बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन् । उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा धाइरहेका छन् । आफन्तले पठाएको भिसाका आधारमा उनी निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन् । भन्छन्,‘एउटा निर्माण सम्बन्धि कम्पनीका लागि जान लागेको हुँ । एक हजार रियल तलव हुन्छ भनेकाले तयारी गरिरहेको हुँ ।’ भर्खर १२ कक्षा उतिर्ण गरेका उनलाई मामा पर्ने आफन्तले भिसा पठाउने आश्वासन दिएका थिए । भन्छन्,‘भिसा आउने निश्चित भइसकेका कारण म आफ्नो कागजी कामका लागि यहाँ आएको छु ।’
नेपाली युवा श्रमशक्तिका लागि वैदेशिक रोजगार गतिलो आकर्षण बनेको छ । त्यसमा पनि कम्पनी मार्फत जानेभन्दापनि व्यक्तिगत भिसामा जानेको संख्या बढ्न पनि बढ्न थालेको छ । खाडी मुलुकमा यसरी व्यक्तिगत भिसामा जाने युवाको संख्या ह्वात्तै बढेको छ । जहाँ नेपाली कामदार ज्यादा छन् त्यहाँ व्यक्तिगत भिसामा जानेहरु पनि बढि हुनु स्वभाविक नै भएको छ । पछिल्लो समयमा खाडी मुलुक कतारमा नेपाली कामदारको संख्या बढेको छ जहाँ व्यक्तिले पठाएको भिसाका आधारमा कामदार जाने क्रमपनि बढिरहेको छ ।
धनगडीका राजेन्द्र उपाध्याय पनि व्यक्तिगत भिसाकै आधारमा कतार नै जान लागेका छन् । विभाग परिसरमा भेटिएका उनले शुक्रबारसँग भने,‘केही कागजी काम बाँकी छ एकमहिनाभित्र उड्ने तयारीमा छु ।’ पछिल्लो समयमा कतारलाई श्रम गन्तव्य बनाएर जानेको संख्या अत्यधिक हुने गरेको छ । म्यानपावर कम्पनीहरु, व्यक्तिगत भिसामा पनि कतारमा माग बढ्ने गरेका कारण कतार गतिलो गन्तव्य बन्दै गएको हो । मोरङको लेटाङका हरि श्रेष्ठपनि व्यक्तिगत भिसामा कतार जान लागेका छन् । उनीपनि निर्माण कम्पनीका लागि जान लागेका हुन् । भन्छन्,‘आम्दानी औसत भएपनि मौका राम्रो आएकाले जान लागेको छु ।’ श्रेष्ठका अनुसार कम लगानीमा औसत आम्दानी र धेरै नेपाली भएका कारण कतारलाई श्रम गन्तव्य बनाउन लागिएको हो ।
त्यसो त वैदेशिक रोजगार विभागको गत महिनाको तथ्याङ्कमा पनि व्यक्तिगत भिसामा कतार जानको संख्या उच्च देखिएको छ । कात्तिकमा मात्र १६ हजार सात सय ७३ जना कतारका लागि उडेका थिए । त्यसमध्ये व्यक्तिगत भिसामा मात्र दुई हजार आठ सय १७ जना पुगेका छन् । विभागका अनुसार व्यक्तिगत भिसामा यत्तिको संख्या विदेश जानु भनेको उच्च संख्या हो । विभाग लगायत वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र नेपाल सरकारले पनि संस्थागत भिसालाई बढि महत्व दिने गरेका छन् । विभागले त व्यक्तिगत भिसालाई निषेध गर्ने योजना पनि बनाएको छ । कामको जोखिम र मानिसहरु समस्यामा परेका कारण सरकारी निकायबाट यस्तो तयारी भएपनि श्रमको अवसर खोज्नेहरुले भने व्यक्तिगत भिसालाई त्याग्न सकेका छैनन् । बोर्ड अधिकार अशोक गौतम भन्छन्,‘व्यक्तिगत भिसामा जोखिम हुने भएकैले पनि संस्थागत भिसा लिनका लागि हामीले अपिल गरेका हौं । तर, कामदारहरुका लागि आएको भिसालाई श्रम स्वीकृति दिनैपर्ने हुन्छ ।’
गत वर्षसम्म कामदारको उच्च माग गर्ने मलेशियालाई यस वर्ष खाडी मुलुक कतारले उछिनेको छ । सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता गर्ने अवसर पाएको कतारले निर्माणका लागि वैदेशिक कामदार ज्यादातर लगेका कारण पनि नेपाली श्रमशक्तिको संख्या बढेको हो । खाडी मुलुकमा त्यसैपनि नेपाली कामदारको माग बढ्दो छ । यस वर्षपनि कतारमा राम्रो संख्यामा नेपाली कामदारको माग भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार अन्य मुलुकका तुलनामा अहिले कतारमा नेपाली कामदारको माग बढेको हो । निर्माण क्षेत्रमा नै नेपाली श्रमशक्ति जाने क्रम बढेको पनि देखिन्छ ।
हर्षबहादुरका विस्मात
जीवनलाई परिवारसँग रमाउने उमङ्ग कायम राखेका छन्, हर्षबहादुर रानामगरले । परिवारसँग लामो समय बसेर गाउँमा रमाउने उनको मनोकांक्षा अहिले पनि कायम छ । छोराछोरी, घरपरिवार र गाउँमा नयाँ काम थाल्ने उनको महत्वकांक्षी योजनालाई पनि विर्सिएका छैनन् । विदेशबाट फर्किदाँ हर्ष र उन्माद खुसी बाकेर सुखका आँशु झार्ने उनको रहर थियो । तर, उनका यी सवै रहर तासको महल झैं भत्किएको छ । उनलाई जीवनसँग दिक्क लागेको छैन, बरु साँचेका र सोचेका सपनाहरु भनेजसरी पुरा गर्न नसकेकोमा खेद भएको अनुभव सुनाउँछन् ।
धन कमाई ल्याउने आशामा सात वर्ष अघि खाडी छिरेका उनले श्रीमतिका लागि नयाँ साडी ल्याउन सकेनन्, बरु आफ्नो भएको मृगौला काम नगर्नेगरी खराब भएको सन्देश लिएर आए । लामो समयसम्म दोहाको अस्पतालमा थलिएर फर्किए उनी । कमाएको रकम लिएर हैन, सहकर्मीको हमदर्दीबाट उठाएको विर्सनै नसक्ने ऋण लिएर फर्किए । सँगै बस्ने नेपाली सहकर्मी र सहयोगीहरुको गुण विर्सन नसक्नेगरी फर्किएको बताउँछन् उनी । ‘एक महिनाजति अस्पतालमा बसें । साथीहरुको सरसहयोगबाट नेपाल फर्किएको छु । उपचारका लागि अस्पताल धाइरहेको छु ।’ उनले भने,‘काठमाडौंमा अझै केही महिना बस्दैछु ।’ नयाँ वर्षपार्कको एक गेष्ट हाउसमा ठहरिएका छन् उनी । बाँच्ने रहर अझै कायम राखेका उनी मृगौला डायलासिसका लागि प्रत्येक दिन वीर अस्पतालको प्रांगणमा पुगिरहन्छन् । गत साता उनी तीनदिन लगातार पुगेका थिए । उनी नेपाल फर्किएपनि पाल्पाको आफ्नो गाउँ पुग्न सकेका छैनन् । ‘अहिले त म विरामले थलिएको छु, हिँड्न सक्ने भएपछि गाउँ जाने योजना बनाएको छु ।’ उनले भने ।
उनीसँग आफ्ना आफन्त भेट्ने अपूरो रहर छ । नेपाल फर्किएर गाउँमा वातमार्ने र विदेशका अनुभव सुनाउने मौका उनले पाएका छैनन् । सात वर्ष अघि सन् २००५ मा हाँसेर कतार हानिएका उनी आँखाभरी दुखका आँसु बोकेर फर्किएपनि काठमाडौंबाट उम्कन पाएका छैनन् । ‘केही समय चल्नका लागि पनि यहाँबाट उम्कन पाउने अवस्था छैन । अझै केही महिना यहिँ रहन्छु होला ।’ भावुक हुँदै उनले शुक्रबारसँग भने,‘केही समय त यहाँ बसेर आफ्नो प्रारम्भिक उपचार पनि त गराउनु छ ।’
कतारमा कार्यरत रहँदा उनी सनैया–४३ मा बस्दथे । दोहाको क्युवान अस्पतालमा कार्यरत थिए उनी । पछिल्लो समय नर्सिङ साइडमा काम गरेका उनले कतार पुग्नासाथ होटलमा काम गरेका थिए । उनी सम्झिन्छन्,‘पहिला होटलमा काम गरेको थिएँ, लन्ड्रीको, पछि हाउस किपिङको काम गरें । काम गर्दा त्यस्तो केही शारिरीक समस्या भएको थाहा थिएन ।’ उनले दोहाको म्यारिओट होटलेमा तीन वर्ष काम गरेका थिए । त्यसपछि क्युवान अस्पतालमा उनी कार्यरत थिए । व्यक्तिगत भिसामा कतार पुगेपनि काममा गुनासो गर्ने ठाउँ थिएन । बरु, उनी भाग्यलाई दोष दिन्छन् । यद्यपि, कतारको वातावरणसँगको प्रतिकुलता नमिल्दा आफु पीडित भएको उनको ठम्याई पनि छ । भन्छन्,‘कति खुसीसाथ विदेशिएको थिएँ । तर, एक महिनाअघिमात्र कतारको अस्पतालले मेरो मृगौला खेर गएको भनेपछि म निक्कै दुखी भएको छु । आफ्ना आकांक्षाहरुलाई दवाएर काठमाडौंमा जीवनका लागि बसीरहेको छु ।’
पाल्पा पिपलडाँडा–७ बाट विदेशिएका हर्षबहादुर कमाएको सम्पत्ती आफ्नै उपचार गर्दा सकेका छन् । ‘केही रकम जम्मा गर्न सकिएन, विरामी भएपछि अहिले आफ्नै लागि खर्च गर्न पनि धौ धौ भएको छ ।’
उनका दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनी काठमाडौंमै थन्किएका छन् । बाँच्नका लागि उनले मृगौला ‘डाइलसिस’ गरिरहनुपरेको छ । अहिले उनको एउटै अपेक्षा छ,‘बाँच्न पाए केही गर्न सकिन्छ ।’
काममा जानेलाई टिप्स
यदि तपाई वैदेशिक रोजगारीमा हाउसमेड अथवा केयर गिभरका रुपमा जानु हुँदैछ भने नेपाल सरकारले तयार गरेको कार्यविधिको निम्न कुराहरुमा ध्यान दिनुहोस ।
– हाउस मेडका लागि मासिक आधारभूत वेतन संयुक्त अरब इमिरेष्ट् (यू.ए.इर्. ९०० दिरहाम वा सो भन्दा बढी पारिश्रमिकमा मात्र रोजगारीमा जानु पर्दछ ।
– नेपालबाट कामदार जानुअघि कामदारका नाममा रोजगारदाताले बीमा, औषधि उपचार सुविधा र दूतावासले निर्धारण गरेको निश्चित धरौटी रकम पेश गरेपछि दूतावासले
कामदार ल्याउने करारनामा प्रमाणित गरेपछि मात्र रोजगारीमा जानुपर्दछ ।
– रोजगार दाताको न्यनतम आय मासिक घरभाडावाहेक १०,०००।– दिरहाम भएको र सुरक्षण वापत ५,०००।– दिरहाम राजदूतावासमा धरौटी राखे नराखेको बारेमा कामदार आफैंले बुझुनुपर्दछ ।
– दूतावासद्वारा उपलब्ध गराइएको फारममा रोजगारदाताले कामदारको वासस्थानको व्यवस्था स्पष्ट रुपमा उल्लेख गरिएको बारेमा जानकारी लिएरमात्र जानुपर्दछ ।
महिला कामदारको हकमा बासस्थानको लागि छुट्टै कोठा र शौचालयको व्यवस्था गर्नुपर्नेछ
–अविवाहित पुरुषले महिला घरेलु कामदार नियु्क्त गर्न नसक्ने र रोजगारदाताको चरित्रगत कुराको लागि उसको प्रहरी प्रतिवेदन पढेर र बुझेरमात्र जानु उपयुक्त हुन्छ ।
संयुक्त अरब इमिरेष्टको प्रचलित कानुन अनुसार आधिकारिक निकायबाट रोजगारदाताले घरेलु कामदार राख्न पाउने स्वीकृतिपत्र दूतावाससमक्ष पेश गरेको हुनुपर्दछ ।
उल्लिखित कुराहरुका बारेमा राम्रोसँग जानकारी राख्नका लागि वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा सम्पर्क गरी बुझेर जाँनु उपयुक्त हुन्छ ।

शुक्रबार साप्ताहिकमा प्रकाशित ।
No comments:
Post a Comment