Wednesday, July 25, 2012

नेपाली चेलीको विल्लिवाठ

.............
समस्या झेलेर दुतावासको शरणमा पुगेका पीडित चार महिलालाई एनआरएन साउदी अरब, महिला उद्दार कोटाबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फितिर्मा सघाएको छ । यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कूल तीन हजार दुई सय चालिस साउदी रियाल लागेको छ ।
                                    .....................




विनोद ढकाल
काठमाडौं–धेरै पैसा कमाउने सपना बोकेर पाँच महिना अघि भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेकी अनिता चौधरी अहिले आफ्नो तथा आफुलाई विदेश पठाउने दलालको नामपनि राम्रोसँग भन्न सक्तिनन् । दुतावासको शरणमा लामो समय बसेपछि गत विहीबार उनी नेपाल आइपुगेकी छन् । पैसा कमाउने सपना बुनेर साउदी पुगेकी उनी मानसिक समस्या बोकेर फर्किएकी छन् । पीडित चौधरीको साउदी स्थित एनआरएनको सहयोगमा दुतावाससम्म सम्पर्क गराएर नेपाल फर्काइयो । नवलपरासीको धर्कैया–७ घर भएकी ३४ वर्षिया चौधरीलाई रुपन्देही बतनियाँका कोही डाक्टर चौधरीले भारतीय बाटो हुँदै साउदी अरव पठाएका थिए । तर ती डाक्टर चौधरीको नाम के हो ? भन्नेबारेमा उनले जानकारी दिन सकेकी छैनन् ।

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिहरको छ । खाडी मुलुकका लागि सरकारले रोजगारी खुल्ला गरेर वैधानिक रुपमा पठाएपनि कम लगानीमा गएर धेरै पैसा कमाउने महत्वकांक्षाका कारण अहिले महिलाहरु साउदी अरबमा समस्यामा परिरहेका छन् । त्यस्तै समस्याको उदाहरण चौधरीमात्र होइनन्, उनीसँगै एकै दिन नेपाल फर्किएकी अस्मिता सार्की पनि हुन् । साउदी अरबकै रियादमा घरेलु कामदारका रुपमा एक महिना अघि पुगेकी उदयपुर गाइघाट–८ की २७ वर्षिय सार्कीले काम गरेको ठाउँमा शारिरीक तथा मानसिक यातना सहन नसकेपछि उनी दुतावासकोे शरणमा पु्गेकी थिइन् । उनी पनि भारतको दिल्लि र मुम्बई हुँदै साउदीको रियाद पुगेकी थिइन् । नेपालगञ्जका एजेण्ट अशोक मगर र सुनसरी दुहवीका रुपक राइमार्फत उनी साउदी अरव पुगेकी थिइन् । ‘खानबस्नपनि नदिने र शारिरीक यातना दिएपछि मैले उद्दारका लागि यहाँका नेपालीसँग आग्रह गरेकी हुँ ।’ सार्की साउदी दुतावासमा दिएको वायनमा उल्लेख छ । ‘पैसा कमाउने सपना साँचेर आएकी, यहाँ बस्नसक्ने अवस्था नरहेपछि दुतावासको शरणमा आइपुगेकी छु ।’ दुतावास स्रोतले उल्लेख गरेको छ । महिला कामदार विदेशीने संख्या हर वर्ष दोव्वर भइरहेको आधिकारिक तथ्याङ्क वैदेशिक रोजगार विभागसँग छ । विभागमा श्रमस्वीकृति नलिई भारतीय बाटो हुँदै खाडी लगायतका मुलुकमा पुग्नेको संख्या पनि उत्तिकै छ । गाउँ गाउँमा छरिएका दलालहरुको मोहमा परेर बाध्यतालाई विदेशमा श्रम गरेर टार्ने सपना बुनेकाहरु भ्mनै ठूलो समस्यामा पर्ने गरेका छन् ।
उसो त लामो समयदेखि साउदीमा काम गरिरहेका महिलाहरुको पीडा पनि उस्तै नै छ । चार वर्ष अघि साउदी अरवमा रोजगारीका सिलसिलामा पुगेकी मोरङको उर्लाबारी–४ की चन्द्रकला भण्डारीपनि एकै जहाजबाट नेपाल फर्किएकी छिन् । चारवर्षसम्म काम गर्दापनि एक पैसापनि तलव नपाएको पीडा सुनाउँदै उनले न्यायका लागि अपिल गरेकी थिइन्् । तलव नलिई स्वदेश नफर्कने उनको ढिटविरुद्ध उनका घर मालिकले क्ष्तिपूर्ति दावी गरेपछि झन समस्या परेकी थिइन् । साउदीको जेद्धाको एक घरमा कार्यतर ४२ वर्षिया भण्डारीले दुतावासमा पीडा सुनाउँदै उद्धार र सहयोगका लागि याचना गरेकी थिइन् । दुतावासले उनलाई साहरा दिएर नेपाल फर्काउनुको विकल्प थिएन । दुतावासले तलव दिलाउने प्रयत्न गरेको थियो । तर, दुतावासपनि यस विषयमा कमजोर सावित भयो । भण्डारीले नेपालमा परिवारसँग फोनवार्ता गरेपछि विना तलव भएपनि नेपाल पठाउन परिवारजनबाट आग्रह भएपछि उनलाईपनि चौधरी र सार्कीको साथमा एउटै जहाजमा नेपाल पठाइएको थियो । र, त्यस्तै पीडामा परेकी सीतामाया तामाङलाई पनि दुतावासले नेपाल पठाएको थियो । तीन वर्ष अघि सुनौलिहुँदै नयाँ दिल्लिको बाटोबाट साउदी अरव पुगेकी सीतामाया तामाङको स्थानिय म्यानपावरले इकामा नबनाएपछि उनी दुतावासको शरणमा पुगेकी थिइन् । पाल्पाका विष्णु थापा र बुटवलकी हरिमाया सिञ्जाली नामका एजेण्ट मार्फत उनी साउदी पुगेकी थिइन् । तीन वर्षमा विभिन्न तीनजना साउदीका साहुहरुको घरमा उनले काम गरेकी थिइन् ।  चितवनको भण्डारा–९ की तामाङले भने तलव नपाउने पीडा खेपिनन् तर अन्य मानसिक तनाव उनलेपनि झेल्नुपरेको थियो ।

समस्या झेलेर दुतावासको शरणमा पुगेका पीडित चार महिलालाई एनआरएन साउदी अरब, महिला उद्दार कोटाबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फितिर्मा सघाएको छ । यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कूल तीन हजार दुई सय चालिस साउदी रियाल लागेको छ । साउदीमामात्र यसरी पीडामा परी दुतावासको शरणमा आएका २२ जनालाई उद्दार गरी एनआरएनले नेपाल पठाइसकेको छ । यद्यपि, यस्ता समस्या साउदीमा अझ पनि कायम रहेको छ । ‘धेरै नेपाली महिलाहरु सम्पर्कमा आउन सकेका छैनन्, दुतावासको सम्पर्कमा आएकालाई उद्दार गरिरहेका छौं ।’ एनआरएन साउदीकी महिला प्रतिनिधि कुमारी सुनारी मगर इमेलमार्फत भन्छिन्–‘साउदीमा महिलाहरु घरेलु कामदारका रुपमा नै बढि छन् । उनीहरु बाध्यताले, डरले गर्दापनि सम्पर्कमा आउन नसकेको हुने अनुमान हामीले गरेका छौं ।’
नेपाली दूतावास रियादले महिला उद्दारमा बिगत केही महिनामा अवलम्बन गरेको ‘दलाल केन्द्रीत’ नीति अनुरु लामो समयसम्म महिला बेच्ने दलालहरुबाटै धेरैको हवाई टिकट जुटाउंदै आएको थियो, कतिको रोजगारदाता (साउदी मालिकबाट) र केही पीडित आंफैले पनि हवाई टिकटको खर्च ब्यवस्थापन गैर्दै आएका थिए । हाल नेपाली दूतावासको शरणमा पुग्ने हर कोही नेपाली महिलाहरुलाई दूतावासको ढोका  मै सोधिन्छ–‘तिमिलाई बेच्ने दलाल को हो ?’ 
नेपाली महिला कामदारहरु बहुदेशीय कम्पनीहरुमा भन्दापनि घरेलु कामदारका रुपमामात्र विदेश जाने गरेका छन् । घरेलु कामदारका लागि गएका महिलाहरुको अवस्था दिनदिनै बुझ्नका लागि नेपाली दुतावासहरुसँग स्रोतसाधनको कमी छ । त्यसकारण पनि महिलाहरु ज्यादा पीडामा पर्ने गरेका छन् । ‘नबुझी र अवैध बाटो हुँदै विदेश जाने महिलाहरु पीडामा परेका अनेक उदाहरणहरु हामीले पाएका छौं ।’ वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहाल भन्छन्,‘महिलाहरुको उजुरी बढि आउनुको कारण पनि त्यहि हो ।’
केही खाडी मुलुकहरु प्रवासी नेपाली महिलाहरुका लागि उदार देखिएपनि त्यस मुलुकका प्रत्येक घरमा हुने महिलाको अवस्थाबारे जानकार हुन सक्तैन । काम गरेको घरमा पासपोर्ट खोसेर राखिदिने र घरबाट बाहिर जान नदिने ज्यादतीको बारेमा स्थानिय सरकार र दुतावासपनि जानकार हुन नसक्ने अवस्था रहेका कारण महिलाहरु पीडामा परेका हुन् । ‘गाउँ गाउँमा छरिएर रहेका दलालहरुको ठग्ने तरिका, भारतीय बाटो हुँदै जाने महिलाहरुको बानी तथा आर्थिक अवस्थाले विदेश पु¥याउने गरेको छ ।’ महिला अधिकारकर्मी सरु जेशी भन्छिन्,‘हामी त्यस्ता महिलाहरुको उद्दार तथा अवैधानिक र असुरक्षित भएर विदेशको काममा जान नहुने बारेमा चेतनाका कुरा गरिरहेका छौं ।’ राज्यको उपयुक्त कानुनको प्रयोग गर्न नसकेका कारणपनि महिलाहरु समस्या परिरहेका छन् । तर, सरकारी निकायले भने विभागमार्फत वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि तीन हप्ताको विशेष तालिमको व्यवस्था गरेको छ । तर, दलाल मार्फत राम्रो तलवको आकर्षण र कम लगानीको अवसर ठानेर महिलाहरु  विदेशी भुमीहुँदै खाडी तथा अन्य मुलुकजाँदा पीडामा पर्ने गरेको विभागका अधिकारीहरुको भनाई छ ।

छोराको मृत्युले तुह्यो सपना

  परिवारको सपना पुरा गर्ने रहरले छोरालाई विदेश पठाएर बाबु स्वदेशमा मख्ख हुन्छन् । छोरा केही वर्षमा आउला र टन्न पैसो कमाएर ल्याउला भन्ने आशामा ऋण गरेर भएपनि सन्तानलाई विदेश पठाउनेहरु धेरै छन् । सपना पुरा हुनेहरु धेरै होलान् तर सपना तुहुनेहरुपनि कम छैनन् । यस्तै सपना देखेका सप्तरी घोघनपुर–४ का महमुद मियाँको सपना तुहेको छ, जव उनको छोराको मृत्यु भएको खबर आयो । साउदी अरवमा रहेको अलकपी धात्मा मोहम्मदिन अव्दुल्ला अल कतानी नामको कम्पनीमा कार्यरत ३८ वर्षिय हकिम मियाँको पुगेको एक महिनामै मृत्यु भयो ।
काम गरेर फर्किएका हकिमको शव कोठामा फेला परेको थियो । मृत्यु कसरी भयो भन्नेबारेको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन । नेपाल छाडेर विदेश जानेहरुले त्यहाँको मौसम अनुकुल नुहने तथा विभिन्न रोगहरुका कारणपनि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । धेरै नेपालीहरुले विदेशको मौसमअनुसार चल्न नजानेका कारण स्वास्थ्यमा पनि समस्या तिव्र देखिने गरेको छ । साउदी गर्मी मुलुकपनि हो । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्डवाइज म्यानपावर कम्पनीमार्फत डेढ महिना अगाडि मात्र हकिम त्यता गएको पिता महमुदले बताएका छन् । म्यानपावर कम्पनीलाई एक लाख बुझाएर गएका हकिमका दुई छोरा र दुई छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार हुन सकेको छैन । बुढेसकालमा छोराको मृत्युले निकै समस्यामा परेका महम्मदले छोराको शव झिकाइदिन सरकारसँग माग गरेका छन् । ‘हामीले घटनाबारे बुझेर शव झिकाउनेबारेमा पनि प्रयास गरिरहेका छौं ।’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्,‘प्रकृया भइरहेको छ ।’
विदेश जानेलाई टिप्स

नेपालबाट दिनहुँ एक हजार पाँच सयजना भन्दा बढि मानिसहरु वैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गर्दछन् । त्यसअघि म्यानपावर कम्पनी र एजेन्टको भनाइका भरमा खाडी मुलुक जानका लागिमात्र पनि एक लाखभन्दा ज्यादा तिर्ने गरेका छन् । अहिले हाकाहाकी सरकारले तोकेको भन्दा बढि रकम म्यानपावर कम्पनी र विभिन्न एजेन्सीहरुले वैदेशिक रोजगारीमा जाने युवाबाट रकम उठाउने गरेका छन् । नेपाल सरकारको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले रोजगारीका लागि जम्मा एक सय आठ मुलुकहरु खुल्ला गरेको छ । अहिले इराकलाई प्रतिबन्ध गरिएको छ । खुल्ला गरिएका मुलुकहरुमध्ये नेपाली कामदारका रुपमा प्रायः जाने मुलुकहरुको सरकारले तय गरेको लागत खर्च यस्तो छ ।

कामदारहरुको लागत अधिकतम खर्च
१. मलेशिया रु.८०,०००।–
२. खाडी मुलुक रु.७०,०००।–
३. लिविया रु.९०,०००।–
४. मौरिसस् रु.१९,९००।–
५. अल्जेरिया
क) क्पष्ििभम ध्यचपभच रु.१,१८,०००।–
ख) क्तबाा ७ क्ष्लमष्चभअत रु.१,२३,०००।–
६. इजरायल, कृषि क्षेत्र ग्क्४ ९१५
र हवाईटिकट वापत रु.६०,०००।–
७. व्क्ष्त्ऋइ व्बउबल रु.५०,०००।–
८. च्गककष्ब रु.८०,०००।–
९. एयबिलम रु.८०,४००।–


११ गतेको शुक्रबार साप्ताहिकमा प्रकाशित फिचर हो यो ।



No comments:

Post a Comment