पशुपति शम्शेरसँग अनौपचारिक गफगाफ
विनोद ढकाल
गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अब धर्मसापेक्षता (हिन्दू राष्ट्र) को पक्षमा अडान लिने भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले विगतमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका कारण धर्म सापेक्षता हटेको भन्दै अब पार्टीको अभियान धर्म सापेक्षताका लागि हुने बताए ।
‘धर्म निरपेक्षता अहिलेको चाहना थिएन, जुन मुलुकमा ८० प्रतिशतभन्दा ज्यादा हिन्दूहरू रहेको जनगणनाको सरकारी तथ्यांक आउँछ, त्यो मुलुक धर्म निरपेक्ष कसरी हुन सक्छ ? महाराजगञ्जस्थित निवासमा कुराकानीका क्रममा अध्यक्ष राणाले भने, ‘त्यसकारण राप्रपा धर्म सापेक्षताको आधारलाई मूल मुद्दाका रूपमा उठाउने तयारीमा छ ।’ हिन्दू राष्ट्रका सवालमा प्रजातान्त्रिक शक्तिहरू एकमत नभए मुलुकमा क्रिस्चियनहरू हाबी हुने पनि राणाको तर्क छ ।
‘नेपालीको चाहना जनगणनाले देखाएको छ तर पनि मुलुक किन धर्म सापेक्षातामा छैन ?’ अध्यक्ष राणाले भने, ‘तत्कालीन संविधानसभा वा संसदको मुद्दा पनि धर्म निरपेक्षता थिएन ।’ कोइराला र दाहालको स्वार्थका कारण धर्म सापेक्षता हरण भएको उनले आरोप लगाए । संविधानसभाले पाँच वर्षअघि गणतन्त्र र धर्म निरपेक्षता घोषणा गर्दा राप्रपाका सभासदहरूले ताली बजाएर समर्थन गरेका थिए । अहिले राप्रपा नेपालले हिन्दू राष्ट्रका पक्षमा धारणा राख्दै आएकामा राप्रपा पनि थपिने भएको हो ।
सरकार बाध्यात्मक, सेना अघि सर्दैन
दलीय विकल्प छाडेर यतिबेला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनको प्रक्रियालाई राप्रपाले अस्वीकार गरेको राणाले बताए । यो प्रक्रिया गैरप्रजातान्त्रिक भएको पनि उनको टिप्पणी छ । ‘तर, प्रक्रिया गैरप्रजातान्त्रिक भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन अनिवार्य र निर्वाचन अविलम्ब हुनुपर्ने भएकाले हामी चुप लाग्यौँ,’ अध्यक्ष राणाले भने ।
मुलुकमा निर्वाचनको विकल्प हुनै नसक्नेमा दृढ रहेका अध्यक्ष राणाले यसको विकल्पमा सैनिक शासन सम्भव नहुने ठोकुवा गरे । ‘प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको निर्वाचन नभए मुलुकमा कस्तो शासन आउँछ भन्ने सोच्न सकिन्न,’ राणाले भने, ‘बजारमा हल्ला चलेजस्तो राष्ट्रपति शासन पनि आउन सक्छ तर सैनिक शासनचाहिँ सोच्न कठिन हुन्छ ।’
नेपाली इतिहासमा सेना आफैँ अघि सरेर कहिल्यै पनि सत्ता नलिएको उदाहरण पनि राणाले प्रस्तुत गरे । ‘सेना विगतमा जंगबहादुर, भीमसेन थापाको आडमा अघि सरेको थियो, राजाहरूको भरोसामा पनि अघिसरेको हो । तर सेनाले आफैँ सत्ता लिएको छैन, उसले त्यो हिम्मत पनि गर्दैन,’ राणाले दृढतासाथ भने । अध्यक्ष राणा प्रधानसेनापति गौरव शमशेर राणाको काका नाता पर्छन् । ‘यी ‘हाइपोथेटिकल’ कुरा हुन्, म राजनीतिमा ‘हाइपोथेटिकल’ कुरा गर्दिनँ,’ सैनिक शासनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने ।
अध्यक्ष राणाले नयाँ निर्वाचनको अनिवार्यतालाई सबैले स्वीकार गर्नुपर्ने पनि स्पष्ट पारे । ‘नयाँ निर्वाचन आवश्यकता हो । अनि, प्रजातान्त्रिक शक्तिहरूको गठबन्धन पनि आवश्यक छ,’ राणाले भने, ‘गठबन्धनका मुख्य जिम्मेवार नेपाली कांग्रेस र एमाले हुन् । उनीहरूको चाहनाबिना एलायन्स हुन सक्तैन ।’ तर लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन नभए फेरि पनि राजनीतिक डुंगा किनारामा पुग्न नसक्ने उनको तर्क छ । ‘अब उच्च महत्वाकांक्षा राख्ने उग्रवामपन्थ र प्रजातान्त्रिक शक्तिहरूको फरक ध्रुवीकरण भएमात्र मुलुक कुनै न कुनै राजनीतिक निकासको बाटोमा पुग्नेछ,’ राणाले भने ।
अध्यक्ष राणाले राष्ट्रिय जनशक्ति पार्टीसँगको एकीकरण निश्चितप्रायः रहेको पनि बताए । दुवै पार्टीको एकताको महाधिवेशन जेठ ३, ४ र ५ गते हुने राणाले जानकारी दिए । यसअघि वैशाख २३ गते महाधिवेशन हुने तय भएको थियो । ‘करिब सबै जिल्लामा एकता सकिएको छ, अब मूल पार्टी एकीकरण गर्नमात्र बाँकी हो, त्यो पूरा हुन्छ,’ राणाले भने ।
संवैधानिक राजतन्त्रलाई छाड्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँगको मतभेद नै राजतन्त्र र गणतन्त्र रहेको राणाले बताए । ‘अरू कुनै मतभेद छैन, एकीकरणको कुरा चलिरहेको छ, कुनै न कुनै सहमतिमा पुगिन्छ होला,’ राणाले भने, ‘तर अहिलेसम्म हामी राजतन्त्र स्वीकार गर्दैनौं, उहाँहरूले गणतन्त्र स्वीकार्नुभएको छैन ।’

No comments:
Post a Comment