विनोद ढकाल
काठमाडौ किर्तिपुरका उव्जनीयोग्य जमिनको अवलोकनमा जाने हो भने अहिलेपनि कम्मरमा पटुकी बाँधेर विभिन्न उत्पादनमुलक काममा खटिएका समुहहरु देखिन्छन् । उनीहरु खेतका गरामा वैठक गर्छन् र कस्तो उत्पादन गर्दा सजिलो होला भन्ने छलफल गर्छन् । के महिला के पुरुष सवैले आफ्ना विदेशको अनुभवलाईपनि साटिरहेका भेटिन्छन् । खासगरी, मलेशियामा गरिएको कृषिका विभिन्न उत्पादनमुलक कामको अनुभव साटेर उनीहरु नयाँ कामलाई कसरी थाल्ने ? भन्ने चर्चा गरिरहेका हुन्छन् । किर्तिपुर, बालाजु, साँगा क्षेत्रका उत्पादनमुलक जमिनमा देखिने भिँडहरु अचेल यस्तै अनुभवीहरुको हुने गरेको छ । त्यसो त काठमाडौं बाहिरका जिल्लाहरुमा पनि विदेशको अनुभवलाई आफ्नो पेसामा उपयोग गरेर सन्तुष्ट हुनेहरु पनि कम छैनन् । उनीहरु त गाउँकै उदाहरण समेत बनेका छन् ।
नगरे केही हुन्न तर गरे जेपनि हुनसक्छ भन्ने उदाहरणका यस्तै पात्र हुन् बागलुङ्का टिका अविरल । पाँच वर्ष मलेशियामा कृषि क्षेत्रमा काम गरेर फर्केका टिकाले अहिले गाउँमै कृषि उत्पादनको काम थालेका छन् । बाहै्रमास हुने तरकारी खेतीको प्राविधिक ज्ञान लिएर आएका अविरलले अहिले वागलुङ्मा पनि त्यस्तै खेती थालेका छन् । भन्छन्–‘मलेशियामा हामी श्रमिकका रुपमा काम सिकेर आएका छौं । त्यहा विदेशी प्रविधिको उपयोग र नेपाली श्रम खर्च भइरहेको छ । हामीकहाँ प्रविधि भित्राउने हो भने श्रम खर्च गर्न सक्छौं, जसको राम्रो उपयोग हुने मैले देखेको छु ।’ ग्रामिण भेगबाट युवाको लर्को परदेशतिर लम्किरहेका वेला उनीभने परदेशबाट फर्केर आफ्नै गाउँमा उत्पादनमुलक काम गरिरहेका छन् । ‘विदेश जाने र त्यहाँको सीप सिकेर नेपालमै आएर प्रयोग गर्दा राम्रो हुन्छ ।’ उनी भन्छन्–‘विदेशको काममा गएर हर क्षेत्रको ज्ञान बटुलेर त्यहाँ कमाएको पैसाले नेपालमा लगानी गरे राम्रो हुन्छ ।’
मरुभुमी र जंगलमात्र भएका खाडी तथा मलेशिया र इजरायलजस्ता ठाउँमा कृषि उत्पादन बढ्दो छ । जहाँ नेपाली युवाहरु अवसरको खोजीमा हज्जारौंको संख्यामा पुगिरहेका छन् । लामो समय बसेर फर्केकाहरु अनेक पेसा गरिरहेका छन् तर यस्ता व्यक्तिहरु पनि छन जसले त्यहाँ सिकेको उत्पादनमुखी सीपलाई देश अनुकुल बनाएर प्रयोग गरिरहेका छन् । मलेशियामा कमाएको दुईचार लाख रुपियाँ जम्मा पारेर अहिले कृषि क्षेत्रमा लगानी गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । काठमाडौंमै हाइड्रो एग्रोटेक नामक कृषि फार्म नै खोलेर बसेका छन्, मलेशियामा लामो समय कृषि क्षेत्रमा काम गरेर फर्केका व्यक्तिहरु । धनबहादुर देवान, लोप्टन देवान, मङ्गलसेन लिम्बु र सुरेन्द्र लिम्बुले अहिले संयुक्त रुपमा बङ्गुरपालन र तरकारी खेतीमा हात हालेका छन् । ‘विदेशमा लामो समय काम गरियो, त्यहाँ सँगालेको अनुभवलाई आफ्नै भुमीमा प्रयोग गर्नुको मज्जा नै वेग्लै हुन्छ ।’ धनबहादुर भन्छन्–‘नदेखी र नसिकी केहीपनि जानिँदैन, विदेश गएर सिकेको सीपलाई फर्केपछि उपयोगी बनाउनुपर्छ भन्ने नै हो । मलेशियामा लामो समय बसुन्जेल सिकेको कृषिसम्बन्धि सीपलाई हामीले संयुक्त रुपमा यहाँ प्रयोग गरेका छौं ।’
विदेशमा कामदारका रुपमा खटेर नेपाल फर्किएका सीपालुहरु कामदारबाट मालिक बन्ने धोकोमा छन् । राज्यको कृषि उत्पादन दैनिकजसो खस्किएपनि कृषिमै सम्भावना देखेर फर्किएका अनुभवीहरुलाई सहयोग गरिरहेका व्यावसायीक तरकारी उत्पादक कृषक सञ्जालका संयोजक रमेश तुफानका अनुसार विदेशको अनुभवलाई नेपालमा उपयोग र उपभोगमुखि बनाउने काम सुरु भएको छ । सन् २००२ देखि २०१० सम्म मलेशियामा नेपाली श्रमिकको श्रम, उनीहरुले गरेको कामबारे अध्ययन र अनुसन्धानमा खटिएका उनले मलेशियाबाट नेपाल फर्किएका श्रमिकहरुलाई उत्पादनमुखि कामको एउटै धागोमा बाँध्ने प्रयास गरेका छन् । भन्छन्–‘मलेशियामा एडभान्स टेक्नोलोजीमा खेती भइरहेको छ तर श्रमखर्च गर्नेचाँही नेपाली । अध्ययनका क्रममा नेपाल भन्दा कयौं गुना कमजोर माटोलाई उनीहरुले नेपाली श्रम र आधुनिक प्रविधिलाई प्रयोग गरेर उत्पादनमुखि बनाएका छन्, त्यहाँ कामगरेका नेपाली स्वदेश फर्किएपछि किन त्यसो नगर्ने भन्ने विचारले संगठित र सम्पर्कमा रहेर अहिले कृषि उत्पादन सम्बन्धि कामको सुरुआत भएको छ ।’
मलेशियाको वंजड जमिन थियो क्यामरुन हाइलेन । उच्च स्थानमा रहेको त्यो जंगल नेपाली श्रमिकहरुको पसिनाले अहिले उर्वर भुमी भएको छ । चिनियाँ कम्पनीको टेक्नोलोजी र नेपालीको श्रमका कारण जंगलमा पनि कृषि उत्पादन गर्न सकिने भएपछि सोही क्षेत्रमा लामो समय काम गरेर आएका धेरै मेहनती अहिले नेपालमा नै कृषि उत्पादनमा लागेका छन् । उनीहरुले मेहनत गरे विदेशमा सिकेको सीपलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । क्यामरुन हाइलेन मलेशिया सरकारले त्यहाँका विद्रोही कम्युनिष्टहरु राख्ने जंगल थियो । तर, प्रविधि र श्रमलाई मुख्यविन्दुमा राखेर विकासको गति पक्रेको मलेशियाले अहिले सो भुमीलाई उत्पादनमुखीमात्र बनाएको छैन, एग्रो टुरिजमस्थलका रुपमा नामाकरण गरी पर्यटक पनि भित्राइरहेको छ । जहाँ पाँच सयभन्दा बढि नेपाली श्रमिकको पसिना खर्च भएको थियो । अहिलेपनि मलेशिया जाने प्रायः नेपाली श्रमिकहरु सोही स्थानमा पु¥याउने गरिएको छ ।
कृषिमा राज्यले कस्तो नीति बनाउँदैछ, कस्तो सहयोग गर्दछ भन्नेबारेमा पनि उनीहरुलाई कुनै चासो छैन । राज्यले कृषिलाई उपेक्षा गरेपनि नेपाली भुमिमा कृषिको विकल्प छैन भन्ने उदाहरण बनेका छन्, मलेशियाबाट फर्किएका नेपालीहरु । विदेशको अनुभव र व्यक्तिगत तथा सामुहिक लगानी गरेपनि कृषि अर्थतन्त्रमा थोरै प्रभाव पार्न सकिने सोच उनीहरुले बनाएका छन् । अहिले काठमाडौं लगायत विभिन्न जिल्लामा एकअर्काले गरेको अनुभवलाई आदानप्रदान गरी सामुहिक रुपमा पनि विभिन्न तरकारी खेती थालेका छन् । ‘बाह्रैमास हुने टमाटर खेती पनि सुरु गरिएको छ । हरिसिद्धि, खोकना, लेले, थली, मुलपानी, साँखु लगायतका क्षेत्रमा पनि यसरी खेती थालिएको छ, जसको सम्भावना राम्रो छ ।’ रमेश भन्छन्,‘दुई सय जति साना–साना समुहहरु बनाएका छौं । नेपाल फर्किएर काम गर्न चाहने इच्छा भएकाहरु अहिले कृषिमा नै आकर्षित भएको हामीले पायौं ।’ वागलुङ, स्याङ्जा, भोजपुर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा पनि अहिले मलेशियामा श्रम खर्च गरी अनुभव बटुलेर आएका व्यक्तिहरु कृषितर्फ आकर्षित भएका छन् । उनीहरुले पनि व्यावसायिक खेतीको सुरुआत गरेका छन् । र, नयाँ प्रविधिलाई कसरी भित्राउनसकिन्छ भनेर सल्लाह पनि गरिरहेका छन् ।
नेपालमा पनि राम्रो काम गर्न सकिन्छ भन्ने चेतना मलेशियामा काम गर्दाको अनुभव र सीपबाट ने प्राप्त भएको भन्ने उनीहरुले ठानेका छन् । नगर्दा केही हुन्न तर सामुहिक रुपमा गर्नचाह्यो भने जेपनि गर्नसकिन्छ भन्ने धारणा उनीहरुको छ । ‘विदेशमा गएर कमाएको पैसालाई स्वदेशमा कसरी उत्पादनमुखि बनाउन सकिन्छ भन्ने सोच राखेर विदेशतिर गएमात्र भोलीको पारिवारिक तथा देशको पनि भविष्य उज्वल हुनसक्ने सन्देश दिन चाहेका हौं ।’ रमेश भन्छन्,‘विदेशमा मजदुरमात्रको काम गरेका हामी नेपाली, मजदुर र मालिकको भुमिकामा देखिनसक्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’
अहिले पाँच लाखभन्दा बढि युवाहरु मलेशियामा कार्यरत छन् । झण्डै तीस प्रतिशतभन्दा ज्यादा नेपाली श्रमिकहरु कृषि क्षेत्रमा कार्यरत छन् । अन्य भने निर्माणमा क्षेत्रमा कार्यरत रहेका छन् । अहिलेपनि मलेशियामा नेपाली श्रमिकको माग बढ्नुको कारण उनीहरुको कामको लगनशिलता र कृषि क्षेत्रमा पढि खटाउनसकिने मलेशियाली कम्पनीहरुको विश्वास रहेको बताउँछन् रमेश । भन्छन्–‘हामीले मलेशियामा संचारमार्फत त्यहाँका जनबोली, अनुभवहरु संकलन गर्दा यस्तै तथ्य पाएका छौं ।’

No comments:
Post a Comment