तोकिएको पाँच बजे थियो, तर ६ बज्नै लाग्दा सुरुमा साइरनको आवाज आयो र
त्यसपछि उनी । कटराइजको कालो पाइन्ट र पुरानो–पुरानो देखिने पहँेलो टिसर्ट
लगाएका उनी खैरो तुना भएको कालो चप्पल खोलेर उनकै शैलीको खिस्स हाँसो
हाँस्दै घरभित्र छिरे । मलाई उपाध्यक्षबाट भर्खरै एनेकपा (माओवादी) का
साधारण सदस्य भएका डा. बाबुराम भट्टराईको ‘बडी ल्यांग्वेज’ हेर्न मन थियो ।
‘त्याग’को ताप वा तनावले उनको अनुहारमा ल्याएको परिवर्तन हेर्न मन थियो ।
तर, यतिखेर उनी छ्याङ्ग उघ्रेका थिए । त्यो साँझ मौसम पनि त्यस्तै थियो ।
खगेन्द्र संग्रौलाको सानो बैठक कक्षमा उनलाई सोध्न थुप्रै प्रश्न थिए । कुन मनोदशामा उनले त्यागपत्र लेखे ? त्यो समय के थियो ? कोकोसँग सल्लाह लिए ? पहिलोपटक कसलाई सुनाए ? के–कस्ता प्रतिक्रिया पाए ? के यो स्टन्ट हो ? र, सबैभन्दा अन्तिम प्रश्न, त्यागपत्रको के हुन्छ र उनी अब के गर्छन् ?
प्रश्नसँग मिसिएर कक्षमा संग्रौलाको प्रिय भोजन मसरुम आयो । त्यसपछि मटन, काँक्राको अचार, सलाद र चिउरा । अँ, पेग पनि थियो, जुन बाबुरामका लागि थिएन । उनले स्प्राइट पिए । र, ‘कुरा के भने’ भन्दै उनैले ‘कुरा’ सुरु गरे । नेपाली शब्दकोशमा ‘कुरा’ को अर्थ के छ कुन्नि ?
वामपन्थीका ‘कुरा’ प्राय: ब्रह्माण्डको उत्पत्तिबाट सुरु हुन्छन् र सांस्कृतिक क्रान्तिमा सकिन्छन् । त्यसबीचमा दास–विद्रोह, पेरिस कम्युन, माक्र्स, रोजा, लेनिन र माओ आउँछन् । ब्लांकी, ट्रटस्की, लिन पियाओ आदिका नाममा गाली गरिन्छ । वामवृत्तमा जानेर वा नजानेर श्रोतालाई प्रभाव पार्नुभन्दा आतंकित पार्नु ‘कला’ मानिन्छ । तर, बाबुराम आज बेग्लै मुद्रामा थिए । उनले गोर्खाको ग्रामीण परिवेशबाट सुरु गरे । साधारण ब्राह्मण परिवार, बुद्ध, ऋषिमुनि र योगीका कथा, महाभारत र रामायण सम्झेर उनी अलि नोस्टाल्जिक भए । उनको हाँसो घट्दै र गम्भीरता बढ्दै गयो । बाबुराम त्यसै पनि हाँसोको स्टक कम भएकै मान्छे हुन्, भलै उनले आजकल मात्रा बढाएका छन् ।
‘संस्कार र परिवेशका कारण जसले त्याग गर्न सक्छ, त्यो नै ठूलो हो भन्ने मलाई सानैदेखि लाग्थ्यो’ भन्ने निष्कर्ष सुनाएर उनले स्प्राइटको एक सिप लिए । यतिखेर उनका आँखा संग्रौलाको दराजमा थिए, रादुगा र प्रगति प्रकाशनका जस्ता लाग्ने हार्डकभरका पुस्तकले भरिएको । त्यस्ता किताब पनि अब सोभियत संघजस्तै इतिहास भइसके ।
त्यसो त त्याग हिन्दू समाजमा मात्र होइन, जहाँकहीँ पूज्य छ । विष नपिएका भए सुकरात असामान्य मानिने थिएनन् । सुलीमा नचढाइएका भए जिसस क्राइस्ट सामान्य प्रचारक हुने थिए । कोट–पाइन्ट लगाइरहेका भए गान्धी महात्मा होइन, मोहनदास करमचन्द मात्र मानिने थिए । त, डा. बाबुराम के हुन चाहन्छन् ? वा, के प्रमाणित गर्न चाहन्छन् ? प्रश्न उस्तै थिए, किनकि तिनले उत्तर पाएका थिएनन् । बाबुराम प्रश्नभित्र छिरेर पनि छिरेका थिएनन्, किनारैकिनार हिँडिरहेका थिए ।
०२६ सालको एसएलसीका बोर्डफस्र्ट उनी कुनै वेला ‘पिँजराको सुगा’ कविता लेख्ने कवि लेखनाथ पौड्यालको घरमा डेरा गरेर बसे । तर, अहिलेको त्यागसँग ‘तरुणतपसी’को सम्बन्ध भने छैन । ‘स्कलर’ बाबुराम पाठ्यक्रमबाहिर जीवन र जगतका जटिल प्रश्नमा गम्भीरतापूर्वक तबमात्र प्रवेश गरे, जब उनी इन्जिनियरिङ पढ्न चन्डिगढ पुगे र त्यहाँको पुस्तकालयमा हराउन थाले । पुस्तकहरू एकपछि अर्को समाधान दिन्थे, तर फेरि नयाँ लेखक र पुस्तकले ती ‘समाधान’माथि प्रश्न गर्थे । ‘सुरुमा मलाई बुद्धले पनि आकर्षित गरे, तर पछि मैले लाला हरदयाल सिंहको एउटा किताब पढेँ,’ घाम ढल्किँदै गर्दा बाबुरामले सुनाए, ‘हरदयालले सोधेका रहेछन्, सबै बुद्ध भएपछि दुनियाँचाहिँ कसले चलाउँछ ? यो प्रश्न मलाई गजब लाग्यो ।’ कोठामा सामूहिक हाँसो फैलियो तर ठिक्कको । किनकि, वातावरण अलि भावनामय थियो ।
‘लाला हरदयालले मलाई भौतिकवादी बनाए, माक्र्सको कम्युनिस्ट घोषणापत्रले द्वन्द्ववादी,’ उनले सुनाए, ‘चे ग्वेभाराले आदर्शमा मर्न सिकाए, स्टालिनका रचनाले द्वन्द्वात्मक भौतिकवाद । नेपालबाट गएका कामदारको बिजोग देखेपछि मैले सिद्धान्तलाई जीवनसँग जोड्ने संकल्प गरेँ ।’ उनको कम्युनिस्ट झुकाव बढ्दै गयो । तत्कालीन माले र चौथो महाधिवेशनसँग समान सम्पर्कमा रहेका उनी पछि चौमसँग जोडिए । त्यतिखेरसम्म उनी अध्यक्ष रहेको अखिल भारत नेपाली विद्यार्थी संघ स्थापित संस्था भइसकेको थियो । ‘यसपछिको मेरो राजनीतिक जीवन सबैलाई थाहै छ’ भनेर उनले एकसरो संवाद सके ।
हो, थाहा छ । समयक्रममा उनी नेता भए । उनी नेता भएको पार्टीले बन्दुक उठायो । यो पनि थाहा छ, त्यो युद्धमा पन्ध्र हजार नेपाली मारिए अनि बलिदान, त्याग र सँगसँगै क्रूरताका थुप्रै कीर्तिमान रचिए । त्यो युद्धले सीमान्तवर्गमा आशा, आवेग र उत्तेजना जगायो । त्यसले गणतन्त्र ल्यायो । तर, यो पनि थाहा छ, आर्थिक–सामाजिक क्रान्तिका आशा र संकल्प अहिले पनि चौबाटोमा छन् । आफूसमेत भएर जगाएका आशालाई अन्योल र आशंकाको जंगलमा अलपत्र छाडेर बाबुराम ‘त्याग’ गरिरहेका छन् । हामीले सोध्यौँ, किन ?
‘यहाँ गलत प्रचार भइरहेको छ,’ उनी पहिलोपटक उत्तेजित देखिए, ‘म मैदान छाडेर भागेको होइन ।’ त्यसो भए त्याग के हो त ? के उनी स्टन्ट गरिरहेका थिए ? यो स्टन्ट थियो भने के अब उनी आफैँ फसेनन् ? आखिर यो त्यागको रचनागर्भ के थियो ? केले उनलाई उत्तेजित तुल्यायो ? वा, त्यो कुन दृश्य थियो जसले उनलाई यसो गर्न प्रेरित गर्यो ?
‘अध्यक्ष र म पहिलेदेखि नै सल्लाह गथ्र्याैं,’ संवादमा पहिलोपटक प्रचण्ड जोडिए, ‘हामीले नयाँ पुस्तालाई जिम्मा दिनुपर्छ । तर, तपाईंहरूले भनेजस्तै सबै कुरा चौबाटोमा छाडेर हिँडिहाल्न सकेनौँ । यसपटक मलाई लाग्यो, अब मैले छाड्दा हुन्छ । आखिर अध्यक्ष हुँदै हुनुहुन्छ । म नेतृत्वमा नबसेर पनि सघाउन सक्छु ।’
त्यागपत्र पढिएको अघिल्लो दिन पेरिसडाँडाको दृश्य उत्तेजनापूर्ण थियो । केन्द्रीय सदस्यदेखि महासचिवसम्म पदभन्दा दाबेदार धेरै थिए । प्रस्तावित सूचीमा परेकाहरू पनि सन्तुष्ट थिएनन् र नपरेकाहरू क्रूद्ध थिए । ‘हामी नलडिदिएका भए अध्यक्ष मास्टर र बाबुराम इन्जिनियर मात्रै हुने थिए,’ एउटा कमान्डरले आक्रोश पोखे । ‘अनि तपार्इं नि ?’ अरू कसैले व्यंग्य गर्यो, ‘तपाई मुजफ्फरपुरमा सिटी फुक्नुुहुन्थ्यो ।’ के यस्ता दृश्यले उत्तेजित बनाए
बाबुरामलाई ?
त्यागपत्र लेखिएको अघिल्लो रात उनी छिटै सुतेका थिए । निद्राले छोड्दा बिहानको तीन बजेको थियो । ‘मनमा गुजुल्टिएका थुप्रै प्रश्न थिए,’ उनी स्मृतिको लयमा बग्दै गए, ‘साम्यवाद त आखिर सत्ताको अन्त्य गर्ने सत्ता पो हो भन्ने लाग्यो । चे ग्वेभाराले मन्त्री छाडेर क्रान्ति गर्न हिँडेको सम्झेँ । माक्र्स र एंगेल्सले पदमा नरही नै क्रान्तिको सेवा गरेको सम्झेँ । आफू पदमा बसेर अरूलाई ‘पद केही होइन’ भनेर नैतिक उपदेश दिनुको के अर्थ छ भन्ने लाग्यो । अनि, पदत्याग गरेर आफैँबाट सुरु गर्ने निर्णयमा पुगेँ ।’
बिहान साढे साततिर उनले अध्यक्ष प्रचण्डलाई फोन गरे । ‘पार्टी कतै न कतै बिग्रिएको छ, अब हामीबाटै सुरु गर्नुपर्छ पनि भनेँ,’ उनले भने, ‘तर अध्यक्षलाई म कुन निर्णयमा पुगिसकेको छु चाहिँ भनिनँ ।’ त्यसपछि उनी फोटोकपी पेपरमा त्यागपत्र लेख्न बसे । टाइप आउन्नथ्यो, एकजना सुरक्षाकर्मीलाई दिए, कसैलाई नभन्न र नदेखाउन अनुरोधसहित । र, लिएर पेरिसडाँडातिर हिँडे । ‘केन्द्रीय समितिले मलाई जिम्मेवारी दिएको थियो, उसैलाई फर्काएँ,’ उनले भने, ‘फेरि अस्वीकृत भयो भन्लान् भनेर राजीनामा भनिनँ, त्यागपत्र भनेँ ।’
त्यो दिन उनी अध्यक्षसँग विशेष समय लिएर बोल्ने मनस्थितिमा थिए, किनकि भनाइ राख्ने क्रम अरू सदस्यसम्म पुगिसकेको थियो । उनको मनस्थितिसँग अन्जान अध्यक्षले ‘पहिले तपार्इं बोल्नुपर्यो’ भने र उनले बोलिदिए । ‘पद नै सबै थोक हो भन्ने संस्कृति बस्न नदिन मैले पनि प्रयास गर्नुपर्छ भन्ने लाग्यो,’ उनका आँखा छततिर गए । त्यो रात, उनका अनुसार, पार्टी कतै न कतै बिग्रिएकै बोध भयो । र, बोधको त्यही क्षणमा उनले ‘त्यागपत्र’ लेखे । ‘मैले ठूलो निर्णय लिनुअघि सधैँ अध्यक्ष र हिसिलालाई सोध्थेँ,’ उनले टुंग्याए, ‘यसपटक कसैलाई सोधिनँ ।’ उनी बोलेपछि अरू सबै विवाद सकिए, केवल त्यागपत्रको विवाद बाँकी रह्यो । यो झन् पेचिलो थियो ।
‘भोलिपल्ट अध्यक्षसँग खुलस्त कुरा भयो,’ उनले सम्झे, ‘केहीबेरपछि उहाँ कन्भिन्स त हुनुभयो, तर समय गलत भयो भन्नुभयो । मैले एउटा विधि बनाएर मलाई पनि सक्रिय भइरहने वातावरण बनाइदिनुस् भनेँ ।’ आखिर विस्तारित बैठक बोलाइने भयो ।
अब उनी के गर्छन् ? लेखनमा आउँछन् ? सामाजिक कार्यकर्ता बन्छन् ? के उनलाई बागवानीमा रुचि छ ? ‘लेखनमा मसँग दुईवटा प्रोजेक्ट छन्, धेरैअघिदेखिका,’ उनले भने, ‘पहिलो, पछिल्लो ज्ञान–विज्ञान, प्रविधि र विश्व घटनाक्रमसँग जोडेर माक्र्सवादसम्बन्धी पुस्तक । दोस्रो, नेपाली समाजको आजसम्मको व्याख्या गर्दै एक शताब्दीसम्मको ‘फ्युचर प्रोजेक्सन’ ।’ र, सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको कुनै अभियानको पनि अप्रस्ट खाका छ रे उनको । ‘तर, यसको अर्थ म राजनीतिमा छैन भन्ने होइन । मैले केवल नेतृत्वमा बस्न नखोजेको’ भन्दै थपे, ‘मैले राजनीतिबाट सन्न्यास लिएको होइनँ ।’
अनि पार्टीमा चाहिँ के हुन्छ नि ? उनी अर्को चुनवाङको आवश्यकता देख्छन् जहाँ हरेक नेता आफ्ना कमजोरी स्वीकार गर्न, सुधार्न तयार छन् । के देशले फेरि एकपटक माओवादी नेताहरू धुरुधुरु रोएको, आलिंगन गरेको, एक–अर्काको प्रशंसा र आफ्ना कमजोरीको खुला निन्दा गरेको भिडियो हेर्न पाउनेछ ? उनलाई त्यो आशा छ ।
बाबुरामसँग अर्को सपना पनि रहेछ । सहर बसाउने सीप सिकेका यी आर्किटेक्ट आफैँ सहरसँग त्यति खुसी रहेनछन् । ‘मलाई अलि छेउछाउ मन पर्छ । गोर्खामै एउटा छाप्रो बनाएर चिन्तन मननमा लाग्न मन छ,’ र, आफैँसँग टिठ मानेझैँ उनले थपे, ‘तर, जीवन सोचेकै बाटोमा मात्र कहाँ हिँड्न पाउँछ र ?’
Source :

-कृष्ण
(असार २५, २०७० मा नयां पत्रिका दैनिकमा प्रकाशित )
No comments:
Post a Comment