विनोद ढकाल
आउँदो विहीबार कति प्रतिशत युवायुवती, किशोरकिशोरी आलिंगनमा बाँधिएर व्यक्तित्वका चर्चा गर्दा हुन् ? कति प्रतिशतले राष्ट्रियताका गहिरो कुराकानी गर्लान् ? बन्द कोठाभित्र चल्ने मनोवादसँग अनेक प्रश्नोत्तर छन् । स्वभाविक उत्तरहरु फेला पार्न निकै कठिन हुन्छ । जे होस् नयाँ पुस्ताको उन्मादसँग यो विहीबार रुमल्लिने छ, फरक धारमा । बर्षको एक दिन आउने ‘प्रेमदिवस’ विल्कुल नयाँ ढंगहरु र रंगहरुबाट वित्नेछन् । सहरका राम्रा मल्टिप्लेस, रेष्टुरेन्ट, क्याविनमा विभिन्न इभेन्टका फोहोरा पनि छुट्नेछन् । यद्यपि, १४ फेब्रुअरीको व्यापक तयारी गर्नेहरुका लागि यो दिन सफल बन्न सकोस्, शुभकामना छ । तर, यो दिनसँगै एक पटक मुलुक र राष्ट्रियताको सवाललाई सम्झनाका लागि अनुरोध पनि गर्दछु
स्वास्थ्यमन्त्रालयले २०१० र ११ मा गरेको एउटा अध्ययनलाई आधारमान्ने हो भने ठूलो जमात नेपाली सामाजिक आन्दोलन बाहिर नै छ । त्यो समूह जिम्मेबारीपूर्ण भुमिका बाहिर नै रमाउने गरेको पाइन्छ । ‘डबल अफेयर’, १७ वर्षमा नै पहिलोपल्ट यौनको सुख र त्यसैमा केन्द्रित मनोविज्ञान नै जिम्मेवारीबाट अलग पार्ने विषय हुन् । जसलाई सकारात्मक रुपमा राज्यले ‘ट्रिटमेन्ट’ गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार १० देखि २४ बर्षका उमेर समूहका किशोरकिशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाईरहेको पाईएको थियो । १० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षणको यो नतिजाले देखाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१० र ११ मा गरिएको सवेक्षण अनुसार १५ बर्र्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए । त्यस्तै नयाँ सर्वेक्षणअनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बाईफ्रेण्ड र गर्लफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
त्यस्तैगरी नेपालमा ६३ प्रतिशत किशोरकिशोरी तथा युवाहरुले हस्तमैथुन गर्ने गर्दछन् । किशोरकिशोरी तथा युवा मध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पति मध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेका तथ्यांकले देखाएको छ । किशोरकिशोरी तथा युवा सवेक्षणले ग्रामिण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाएको थियो ।
। यो उदाहरण, तथ्याङ्क अहिलेको समस्या हो अथवा सवाल ? लेखिरहँदा मनमा खड्कीएको एउटा प्रश्नपनि बन्यो । अथवा यो कुनै खास क्षेत्रले अवहेलना गरेको उपज हो ? यसका अनेक उत्तरहरुहका फरक तर्कहरु बन्न सक्छन् । तर, जुन पुस्ता यसरी रमाइरहेको छ यसको सम्मानजनक जिम्मेवारीको भुमिकामा नेपाली राजनीति कमजोर बन्नुचाँही एउटा कारण बन्नसक्छ । परिभाषाको सुरुआती शव्दहरु नै युवापुस्ताको मुलुकका रुपमा गर्ने राज्यसत्ता किन खास मुद्दाबाट टाढा भागीरहेको छ ? प्रगतिशिल र सम्मानित प्रजातन्त्रको गहन उपभोग गराउन र मुलुकको राष्ट्रियताबारे किन गहिरो हुन सकेको छैन ? यावत सवालको उत्तरहरु खोज्ने निकाय राज्य नै हो । किनभने उसले शिक्षा दिन सकेको छैन । उसले आफ्नो मुलुकको राष्ट्रियताबारे गहन अध्ययन गराउन सकेको छैन । मानव जीवनमा प्रेम स्वभाविक हुन्छ । तर, देशप्रेमचाँही अस्वभाविक रुपमा रहनसक्नुपर्दछ, जुन हराउँदै गइरहेको छ । आज कास्मिरमा भारतीय र पाकिस्तानी सेनाको युद्ध चर्किनु भनेको त्यहाँको क्षेत्राधिकार कसको भन्ने एक प्रश्नको उत्तरहरु हुन् । त्यो हिंसाले जन्माएको आतंक, हज्जारौंको ज्यान जाने कारणपनि राष्ट्रियताको सवाल हो । तर, स्वतन्त्र, निर्भिक र आत्मसम्मानीत मुलुकको चाहनामा गृहयुद्धमा मारिएका हज्जारौं नेपालीजन हत्याको निक्र्यौल के हो ? पत्ता लाग्न सकेको छैन ।
यसबीचमा २१ वर्षपछि महाधिवेशनमा गएको एकीकृत नेकपा माओवादीले उठाएको राष्ट्रियताको कुरा गर्नु सर्मविनाको मानिस बन्नु हुन थालेको छ । उसको राष्ट्रियताले भारतीय गुप्तचर संस्था रअको प्रतिनिधित्वमात्र गरेको छैन, आफ्नो मुलुकको सीमाबारे जनताको मत लिनुपर्ने प्रस्ताव नै अराष्ट्रिय तत्वको महाभेलाको मुख्य एजेण्डा बनेजस्तो लागेको छ । एक महाधिवेशन प्रतिनिधिसँग मैले सोधें भ्यालेन्टाइने डे नजिकिएको छ कसरी मनाउने तयारी गर्नुभएको छ ? उनले जवाफ फर्काए–‘कम्युनिष्टहरुले पश्चिमा शैलीको प्रेम गर्दैनन् । भनौं, त्यसको विरोधी हुँ म । आफ्नो स्वाधिनताको सवालमा बोल्ने मानिस हुँ ।’ अनि फेरि फरक धारको प्रश्न उभ्याएँ फेरि । ‘यस्तो क्रान्तिकारी पार्टी किन राष्ट्रियताको सवालमा जनमतसंग्रहको कुरा गरिरा’छ ?’ उनले प्रत्युत्तर दिए– यहि त हो एमाओवादीको विशेषता । आफु पायकका विश्लेषण र व्यभिचारले थिचेको नेपाली राजनीतिमा नयाँपुस्ताको ध्यान नखिचिँदा भोली मुलुक कुन दुदर्शामा पुग्ने हो ? त्यसको हेक्का कसैले पनि राखेको छैन । सहरमा फरक धारको दिनमा रमाएको एक पुस्ताले आफ्नो मुलुकको राष्ट्रिय दिवसहरु भुल्न थालेका छन् । प्रजातान्त्रिक दिनहरु विर्सन थालेका छन् । फागुन ७ गते आउने प्रजातन्त्र दिवसको हेक्का नराखी पाँच दिन अघि आउने प्रेमदिवसमा लिप्त हुन थालेका छन् । यस्तो परिस्थितिको सृजनाकार यहि नैतिकता सकिएको राजनीति, त्यसमा रमाउने सत्तास्वार्थी दलहरु र त्यसमा पनि उभिएका तथाकथित नेताहरु हुन् । भाषणमा राष्ट्रियता र शासनमा आत्मसर्मपणको नियत बोकेर हिँडिरहेका छन् । नयाँ पुस्तालाई दिशानिर्देश गर्ने हिम्मत नराख्ने तर मुलुकको सीमाको विषयमा हुर्मत लिने बहस चलाउन उद्दत छन् ।
राष्ट्रको पुँजी भनेकै आत्मविश्वास र अखण्ड मुलुकको हृदयस्पर्शी प्रेम हो । यो प्रेमलाई जन–जनका मनबाट कुनै राजनीतिक दस्तावेजका आधारमा विलिन बनाउने प्रयत्न गर्नुचाँही राष्ट्रवादी चिन्तन होइन । त्यसै भनेन् नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मुलुकलाई फरक धारमा उभ्याउनका लागि लेण्डुप दोर्जे मार्गमा पुगे, प्रचण्डहरु भनी । प्रेममा आफ्नो र अर्काको रतीगात्मक स्पर्शले धेरै अर्थ राख्दछ । मुलुक प्रेमको रतीगात्मक सोचको विकास गर्ने प्रयत्नमा कुनै राजनीतिक दलहरु लागेनन् । उनीहरुका मन, मस्तिष्क र दिमागका अनेक नशाहरुमा व्यक्तिवादी सोच, भ्रष्टाचार र सत्ताको नशा छ । उनीहरु आफ्नो स्वार्थसँग प्रेम गर्छन् । र, सत्ताका लागि राष्ट्रियताको तिलाञ्जली दिएर आफ्नै मुटुको परिधि छुट्याउने जनमतको घोषणा गर्छन् ।
नेपाली राजनीतिक एकातिरको यात्रामा छ, नेपाली युवा पुस्ता फरक यात्रामा छन् । मुलुकको राज्यसत्ताको लक्ष्यको बारेमा अहिलेसम्म पनि यकिनन् उत्तरहरु, दिशानिर्देशहरु कोरिन सकेका छैनन् । संविधानका खोक्रा नारामा राजनीतिक दलहरुको गतिविधिको बन्धक बनेको मुलुकका व्यवस्थित यात्रा तय हुन सकेको छैन । सत्तावरिपरि घुमेको राजनीतिले एउटा फरकधारको पुस्तालाई मुख्य राजनीतिमा डो¥याएको अवस्थिति छैन । त्यसकारण यहि पुस्ताले भन्ने गरेका छन्,‘राजनीति फोहोरी’ खेल हो । यो किन फोहोरी भइरहेको छ ? कसले बनाइरहेको छ ? फोहोरी ? यसका उत्तरहरु पनि उनै राजनीतिक दलहरुले चिरेर निकाल्नुपर्ने आवश्यकता देखिन्छ । नयाँ पुस्ता जसले आमुक दिनलाई आफ्नो बनाइरहेको छ त्यसलाई मुलुकको स्वाधिनता, राष्ट्रियता र विकासनिर्माणलाई आफ्नो बनाउने अवस्थिति नेपाली राजनीतिले सृजना नगरे, भोली मुलुक यस अवस्थामा रहँदैन । दैनिक रित्तिदै गएको नयाँपुस्ताको सृजनशिलताले मुलुकको श्रृङ्गार गर्न पाएन भने केवल खोक्रो, थोत्रो र भुम्रो राजनीतिमात्र बाँकी रछन्छन् । अनि, बाँकी रहनेछन् तिनका शेषहरु, तिनका अवशेषहरु, तिनले छाडेर गएका ही फोहोरी खेलहरु ।

हिमालय टाइम्स दैनिकमा शुक्रबार प्रकाशित मेरो लेख ।
No comments:
Post a Comment