अन्ततः मान्छे भावुक नै हुन्छ, त्यो जतिसुकै शक्तिशाली किन नहोस् । आँसु सवैका आँखाबाट वग्छन्, त्यो जतिसुकै कठोर किन नहोस् । जसका आँखा रसाउँदैनन् उनीहरु निर्दयीमात्र हुँदैनन्, निर्लज्ज र आत्मग्लानी गर्न नसक्ने नै हुन्छन् । विश्वमहाशक्ति अमेरिका र त्यसका राष्ट्रपति कति शक्तिशाली होलान् ? विश्वमा अमेरिकी राष्ट्रपतिले चाहेको कुरा के पुरा हुन नसक्ला र ? अनुमान गर्न पनि कठिन छ । लिविया होस या अफगानिस्तान, इराक होस वा इजिप्ट यी देशहरुमा देखिएका उनका हस्तक्षेपका ताजा नमुनाले उनको शक्तिको तुलना नेपाली शक्तिसँग गर्न कुनैपनि आधारमा योग्य छैन । तर, संवेदनाचाँही मानव भएकै कारणले समान हुन्छन् भन्ने विश्वमान्यता छ । दम्भ र संवेदना फरक विषय हुन सक्छन् तर राजनीतिक व्यक्तित्व होस वा शक्तिशाली राष्ट्रपति उनीहरुमा पनि संवेदना निक्कै महत्वपूर्ण हुन्छ भन्ने उदाहरण कम छैनन् । अनि, आफ्ना लागि इमान्दारिता पनि पर्याप्त राख्दछन् ।
शक्तिशाली मुलुकका राष्ट्रपति भएर पनि विद्यालयमा हुने अभिभावक–शिक्षक वैठकमा निरन्तर उपस्थित भएर शिक्षकसँग आफ्ना सन्तानको बारेमा जानकारी लिने बाराक ओबामा जस्ता व्यक्तिहरुको चर्चासँग नेपाली राजनीतिमा हावी भएका तर निकृष्ट विचारसँग सँधै सामिप्यमा रहेका व्यक्तिहरुको व्यवाहारको तुलना गर्नु यतिवेला अनिवार्य नै भइसकेको छ ।
अमेरिकी राष्ट्रपति ओबामाको पारिवारिक पृष्ठभुमी के हो त्योसँग त्यहाँको राजनीतिको कुनै सरोकार छैन । ओबामा जनताको मुद्दामाथि गहन छन् या छैनन् भन्ने कुराको लेखाजोखा प्रधान हुने गरेको छ । बोस्टोनमा भएको विस्फोटमा चाहे जो मरेपनि जनता नै मरेको भावले उनको आँखा रसाउनु त्यहाँको स्वभाविक राजनीति हो । त्यसकारण पनि उनी चर्चाका पात्रमात्र हैन, अमेरिकी इतिहाँसमा निरन्तर दोस्रो कार्यकालका राष्ट्रपति पनि हुन् ।
एउटा जनता मारिनु कुनै पनि मुलुकका नेताका लागि कति दुखदायी हुन्छ भन्ने उदाहरण हुन्, ओबामा । अन्य मुलुकहरुमा आतंकवादविरुद्धको अभियानमा उनका गोलीले कति मानिसहरु मारिए त्योसँग उनको सरोकार रहेन । तर, एउटा विस्फोटले मुलुकमा मारिएको जनताको रगतसँग उनको सामिप्यता रहेको प्रमाण उनकोे आँखाबाट वगेको आँसु नै थियो । विश्वमा खुला प्रजातन्त्रको सवैभन्दा बढि उपभोग अमेरिकीहरुले गरिरहेका छन् । त्यसकारण पनि नेपाली समुदाय इडिभि भरेर होस वा अरु केही भरेर होस् अमेरिकाको सपना बुनिरहेका हुन्छन् । किन ? त्यहाँको सुरक्षाका सवाल एकातिर होला तर सुविधाका सवाल निक्कै प्रेरणादायक छन् । अमेरिका आप्रवासीहरुबाट बनेको मुलुक हो । त्यसकारण पनि विश्वका निक्कै प्रवासीहरु अमेरिकामा सहज समेटिएका छन् । अनि, उनीहरुको भावनासँग जोडिएको छ, त्यहाँको प्रशासनयन्त्र । खासगरी, राष्ट्रपतिको भावना । अन्य देशलाई निषेधमा राखेर भएपनि आफ्ना जनताको सुरक्षा र सुविधा प्रभावकारी बनाउने अभियानमा लागेको मुलुक र त्यहाँका नेतृत्वकर्तासँग केही सिक्ने कि नसिक्ने ? यी सवालहरु निरन्तर गर्नुपर्ने अवस्थितिमा हामी पुगेका छौं, अब ।
कुनै बेला थियो सायद, यो पुस्ताले इतिहाँस भन्ने ऐच्छिक विषयमा बढेको हुनुपर्छ,‘जनता बलिया भए दरबार बलियो हुन्छ’ भन्ने पृथ्वीनारायण शाहको कथन । त्यसमाथि एक पटक सवैले घोत्लिनु अनिवार्यजस्तो लागिरहेको छ । उनीविरुद्धका अभियानले प्राप्त गरेको लोकतन्त्र, उनीविरुद्धका वक्तव्यवाजीले स्थापित गरेको गणतन्त्रमा जनता कमजोर हुँदा नेता बलिया हुन्छन् भन्ने भनालाई स्थापित गरेको छ । यसो भनिरहँदा राजसंस्थाको अनिवार्यतामाथिकोे आग्रह होइन, त्यो संस्थाका निर्माताले दिएको अभिव्यक्तिको ‘दम’लाई किन नेपाली राजनीतिमा हावी भएका तथाकथित नेताहरुले पुरा गर्न सकेनन् ? मेरो प्रश्न हो ।
हामी ५० औं हजार परिवार विस्थापित भएको, २० हजार जनताको लास विछ्याएको बाटोबाट सत्तामा पुगेर पनि हाँसीरहेका छौं । खासगरी एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनमा संवेदनाको कुनै असर देखिएको छैन । उनी लगायतका प्रकाण्ड विद्वानका रुपमा परिचय बनाएका डा. बाबुराम भट्टराईजस्ता मान्छेलाई लासमाथिको बाटोबाट हिँडेको विषयमा अलिकतिपनि खिन्नता र आत्मग्लानी छैन । हत्यालाई वैधानिकरण र हत्यारालाई नेता बनाउने खेलमा उनीहरु व्यस्त देखिएका छन् । काठमाडौंका कुनै भित्ता खाली छैनन्–बालकृष्ण ढुंगेलजस्ता अदालतले नै अपराधी तोकेका व्यक्तिलाई पक्राउ गरी कारवाहीका लागि अपिल गरेका पोष्टर र पम्प्लेटविना । त्यस्ता व्यक्तिलाई जिल्लामा रहेका सभामा लगेर अतिथिको व्याच लगाउने काममा उनीहरु उद्दत छन् । शक्तिशाली राष्ट्रपति भइकन ओबामा आफ्ना छोराछोरीको अध्ययनदेखि घरको हेरचाहमा पनि उत्तिकै गम्भिर रहेछन् तर प्रचण्डजस्ता व्यक्तिको सन्तानको चरित्र यहाँ वर्णन नगर्दा नै हुन्छ । उनले कति समय दिँदा हुन् ? यो विषयमा अर्को लामो बहस हुनसक्छ ।
संवेदनाहिन राजनीतिले कहिले पनि मुलुकको विकास गर्न सक्तैन । अपराधलाई वैधानिकरण गर्ने र अपराधीलाई नेता बनाउने राजनीतिक दलले पाएको सत्ता र प्रशासनयन्त्र कस्तो बनाउला ? एकपटक फेरिपनि सोचौं त ? यसको प्रमाण प्रचण्डकै नौ महिने प्रशासनतन्त्र र बाबुरामका १८ महिनाका प्रशासनयन्त्रले पुष्टि गरिसकेका छन् । उनीहरुले न त संविधानको स दिए न प्रशासनयन्त्रमा सुधारका केही काम गरे । गुण्डागर्दी, घुसखोरी, भ्रष्टाचारमात्र बढाएनन् अपराधलाई पनि राजनीतिक मुद्दाका नाममा सयौं अपराधीहरुलाई आममाफीका निर्णयसम्म गराए । जनताको सानो भन्दा सानो कुरामा गम्भिर नहुने तर आफुचाँही हेलिकोप्टर चार्टर गरेर हिँड्ने महत्वकांक्षा बोकेका जुनसुकै वादीहरु पनि मुलुकका लागि घातक सिद्ध छन् । उनलाई त्यो सविधा जनताको सामान्य सुविधा पुरा गर्नका लागि दिइएको हो तर नेपाली जनताको कुनचाँही सामान्य सुविधा उनीहरुले पुरा गरेका छन् ? मुगुमा कुहिइएका चामल बाँडिदा बाबुराम प्रधानमन्त्री थिए, कोसीमा बाढी जाँदा प्रचण्ड प्रधानमन्त्री थिए । अहिलेपनि जनता आफैंले गरेको मिहेनतका कारण केही ठाउँमा विकास भएका छन्, त्यसमा पनि कमिसनको खेल उनीहरु नै मच्चाइरहेका छन् । जति राजनीतिक रंगमा उनीहरुको अभियान चलिरहेको छ, विश्वराजनीतिमा त्यसलाई मुल्यांकनका आधारमा भन्ने हो भने अपराधभन्दा केही पनि होइन । हामी अपराधको पछि कुदिरहेका छौं या राजनीतिको पछि यसबारेमा गहन विश्लेषण गर्ने पो हो की ?
यसर्थ, जिल्लामा पुगेर चर्का कुरा गरेर, सपनाको पोको बाँडेर जुन हाँसोहरुमा प्रचण्डहरु हर्षविभोर छन् त्यसका परिणाम र भविष्यका संकेतहरु गतिला देखिएका छैनन् । मुलुकभित्र जनता मारेर मुलुकबाहिर सम्झौता गर्ने नेताले जनताको कुन अधिकार स्थापित गर्न सक्छ ? यो विश्वासको लायक कसरी हुनसक्छ ? यी प्रश्नहरुबाट यतिवेला प्रचण्डहरु उम्किन पाउने छैनन् । उनीहरुसँगै सुशिल कोइराला, झलनाथ खनाल, विजय गच्छादार र उपेन्द्र यादवहरु पनि उम्किन पाउने छैनन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन होस वा अन्य राजनीतिक पार्टी, संघसंगठनका आन्दोलनका क्रममा मारिएका मानिसहरुले सम्बन्धित राजनीतिक हौवा पिट्ने र कुर्चीमोहमा जनताका छोरालाई रनभुल्लमा पार्नेहरु पनि उम्किन पाउने छैनन् । उखान वैज्ञानिक छन्, यी संयोगका अधिकतम नजिक पनि छन् । त्यसकारण यी सवै पापहरुको भारी एकदीन धुरीबाट कराउन सक्छ । यी पापहरुलाई प्रायश्चित गर्न दिने अथवा पापकर्म गर्नेहरुलाई जवाफ दिने यो जनसाधारणको तहबाट निर्णित हुन्छ नै होला, सायद ।

No comments:
Post a Comment