.........................
गलत राजनीतिक संस्कारमा हुर्किएको प्रजातन्त्रको उपयोग सहि हुन सक्तैन ।
सभ्यतामा हुर्किएको प्रजातन्त्रले समाजलाई पनि सभ्य बनाउँछ ।
........................
विनोद ढकाल
कृषिमा समस्या भएपछि आक्रोशित भएका भारतीय एक युवाले त्यहाँका कृषिमन्त्री शरद पावरलाई सार्वजनिक स्थलमा थप्पड हिर्काएका थिए । भारतका लागि यो खबर अत्यन्तै चर्चाको विषय भएको थियो र भारतीय सरकारका लागि लाजमर्दो पनि । भारतीय संचारमाध्यमहरुमा यसका अनेकन विश्लेषणहरु भए । त्यसमध्येका एउटा चलेको अखबार हिन्दुस्तान दैनिकले यसबारेमा आफ्नो सम्पादकीय पनि लेखेको थियो । उसले यस्तो प्रकारको घटनालाई ‘कपी क्याट क्राइम’को संज्ञा दिएको थियो । यो आक्रोशको एउटा रुप हो तर कतिपय भारतीय युवाहरु यस्ता काम गरेर मिडियामा चर्चामा आउन चहान्छन्, त्यस मनस्थितिको एउटा उपज पनि भएको हिन्दुस्तानले आफ्नो सम्पादकीयमा उल्लेख गरेको थियो । कृषि र वित्तिय क्षेत्रमा विश्वबजारमा आफ्नो स्थान बनाइरहेको भारतका जनतामा अझैपनि अपेक्षा अनुसारको सरकारी काम नभएको गुनासो बढीरहँदा यस्तो थप्पड संस्कृतिको निरन्तरता छ । दुरसञ्चारमन्त्री सुखराममाथि पनि यीनै युवाले थप्पड हानेका थिए । एकै व्यक्तिले बारम्बार चर्चामा आउनका लागि गरेका यी घटनाहरु हिन्दुस्तानले लेखेजस्तो कपी क्याट क्राइम हुनसक्छ । तर, यहि प्रकृतिको घटनाले नेपालमा निरन्तरता पाएको छ ।
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालामाथि आक्रमण भएको खबर निमेषमै सनसनी बन्यो । आफ्नै कार्यकर्ताबाट उनले दुव्र्यवाहार खेपेको खबर छायो ।
यसअघि, एकीकृत नेकपा माओवादीको विस्तारित वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईमाथि पनि आक्रमण भएको खबर सार्वजनिक भएकै हुन् । थप्पड संस्कार नेपालमा पनि भित्रिएको एउटा आक्रोशको परिणति हो । केही समय अघि सुनसरीको इटहरीमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालमाथि देवीप्रसाद रेग्मीले थप्पड हिर्काएका थिए । त्यो आक्रोशको घेराबन्दिबाट माओवादी सभासद झक्कु सुवेदी पनि बचेनन् । उनलाई तिनकुनेका एक चियापसलले थप्पड हिर्काए । तर यहाँ अलग–अलग पात्रलाई अलग–अलग व्यक्तिले थप्पड हिर्काएका कारण यसलाई कपी क्याट टु क्राइम अथवा राजनीतिक संस्कारप्रतिको घृणा भन्ने ? यो एउटा प्रश्न बनेको छ ।
नेपाली समाजका लागि भने यो राजनीति प्रतिको घृणाका रुपमा विश्लेषण गर्नु जायज हुनसक्छ । किनभने यसका अनेकन उदाहरणहरु छन् । रेग्मीले खनाललाई थप्पड हानेपछि प्रतिक्रियाका क्रममा भनेका थिए–‘खनाल भएर एक थप्पड हानेको । सुजाता वा अरु भएको भए तीन थप्पड हिर्काउँथे । बारम्बार संविधानसभाको म्याद थप्ने, शान्ति कायम नगर्ने । सरकार परिवर्तन गर्ने । यस्ता कामका कारण मलाई रिस उठेको छ ।’ त्यस्तै झक्कु सुवेदीलाई काठमाडौंमा जिताएका ती चियापसलेले समयमा काम नगरेका कारण थप्पड हानेको बताएका थिए । सुवेदीलाई जीताउनका लागि मतदान गर्नेमध्येका उनीपनि एक थिए ।
अहिले नेपाली राजनीति संस्कारप्रति घृणा देखाउनेहरु प्रत्यक्ष वा परोक्ष रुपमा धेरै छन् । अझ ती थप्पडहरु जायज भएर आएका छन् । म्यादथप्ने काममात्र गरेर पछि संविधानसभा नै भङ्ग गरी देशलाई फरक बाटोको अवस्थितिमा यीनै राजनीतिक दलहरुले पु¥याएको स्थिति छ । अहिले दोहोरो मोर्चाबन्दिमा मुठभेडमा जानसक्ने प्रचुर सम्भावनालाई पनि उनीहरुले कायम राखेका छन् ।
खुलेर भन्न नसक्ने चरित्र भएकाहरु एकातिर छन् भने सामाजिक सञ्जालमार्फत नेपाली राजनीति संस्कारको आलोचना गर्नेहरुको भीड निक्कै बढेको छ । एकजना युवाले फेसबुकको आफ्नो वालमा लेखे–‘संविधान नबनाउने सभासदका छोरी विवाह नगरौं ।’ सामाजिक रीति र सभ्यताका दृष्टिले यस्तो अभिव्यक्तिले सभासदहरुको जीवनमा दखल गर्दछ । तर, गलत राजनीतिक संस्कार हुर्किरहेका कारण यो विषयमा त्यति ठूलो बहस वा चर्चा हुन सकेन । र, चर्चा गराउनुको औचित्यता पनि थिएन । संविधानसभामा रहेका छ सय एक जना सभासदहरुको श्राद्ध गरेको खबरहरु पनि बीचमा सार्वजनिक भएका थिए । सांस्कृतिक विरोध स्वरुप यस्ता कामहरु भइरहेका छन् । जुन सामाजिक सभ्यताको खिलाफमा थिए । तर, यी विषयमा पनि कडा कदमहरु चालिन सकेका छैनन् । राजनीतिक दलका नेताहरुले बरु पटक पटक आफ्नो गल्ति भएको स्वीकार गर्दै दुई वर्षका लागि भनेर तय गरेको संविधानसभाको म्याद चार वर्षसम्म पु¥याए र अन्त्यमा डिसमिस बनाए । राजनीतिक संस्कार नै गलत रुपमा प्रयोजनमा ल्याइएका कारण नेपालमा भइरहेका थप्पडप्रकरणदेखि विरोधका कुराहरुलाई नागरिक आक्रोशको एउटा प्रहारका रुपमा बुझ्न थालिएको छ । जसले गर्दा राजनीति प्रतिको घृणादायक सन्देशहरु एकबाट अर्को नागरिककहाँ पुगिरहेको छ । यस्ता सन्देशहरु एकबाट अर्को व्यक्तिमा असभ्य हुनेगरि फैलिनुको अर्को कारण राजनीतिक दलहरु आफैं पनि हुन् । एक राजनीतिक दलले अर्को राजनीतिक दलमाथि गर्ने गलत व्यवाहार र टिप्पणीले पनि नागरिक सभ्यतामा ह्रास ल्याउन मद्दत गर्दछ । नागरिकहरु धेरै छन् र उनीहरु आफुलाई समाजमा स्थापित गराउनका लागि फरक विचार राख्न सक्छन् । त्यसका लागि चाँडो चर्चामा ल्याउने यस्ता असभ्य कामहरु बढ्न सक्छन् । र, त्यसलाई राजनीतिक दल आफैंले पनि बल पु¥याएका छन् । एकले अर्कालाई गर्ने टिप्पणीहरु पनि स्वस्थ्य र आशाजनक भए त्यसले नागरिकलाई हौसला बढाउने छ । जसका कारण प्रजातान्त्रिक सभ्यताको प्रयोजन सहज र सजिलो रुपमा हुनसक्नेछ । गलत राजनीतिक संस्कारमा हुर्किएको प्रजातन्त्रको उपयोग सहि हुन सक्तैन । सभ्यतामा हुर्किएको प्रजातन्त्रले समाजलाई पनि सभ्य बनाउँछ । अधिकार सम्पन्न समाज निर्माणसँगै सभ्यताको शुत्रमा बान्नका लागि अहिलेदेखि नै प्रयोग बढ्नु जरुरी हुन्छ । सभासद विश्वेन्द्र पासवानले संवैधानिक समितिको वैठककक्षबाट कुर्सी फ्याँकेर आक्रोश देखाएका थिए । त्यहाँ सभ्यताको आचारसंहिता पालना गर्नमा उनी चुके । त्यसले दिएको सन्देश प्रतिकात्मक रुपमा देखियो । अन्ततः उनको व्यवाहारको सर्वत्र आलोचना भयो ।
समाज सुधार र सभ्य समाज निर्माणको जिम्मेवारी राज्यले लिएको हुन्छ । राज्य राजनीतिक दलहरुबाट नै चलिरहेको हुन्छ । आफ्नै राजनीतिक पार्टीमा एकमत हुन नसक्दा शान्ति प्रकृया र संविधान निर्माण तथा सरकार सञ्चालनका कामहरु कयौं पटक रोकिएका छन् । पार्टी विभाजनपछि भारतीय गाडी छिर्न नदिने, भारतीय फिल्म चल्न नदिने नेकपा–माओवादीको निर्णय र त्यसको विरोधाभाष टिप्पणीहरु, प्रतिक्रियाहरु प्नि चलिरहेका छन् । यस्ता राजनीतिक गसिपको बढावा अहिले चलिरहेको छ, यसले कस्तो प्रभाव पार्ला ? राजनीतिक दलहरुमा देखिएको विवादले हाम्रो राजनीतिक दल र तिनका आचरणहरु नै सभ्य रहेनन् भन्ने संकेत दिनानुदिन बढ्दो छ । जसका कारण आक्रोशित नागरिकले पनि सभ्यतालाई कायम राख्न सकेका छैनन् । तर, एउटा प्रजातान्त्रिक मुलुकमा हुनुपर्ने सभ्यताको खिलाफमा यस्ता घटनाहरु देखा परेका छन् । जसका कारण आक्रोशका विभिन्न चरणहरु देखा पर्न थालेका छन् । यी घटनाहरु र सामाजिक सञ्जालमार्फत हुने गरेका पचाउनै नसक्ने आलोचनाहरु पनि प्रजातान्त्रिक सभ्यताका विरोधी हुन् । यसलाई नियन्त्रण गर्ने कुनै खास निकाय पनि हुँदैन । र, यो प्रजातन्त्रको गलत उपयोग पनि हो । प्रजातन्त्रले कसैको मानाहानी हुने काम वा व्यवाहार गर्ने अधिकार दिदैन । ‘वाक’ स्वतन्त्रताको परिभाषा पनि त्यसप्रकारको हुँदैन । त्यसैले यस्ता विषयहरु हेर्दा सुन्दा जायज लाग्ने भएपनि सभ्यता हरण गर्ने बानीका रुपमा पहिचान गर्न जरुरी हुन्छ । यस्ता गतिविधिले प्रजातान्त्रिक मुलुकका नेता र जनताबीचको दुरी बढाउँछ । जसले गर्दा नेता र जनताबीचको संवाद सहज हुन सक्तैन । जुन लोकतन्त्रको रक्षा र विकासको गतिका लागि बाधक हुने निश्चित छ ।

हाम्रा नेता अनि राजनीतिक दलहरुले कहिले बुझ्ने होला, जस्तो बिउ उनीहरु रोपिरहेछ्न बिरुवा त्यस्तै उम्रिरहेको छ ! थप्पडको शृंखला जारि छ र पनि !
ReplyDeleteयो बिषयमा आउनु पर्ने सबैभन्दा राम्रो एंगल समातेर लेखिएको लेख, राम्रो लाग्यो ! बिनोद जीलाई शुभकामना !!
Thank you ................Sudan
ReplyDeleteराम्रो लेख/ सामयिक. / मलाइ बन्दुक मिले त म गोलि ठोक्थे / कपिक्याट कि कलमक्याट/ प्रचण्ड मेरो नजरमा यस देशको इतिहासकै सबैभन्दा कुपात्र, अनि कुपुत्र हुन्/ यिनकै कारण जातीयताको रोग फैलियो/ जातिबाद, क्षत्रियता र गुन्डागर्दी प्रचण्डका सन्तान हुन् यस देशमा / यिनकै कारण देशमा बन्दुक र पेस्तोल संस्कृति भित्रियो/ मेरो टोलछिमेकका गुण्डाहरुसग भएको पेस्तोल प्रचण्डले दिएको हो /
ReplyDelete