Thursday, July 25, 2013

तिथी, थिति र यक्षप्रश्न

सम्पादकले भन्नुभयो– मुलुक बदल्नका लागि एउटा नेता भए पुग्छ । न्युजडेस्कमा अन्तर्राष्ट्रिय समाचार बनिरहेको थियो– ‘नेल्सन मण्डेलाको ९५ औँ जन्मजयन्ती’ को सन्दर्भमा । हो, एउटा मुलुक बनाउनका लागि एउटा नेताको खाँचो छ । महात्मा गान्धीको अभियानले भारतमा प्रजातन्त्र फस्टाएको सर्वत्र सुनिएको, पढिएको विषय हो । मण्डेलाको अभियानका कारण नै दक्षिण अफ्रिका स्वतन्त्र र समृद्धिको बाटोमा लागेकै हो । यस्ता कैयन उदाहरण छन् । पाठ्यक्रममा अहिले पनि अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको भूमिकाको विषयमा चर्चा हुने गरेको छ । पाठ्यक्रममा पढिने व्यवस्था मिलाइएको छ । वर्तमान राष्ट्रपति बाराक ओबामाको पनि कम चर्चा छैन । तर, हामी धेरै नेता पाएर पनि गुमाउने मुलुकका जनतामा परेका छौँ । अहिले पनि धेरै नेताहरू छन् जसले अखबारका मुखपृष्ठमा प्रमुख समाचारको पात्र बन्ने हैसियत राखिरहेका छन् । उनीहरूका दलहरूका कुराकानीबाट मात्र आलेखहरू पनि जोडिन थालेका छन् । यो आलेख पनि निरन्तरताको क्रमभंग हुन सकेन, राजनीतिक रूपमा कहीँ न कहीँ जोड्नै पर्ने बाध्यतामा परिसकेको छ ।
सुनिन्छ, पेरिसडाँडातिर निर्वाचन लागेको छ । नेपालको ठूलो राजनीतिक दल एकीकृत नेकपा माओवादीको मुख्यालय त्यहाँ छ भन्ने सुनेको छु । अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठहरू निर्वाचनको तयारीमा जुटेका छन् रे । अनि, केन्द्रीय सदस्यलाई प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने अभियानमा पनि लाग्यो अरे । सानेपातिर पनि निर्वाचन लागेको छ रे । सुशील कोइराला मिति सार्न तयार छैनन् । उनलाई अरु मतलव पनि छैन रे । विदेशीको दबाब भयानक भएर आएको छ रे । विदेशी भन्छन् रे,‘ निर्वाचन गर, निर्वाचन गर ।’ बल्खुमा मुख्यालय भएकाले त अवको निर्वाचनमा पहिलो पार्टी नै हुने दावी गरिसक्यो रे । उसले त आगामी निर्वाचनको मतपरिणाम पनि निकालिसक्यो रे । सुन्दा पनि अचम्म लाग्ने । निर्वाचन हुनुपर्छ, यो जनताको अधिकार हो । तर, जनता कहाँ छन् रु निर्वाचन जनताका लागि मात्र हो कि कार्यकर्ताका लागि मात्र हो विश्लेषण अनिवार्य छ कि छैन रु मलाई प्रश्नहरूले गाँजिरहेका छन् ।  लोकतन्त्रको सुन्दरता निर्वाचन, सुन्दरता बनाउने साधनहरू के हुन् रु विदेशी दबाब, विदेशी सहयोग अथवा विदेशीको चाहना रु निर्वाचनको दबाब जनताको अपेक्षा र यथार्थ हो कि काठमाडौंका पाँचतारेमा भेटिने राजदूतहरूको इच्छा रु मेरा देशका नेताहरू मलाई एकपटक बुझाइदिनुहोस् न । जो निर्वाचनबाट अनिवार्य प्रभावको पात्र बन्न चाहन्छन्, निर्वाचनका असरदार पात्रहरू हुन्, तिनको अवस्था अहिले पनि के छ त रु विश्लेषण गर्नुभएको छ रु झन्डै एक करोड नेपाली जनता मतदाता नामावलीमा आउन सकेका छैनन्, यो एउटा सरकारी तथ्य हो, झन्डै ५० लाख नेपाली विदेशमा अनिवार्य रूपमा बसेका छन्, यो अर्को तथ्य हो । र, प्रत्येक वर्ष कम्तीमा १० लाखभन्दा बढी युवा, नागरिक, मतदाता विदेसिइरहेका छन्, यो विद्यमान तथ्य हो । यी तथ्यहरूलाई नजरअन्दाज गरेर निर्वाचनको कुन तिथि तय गरी राजनीतिक दलहरूले थिति देखाइरहेका छन् रु यो मेरो प्रश्न हो ।  
राज्य सरकारविहीनताको रूपमा अघि बढिरहेको छ, मुलुक जनतालाई भरिया बनाएर अर्थतन्त्र बढाउने भाषणमा सीमित छ, जनता भारी बोक्नका लागि खाडीको यात्रामा ज्यान गुमाउन बाध्य छ । यो साता मन त्यति हलुका हुन सकेन । समाचारको दुनियाँमा खेलिरहँदा विदेशमा डरलाग्दा घटनामा नेपालीको ज्यान गएको सुनियो जसले यसअघिका निर्वाचनमा मतदान गरेको थियो, त्यो एउटा मतदाता मरेको खबर सुनियो ।
मलेसियामा केमिकलको ट्यांकीमा डुबेर धरान–१६ सुनसरीका मोती लावतीको मृत्यु भयो । लावतीको मृत्युको कारण पनि खुल्यो । तर, उनको मृत्युमा राज्यले शोक मनाउने अभिप्राय गरेन । उनको मृत्युमा राज्य गम्भीर हुन सकेन । उनको मृत्युबारे एक मतदाता घटेको समाचार राज्यले प्राथमिकतामा दिन सकेन । जोहरवारुस्थित जेसिबी कम्पनीमा कार्यरत लावतीको केमिकल ट्यांकी सफाइ गर्ने क्रममा त्यहीँ डुबेर मृत्यु भएको थियो । विगत डेढ वर्षदेखि उनी मलेसियामा कार्यरत थिए । उनीसँगै यो साता रुकुमका दिलबहादुर पुन, मोरङका रामबहादुर कार्की, काठमाडौंका बालकृष्ण परियार, बुद्ध थापाको मृत्यु भयो । यी सडकमा सडेका सागपातजस्तो मलेसियाको कुनै कुनामा लासको बिस्कुन भए । राज्य गम्भीर हुन सकेन । राज्य किन गम्भीर भएन रु उसको परिवारबारे राज्यले किन सम्बोधन गर्न सकेन रु यो मेरो अर्को प्रश्न हो ।
आर्थिक वर्ष ०६९÷७० मा मात्रै सात लाख दुई हजार पाँच सय २० जना नेपाली श्रमशक्ति रोजगारीको खोजीमा खाडीलगायतका मुलुक पुगिसके । तीसँगै अनेक मार्गबाट प्रत्येक वर्ष १० लाख युवाशक्ति वैदेशिक रोजगारीको खोजीमा मुलुक छाडिरहेका छन् । यी मतदाता होइनन् रु यिनको अधिकार छैन रु राज्यले यी शक्तिलाई मतदाता अधिकार प्रयोग गर्न कसरी दिने रु यो मेरो फरक प्रश्न हो । उद्योगपतिहरू राजनीतिमा आएपछि मुलुकमा उद्योगको काम कसले गर्छ रु व्यवसायको जिम्मा कसले लिन्छ रु यद्यपि, यो बाध्यता हुनुपर्छ, उद्योगपतिहरू खुला राजनीतिमा आएका होइनन्, उनीहरूलाई राजनीतिमा ल्याइएको हो । केही समयअघि तारे होटलमा नवनेपाल निर्माण पार्टीले एउटा फरक वैज्ञापनिक कार्यक्रम गरेको थियो । ठूलो पत्रिकामा मोटो रकमको विज्ञापन गरेर तयार पारिएको भेलामा मान्छेहरूको टाउको गन्न सकिने थिएन । त्यहाँ छेउबाट देखिन्थे श्रमजीवी पत्रकारका वकालतीदेखि कलाकारहरूका महारथीसम्म । यद्यपि, त्यहाँ उपस्थित कलाकार हस्ती मदनकृष्ण श्रेष्ठको दुइटा शब्दले सांकेतिक रूपमा त्यो भेलालाई प्रश्न गरेको थियो । यो देशका राजनीतिज्ञहरूभन्दा शिक्षक ठूला हुन् । डाक्टर ठूला हुन् । अरू व्यक्ति ठूला हुन् । तर, सबैले राजनीतिज्ञलाई नमस्कार गर्नुपर्ने, यो कस्तो व्यवस्थामा हामी छौँ रु यो प्रश्नसँग मेरो सहमति रहेको थियो । मलाई थाहा छैन, त्यो उद्यमशील राजनीतिक भेलाको निष्कर्ष के निस्कनेवाला छ, के हुनेवाला छ । यत्ति थाहा छ, नेपाली राजनीति अब व्यावसायिक उद्योगका रूपमा परिभाषित हुन थालेको छ । त्यसले ठूला–ठूला विज्ञापनबजार ओगट्न थालेको छ, मिडियामा लगानी गर्न थालेको छ अनि त्यसलाई नै राजनीतिक दल भनेर बुझाउन थालिएको छ । यो कुन नियतिमा हामी आइपुगेका छौँ रु यो अर्कोे प्रश्न हो ।
समस्या जनतामाझ छैन । समस्या काठमाडौंको सिंहदरबार भन्ने फरक दरबारियाहरूमाझ छन् । समस्या कोटेश्वरको पेरिसडाँडा, ललितपुरको सानेपा, बल्खुको मदननगरमा व्याप्त छन् । उनको चाहनाले स्थापन हुने व्यवस्थामा समस्या छ । उनका समस्याको निराकरण, उनका आवश्यकताको परिपूर्ति, उनका स्वार्थको भारी बोक्ने जनतामा कहाँनेर समस्या छ रु उनका कार्यकर्ताको धम्की, खप्की, उनका कार्यकर्तालाई चन्दा दिएर पाल्नुपर्ने बाध्यता, उनका जनतालाई नमस्कार भनिदिनुपर्ने बाध्यता बोकेका गरिबहरूमाझ समस्या छ कि, उनीहरू आफै समस्या बनिरहेका छन् रु यो मेरो प्रश्न हो ।
लोकतन्त्रको रक्षा, सुरक्षा र निरन्तरताका लागि जनतालाई बाइपास गर्ने, जनताको अभिमतलाई शून्यमा राखी कार्यकर्ताको मतलाई अघि सार्नु दुर्भाग्यपूर्ण हुनेछ । आमनिर्वाचन भनेको कुनै पार्टीको महाधिवेशनको निर्वाचन होइन, यो आमजनताको सहभागिताको निर्वाचन हो । आमजनताले नेता छान्न पाउने प्राधिकार हो, यो प्राधिकार कुनै राजनीतिक दलहरूको आपसी सहमतिको घेराबन्दीमा मात्र सीमित राख्न पाइँदैन । यसो गरे अर्को विद्रोह सुरु हुनेछ, अर्को सामाजिक विरोध र आन्दोलनका आवाजहरू विस्तारै, सुस्त गतिमा आउनेछन् जसले राजनीतिक दलहरूको एकाधिकारलाई विस्थापन गरी जनताको अधिकारको न्यायलाई उच्चशिखरमा पु¥याउनेछ ।
मुलुकमा रहेका ५० प्रतिशत युवाको मतलाई नजरअन्दाज गरी हुन लागेको निर्वाचन गर्नका लागि मात्र हुनेछ, त्यसले मुलुकमा आमूल परिवर्तनको जग गाड्न सक्दैन, परिवर्तनको संवाहकको भूमिकामा युवालाई स्थापन गराउन सक्दैन, सिजनशील अनुहारहरूलाई सरोकारवाला बनाउन सक्दैन जब परिवर्तन हुन सक्दैन भने त्यो निर्वाचनले फेरि पनि पुरानै राजनीतिको पुनरावृत्ति गर्नेछ, यो अवश्यम्भावी छ । यो सम्भावनालाई चिर्नका लागि आत्मादेखि नै राजनीतिक दल र तिनका नेता किन परिवर्तन हुन चाहिरहेका छैनन् रु यो मेरो प्रश्न हो ।
समाज अहिले दुईथरि समस्याबाट दीर्घरोगी हुने सम्भावना ज्यादा छ । खासगरी सामाजिक अपराधमा राजनीतिक मिसावट, राजनीतिक कुपोषणका कारण विदेश पलायन । यी दुई कुरालाई नियन्त्रण गर्नका लागि आगामी रणनीति र निर्वाचनको लक्ष्य नहुने हो भने मुलुकमा कहिल्यै पनि भनेजस्तो परिवर्तन हुन सक्दैन । परिवर्तन हुन सक्छ, राजनीतिक दलहरूको आकार, राजनीतिक नेताहरूको मतअभिमतको एउटा घेरा । तर, नेपाली जनताले चाहेको अहिलेको परिवर्तन यो हो त रु जनताले चाहेको परिवर्तन खास अर्थको जनता हो, सर्वस्वसहितको सबै अधिकार जनतामा निहित हुनुपर्छ भन्ने व्यवस्थाको हो, खास अर्थमा परिभाषा हुने प्रजातन्त्रको हो । यी कुरा पूरा गर्नका लागि राजनीतिक दलको घेराभित्र राखिएको, घोषणाभित्र राखिएको, सहमतिका नाममा गरिएको भागवण्डासहितको सम्झौतामा राखिएका बुँदाहरूको व्याख्या होइन, अवलम्बन गरेका नीतिहरूको व्यावहारिक कार्यान्वयन हो । के यी कुराहरू विद्यमान राजनीतिक दलहरूले पूरा गर्न सक्लान् रु ग्रामीण तहसम्म कार्यान्वयनको तहमा व्यवस्थापनको प्रभावकारीता देखाउन सक्लान् रु कति हदसम्म देखाएका छन् रु विश्लेषण गर्ने आवश्यकता देखिएको छ, गर्नुपर्छ ।
प्रश्नहरूको समाधान उत्तर नै हो । र, मेरा प्रश्नहरू कागजी उत्तरको अभिमुखीकरणका लागि उत्पादन गरिएका होइनन्, त्यसको व्यावहारिक कार्यान्वयनको पक्षमा खास अर्थहरूको खोजीका लागि हुन् । सिद्धान्तले मात्र मुलुक चल्ने भए विश्वका सबै सिद्धान्तमा आधारित आधिकारिक शक्तिहरूमाझ हामी उभिएका छौँ, भोगेका छौँ । तर, ती कुनै पनि जनहितको पक्षमा रहेर कार्यान्वयनको तहमा आएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनदेखि नै यो दल र उ दलको भागवण्डाका आधारमा कार्यकर्ताको मनमस्तिष्कमा षड्यन्त्रको बीउ रोपिएको छ, विकासको तहमा आउनुपर्छ, व्यवहारको तहमा उत्रिनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । त्यो चेतनाको विकास अबका युवाहरूको मताधिकारविनाको निर्वाचनले पूरा गर्न सक्दैन ।

तिथि, थिति र यक्षप्रश्न

सम्पादकले भन्नुभयो– मुलुक बदल्नका लागि एउटा नेता भए पुग्छ । न्युजडेस्कमा अन्तर्राष्ट्रिय समाचार बनिरहेको थियो– ‘नेल्सन मण्डेलाको ९५ औँ जन्मजयन्ती’ को सन्दर्भमा । हो, एउटा मुलुक बनाउनका लागि एउटा नेताको खाँचो छ । महात्मा गान्धीको अभियानले भारतमा प्रजातन्त्र फस्टाएको सर्वत्र सुनिएको, पढिएको विषय हो । मण्डेलाको अभियानका कारण नै दक्षिण अफ्रिका स्वतन्त्र र समृद्धिको बाटोमा लागेकै हो । यस्ता कैयन उदाहरण छन् । पाठ्यक्रममा अहिले पनि अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको भूमिकाको विषयमा चर्चा हुने गरेको छ । पाठ्यक्रममा पढिने व्यवस्था मिलाइएको छ । वर्तमान राष्ट्रपति बाराक ओबामाको पनि कम चर्चा छैन । तर, हामी धेरै नेता पाएर पनि गुमाउने मुलुकका जनतामा परेका छौँ । अहिले पनि धेरै नेताहरू छन् जसले अखबारका मुखपृष्ठमा प्रमुख समाचारको पात्र बन्ने हैसियत राखिरहेका छन् । उनीहरूका दलहरूका कुराकानीबाट मात्र आलेखहरू पनि जोडिन थालेका छन् । यो आलेख पनि निरन्तरताको क्रमभंग हुन सकेन, राजनीतिक रूपमा कहीँ न कहीँ जोड्नै पर्ने बाध्यतामा परिसकेको छ ।

सुनिन्छ, पेरिसडाँडातिर निर्वाचन लागेको छ । नेपालको ठूलो राजनीतिक दल एकीकृत नेकपा माओवादीको मुख्यालय त्यहाँ छ भन्ने सुनेको छु । अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठहरू निर्वाचनको तयारीमा जुटेका छन् रे । अनि, केन्द्रीय सदस्यलाई प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने अभियानमा पनि लाग्यो अरे । सानेपातिर पनि निर्वाचन लागेको छ रे । सुशील कोइराला मिति सार्न तयार छैनन् । उनलाई अरु मतलव पनि छैन रे । विदेशीको दबाब भयानक भएर आएको छ रे । विदेशी भन्छन् रे,‘ निर्वाचन गर, निर्वाचन गर ।’ बल्खुमा मुख्यालय भएकाले त अवको निर्वाचनमा पहिलो पार्टी नै हुने दावी गरिसक्यो रे । उसले त आगामी निर्वाचनको मतपरिणाम पनि निकालिसक्यो रे । सुन्दा पनि अचम्म लाग्ने । निर्वाचन हुनुपर्छ, यो जनताको अधिकार हो । तर, जनता कहाँ छन् रु निर्वाचन जनताका लागि मात्र हो कि कार्यकर्ताका लागि मात्र हो रु

विश्लेषण अनिवार्य छ कि छैन रु मलाई प्रश्नहरूले गाँजिरहेका छन् ।  लोकतन्त्रको सुन्दरता निर्वाचन, सुन्दरता बनाउने साधनहरू के हुन् रु विदेशी दबाब, विदेशी सहयोग अथवा विदेशीको चाहना रु निर्वाचनको दबाब जनताको अपेक्षा र यथार्थ हो कि काठमाडौंका पाँचतारेमा भेटिने राजदूतहरूको इच्छा रु मेरा देशका नेताहरू मलाई एकपटक बुझाइदिनुहोस् न । जो निर्वाचनबाट अनिवार्य प्रभावको पात्र बन्न चाहन्छन्, निर्वाचनका असरदार पात्रहरू हुन्, तिनको अवस्था अहिले पनि के छ त रु विश्लेषण गर्नुभएको छ रु झन्डै एक करोड नेपाली जनता मतदाता नामावलीमा आउन सकेका छैनन्, यो एउटा सरकारी तथ्य हो, झन्डै ५० लाख नेपाली विदेशमा अनिवार्य रूपमा बसेका छन्, यो अर्को तथ्य हो । र, प्रत्येक वर्ष कम्तीमा १० लाखभन्दा बढी युवा, नागरिक, मतदाता विदेसिइरहेका छन्, यो विद्यमान तथ्य हो । यी तथ्यहरूलाई नजरअन्दाज गरेर निर्वाचनको कुन तिथि तय गरी राजनीतिक दलहरूले थिति देखाइरहेका छन् रु यो मेरो प्रश्न हो ।  

राज्य सरकारविहीनताको रूपमा अघि बढिरहेको छ, मुलुक जनतालाई भरिया बनाएर अर्थतन्त्र बढाउने भाषणमा सीमित छ, जनता भारी बोक्नका लागि खाडीको यात्रामा ज्यान गुमाउन बाध्य छ । यो साता मन त्यति हलुका हुन सकेन । समाचारको दुनियाँमा खेलिरहँदा विदेशमा डरलाग्दा घटनामा नेपालीको ज्यान गएको सुनियो जसले यसअघिका निर्वाचनमा मतदान गरेको थियो, त्यो एउटा मतदाता मरेको खबर सुनियो ।
मलेसियामा केमिकलको ट्यांकीमा डुबेर धरान–१६ सुनसरीका मोती लावतीको मृत्यु भयो । लावतीको मृत्युको कारण पनि खुल्यो । तर, उनको मृत्युमा राज्यले शोक मनाउने अभिप्राय गरेन । उनको मृत्युमा राज्य गम्भीर हुन सकेन । उनको मृत्युबारे एक मतदाता घटेको समाचार राज्यले प्राथमिकतामा दिन सकेन । जोहरवारुस्थित जेसिबी कम्पनीमा कार्यरत लावतीको केमिकल ट्यांकी सफाइ गर्ने क्रममा त्यहीँ डुबेर मृत्यु भएको थियो । विगत डेढ वर्षदेखि उनी मलेसियामा कार्यरत थिए । उनीसँगै यो साता रुकुमका दिलबहादुर पुन, मोरङका रामबहादुर कार्की, काठमाडौंका बालकृष्ण परियार, बुद्ध थापाको मृत्यु भयो । यी सडकमा सडेका सागपातजस्तो मलेसियाको कुनै कुनामा लासको बिस्कुन भए । राज्य गम्भीर हुन सकेन । राज्य किन गम्भीर भएन रु उसको परिवारबारे राज्यले किन सम्बोधन गर्न सकेन रु यो मेरो अर्को प्रश्न हो ।

आर्थिक वर्ष ०६९÷७० मा मात्रै सात लाख दुई हजार पाँच सय २० जना नेपाली श्रमशक्ति रोजगारीको खोजीमा खाडीलगायतका मुलुक पुगिसके । तीसँगै अनेक मार्गबाट प्रत्येक वर्ष १० लाख युवाशक्ति वैदेशिक रोजगारीको खोजीमा मुलुक छाडिरहेका छन् । यी मतदाता होइनन् रु यिनको अधिकार छैन रु राज्यले यी शक्तिलाई मतदाता अधिकार प्रयोग गर्न कसरी दिने रु यो मेरो फरक प्रश्न हो । उद्योगपतिहरू राजनीतिमा आएपछि मुलुकमा उद्योगको काम कसले गर्छ रु व्यवसायको जिम्मा कसले लिन्छ रु यद्यपि, यो बाध्यता हुनुपर्छ, उद्योगपतिहरू खुला राजनीतिमा आएका होइनन्, उनीहरूलाई राजनीतिमा ल्याइएको हो । केही समयअघि तारे होटलमा नवनेपाल निर्माण पार्टीले एउटा फरक वैज्ञापनिक कार्यक्रम गरेको थियो । ठूलो पत्रिकामा मोटो रकमको विज्ञापन गरेर तयार पारिएको भेलामा मान्छेहरूको टाउको गन्न सकिने थिएन । त्यहाँ छेउबाट देखिन्थे श्रमजीवी पत्रकारका वकालतीदेखि कलाकारहरूका महारथीसम्म । यद्यपि, त्यहाँ उपस्थित कलाकार हस्ती मदनकृष्ण श्रेष्ठको दुइटा शब्दले सांकेतिक रूपमा त्यो भेलालाई प्रश्न गरेको थियो । यो देशका राजनीतिज्ञहरूभन्दा शिक्षक ठूला हुन् । डाक्टर ठूला हुन् । अरू व्यक्ति ठूला हुन् । तर, सबैले राजनीतिज्ञलाई नमस्कार गर्नुपर्ने, यो कस्तो व्यवस्थामा हामी छौँ रु यो प्रश्नसँग मेरो सहमति रहेको थियो । मलाई थाहा छैन, त्यो उद्यमशील राजनीतिक भेलाको निष्कर्ष के निस्कनेवाला छ, के हुनेवाला छ । यत्ति थाहा छ, नेपाली राजनीति अब व्यावसायिक उद्योगका रूपमा परिभाषित हुन थालेको छ । त्यसले ठूला–ठूला विज्ञापनबजार ओगट्न थालेको छ, मिडियामा लगानी गर्न थालेको छ अनि त्यसलाई नै राजनीतिक दल भनेर बुझाउन थालिएको छ । यो कुन नियतिमा हामी आइपुगेका छौँ रु यो अर्कोे प्रश्न हो ।

समस्या जनतामाझ छैन । समस्या काठमाडौंको सिंहदरबार भन्ने फरक दरबारियाहरूमाझ छन् । समस्या कोटेश्वरको पेरिसडाँडा, ललितपुरको सानेपा, बल्खुको मदननगरमा व्याप्त छन् । उनको चाहनाले स्थापन हुने व्यवस्थामा समस्या छ । उनका समस्याको निराकरण, उनका आवश्यकताको परिपूर्ति, उनका स्वार्थको भारी बोक्ने जनतामा कहाँनेर समस्या छ रु उनका कार्यकर्ताको धम्की, खप्की, उनका कार्यकर्तालाई चन्दा दिएर पाल्नुपर्ने बाध्यता, उनका जनतालाई नमस्कार भनिदिनुपर्ने बाध्यता बोकेका गरिबहरूमाझ समस्या छ कि, उनीहरू आफै समस्या बनिरहेका छन् रु यो मेरो प्रश्न हो ।

लोकतन्त्रको रक्षा, सुरक्षा र निरन्तरताका लागि जनतालाई बाइपास गर्ने, जनताको अभिमतलाई शून्यमा राखी कार्यकर्ताको मतलाई अघि सार्नु दुर्भाग्यपूर्ण हुनेछ । आमनिर्वाचन भनेको कुनै पार्टीको महाधिवेशनको निर्वाचन होइन, यो आमजनताको सहभागिताको निर्वाचन हो । आमजनताले नेता छान्न पाउने प्राधिकार हो, यो प्राधिकार कुनै राजनीतिक दलहरूको आपसी सहमतिको घेराबन्दीमा मात्र सीमित राख्न पाइँदैन । यसो गरे अर्को विद्रोह सुरु हुनेछ, अर्को सामाजिक विरोध र आन्दोलनका आवाजहरू विस्तारै, सुस्त गतिमा आउनेछन् जसले राजनीतिक दलहरूको एकाधिकारलाई विस्थापन गरी जनताको अधिकारको न्यायलाई उच्चशिखरमा पु¥याउनेछ ।

मुलुकमा रहेका ५० प्रतिशत युवाको मतलाई नजरअन्दाज गरी हुन लागेको निर्वाचन गर्नका लागि मात्र हुनेछ, त्यसले मुलुकमा आमूल परिवर्तनको जग गाड्न सक्दैन, परिवर्तनको संवाहकको भूमिकामा युवालाई स्थापन गराउन सक्दैन, सिजनशील अनुहारहरूलाई सरोकारवाला बनाउन सक्दैन जब परिवर्तन हुन सक्दैन भने त्यो निर्वाचनले फेरि पनि पुरानै राजनीतिको पुनरावृत्ति गर्नेछ, यो अवश्यम्भावी छ । यो सम्भावनालाई चिर्नका लागि आत्मादेखि नै राजनीतिक दल र तिनका नेता किन परिवर्तन हुन चाहिरहेका छैनन् रु यो मेरो प्रश्न हो ।
समाज अहिले दुईथरि समस्याबाट दीर्घरोगी हुने सम्भावना ज्यादा छ । खासगरी सामाजिक अपराधमा राजनीतिक मिसावट, राजनीतिक कुपोषणका कारण विदेश पलायन । यी दुई कुरालाई नियन्त्रण गर्नका लागि आगामी रणनीति र निर्वाचनको लक्ष्य नहुने हो भने मुलुकमा कहिल्यै पनि भनेजस्तो परिवर्तन हुन सक्दैन । परिवर्तन हुन सक्छ, राजनीतिक दलहरूको आकार, राजनीतिक नेताहरूको मतअभिमतको एउटा घेरा । तर, नेपाली जनताले चाहेको अहिलेको परिवर्तन यो हो त रु जनताले चाहेको परिवर्तन खास अर्थको जनता हो, सर्वस्वसहितको सबै अधिकार जनतामा निहित हुनुपर्छ भन्ने व्यवस्थाको हो, खास अर्थमा परिभाषा हुने प्रजातन्त्रको हो । यी कुरा पूरा गर्नका लागि राजनीतिक दलको घेराभित्र राखिएको, घोषणाभित्र राखिएको, सहमतिका नाममा गरिएको भागवण्डासहितको सम्झौतामा राखिएका बुँदाहरूको व्याख्या होइन, अवलम्बन गरेका नीतिहरूको व्यावहारिक कार्यान्वयन हो । के यी कुराहरू विद्यमान राजनीतिक दलहरूले पूरा गर्न सक्लान् रु ग्रामीण तहसम्म कार्यान्वयनको तहमा व्यवस्थापनको प्रभावकारीता देखाउन सक्लान् रु कति हदसम्म देखाएका छन् रु विश्लेषण गर्ने आवश्यकता देखिएको छ, गर्नुपर्छ ।

प्रश्नहरूको समाधान उत्तर नै हो । र, मेरा प्रश्नहरू कागजी उत्तरको अभिमुखीकरणका लागि उत्पादन गरिएका होइनन्, त्यसको व्यावहारिक कार्यान्वयनको पक्षमा खास अर्थहरूको खोजीका लागि हुन् । सिद्धान्तले मात्र मुलुक चल्ने भए विश्वका सबै सिद्धान्तमा आधारित आधिकारिक शक्तिहरूमाझ हामी उभिएका छौँ, भोगेका छौँ । तर, ती कुनै पनि जनहितको पक्षमा रहेर कार्यान्वयनको तहमा आएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनदेखि नै यो दल र उ दलको भागवण्डाका आधारमा कार्यकर्ताको मनमस्तिष्कमा षड्यन्त्रको बीउ रोपिएको छ, विकासको तहमा आउनुपर्छ, व्यवहारको तहमा उत्रिनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । त्यो चेतनाको विकास अबका युवाहरूको मताधिकारविनाको निर्वाचनले पूरा गर्न सक्दैन ।

सलमान अदालत धाउँदै, क्याट्रिना रणवीरसँग नुहाउँदै

बलिउड अभिनेता सलमान खान यतिवेला अदालतको संघारमा आफ्नो बचाउका लागि वकिलको साहारामा छन् । तर, उनकी प्रेमिका भनिएकी क्याट्रिना कैफचाँही अहिले वलिउडमा उदाउँदा नायक रणवीर कपुरसँग स्पेनमा रोमान्समा डुवेकी छिन् ।
उनीहरुले भलै आफ्नो सम्बन्धलाई नखुलाएपनि यस्ता तस्विरहरु आएका छन्, जसले उनीहरु सम्बन्धको कुन हदसम्म छन् भन्ने कुरालाई प्रष्ट पारेको छ । रणवीर कपुरको जन्मदिनको उत्सवको अवसर पारेर क्याट्रिना पनि समुद्र किनारमा रोमान्स सहित नुहाउनका लागि स्पेन पुगिन्, रणवीरसँगै ।
स्पेनमा यी जोडीले के के गरेहोला ? यी तस्विरहरु हेरेर अनुमान गर्न सकिन्छ । क्याट्रिना राजनीति भन्ने फिल्मबाट नै रणवीरसँग जोडिएकी थिइन् । अझ नजिक भएकी थिइन् । त्यसुपछि उनीहरुको व्यक्तिगत सम्बन्ध अझ प्रगाढ भयो । दिपिका पादुकोणेसँग लभ अफेयरको कुरा चलेपनि त्यसको वे्रकअप हुनासाथ रणवीरले क्याट्रिनालाई समाउने हिम्मत गरे, जवकी सलमान खान अहिलेपनि क्याट्रिनासँग उत्तिकै प्रित लाउँछन् ।


Saturday, July 13, 2013

साइबर लभ–२

आज उनीकिन मौन छिन् ? मैले कयौं पटक बोलाइसकें । उनी फेरि पनि मलाई ‘रेसपोन्स’ गरिरहेकी छैनन् । म यहाँ मनैदेखि अनेक कुरा खेलाइरहेको छु । सायद, उनका लागि मसँग कुरा गर्नु एउटा खेल हो । अथवा, एकैछिन् समय विताउने साधन बनिरहेको छु, म । म उनकै मर्जीको सारथीका रुपमा च्याटवक्समा हिँडिरहेको छु । तर, उनी मेरो मर्जीकोसँग किन सहज भएर सहमत हुन सक्तिनन् खै, कुन्नी ? । 
अपराध गरेको अभियुक्त भन्दापनि ठूलो सजायको तिक्तताले मलाई गाँजिरहेको छ । सायद, मैले भन्न हुने थिएन होला उनलाई । तर, भनेर पनि के नै विगारेको हो र ? उनको स्वीकारोक्ति पनि त थियो नी ?
कालो अनि सुनसान रात छ । बजारतिर शुन्यप्रायः छ । केही जँड्याहाका साउतीस्वरका आग्रही हल्लाभन्दा केहीपनि सुन्दिन । म एकाग्र भएर रश्मीको च्याटवक्सतिर नियाँलिरहेको छु । त्यहाँ कुनै म्यासेज झर्दैन । त्यहाँ कुनै वर्षादी हुँदैन, प्रेमिल शव्दको । अपेक्षा छ, हुन्छ म कुरिरहेको छु । 
अघिल्तिरको टेलिभिजनले सैतान भन्ने कार्यक्रमको साप्ताहिक एपिसोड सिध्याउन लागिसक्यो । म एक्लै, अनिदो भएर कुरीरहेको छु । मनमा अनेक कुराहरु खेलीरहेका छन् । शव्द जोडेर, घटाएर कविताको ‘फर्म’मा ल्याउने प्रयत्नमा कलम र कापीको साहरा लिइरहेको छु । तरपनि मेरो मन र हात त्यहि किवोर्डमा छन्, जहाँ उनका अनेक शव्दहरु आउने प्रतिक्षा निरन्तर छ, मनोगत अपेक्षामा रुमल्लिएका प्रेमका अनेक शव्दहरुको छटपटाहटले मलाई औडाहा बनाइरहेको छ ।
‘हेलो’ लामो पर्खाइपछिको एउटा प्रत्युत्तर आयो । मैले त्यत्रो शव्दहरु लेखें । अनेक सोधें ? त्यसका उत्तरहरु एउटा शव्दमा सीमित भएर फर्कियो । यो प्रत्युत्तर कुनै आहटमा आएको थियो ? अथवा कुनै बाध्यतामा खसेको थियो ? सातसमुन्द्रपारीबाट झरेको यो शव्द मेरो लागि अनमोल रत्नसरह थियो । यसले एकैपलमा मेरा औडाहाहरु, मेरा छटपटाहटलाई योगान्तरमा झारिदियो । उकालो लागेको मेरो अनभिज्ञ, अमूर्त प्रश्नोत्तरको गतिलाई रोकिदियो ।
उनीआज अलिक पीडामा छिन् । म उनको भावनाहरु शव्दका मझेरीबाट बुझिरहेको छु । फरक तर कयन अर्थहरु बोकेका हेर्दा अमूर्त लाग्ने हिसावमा उनी मसँग संवादमा सक्रिय भइन् । 
‘जीवन भनेको के हो ?’, दुनियाँमा सवै मानिसहरु किन एकै प्रकारका छन् ? उनका सोचहरु किन साझा भेटिरहेको छु ? तिमी पनि त्यहि भिँडको एकजना हौ । तिमी पनि अलग छैनौं । उ मप्रति केही आशावादी र केही फरक शैलीमा उत्तरका खोजीसँग रुमल्लिन खोजीरहेकी छ ।
साइबर संसारमा छिरेका केही वर्षहरुमा मैले धेरै युवतीहरुसँग प्रेमिल कुराहरु गर्ने प्रयत्न गरेको थिएँ । कतिपय आफैंपनि माया भरिएका शव्दहरुबाट मलाई नजिक तान्न खोज्दथे । अहिलेपनि त्यस्ता पात्रहरु कम छैनन् । तर, यो समाजदेखि टाढा भएर हो या मेरो सोचको सतहसँग समानान्तर भएका कारणले हो, म रश्मीसँगको संवादमा डुबीरहेको छु, पौडीरहेको छु, फेरि डुवीरहेको छु, फेरि उत्रिरहेको छु ।
०००
आज दिन फरक छ । साँझ व्याकुल छ, नशाका लागि । नशा रफ्तारमा छ, शरिरका लागि । शरिर उत्तेजित छ, मदिराका लागि । मदिरा प्यासी छ, प्रकारका लागि । मेरा अगाडी वाइनका दुई ठूला बोतलहरु तयार छन् । हिङ्वा वाइन । नेपालमा बनेको वाइन । हुन त प्रायः ह्विस्किसँग रुमल्लिने म आज वाइनसँग नजिक छु । त्यसको कारणपनि उनीहुन् । उनको वाइनको ह्याविटले मेरो ह्याविटलाई चेन्ज गरिरहेको छ । केवल निरन्तरको संवादले ? घरिघरि उनी भन्छिन्,‘यो संवाद यति नजिक छ की मलाई मायाको अनुभुत हुन थालेको छ ।’ यसअघि नै मैले उनलाई भनिसकेको थिएँ, यो मायाको प्रतिकका रुपमा अघि बढिरहेको छ । साइबरमै पनि संवादका आधुनिक उपकरणहरु कम छैनन् । प्रत्यक्ष जहाँ जसरी भएपनि शव्दचित्रबाट ‘कन्भरसेसन’को पर्याप्त अवसर छ । तर, मैले उनलाई प्रस्ताव गरेको छैन, अनि उनले पनि त्यो प्रविधिलाई सहज ठानेकी छैनन् ।
मैले वाइनको चुस्की फरक ढंगबाट लिएँ । त्यो पहिलो स्वाद पहिलो पटक प्रेमिकालाई चुम्बन गरेभन्दा मिठो, पहिलो पटक आनन्दको अनुभुति गरेभन्दा फरक, पहिलो पटक जमिन छाडेर आकाशमा तैरिएको जस्तो । संवाद जारी छ । 
जीन्दगी एउटा छ, त्यो पनि अमिलो । जीन्दगी अर्को छ, त्यो पनि अमिलो । यी दुई जीन्दगीहरुको मधुर त्यहाँ छ, जतिबेला संवादमा अनेकन दिनचर्याहरुको अभिलेखालय तयार हुन्छ । च्याट बक्समा ५ हजार पटक भन्दा ज्यादा भइसकेको संवादको गणना कतिसम्म पुग्ने हो न उनलाई थाहा छ, न मलाई थाहा छ । त्यसको कुनै सीमा अहिले नै निर्धारण भएको छैन, परिधि पनि अहिले नै तय भएको छैन । गुणन–भाग, जोड–घटाउ, अहँ केहीपनि तय छैन, उनको र मेरो अनुभुतिजस्तै, साझा तर उत्कट प्रेमिल संवादजस्तै ।
सहर साँघुरिएको बेला, सडक जाममा परेका बेला, सवारीका ताँत एकले अकर्बोलाई उछिन्नका लागि तयार भएको बेला, संवाद निरन्तर आफ्नो गतिमा चलिरहेको छ । त्यसको कुनै समय छैन, गन्तव्य पनि कसैलाई थाहा छैन । साइबरको दुनियाँमा चलेको यो संवाद गतिशिल छ रोकिने कुनै लक्षण देखिँदैन । 
‘मैले आज सवै कुरा विर्सिएकी छु । सवैकुरा सम्झिन साध्य छैन । म आफुमा हराएको छु ।’ उनले पछिल्लो पटक च्याटबक्समा झारेको शव्द थियो यो । रात धेरै वितिसकेको छ, जीवन लामो छ । संवादको क्रम चलिरहनेछ । मायाको सीमा नभएजस्तो यो ‘लभ्ली कन्भर्सेसनको पनि सीमा छैन । मैले च्याट बक्समा लेखें,‘समय छ, साइबर लभ अनन्त छ, मानिसको जीवनको परिधिसम्म । आजलाई विट मारौं, अर्कोचोटी कुरा सुरु गरौंला ।’ म झोला बोकेर अफिसतिर हुइाकिएँ, उनी सिरानी च्यापेर विछ्यौनामा पल्टिइन्, सायद । 

Tuesday, July 9, 2013

फरक समाज, प्रवृत्ति र प्रतिविम्ब

 न्युजडेस्कमा काम गरिरहँदा नेपाली समाजका समाचार र मैले मित्रसँग गरिरहेको बहसलाई तुलनात्मक रूपमा विश्लेषण गरिरहेको छु । त्यो विश्लेषणको एउटा टुक्रालाई अनिवार्यताका रूपमा प्रस्तुत गर्नुपर्ने बाध्यता भयो । २३ असार ०७० को न्युजडेस्क सरल थिएन । हुन त नेपाली समाजमा दिनहुँ हुने घटनाको विषयमा समाचार छाप्नु मेरो कर्तव्य बनेको छ । मेरो कर्तव्य र व्यक्तिगत जीवनका प्रसंगहरूबीचको तालमेल मिल्नु–नमिल्नु विश्लेषणको एउटा कडी पनि बन्दो रहेछ, समाचार । धनुषामा एउटी १२ वर्षीया बालिकालाई पुजारीले बलात्कार गरेको अभियोगको समाचार डेस्कमा आयो । दाङमा एक युवतीलाई युवाले सामूहिक बलात्कार गरेको समाचार पनि तुरुन्तै आयो । अनि, एक वृद्धले १२ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको समाचार पनि आयो । मेरो देशको समाचार भिन्न ठाउँबाट समान घटनाका रूपमा आए । मैले यी समाचारहरूमाथि घोत्लिनु बाध्यता थियो । एकातिर अखबारका पृष्ठमा राख्नुपर्ने अनिवार्यता थियो, अर्कातिर मेरै समाजतिर फर्किएर विश्लेषण गर्नुपर्ने स्थिति पनि ।

यस्तो समाजबाट हुर्किरहेको छ, मुलुक । त्यसकारण यो तेस्रो विश्वको रूपमा परिचित छ । मैले पहिलो विश्वका समाचारहरू पनि कम हेरेको थिइन । मेरो समाजमा लाजलाई पर्दा ढाकिन्छ र त्यो जबरजस्ती उदांगो हुँदा बलात्कार हुन्छ । त्यो अपराध बन्छ र त्यसले कानुनी कारबाहीको दायरा नियाल्छ । यो समाजमा अहिले पनि नांगो आन्दोलन गर्ने अधिकार कसैलाई छैन । यो पनि अपराधसरह मानिन्छ । अर्को विश्वको समाचार केही महिनाअघि मैले नै लेखेको थिएँ । युरोपका कैयन मुलुक जहाँ युवतीहरू नांगिए र आन्दोलनको चरणमा उत्रिए । जर्मन, युक्रेन, फ्रान्सलगायतका मुलुकमा युवतीहरू निर्वस्त्र भएर आन्दोलनमा उत्रिए । लाजको च्यादर हटाएर अधिकारको आन्दोलन गरे । उनका लागि त्यो पनि सहज र सरल आन्दोलन थियो । अब यी दुई विश्वको समाजलाई कसरी जोड्न सकिन्छ रु बहस हाम्रा लागि अनिवार्य बनिसकेको छ । यो कुनै राजनीतिक अधिकारको कुरा होइन, सामाजिक अधिकारको बहस हो ।

केही साताअघि मेरो अन्तरंग साथीले समाजका बारेमा मसँग गहिरो छलफल गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘नेपाली समाजको ढाँचा परिवर्तन भएको छैन ।’ आपूm पनि त्यही समाजमा हुर्किएका कारण त्यहाँबाट भिन्न छैन भन्ने उनको ठहर थियो । उनको सोचाइको तहले विश्लेषण गरेर निक्र्योल गरेको विषयसँग मेरो मतभेद हुँदा त्यसले बहसको सृजना गर्दथ्यो । बहस समाजको कुनै खास कुनामा गएर अड्किन्थ्यो, सायद । म नेपाली समाजको अति कम विकसित ठाउँ, धारणाको विकास कम हुने गाउँबाट हुर्किएर भरखरै राजधानी छिरेकै कारणले पनि मैले समाजको त्यो साँघुरो सोचाइबाट उन्मुक्त भएर तर्कशील बन्न सकिन । त्यसको विश्लेषण गर्नु मेरो अनिवार्यता थियो । त्यो मेरो ग्रामीण समाजसँग विकसित सहरको विचारसँगको समन्वयकारी भूमिका निर्वाह गरी सहजताको एउटा वैचारिक त्यान्द्रो रोप्न सक्नु मेरा लागि गर्वको काम हुने थियो । सम्भवतः यही कर्मसँग जोडिएका कारणले पनि मैले देखेको समाजसँग सामिप्य, सहरसँग समझदारी गर्ने लक्ष्य स्वाभाविक ठान्नु थियो ।

हरेक धारणा, हरेक सोच, फरक र साँघुरा विचारले भरिएको समाजलाई बृहत्तर अवधारणा भएको आधुनिक समाजसँग जोड्ने कामको भूमिकासँग पात्र बन्नु सरल विषय होइन । यद्यपि, त्यो असहजतासँग निरन्तर साक्षात्कार भएर अघि बढ्ने अठोटले तरल समाजलाई आकृति दिने प्रयत्न जारी रहनेछ । पहिलो विश्व र तेस्रो विश्वका विचार समान गराउने सहज विषय होइन । विकास र प्रविधिसँगको लडाइँमा विजय हासिल गरेपछि यी दुई विश्व सहजरूपमा समान हुन्छन् । धारणामा समान हुने अवस्था पनि अहिलेसम्म आएको छैन । एउटा नेपाली युवा युरोपको कुनै मुलुक छिर्दा उसलाई त्यहाँको विकास, सोच र मर्यादा हेर्दा तेस्रो विश्व, पढेको साहित्यजस्तो लाग्नु स्वाभाविक हुन्छ । उसलाई विकसित मुलुकमा रहेर काम गर्नु स्वर्गमा बसेको अनुभूति हुनु पनि स्वाभाविक हुन्छ । तर, मानिसको विचार र पद्धतिमा चाहिँ यी दुई विश्वबीच कसरी फरक छुट्याउने रु कसरी भिन्नताको मापन गर्ने रु आखिर जुन विश्वमा पुगे पनि मानिसका संवेदना सरल र समान हुन सक्छन् । 

स्वाभाविक हो, मान्छे भएर जन्मनुको अर्थ संवेदनासँग जोडिएको छ । भावनात्मक हुनु मानिसले पाएको फरक विशेषता होइन । यो विशेषता जन्मसिद्ध भएर आएको हुन्छ । तर, प्रत्येक मानिसका व्यावहारिक कुराचाहिँ समान हुँदैनन् अनि स्वाभाविक पनि । मानिसबीचको सम्बन्ध र विश्वासको जडसूत्र संवाद हो । संवादको ढाँचाले दुई फरक व्यक्तिको समान विचारको मेल गराउँछ र त्यहाँ मित्रता भन्ने नयाँ सम्बन्ध बन्दछ । मानिसको संवादले साझा सोच हाबी गराएपछि त्यो सरल र घनिष्ठ मित्रता हुन्छ । कहिलेकाहीँ अल्पमतमा रहेका शब्द हाबी हुँदा अथवा त्यसलाई बुझ्ने तरिका फरक भएपछि त्यहाँ बुझाइको कमजोरी हुन्छ । ट्युनिसियाकी एक मुस्लिम युवती अमिना टिलरले आफ्नो व्यक्तिगत अधिकारका लागि गरेको सामाजिक प्रयोगले त्यस मुलुकको शासन प्रणाली, कानुनी आधार मात्र मिचेको थिएन, त्यहाँको सामाजिक र धार्मिक न्याय पनि हनन गरेको ठहर भएकै हो । त्यस मुलुकले उनलाई मृत्युदण्ड सुनाएका कारणले पनि व्यक्तिगत अधिकारको विषय, सामाजिक परिवेशको आन्दोलनका रूपमा नांगिएर अघि आयो, भौतिक नांगोपनबाट ।

यो ती युवतीको अधिकारमाथि राज्य हाबी भएको र राज्यले नयाँ युगको परिवेशलाई नबुझेको कारणले सल्किएको आन्दोलन थियो । नेपाली समाजमा अहिले यस्तो कमजोरीलाई ‘मिसअन्डरस्ट्यान्डिङ’ को नाममा व्यापकता दिन थालिएको छ । किन हुन्छ यस्तो रु यसले सम्बन्धहरूलाई किन भत्काइरहेको छ रु यसको मनोवैज्ञानिक र व्यावहारिक कारण के हो रु यो समाजको कमजोरी हो कि, व्यक्तिको कमजोरी वा प्रवृत्तिको कमजोरी रु कुन तत्व यसमा बढी प्रभावकारी हुन्छ रु

संवाद सबै सरल हुँदैनन् । सहज संवादको अर्थ अनर्थ भएर बुझिन्छ र त्यसले मानिसबीच गैरअनिवार्यताको बीउ रोप्ने गर्दछ । नेपाली समाजमा त झनै यो व्यापक हुन थालेको छ । पछिल्ला वर्षहरूमा यो यतिविघ्न बढेको छ कि यो व्यवस्थासँगै जोडिएको विषय पनि भयो । घरमा प्रेमले ‘राजा’ भनेर बोलाउने गरिन्थ्यो । अचेल ‘राजा’ भन्यो भने त्यो गाली गरिरहेको अनुभूत हुन्छ । तथाकथित गणतन्त्रका फुस्रा तर्कहरूबीच राजा भन्ने शब्दको उपहास र त्यसमाथि बनेको बहुमत धारणा हाबी भइसकेको छ ।
एउटा समाजको प्रतिनिधित्व कुनै व्यक्तिको चरित्रले गरेको हुँदैन । उसको अधिकारले चाहिँ समाजको रूप परिवर्तन गर्दछ ।

माजको प्रतिनिधित्व त्यहाँको सामाजिक परिवेशले गरेको हुन्छ । त्यो सामाजिक परिधिबाट उम्किनु एउटा कुरा हो, त्यसलाई परिवर्तन गर्नु अर्को कुरा हो । उम्किएर समाजलाई दोष दिने र समाजमा बसेर त्यसलाई परिवर्तनको बाटोमा डो¥याउने फरक कुरा हुन् । त्यो सारथी जसले समाज परिवर्तनको भूमिकामा आफ्नो पात्रत्वलाई जिउँदो राखेको हुन्छ, त्यसले समाजभन्दा भिन्न रहेकाहरूको दोष पनि लिन्छ र समाजको दोष पनि उसैले बोक्नुपर्दछ । परिवर्तनको जिम्मेवारी सहज हुने भए आज नेपाली राजनीति पनि निर्दोष हुने थियो होला, शिक्षा निर्दोष हुने थियो अनि पवृत्तिहरू दोषी प्रतिविम्बका रूपमा देखिने थिएनन् ।

अहिले विश्वमा तीनथरि समाज विद्यमान छन् । एकथरि जो घुम्टोभित्रबाट विश्वलाई नियालिरहेको छ । एकथरि जो घुम्टो फुकालेर विश्वसँग नजिक हुन खोजिरहेको छ । अनि, अर्कोथरि जो विश्वमा ओढ्ने, फुकाल्ने र विनावस्त्र पनि विश्व नियाल्न पाउनुपर्छ भनेर हिँडिरहेको छ । नेपाली समाज जो घुम्टो फुकाल्ने तहसम्म पुगेको छ, यसको परिवर्तन सम्भव छ । मर्यादाको सीमा, विकासको गति र अधिकार प्राप्त गर्ने ती तीनै कुरासँग नजिक हुनु अहिले नेपाली समाजको आवश्यकता बनिदिएको छ । यस्तो समाजमा प्रवृत्तिको परिवर्तन अनिवार्य हुन सक्छ तर त्यसले कस्तो प्रतिविम्ब बनाउला त रु यसमा चाहिँ आम विश्लेषण हुनुपर्दछ ।

बाबुरामसँग एक साँझ

तोकिएको पाँच बजे थियो, तर ६ बज्नै लाग्दा सुरुमा साइरनको आवाज आयो र त्यसपछि उनी । कटराइजको कालो पाइन्ट र पुरानो–पुरानो देखिने पहँेलो टिसर्ट लगाएका उनी खैरो तुना भएको कालो चप्पल खोलेर उनकै शैलीको खिस्स हाँसो हाँस्दै घरभित्र छिरे । मलाई उपाध्यक्षबाट भर्खरै एनेकपा (माओवादी) का साधारण सदस्य भएका डा. बाबुराम भट्टराईको ‘बडी ल्यांग्वेज’ हेर्न मन थियो । ‘त्याग’को ताप वा तनावले उनको अनुहारमा ल्याएको परिवर्तन हेर्न मन थियो । तर, यतिखेर उनी छ्याङ्ग उघ्रेका थिए । त्यो साँझ मौसम पनि त्यस्तै थियो ।
खगेन्द्र संग्रौलाको सानो बैठक कक्षमा उनलाई सोध्न थुप्रै प्रश्न थिए । कुन मनोदशामा उनले त्यागपत्र लेखे ? त्यो समय के थियो ? कोकोसँग सल्लाह लिए ? पहिलोपटक कसलाई सुनाए ? के–कस्ता प्रतिक्रिया पाए ? के यो स्टन्ट हो ? र, सबैभन्दा अन्तिम प्रश्न, त्यागपत्रको के हुन्छ र उनी अब के गर्छन् ?
प्रश्नसँग मिसिएर कक्षमा संग्रौलाको प्रिय भोजन मसरुम आयो । त्यसपछि मटन, काँक्राको अचार, सलाद र चिउरा । अँ, पेग पनि थियो, जुन बाबुरामका लागि थिएन । उनले स्प्राइट पिए । र, ‘कुरा के भने’ भन्दै उनैले ‘कुरा’ सुरु गरे । नेपाली शब्दकोशमा ‘कुरा’ को अर्थ के छ कुन्नि ?
वामपन्थीका ‘कुरा’ प्राय: ब्रह्माण्डको उत्पत्तिबाट सुरु हुन्छन् र सांस्कृतिक क्रान्तिमा सकिन्छन् । त्यसबीचमा दास–विद्रोह, पेरिस कम्युन, माक्र्स, रोजा, लेनिन र माओ आउँछन् । ब्लांकी, ट्रटस्की, लिन पियाओ आदिका नाममा गाली गरिन्छ । वामवृत्तमा जानेर वा नजानेर श्रोतालाई प्रभाव पार्नुभन्दा आतंकित पार्नु ‘कला’ मानिन्छ । तर, बाबुराम आज बेग्लै मुद्रामा थिए । उनले गोर्खाको ग्रामीण परिवेशबाट सुरु गरे । साधारण ब्राह्मण परिवार, बुद्ध, ऋषिमुनि र योगीका कथा, महाभारत र रामायण सम्झेर उनी अलि नोस्टाल्जिक भए । उनको हाँसो घट्दै र गम्भीरता बढ्दै गयो । बाबुराम त्यसै पनि हाँसोको स्टक कम भएकै मान्छे हुन्, भलै उनले आजकल मात्रा बढाएका छन् ।
‘संस्कार र परिवेशका कारण जसले त्याग गर्न सक्छ, त्यो नै ठूलो हो भन्ने मलाई सानैदेखि लाग्थ्यो’ भन्ने निष्कर्ष सुनाएर उनले स्प्राइटको एक सिप लिए । यतिखेर उनका आँखा संग्रौलाको दराजमा थिए, रादुगा र प्रगति प्रकाशनका जस्ता लाग्ने हार्डकभरका पुस्तकले भरिएको । त्यस्ता किताब पनि अब सोभियत संघजस्तै इतिहास भइसके ।
त्यसो त त्याग हिन्दू समाजमा मात्र होइन, जहाँकहीँ पूज्य छ । विष नपिएका भए सुकरात असामान्य मानिने थिएनन् । सुलीमा नचढाइएका भए जिसस क्राइस्ट सामान्य प्रचारक हुने थिए । कोट–पाइन्ट लगाइरहेका भए गान्धी महात्मा होइन, मोहनदास करमचन्द मात्र मानिने थिए । त, डा. बाबुराम के हुन चाहन्छन् ? वा, के प्रमाणित गर्न चाहन्छन् ? प्रश्न उस्तै थिए, किनकि तिनले उत्तर पाएका थिएनन् । बाबुराम प्रश्नभित्र छिरेर पनि छिरेका थिएनन्, किनारैकिनार हिँडिरहेका थिए ।
०२६ सालको एसएलसीका बोर्डफस्र्ट उनी कुनै वेला ‘पिँजराको सुगा’ कविता लेख्ने कवि लेखनाथ पौड्यालको घरमा डेरा गरेर बसे । तर, अहिलेको त्यागसँग ‘तरुणतपसी’को सम्बन्ध भने छैन । ‘स्कलर’ बाबुराम पाठ्यक्रमबाहिर जीवन र जगतका जटिल प्रश्नमा गम्भीरतापूर्वक तबमात्र प्रवेश गरे, जब उनी इन्जिनियरिङ पढ्न चन्डिगढ पुगे र त्यहाँको पुस्तकालयमा हराउन थाले । पुस्तकहरू एकपछि अर्को समाधान दिन्थे, तर फेरि नयाँ लेखक र पुस्तकले ती ‘समाधान’माथि प्रश्न गर्थे । ‘सुरुमा मलाई बुद्धले पनि आकर्षित गरे, तर पछि मैले लाला हरदयाल सिंहको एउटा किताब पढेँ,’ घाम ढल्किँदै गर्दा बाबुरामले सुनाए, ‘हरदयालले सोधेका रहेछन्, सबै बुद्ध भएपछि दुनियाँचाहिँ कसले चलाउँछ ? यो प्रश्न मलाई गजब लाग्यो ।’ कोठामा सामूहिक हाँसो फैलियो तर ठिक्कको । किनकि, वातावरण अलि भावनामय थियो ।
‘लाला हरदयालले मलाई भौतिकवादी बनाए, माक्र्सको कम्युनिस्ट घोषणापत्रले द्वन्द्ववादी,’ उनले सुनाए, ‘चे ग्वेभाराले आदर्शमा मर्न सिकाए, स्टालिनका रचनाले द्वन्द्वात्मक भौतिकवाद । नेपालबाट गएका कामदारको बिजोग देखेपछि मैले सिद्धान्तलाई जीवनसँग जोड्ने संकल्प गरेँ ।’ उनको कम्युनिस्ट झुकाव बढ्दै गयो । तत्कालीन माले र चौथो महाधिवेशनसँग समान सम्पर्कमा रहेका उनी पछि चौमसँग जोडिए । त्यतिखेरसम्म उनी अध्यक्ष रहेको अखिल भारत नेपाली विद्यार्थी संघ स्थापित संस्था भइसकेको थियो । ‘यसपछिको मेरो राजनीतिक जीवन सबैलाई थाहै छ’ भनेर उनले एकसरो संवाद सके ।
हो, थाहा छ । समयक्रममा उनी नेता भए । उनी नेता भएको पार्टीले बन्दुक उठायो । यो पनि थाहा छ, त्यो युद्धमा पन्ध्र हजार नेपाली मारिए अनि बलिदान, त्याग र सँगसँगै क्रूरताका थुप्रै कीर्तिमान रचिए । त्यो युद्धले सीमान्तवर्गमा आशा, आवेग र उत्तेजना जगायो । त्यसले गणतन्त्र ल्यायो । तर, यो पनि थाहा छ, आर्थिक–सामाजिक क्रान्तिका आशा र संकल्प अहिले पनि चौबाटोमा छन् । आफूसमेत भएर जगाएका आशालाई अन्योल र आशंकाको जंगलमा अलपत्र छाडेर बाबुराम ‘त्याग’ गरिरहेका छन् । हामीले सोध्यौँ, किन ?
‘यहाँ गलत प्रचार भइरहेको छ,’ उनी पहिलोपटक उत्तेजित देखिए, ‘म मैदान छाडेर भागेको होइन ।’ त्यसो भए त्याग के हो त ? के उनी स्टन्ट गरिरहेका थिए ? यो स्टन्ट थियो भने के अब उनी आफैँ फसेनन् ? आखिर यो त्यागको रचनागर्भ के थियो ? केले उनलाई उत्तेजित तुल्यायो ? वा, त्यो कुन दृश्य थियो जसले उनलाई यसो गर्न प्रेरित गर्‍यो ?
‘अध्यक्ष र म पहिलेदेखि नै सल्लाह गथ्र्याैं,’ संवादमा पहिलोपटक प्रचण्ड जोडिए, ‘हामीले नयाँ पुस्तालाई जिम्मा दिनुपर्छ । तर, तपाईंहरूले भनेजस्तै सबै कुरा चौबाटोमा छाडेर हिँडिहाल्न सकेनौँ । यसपटक मलाई लाग्यो, अब मैले छाड्दा हुन्छ । आखिर अध्यक्ष हुँदै हुनुहुन्छ । म नेतृत्वमा नबसेर पनि सघाउन सक्छु ।’
त्यागपत्र पढिएको अघिल्लो दिन पेरिसडाँडाको दृश्य उत्तेजनापूर्ण थियो । केन्द्रीय सदस्यदेखि महासचिवसम्म पदभन्दा दाबेदार धेरै थिए । प्रस्तावित सूचीमा परेकाहरू पनि सन्तुष्ट थिएनन् र नपरेकाहरू क्रूद्ध थिए । ‘हामी नलडिदिएका भए अध्यक्ष मास्टर र बाबुराम इन्जिनियर मात्रै हुने थिए,’ एउटा कमान्डरले आक्रोश पोखे । ‘अनि तपार्इं नि ?’ अरू कसैले व्यंग्य गर्‍यो, ‘तपाई मुजफ्फरपुरमा सिटी फुक्नुुहुन्थ्यो ।’ के यस्ता दृश्यले उत्तेजित बनाए
बाबुरामलाई ?
त्यागपत्र लेखिएको अघिल्लो रात उनी छिटै सुतेका थिए । निद्राले छोड्दा बिहानको तीन बजेको थियो । ‘मनमा गुजुल्टिएका थुप्रै प्रश्न थिए,’ उनी स्मृतिको लयमा बग्दै गए, ‘साम्यवाद त आखिर सत्ताको अन्त्य गर्ने सत्ता पो हो भन्ने लाग्यो । चे ग्वेभाराले मन्त्री छाडेर क्रान्ति गर्न हिँडेको सम्झेँ । माक्र्स र एंगेल्सले पदमा नरही नै क्रान्तिको सेवा गरेको सम्झेँ । आफू पदमा बसेर अरूलाई ‘पद केही होइन’ भनेर नैतिक उपदेश दिनुको के अर्थ छ भन्ने लाग्यो । अनि, पदत्याग गरेर आफैँबाट सुरु गर्ने निर्णयमा पुगेँ ।’
बिहान साढे साततिर उनले अध्यक्ष प्रचण्डलाई फोन गरे । ‘पार्टी कतै न कतै बिग्रिएको छ, अब हामीबाटै सुरु गर्नुपर्छ पनि भनेँ,’ उनले भने, ‘तर अध्यक्षलाई म कुन निर्णयमा पुगिसकेको छु चाहिँ भनिनँ ।’ त्यसपछि उनी फोटोकपी पेपरमा त्यागपत्र लेख्न बसे । टाइप आउन्नथ्यो, एकजना सुरक्षाकर्मीलाई दिए, कसैलाई नभन्न र नदेखाउन अनुरोधसहित । र, लिएर पेरिसडाँडातिर हिँडे । ‘केन्द्रीय समितिले मलाई जिम्मेवारी दिएको थियो, उसैलाई फर्काएँ,’ उनले भने, ‘फेरि अस्वीकृत भयो भन्लान् भनेर राजीनामा भनिनँ, त्यागपत्र भनेँ ।’
त्यो दिन उनी अध्यक्षसँग विशेष समय लिएर बोल्ने मनस्थितिमा थिए, किनकि भनाइ राख्ने क्रम अरू सदस्यसम्म पुगिसकेको थियो । उनको मनस्थितिसँग अन्जान अध्यक्षले ‘पहिले तपार्इं बोल्नुपर्‍यो’ भने र उनले बोलिदिए । ‘पद नै सबै थोक हो भन्ने संस्कृति बस्न नदिन मैले पनि प्रयास गर्नुपर्छ भन्ने लाग्यो,’ उनका आँखा छततिर गए । त्यो रात, उनका अनुसार, पार्टी कतै न कतै बिग्रिएकै बोध भयो । र, बोधको त्यही क्षणमा उनले ‘त्यागपत्र’ लेखे । ‘मैले ठूलो निर्णय लिनुअघि सधैँ अध्यक्ष र हिसिलालाई सोध्थेँ,’ उनले टुंग्याए, ‘यसपटक कसैलाई सोधिनँ ।’ उनी बोलेपछि अरू सबै विवाद सकिए, केवल त्यागपत्रको विवाद बाँकी रह्यो । यो झन् पेचिलो थियो ।
‘भोलिपल्ट अध्यक्षसँग खुलस्त कुरा भयो,’ उनले सम्झे, ‘केहीबेरपछि उहाँ कन्भिन्स त हुनुभयो, तर समय गलत भयो भन्नुभयो । मैले एउटा विधि बनाएर मलाई पनि सक्रिय भइरहने वातावरण बनाइदिनुस् भनेँ ।’ आखिर विस्तारित बैठक बोलाइने भयो ।
अब उनी के गर्छन् ? लेखनमा आउँछन् ? सामाजिक कार्यकर्ता बन्छन् ? के उनलाई बागवानीमा रुचि छ ? ‘लेखनमा मसँग दुईवटा प्रोजेक्ट छन्, धेरैअघिदेखिका,’ उनले भने, ‘पहिलो, पछिल्लो ज्ञान–विज्ञान, प्रविधि र विश्व घटनाक्रमसँग जोडेर माक्र्सवादसम्बन्धी पुस्तक । दोस्रो, नेपाली समाजको आजसम्मको व्याख्या गर्दै एक शताब्दीसम्मको ‘फ्युचर प्रोजेक्सन’ ।’ र, सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको कुनै अभियानको पनि अप्रस्ट खाका छ रे उनको । ‘तर, यसको अर्थ म राजनीतिमा छैन भन्ने होइन । मैले केवल नेतृत्वमा बस्न नखोजेको’ भन्दै थपे, ‘मैले राजनीतिबाट सन्न्यास लिएको होइनँ ।’
अनि पार्टीमा चाहिँ के हुन्छ नि ? उनी अर्को चुनवाङको आवश्यकता देख्छन् जहाँ हरेक नेता आफ्ना कमजोरी स्वीकार गर्न, सुधार्न तयार छन् । के देशले फेरि एकपटक माओवादी नेताहरू धुरुधुरु रोएको, आलिंगन गरेको, एक–अर्काको प्रशंसा र आफ्ना कमजोरीको खुला निन्दा गरेको भिडियो हेर्न पाउनेछ ? उनलाई त्यो आशा छ ।
बाबुरामसँग अर्को सपना पनि रहेछ । सहर बसाउने सीप सिकेका यी आर्किटेक्ट आफैँ सहरसँग त्यति खुसी रहेनछन् । ‘मलाई अलि छेउछाउ मन पर्छ । गोर्खामै एउटा छाप्रो बनाएर चिन्तन मननमा लाग्न मन छ,’ र, आफैँसँग टिठ मानेझैँ उनले थपे, ‘तर, जीवन सोचेकै बाटोमा मात्र कहाँ हिँड्न पाउँछ र ?’
Source : 
-कृष्ण
(असार २५, २०७० मा नयां पत्रिका दैनिकमा प्रकाशित )

Thursday, July 4, 2013

एलसी कुर्दाकुर्दै विते दुई वर्ष

कोरिया जाने नेपाली श्रमशक्तिको समस्या
गोरखाका सरोज ढकालले दक्षिण कोरियाका लागि सरकारले खुलाएको रोजगार अनुमति प्रणाली (इपिएस)को परिक्षा ०६८ साउनमा दिएका थिए । भदौमा उनीलगायतका अन्यको रिजल्ट पास भएर आयो । तर, रिजल्ट आएको दुई वर्ष वित्न लाग्यो उनको लेवर कन्ट्रयाक्ट (एलसी) आएको छैन । एलसीका लागि कोरिया सरकारलाई नेपाल प्रशासनले दवाव नदिएका कारण कोरियाको परिक्षामा पास भएर पनि जान नपाएको गुनासो उनले गरे । भने,‘हामीले दिएको परिक्षा व्यर्थ भइसक्यो, समय सकिन लाग्यो तर सरकार गम्भिर नभएका कारण हामी कोरिया जानबाट बञ्चित हुन लागेका छौं ।’
काभ्रेका तेज दाहाल इपिएसमा पास भएपछि कम्ति खुसी थिएनन् । कोरियामा काम पाउने लगभग पक्का भएको भन्दै उनले आफन्तदेखि साथीहरु सवैसँग खुसी पनि साटेका थिए । तर, उनका पनि सरोजको जस्तै एलसी नआउँदा अहिले चिन्तित छन् । भने,‘हामीले निक्कै मिहेनत गरेर कोरिया भाषा पढेका थियौं र पढेअनुसार पास पनि भयौं । तर, खै सरकारले पनि चासो दिएन, हामीलाई अरु जानकारीपत्र पनि केही आएको छैन ।’
दुई वर्ष अघि सरकारले लिएको इपिएसको परिक्षामा पास भएका १५ हजार नेपाली श्रमशक्तिमध्येका आठ हजार जनाको अहिलेपनि एलसी आउन सकेको छैन । जसका कारण उनीहरु रोजगारीमा जाने आशामा मात्र बसेका छन्, समय सकिन लागिसकेको छ । कोरिया जान पाउने खुसीले मख्ख परेका उनीहरु अलिे आन्दोलनसम्मको अवस्थामा पुग्ने मनस्थितिमा छन् । सामान्यतया इपिएसमा पास भएका श्रमशक्तिलाई रोजगारदाता मुलुकले दुई वर्षसम्म उक्त मुलुक लगिसक्नुपर्ने प्रावधान भएपनि दक्षिण कोरिया सरकारले उनीहरुका नाममा एलसी नपठाउँदा परिक्षामा उत्तिर्ण भएका श्रमशक्तिहरु समस्यामा छन् । सरकारले पनि ध्यान नदिएको र एलसी पनि नआएपछि समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् । गोरखाकै ज्ञानेन्द्र ढकालले भने,‘सरकारले खबर गर्छ भनेर कुर्दाकुर्दै समय वितिसकेको छ, सम्झौतामा उल्लेख भएअनुसारको समयसीमा पनि सकिन लागेको छ । तर, खै अहिलेसम्म पनि एलसी आएन, हामीले रोजगारी पाउने मौका अत्यन्त कम छ ।’
०६८ को भाषा परिक्षामा पहिलो पल्ट प्रकाशित मितिमा पास भएका आठ हजार भने कोरिया पुगिसकेका छन् । दोस्रो चरणमा नेपालीको काम राम्रो भन्दै १५ हजार जनालाई कोरिया सरकारले पास गराएको थियो । तर, पछिल्लो पटक थपेका कामदारको न श्रमको ठेगान छ न कुनै खास जानकारी नै आएको छ । रिजल्टको म्याद भदौमा सकिनेछ भने श्रममा जाने अवसर आउने पुससम्ममा सकिने पीडितहरुले गुनासो गरेका छन् । गुल्मीकी टिका श्रेष्ठले भनिन्,‘नेपाल सरकारको कमजोरी र कोरिया सरकारको वेवास्ताका कारण हामी रोजगारका लागि उत्तिर्ण भएर पनि बेरोजगार नै हुनुपर्ने अवस्था आइपरेको छ ।’
सरकारले प्रति व्यक्ति परिक्षाका लागि भनेरमात्र एक हजार सात सयभन्दा बढि रकम लिने गरेको छ भने त्यसबाहेक कोरियाका अन्य साधारण प्रकृयामा प्रति व्यक्ति वीस हजार खर्च हुने गरेको छ । टिकट सहित सरकारलाई ८० हजारसम्म बुझाएपछिमात्र एलसी आएका नेपाली कोरियामा रोजगारीका लागि जान पाउने गरेका छन् । ‘हाम्रो अहिलेसम्मको प्रकृयागतखर्च र अन्य गरी कम्तिमा एक लाख भन्दा बढि भइसकेको छ, एलसी आएन भने हामीले के गर्ने ?’ ज्ञानेन्द्रले प्रश्न गरे ।
यता, ईपीएस अन्तर्गत कोरियन भाषा उत्तिर्ण गरी रोस्टरमा रहेका अधिकांश कामदार रोजगारीका लागि कोरिया जान नपाउने सम्भावना बढेको छ । सन् २०११ (०६८) मा सञ्चालित भाषा परीक्षामा पास भई ईपीएसको रोस्टरमा रहेका कामदारको नाम आगामी डिसेम्बरदेखि हट्ने भएकाले अधिकांश रोजगारीमा जान नपाउने सम्भावना पनि बढेको हो ।
ईपीएसले सन् २०१३ का लागि करिब १० हजारको रोस्टर तयार गरेको थियो । त्यसमध्ये सन् २०१३ सुरु भएपछि अहिलेसम्म ३ हजार कामदारको मात्र श्रम करार (लेभर कन्ट्रयाक्ट) आएको ईपीएसले जनाएको छ । श्रम करार आएकामध्ये करिब २ हजार नेपाली कामदार रोजगारीका लागि कोरिया गइसकेका छन् । तर, अझै ८ हजारभन्दा बढी रोस्टरमा रहेका कारण कोरियाले सबैलाई रोजगारीमा लैजाने अवस्था नरहेको ईपीएसले जनाएको छ ।
ईपीएस शाखाका निर्देशक नारायण थापाले रोस्टरमा अझै ८ हजारभन्दा बढी कामदार रहेकाले सबै कामदार रोजगारीमा जाने सुनिश्चितता भइनसकेको बताएका छन् । उनका अनुसार रोस्टरमा राखिएका कामदारमध्ये ३ हजारभन्दा बढी हट्ने सम्भावना छ । सन् २०१३ का लागि कोरियाले नेपाललाई ५ हजार ९ सय कामदार कोटा दिएको थियो ।
२०१३ का लागि गत वर्ष भाषा परिक्षा सञ्चालन नगरे पनि यस वर्र्षलाई कोरियाले ५ हजार ९ सय कामदार कोटा नेपालका लागि छुट्याएको थियो । कोरियाले सन् २०१४ का लागि भाषा परीक्षाको तयारीसमेत गरिसकेकाले यो वर्ष ६ हजारभन्दा बढी कामदार रोजगारीमा जाने सम्भावनासमेत नरहेको बताइएको छ ।
संगठित आन्दोलनको तयारी
उता, इपिएसमा पास भएका तर एलसी नआएकाहरुले संगठित आन्दोलनको तयारी थालेका छन् । झण्डै ६ हजार पाँच सयभन्दा बढि संगठित भइसकेका छन् । विभिन्न ठाउँबाट आएर परिक्षा दिएर पास भएका तर एलसी नआएको समुह सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको हो । फेसबुकमा इपीएस परिवार भन्ने पेज मार्फत उनीहरु संगठित भएका हुन् । उनीहरुले आफ्नो एलसी नआएको सम्बन्धमा वैदेशिक रोजगार विभाग, तीनकुने, श्रम मन्त्रालय सिंहदरबारमा पनि जानकारीपत्र बुझाएका छन् । उनीहरुले आफुहरुको अवस्था विग्रने भए आन्दोलनसम्म जानसक्ने चेतावनी पनि दिएका छन् ।
यसै साताको सोमबारमात्र संगठित चार सय भन्दा बढिको संख्या श्रम तथा रोजगार मन्त्रालयमा ज्ञापन बुझाउन पुगेको थियो । वैदेशिक रोजगार विभाग इपिएस शाखा र श्रम मन्त्रालयमा एलसी नआएको सम्बन्धमा उनीहरुले ज्ञापन बुझाएका थिए । श्रम मन्त्रालयमा मन्त्री हरिप्रसाद न्यौपाने नभएका कारण उनीहरुले सन्तुष्ट हुने जवाफ पाएका थिएनन् ।
एलसी नआएका र कोरिया जानबाट बञ्चित हुनसक्ने सम्भावना रहेका पीडितहरुले बृहत् आन्दोलनको तयारी थालेका छन् । अघिल्लो साता विभागमा ज्ञापनपत्र बुझाएका उनीहरुले प्रत्येक साता आफ्ना संघर्षका जानकारी बुझाइरहेको जनाएका छन् । तर, सम्बन्धित निकायबाट यसबारेमा बुझ्ने जवाफमात्र आएकाले अव आन्दोलन नै गर्नसक्ने चेतावनी दिएका छन् । उनीहरुले उक्त जानकारी इपीएस शाखा, श्रम तथा रोजगार मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालयसम्म दिएका छन् । ‘हामी राज्यका हरेक तहसँग यसबारेमा कुरा गरेर यदि काम नहुने अवस्था आए आन्दोलनसम्मको अवस्थामा पुग्ने छौं ।’ पीडितले सामुहिक रुपमा भने,‘कि पास गराउन हुन्नथ्यो, गराएपछि पठाउने कुरामा किन ढिलाई ?’ उनीहरुले यो आन्दोलनलाई इपीएस पीडितहरुको आन्दोलनको नाम पनि दिएका छन् ।

Tuesday, July 2, 2013

उत्तेजित मधुर रात

–विनोद ढकाल

उत्तेजित चन्द्रमाले सोध्यो
आज मधुर के छ ?
जीन्दगीलाई टर्रो स्वादसँग
रुमल्लिँदै शव्दका माला गाँस्दा
चन्द्रमाको प्रश्नले झस्कायो
र भनें– उत्तेजना ।

निष्पष्ट रातहरुको साम्राज्यमा
टिलपिल प्रकाश छरेर
जुनकिरीहरुलाई चुनौति दिइरहेका
तारामण्डलहरुबाट उछिट्टीएर
झ¥यो ध्रुवतारा र सोध्यो
आज जीन्दगी कहाँ छ ?

उत्तेजनामा उत्रिएको जीन्दगीमाथि
प्रश्नको अर्को झटारो परेपछि
रिसले चुर हुँदै, भनभनिँदै
मधुर रसमा घुलितहुनुपूर्व नै
जीवनको सामान्य
परिधिबाट भने–
जीन्दगी संवेदनशिल उत्तेजनापूर्ण मधुर छ ।