विनोद ढकाल
दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन् । घरेलु कामदारको रुमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौं दलाल श्रम विभागको कोठाचोटा गर्छन् । पहिला अवैध रुपमा भिजिट भीसा वा तेस्रो मुलुक हुँदै पठाउनेहरु अहिले वैध रुपमा व्यक्तिगत श्रमम स्वीकृति मा पठाउँदै छन । उनीहरु केसम्म गर्छन् भन्ने कुरा काठमाडौं कमलपोखरीको एउटा घरमा नरबहादुर खड्काले थुनेर राखेका ६ महिलाको ८ वैशाखमा भएको उद्दारले देखाउँछ । पत्नीको खोजी गर्दै काठमाडौं आएका झापा तोपगाछी–३ का नारायणप्रसाद न्यौपानेले प्रहरी गुहारेपछि तिनको उद्दार भएको थियो । यी बाहेक अखबारले खोज्न सकेका वैदेशिक रोजगारीका पीडा खेप्ने महिलाहरुको कथा निक्कै चोटिलो छ । साउदी अरब पुगेको ६ महीनापछि ५ माघ २०६८ मा काठमाडौं फर्केकी सुनसरी झुम्का–५ की किसुनवती सरदारलाई आउन नपाई सुत्केरी व्यथाले अस्पताल लैजानु प¥यो । दलालहरुले उनलाई गर्भवती नभएको झुठो मेडिकल रिपोर्ट बनाएर पठाएका थिए । अशोक राई नामको दलालद्वारा बलात्कृत ललितपुरकी शान्ति लामाले कुबेतमा काम गर्दागर्दै छोरी पाएर गएको माघमै नेपाल फकिर्नु परेको तथ्या सवैका सामु छर्लङ्ग छ । घरेलु काम गर्न गत वर्षको भदौमा साउदी अरब पुगेकी बागलुङ मल्म–६ की गंगा सुनारले १ फागुनमा आत्महत्या गरिन् । नक्कली पासपोर्टमा गएकीले काठमाडौंमा उनको शव बुझन पति सुरेशले प्रशस्त कानूनी झमेला व्यहोर्नुप¥यो । चितवन भण्डारा–२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ कात्तिकमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोक्नु परेको छ । सुर्खेत लाटीकोइली–९ की प्रेमा राना पाँचवर्ष घरभित्र बन्दी अवस्थामा काम गरेर २०६७ चैतमा लेबनानबाट रित्तोहात फकिनर्् । उनलाई शेरबहादुर लामा भन्ने दलालले बेचेको थियो । खाडी मुलुकमा अनेक बाटो भएर पुग्ने महिलाहरुको यस्ता पीडाहरु सञ्चारमाध्यमको सम्पर्कमा आउनसक्दा खुलेको हो । तर, यस्ता अनेक पीडा र कथाहरु खडी लगायतका विभिन्न मुलुकमा अहिलेपनि महिलाहरुले भोगिरहेका छन् । देशभित्र र देशबाहिर अनेक किसिमले भोग्नुपरेको महिलाको पीडा न्युनिकरण सरकारको मुख्य दायित्व हुन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य भएका कारण त्यसलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने र महिला कामदार पुगेका मुलुकमा एउटा सौहार्दपूर्ण सम्झौता गर्नुपर्ने दायित्व पनि सरकारको हो । सवै काम सरकारकोमात्र नभएर वैदेशिक रोजगारीमा जान इच्छुक महिलाहरुले वैदेशिक रोजगारीको बारेमा बुझ्ने इच्छाशक्तिलाई पनि प्रभावकारी बनाउनै पर्दछ । यद्यपि, खाडीका केही मुलुकले नयाँ नियम र आदेशहरु जारी गरेपछि पाएको राहतलाईपनि बिर्सनु हुँदैन । जुन, पुनः रोजगारीमा जाने महिलाहरुका लागि गजवको सिकाई समेत भएको छ ।
गत वर्षमात्र कुवेत सरकारले आममाफीको घोषणासँगै नेपाली दुतावास खुलाएपछि कुवेतमा पीडित भएर बसेका नेपाली महिला कामदारहरु भटाभट नेपाल फर्कन थाले । र, कुवेतलाई श्रमगन्तव्य बनाउन चहाने महिलाहरु पनि वैधानिक बाटो रोजेर वैदेशिक रोजगार विभागको सुझाव र तालिम लिएरमात्र कुवेत जान थाले । कुवेतमा भएको आममाफीले त्यहाँ पीडा खेपीरहेका, बन्दि रहेका महिलाहरुले ठूलो राहतको महसुस गरेका थिए । केही साताअघिमात्र कतारबाट प्रकाशित हुने द पेनिनशुला दैनिकले कतारमा कार्यरत प्रवासी कामदारका लागि सुखद खबर प्रकाशित गरेको थियो । अव कतारका घरघरमा सरकारले क्यामेरा जडान गर्नेछ, जहाँ प्रवासी कामदार रहन्छन् । यो खबर नेपाली लगायत अन्य मुलुकका कामदारका लागि सुरक्षाको दृष्टिकोणबाट सुखद खबर हो । अव कतार सरकारले यसलाई कहिलेदेखि लागु गर्नेछ त्योचाँही हेर्न बाँकी छ । खासगरी नेपाली महिला कामदारका लागि यो सुखद समाचार बनेको छ । किनभने नेपाली महिला कामदारहरु कतारमा घरेलु कामदारका रुपमा कार्यरत छन् भने त्यसबाहेकका मुलुकमा पनि घरेलु कामदारका रुपमा जाने गरेका छन् । वैदेशिक रोजगार नेपाली युवा÷युवतीका लागि मुल गन्तव्य भइसकेको छ । गतवर्ष विदेश जानेमध्ये तीन प्रतिशतको संख्यामा रहेको महिलाहरुको संख्या दोव्वर भएर बढेको छ । यस वर्षको जेठमसान्तसम्ममा नै छ प्रतिशत पुगिसकेको थियो । ०६८÷०६९ को वर्षको जेठ मसान्तसम्ममात्र तीन लाख ४९ हजार ९ सय ३३ जना मध्ये २० हजार ९ सय ७१ जना महिला वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मुलुकबाट पलायन भइसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत महिलाको संख्या पुगेको छ । यो गत वर्षको तुलनामा झण्डै ३ प्रतिशतको बृद्धि हो । जसरी महिला कामदारको संख्या बढिरहेको जोखिम पनि उत्तिकै बढिरहेको देखिन्छ । विभागमा रहेको तथ्याङ्क अनुसार हालसम्म नेपाली महिला कामदारहरु कुवेतमा २१ हजार बढि छन् । लेवनानमा ९ हजार छ सय ७८, युएइमा ९ हजार ४६, कतारमा २ हजार १ सय ४, बहराइनमा १ हजार ८ सय २३, ओमानमा १ हजार २ सय ७ तथा साउदी अरवमा ७ सय ११ जना महिला रोजगारीका लागि पुगेका छन् । मलेशियामा ३ हजार छ सय ९ जना पुगेका छन् । त्यस्तै इजरायलमा ३ हजार २ सय ९७ जना रोजगारीका लागि पुगिसकेका छन् । उनीहरु प््रायः सवै घरेलु कामदारका लागि पुगेका हुन् । तर, उनीहरुको सुरक्षाको ग्यारेण्टि के छ त ? जोखिम कसरी न्युनिकरण हुन सक्छ ? भन्ने विषयमा ठोस दृष्टिकोण र संयोजनको कार्यसम्पादन गतिलोसँग हुन सकेको छैन । यी तथ्यहरुबाट वैदेशिक रोजगार विभाग अनविज्ञ छैन । त्यसकारण विभागले अहिले तालिमको व्यवस्थामात्र गरेको छैन, सुरक्षाका लागि एउटा विशेष प्रकारको नियम लागुगर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।
श्रम मन्त्रालयमा अहिले निर्णयविहीन भएर थन्किएको वैदेशिक रोजगार विभागको नयाँ श्रमसम्बन्धि प्रस्तावलाई सरकारले तत्काल पारित गर्दा वैदेशिक रोजगारीमा होमिएको महिलाहरुको जोखिम व्यवस्थापन सहज हुन्छ भने पीडित महिलाहरुको संख्यापनि न्युनिकरण हुँदै जानेछ । घरेलु कामदारका लागिपनि कम्पनी नियम र अलग आवास तथा सुरक्षासम्बन्धि त्यो प्रस्तावबारे सरकार तत्काल निर्णयमा पुग्न सकोस । अहिले खाडी मुलुकमा पुरुष कामदारसँगै महिला कामदार जाने संख्यापनि तिव्र भएको छ । त्यसकारण त्यस्ता मुलुकमा महिलाको सुरक्षाका विषयमा सम्बन्धित दुतावासहरुलाई जानकार र सक्रिय बनाउन घनिभूत गृहकार्यको आवश्यकता छ ।

2069, 2 sawan @ GORKHAPATRA NEPALI DAILY
2 साउनको गोरखापत्र दैनिकमा प्रकाशित लेख हो ।
No comments:
Post a Comment