विनोद ढकाल
मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ । यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस नै तत्कालिक युवाहरुले छेडेको क्रान्ति नै थियो । राणाशासनको अन्त्य, ००७ सालको प्रजातान्त्रिक आन्दोलन, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन । एकीकृत नेकपा माओवादीले भन्ने गरेको जनयुद्ध होस अथवा शान्तिपूर्ण जनआन्दोलन ०६२÷६३ युवाको बलमा नै सफल भएको इतिहाँस नेपाली राजनीतिमा कायम छ । युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको बाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन् ।
किशोराअवस्थामा अत्यधिक प्रविधिनजिक भन्दापनि परिवर्तननजिक रहेको पुस्ताले निम्त्याएको यो आन्दोलन सफल हुनुका पछाडी विश्वराजनीतिको तत्कालिक अवस्था पनि प्रभावकारि थियो होला । तर, विश्वको प्रविधिविकासको फड्को जसरी अहिले बढेको छ, नयाँ पुस्ताको तौरतरिका पनि फरक ढंगबाट चल्न थालेको विभिन्न सर्वेक्षण र अनुसन्धानहरुले देखाइसकेको छ ।

राजनीतिक दृष्टिबाट परिभाािषत पुस्ताको सवाल अहिले टड्कारो रुपमा उठ्नु स्वभाविक हो तर सञ्चारका साधनहरुले पनि यस्ता सवालहरुका बारेमा अहिले घनिभुत रुपमा आलेख, समाचार र विभिन्न प्रकारका सामग्रीहरु प्रकाशन÷प्रशारण गरिरहेको छ । यसबाहेक नेपाली सञ्चारक्षेत्र, शिक्षा र समाजमा व्याप्त विषयबस्तुको स्रोत तर उनकाबारेमा बन्न नसकेको मुद्दाका पयार्यहरु पनि छन् । ‘किशोरकिशोरी अथवा बालबालिक’ यो सवालमा नेपाली हर क्षेत्र गम्भिर र गहन हुन सकेको छैन । अहिले यो पुस्ता प्रविधिसँग निक्कै नजिक बनिसकेको छ । प्रविधिको प्रयोगमा पनि निक्कै अगाडी आइसकेको छ । बढ्दो प्रविधि उपयोगले अहिले नेपाली समाज ‘ग्लोवल भिलेज’सँग नजिक हुन थालेको छ । विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेपाली र ग्रामिण बस्तीको दुरी अहिले साँघुरिएको छ । नेपालमा प्रविधिको प्रयोगले जसरी बढेको छ सोही अनुपातमा समाजका हरेक व्यक्तिहरु प्रायः सञ्चारका कारण नजिक हुन थालेका छन् । यसले परिवारका सदस्य, चिनजानका मानिसहरुमात्र नजिक भएका छैनन् अनेक प्रकारबाट नयाँ सम्बन्ध स्थापनाको भुमिका पनि उत्तिकै बलियो बनाउँदै लगेको प्रशस्त घटनाहरु छन् ।
सामाजिक सञ्जाल, इमेल इन्टरनेट र मोवाइल अहिलेको पुस्ताको अनिवार्य आवश्यकता बनेको छ । सहज र सरल प्रयोगका लागि प्रविधिको विकाससँगै अहिलेको पुस्तामा यसको आकर्षण बढ्नु स्वभाविक बनेको छ । भिन्न प्रकारका ग्याजेटहरु, मोवाइल, इन्टरनेट प्रयोगका लागि कम्प्युटर र ल्यापटक अनिवार्य आवश्यकतका बनिसकेको छ । प्रविधिसँग निरन्तर नजिक रहने प्रवित्ति सहरी क्षेत्रमा मात्र हावी भएको छैन, यसको विस्तार ग्रामिण क्षेत्रसम्म पनि व्यापक बनिसकेको छ । त्यसैले पनि नयाँ पुस्ता फेसबुक, ट्वीटर, युट्युव लगायतका विश्वबजारीकरणमा व्यापक भएका साइटहरुसँग नजिक छन् । यसको सहज र सरल प्रयोगमात्र बढेको छैन, नयाँ सम्बन्ध विस्तारको आधुनिक माध्यम पनि बनेको छ । पछिल्लो पुस्तालाई सहरमा ‘फेसबुक पुस्ता’ पनि भन्न थालिएको छ । फेसबुक प्रयोग गरी बनेका कयन सम्बन्धका उदाहरणहरु नेपालीमाझ चर्चाको विषय बन्न छाडीसकेको छ, यसकारण की यो सामान्य पनि भइसक्यो ।
‘हजुरबुवा–पुस्ता’को त्यतिबेलाको ‘प्रेम’ मेलापातमा हुने गर्दथ्यो । तर, अहिलेको पुस्ताको यो कामको सहजीकरण प्रविधिले बनाउने गरेको छ । फेसबुक र मोबाइलबाट प्रभावित भएको प्रेम वास्तविक रुपमा दरिलो हुन्छ कि खोक्रो हुन्छ ? यो अहिलेको युवापुस्ताले राम्ररी नबुझेको विषय हो । एक प्लस टु शिक्षक प्रदीप न्यौपानेले भनेका छन्,‘यो २०÷२५ वर्र्षको उमेर भनेको कस्तो हो भन्दा, बजारमा सरल खालका र रंगीचंगी गरी दुई खालका सामान छन् भने, यीनीहरुको आंखा रंगीचंगीमा मात्रै घुमिरहन्छ ।’ अहिले ‘बजारमा भेटिने प्रेम’मा पनि यही कुरा देखिन्छ । युवाजमात राम्रो र चोखो प्रेम भन्दा पनि हावादारी र रवाफमिश्रीत प्रेमतर्फ आकर्षित भएको देखिन्छ । प्रेमको वास्तविकतालाई बुझ्नुभन्दा पनि राती अबेरसम्म च्याट गर्नु, बाइकमा डुल्नु, संगै फिल्म हेर्न जानु तथा भर्चुअल संसारमा आङ्खनो रमाइलो चित्र कोर्दै यसैलाई सच्चा प्रेम मान्नेहरु धेरै छन् ।
प्रविधि अघि वढ्दैछ, प्रेम यसकै पछि दौडदैछ पुस्ता । मोबाइलमा ‘प्रेम म्यासेज’ र ‘प्रेम संवाद’, इन्टरनेटमा ‘प्रेम च्याट’, ‘प्रेम लाइक’ र ‘प्रेम कमेण्ट’का साथै अनलाइन डेटिङगमा समेत युवापुस्ता भिज्न थालेको छ । यस्तो ‘भर्चुअल प्रेम’को आउटपुट कस्तो त ? यतातिर प्रायःको ध्यान नै जाँदैन । प्रविधिका केही सकारात्मक सन्देशहरु आएका छन् । तर कतिपय अवस्थामा यसले नकारात्मक प्रभावमा पनि उत्तिकै स्थान बनाएको छ । बालबालिकाले इन्टरनेटमार्फत आधुनिक सूचना प्रविधिको बारेमा जानकारी लिनुको सट्टा अश्लील र बौद्धिक विकासका लागि घातक सूचना सामग्री हेरेर समय खचिर्ने गरेको पाइएको छ ।
यस कार्यले बालबालिकालाई सूचना प्रविधिको बारेमा जानकारी लिने भन्दा पनि कुलत बाटो रोज्न सक्रियता बढाएको छ । बालमजदुर सरोकार केन्द्रका अनुसार युवापुस्ता तथा बालबालिकाले इन्टरनेटको दुरुपयोग गर्नेे गरेका छन् । उनीहरुले इन्टरनेट अनलाइन र वेबसाइटमार्फत अश्लील फोटोहरु पठाउने र हेर्ने गर्दछन् । जसले गर्दा बालमानसिकतामा परिवर्तन ल्याई विकृति फैलाउन सहयोग पु¥याउने सिविनको अध्ययन छ । सिविनले १२ देखि १८ वर्र्ष उमेर समूहका एक हजार ४ सय ३० जना बालबालिकामा गरेको एक सर्वेक्षणअनुसार ८२ प्रतिशतले इन्टरनेट चलाउने गरेको पाइएको छ । सो सर्वेक्षणमा सहभागीमध्ये ९८.९ प्रतिशत बालबालिकाले इन्टरनेटमा अश्लील तस्वीर हेर्ने गरेको बताएका थिए । तीमध्ये ३६ प्रतिशतले अन्जानमा र १८.९ ले दैनिक हेर्ने गरेको पाइएको थियो । त्यस्तै, बालबालिकाले घरमाभन्दा सहरी क्षेत्रमा सञ्चालित साइबर क्याफे बढी प्रयोग गर्ने गरेका छन् । त्यसमा पनि सञ्चालकहरुले क्याबिन बनाएर राख्ने गरेका कारण बालबालिकालाई अश्लील सूचना हेर्न सहयोग पुग्ने गरेको छ ।
प्रविधिसँग नजिक भएका आफ्ना सन्तानको कार्यकलाप कुन हिसावमा चलिरहेको छ भन्ने कुराको हेक्का राख्नु अहिलेको अनिवायै आवश्यकता बनिसकेको छ । हात–हातमा पुगेको प्रविधिले आधुनिकताको प्रयोगात्मक शिक्षा त दिएको होला तर त्यो शिक्षा कुन तहबाट कसरी लिइरहेको छ भन्ने तथ्यांकलाई नजरअन्दाज गर्न नहुने अवस्थामा पुगिसकेको छ । यसर्थ, राज्यले हरेक दृष्टिबाट किशोरसमुहको सवाललाई, उनीहरुको मुद्दालाई गहनताका साथ हेर्न अनिवार्य भइरहेको छ । यहि पुस्ताको अन्यौलग्रस्त गन्तव्यले भविष्य सहज र राम्रो हुने अवस्थामा छैन । प्रविधि अनिवार्य आवश्यकता बनेको छ तर त्यसको सहि र ज्ञानमुलक प्रयोग कसरी गर्ने ? भन्ने मार्गदर्शनको शिक्षाको कमी देखिएको छ । यो कमी पुरा गरी पछिल्लो पुस्तालाई सृजनशिल मार्गमा डो¥याउने काममा परिवार, विद्यालय, राजनीति, समाज अनेक पक्ष जिम्मेबार नहुने हो भने उनीहरुको भावी दिन कुन दिशातिर लम्किने हो भन्नेबारे अड्कल काट्न मुस्किल पर्नेछ ।
No comments:
Post a Comment