यसो हेर्दा समाजवादी, प्रजातान्त्रिक चिन्तन बोकेको कांग्रेसभन्दा माक्र्सवादी लेलिनवादी एकिकृत चिन्तन बोकेको एमाले नै उग्र कम्युनिष्टका लागि काउन्टर शक्तिका रुपमा देखिएको छ, ओलीका कारणले । एमाले पुरै लोकतान्त्रिक शक्तिको नेतृत्वकर्ता जस्तो देखिएको छ ।
शिखर पुरुष गिरीजाप्रसाद कोइरालाका कामममा कति डिफेक्ट थिए, ती सवै गौण भए जब उनी शान्ति सम्झौतापछि नेपाली राजनीतिको महानायकका रुपमा उभिए । उनको तत्कालिन राजनीतिक उचाइ र निर्णय जहिलेपनि एकल भयो तर देशका लागि भयो । एकल निर्णयमा अडान थियो, अडानमा केही तितो स्वभाव तर मुलुकका लागि दिर्घकालिन असर राख्ने मिठो निर्णय ।
विनोद ढकाल |
नेपालको इतिहाँसमा राजतन्त्रको अन्त्यका लागि सवैभन्दा निर्णायक भुमिका निर्वाह गर्ने जिपी कोइराला नै थिए । त्यसको जस र अपजस दुवैको भागीदारी उनले लिए, सहासीक निर्णयबाट । तर, जब उनको देहान्त भयो अनि मुलुकको राजनीति फरक दिशातिर दौडन थाल्यो । उनको सपना मुलुकमा शान्ति, स्थायीत्व, सहमति, सहकार्य र एकता थियो । तर, त्यो अन्य नेताहरुबाट पुरा हुन सकेन । खासगरी, केही कांग्रेसीजन, केही एमाले नेताहरु र धेरैचाँही एमाओवादीका नेताहरुको दम्भका कारण मुलुकमा संस्थागत निर्णय हुन सकेनन् । आखिर जिम्मेबारी कसले लिने ? मुलुक बनाउने जिम्मा कसले लिने ? मुलुकको हितमा कसले सोच्ने ? सवै सत्ताका पछाडी लागेपनि हितकरण निर्णय कसरी लिने ? यी विषयमा नेताहरु गम्भिर नभएको अवस्था त अहिले पनि छ । तर, अडान र निर्णयका हिसावमा जिपीको संस्करणका रुपमा फरक दलका फरक हिसावका नेता देखिएका छन् । थाहा छैन उनको स्वार्थ के हो ? तर, बाहिर जे देखिएको छ त्यो चाहीँ मान्यवर जीपीका संस्करण २ जस्तो लाग्छ ।
नेकपा एमालेका अध्यक्ष, संसदीय दलका नेता केपी शर्मा ओली । जीपीसँग उनका खास मिल्ने व्यवाहारहरु धेरै छन् । पहिलो त अडान नै हो । दुनियाँमा जे होस्, अडानबाट उनी दायाँबायाँ हिँडेका छैनन् । अर्को उनी आफु वरीपरिका मान्छेलाई अवसर दिन पनि चुकेका छैनन् । संविधानसभाभित्र होस्, सरकारमा होस् वा पार्टीभित्र उनले आफ्नो वरिपरि रहने सवैको मन राख्ने कोशिश गरेका छन् । अनि, एमाओवादीसँग बारम्बार टक्कर ।
भनिन्छ नी घिउ निस्कनका लागि मदानीको मिहेनतको अनिवार्यता हुन्छ । त्यहाँ मन्थन लामो हुनुपर्छ । तर, जहाँ मन्थन हुँदैन त्यहाँ घिउ निस्कँदैन ।
संविधानसभाको दोस्रो निर्वाचन भनेको मोही पार्ने ठेकीमा मदानी घुमाएको परिणनति थियो । र, मदानीको आवश्यक । अहिले केपी ओली राष्ट्रिय राजनीतिका मदानी हुन् । उनका कारणले मन्थन भइरहेको संविधानका अन्तरबस्तुको विषयको बहस । उनी केन्द्रित भएको छ, राजनीति । प्रचण्डहरु केन्द्रित रहेको राजनीति एक्कासी युटर्न भएर अहिले ओली केन्द्रित हुन पुगेको छ । ओली विनाको वैठक, ओली भएको वैठक, ओली विनाको छलफल, ओलीसहितको छलफल, आयोग, सरकार, राजनीतिक दलहरु जहाँ होस् त्यसका दुई फरक पाटाका निर्णयहरुका रुपमा आउँछन् । मुलुकमा ओली विनाको सहमति कार्यान्वयन नहुने स्थितिमा पुग्नुको अर्थले पनि भन्न सकिन्छ, ओली जीपी कोइराला संस्करण २ हुन् ।
मुलुकमा गिरीजाप्रसाद कोइरालाको राजनीतिक अडान र निर्णय गर्ने व्यवहार उनको स्वर्गारोहणसँगै गयो भन्ने थियो । तर, जब
एमालेको नेतृत्वमा आए ओली, उनले आफूलाई जिपी कोइराला संस्करण २ का रुपमा उभ्याएका छन् । मान्नुस नमान्नुस्, ओली नेपाली राजनीतिमा अडान र नेतृत्वका लागि मान्यवर बनिसकेका छन् । लोकतान्त्रिक आन्दोलनमा ओलीको भुमिका कस्तो रह्यो भन्ने कुरा अहिले गौण बनिसकेको छ, त्यसपछि भएका राजनीतिक क्रियाकलापमा पनि उनको भुमिका गौण रह्यो । जब सक्रिय पद र सक्रिय काममा ओलीको प्रवेश भएको छ, मुलुक फरक ढंगबाट अघि बढेको छ । यो संविधानसभा सफल होला या नहोला कारण के होला ? तर, एउटा कुरा सफल हुनेछ, ओलीले आफूलाई नेपाली राजनीतिको केन्द्रविन्दुचाँही बनाएर छाड्छन् ।
अहिलेपनि संविधानसभामा पहिलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो एमाओवादी छ । पहिलो र दोस्रो सत्तामा छन्, तेस्रो प्रतिपक्षमा । हेर्दा उस्तै तौलमा देखिँदैन यद्यपि यस्तै छ । तर, सत्ताको नेतृत्व गरेर पनि कांग्रेसको भुमिका गौण र एमालेको प्रधान किन बनिरहेको छ ? प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइरालाको भूमिका निस्क्रिय तर एमाले अध्यक्ष ओलीको भुमिका किन सक्रिय भइरहेको छ ? सत्ताको नेतृत्व कांग्रेसले गरेपनि सत्तापक्षको अडान र नेतृत्वका रुपमा ओली सक्रिय हुनुपर्ने कारण के हो ? यसो हेर्दा समाजवादी, प्रजातान्त्रिक चिन्तन बोकेको कांग्रेसभन्दा माक्र्सवादी लेलिनवादी एकिकृत चिन्तन बोकेको एमाले नै उग्र कम्युनिष्टका लागि काउन्टर शक्तिका रुपमा देखिएको छ, ओलीका कारणले । एमाले पुरै लोकतान्त्रिक शक्तिको नेतृत्वकर्ता जस्तो देखिएको छ ।
अहिले ८ माघमा संविधान जारी गर्ने किन नगर्ने ? संविधानको मस्यौदा जारी गर्ने कि नगर्ने ? संघीयता कस्तो बनाउने भन्ने बहस चलिरहेका बेला ओलीको अडानले नै भुगोललाई अविभाज्य र जातीय नामको राज्य नराख्ने कुरा अघि बढिरहेको छ । लोकतान्त्रिक पद्दतीमा बहुमतको आवश्यक किन ? भन्ने तर्क उनले अघि सारेका कारणले सहमति भनिरहेको कांग्रेसकै नेताहरु पनि बहुमत किन नहुने भनेर ओलीको भाषामा भाका मिलाउन थालेका छन् । खासगरी, संविधानसभामा गगन थापाले उठाएको कुरा सन्दर्भ सामग्री हो । यसले के पनि पुष्टि गरिरहेको छ भने ओलीले उखान टुक्कामात्र होइन, मुलुकको दिर्घकालिन विषयका बारेमा पनि गहन कुरा गरिरहेका छन् । हुनसक्छ, रोगी भएका कारण केही समय उनी मुलुकको कार्यकारी पदमा पुग्ने महत्वकांक्षामा पनि होलान् । तर, त्यो महत्वकांक्षा भन्दा पनि उनले अहिले राजनीतिक रुपमा गरेको अडानले मुलुकलाई सही बाटोमा डो¥याएको भान हुन्छ, भएको छ । एउटा सानो मुलुकको विकास, राज्यपुनसंरचनाको कुरा भनेको सुशासनमा केन्द्रित हुन्छ, गरेर जाँदा भुगोलमा केन्द्रित हुन्छ र त्यो सवै जोडिएको अवस्थामा । यो अडानलाई अन्य राजनीतिक दलहरुले कायम राख्न सकेका छैनन् तर ओलीले राखिदिएका कारणले राजनीतिको फरक तरंग बजारीकरण भयो । यीनका जतिपनि अडानहरु छन् प्राय सवै जीपी कोइरालाका तत्कालिन अडानजस्ता छन् । जीपीलाई पनि धेरैले मन पराएनन्, उनको राजनीतिक सोचलाई नाघेर जाने कोशिश भयो । अन्ततः उनको स्वर्गारोहण भएपछि उनलाई धोका दिएका कुराहरु सार्वजनिक भए, पश्चातापका शव्दहरु भए । अहिले ओलीको यो बोली पनि कठोर लाग्छ, भोली यीनको यहि जीपी संस्करणका कुराहरु सम्झिएर मुलुकमा राजनीति गर्नेहरु कम हुनेछैनन् । यद्यपि, यी अडानबीच कहिलेकाँही प्रयोग गर्ने ओलीका बचनहरुचाँही तिखा नै हुन्छन् ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा सोमबार प्रकाशित
No comments:
Post a Comment