विनोद ढकाल
मलेसियामा सवारी दुर्घटनामा मृत्यु भएका आफन्तको लास कहिले
आइपुग्ला भन्ने जानकारीका लागि एक युवा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको
कोठाचोटा चहारिरहेका थिए। संवाददाता वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका
नेपालीहरूको अभिलेखका लागि बोर्डको सम्बन्धित शाखामा छिर्ने क्रममा थियो।
'तपाईँलाई जानकारी भए मलाई पनि मृतकहरूको रेकर्ड दिनुहोला है?' हतारमा
रहेको ती युवाले संवाददातासँग भने, 'मेरो मान्छेको लास नेपाल ल्याएपछि
घरसम्म पुर्याउनका लागि निवेदन दिन आएको हुँ।' ती युवाले बोर्डमा मृतकको
नाम दर्ता गरी घरसम्म पुर्याइदिनुपर्ने निवेदन दिएपछि सम्बन्धित मुलुकबाट
लास झिकाएर मृतकको ठेगानामा पुर्याउने काम सक्रियतापूर्वक थालिएको छ। यसरी
आफन्तको लास घरमा पुर्याउन आवेदन दिनेहरूको संख्या बढ्न थालेको छ।
वैदेशिक रोजगार बोर्डले घर-घरमा लास ढुवानीका लागि टेन्डरै आह्वान गर्ने
अवस्था आइपुग्यो। यसै आर्थिक वर्षदेखि ढुवानीका लागि उसले कोटेसन माग गरी
सम्बन्धित संस्थाको सूचीकरण पनि गरेको छ। यसअघि ढुवानीको काम बोर्ड आफैँले
गर्दै आएको थियो।
भैरहवा-११, रुपन्देहीका विजयकुमार यादवको वैदेशिक रोजगारीका
क्रममा मलेसियामा मृत्यु भएको थियो। उनको शव यसै वर्ष नेपाल आयो र १७ हजार
रुपैयाँ खर्चेर परिवारले घरमा लगेर अन्तिम संस्कार गरेको थियो। विदेशबाट
लास काठमाडौँ आएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मृतकको परिवारसँग
सम्पर्क गरी लासलाई सम्बन्धित ठाउँमा पुर्याएको थियो। वैदेशिक रोजगारीका
क्रममा विभिन्न कारणबाट मृत्यु भएका व्यक्तिहरूको लास अन्तर्राष्ट्रिय
विमानस्थलसम्म झिकाएर घरघरमा पुर्याउने कामलाई बोर्डले अझ प्रभावकारी
बनाउने लक्ष्य लिएको छ। 'मृतकको लासलाई हामीले जतिसक्दो चाँडो सम्बन्धित
परिवारको जिम्मा लगाएर अन्तिम संस्कारका लागि पुर्याउने व्यवस्थाका
गरिरहेका छौँ।' बोर्डका एक अधिकारी भन्छन्, 'यस्तो व्यवस्था भएपछि अहिले
मृतकहरूको परिवारले लास घरमा पुर्याउने झन्झट बेहोर्नुपरेको छैन। तर,
त्यसका लागि हामीलाई निवेदन दिनुपर्ने कानुनी प्रकृया चाहिँ आवश्यक छ।'
महाभारत-१, धनकुटाका नरबहादुर राईको कतारमा मृत्यु भएको थियो। उनको शव पनि यसै वर्ष नेपाल आएको थियो। पच्चिस हजार रुपैयाँ खर्चेर काठमाडौँबाट घरसम्म उनको शव पुर्याइएको थियो। शनिश्चरे-३, मोरङका विजय मोक्तानको पनि काम गर्ने क्रममा साउदी अरबमा मृत्यु भएको थियो। चौबिस हजार रुपैयाँ खर्च गरेर उनको शव सम्बन्धित ठेगानामा पुर्याइएको थियो।
नेपालबाट विदेशमा गएर काम गर्ने श्रमशक्ति विभिन्न धार्मिक समुदायका हुन्छन्। त्यही अनुरूप मृतकहरूको अन्त्यष्टि प्रक्रिया फरक-फरक हुन्छन्। काठमाडौँको आर्यघाट हिन्दुहरूका लागि सहज भए पनि अन्य धर्म र संस्कृतिका परिवारका लागि सहज नहुने भएपछि घर-घरमै लास पुर्याउने काम थाल्नु अनिवार्य थियो। यसलाई बोर्डले केही वर्षयता निरन्तरता दिएको छ। यसअघि अन्तर्राष्ट्रिय विमानस्थलमा कुरेर आफैँले लानुपर्ने व्यवस्था दियो। बोर्डले यसको जिम्मा लिए पनि लास ढुवानी अत्यन्तै कठिन कार्य भएको छ। शव ढुवानीको भनेजस्तो साधन उपलब्ध हुन नसक्ने कठिनाइका कारण बोर्डसँग रहेको सवारी साधनले नै अहिले पनि ढुवानीको काम जारी राखेको छ।
वैदेशिक रोजगारीमा गएका युवाहरूको संख्या जसरी बाक्लिएको छ, त्यसरी नै विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। सरदर दैनिक तीन जना आप्रवासी नेपाली कामदारको मृत्यु हुने गरेको छ। यो मृत्युदर अन्य मुलुकको तुलनामा खाडी मुलुकमा ज्यादा छ। वैदेशिक रोजगारीसम्बन्धी अध्ययन गरिरहेका रमेश तुफानका अनुसार विदेशमा मर्ने नेपाली कामदारको संख्या बढेको छ। 'श्रम स्वीकृति लिएर गएका र मृत्यु भएका निवेदनको आधारमा सम्बन्धित मुलुकमा रहेको कुटनीतिक नियोगसँगको सहकार्यमा लास नेपाल झिकाउने काम हुन्छ। लासलाई झिकाउने काम झन्झटिलो भएकाले यसमा सबै कानुनी प्रक्रिया पूरा गर्ने प्रचलन छ,' बोर्डका एक अधिकारी भन्छन्, ' र पनि, लास ल्याउने र घरघरमा पुर्याउने काम बाक्लैसँग हुन थालेको छ। सम्बन्धित परिवारका लागि सहानुभूतिको काम हो यो।'
एम्बुलेन्स जति छन्, त्यसको तुलनामा शववाहन निकै कम छन्। झन्डै दिनहुँजसो विदेशबाट आउने लासलाई सम्बन्धित ठाउँमा पुर्याउन शववाहन नपाउने अवस्था आएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समस्यामा थियो। त्यतिमात्र होइन, सम्बन्धित ठेगानामा शव पुर्याउन बोर्डका सवारी साधन प्रयोग भइरहेका थिए। न त बोर्डसँग शववाहन राख्ने कुनै सरकारी प्राधिकार नै छ। विदेशमा मृत्यु भएका नेपाली कामदारका आफन्त बोर्डका कोठाचोटा दिनहुँजसो धाउने गर्छन् र आफन्तको शव सम्बन्धित ठेगानामा पुर्याइदिन आग्रह गर्छन्। 'सरकारी कामको नियम हुन्छ। नियम पुर्याउन अन्य विभिन्न विषयको कोटेसन मागी सूचीकरण गर्ने क्रममा लास ढुवानीको विषयलाई किन नराख्ने भन्ने विचार गरेर चारजना बोर्डका अधिकारीहरूको छलफलबाट विज्ञापन गरेका छौँ,' बोर्डकी निर्देशक गिरिजा शर्मा भन्छिन्, 'यसो गर्दा एउटै विज्ञापन खर्चमा हामीले विभिन्न विषयको सूचीकरण गर्ने क्रममा लास ढुवानीको काममा पनि सुविधा होला भन्ने ठानेका छौँ। यो नै वैधानिक र मितव्ययी बाटो पनि हो।' आर्थिक वर्ष ०६७/६८ मा बोर्डले एक सय २२ लासलाई सम्बन्धित परिवारलाई जिम्मा लगाएको थियो।
ढुवानीलाई सूचीकरण माग
वैदेशिक रोजागरीका क्रममा विभिन्न मुलुकमा पुगेर ज्यान गुमाएकाहरूको लास ढुवानीका लागि संस्था दर्ताको सूचीकरण सुरु भएको छ। बोर्ड एक्लैले विमानस्थलमा आउने लासको ढुवानी गर्न समस्या भएपछि यस आर्थिक वर्षबाट ढुवानीका लागि सूचीकरण माग गरिएको छ। बोर्डको अधिनमा रहने गरी ढुवानी खर्च लिएर सम्बन्धित निकायको नियमअनुसार सूचीकृत संस्थाले ढुवानी गर्ने प्रबन्ध सुरु गरिएको छ। बोर्डका केही सवारी चालकले नै यसअघि लासलाई सम्बन्धित ठेगानामा पुर्याउने गरे पनि यस आर्थिक वर्षदेखि सूचीकरण गरेरै इच्छुक र भरपर्दो संस्थालाई जिम्मा दिन लागिएको हो।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रहेको कल्याणकारी कोषबाट रकम खर्च गरी यस्तो ढुवानीकर्तालाई दिने व्यवस्था छ। सरकारी नियमलाई लागु गर्न र व्यवस्थित कामका लागि यस्तो गरिएको बोर्डले जनाएको छ। 'मृतकका आफन्तहरूको आर्थिक स्थिति कमजोर भएको हुँदा र समयमा घरघरमा लास पुर्याउन नसक्दा हुने बिजोग बुझेरै बोर्डले यस्तो नियम बनाएको हो,' बोर्डका कर्मचारी भन्छन्, 'यसो हुँदा पीडित परिवारलाई अझ लास ढुवानीको पीडा पनि नहुने भयो।' त्यसै कामका लागि बोर्डसँग पर्याप्त सवारी साधन र शववाहन पनि नभएका कारण सूचीकरणबाट नयाँ संस्थाको माग गरिएको हो। शव बाहनबाट सम्बन्धित ठाउँमा शव पुर्याएबापत बोर्डले भाडा रकम निर्धारण गरेको छ। आर्यघाट लगेबाहेक शव पुर्याउने ठाउँको दूरीका आधारमा बोर्डले ढुवानी रकम तोकेको छ। आधारभूत रुपमा १५ देखि २५ हजार रुपैयाँसम्म छ भने विशेष परिस्थितिमा १७ देखि ४० हजार रुपैयाँसम्म दिनसक्ने व्यवस्था बोर्डले गरेको छ।
कसरी पुग्छ घरसम्म?
विदेशमा आफन्तको मृत्यु भएको पुष्टि हुनासाथ नेपालमा रहेको परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लास झिकाउन निवेदन दर्ता गर्दछन्। निवेदनका आधारमा बोर्डले सम्बन्धित मुलुकको कुटनीतिक नियोगमा पुष्टिसहित लास नेपाल फर्काउन पत्र लेख्ने गर्छ। लास आउने मिति पुष्टि गरी बाकसमा आएको लासलाई कुन ठाउँसम्म कहिले पुर्याउने भन्ने जिम्मेवारी बोर्डबाट लास ढुवानीको काम गरेका कर्मचारी वा ठेकेदार कम्पनीले जिम्मा लिने गर्छन्। हाल यो काम बोर्डकै कर्मचारीहरूबाट नै भइरहेको छ। सम्बन्धित ठाउँमा पुर्याउने जिम्मा लिएको ठेकेदारले परिवारलाई जिम्मा लगाएको आधिकारिक सरकारी पत्र बोकेर बोर्डमा अभिलेखका लागि दर्ता गराउँछन्। 'सम्बन्धित ठाउँमा पुर्याएको सरकारी पत्र नआउन्जेल हामी ढुक्क हुन सक्तैनौँ। सरकारी कामको विश्वसनीयता र भरपर्दो सेवाका लागि पनि हामीले यो नियमलाई जारी राखेका छौँ,' बोर्डकी निर्देशक शर्मा भन्छिन्। अति कम खर्चमा पशुपति आर्यघाटसम्म पुर्याउनेदेखि पूर्वमा झापा र पश्चिममा कैलालीलगायत जिल्लाका गाउँ-गाउँमा लास पुर्याइसकेको आधिकारिक तथ्यांक बोर्डसँग छ। 'हामीकहाँ सम्पर्कमा आउने र निवेदन परिसकेका व्यक्तिहरूको काम गरिरहेका छौँ।'
ढुवानीमा लाखौँ खर्च
बर्सेनि लास ढुवानीका लागि बोर्डमा रहेको कल्याणकारी कोषको लाखौँ रकम खर्च हुन थालेको छ। यसका बिल र भौचर नियमन गर्न कठिन भइरहेको छ। विमानस्थलबाट आर्यघाटसम्म एक हजार रुपैयाँबाहेक अन्य क्षेत्रमा लास ढुवानीको रकम ठाउँ हेरेर तय गरिएको छ। कम्तीमा १२ हजारदेखि बढीमा ४० हजार रुपैयाँसम्म एक लास ढुवानीमा खर्च हुँदै आएको छ। यस्तो रकमलाई खर्चको कानुनी स्वरूप दिन कोटेसन आह्वान भएको बोर्डको दाबी छ। 'सरकारी खर्चको विवरण तय गरी बोर्डको बजेटलाई पारदर्शी देखाउन पनि कोटेसन आह्वान आवश्यक थियो,' बोर्ड अधिकारी भन्छन्, 'यसो गर्दा सरकारी नियम पालना गर्नुपर्ने हुन्छ।' बोर्डले लास ढुवानीको जिम्मा तीनजना कर्मचारीलाई दिएको थियो। ढुवानीबापतको रकम ती कर्मचारीले लिने गरेका थिए। 'अरू कुनै माध्यम थिएन र भरपर्दो अवस्था नभएकाले यो परम्परा थियो। तर, अब तोडिएको छ। सबै काम नियमअनुसार हुन्छ,' बोर्ड अधिकारी भन्छन्।

विदेश जानेलाई टिप्स
-काम गर्न जाने मुलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैरआवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना, फोन नम्बर साथमा राख्नुपर्छ। अप्ठ्यारो पर्दा सजिलो हुन्छ।
-विदेशमा रहँदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घरपरिवारको नियमित सम्पर्कमा रहनुपर्छ। यसो गर्दा अप्ठ्यारो पर्दा उद्धारका लागि मद्दत माग्न सजिलो हुन्छ। मानसिक तनाव न्यून गर्न सकिन्छ।
-काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानुहुँदैन। कतिपय देशमा यस्तो गर्नु गैरकानुनी हुन्छ र जेल सजाय पनि हुनसक्छ।
-करार अवधि सकिएपछि स्वदेश फकिर्एर पुन बिमा गराई श्रम स्वीकृति लिएर जानुपर्छ। अन्यथा, दुर्घटना पर्दा बिमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन।
-सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ। आफू खुसी अन्यत्र काम गर्न जानुहुँदैन।
-कोठामा बस्दा वा सुत्दा एसीको सही प्रयोग गर्नुपर्छ। थाहा नभएको कामकुरा सिकेर र जानेर मात्र गर्नुपर्छ।
-कमाएको पैसा बैंकिङ च्यानलबाट पठाउनुपर्छ। व्यक्तिगत तबरवाट र हुण्डीबाट पठाउँदा जोखिम हुन्छ।

-खाडी मुलुकमा पानमसला, परागलगायत सुर्तीजन्य पदार्थ, मदिरा लैजान र
सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिबन्ध छ। यस्ता सामान लुकाई लगेमा,
बिक्री गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ।
-सम्बन्धित देशको ट्राफिक नियम बुझ्ने र पालना गर्नुपर्छ।

This story @ http://www.nagariknews.com/diaspora/asia-prabas/44841-2012-08-16-10-08-27.html
No comments:
Post a Comment