाषा प्रयोग गरिदिए । र, नेपाली पानीको सदुपयोग गर्ने र नेपाल उज्यालो बनाएपछि मात्र भारत उज्यालो बनाउने विषयमा पनि उनी बोलेका कारण उनले भ्रमण अपेक्षा र लक्ष्यअनुसारको बनाएको विश्लेषकहरुले बताए ।

Sunday, August 3, 2014

प्रहरीभित्र राजनीतिक प्रभाव

यतिवेला प्रधानमन्त्री सुशिल कोइराला, गृहमन्त्री वामदेव गौतम र कांग्रेस एमाले र एमाओवादीका नेताहरुको घरघरमा प्रहरी अधिकृतहरु पुग्छन्, आफ्नो बढुवाको सिफारिस लिएर । कोही नेतासँग सिधै सम्पर्क राख्छन्, कोही नातेदार नेतामार्फत पुग्ने चाहना अभिव्यक्त गर्छन् अनि कोही रकमको प्रलोभनका आधारमा पनि पुग्छन् । यो ओपन सेक्रेट कुरा हो । एसएसपी रमेश खरेलले भनेजस्तो बढुवाका लागि डिआइजीहरु व्रिफकेश बोकेर नेताको दैलोमा पुग्छन् । उनको तहबाट यो वयानबाजी कत्तिको उपयुक्त हुन्छ होला तर यहि नै ओपन सेक्रेट सत्य हो । त्यसकारण थाँती रहेको डिआइजी बढुवा पनि हुन नसकेको हो । यसभित्र राजनीतिक दलका आफ्ना स्वार्थ, दलभित्रका नेताका आफ्ना स्वार्थमात्र होइन प्रहरी अधिकारी कै पनि स्वार्थ कारण बनिरहेको छ ।
राजनीतिक भागबण्डा नमिल्दा डीआईजी बढुवा बिगत ९ महिनादेखि हुन सकेको छैन । आगामी २० असोजसम्म पनि बढुवा विवाद कायम रहे एआईजीका दाबेदार डीआईजीहरु सेवा अबधिका कारण अनिबार्य अवकाशमा पर्नेछन् । उनीहरु एआइजी पदमा पुग्न पाउने छैनन् । बढुवा सिफारिसमा परेका डीआईजी केदार साउद र रमेशशेखर बज्राचार्यको नाम पुनरावलोकन समितीले काटेर डीआईजीद्वय गणेश राई र नारायण बास्ताकोटीको नाम संशोधन गरेपछि डीआईजीको बढुवामा झन अन्योलता थपियो । सिंचा“ईमन्त्री एनपी साउदका दाजु डीआईजी केदार साउद र एमालेको सिफारिसमा परेका डीआईजी रमेशशेखर बज्राचार्यको नाम एमाओवादी दबाबमा काटीएको भन्दै काग्रेस र एमालेका नेताहरुले असन्तुष्टि जनाएपछि डीआईजी बढुवाको टुगों लाग्न सकेन । यो दलभित्रको आन्तरिक विवादका कारण भएको घटना हो । बढुवा सिफारिस समितिले तयार पारेको सूचीका आधारमा डीआईजी बढुवा गर्दा पुनरावलोकन समितीको औचित्यमाथि नै प्रश्न उठ्ने तथा कानून बिपरीत हुने हुदा प्रधानमन्त्री सुशिल कोईरालाले डीआईजी बढुवाको बारेमा खासै चासो दिएनन् । उनीसामु आफ्नै दलका नेताहरु र सत्ता साझेदार दल अनि प्रतिपक्षीका नेताहरुको पनि दबाब आइरहन्छ । उनले यो दबाबलाई नझेल्नका लागि बढुवाबारे त्यति सोच गहिरो पारेनन् । पुनरावलोकन समितीले संसोधन गरेको सूचीअनुसार डीआईजी बढुवा गर्दा आफ्नै पार्टीका नेताहरु असन्तुुष्टि हुने हुँदा प्रधानमन्त्री कोईराला धर्मसंकटमा परेका छन् ।  लोकसेवा आयोगको पुनरावलोकन समितिले तयार पारेको बढुवा सूचीलाई मान्यता नदिई पुरानो सूचीअनुसार बढुवा हुने वित्तिकै पुनः सर्वोच्चमा रिट पर्न सक्छ, कानून बिपरीत बढुवालाई अदालतले मान्यता नदिएको खण्डमा सरकारकै बेइजत हुने हुदा सरकार यो कदम उठेन । रिक्त सात एआईजी पदको लागि सिफारिस भएका डीआईजीहरुको बढुवा प्रक्रिया जटिल बनिरहेका बेला आईजीपीे बढुवा सिफारिस समितिले नै तयार पारेका सूचीका आधारमा बढुवा हुनुपर्ने अडानमा बसे । 
प्रहरी नियमावलीअनुसार लोकसेवा आयोगको उजुरी छानविन समितिले छानविन गरि बढुवा सिफारिस गरेको पुनरावलोकन सूची फेर्ने अधिकार सरकारलाई छैन् । प्रहरी नियमावली ०७१ ले नै पुनरावलोकन समितिलाई डीआईजी बढुवा सिफारिसले गरेको सिफारिसलाई पुनराबलोकन गर्ने सक्ने अधिकार दिएको छ र त्यहि नै अन्तिम हुने छ । प्रहरी नियमावली २०७१ मा बढुवा चित्त नबुझ्ने प्रहरीले बढुवा सिफारिस भएको ७ दिनभित्र सम्वन्धित निकायमा उजुरी दिन सक्ने ब्यवस्था छ ।
त्यसैगरी, परेको उजुरी पन्ध्र दिनभित्र टुङगो लगाइसक्नु पर्नेछ । उजुरी सुन्ने समितिले उजुरीउपर निर्णय गर्दा बढुवा समितिले दिएको अंकको औचित्यसमेत हेरि निर्णय गर्नुपर्ने लेखिएको छ । बढुवा समितिको बढुवा सिफारिसमाथि बढुवा उजुरी सुन्ने समितिले पुनरावलोकन गरी संसोधन गर्नु पर्ने देखिएमा सो समेत गरि कार्यान्वयनका लागि सम्वन्धित बढुवा समितिसमÔ पठाउनु पर्नेछ । सम्वन्धित बढुवा समितिले सोही बमोजिम सिफारिस गर्नु पर्नेछ । उता आईजीपी अर्याल भित्रभित्रै आफ्ना सबै ब्याजीलाई घर पठाउने योजनामा रहेका प्रहरी उच्च स्रोत बताउँछ । अर्याल आईजीपी हुनु अघि आईजीपीकै दौडमा रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, विज्ञानराज शर्मा र नारायण बास्ताकोटी एआईजी भएकै दिनबाट आईजीपीको दौडमा हुनेछन् ।
डिआइजी बढुवा प्रकरणको यस्तो परिदृश्यले नेपाल सरकार आन्तरिक सुरक्षामा कसरी प्रभावी हुनसक्छ ? डिआइजी बढुवामात्र होइन, आइजीपी नियुक्तकै बेला पनि तत्कालिन गृहमन्त्री विजयकुमार गच्छादार र तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराइको जुहारी सवैले देखेका हुन् । राजनीतिक दलहरुको आन्तरिक स्वार्थमा प्रहरीलाई तानिएकाले त्यो राजनीतिक प्रभावबाट मुक्त हुन सकेको छैन । बढुवाका लागि दल विशेष र नेता विशेष नै गुहार्नुपर्ने मनोविज्ञानबाट प्रहरी संगठन अहिले पनि गुज्रिरहेको छ ।
नेपाल प्रहरीभित्र हुने राजनीतिक चलखेलका कारण अहिलेसम्म प्रहरीको उन्नती र प्रगति हुन सकेको छैन । राम्रा अधिकारीहरु नराम्रा ठाउँमा पुग्ने र घुसीयाहरुको जमात ठूलो हुँदा राजनीतिक दलमा आवद्ध तर अपराधका मसिहाहरु नै हावी हुने गरेका छन् । सर्वसाधारणको सुरक्षा कमजोर र राजनीतिक दलमा आवद्ध अपराधका खोल ओढेकाहरु नै प्रभावी बन्ने गरेका छन् । लोकतान्त्रिक व्यवस्था होस् वा अन्य व्यवस्था यसमा राजनीतिक दलहरु दोषी छन् । प्रहरी अधिकारी बढुवामा किन दलहरुको आफ्नो इन्ट्रेष्ट हुन्छ, व्यक्ति पिच्छेका मानिसहरुका किन फरक चाहना हुन्छन् ? बढुवा वा सरुवा गर्नका लागि क्याविनेट वैठकमा किन बाझाबाझ सम्मको अवस्था आउँछ ? किन सुरक्षाको यो पाटोमा दलहरु गम्भिर हुन सक्तैनन् ? अपराधको न्युनिकरण गर्नेहरु किन पाखा लगाइन्छन् ? कहाँ छ चेन अफ कमाण्ड र सोसियल ल ?
मुलुकभर हत्या, सामाजिक अपराध र आन्तरिक सुरक्षा पनि चुनौतिका रुपमा देखियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाकै विषयमा पनि विदेशीहरु भरपर्दो हुन सकेनन् ? किन ? नेपाल प्रहरी सुरक्षाको विषय भन्दा पनि बढुवा र सरुवाको विषयमा केन्द्रित हुन थाल्यो । राजनीतिक दलको चाप्लुसीमा बढि केन्द्रित भयो । अनुसन्धान र सामाजिक सुरक्षामा कमजोर सावित हुन थाल्यो । संगठनात्मक सवलताका लागि नभएर व्यक्तिगत सवलताका लागि राजनीतिक दलहरुको पछि कुद्न थाल्यो । त्यसकारण उसको सुरक्षा भरपर्दो हनु सकेन ।
मुलुकको मुहार फेर्नका लागि हर संगठनहरुमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ । स्वतन्त्र ढंगबाट हर क्षेत्र प्रभावकारी रुपमा अघि बढ्न पाउनुपर्छ । अझ सुरक्षाजस्तो संवेदनशिल संगठनभित्रको राजनीति प्रभाव जमाउने प्रवित्तिले मुलुक कहिले पनि सुसंगठित व्यवस्थातिर लम्किन सक्तैन । त्यसकारण पनि अविलम्ब विना राजनीतिक स्वार्थ प्रहरी संगठनलाई चल्नदिने र प्रहरी अधिकारीले चलाउनसक्ने बाटोतिर नलागे हाम्रो आन्तरिक सुरक्षा खोक्रो शानमात्र हुनेछ ।