अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका
चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर
छिरेर आएका हाउडेहरुका गफ थाहा छैन ।
तारापुञ्जहरुबाट कसैको आवाज कानमा एक्कासी ठोक्किएजस्तो, गहिरो नशामा सुतेको रात विहानै भएजसरी व्युँझिएँ । सुनसान छ, सहर । सन्नाटा छाएको छ । उता दरबारमार्गहरुमा रौनकता छाएको होला, ठमेलहरु उतारचढावमा बदलावको रंग फेरिरहेको होला, सायद । हातमा हात थामेर हिँड्ने रातको कथा वेग्लै होला, अनि जोडसँग ह्यांगोभरमा दुखेको टाउकोको व्यथा मैसँग छ ।
रातो बाल्टिभरी पानी छ, पिउन योग्य होइन । एक्कासी पहाडतिर कहिलेकाँही पानी पिउने गरेको आम्खोराको याद आयो । फगत, मेरा डेराभित्र ती आम्खोराहरु साङ्ला र माकुराका गुणमात्र भएका छन् । २० रुपियाँ जतिमा आउने वोतलको पानी बजारमै सकिन्छ । खाली वोतलहरु र सिसिहरुले डेरा जमाएका छन्, पिउने पानीको खोजी कहाँ गरौं ? छिमेकमा ढोका ढकढक्याउने हुति बनाइसकेको छैन । डेरामा बसेको आधा दशक भएर के गर्नु कोरियातिरबाट नेपाल छिरेका पर्यटकजस्तो एकाध महिनामा डेरा फेर्ने छिमेकी राख्नु पनि त्यति सम्बन्ध विस्तारका आधारभुत मान्छेहरु नहुँदा रहेछन् । तिर्खाले घाँटी जतिसुकै सुकेपनि शेलीका यादहरु नै तिर्खा मेटाउने कारण बनिरहेका छन् । ‘शेली आइ एम मिसिंग यु’, धुर्त पागलजस्तो मनोगत संवादमा अल्झिएको छु,‘शेली इफ यु उड बी वाटर, आई वील ड्रिंक यु, नाउ’ । तर, शेली पानीभन्दा पनि निक्कै गहिरो प्यास हुन्, जीवनको उत्तरार्धसम्मको मिठो आश पनि त हुन् ।
उत्तरतिरका चेलीहरु सहरको उन्माद हाँसोमा रमाइरहेका होलन् । अचेल सुनिन्छ, पश्चिमतिर मन लम्काउनेहरुका लागि हु जिन ताओ दाइले उत्तरका चेलीहरु काठमान्डुमा पठाएका छन् रे । यी वकम्फुस्से हल्ला हुन् वा खासातिर छिरेर आएका हाउडेहरुका गफ थाहा छैन । तर, जहाँ जस्तो भएपनि हु जिन ताओ दाईले शेलीहरु नेपालतिर ठेलदिए हुन्थ्यो भन्ने अर्को पागलपनको सोचले मनलाई तरल बनाइरहेको छ ।
साधुपन भनेको यन्त्रमानव बन्नु हो । उसको जीवनमा रसको कुनै अर्थ हुँदैन । वास्तवमा साधुवादतिर लम्किने हर कोहीलाई ह्यांगोभरमै पनि खास सन्देश दिन सकिन्छ । बडेमा बडेमा लेखक साहित्यकार, नेता, प्रधानमन्त्री, राष्ट्रपति साधुवादमा टिक्न सकेनन् । केही साधुहरुको कथा अहिले मिडियामा आउन थालेका छन् । तर, शेलीलाई मैले सन्देश लेख्नैपर्ने भएको छ– म साधुले सत्ता चलाएको मुलुकको गैरसाधु नागरिक भएकैले होला हर विहान, हर रात र हर क्षण तिमीलाई पत्र कोर्छु, तिमीलाई उत्तर खोज्छु, तिमीलाई प्रश्न सोध्छु ।
०००
झिसमिस विहानमा चराहरु कहाँ छन् ? यो सहर हो, यहाँ मानवहरुको आवाज नै सक्किँदैन कहिले । चराहरुले मौका पाउँदैनन्, बोल्ने । सायद चराहरु कतै कोसीको तिरमा गाइरहेका होलान् । कुकुरहरुको सहर हो, भुसिया कुकुरहरु भुकिरहन्छन् । आजभोली ढाडे विरालो वेस्सरी रुने गरेको छ । अनि, मेरो निँद्रा त्यसै त्यसै हराउँछ । इन्टरनेटको पर्दा आज मधुर छ, कालो रात, बत्तीविनाको रात अनि अनेकथरी प्रश्नहरुको थाक । यहि प्रश्नहरुको थाकसँगै शेलीलाई नयाँ इमेल लेख्दैछु ।
शेली, हाउ आर यु...
आधुनिक युगको कथा वेग्लै छ । तिमी नजिक रहेको मुलुकका नेता भ्लादिमर पुटिन्, जो असाधुवादका नायक हुन्, तिनले किन साधुवादलाई आफ्नो जीवनको मुल्य बनाएनन्, शेली ? आजको संवाद यहि प्रश्नबाट सुरु गर्न चहान्छु । तिमी उत्तरहरुको झोला बोकेर आऊ, मेरो आँखासामु कम्प्युटरमा उभिएर उत्तर देऊ, लेखेर उत्तर पठाउ । यहाँ उत्तरहरुको खोजी भइरहेको छ । भन्छन् नी मान्छेहरु तिमी एक पटक बाँच्छौ तर यसलाई राम्रोसँग प्रयोग गरे त्यहि एक पटक नै काफी हुनेछ, जीवन जीउनलाई । हेर त यी नयाँ अर्बनहरुको दिन र रातको कथा कत्ति फरक छ ? रुखमुनी बसेर जति नै सरापे पनि उनीहरुको डिस्को खाली हुन सकेको छैन, वाइन भरिएका गिलासहरु फेरि पनि भरिएका छन् । बाँच्ने र मनोरञ्जन गर्ने साधन उनीहरुसँगै भयानक छन् । जानेका छन् वा उनीहरुले जीवनको नयाँ तरंगबाट जीउने कोशिस गरेका हुन्, खुट्याउन मुस्किल छ । तर, जे होस् फरक तरिकाले जीवन बाँचेका छन् । कोही पति छाडेर आएका छन्, कोही पत्नि छाडेर नाचेका छन् । तर, बाँचेका छन्, अनेक कोण र क्षेत्रफलको आधारमा । पैसा बोक्नेहरुले किनेर जे पनि पाएका छन्, फगत हामी किन रुखमुनिको च्यात्तिएको गञ्जिका भरमा जीवनलाई विज्ञानसँगै प्रविधि र नयाँ आयाममा ढाल्न सकिरहेका छैनौं ? भन त ?
०००
मोलीका चिहानमा शेलीका आँसु कति खसे होलन् ? यसको लेखाजोखा कसरी हुनेछ र ? साँच्चै ती मोली जसको प्रेमकहानीबाट म पनि लालयीत थिएँ । उनको प्रेम अभुतपूर्व थियो । हुन त प्रेम हर मानव प्रजातिको मनभित्र भावनामा वगेको हुन्छ । सहरतिर भेटिने वेश्याहरुकै एकराते प्रेमको कम कुरा हुँदैन । ती नखरा, ति समयका अभुतपूर्व कृयाकलापहरु नै निक्कै सामिप्यजस्तो, जीवनजस्तो लाग्ने अनुभवहरु सुनाउँछन्, जानकारहरु । अनि, मोलीको प्रेम त उत्तरार्धको समयचक्रको सम्भोगविनाको भावनासँग जोडिएको थियो । अहिले कालले चुँडिदिएछ...शेलीको पत्रले बारम्बार यहि भनिरहेको छ । मोली मैले नदेखेको पात्र, नचिनेको पात्र । मात्र सुनेको पात्रको भावनासँग कति चाँडो जोडिएको छु म, प्रेमिल भावनासँगै । शेलीको भावनासँग जोडिएकाले हुनुपर्छ, मोलीको प्रेम अमर छ ।
शेलीको इमेल उत्तर निक्कै ढिलो आउने हुनाले मैले चाँडै उत्तरको अपेक्षा गरेको थिइन । म मोलीकै बारेमा घोत्लिएर सोचिरहेको छु । हावा कुन दिशाबाट चलेको छ, कहाँ ठोक्किएर कता पुगेको छ, कुनै मतलव छैन ।
तर, आज अचम्म भयो । इमेल ठेलेको केही घन्टामा मेरो कम्प्युटरमा नयाँ इमेल आएको म्यासेज आइसक्यो । हतारमा खोलेको छु । शेलीको इमेल आएको छ । र, उत्तर यस्तो छ ।
हाई, हाउ आर यु ?
लामो समयपछि इमेल लेख्दैछु । केही कमी भए भन्नुहोला । तर, आज अलिक उदासमा लेखेकी छु ।
८४ व्यञ्जनले बाँधिएको छैन, जीवन । अनुभवहरुको पहाडसँग समिक्षा गरेर हेर्नुपर्दछ । आज मोलीको मलामी पुगेर फर्किएकी छु । ती मोली जसले आफ्नो जीवनको उत्तरार्धपनि निक्कै सुखी र खुसीका साथ विताउने कोशिश गरिन् । तर, ती पनि एउटा आश्रममा नै आएर वितेर गइन् । हाम्रो संस्कार आश्रममा वित्ने होइन, हामी घरभित्र आँसुहरुको खोलमा वितेर जाऔं भन्ने विचारधारी हौं । तपाइकै शव्दमा भन्नुपर्दा, हामी जीवनलाई सामाजिक परिवेशमा बाँधेर बाँच्न सिकीरहेको पाठशालाबाट हुर्किएका विद्यार्थी हौं । युरोप र अमेरिकामा शरिर हुनासाथ आत्मा र मनचाँही यहि बसीरहेको छ भन्ने कदापी पनि होइन । हाम्रो सम्बन्धको पुञ्ज एकातिर होला तर यथार्थको धरातल र सामाजिक परिवेश त उही हो नी त । मानवताका नाताले मोलीको चिहान देखेकी छु, मैले । ति बृद्धाको प्रेम पनि देखेकी छु । तर, आज प्रेमी कहाँ हराए ? उनका आफन्त कता विलाए ? त्यो चिहानमा एक्लै बसेर आँसु खसाएर भगवान पुकारेकी छु, मैले ।
ठिक छ, काठमान्डु नयाँ तरंगमा बाँधिएको होला । तर, तरंग नयाँ भयो भन्दैमा हर झंकारमा सवैको मनोदशा एकै हुँदैन । मेरो मनोदशा पनि यहाँ, मोलीको चिहानमा झरेको आँसुसँगको भावनामा डुवेको छ । यस्तै भावनाको खाडलमा जहिले पनि डुविरहेकी छु । कसले के भन्छ भन्ने भन्दा पनि कसरी अघि बढ्ने भन्ने अभ्यस्त भएकी छु । आजलाई यत्ति नै, मौका मिले फेरि पनि लेखौंला ।
....शेली ।

No comments:
Post a Comment