काठमाडौं–‘नेपाल फर्कनका लागि आतुर छु । तर, यहाँ काम गरेको रकम नलिई कसरी
फर्कनु ?’ कतारको दोहस्थित नेपाली दुतावासमा आश्रय लिएकी धरान–५ की उषा
लिम्बु गुनासो पोख्छिन्,‘विमाको पैसाका लागि कम्पनी विरुद्ध मुद्दा हालेकी
छु अनि यहाँको श्रम अदालतमा पनि मुद्दा दिएकी छु ।’ लिम्बु नौ महिना अघि
वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेकी थिइन् ।
दोहास्थित सनैयाँ ४६ नम्बरमा रहेको कम्पनीमा काम थालेको तीन दिन पुग्दा नपुग्दै उनी सवारी दुर्घटनामा घाइते भइन् । गम्भिर चोट लागेपछि एक हप्ताभन्दा बढि अस्पताल बसेकी लिम्बुले अस्पतालमा उपचारका लागि भर्ना हुनप¥यो । भन्छिन–‘यहाँ बसेर पैसा कमाउँला भन्ने कत्रो सपना थियो । तर, दुर्घटनामा परेर खुट्टामा गम्भिर चोट लाग्यो, उल्टै पैसा खर्चमात्र भयो ।’ आठ दिनसम्म दोहास्थि हमाद अस्पतालमा उपचार गरेर सकीनसकी कम्पनीमा काम गरेकी लिम्बुले उपचार खर्च त परैजाओस कम्पनीबाट नियमति तलव पनि पाएकी छैनन् । ‘एक त उपचारमा पैसा सकियो, अर्कातिर छ महिनाको तलव पाउन बाँकी छ ।’ उनी भन्छिन् । तलव नदिएपनि कम्पनीको आवाससुविधा उनले पाउँदै आएकी थिइन् । आफू समस्यामा परेको भन्दै कम्पनीसँग हारगुहार गर्दापनि उनले तलव पाइनन् । बरु, कम्पनीले बस्न दिएको सुविधा पनि खोस्यो । उनलाई कम्पनीको क्याम्पबाटै निस्कासन गरिदियो । ‘छ महिनाको तलव लिन बाँकी छ । काम गरेको पैसा लिनका लागि पनि समस्या प¥यो । सवै विषयमा दुतावासमा जानकारी गराएको छु ।’ उनी भन्छिन्,‘१० हजार रियाल खर्च गरेर मैले उपचार गरेको छु । यहाँको श्रम अदालतले पनि कम्पनीले ४० हजार दिनुपर्ने दावी गरेको छ । तर, अहिलेसम्म केही पाएको छैन ।’ उनले अहिले विमाको रकम दावी गर्दै दोहास्थित उच्च न्यायालयमा कम्पनीलाई विपक्षी बनाएर मुद्दा चलाएकी छन् । ‘दुतावास, श्रम अदालत मेरो पक्षमा छन् । तर कम्पनीसँग मुद्दा हारे त म बर्बादै हुन्छु ।’ भावुक हुँदै भन्छिन्,‘धेरै सपना बोकेर कतार आएको थिएँ, तर सपना सवै भत्किए ।’
श्रीमान् थमबहादुर राईपनि कतारमा नै कार्यरत भएका कारण उनको उपचारको खर्चका लागि समस्या भएन । तर, श्रीमान्ले कमाएको पैसाले गाउँघरको खर्च र ऋण तिर्ने धोको पनि सकिएको गुनासो उनको छ । भन्छिन्,‘विमावापतको रकम पाइन भने त हामी जोइपोई नै डुव्छौं ।’ दुर्घटनापछि हिँड्नमा समस्या झेलीरहेकी लिम्बु यस अघि पनि वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा ७ महिना बसेकी थिइन् । साउदी अरवमा पनि तलवको समस्या र कम्पनीको दुव्र्यवाहारका कारण उनी नेपाल फर्कन बाध्य भएकी थिइन् । नेपाल फर्कनासाथ श्रीमान् थमबहादुरसँग सल्लाह गरेर कतार पुगेकी उषा, न्यायका लागि लडिरहेकी छन् । ‘श्रम अदालतको दावी समेत भएका कारणले उषाको मुद्दा सफल हुनसक्ने अनुमान गरिएको छ । तर, यहाँको कम्पनीको पक्षमा फैसला भयो भने उषालाई समस्या हुनसक्छ ।’ कतारस्थित सञ्चारकर्मी प्रेम लामा भन्छन्,‘यहाँ महिलाको समस्या यसरी नै बढिरहेको छ ।’
अहिलेपनि दूतावासको शरणमा विभिन्न ठाउँका महिलाहरु समस्याको चाङ लिएर बसेका छन् । दुतावासले समस्याबारे बुझ्ने र नेपाल फर्कन चाहनेलाई व्यवस्था मिलाइरहेको भएपनि भर्खरै राजदुतको जिम्मेवारी पाएर कतार पुगेकी डा. मायाकुमारी शर्मालाई भने चुनौतिजस्तै भएको छ । ‘महिला राजदुत आएपछि झन् महिलाका समस्या धेरै देखिन थालेका कारण यहाँ चुनौति बढ्न थालेको छ । राजदुतका लागि उषा लिम्बुलाई न्याय दिलाउनु पनि चुनौतिजस्तै बनेको छ ।’–लामा भन्छन् ।

खाडीतिर नेपाली महिलाको ओइरो
विनोद ढकाल
काठमाडौं– काभ्रेकी सुन्तली लामा वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन् । उच्च शिक्षामा सफल हुन नसकेपछि वैदेशिक रोजगारीमा आकर्षित भएकी उनी घरेलु कामदारका लागि कतार जाने तयारीमा पुगेकी हुन् । आवश्यक कागजात बुझाउन र श्रम स्वीकृतिका लागि उनी वैदेशिक रोजगार विभागमा पुगेकि थिइन् । ‘अव यहाँ बसेर पनि के गर्नु कतारमा भए पैसा कमाइन्छ त्यसैले जान लागेकी हुँ ।’ लामा भन्छिन–‘पहिलो पटक जान लागेकी हुँ । काम कस्तो हुन्छ भन्नेचाँही थाहा छैन ।’ उनी धेरै खुलेर कुरा गर्न चाहिरहेकी थिइनन् । व्यक्तिगत भिसामा जान लागेकी लामाका मामा पर्ने एकजना कतारमा छन रे । उनैमार्फत आएको भिसामा जान लागेकी लामा भन्छिन–‘काम गरेर पैसा कमाउने हो, धेरै कुरा नभनौं ।’ एकैदिनमात्र लामाजस्ता एक सय भन्दा बढि महिलाहरु विभिन्न लाममा विभागका वरीपरि बसीरहेका छन् । कोही भित्र र कोही बाहिर वैदेशिक रोजगारीका आवश्यक कामहरुको प्रकृयामा व्यस्त देखिन्छन् ।
नुवाकोटकी सविना केसी कुवेत जाने तयारीमा छिन् । एक वर्षअघि विवाह गरेका श्रीमान् दुवईमा छन् । घरमा आर्थिक अवस्था अझ मजवुत बनाउनका लागि वैदेशि रोजगारीका लागि कुवेतको प्रकृयामा रहेकी केसी घरेलु कामदारका रुपमा जान लागेकी हुन् । उनी पनि पहिलोपल्ट विदेश जान लागेकी हुन् । ‘गाउँका केही साथीहरु पनि कुवेतमा पैसा कमाइरहेका छन् म पनि कमाउनकै लागि जान लागेकी हुँ ।’ उनी भन्छिन्–‘आर्थिक समस्या नहोस र भविष्य सुरक्षित होस भनेर नै जान लागेकी हुँ ।’ वैदेशिक रोजगारीका क्रममा महिला कामदारहरु बढि जोखिममा परेका खबरहरु सार्वजनिक भइरहँदा पनि केसीजस्ता निक्कै महिलाहरु धन कमाउने सपनामा म्यानपावर कम्पनी हुँदै विभाग प्राङ्गणमा कागजी काममा व्यस्त हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने सवैका आफ्ना वाध्यता, सपना र महत्वकांक्षाबारेका तर्क छन् । तर, समस्या पर्दा के गर्ने ? भन्ने प्रश्नको जवाफ चाँही छैन ।
‘पुरुषले गएर काम गर्नसक्ने हामीचाँही नसक्ने भन्ने हुँदैन । आर्थिक समस्या परेपछि सानो पुँजीमा विदेशको कामबाहेक हामीसँग कुनै विकल्प छैन ।’ सिन्धुलीकी हरिमाया कटुवाल भन्छिन्–‘छोराछोरी छाडेर उनीहरुको भविष्यका लागि तीन वर्ष भएपनि मेहनत गरेर पैसा कमाउने आशामा लेवनान जान लागेकी हुँ ।’ मिडियालाई फेस गर्नसक्ने हरिमाया जस्ताका आफ्नै बाध्यता पनि छन्, वैदेशिक रोजगारीमा जानुपर्ने । तर, मिडिया नजिक हुन नचाहने धेरै महिलाहरु अहिले विदेशमा पैसो टिप्नै पाइन्छ भन्ने सपना बुनेर मुलुक छाडिरहेका छन् । पछिल्ला वर्षहरुमा यसरी वैदेशिक रोजगारीका लागि महिलाहरुको संख्या बढेको तथ्याङ्कले पनि पुष्टि गरिरहेको छ । ०६८÷०६९ को वर्षको जेठ मसान्तसम्ममात्र तीन लाख ४९ हजार ९ सय ३३ जना मध्ये २० हजार ९ सय ७१ जना महिला वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मुलुकबाट पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत महिलाको संख्या पुगेको छ । यो गत वर्षको तुलनामा झण्डै ३ प्रतिशतको बृद्धि हो । ‘झण्डै दोव्वर हुँदै महिलाहरु वैदेशिक रोजगारीमा जाने संख्या बढिरहेको हामीले पाएका छौं । र, धेरै श्रममा समस्या परेर उजुरी पनि महिलाको नै आउने गरेको भेटेका छौं ।’ वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहाल भन्छन्–‘यतिसम्मकी वैदेशिक रोजगारीको बारेमा राम्रोसँग ज्ञान नभएका महिलाहरुपनि जाने क्रम बढेको छ । जसका कारण उनीहरु समस्यामा पर्ने गरेका छन् ।’ निम्न मध्यमवर्गीय परिवारका महिलाहरु यसरी वैदेशिक रोजगारीमा गइरहेका छन् । पछिल्ला वर्षहरुमा खाडी राष्ट्रहरु तथा मेलेशिया र इजरायलमा महिलाको आकर्षण बढेको पाइन्छ । विभागमा रहेको तथ्याङ्क अनुसार हालसम्म नेपाली महिला कामदारहरु कुवेतमा २१ हजार बढि छन् । लेवनानमा ९ हजार छ सय ७८, युएइमा ९ हजार ४६, कतारमा २ हजार १ सय ४, बहराइनमा १ हजार ८ सय २३, ओमानमा १ हजार २ सय ७ तथा साउदी अरवमा ७ सय ११ जना महिला रोजगारीका लागि पुगेका छन् । मलेशियामा ३ हजार छ सय ९ जना पुगेका छन् । त्यस्तै इजरायलमा ३ हजार २ सय ९७ जना रोजगारीका लागि पुगेका छन् ।
‘हामीसँग नभएको दलाल मार्फत भारत तथा विभिन्न बाटो भएर जाने महिलाहरुको संख्या पनि उल्लेख्य हुन्छ । त्यस्तो रेकर्ड हामीले पाउन मुस्किल छ तर श्रमको विषयमा पीडित भएपछि विभागमा दिएको उजुरी यसका आधार मान्न सकिन्छ ।’ निर्देशक दाहाल भन्छन्–‘श्रम स्वीकृति नलिई पुगेका कारण उनीहरु समस्यामा परेका हुन् । अर्कोचाँही घरेलु कामदारमामात्र महिलाहरु बढि जाने भएका कारण घरभित्र उनीहरु कति सुरक्षित हुन्छन् भन्ने यकिन गर्न मुस्किल पर्दछ । यद्यपि, हामीले यसबारेमा विभिन्न चरणमा छलफल र रोजगारदाता कम्पनीसँग सहकार्य गर्ने वातावरण बनाइरहेका छौं ।’ भनेजस्तो काम नपाएको तथा विभिन्न हिंसामा परेका उजुरीहरु युइएबाट बढि आउने गरेका छन् । अन्य मुलुकबाट पनि सामान्यतया उजुरी आउने गरेका छन् । तर, घरेलु कामदार भएका कारण पीडित भएर पनि कतिपय महिलाहरु सरकारी संयन्त्रसम्म पुग्न सकिरहेका छैनन् । यसका लागि विभागले नयाँ कार्यविधि लागु गर्ने तयारी थालेको छ । जसको प्रस्ताव श्रम मन्त्रालयमा पठाइएको छ ।
प्रस्तावमा घरेलु कामदारमा लैजाने मानिस अथाव कम्पनीले अव दुतावाससँग नियमित सम्पर्क गराउने, परिवारसँग कुराकानीको व्यवस्था मिलाउने तथा कामदारका लागि छुट्टै आवास र शौचालयको प्रबन्ध हुनुपर्ने विषय उल्लेख छ । निर्देशक दाहाल थप्छन्–‘यसका लागि एक कार्यविधि बनाएर मन्त्रालय पनि पठाइएको छ । त्यसो हुँदा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दा उनीहरुको सुरक्षा र रोजगारीको व्यवस्थाबारेमा सम्बन्धित मुलुक जानकार हुनसक्छ भन्ने हाम्रो वैज्ञानिक कार्यविधि हुनसक्छ यो ।’ उनका अनुसार भर्खर १८ वर्ष पुगेका र २५ नकटेका महिलाहरु वैदेशिक रोजगारीका लागि बढि जाने गरेका छन् । उनीहरु कसैको भनाई वा देखासीकिको आधारमा जाने गरेका छन् । ‘कति सुरक्षित छन् भन्ने विषयमा कुनैपनि जानकारी छैन ।’ निर्देशक दाहाल भन्छन्‘उमेरमा परिपक्व नभएका महिलाहरु जानेक्रम बढेको हुँदा त्यसबारेमा हामीले तालिम सुरु गरेका छौं । वैदेशिक रोजगारीका क्रममा घरेलु कामदारका रुपमा जान लागिरहेका महिलाहरुका लागि २१ दिनको तालिमको व्यवस्था गरेका छौं ।’

आजको शुक्रबार साप्ताहिकमा प्रकाशित
No comments:
Post a Comment