जुन ठाउँबाट हाम्रा संवादहरु, हाम्रा कुराकानीहरु सुरु भएका थिए तिनका यथार्थ एकै जमिनमा सकिन्छ । म पश्चिमाहरुजस्तो चन्द्रमामा पुग्ने आत्मविश्वास लिन सक्तिन किनभने अहिलेपनि चन्द्रमालाई पुजा गर्ने मेरो समाज र तिमीसँगको दुरी निक्कै ठूलो छ ।
म जहिलेपनि नेपथ्यको मान्छे । उर्वसी एउटा स्वप्न । अनि, शेली वास्तविकता मनको । म स्वप्नसँग घुलमिल गर्न रुचाउने मान्छे । सपनाहरु वस्तविकताभन्दा अधिक मिठा हुन्छन् । खतरनाक हुन्छन्, भयानक हुन्छन् । निक्कै रसिला हुन्छन् र परिकल्पनाको वास्तविक आधार भएर आउँछन् ।
‘हे ड्युड ह्वाट्स अप’, लेखेर कोही अनलाइनमा हरियो वत्ती बालिरहेको छ । यी पक्कै शेली हुन् त ? होइनन् । कोही किशोरी मलाई आफुतिर तान्न खोजिरहेकी छिन् । ‘याप’ मेरो सहरीया जवाफ थियो उनलाई । ‘ह्वेयर आर यु फ्रम’ साइबरको औपचारिक प्रश्न उनले फेरि तेर्साइन् । ‘काठमान्डू, एण्ड यु ?’ मेरो पनि औपचारिक उत्तर थियो । म निरन्तर शेलीको पखाईमा छु । तर ती नयाँ किशोरी बारम्बार मलाई घन्टि बजाइरहेकी छन् । ‘वान्ट टु भिडियो च्याट ?’ किशोरीको सोधाई थियो । ‘नप, आइ डन्ट’ मेरो जवाफ थियो । तर, उनले अकास्मात भिडियो खोलिन् र मसँग निरन्तर च्याट गर्न थालिन् । म शेलीको परिकल्पनमा रुमल्लिरहेको वखत, नयाँ खैरे किशोरी, एन्जिला ‘निक नेम’ भएकी । म केहीबेर अडिएको छु । एन्जिलाको तस्बिर र भिडियोमा । युवक, अनि तन्नेरी । एक किशोरीको पुष्ठ शरिर देखेर मनभित्रका सयौं राक्षसी भावनाहरु जाग्नु स्वभाविक हुन्छ । तर, ती सवै भावनाहरुलाई ‘कन्ट्रोल’ गर्नसक्नु पनि खुवी नै मान्नुपर्छ । ‘लुकिङ भेरी व्युटिफूल’, मेरो उनीमाथिको टिप्पणी थियो । ‘थ्यांक यु यु आर लुकिङ ह्याण्डसम’, उनले तस्बिर हेरेपछि दिएको उत्तर थियो । एन्जिलासँग म समय विताउने रहरमा कुरा गरिरहेको छु । मनभित्र शेलीलाई पर्खिरहने धैर्यतामा खलबली चलिरहेको छ । ‘सायद शेली यतिवेला मोलीको हेरचाहमा व्यस्त भइन्, अभ्यस्त भइन् । मोली ती बुढी आइमाई । तिनको हेरचाह शेलीका लागि कर्तव्य बनिरहेको छ । अनि, रिसाएर पनि होला मसँग नबोलेकी अहिले ।’ मनमा उतारचढावमा भावना आइरहेका छन् । ‘ओह ड्युड ह्वेयर आर यु ? आर यु देयर ?’ एन्जिला सोधीरहेकी छन् । ‘यस आइ एम हियर’ । एन्जिला पश्चिमाहरुको संगतमा हुर्किएकी केटी हुन् । उनी क्युबाबाट अमेरिका सरेकी एक बालिका अहिले युवती भएकी छिन् । उनले आफ्नो वास्तविकता मसँग खोलेपछि मैले जानेको कुरो । उनी भन्छिन्,‘आई लाइक हिन्दु कल्चर’ । उनको यो भनाईले मलाई आकर्षण ग¥यो । ‘द्याट इज ग्रेट ।’ मेरो प्रत्युत्तर थियो ।
एन्जिल पहिलो विश्वभित्र फरक किशोरी हुन् । उनको पूर्णपरिचय पाएको छैन । तर, इन्टरनेटको यो सुविधाले उनी मसँग निरन्तर जोडिन चहान्छिन् । म शेलीको पखाईमा शेलीको प्रेममा, शेलीको भावुकताको डोरीमा अल्झिसकेको छु । उनी अनलाइन आइनन् आज त्यसैले म इमेल लेख्दैछु ।
०००
शेली, हाउ आर यु ।
तिमी आज अनलाइनमा आएनौं । तिमीसँग भन्नुपर्ने निक्कै कुराहरु थिए । मान्छे गरिब भएपछि मुसाहरुले पनि हेप्छन् रे, एकजना दाइले भनेका । कतै तिमीले मलाई डुहुरे मुसा जस्तो बारम्बार हेपेको त होइन ? तर, थाहा छ तिमी केहीबेरका लागि अभ्यस्त भयो होला । वा मसँग रिसायौै होला । तर, क्रोधको पनि ओखति छ । तर तिमी नआउँदा मेरा निदरीहरु हराएका छन् । म सुतेको छैन, ढल्किएको छु, निदाएको छैन, पटक्कै । म तिमीसँग सहरको कुरा गरिरहेको थिएँ । अघिल्लो पटक निदाउँदा एउटा सुन्दर सपना देखेको थिएँ तर त्यो यथार्थसँग निक्कै फरक छ । मेरो वास्तविकता तिमी हौं । र, तिमीसँग मैले जारी राखेको सहरको कथालाई एउटा पूर्णविराम दिने ठाउँको खोजी गरौं ।
सपना भत्किएको सहरमा बस्नुको अर्थ हुँदैन । सपना उनिरहेको गाउँमा मेरा नीजि सपनाहरु बोक्ने धरातलहरु कहिँ कमजोर बनिरहेका त छैनन् ? किशोरकिशोरीको समय होइन यो, यो समय हो– युवाको । केही जाँगर मनभित्र छ तर धनभित्रको जाँगरचाँही निक्कै बलियो हुने, सहरले प्रमाणिकरण गरिसकेको तथ्य हो । गाउँमा हलो जोतेर खाने दिन गए । एउटा संवेदनामुक्त सुकुम्बासी बन्न सकिएको छैन । तर, तिमीले त मलाई प्रेममा पनि सुकुम्बासीजस्तो व्यवाहार किन गरेको ?
सहरमा हिड्दा फाटेका मेरा जुत्ताहरुको औकात हो की ? पश्चिमा सहरमा हुर्किएको हैसियतको घमण्ड बुझ्न सकिन । जुन ठाउँबाट हाम्रा संवादहरु, हाम्रा कुराकानीहरु सुरु भएका थिए तिनका यथार्थ एकै जमिनमा सकिन्छ । म पश्चिमाहरुजस्तो चन्द्रमामा पुग्ने आत्मविश्वास लिन सक्तिन किनभने अहिलेपनि चन्द्रमालाई पुजा गर्ने मेरो समाज र तिमीसँगको दुरी निक्कै ठूलो छ । म अहिले तिमीलाई यो कुरा लेखिरहेको कारण मेरो मर्म तिमीलाई सुनाएको होइन । सापट दिएको होइन । मलाई थाहा छ– कसैको मर्म सापट लिन हुँदैन, तिर्न गाह्रो हुन्छ । तर, म फर्किएर हाम्रो विगतलाई कोट्याएर नयाँ परिवेशमा हाम्रो अवस्थालाई मुल्यांकन गर्न भनिरहेको छु । तिम्रो सहर र मेरो सहरको भिन्नताको खाडल ठूलो छ । यद्यपी हामीविचको संवेदनाको पहाड त कमजोर छैन नि ? तिमीले मलाई घाइते प्रेमीजस्तो बनाएकी छौं, प्रेमको फोहरा छाडेर अनि संवादको ग्याप राखेर । प्रेम संवेदना र विश्वासभित्रको संवाद हो नी । भौतिक सुखमा मात्र प्रेमको नजरअन्दाज हुन सक्छ र ? तिमीले पक्कै यो इमेल पढ्नेछौ र मेरा हरेक शव्दको मुल्यांकन सहित भावार्थमा अर्को इमेल ठेल्नेछौ मैतिर, मलाई विश्वास छ । शेली म केही दिनका लागि गाउँ जाँदैछु । त्यो गाउँ जसले मलाई सहर छिराउने वातावरण दियो र अपेक्षाहरुको पहाड बोकेको छ । अरु युवाहरु परदेशतिर लागेका बेला मुलुकमै केही गरिरहेको छ भनेर भ्रामक सपनाहरुका साथ उदाइरहेको छ । म त्यो गाउँको तयारीमा छु । केही दिनका लागि स्वच्छ हावाको सयरमा छु । निर्भिक मानिसहरुका मनसँग रुमल्लिने योजनामा छु । यो छोटो इमेलको पखाईमा छु । बाई ।
०००
अस्तिको मेरो गाउँमा प्रविधिको पहुँच पुगेछ । मेरो गाउँ जहाँ मान्छेहरुका मन कोमल छन् । सहरबाट आएको ठिटोसँगको अपेक्षा अनगिन्ति छन् । कसैलाई नयाँ कामको स्वरुपको सोधाइको उत्सुकता छ । कसैलाई विवाह भोज खाने रहर छ । गाउँका अनेक मानिसहरुका फरक विचार छन् । भर्खरै चुनाव सकिएको गाउँमा नेताहरुसँग अन्तरंग गर्नसक्ने ठिटो, केटोको रुपमा व्याख्या गर्छन् । धुलैमुलै हुँदै बल्ल बल्ल पुगेको गाडीबाट उत्रिनासाथ दिपेन्द्र भन्ने काकाले कोट्याएर सोधे– कहिले आएको ? उनै दिपेन्द्र काका मेरा वचपनाहरुमा मलाई निक्कै गाली गर्दथे । गाउँका केटाहरु लिएर जंगलतिर तासको घाट थाप्दा लखेटेका थिए । उनी बेलामौका फोन गरी भन्छन्– तिमी कसरी यस्तो जागिरमा लाग्यौ रे ? उनको नेपाली भाषा कमजोर छ । किनभने उनी चौधरी हुन् । उनको अपेक्षा छ मसँग । छोरीले दुख पाइन्, उनको उद्दार कसरी गर्ने हो ? गाउँ छिरेको केही घन्टामा नै म पहिलो विश्वमा रहेकी शेलीसँगको कुरा र तेस्रो विश्वको अति विकट गाउँको समस्याको दोसाँधमा छु । अपेक्षाहरुको फरकपनमा उभिएको छु । निक्कै भिन्नता छ । निक्कै सरल भिन्नता छ । फरक छुट्याउन मुस्किल छ । कहाँको पश्चिमा मुलुकको नयाँ जीवनशैलीसँगको प्रेम र कहाँको मकैका खोस्टाहरु सम्हालीरहेको गाउँको चेतना । यीनमा तुलना गर्नसक्ने केही चीज छैनन् । तर, तुलनायोग्य एउटा चीज छ– प्रेम । पहिलो विश्वमा शेलीसँग हुर्किरहेको प्रेम अनि अपेक्षाहरुको थाक लिएर उभिइरहेको ग्रामिण बस्तीको प्रेम । म नेपथ्यको बबुरो बनिरहेको छु । नेपथ्यको प्रेमिल छायाँको आकार बनिरहेको छु । मेरो गाउँ बसाइको यो तथ्यसँग शेली कति नजिक हुन्छिन्, फर्केर लेख्नुपर्ने सोचमा उभिइरहेको पुस्ता भएको छु ।
No comments:
Post a Comment