विनोद ढकाल
सहरमा दुइथरी युवाहरुको झुण्ड अचेल व्यापक हुने गरेको छ । एकथरी नेपाली राजनीतिको भजनमण्डलीका रुपमा उभिएको युवाजमात छ । अनि, अर्काथरी त्यसको आलोचनामा अभ्यस्त रहेको अभियन्ताहरुको जमात् । नेपाली युवा आन्दोलन भनौं अथवा युवाको सवाल या मुद्दा । यी सवैमाथि हावी भएको राजनीति र अभियानका प्रचारहरु, प्रयोगहरुको अवस्थिति केलाउन अनिवार्य भइसक्यो ।
सर्वप्रथम नेपाली युवा आफ्नै भुमीको राजनीतिक परिवन्धको प्रयोगवादमा अडिएको पुस्ता बनेको छ । राजनीतिक दलका गोलचक्करमा घुमेको यो पुस्ताको उदारीकरणका दिर्घकालिन योजना अहिलेसम्म पनि राज्य होस् अथवा राजनीतिक दलका कसैले पनि गर्न सकेको पाइँदैन । उनका फरक परिभाषामा दस्तावेज, राजनीतिक प्रतिवेदन र विधानहरुमात्र बनेका छन् । त्यसले निर्दिष्ट गरेको व्यवाहारिक पक्षमा भने कुनैपनि प्रकारको लाभांश युवाले पाउन सकेका छैनन् । राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको थियो । तर, युवको भुमिका बलियो भएपनि त्यो दिगो हुन सकेको छैन । राजनीतिक दलको उपयोगको शिकार, कही टाढाबाठा र आफुलाई युवा संघ÷संगठनको नेता भन्नेहरुको कमाई खाने भाँडो भएको छ, यो पुस्ता । खासगरी, पछिल्लो चरणमा सरकारले गठन गरेको युवा मन्त्रालय र युवा स्वरोजगार कार्यक्रममा फ्रिज भएको बजेट, दुरुपयोग भएको रकम र विदेशीने युवाको बढ्दो संख्याले नै धेरै परिणामहरुलाई सावित गरिदिएको छ ।
मुलुकमा झण्डै ६४ प्रतिशत जनसंख्या युवाको छ । तर, सवैभन्दा ठूलो समस्यामा पनि युवापुस्ता नै छ । राजनीतिमा युवा संगठन नबनाउने राजनीतिक दल कमैमात्र होलान । अनि, युवा परिचालनका सवाल नगर्ने पनि कमैमात्र होलान् । एकीकृत नेकपा माओवादीसँग योङ कम्युनिष्ट लिग नामको संगठन छ, नेपाली कांग्रेस संग तरुण दल, अनि नेकपा एमालेसँग युवा संघ नेपाल । अन्य दलका पनि आफ्ना आफ्ना संगठनहरु छन् । यसबीचमा युवाका खास मुद्दा र त्यसबारेमा एमालेको युवा संघगठन युवा संघ नेपालले केही मुद्दा उठाएका छन् ।
नेपालका राजनीतिक दलका मुख्य नेतृत्व निरंकुशताका विरुद्धको आन्दोलनले जन्माएको पुस्ता हो । नेतृत्वको यो पुस्ताले राजतन्त्रको अन्त्य गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र त प्राप्त ग¥यो । तर, यसको व्यवस्थापनमा सक्षम देखिएन । यसले अधिकारको आन्दोलनको चरणको कुसल नेतृत्व गरेपनि निर्माण, व्यवस्थापन र समृद्धिको आन्दोलनको अगुवाइचाँही गर्न सक्तैन । ०६२÷६३ को जनक्रान्तिपछि आन्दोलनका एजेण्डा परिवर्तन भएका छन् । यो परिवर्तित अवस्थाको नेतृत्व नयाँ सोच, नयाँ विचार र नयाँ पुस्तालेमात्र गर्न सक्दछ । यसकारण राजनीतिमा पुस्तान्तरण आवश्यक छ । राजनीतिमा पुस्तान्तरण लहड र रहरलेमात्र पुरा हुँदैन । राजनीतिमा वस्तुगत आवश्यकता भएपछि पुस्तान्तरण हुन सक्तछ । यो एउटा प्रकृयाबाट हुनुपर्दछ । दलका आफ्ना संगठनात्मक संरचनाहरु प्रिवर्तन गर्न जरुरी छ । । संगठनात्मक संरचनाहरुमा ४० प्रतिशत युवाहरुलाई सहभागी गराउन आवश्यक छ । दलहरुको आन्तरिक जीवन होस वा राज्य सञ्चालनका प्रकृया र पद्दती, यी सवैमा विना ‘सिन्डिकेट’ स्पर्धा हुन दिनुपर्दछ । यो प्रकृयाबाट युवाहरु नेतृत्वमा प्रवेश गर्न सक्तछन् । राजनीतिमा आफ्नो भुमिका स्थापित गर्ने अवसर र सोही अवसरबाटमात्र राजनीतिक नेतृत्वको पुस्तान्तरण सहज सम्भव हुने देखिन्छ । युवाहरु राजनीतिक उद्देश्यले नै संगठित भएका हुन्, यो स्वभाविक कुरा हो । राणा शासनदेखि पछिल्लो लोकतान्त्रिक आनदोलनसम्म आइपुग्दा हामीले राजनीतिक स्वतन्त्रताका लागि लडेका थियांै । अव युवा सरोकारका मुद्दामा संगठित भएर संघर्ष गर्छौं । हो, विगतमा कतिपय राजनीतिक दलहरुले समुहहरुले युवाहरुलाई गलत ढंगलेपनि प्रयोग गरे । पञ्चायत टिकाउनका लागि तत्कालिन शाही शक्तिले युवाको उपयोग गरेको थियो । ०४७ सालपछि खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुले तरुण दलका नाममा युवाहरुको दुरुपयोग पनि गरेका हुन् । अहिले एकीकृत नेकपा माओवादीले वाइसीएलका नाममा युवाहरुको जत्थालाई पार्टीको हतियारका रुपमा प्रयोग गरिरहेको छ । नेकपा एमालेले युवा संघका नाममा पनि चलाएको गुण्डागर्दीको अर्को कथन जोड्न आवश्यक छैन । हामीले यस्ता इतिहाँसका अनेक राजनीतिक दलहरुको उपयोगवादी चरित्र देखेका कारण परिवर्तन र त्यसलाई संसोधन गरी युवालाई राजनीतिक पहुँचका लागि संगठित गर्दै व्यावसायीक बाटोमा जाने एउटा मार्गचित्र कोेर्ने योजना बनाएका छौं । विचारसहितको व्यावसायसँगै अव युवाहरुले राजनीति गर्न पाउनुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । नेपालमा युवाहरुको व्यवस्थापन सम्भव छ । विश्वका अरु मुलुकमा भएको काम नेपालमा नहुने भन्ने कुरा होइन । तर, गलत राजनीतिक व्यवस्था र अवसरवादीहरुको तानाशाही राज्यव्यवस्था चलाउने नियतका कारण युवाहरुको व्यवस्थापन अहिले नै सहज हुन नसकेको हो । अशिक्षा बेरोजगारी र अभाव हाम्रो मुख्य समस्याका रुपमा अघि देखिएको छ ।
युवाको रोजगारी, स्वास्थ्य, शिक्षाको विषयमा हामीले सोचेर अगाडी बढ्नुपर्दछ । रोजगार भनेको सरकारी जागिर, एनजीओ अथवा वैदेशिक रोजगारमात्र होइन उत्पादनमुखी काम पनि हो भन्ने कुरालाई सरल व्याख्या गर्न सक्नुपर्दछ । सहकारी, उद्योगहरु, पर्यटन, खेलकुद, जलविद्युत लगायतका क्षेत्रमा पनि युवाले निक्कै अवसर पाउने अवस्था छ । त्यो सुरक्षित अवस्था सृजनागर्ने काम नेपाली राजनीतिले तय गराउनुपर्दछ । त्यसका लागि हामी दवावमुलक छौं । यस्ता कामबाट युवाको सवैभन्दा ठूलो समस्याका रुपमा रहेको आर्थिक समस्यालाई व्यवस्थापन गर्न सकिन्छ जसले मुलुक निर्माणका काममा पनि कुनै कठिनाई हुँदैन ।
राजनीतिक दलहरुमा यो अवस्था छ भने गैर राजनीतिक तर युवाको सवालमा काम गर्ने विभिन्न एनजीओहरुको डलर भित्राउने सवालमात्र बनेको छ यो पुस्ता । दुई दशक भन्दा अघिदेखि गैर राजनीतिक संघसंस्थाहरुले युवाका नाममा लाखौं रकम खर्च गरेका छन् । तर, त्यसले पनि उचित परिणाम दिएको उदाहरण कतै छैन । युवाका सवाल डलर भित्राउने र सरोकारवालालाई राखेर बहस गराउने कामले छुँदैन । खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रमा युवाको सहभागीता, सीपमुलक काम, कृषिमा युवाको सक्रियता र आम्दानीको स्रोत बढाउने ठाउँमा युवालाई प्रोत्साहनको खाँचो देखिन्छ । तर, डलरवादीहरुले पनि यो काम पुरा गरेका छैनन्, उनीहरु पनि आफ्नो संस्था चलाउने ध्याउन्नमा मात्र सवालमा सीमित राखिरहेका छन्, युवापुस्तालाई ।
राजनीतिक रुपमा युवापुस्ता एउटा अविरल सवाल, रुपैंया झार्ने जग बनीरहेको छ भने डलर भित्राउने प्रस्तावपत्रहरुको बुँदागत समस्या पनि । यसकारण यी दुवैप्रकारका समस्यालाई निराकरण नगरी यो पुस्ताको कल्याण हुने अवस्थिति छैन । सवै जुँटौं, यो प्रवित्तिलाई वैचारिक, सामाजिक, राजनीति र व्यवाहारिक रुपमा लखेटौं ।

No comments:
Post a Comment