साइबर लभ–१८
प्रेम हत्या हुनसक्तैन । प्रेम समर्पण हुनसक्छ । प्रेम आत्महत्या हुनसक्छ । तर, परहत्या हुने कुरा म मान्दिन । ‘आज एक प्रेमी भनिनेले प्रेमिकोको नाक साक काटिदिएछ’, निक्कै समयपछि अनलाइनमा उत्रिएकी सेलीलाई कुनै औपचारिकता विना यो सन्देश ठेलिदिएँ
स्वार्थभित्र संवेदनाको राग कति हुन्छ र ? अझ बस्तुगत स्वार्थभित्रको सवालमा भन्ने हो भने संवेदनाको सामान्य राग पनि भेटिन्न । त्यसकारण भौतिक सुखसँग जोडिएको प्रेम अनुराग होइन । शेलीलाई निरन्तर मैले यो सुनाइरहन्छु । अनुराग हुनका लागि बृद्ध मोलीको प्रेमीसँगको जस्तो आकर्षण हुनुपर्छ । न त्यहाँ सेक्सको अपिल छ न सम्पत्तिको । त्यहाँ केवल एकअर्काबीचको भावनात्मक सहयात्राको गुञ्जायसमात्र छ । मृत्यु नजिक हुँदा मोलीलाई किन चाहियो प्रेम ? किनभने उनी सहयात्रीको मायामा केही समय बाँच्ने अपेक्षा राख्छिन्, प्रेमसँग । मृत्युलाई केही वर्ष धकेल्न चहान्छिन्, भावनात्मक, संवेदनात्मक छायाँको ढालले ।
कम्युट्र खुल्लै छ, वर्षा चढ्लाजस्तो बसन्तमै आकाश कालो हुन थालेको छ । दिन घर्किदो छ । झ्यालका पल्लाहरु हावाका झोँकासँग घरिघरि हल्लिन्छन् । सिरर्र हावाले लामो कपाल उडाइरहेको छ, आँखातिर छोप्नेगरी । सहकर्मीहरु कम्यप्युटरमा वेगले आफ्ना औंलाहरु बजारीरहेका छन् । हज्जारौं अक्षरहरुको संयोजनले फेरिपनि एउटा आकारको अखबारको तयारीको काम दैनिकजस्तै चलिरहेको छ । समाचार एक पछि अर्को विषयमा आइरहेका छन् । प्रेमको नयाँ परिभाषाको बारेमा सोचिरहेको बेला मेरा आँखामा फरक समाचार आइलाग्छ– प्रेमीले प्रेमिकाको नाक र जिव्रो काटिदिए ।
आम्मै । यो कस्तो समाचार ? यो कस्तो प्रेम ? यो कस्तो घटना ? यदि प्रेम नै थियो भने किन जिव्रो र नाक काटेर यातना दिनु ? त्यो भन्दा भयानक यातना त प्रेम तोडिदिएको भए हुनेथियो, धोका दिएको भए हुनेथियो नि । घटनाको बोक्रासँग मेरो विश्लेषण र टिप्पणी अन्तरमनमा चलिरहेको छ । ‘दाई यो समाचार हेर्नुभयो ?’ उही विषयको चिर्कटो बोकेर मेरा सहकर्मी नजिक आउँछन् । ‘हेरें, सुने र पढे पनि ।’ मेरो उत्तर थियो ।
‘दाई समाचारको खास कुरो त अर्कै रहेछ नि । प्रेम गर्दा रहेछन् दुवै, प्रेमिकाले प्रेमीसँग पैसा लिएको रहेछ, नदिएपछि यस्तो भएछ ।’
प्रेममा वैभवको कुनै औकात हुँदैन । द्रव्यले प्रेम खरिद गर्न सकिने हुँदैन । ‘त्यसो भए यसलाई प्रेम भन्न मिल्दैन ।’ मैले भने । प्रेम त शेलीसँग मैले गरेको छु । शेलीको अनुहार देखेको छैन, शेलीको रुपको बारेमा थाहा छैन । बस, एउटा शेली भन्ने पात्र छ, उसँग निरन्तर कुराकानी हुन्छ, अनेक कुराकानी भइसक्यो, अनेक जीवनका प्रहरहरुको लहरो गाँसिसक्यो । त्यसकारण यसलाई प्रेम भन्छु । बस, अखबारका लागि आउने समाचारको चिर्कटो सत्य छ भने त्यो प्रेम होइन । त्यो हवस, महत्वकांक्षा र अवसरवादको नमूना थियो, त्यसको परिणाम पनि भयानक भएको पाइयो ।
प्रेम हत्या हुनसक्तैन । प्रेम समर्पण हुनसक्छ । प्रेम आत्महत्या हुनसक्छ । तर, परहत्या हुने कुरा म मान्दिन । ‘आज एक प्रेमी भनिनेले प्रेमिकोको नाक साक काटिदिएछ’, निक्कै समयपछि अनलाइनमा उत्रिएकी सेलीलाई कुनै औपचारिकता विना यो सन्देश ठेलिदिएँ । ‘ओह माई गड । कहाँको के भएको ?’ उसको प्रश्न स्वभाविक थियो । सवै विस्तारमा उसलाई सुनाएँ । ‘केटाहरु यस्तै हुन्छन्, स्वार्थी ।’ घटनाको समिक्षा गर्दै उनको प्रहार मतिर थियो । मैले यहि विषयमा उत्तर दिने के ? ‘कस्तो स्वार्थी ? को स्वार्थी ? त्यो आइमाइले पैसा खाएको नतिरेको र प्रेमका नाममा दिएको धोकाचाँही कारण थिएन ? प्रहार ठूलो थियो कि, त्यसको खास कारण ठूलो हो ?’ मेरो उत्तरसँग प्रश्न पनि थियो ।
‘आई डन्ट नो, केटाहरु स्वार्थी हुन्छन् त्यतिमात्र थाहा छ ।’
‘कसरी स्वार्थी हुन्छन् ?’ मसँग कड्किएकी शेलीसँग उत्तर छैन । ऊ जवाफहिन भइसकेकी छ । ऊसका अगाडी स्वार्थ पुष्टि गर्ने आधारहरु छैनन् । उनीसँग अथाह प्रेम गर्छु भनेर दाबी गरेको मान्छेले ऊसँग केही माग गरेको छैन । डिमान्डेवल छैन, उसको साइबर लभर । मागेको छ भने मात्र संवेदनाहरुको पोको फुकाएर एक मुट्ठी माया, एक पित्को प्रेमिल भावना । कुराकानीको समय लामो भएको छैन तर शेली फेरि हराईन् वर्षामा परेको हिउँजस्तो, तराइमा झरेको असिना जस्तो ।
०००
‘चराहरुले गरेका छन्, मौरीहरुले पनि गरेका छन्, उपियाँहरुले त गरेका छन् । आऊ हामी पनि गरौं, आऊ हामी पनि प्रेममा परौं ।’ हावा कुन दिशातिरबाट चलेको छ, कुनै प्रवाह छैन । मनोरञ्जनको साँझ हुनसक्छ । मन्द नशामा उमालिएको छ मन अनि मन्द नशामा अत्तालिएको छ, तन पनि । शेली, आई मिस यु । शेली आई किस यु । शेली आई वान्ट यु । सवै शव्दहरु झरेका छन् । ओठ बर्बराएर, जिव्रो लरबराएर भएपनि झरेका छन्, आज ।
वडो गजवको छ सहर । यहाँको कहानी फरक छ । यहाँको प्रेमको रहस्य खुल्न निक्कै कठिन छ । मान्छेहरुको कल्पना र सोच्ने शैली भन्दा पृथक छ, सहरको कथा । यहि कथाहरुभित्रको अर्को कथा बनिरहेको छु म अनि मेरी शेली । प्रेमका नयाँ झन्कारहरुको बारेमा ताजा खबरहरु आइरहेका छन् । प्रत्येक खबरको अन्तर्निहित कथा प्रेम सम्बन्ध नै हुन्छ । प्रेममा धैर्यरता पनि निक्कै लामो हुँदो रहेछ, सहरका नयाँ खबरहरुको विश्लेषण गरिरहेको छु । शेलीलाई यस्तो उदाहरण पनि सुनाउनुपर्छ, उनमा रहेको प्रेमको अंकुरको धैर्य गर्ने क्षमता कति छ ? सोध्नेछु । म उसको पर्खाइमा कम्युप्टरको स्क्रिनतिर आँखा नझिम्क्याई बसीरहेको छु ।
जव मान्छे मायाँमा बाँधिन्छ अनि उसका सपनाहरु भन्दा पनि सुन्दर वास्तविकताहरुको महसुस गर्दछ । कल्पनामा रमाउनुको प्रेमको आनन्द काल्पनिक बाट जव यथार्थमा हुन्छ, मान्छेको हौसला र आनन्दको कुनै सीमा हुँदैन । सवै कुरा थाहा पाउने, सवै कुराको जानकारी राख्ने, सवैकुराको ख्याल गर्ने र विनाकारणको आशक्ति देखाउनेहरु पनि प्रेममा हुन्छन् । शेलीसँगको मेरो सामिप्यता, शेलीसँको मेरो आशक्ति कारणशुन्य भएकाले पनि त्यहाँ स्वार्थ छैन, उनले कसरी सोचेकी छिन्, दैव जानुन् ।

No comments:
Post a Comment