Tuesday, July 10, 2012

सलमान पाकिस्तान जान इच्छुक

बहुचर्चित अभिनेता सलमान खानको आउनै लागेको नयाँ फिल्म 'एक था टाइगर' पाकिस्तान विरोधी भन्दै पाकिस्तानको सेन्सर बोर्डले रोक लगाउने तयारी गरिरहेका वेला, सलमान खानले फिल्म पाकिस्तान विरोधी नभएको अभिव्यक्ति दिएका छन् । र, उनले पाकिस्तानको सेन्सरबोर्डलाई कन्भिन्स गरेका छन् । उनले फिल्मको दौरानमा आफु पाकिस्तान घुम्न चाहेको समेत बताएका छन् । 
एक था टाइगर एक जासुसको जीवनकथामा आधारित छ । पाकिस्तानी गुप्तचरसंस्था आइएसआई र भारतीय गुप्तचर संस्था रअको रणनीतिक योजनाहरुको आधारमा यो चलचित्रलाई निर्देशक कविर खानले पस्कन लागेका हुन् । फिल्मको प्रोमो बजारमा आइसकेका कारण सलमानको यो अर्को वक्स अफिसमा रेकर्ड ब्रेक गर्नसक्ने फिल्मका रुपमा अनुमान गरिएको छ ।
खासकुरो के भने उनकी प्रेमीका तथा बलिउडकी सिलाकी जवानी गर्ल क्याट्रिना कैफ यो फिल्ममा देखिनेछिन् । सलमान र क्याट्रिनाको अफेयर फिल्ममा देखाएको छ । यो उनीहरुको पहिलो सोलो मुभी पनि हो ।

No comments:

Post a Comment