विनोद ढकाल
राजधानीको केन्द्रविन्दुको पूर्वपट्टिबाट नियाँल्ने सीमित मानिसको पहुँच सिंहदरबारभित्र होला । सिंहदरबारलाई सुरक्षित बनाउनका लागि बनाइएको कृतिम भित्ता छेऊको पेटीमा हिँड्ने लाखौं पाइलाहरु मनमा केही न केही सोचेर अवशिष्ट यात्रामा छन् । जुत्ताको कुनचाँही भागमा प्वाल परेको छ भन्ने हेक्का कसैसँग छैन तर अझ सपनाको संसारमा भागदौड गर्नेको कमी भने छैन । रत्नपार्कमा झुण्डाइएको पाँच सय पचासको जुत्ता लगाएर रोजगारीको खोजीमा राजधानीका सवै पेटी चहार्दासम्मपनि उनीहरु अझै सपनाको भोका भेटिन्छन् । जुत्ताको अघिल्लो भागबाट खुट्टाको कान्छि औंलाले सडक चिहाएको हप्तौं भइसक्दापनि त्यसको हेक्का राख्न सकेका छैनन् तर सपनाको गगनचुम्बी महलरु काठमाडौंका धरहराभन्दा निकैं उचों बनाएर हिँडिरहेको एउटा पुस्ता कम छैन । बाटो उही हो, सिंहदरबारका पेटीमा विहानीपख ठाँटले शरिर घटाउनका लागि हाफ पाइन्टमा ‘मर्निङ वाक’ गर्नेहरुको जमातका लागि भित्रि पाटो केहीपनि होइन, दिउँसो पैताला खियाउनेका लागि एउटा संगिन सपनाजस्तो बनिरहेको छ ।
थाहा छैन, पूर्वीद्वारमा सुरक्षाका निम्ति बसेका सरकारी बन्दुकधारी के सोचिरहेका छन् । त्यसको हेक्का राख्नका लागि अलिक मुस्किल पर्ला तर त्यो द्वारबाट चिहाउने अनेक आत्माभित्र त्यहाँभित्रको गतिलो काम हात पार्ने कल्पनाको दरिलो खम्बा तयार भइसकेको हुन्छ । फरक यत्ति हो त्यो खम्बा आत्मरतीको एक नमूना हो तर यथार्थत एक मनको सीमाभित्रको त्यो महत्वकांक्षा र दिवास्वप्नभन्दा केही होइन, प्रायःका लागि । हल गोरु जोतिने सहर होइन यो । यहाँ अनेक पाइलाहरु सपनाको संसारमा भविष्यको खोजमा दौडिरहेका भेटिन्छन् । तर, सवैका सपना पुरा हुँदैनन्, अति महत्वकांक्षीहरु अपवादमा सफल हुन्छन् सामान्य महत्वकांक्षीहरु कर्मथलो बनाउन अक्षम हुने गर्दछन् । सीप र क्षमताको सही प्रयोग गरेर सहरसँग लुकामारी खेल्नसक्नेहरु ‘दलालप्रवित्ति’मा हावी हुँदा सफल कहलिन्छन्, सोझो बाटोमा हिँड्नेहरु केवल हिँडिरहन्छन् गन्तव्य निक्कै बक्ररेखाको केन्द्रविन्दुमा परिसकेको हुन्छ । २२ वर्षअघि अपेक्षाहरुको ढाकर बोकेर राजधानी छिर्ने छिरिङ लामाहरुपनि कम छैनन् । ज्यामी, भान्से, सुरक्षागार्ड अनेक प्रकारका काममा उनीहरु अव्वल भइसकेका छन् । तर, अझ सुनको थाल उनका लागि तयार भएको छैन, उही पुरानो प्वाल परेको स्टिलको थालमा रंगिन कल्पनाहरुको संसारमा चिसो गाँसमा रमाउन बाध्य छन् उनीहरु ।
पंक्तिकार कहिलेकाँही विरोधाभाष प्रश्नहरु, अनपेक्षित प्रतिक्रियाहरुको जालोमा पर्दछ । सप्तरीको कमलपुर–७ जहाँ परिवारका दुखी सदस्यहरु बस्ने गरेका छन् पुग्दा अनेकन प्रश्नहरु आइपर्छन् । ग्रामिा बस्तीमा गुच्चा खेल्दादेखि जीवको शतकको एक चौथाइको उमेरसम्म देखेको खुसीलाल पाइकहरुको प्रश्नले जीवनतिर फर्किएर सोच्न बाध्य बनाउँदछ । नेपाली भुमीमा कयन वर्ष विताइसकेका खुसीलाल पाइकहरु अहिले पनि नेपाली भाषामा अव्वल हुन सकेका छैनन् । भाषाभन्दा पनि उनीहरुसँगको सामिप्यता, निकटतम् र सामाजिक व्याबाहार र रीत कम छैन । काठमाडौंबाट फर्किएको गाउँको युवाको प्रगतिबारे भ्रममा बाँचिरहेका छन्, उनीहरु । उनीहरु सुकिलो कपडामा रात्रीबसबाट गाउँमा उत्रिएको ठिटोलाई अहिलेपनि सोध्छन्–‘राम्रो पैसा कमाएर आउनुभयो ? बुढी कहिले गर्ने (विहे कहिले गर्ने) ?’ यस्ता सहज प्रश्नहरु पंक्तिकारका लागि निक्कै जटिल हुने गरेको छ । किनभने काठमाडौंको कृत्रिम संकट, सृजनशीलहरुको अपमान र राजनीतिले थिचेको प्रशासनयन्त्रसँग पंक्तिकार भिज्न नसकेका कारण आम युवाको चरित्रको एक पात्र बनेको छ ।
मान्छेको जीवन, त्यसमा पनि काठमाण्डूमा बाँच्ने प्राणीको जीवनबारेको कथा होइन यो, यो युवा अवस्थामा राजधानीमा सपना बेच्न हिँडेका मानिसहरुको विपना नै खरानी भएको अनुभवको गाथा हुनसक्छ । यो गाथासँग सामिप्यता भएकाहरुका लागि यो संयोगमात्र पनि होइन । सृजनशिलताका अनेक हत्कण्डाहरुका लागि फोरम नपाएर भित्रभित्रै छिचोलिएर प्रतिभा सुकाउन बाध्यहरुको कथा हो यो । सायल खुसीलालहरुका प्रश्न पंक्तिकारका लागिमात्र तयार भएका होइनन् । यहि यथार्थसँग नजिक भएका कयन युवाहरुका लागि कयन खुसीलालहरुका यस्ता प्रश्न तेर्सिएका छन् र कयन युवाहरु उत्तरविहिन, कपटी उत्तरका बाध्यकारी पात्र अथवा प्रश्नमा असाधारण उत्तरका भोगी भएका होलान् । जुन मुलुकमा बेरोजगारहरुलाई रोजगारीको सपना बाँडिन्छ, पीडितहरुलाई न्याय र रोगीहरुलाई निशुल्क औषधिको अपेक्षा देखाइन्छ तर पुरा गरिँदैन । त्यो मुलुकका हरेक आमसाधारण यहि पीडाबाट ग्रस्त बनिसकेका हुन्छन् ।
बेरोजगारहरुको महासभामा रोजगारीका गतिला सपनाहरु नराम्रोसँग विक्रि हुने गर्छन् । काठमाडौं पानी विनाको पोखरी बनिसकेको छ र त्यहाँ पौडी खेलाउनसक्ने जमातचाँही सफल कहलिएर बाहिर निस्किएको छ, पानी ठानेर छायाँको भ्रममा पौडी खेल्नेहरु अहिलेपनि पोखरीबाट बाहिर निस्कन नसकेका कयन उदाहरणहरु छन् । प्रति चार मानिसहरुमा एकजनाको जीवनमाथिको कथा यहाँभन्दा फरक नहुनसक्छ, सरसरती अड्कलबाजी गर्दा । जीवनमाथि अनेक प्रकारका उदासिन टिप्पणी गर्ने फेसबुके मित्रहरुलाई आधार मान्ने हो भने जीवन सरल छैन । कसैका लागि संघर्षको पहाड हो, कसैका लागि मैदान, अनि कसैका लागि सुसेली पनि हो । तर, खासअर्थमा काठमाण्डूको जालोभित्र यो मान्छे र तिनका भोगाइहरु सीमित माकुराका प्रयोगका साधनहरु हुन् । पीडालाई कपडाले ढाक्न सकिन्न तर हज्जारौं अनुहारहरु रुन्चे हाँसोमा ढाकिरहेका छन् ती मानिसहरु सीमित माकुराहरुका लागि यन्त्रहरु हुन् । आश्वासनले सहर दौडिन सक्ने रहेछ । हर नेपाली आश्वासनमा बाँचीरहेका छौं, यहि आश्वासनको साँघुरो घेराभित्र एउटा पुस्ता राजधानीभित्र पनि बाँचीरहेको छ ।
मान्छेको झुण्डलाई सपना बेच्नेहरु मुलुकभित्र र मुलुक बाहिरको संसारमा पनि गतिलो हैसियतमा बाँचीरहेका छन् । ६० वर्षभन्दा बढिदेखि यस्ता सपना बेच्ने नेपाली राजनीतिका दलालहरुको मुलुक हो यो । यहाँ सुशिल कोइराला, केपी ओलीहरु र पछिल्ला चरणमा सपनाको बाली लगाएर फलेको आश्वासन दिने पुष्पकमल दाहाल प्रचण्डहरु सफल बनेका छन् । बाँकी आमसाधारणचाँही उही सुख्खा कुवामा गन्तव्य खोज्दै उफ्रिरहेका भ्यागुताभन्दा केहीपनि भएका छैनन् । पंक्तिकार नियालीरहेको छु– सहर, भविष्य र सपनाको खेती लगाउन अभ्यस्त सृजनशिल अनुहारभित्रका उदासिनताहरु । क्यानडामा नयाँ रोगको बारेमा अचेल चर्चा हुन थालेको छ । ‘विपोलार’ जसलाई हर दिन मुड चेन्ज भएको मानिन्छ । त्यो रोगको निदानका लागि त्यहाँको सरकारले अनेक उपाय अपनाइरहेको छ । त्यो रोग भिन्न कल्पनाहरु गर्ने र फरक–फरक दिन फरक व्यवाहार देखाउने नै हो । नेपालमा यस्ता व्यवाहार हर दिन, हर रुपमा देखिइरहेको छ । हर व्यक्तिमा हर प्रकारले देखिइरहेको छ । यहाँको सरकारले रोगको निदान गर्नेबारेको सोच त परैजाओस् रोगको रोकथामको उपाय पनि अपनाउने कल्पना नगरौं ।
युवाका भत्किन थालेका सपना पुरा गर्ने जग राज्यको संयन्त्रले निर्माण गर्दछ । मालिको सपना जहिलेपनि बंगैचामा थरीथरीका फूलहरुको स्वाधिनतापूर्वक फूल्न पाउने अधिकार हो । समयमा पानी पाउने, मलजलको व्यवस्था गर्ने मालीको कर्म हो । बंगैचा सुन्दर देखिनुको पछाडी फूलहरु फूल्नुमात्र होइन, मालीको मिहेनत हुन्छ । त्यस्तै सपनाको थाक बोकेका मानिसहरु सुन्दर बनाउने जिम्मा नेपाली राजनीतिका मालीहरुको कर्तव्य नै हो । हामीसँग भिन्न थरीका अनेक फूलहरु छन् तर मालीहरु कर्तव्यविमुख देखिए । उनीहरु अक्षम प्रमाणित भइसकेका छन् यो स्वयम्को आत्मसमीक्षाले प्रष्ट्याउँदा खिलराज रेग्मीहरुको सत्ताजन्म भयो । उनीहरुले फूलका लागि पर्याप्त मलजलको व्यवस्था गर्नुको साटो आफ्नो गोदाममा थन्काए । फूलको अधिकारमाथि उनीहरुले हस्तक्षेप गरे, भ्रष्टाचार गरे । त्यसकारण अहिलेपनि नगन्य स्वप्नहरु मरिरहेका छन्, जलिरहेका छन् । राज्यसंयन्त्रमा पुगेका आश्वासनका मालिहरुका सपना पुरा भए तर असली स्वप्नकारहरु सँधैभरी पीडित भए । छिरिङ दाइले भनेको शव्दले मन नराम्रोसँग छायो । त्यहि शव्दको एक वाक्यबाट विट मार्छु ।

गरिबका हरपल संघर्षशिल छन्, स्वप्नमय छन्,
अधिक स्वप्नमय पुरा नहुने कल्पनशिल ।
No comments:
Post a Comment