Thursday, July 19, 2012

केही शव्द पहिला 'सुपरस्टार' राजेशको नाममा

फिल्म आराधनाबाट सुपरस्टार घोषित भएका भारतीय अभिनेता राजेश खन्नाको मृत्युले बलिउडलाई शोकमग्न बनायो । हिन्दि सिनेमाको लभस्टोरीका प्रमुख फ्याक्टरका रुपमा उनलाई बुझिन्थ्यो । खास परिवारले धर्मपुत्रका रुपमा उनलाई पालेका थिए । 

१९४२ मा जन्मिएका खन्नाको २०१२ मा क्यान्सरकै कारण मृत्यु भयो । जवकी अमिताभ बच्चनसँगको ड्वेड मुभी आनंदमा उनले क्यान्सर रोगीको भुमिका निर्वाह गरेका थिए । काका उपनामले बलिउडलाई हल्लाएका खन्नाका बारेमा हिन्दिमा एउटा नयाँ उखान बनेको थियो–‘उपर आका, निचे काका’ । ७० को दशकका गजवका अभिनेता खन्नाको सेतो कारमा त्यस वखतका केटीहरुको चुम्वाको वर्षा यतिसम्म हुन्थ्यो की कार नै रातो हुन्थ्यो । ‘ए जो महोव्वत है, ए उनका है काम’ जस्ता गीतमा अभिनय गरेका खन्नाको हात माथि राख्ने तथा टाउको हल्लाउने उनको अन्दाज फरक थियो ।
डिम्पल कवाडीयाको पहिलो फिल्म बबी रिलिज नहुँदै उनको सुन्दरतामा माथ खाएका खन्नाले डिम्पलसँग विवाह गरेपछि बबी रिलिज भएको थियो । सोलो मुभी खेल्न रुचाउने खन्नाले आफ्नो ४० वर्षे वलिउड यात्रामा एक सय ६३ फिल्म खेले जसमध्ये एक सय ६ फिल्महरु उनका सोलो थिए । उनी सोलो फिल्मखेल्न रुचाउने र अलि घमण्डी व्यवाहारका थिए । निर्देशक जिपी सिप्पीको फिल्मबाट बलिउडमा प्रवेश गरेका खन्ना १० हजार जनाको रियालिटी शोमा अभिनयमा प्रथम पनि भएका थिए ।
 
बाँकी आगामी पत्रपत्रिकामा गजवको स्टोरी बनाउने प्रयत्नमा छु, राजेश खन्नाका भित्रि कुराहरु हेर्दैगर्नुहोला विभिन्न पत्रपत्रिका ।

No comments:

Post a Comment