विनोद ढकाल
मिरमिरेमा झरेको ताराजस्तोझिलिक्क, जीवनको एक पलमा
उत्रियौ, र गयौ ।
एक पलमा अनेकन सपनाहरु
आशाहरु र कल्पनाका
गगनचुम्बी महलमाथिका उन्माद प्रेमहरु
भताभुङ्ग भयो, जीवन जसरी ।
चैत सकिनासथ सुरु हुने वैशाख जसरी
जीवनको कुनै प्रान्तमा आएर
जेठ र असारको महसुस हुन नपाई
साउनको विना मेघको वर्षातले बगाएको
बस्ती सरी गयौ,
उफ यस्तो दिन किन आयौ ?
जुन दिन दिन थिएन, एउटा कालो रात
अनि, त्यसैको एउटा अदभुत सपना थियो ।
No comments:
Post a Comment