Tuesday, July 2, 2013

उत्तेजित मधुर रात

–विनोद ढकाल

उत्तेजित चन्द्रमाले सोध्यो
आज मधुर के छ ?
जीन्दगीलाई टर्रो स्वादसँग
रुमल्लिँदै शव्दका माला गाँस्दा
चन्द्रमाको प्रश्नले झस्कायो
र भनें– उत्तेजना ।

निष्पष्ट रातहरुको साम्राज्यमा
टिलपिल प्रकाश छरेर
जुनकिरीहरुलाई चुनौति दिइरहेका
तारामण्डलहरुबाट उछिट्टीएर
झ¥यो ध्रुवतारा र सोध्यो
आज जीन्दगी कहाँ छ ?

उत्तेजनामा उत्रिएको जीन्दगीमाथि
प्रश्नको अर्को झटारो परेपछि
रिसले चुर हुँदै, भनभनिँदै
मधुर रसमा घुलितहुनुपूर्व नै
जीवनको सामान्य
परिधिबाट भने–
जीन्दगी संवेदनशिल उत्तेजनापूर्ण मधुर छ ।  

No comments:

Post a Comment