विनोद ढकाल
‘हृवाट क्यान बी मोर इम्पोर्टेन्ट इन फ्याक्ट द्यान दी स्टडी अर प्रिन्सिपल अपअन हृवीच रेस्टस दी हृयापीनेस अफ म्यान एण्ड उमन बाई रिजन अफ देयर म्युचुअल रिलेसन ।’ सारमा के हो भने, महिला र पुरुषमा सबैभन्दा महŒवपूर्ण विषय उनीहरूको अध्ययन वा अन्य कुरा नभई साझा सोच हो । उनीहरूको साझा सोच नै ‘सेक्स’ सँग सम्बन्धित हुन्छ । मानिस जतिसुकै आफूभित्र बाँधिएर फरक कुरा गरोस् तर उपर्युक्त भनाइबाट अलग हुन सक्दैन । यो प्राकृति नियम हो । तर, प्रकृतिको नियमको पनि एउटा सीमा हुन्छ, त्यो सीमालाई कायम गरेका कारण मान्छे, विवेकशील भएको हुनुपर्छ । तर, नेपाली समाज यो विवेकी दुनियाभन्दा अलिक फरक हिसाबले दौडिएको पाइन्छ ।
अंग्रेजीमा भनाइ छ, ‘ओपन सेक्रेट’ । अर्थात् जुन कुरा सबैलाई थाहा छ तर त्यो सार्वजनीकरण भएको छैन । यस्तै एउटा विषय अहिले समाजका विभिन्न तहसम्म व्याप्त भएको पाइएको हो । खासगरी नेपाली चलचित्र क्षेत्रमा उदाउन थालेका नयाँ हिरोइनहरू र फिल्मक्षेत्रमा रहेका अन्य कलाकारकै हो । हुन त नेपाली सहरीया समाजको वैचारिक विकाससँगै बढेको सोचलाई कुनै सीमामा बाँध्न सकिन्न । तर, तुलनात्मक रूपमा बाहिर देखिने अनुहारभित्र लुकेका अनेकन कारणको चर्चा गर्नु अस्वाभाविक पनि हुँदैन ।
पहिलो विश्व अर्थात् पश्चिमा विकसित देशमा सेक्सबारे प्रयोगात्मक शिक्षणसंस्थाहरू प्रचलनमा आएका छन् । २१ औं शताब्दीको विकासक्रमसँगै पश्चिमा सभ्यतामा सामान्य विषयका रूपमा उदाउँदो छ । त्यहाँको विकाससँगै फस्टाएको वैचारिक र आर्थित तहको पनि तुलना गर्न मिल्दैन, नेपाली सहरीया समाजको । अझ नेपाली रंगमञ्च विभिन्न कारणले आफू कमजोर भएको अभिव्यक्तिहरू दिने क्रम पनि बढेको छ । अभिव्यक्ति कुनै व्यक्तिले बोलेरमात्र देखिने नभई त्यसका अनेक पाटाबाट विम्बित हुन्छ र यस्ता घटना केही महिनायता सुनिएका, पढिएका र देखिएका हुन् ।
अभिनेत्री रेखा थापाले बोलेको अंग्रेजीको विषयमा पत्रकारले प्रतिप्रश्न गर्दा उनले आफ्नो तहलाई बिर्सिन् र धम्कीपूर्ण शैलीबाट पत्रकारलाई कार्यक्रम स्थलबाट बाहिरिन भनेकी थिइन् । त्यो कति सातासम्म चर्चाको विषय बन्यो । त्यस्तै, अभिनेत्री निशा अधिकारीले पनि पत्रकारको क्यामेरा खोसेको विषयको चर्चा पनि कम भएको थिएन । उनीहरू मिडियाको जुन जगमा उभिएर अघि बढेका थिए त्यो जगमाथि नै आफ्नो ‘ननसेन्स’ व्यवहारलाई उतार्न पछि परेका थिएनन् ।
मानिस आफैंमा लोकप्रिय हुँदैन । उसको लोकप्रियताको पछाडि उसका अनेकौं संघर्षका इतिहास र उसका योगदानको मूल्यांकन हुने गरेको छ । बिनामूल्यांकन र अवमूल्यनका आधारमा कसैले चर्चा कमाएको घमण्डलाई राख्छ भने त्यो उसको आत्मरतीभन्दा केही होइन र आत्मरतिमा रमाउनेहरूको हैसियत समाजमा तल्लो स्तरको हुन्छ । तल्लोस्तरमा त्यहाँ पुग्दछ जसले इतिहासलाई आफ्नो पोल्टामा पार्नेगरी कहिल्यै उठाउन सक्ने हिम्मत राख्दैन ।
विषयवस्तु छनौट गर्ने क्रममा पंक्तिकारले निकै विरोधाभाष हुनुप¥यो । नेपाली राजनीतिको अस्रेल्ल अवस्था, अर्थतन्त्रको कमजोर अवस्था, युवाहरूको नाजुक स्थितिसँग धेरै शब्दमा रुमल्लिरहँदा अखबारमा छापिएको पत्रकार धम्कीको घटनाको समाचारतिर ध्यान जानु स्वाभाविक थियो । धेरैपछि अखबारमा पत्रकारलाई धम्की दिएको समाचार पढ्न पाइयो अझ सप्रमाण । खास अर्थको धम्की थियो त्यो, जुन पंक्तिकारले पनि अडियो प्रमाणसहित सुन्यो ।
नेपाली समाजमा पद कसले सिर्जना गरिदियो ? अनि, धम्की दिने अधिकार कसले दियो ? धम्की खाने निरिहता किन आइप¥यो ? यी विविध पक्षमा विश्लेषण र समीक्षा त छँदै छन् । नेपाली रंगमण्डलभित्र छिरेर चिहाउने एउटा प्रयत्नमा घटनाप्रधान विषय उठान गर्नु अनिवार्य छ र पत्रकार विजय आवाजलाई अभिनेत्री सुमिना घिमिरेले दिएको धम्कीपछि नेपाली समाज अहिले पनि हिंस्रक मानसिकताको उपजबाट उन्मुक्त हुन नसकेको प्रतिविम्ब गर्दछ ।
अझ कलाकारिता क्षेत्र जसले ताली, गालीको सामना गरिरहनुपर्दछ त्यसले सामान्य गसिपको मूल्य र मान्यतालाई सामञ्जस्य गर्न सक्दैन भने त्यसमा कलाकार हुने गुण छैन भन्ने नै बुझ्नुपर्दछ । घिमिरेले जुन तल्लोस्तरको अभिव्यक्तिबाट पत्रकार विजय आवाजलाई धम्की दिएकी छन् यसले उनको रंगमञ्च यात्रा त सहज छैन नै त्यसमाथि उनको हैसियतको दरिलो मापन पनि गर्न सकिन्छ । खासगरी नेपाली चलचित्र क्षेत्रमा अहिले कलाभन्दा पनि सेक्सको बिक्री ज्यादा हुने गरेको छ । सामान्यतया समाजले कुन कुरालाई किन्छ भन्ने मानसिकताबाट निर्माताले आफ्नो उत्पादन गर्नु स्वाभाविक हो । यसप्रति कसैले टिप्पणी गर्नु जायज हुन्न । उसको उत्पादन बजारमा बिक्रीमा लैजाने वा नलैजाने भन्ने स्वयं उत्पादनकर्ता र सरकारी निकायको एउटा तह र तप्कामा छलफल होला । तर, त्यही ‘यौनकर्म’सँग जोडिएको कथामा पात्रका रूपमा उत्रिएर रकम कुम्ल्याउनेले त्यसैको चर्चा गर्दा धम्की दिनु कति जायज छ ? प्रश्न पाठकका लागि नै छाडिदिएँ । उत्तर पाठकले नै दिँदा बेस हुन्छ । तर, नेपाली समाज अहिले पनि मानिसका व्यक्तिगत कुराकानी गर्नमा अभ्यस्त हुन्छ । नेपाली पत्रकारिताले पनि कुनै खास व्यक्तिको व्यक्तिगत कुरालाई जनतामा ल्याउनु पनि अस्वाभाविक होइन । प्रकाश दाहालले विना मगरलाई भगाएको समाचार सुनेर टिप्पणी गर्ने सुमिना घिमिरेहरूले उनको चरित्रको बारेमा लेख्दा धम्की दिनुपर्ने कारण के हो ? जेनिशा खड्काहरूको ब्लु भिडियो बजारमा आउँदा ताली पिट्नेहरूले प्रतिप्रश्न गर्ने कारण के हो ? अंगप्रदर्शनको सीमा नाघेर पत्रपत्रिकाका ब्लोअप र कभर पेजमा आफूलाई देखाउन पत्रकारसँग नै सम्बन्ध गाँस्नेहरूले यतिबेला यस्तो हर्कत किन देखाए ? रंगमञ्चका लागि यो एउटा प्रश्न ।
कहिलेकाहीँ नेपाली रंगमञ्चतिर फर्केर हेर्दा ती सुनौला इतिहासहरू जीवितै रहेको भए निक्कै उच्च र सरल हिसाबले नेपाली कलाक्षेत्रको उचाई बढ्थ्यो कि भन्ने चिन्तन हुन्छ । ‘लालगेडी’, ‘लालपुर्जा’ टेलिभिजनका पर्दामा जीवन्त रहेका कलात्मक प्रस्तुितदेखि ‘वासुदेव’ भन्ने चलचित्रसम्मलाई स्मरणमा ल्याउँदा नेपाली कलाक्षेत्रले केही दिनसक्छ भन्ने अपेक्षा पक्कै पनि जन्मिनु अस्वाभाविक होइन । संघर्षका मैदानमा उत्रिएर मानिससँगको सम्बन्धलाई स्थापित गर्दै आफ्नो हैसियतलाई पनि कायम राख्नु कम चुनौतीपूर्ण कुरा होइन । यो हैसियत स्थापित गर्नका लागि कुनै खास बयानबाजीबाट सस्तो बनाइएको सगरमाथा चढ्ने घोषणा अथवा पत्रकारलाई धम्की दिएर मिडियामा छाउन सकिन्छ भन्ने तथाकथित कमजोर मानसिकता चाहिँ पूर्ण होइन ।
स्वाभाविक रूपमा मानिसले आफ्नो संघर्ष र त्यसको सफलताको अपेक्षा राख्दछ । सफलताको बाटोमा लम्किएका मानिस जीवनका अनेक कोणमा ठक्कर खाँदै अघि बढ्छन् । उनीहरूसँग एउटैमात्र महŒवाकांक्ष हुन्छ, सफलता । तर, असफल प्राणीहरू सयौं महŒवाकांक्षामा रुमल्लिएका हुन्छन् । उनका व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवन पनि त्यति गतिलो हुँदैन । उनको महŒवाकांक्षा असीमित हुन्छ । तर, सपना देख्नेहरूले जित्ने हो सिर्जना गर्नेहरूले विजय पाउने हो । सपना देख्नेहरूकै पूरा हुन्छ । सपनामा नरमाउनेहरूले जीवनमा सिर्जनशील काम गर्न सक्दैनन् । उनका मानस्पटलमा सिर्जनात्मक अभ्यास त्यस बेलामात्र सुरु हुन्छ जब उसले अनेक सपना देख्छ र त्यो सपना पूरा गर्नका लागि भिन्न सिर्जनशील भ¥याङको साहरा लिने गर्दछ । एक अर्थमा भन्ने हो भने हरेक सिर्जनशील हातहरूर अनुहारहरू सपनाका सौखिन हुन् । उनीहरू दिउँसो राति या जुनसुकै बेला आफ्नो लक्ष्यअनुसारको सपनाकारमा रमाउने गर्दछन् । मानिस स्वाभाविक रूपमा महŒवाकांक्षी हुन्छ । तर, आफ्नो महŒवाकांक्षालाई सीमित हतियारको प्रयोगले चाँडो उचाइमा पुग्ने रहर देख्दा उसले आफ्नो उचाइको हैसियत बिर्सन्छ । ऊ देख्दा अधिक माथि हुन्छ तर वैचारिक हैसियतमा उही भुइँमान्छे हो भन्ने प्रमाण विविध ठाउँबाट विविध पक्षबाट दिन्छ । उदाहरणका लागि सुमिना घिमिरेको हर्कत काफी छ ।
No comments:
Post a Comment