८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि
होइन, श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको
हो ।
मन्द नशामा उत्रिएपछि छिरेको दरबारमार्गको रौनक कहाँ छ ? खोजी गरिरहेको छ तन्नेरीको एउटा झुण्ड । सहर जसरी उत्रिएको छ, रंगशालामा तन्नेरीहरु पनि उत्रिन खोजीरहेका छन्, त्यस प्रयोगशालामा । थाहा छैन, शेलीलाई यो मधुशाला कत्तिको मन पर्दछ । तर, रातको कथा नै वेग्लै, रातको नशा नै वेग्लै । हर उपहार राती सुन्दर देखिन्छन्, टलक्क टल्किएका सहरीया उच्च ‘वेश्या’ जसरी । ग वर्गको रात्री जीवन जहिले पनि प्रहरीको खोरभित्र पीडित बनिरहेको हुन्छ । ख वर्गको रात्री जीवन प्रहरीको खोर र पैसाको जोहोमा भित्र र बाहिर हुने क्रम जारी रहन्छ । तर, क वर्गको रात्री जीवनको कथा नै वेग्लै छ । संसार धनमा विकेको छ, काइँला तारा जोडिएको रात्री जीवनमा कुनैपनि कानुन छिर्न सक्तैन, कुनैपनि प्रशासनले छुन सक्तैन ।
८ बजेपछिको अर्बन समय, दिनभरी भोक मेटाउ भनेर आन्दोलन गर्ने श्रमिकका लागि होइन । श्रमिकको भोकमाथिबाट राजनीति गर्ने नवधनाड्य, पैसाधारी र स्तनधारीको हो । पैसाधारी र स्तनधारीको समयमा श्रम गर्नेहरु विहानको छाकको बारेमा सोचिरहेको हुन्छ । तर, कल्पनाको वगर सँधै सुख्खा हुँदैन, रातको समय श्रमिकका लागि सपनाको समय हो । उही सपनामा विलिन हुनेहरु सोच्दछन्– हाय, यो सहरको नयाँ उमंगमा म पनि यसरी नै हाँस्नेछु, डुल्नेछु, भुल्नेछु, गाउँनेछु र ठाउँ ठाउँमा हात समाएर किस गर्नेछु ।
सहरमा अर्बन जीवन बाँच्नेहरु मांशपेसीका सवै अंगहरु विक्रिमा छन् । कोही बजार थापेर बसेका हुन्छन्, काही बजार रिजर्भमा राखेर बसेका हुन्छन् । कोही बजारलाई उपहार दिनलाई बसेका हुन्छन्, कोही गाडीको धुनमा व्यापार गरिरहेका हुन्छन् । तर, फरक यत्ति हो सवैको रात संगितमा रुमल्लिने नशा, धुवाँ र झोलहरुसँगको मिश्रणसँगैको ठोस काममा केन्द्रित रहन्छ । आजको दरबार कहाँ छ थाहा छैन, दरबारमार्ग त्यहिँ छ र कथा पनि उही छ ।
अनि, त्यसका लागि सहरमै बाँच्नेहरु हर अंगको किमत पाई पाई होइन, हजार हजार चुकाउन पनि तयार छन् । हुक्काको धुवाँमा पछिल्तिर रमाइरहेको एक जोडी केटा, दुई जोडी केटीको कथा फरक छ । ‘वाउ, मेरो डार्लिङ्को साथी हो ?’, वियरको चुस्की र हुक्काको धुवाँसँगै मिस्सिएको लालीधारी चाम्रो अनुहारकी एक अर्धवैंशे आइमाई युवकको अंगालोमा कस्सिएर भन्छे,‘हि इज माई डार्लिङ ।’ छेउतीर बसेकी युवती कालो भुसतिघ्रेलाई उसै गरिरहेकी छ । नेपथ्यमा बजीरहेको छ– अगर तुम मिलजाओ जमाना छोड देङ्गे हम...।
रातमै आफ्नो गीतबाट नशामा रमाइरहेका युवकहरुको टेवुल खुसी पार्न ति अचम्मका आवाज भएका कलाकारहरु आफ्नो स्वर खर्च गरिरहेका छन् । नेपथ्यतिर बजेको धुनसँग ‘डार्लिङ जोडी’को हात कता कता पुगिरहेको होला...घरी घरी गालातिर पनि जोडिन्छ । एक युवती आफ्ना आधा बक्षलाई छर्लङ्ग पारेर वियरको गिलास भरिरहेकी छ र त्यहि वक्षमा अडिएको उसको एक राते प्रेमी अनेक सोचीरहेको होला । तर, त्यो भन्दा पनि बढिचाँही मधुशालाका दर्जन ज्यादा आँखाहरु उसका वक्षतिर ढल्किसकेका थिए । कोही सम्झिन सक्छन् होला यतिवेला नारायणगोपालको त्यो गीत जसको अन्तराको शव्द झुण्डिन्छ नशाका बेला सवैलाई– नजिक नआउ तिमी म मात्तिएको बेला, यी हातहरुले कहिँ घात गर्न सक्छन् ।
०००
संसारका धेरै माहात्माहरुको विद्वता ‘सेक्स’मै टिकेको छ । सम्भोगमा अभ्यस्त भएको विद्वताविना संसार चल्न सकेको छैन । आज ओशोहरु, कामसुत्रहरुका ज्ञान अधिक विकेका छन् । भगवान कृष्णका लिलाहरुको चर्चा कम हुने गरेको छैन । मधुशालाको एक घन्टे रातमा कसैले वक्षको व्यापार गरे, कसैले गालाको व्यापार गरे । लाली भरिएको गालामा कालो ओठको डामसँगै रातको फरक व्यापारमा कोही झुम्मिए पनि । यहि त हो, आठौं विश्व र २१ औं शताव्दि । राजा नभएको दरबार अगाडीको कथा कति सरल छ । त्यहाँ छ, पैसावालहरुको केही घन्टे जीवन । त्यहाँ छ, रकमका थाकहरुको फरक जीवन ।
रुकुमतिर, काभ्रेतिर बाबु हजुरबाबुले छोरी नातिनि बलात्कार गरेको खबरको अर्थ छैन त्यहाँ, त्यहाँ भनिरहेको छ वातावरणले आउ, चाँडो आउ, पैसा खन्याउ र बलात्कार गर । त्यस्तो बलात्कार होस् न नाम थाहा होस् न पहिचान । त्यहाँ जम्मा थाहा होस्, तिम्रो खल्ती गरम छ, अनि मेरो जवानी पनि उही तापक्रममा तात्छ । यो अर्बन जीवनको महत्व हो । तिमी हजार फाल, मेरो ओठबाट मुस्कान खुल्नेछ । अर्का हजारहरु फाल हरचिज, वस्त्र र अस्त्रहरु विस्तारै खुल्दै जानेछन् ।
क्रमश... निरन्तरता पाउनेछ, कथाले । यो ‘साइबर लभ’को एउटा पाटोको कथा पनि हो ।
No comments:
Post a Comment