विनोद ढकाल |
यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम
भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको
ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ ।
पुरानो बानेश्वरदेखि मैतिदेवीसम्म झर्ने ओरालोमा टेम्पु चढ्यो भने कतिपटक टाउको ठोकिन्छ, गन्न कठिन हुन थाल्यो । त्यो बाटोमा हिँड्ने न टेम्पो खराब छन्, न चालक खराब छन् । खराब केही छ भने त्यो सडक नै हो । बाटो विस्तार गरी पिच गरिएको उक्त सडक कसरी भयो खराब तुरुन्त ? सहरमा हल्ला छ, यसको कारण मेलम्चीको पानी हो । मेलम्चीको पानी ?? मेलम्चीको पानी र काठमाडौंको सडकको सम्बन्ध के छ र ? कता कता प्रश्नहरु उव्जिनु स्वभाविक भएको छ । तर, काठमाडौं र मेलम्चीको पानीको सम्बन्ध नै लामो चर्चाको सम्बन्ध हो । अहिलेको पुस्ता भन्दा अघिल्लो पुस्ताले सुनेको मेलम्चीको पानी काठमाडौं झर्नै लागेका कारणले पाइपलाइन विछ्याउँदा सडक भत्काइयो । त्यहि सडकका कारणले नै टेम्पो गतिलोसँग दौडन पाएन, त्यसकारण सवारीभित्र रहेका मानिसका टाउकाहरु ठोक्किनु पनि स्वभाविक बन्यो ।
मैतीदेवीदेखि पुतलीसडकसम्म पर्ने उकालो ओरालो पनि मेलम्चीले भत्काएको छ । त्यो उकालो ओरालोको यात्रा पनि कठिनप्रद थियो केही महिनादेखि । सडक भत्किएको त्यो वान वेमा समस्याग्रस्त यात्रा गर्नु अहिले जनसाधारणको बाध्यता बनेको छ । अहिले राजधानीका विभिन्न ठाउँहरुमा सडक भत्काउने र पाइपलाइन विछ्याउने काम भइरहेको छ । त्यो पाइपलाइन जसको बारेमा धेरै वर्षअघिदेखि हामीले सुन्दै आएका थियौं । काठमाडौंमा खानेपानीका लागि तयार हुँदै गरेको मेलम्ची आयोजनालाई वगाउनका लागि राजधानीमा पाइप विछ्याउने र त्यसका लागि सडक भत्काउने काम भइरहेको छ ।
मेलम्ची काठमाडौंको सपना बनेको छ । यहि पानीको पर्खाइमा भविष्यको धारा खोजीरहेका कयन युवाहरु सपना बोकेर कतार, मलेशिया, साउदी अरब, युरोप र अमेरिका पुगेका छन् । अहिले पनि उनीहरु भन्छन्– मेलम्ची कहिले आउनेछ ? काठमाडौंका सडकमा हिँड्ने पैदलयात्री आशाको पोको फुकाउँदै बाध्यकारी भएर भन्छ, चाँडै आउला, सडक भत्किन थालेको छ । तर, ठूलो समस्याको समाधानका लागि केही दिनको समस्या प्रमूख होइन भन्ने ठानेरै सायद, नागरिकहरु चुप लागेर बसेका छन् । तर, के सरकारले भन्नसक्छ त ? मेलम्ची साँच्चै केही महिनामा राजधानीका घर घरमा पुग्नेछ ?
पानीमाथि निक्कै ठूलो राजनीति भइरहेको छ । पानीको शक्तिको विषयमा नेपाली संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बोलिसकेका छन् । वास्तवमा पानीको शक्ति अपरम्पार नै छ । त्यसको उपयोगको तरिका नजान्दा हामी अलमलमा परेका छौं । मेलम्चीको पानी हामी पिउनका लागि पनि यतिधेरै समय पर्खिरहेका छौं, यति धेरै धैर्यतालाई कायम गरिरहेका छौं । तर, यहाँ मेलम्चीमाथि नै ठूलो राजनीति भयो । प्रत्येक वर्ष सरकार बन्दै, ढल्दै गर्न थालेको संक्रमणकालिन राजनीतिले कहिलेपनि विकास र सुविधालाई प्राथमिकतामा राखेन । त्यसमाथि राजनीतिमात्र भयो । एकथरी शक्तिहरु राजनीतिक दलहरुलाई प्रभावमा राख्नका लागि राजधानीमा मेलम्चीको पानी नभित्रिए हुन्थ्यो भन्ने मनसायमा छन् । किनभने मेलम्चीको पानी राजधानी आए उनीहरुको पानीको महँगो व्यापार ध्वस्त हुनेछ । पानीका लागि राजधानीबासीले खर्चेको रकम उनीहरुको खल्तीमा पर्नेछैन । त्यसकारण पनि मेलम्चीको योजना आउने हल्लामा सडक भत्किन्छन् तर त्यसमाथि हुने राजनीतिले प्रत्येक दिन पानीका लागि लाम लाग्नुपर्ने आमसाधारणको मन पनि भत्किरहेको छ, सरकारले कहिले बुझ्ने ? अनि, कसको सरकार आएपछि बुझ्ने ? नागरिकप्रतिके उत्तरदायित्व नबोकेको सरकार कार्यकर्ता र पार्टीको मात्र हुनेछ । मेलम्चीकै विषयमा कुरा गर्ने हो भने हर पार्टीले यो परियोजनालाई ध्यान दिन सकेका थिएनन् । यो परियोजना कुन गतिमा र कुन चालमा अघि बढ्यो वा कहाँ छ भन्ने कुराको पनि लामो हेक्का राख्न नसकेका कारणले नै नागरिकहरुले दुख पाइरहेका थिए, पाइरहेका छन् अझै पनि । यसकारण अहिले अघि बढेको वा मेलम्चीकै लागि भएको भनिएको काम नरोकियोस् भन्ने नागरिक चाहना बनेको छ ।
काकाकुल राजधानीको व्यथा मेलम्चीलेमात्र पुरा गर्न सक्छ । त्यो पुरा हुनका लागि निक्कै समय लागिसकेको छ । मेलम्चीमाथिको राजनीतिले पनि यो आउन निक्कै समय लागिसकेको छ । यी सडकहरु मेलम्चीकै लागि कयन पटक भत्किसकेका छन् । तर, आउने आशा निक्कै कम भइसकेको छ । प्रत्येक वर्ष भत्किने सडक र विछ्याइने पाइपसँग राजधानीवासीको ध्यान, राजधानीवासीको आशा र अपेक्षाको पानी मन मन वगीसकेको हुन्छ । तर, पानी फेरि पनि यथार्थ रुपमा वगेको हुँदैन । पानीको महत्व तिर्खाएकाहरुलाई हुन्छ । जबसम्म तिर्खाको महसुस राज्यका खास ठाउँमा बस्ने मान्छेहरुलाई हुँदैन, उनीहरु ठान्नेछन् राजधानीमा बस्ने सवैको अवस्था उनीहरुकै जस्तो छ । महल बस्नेहरु ठान्दछन्, झुपडीमा बस्नेहरुको व्यथा कमैमात्र छ । त्यस्तै राज्यको निकायमा बस्नेहरुले पनि राजधानीमा भएको पानीको दुख देखेका छैनन्, महसुस गरेका छैनन् । जबसम्म पानी नपाउँदको पीडा, जनताको पीडालाई राज्यका निकायमा बस्ने प्रधानमन्त्रीदेखि कर्मचारीसम्मले अपनत्वको भावनामा लिन सक्तैदनन्, यी योजनाहरु धिमी गतिमा चलिरहन्छन् । यो दिर्घकालिन योजनाका रुपमा पनि अघि बढ्दैन, अल्पकालिन योजनाका रुपमा पनि राखिदैन । दैवको भरोसाका रुपमा विकासको योजना चलाउँदा दुखजति आमसाधारणले हर कोणबाट भोगिरहेका छन् । अव मेलम्चीकै विषयमा यो दुख भोग्न नपारोस् भन्ने अपेक्षा जागिरहेको छ ।
कतिपय सरकारी संस्थाहरुले वार्षिक बजेट सक्नका लागिमात्रै पनि पाइपलाइन विछ्याउने नाममा काम गरेको अनुभुत गराउँछन् । तर, कहिले आउने हो पानी भन्नेबारेमा उनीहरु पनि वेखबर छन् । मेलम्ची वग्ने कुरो निक्कै अघिको थियो । तर, देशमा कयन युवा र जनताको रगत वग्यो, त्यसले नयाँ सत्ता जन्मायो, त्यो सत्तापछिको अर्को निर्वाचन सिध्यायो तर मेलम्ची अहिले पनि आशामात्र बनेर वगीरहेको छ, मन मनमा । राजधानीवासी चहान्छन्, मेलम्ची साँच्चै वगोस्, घर–घरमा ।

No comments:
Post a Comment