Friday, March 22, 2013

रंगिन तस्वीर


यो एउटा सरल रंग
फरक–फरक रंगहरु 
अनि, त्यसमा रमाएको
उम्लिएको जीवनरंग
उन्मुक्त, उन्माद पर्वसँगै
सप्तरंगमा छरिएको अलग रंग
तिम्रो रंगसँग यी रंगहरु 
अष्ठरंग भएर, 
निक्कै शोभनिय छन् 
तर, जीवनको अर्को पातोमा
यी रंगहरुका अर्थ 
कति लाग्न सक्छन् ?
बस, त्यो पातोमा एउटै 
केवल, अवशिष्ट रंग छ
मेहनत, संघर्ष र संवेदना । 
यो रंगभित्र, नयाँ रंगपर्व 
झुम्छ, झुमोस् अनि रमाओस्
प्रतिबिम्ब रंगिन तस्वीरमा ।  
–विनोद 





No comments:

Post a Comment